बोज्यु म येशु ख्रिष्ट प्रभुलाई बिश्वास गर्ने एक बिश्वासी हुँ

सरकारी हस्पिटलको बेडमा निकै सिकिस्त बिरामी एकजना बोज्युलाई कसैले ल्याएर राखिदिएको रहेछ । उसको आफ्नो मान्छे कोही नभएकोले उसलाई स्यार सुसार गर्ने पनि कोही देखिन्दैन। तर त्यहाँ समय समयमा एक जना जवान बहिनी आएर बोज्युलाई साफ-सफाई गरिदिने ,तातो पानी ल्याइ दिने ,मैला लुगाफाटो धुइदिने ,तातो भातको खिच्डीहरु ल्याइ दिने अौषधी दिने गरेकोले त्यो बोज्यु निकै जाति हुनु लागेछ । र एक दिन बोज्युलाई खाना खुवाइदिदै गर्दा बोज्युले सोधेछन् ” नानी तिमी को हौ ? मैले तिमीलाई चिनिन त ! मलाई यसरी दिनहुँ स्यार-सुसार गरिरहेको छौ ! मेरो त यस दुनियाँमा कोही छैन । त्यसबेला त्यस बहिनीले भनेछिन् ” बोज्यु म येशु ख्रिष्ट प्रभुलाई बिश्वास गर्ने एक बिश्वासी हुँ । येशु प्रभुले तपाईंलाई धेरै माया गर्नुहुन्छ । तपाईं र मेरो पापको लागि येशु क्रुसमा बलिदान हुनुभयो !
मर्नुभयो ,गाडिनुभयो अनि तेस्रो दिनमा मृत्युबाट पुनरुथान हुनुभयो । वहाँ सृष्टिकर्ता परमेश्वरको पुत्र हुनुहुन्छ । मैले पनि वहाँको प्रेमलाई बुझेपछि तपाईंलाई स्यार-सुसार गरेको हो । यो बहिनीको कुरा सुनेपछि बोज्युले भनेछिन् ” नानी तिमीले येशुको प्रेमलाई जानेर त मलाई यत्रो सेवा पुरायौ भने येशु त झन कति धेरै दयालु हुनुहुन्छ होला नी ! प्रिय बिश्वासी मित्रहरू : हाम्रो गाउँ घर वरिपरि धेरै जना यस्ता मानिसहरू छन् जोहरुलाई माया हौसला र वास्ताको धेरै खाचो छ । कतिजना निराशाजनक मन लिएर हिडीरहेका छन् । कतिजना जिन्दगीदेखि हार खाएर मृत्यु पर्खिरहेका छन् ।हामी दयालु प्रभु येशुको आराधना गर्ने मानिसहरु भएको कारण उनीहरू भएकोमा पुगेर निस्वार्थ उसलाई मदत गरौ । तपाईंको जीवनबाट नै प्रभुले उसको जीवनमा नयाँ काम गर्नुहुनेछ !!! येशुले भन्नुभयो ” आँखा उठाएर हेर फसल पाकी सकेको छ ” । आमिन ।

– नरेश राई 

Related Articles

Back to top button