नेपाल ख्रीष्टियान समाजको २१ औं बार्षिक उत्सव आजबाट

विश्वास थापा
अक्टोवर २२, २०१७ । ललितपुर

लामो इतिहासको बोकेको इसाई संस्था मध्ये नेपाल ख्रीष्टियान समाज पनि एक हो । यस संस्थाले आफ्नो २१ औं बार्षिक उत्सव लिभिङ बप्तिस मण्डली, ललितपुरमा एक भब्य कार्यक्रम गरि आज मनाएको छ । राष्ट्रिय भेला नाम दिएको कार्यक्रम आजबाट २४ अक्टोवरसम्म हुनेछ । विभिन्न जिल्लाबाट पाष्टर अगुवाहरु सो राष्ट्रिय भेलाको निम्ति आइसकेका छन् ।
बप्तिस काउन्सिलका अध्यक्ष रत्न राईद्धारा शुरुको प्रार्थना गरि आजैकै दिन मार्टिन लुथर रिफर्मेशन ५ सय औं बार्षिक उत्सव पनि मनाएको छ । मार्टिर लुथरको बारेमा नजान्ने कमै ख्रीष्टियान पाइन्छ । उनी गैर इसाई समुदायमा पनि उनको चर्चापरिचर्चा हुनेगरेको छ ।
समाजका अध्यक्ष तथा नेइम चर्च, गोगबुका पा. बर्णवास श्रेष्ठले अध्यक्षता साथै स्वागत मन्तब्य राख्नुभएको थियो भने सोही नेइम मण्डली कालोपुलका पा. शामुएल कार्थकले स्तुतिप्रशंसाका अगुवाइ गर्नुभएको थियो भने संचालन मुकुन्द शर्माले गर्नुभएको थियो ।
अध्यक्ष पास्टर वर्णवास श्रेष्ठ, पूर्व सांसद लोकमणि ढकाल, डा. तिर्थ थापा, पा. डा. राजेन्द्र रोंगोङ, पास्टर जीवन गुरुङ, पा. रत्न राई र पा. शामुएल कार्थकले संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रम उद्धघाटन गर्नुभएको थियो ।
नेइम मण्डली, ललितपुरका पा. डा. राजेन्द्र रोगोगले समाजको इतिहासको बारेमा बताउनु भएको थियो भने समाजका सहअध्यक्ष पा. टंक सुवेदीले अहिले नेपालको धार्मिक स्वतन्त्रताको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अष्ट्रेलियाको लुथरन चर्चबाट पा. अगस्ट फ्रिकेले मार्टिन लुथरले गरेका सुधारको बारेमा बताउनु भएको थियो भने पा. माइकल लक उडले लुथरको जीवनी र उनको समकालिन समयको चर्चको अवस्था र उनले गरेका धर्म सुधारको आन्दोलनका बारेमा बोल्नुभएको थियो । डेभिड एम.वोनले समाजको राष्ट्रिय भेला र मार्टिन लुथर रिफर्मेशन ५०० औं वार्षिक उत्सवको अवसरमा शुभकामना दिएका थिए ।

Related Articles

Back to top button