लमही घटनामा संगलग्न व्यक्ति झुटो शिक्षामा सम्बन्धीत

हरि जिज्ञासु

घोराही कार्तिक २०

लमही नगरपालिका वडा नं.५ मा बस्दै आएका मनोज चौधरीलाई बप्तिसमा फारम भरी बप्तिसमा लिन आग्रह गर्ने व्यक्तिहरु जिल्लामा रहेका कुनै पनि चर्चसंग सम्बिन्धीत नरहेको देउखुरी इसाई एकता संगतिका सल्लाहकार पास्टर लिलबहादुर घर्तीले जानकारी दिनुभएको छ । उहाँले बोलावट पत्रिकालाई जानकारी दिएअनुसार देउखुरी इसाई एकता संगतिको तत्काल बैठक बसी एक विज्ञप्ति जारी गरेर उक्त घटना दाङ जिल्लाको कुनै पनि चर्चसंग सम्बन्धीत नभएको कुरा खुलास गर्ने बताउँनुभएको छ । देउखुरीमा बाइबलको फरक अर्थ लगाएर इसाईहरुलाई समेत सताईरहने आङस्वाङ हाङ, योहवाका साक्षि लगाएत अरु पनि झुटा शिक्षा प्रचार गर्दै हिड्ने संस्थाहरु देउखरीमा बाग्लो रहेको उहाँले जानकारी दिनुभएको छ । उक्त घटनामा संगलग्न व्यक्तिहरुलाई अहिले वडा प्रहरी कार्यालय लमहीमा लगिएको छ ।

Related Articles

Back to top button