चङगाई सेवाकाई भनु या आर्थिक ब्यवसाई भनुँ

– गगन सुब्बा
अचेल हाम्रो ईशाई समाजमा येशू ख्रीष्टको नाउँमा रोगी बिमारीलाई प्रार्थना गरेर चङगाई सेवाकाईको नाममा आर्थिक ब्यवसाई गरेर ठूलै संस्था चलाईरहेछन। प्रभु येशूले पनि आफ्नो सेवाकाईको दौरानमा हुनुहुँदा धेरै रोगी बिरामीहरूलाई निको पार्नु भयो तर पैसा असुल गर्नु भएन यो बाईबलिय सत्यता हो । तर आज कतिपय प्रभुका जनहरूले चाहिँ जानी बुझी चङगाई सेवाकाईलाई कमाउने भाँडो बनाएको देख्दा येशूको क्रुशको दुःखको स्मरण हुन्छ प्रभुलाई सम्झेर रून मन लाग्छ ॥ प्रभु चाहिँ हाम्रो लागि गरीब हुनुभयो रित्तिनु भयो तर उद्धार मुक्तिको साथै मान्छेहरूले आज येशूलाई पैसामा बिक्रि गरेको छ आफ्नो स्वार्थ सिद्धिको लागि येशूलाई मागीखाने साधन बनाएको छ यो साह्रै दुःखको कुरो हो सबै बिश्वासीजनहरूले बुझ्नुपर्छ ॥ यदि कोही रोगी बिरामीले निको अथवा चङगाई पाए पछि उसले सो इच्छा जति दिन्छ त्यो लिने अधिकार छ तर मूल्य तोकेर नै पैसा संकलन गर्नु चाहिँ बाईबल बिरूद्ध हो ।
अचेल चङगाईको बरदान पाएकाहरूले आफूलाई येशूनै हुँ भन्ने गर्छन त्यसो भन्दा भन्दा एक दिन शैतानको ��फन्दामा पर्छन् �॥ पैसा दिन नसक्ने गरीब रोगी बिरामीहरूलाई राम्रो प्रार्थना गरीनदिने तर पैसावल ढना�ड्य मान्छेहरूलाई माया गरी गरी सुमसुम्याउँदै प्रार्थना गरिदिँदा के परमेश्वर खुशी हुनुहुन्छ होला र ???यो सत्यतालाई हरेक चङगाईको बरदान पाएको ब्यक्तिहरूले राम्ररी सोंच्नुपर्छ । प्रभु येशू स्वंयले नै भन्नु भएको छ सित्तैमा पायौ सित्तैमा देऊ भन्नुभएको छ त्यो बचनलाई ख्याल गर्नुपर्छ हामी हरेक ख्रीष्टियनहरूले बचनलाई ब्यवहारमा उतार्नुपर्छ न त्र हाम्रो पहिचान र साक्षी कसरी दिने?
यथार्थ कुरा त बाईबलको पस्तक मती १०ः८ मा स्पष्ट लेखिएको छ अर्थात येशू आफैले उहाँको चेलाहरूलाई भन्नु भएको बचन हो यो भने यो बचन चाहिँ हाम्रो लागि होईन त? जति जति ख्रीष्टको आगमनको दिन नजिक नजिक आउँदैछ उति उति ख्रीष्टियनहरूको क्रियाकलापहरू संसारिक स्वार्थ र लोभ लालसाले भरिन्दै जान्दैछ परमेश्वरको बचन भन्दा पनि आफ्नै मनको अभिलाषामा लिप्त हुँदै जाँदैछन । २ तिमोथी ३ः१-५सम्मको बचनहरू आज पूरा हुँदैछ । अघि हामी संसारमा हुँदा परमेश्वरले कस्तो अवस्थामा उठाउनु भयो त्यो कुरालाई भुलिहाल्छन। जब आर्थिक तथा भौतिक सम्पन्नतामा पुगेपछि प्रतेक मानिसहरूले आफ्नो औकातलाई भुल्नु हुँदैन ॥ धनी र गरीबको भेदभाव गर्छन भने त्यो नाम मात्रको ईशाई हो । त्यसले साँचो रूपमा मुक्ति उद्धार पाएको छैन भन्ने कुरालाई स्पष्ट बुझ्नुपर्छ । परमेश्वरले दिएको बर्दानलाई पैसाको मूल्यमा जोख्नेहरू आज यहाँ धेरै छन् कलाकारहरू चङगाईको प्रार्थनाका पुरूष स्त्रीहरू सबैले परमेश्वरले सित्तैमा दिएको बर्दानहरूलाई गलत ढङगमा प्रयोग गरिरहेछन् होईन यहाँ सम्म कि मेरो निश्चित मूल्य यति हो भनेर मेरो गोरूको बाह्रै टाका पो भने झैँ गर्छन् म सत्य सत्य त्यस्तो मान्छेहरूले माथि स्वर्गको इनाम गुमाई सकेका छन् किनकि उनीहरूले यस पृथ्वीमा हुँदानै मूल्य तोकी तोकी पैसा असुल गरेका छन् । फेरि भन्नुको अर्थ यो पनि होईन कि हामीले हरेक काम सित्थैमा गर्नुपर्छ हामीले गरेको काममा हामीले पारीश्रमिक पाउनुपर्छ । तर परमेश्वरको महिमा हुने कामहरूमा निश्चित रूपमा सक्दै नसक्ने मूल्य तोक्नु हुँदैन त्यो गर्नु भनेको संसारिक मान्छेहरूको चाला जस्तो हो जस्ले परमेश्वरको महिमा हुँदैन। यदि हामीले परमेश्वरको काम गरे अनुसार ज्याला माँगछौ भने त्यो आशिष होईन तलव मात्र हो ��। हामीले यदि मूल्य तोकेका छैनौ भने त खाम भित्र हामीले तोकेको मूल्य भन्दा बढी पनि त हुनसक्छ तर हामीले मूल्य तोक्ने भएकोले परमेश्वरले सीमित रूपमा मात्र आशिष दिएका हुन्छन त्यस्तो धन चाहिँ छिट्टै नष्ट भएर जान्छ॥
आज भोली त चङगाई संस्थावालाहरूले पुल्पिट बाट मासिक शुल्क चङगाई,भेटी सहयोग भेटी, सदस्यता भेटी माँगने गर्छन् तर त्यो सबै परम्परा चाहिँ संसारको मानिसहरूले चन्दा उठाएको जस्तो हो अनि धामी झाँक्री बैद्यहरूले पैसा लिएको जस्तो हो के भनेको कुरा असत्य हो र आफैलाई प्रश्न गर्नुहोस परमेश्वरलाई भन्नुहोस मैले गलत काम त गरेको छुईन भनेर..
अब तपाइँले परमेश्वरको काम बिना स्वार्थमा गर्नुहुन्छ भने तपाइँ भोकै र नाङगै बस्नु पर्दैन मान्छेलाई चाहिँने बिशेष कुरा गाँस, बास , कपास हो अरू बाँकी कुरा चाहिँ बिलासिता हुन् त्यो सबै पाउनु पनि परमेश्वरको आशिष होईन ॥ किनकि मानिसले २मालिकको सेवा गर्न सक्दैन त्यसले एउटालाई घृणा गर्छ भने अर्कोलाई माया गर्छ त्यसैले मानिसले परमेश्वर र धन सम्पती दुवैको सेवा गर्न सक्दैन ॥ [ मती ६ः२४]
त्यसकारण म भन्छु परमेश्वरको सेवाकाईमा हुनुभएका महानुभावहरू म यही भन्छु कि परमेश्वरको सेवाकाईको नाममा बढी रूपियाँ पैसा मात्र कमाउने योजनामा आफूले आफूलाई नभुल्नुहोस परमेश्वरको भय मान्नुहोस परमेश्वरको बचनलाई ख्याल ठट्टा नगर्नुहोस आफै मात्र सबै जान्ने बुझ्ने भएर मनोपली नगर्नुहोस परमेश्वरको राज्य भनेको अनुशासन र शिष्टचारको राज्य हो ॥ तपाइँ इशाई परमेश्वरको जन भएर अझै पनि संसारिक मानिस जस्तै बेमान छक्का पन्जाको जीवन जिउनु हुन्छ भने तपाइँलाई संसारनै उचित थियो त फेरि परमेश्वरको राज्यमा आएर ईशाई भएर जिवीत परमेश्वरको नामलाई किन बदनाम गर्नुहुन्छ ?
हामी सबै मान्छेले गरेको कामको लेखा परमेश्वरले लिनुहुन्छ आफूले गरेको हरेक काम गलत भए पनि सही हो भन्दै अटेरी गर्दै उक्त काममै ब्यस्त हुनुहुन्छ भने आफैलाई सुधार्नुहोस ॥ बाईबलको बचन मती ७:२१-२३सम्म के लेखेको छ सो पढेर राम्ररी सोंच्नुहोस र परमेश्वरको सेवाकाईलाई ब्यवसाई नबनाउनुहोस् ॥ आमेन ॥

Related Articles

Back to top button