ईस्टर महोत्सव संयुक्तरुपमा मनाउँन दुई पक्षबीच अर्को वैठक वस्ने सहमती

ईस्टरका सम्वन्धमा राजधानीमा प्रेस मिट सम्पन्न

कुमारसिंह विष्ट । २० माघ । काठमाडौं । आसन्न ईस्टर महोत्सवका सम्वन्धमा आज राजधानीमा ‘प्रेस मिट’ सम्पन्न भएको छ । विगत वर्ष झैं यस वर्ष पनि काठमाडौं उपत्याकाका (काठमाडौं, भक्तपुर र ललितपुर) सम्पूर्ण मण्डलीहरुको सहभागीतामा आगामी ईस्टर महोत्सव सामूहिकरुपमा आयोजना गर्ने सम्वन्धमा आज राजधानीमा आयोजना भएको प्रेस मिटमा ‘उपत्याकाव्यापी ईस्टर महोत्सव आयोजक समिति’ र ‘राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाल’ बीच भएको छलफलमा काठमाडौंको खुल्लामंचमा संयुक्तरुपमा ईस्टर महोत्सव आयोजना गर्ने सम्वन्धमा आगामी वैठकले निर्णय गर्ने सहमती भएको छ ।

प्रेस मिटमा ‘उपत्याकाव्यापी ईस्टर महोत्सव आयोजक समिति’का प्रतिनिधिहरु र ‘राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाल’का प्रतिनिधिहरुले आगामी ‘ईस्टर महोत्सव’ संयुक्तरुपमा मनाउँने सम्वन्धमा आआफ्ना धारणा राख्नु भएको थियो ।
पे्रस मिटमा ‘उपत्याकाव्यापी ईस्टर महोत्सव आयोजक समिति’का तर्फबाट संयोजक पास्टर राजेन्द्र मल्ल र ‘राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाल’ तर्फबाट सम्वन्वय समितिका संयोजक पास्टर चन्द्रमान नेपालीले आआफ्ना धारणा राख्नु भएको थियो ।
त्यसै गरि उक्त प्रेस मिटमा राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालका अध्यक्ष सि.वि.गहततराजले आसन्न ईस्टर महोत्सव सामूहिकरुपमा मनाउँनको लागि महासंघ तयार भएको अडान राख्नु भयो भने ‘उपत्याकाव्यापी ईस्टर महोत्सव आयोजक समिति’का संयोजक पास्टर राजेन्द्र मल्लले आसन्न ईस्टर महोत्सव राजधानीका सम्पूर्ण मण्डलीहरुको सहभागीता हुने गरि खुल्ला मंचमा आयोजना गर्न आफूहरु पनि तयार भएको ईच्छा व्यक्त गर्नु भएको छ । तर पास्टर मल्लले ईस्टर महोत्सव संयुक्तरुपमा मनाउँने सम्वन्धमा आफ्ना केही अग्रज पास्टरअगुवाहरुसँग उचित राय तथा सल्लाहा मागेर मात्र त्यस सम्वन्धा पुनः महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने प्रतिवद्धता गर्नु भयो ।

राजधानीका अधिकांस ख्रीष्टियान मिडियाहरुको संयुक्त संयोजनमा आज शनिबार बाग्डोलस्थित एक क्याफेमा ईस्टर सम्वन्धमा प्रेस मिटको आयोजना गरिएको थियो । पे्रस मिटमा ‘उपत्याकाव्यापी ईस्टर महोत्सव आयोजक समिति’का प्रनिनिधिहरुको सहभागीता रहेको थियो ।

उहाँहरुले आसन्न ईस्टर महोत्सव राजधानीको खुल्लामंचमा सामूहिकरुपमा आयोजना होस हाम्रो प्रार्थना छ ।

Related Articles

Back to top button