Dai Nepal १० औं वार्षिक उत्सव सम्पन्न

 

लामो समयदेखि इसाई समुदायमा Dai Nepal लिडरसिप सम्बन्धित तालिम दिदै आइरहेको छ । हिजो ललितपुरका एक होटलमा भएको भब्य कार्यक्रमलाई शान्ति अधिकारीले संचालन गर्नुभएको थियो भने डा. सिमोन पाण्डेले शुरुको प्रार्थना गर्नुभएको थियो ।

साउथ एसियाका निर्र्देशक  Dr. Cindy Perry ले म्बष् नेपालको इतिहासको बारेमा बताउनु साथै १० वर्षदेखि नेपालमा कसरी काम भइरहेको छ भने उपस्थित हुनुभएको पाहुनाहरुलाई सविस्तार बताउनु भएको थियो । भिडियोमार्फत हालसम्म के के भयो भनेर प्रस्तुत पनि गर्नुभएको थियो ।

गायक इभान कुवरले आफ्नो प्रस्तुति दिनुभएको थियो साथै युथहरुको नृत्य पनि रहेको थियो । अन्तराष्ट्रिय अध्यक्ष Jane Overstreet ले वचन र सोही संस्थाको एक पुस्तक विमोचन गर्नुभएको थियो ।

सो १० औं बार्षिक उत्सवमा  ११ जना विधार्थीहरु दिक्षान्ति हुनुभएका थिए । विभिन्न क्षेत्रका रहेर ती विधार्थीहरुको सेवा अझ प्रभावकारी भएको जानकारी प्राप्त भएको छ ।

विभिन्न क्षेत्रबाट योगदान दिनु हुने व्यक्तित्वहरुलाई मायाको चिनो दिएको थियो । नेपालको लागि नारायण खड्काले यस संस्थालाई नेतृत्व दिइरहनु भएको छ । दाई नेपालका अध्यक्ष सिता गुरुङले धन्यवाद र अन्तिम प्रार्थना गर्नुभएको थियो ।

Related Articles

Back to top button