आज धन्यवाद ज्ञापन दिवस

चिकित्सकहरूले आभारोक्‍तिका सामाजिक, भौतिक र मनोवैज्ञानिक लाभहरूको अध्ययन गरेका छन् । धन्यवाद ज्ञापनले एकातिर प्रसन्‍नता र जीवनको सन्तुष्ट‍िको वृद्धि गर्छ भने अर्कोतिर चिन्ता, निराशालाई कम गर्छ भनी तिनीहरूले पत्ता लगाएका छन् ।

भजनका लेखक लेख्छन्, “हे परमप्रभु मेरा परमेश्‍वर, म सदासर्वदै, तपाईंमा धन्यवाद चढाउनेछु” (भजनसंग्रह ३०ः१२) । दार्शनिक सोलोमोनको भनाइ पनि उत्तिकै मननयोग्य छ, “प्रसन्‍न ह्रदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ” (हितोपदेश १७ः२२) । हामीलाई उहाँलाई धन्यवाद चढाउन आव्हान गरिएको छ (भजनसंग्रह १०७ः१) जुन वास्तवमै विभिन्‍न कोणबाट फाइदाजनक छ ।

हावा, पानी, तापसाथै अन्य विभिन्‍न अत्यावश्यक वस्तुहरूका निम्ति हामी उहाँलाई धन्यवाद व्यक्‍त गर्न सक्छौँ । उहाँले सृजनुभएको व्यवस्थित विश्‍वको निम्ति हामी उहाँको नाउँ उचाल्न सक्छौँ । यहाँ एउटा उदाहरणलाई हेरौँ ।

तपाईंले कुनै अफिसको टेबुलमा राखिएको ग्लोबलाई देख्नुभएको छ होला र त्यसलाई घुमाउनु पनि भएको होला । पृथ्वी आफ्नै अक्षवरिपरि घुम्नुलाई पृथ्वीको परिक्रमण भनिन्छ । यो घुमाइमा पृथ्वी घडीको विपरीत दिशा हुँदै पश्चिमबाट पूर्वतर्फ घुम्दछ । यो एक घण्टामा एक हजार माइलको रफ्तारमा हुँइकिन्छ अर्थात् हाम्रा लोकमार्गहरूमा कुद्ने रात्री बसको गतिभन्दा दसौँ गुणा बेसी । यो गतिमा घुम्दा पृथ्वीलाई एक फन्को मार्न झन्डै २४ घण्टा लाग्दछ । पृथ्वीको यही घुमाइको कारणले हामीले १२ घण्टाको दिन र १२ घण्टाको रात पाउँछौँ । यदि पृथ्वी प्रति घण्टा १०० माइलको रफ्तारमा घुम्ने हो भने यहाँको वातावरणमा कायापलट आउँथ्यो अर्थात् बेस्सरी चिसो र तातो हुन्थ्यो । परिणामस्वरूप जीव बाँच्न लायक हुँदैनथ्यो । भनाइको मतलब यो हो, कि यो घुमाइ हाम्रो अस्तित्वको लागि सठिक छ ।

Related Articles

Back to top button