ख्रीष्टियनलाई भ्रम छर्ने विज्ञप्ती

विश्वास (रामहरी) थापा

इसाई समाज एकता केन्द्र नेपालले आफ्नो लेटर हेडमा विवादास्पद विज्ञप्ती जारि गरी इसाई समुदायलाई भ्रम छर्ने काम गरेको छ । सो विज्ञप्तीमा बाम एकता (माओवादी केन्द्र र एमाले) लाई भोट हाल्न अनुरोध गरेको छ । पत्र नम्बर २०७४÷२०५ मा हार्दिक अपिल भन्दै हातले लेखेको विज्ञप्ती सामाजिक संन्जालमा भाइरल भइरहको छ । धेरैले यसको घोर विरुद्ध गरेका छन् । कार्तिक ८ गते प्रकाशित सो विज्ञप्तीले पूर्व महासचिवको हस्ताक्षर गरेका छन् ।

केही समय अघि रामप्रसाद न्यौपाने जनजागरण पार्टी छोडेर नयाँ शक्तिमा प्रवेश गरेका थिए । स्रोतले बताउछ, बाबुराम भट्टराई नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने निर्णय गरेपछि उनीलगायत केही उनका साथीहरु बाम एकतातिर लागेका हुन ।

यस विषयमा राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सिवी गहतराजले भने, “इसाई समुदायलाई मुछेर राजनीतिक च्याखे थाप्ने काम भएको छ । धार्मिक समुदायमाथि टेकेर राजनीतिरुपमा माथि पुग्ने दिवा सपना मात्र हुनेछ । यो ख्रीष्टियन समुदायको कुनै आधिकारीक प्रतिनिधीकमूलक निकाय होइन । यसको कुनै तुक छैन । यस्तो भ्रममा नपर्नको लागि समस्त इसाई समुदायलाई आग्रह गर्दछु ।”

यस्तै ख्रीष्टियान समाज नेपालका सह अध्यक्ष टंक सुवेदीलाई जिज्ञासा राख्दा आफूलाई जानकारी नभएको बताउनु भयो । यदि यस्तो भएको भए उपयुक्त होइन, चर्चमा सबै खाले राजनीतिक दलका मानिसहरु हुन्छन् यसरी अनुरोध गर्न मिल्दैन ।

रामप्रसाद न्यौपानेलाई उहाँको मोबाइल सम्पर्क गर्दा फोन उठाउनु भएन ।

उनले फेसवुकबाट यसरी लेखेका छन् :-

राजतन्त्र र भ्रष्ट्रचारको आडमा लामो समय कुशासन गरिरहेको कांग्रेसको ” “रूख” र बैकल्पिक शक्तिका नाममा मागि खाने भाँडो बनाऊँदै कांग्रेसको पुच्छर वादी आडमा निर्वाचनमा होमिएको नयाँ शक्तिको “आँखा” चिन्हमा मतदान नगर्न देशभर रहनुभएका क्रिश्चियन समुदाय ( चर्च ) का सम्पूर्ण पास्टर/ अगुवा तथा बिश्वासी सदस्य सबैमा हार्दिक अपिल गर्दछौं । लोकतान्त्रिक गठबन्धन भारतिय गुरुयोजना र राजतन्त्रको पुनराबृतिका लागि मात्रै भएकोले देशलाई धार्मिक दन्द्धको बिजारोपण गराउने षड्यन्त्र मुलुक गठबन्धन भएको सबैमा जानकारी अवगत गराउन चाहन्छौं ।
यसर्थ :मा राष्ट्रिय रक्षा, धार्मिक स्वतन्त्रता न्याय समानता र दिगो बिकासका लागि एेतिहासिक बाम गठन्धनलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं । बाम गठबन्धनको चुनाव चिन्ह प्रतेक्ष तर्फबाट गोलाकारभित्रको हँसियाहथौडा र सुर्यमा र समानुपातिक तर्फबाट माओवादी केन्द्र को गोलाकारभित्रको हँसियाहथौडा चुनाव चिन्हमा निश्पक्ष मतदान गर्न हार्दिक अपिल गर्दछौं ।

राम प्रसाद न्यौपाने
पुर्व महासचिव
राष्ट्रिय ईसाई समाज एकता केन्द्र नेपाल

Related Articles

Back to top button