डिभी

सबैले डिभी–डिभी भन्थे, वास्तवमा डिभीको अर्थ मलाई थाहा थिएन । त्यसैले साथीहरूले जवाफ दिन्थे, डिभी भनेको दिनभरि भौतारिनु हो त कसैले डिभीको अर्थ दाल भात भनि रमाईलो गरे, वास्तवमा यसको अर्थ अहिले आएर मात्र मलाई थाहा भयो । डिभी भनेको त इलेक्ट्रोनिक ड्राइभसिटी भिसा रहेछ । यो इन्टरनेटको सहायताले निःशुल्क आवेदन दिन पाइने एक प्रकारको चिट्ठा हो । इ–डिभीले अमेरिका प्रवेशका लागि कानुनी मान्यता दिन्छ तर रोजगारीको ग्यारेन्टी दिदैन । अमेरिकी सरकारले प्रदान गर्ने विभिन्न २ सय प्रकारका भिसामध्ये डिभी सवैभन्दा सजिलो र धेरै समय बसोवास गर्न मिल्ने भिसा हो । यो भिसा मार्फत अमेरिकाको नागरिक हुन सजिलो हुन्छ । ग्रीन काड प्राप्त गर्ने सजिलो माध्यमका रुपमा रहेको डिभी चिट्ठा कार्यक्रममा हरेक वष्र्। विश्वका विभिन्न देशका मानिसहरूले आवेदन दिन्छन् । बर्सेनी डिभी भर्नेहरूको संख्या एक करोड नाघ्छ । चिट्ठा परेपछि फस्ट लेटर, सेकेन्ड लेटर, अन्तर्वाता, स्वास्थ्य परीक्षण आदि प्रक्रिया पुरा गर्नु पर्छ । यसका लागि हाई स्कुल लेभल अर्थात प्लस टु उत्र्तिण हुनु पर्छ । आम नपढेकाहरूले कमै पाउन सकिन्छन् ।

त्यही भएर पनि होला डिभी भर्ने र नतिजा हेर्नेको भिड ग्याँस र पेट्रोलको लाईनमा जस्तो हुन्छ । पर्नेहरूलाई त खुसीले साथ दिइहाल्छ तर नपर्नेहरू पनि भन्ने गहन नभएन्जेलसम्म डिभी भरि रहन्छ । एक दिन न एक दिन कसो नपर्ला त भनेर अर्काे वर्ष फेरि भर्ने आशा सहित फर्केको मैले देखेको छु । सपनाको मुलुक अमेरिका पुग्ने रहर कसलाई नहोला । कारण यहि हो, त्यहा“को लाईफस्टाइल, गगन चुम्बी भवन उच्चस्तरीय प्रविधि सफासुग्घर सडक, व्यस्त र रमाईलो दैनिकी अमेरिकाको पहिचान हो । न्यून स्तर भएका नेपालीहरूका निम्ति अमेरिका पुग्न त्यति सहज थिएन । तर आज डिभीले न्यून स्तर भएकाहरूका लागि पनि ढोका खोलिदिएको छ । आज डिभीबाट मात्र हैन, जुनसुकै माध्यमबाट पनि अमेरिका पुग्न सकिन्छ । मुख्य कुरा यो हो कि त्यहा“ पुगे पछि फर्केर आउने हो कि भागेर त्यहि बस्ने हो यो प्रश्नले भिसा लागे पछि धेरैैलाई निन्द्रा लाग्दैन । धेरै नेपाली भागेको कारण पनि हो आज भोलि अमेरिकाको भिसा लाग्न सहज छैैन ।

मैले डिभी परेर अमेरिका जानेहरूलाई व्यंग्य गरेको होइन । डिभी भर्नेहरूलाई निरुत्साहित गर्न खोजेको पनि होइन । खाली एउटा प्रश्न राख्न मन लागेको मात्र हो । हामी किन डिभी भरिरहेछौं ? किन मरिहत्ते गरिरहेछौं अमेरिका भनेर ? हामीले कहिल्यै गहिराइमा गएर बुझ्ने प्रयास गरेका छौं, कि अमेरिका गएर बस्ने नेपालीहरू कति खुशी छन् ? अमेरिका गएर बसेका नेपालीहरू घरिघरि रोएको कहिल्यै देखेका छौं ? त्यसो त रुने आफ्नै देशमा पनि छन् । समस्याहरू यहा“ अझ बढी होलान् तर आफ्नै देशमा रुँदा चुहिने आँसुले पनि छुट्टै आनन्द दिन्छ । आमालाई घुर्की लगाएर रोए जस्तो हुन्छ यहा“ । आँशु पुछिदिनेहरू पनि प्रशस्तै हुन्छन् । त्यहा“ त आँशु पनि पानी जस्तै बगेर जान्छ । रुने फुर्सद पनि हुँदैन, बाहिर पोख्ने ठाउ“ पनि हुँदैन । यी सबै कुरा बुझेर पनि घर, बारी, आमाबुवाका आँशु रित्याएरै जाने
सोच लिएर हामीले हरेक वर्ष डिभी भर्न छाडेका छैनौं ।

आज परमेश्वरका धेरै छोराछोरी परमेश्वरको इच्छा भन्दा पनि आफ्नो इच्छामा चाडै धनी र मोजमस्तीको जीवन जिउने इच्छा देखेर विभिन्न माध्यमबाट अमेरिका जान मानिसहरूको खुट्टामै पुगेर चिप्लो घसेको देख्दा मलाई दुःख लागेर आउँछ । यदि परमेश्वरको इच्छा भए तपाईंलाई कुनै न कुनै माध्यमबाट अमेरिका लानु हुन्छ । डिभी नै भरिरहनु पर्दैन तर परमेश्वरको इच्छा छैन भने अमेरिकाको दुतावास अगाडि गएर लम्पसार परेर सुते पनि पाउनु हुन्न । जब तपाईं आज्ञाकारी र नम्रतामा जिउनु हुन्छ तब परमेश्वरले तपाईंको लागि नसोचेका ढोकाहरू खोल्नु हुन्छ । त्यसैले यर्मिया ३३ः३ मा परमेश्वरले भन्नु हुन्छ, मलाई पुकार म तँलाई जवाफ दिनेछु । हामीले व्यक्तिको पुकार गरेका छौं कि परमेश्वरलाई पुकार गरेका छौं । यदि हामी परमेश्वरमाथि भरोसा गर्छौं भने परमेश्वरले हामीलाई अमेरिका मात्र होइन, संसारको प्रत्येक राष्ट्रका साथै चन्द्रमामा पनि पु¥याउनु हुनेछ ।

Related Articles

Back to top button