म टुहुरीको सहारा येशू

म हुमा नेपाली हु । घर दा· जिल्ला, हासपुर गा.वि.स.वार्ड.नं. म हुमा नेपाली हँु । घर दा· जिल्ला, हासपुर गा.वि.स.वार्ड.नं. ९ मा पर्दछ । हाल ललितपुर जिल्ला कुसुन्तीमा रहेको मर्सी मिसनमा एकल दिदीबहिनी बस्ने ठाउँमा  बस्छु । कुसुन्ती ब्याप्तिस मण्डलीमा जान्छु । तपाईंसामु मेरो पुरानो सत्य जीवन गवाहीहरू बाँड्न चाहन्छु ।
पुखौंली धर्म हिन्दू संस्कारमा जन्में, हुर्कें साथै हिन्दू परिवारमा नै विवाह भयो । छोराछोरी ६ जना छन् । अहिले साथमा तीन जना छन् र तीन जनाचाहिँँ मृत्यु भयो । दुई जना छोरी र एउटा छोरो छन् । मेरो श्रीमान् पहिला धेरै जाँडरक्सी खानुहुन्थ्यो । मलाई मनपरी भन्ने धेरै दुःख दिने गर्नुभयो । मेरो माईती नजिकै थियो । मेरो बुबाआमा हँुदासम्मचाहिँँ त्यति दुःख दिनु भएन, तर बुबाआमा बितेपछि मैले धेरै दुःख पाएँ । यो देखेर माओबादीहरू आएर उहाँलाई सम्झाउँथ्यो, तर  उहाँले मान्नु भएन । माओबादीसँग पनि केही समय हिड्नु भयो र तिनीहरूको अगाडिमात्र डराएर नखाने फेरि घरमा आउनसाथ खाने, मात्ने र मलाई पहिलाको जस्तै व्यवहार गर्ने, र असाध्यै दुःख दिने गर्नुभयो । जति गर्दा पनि उहाँको बानी हटेन ।
त्यसपछि माओबादीका मानिसहरू आएर मसँग भन्थे, “तिम्रो श्रीमान् जति गर्दा पनि सुध्रिएन, अब सिद्वाई दिन्छांै ।” तर मचाहिँँ के गर्ने जस्तै भए पनि जड्याह, मलाई दुःख दिने भए पनि माया नै लाग्थ्यो । म भन्थें, “मारि चाहिँँ नहाल्नु विस्तारै बुझ्नु हुन्छ, र सुध्रिनु हुन्छ होला ।” तर उहाँको आफ्नै घमण्डले गर्दा जति भन्दा पनि नमानेको कारण माओबादीले नै त होला उहाँलाई मारि दिएछन् । यसरी बेपत्ता भएको दुई दिनमा ज·लमा उहाँको लाश भेटिएको थियो । माओवादी हो या प्रहरीले कसले उहाँलाई मार्यो थाहा भएन ।
श्रीमान् नभएपछि त मलाई घरमा बस्न मन लागेन । छोरी मान्छेको सबै सहारा भनेको नै श्रीमान् हुँदो रहेछन् । त्यसपछि त मलाई उराठ् र मरूभूमी जस्तो लाग्थ्यो । यो ठाउँमा मेरो केही मूल्य र केही पनि छैन । म धेरै रोएँ । कहाँ जाउँ, कसरी मेरो मनलाई बुझाउँ, के गरौं, जस्तो लाग्थ्यो । हाम फालेर र झुण्डिएर मर्न पनि सक्दिन थिएँ किनकि मेरो नाबालक छोराछोरीहरूलाई हेर्थें । तिनीहरूको माया लाग्थ्यो ।
त्यसै बेला मेरो दुई जना छोरीहरू र एउटा छोरोलाई लिएर हिँडे । श्रीमानको मृत्यु हुँदा सानो छोरी ९ महीनाको र सानो छोरो दुई वर्षको थियो । त्यो नाबालक नानीहरू लिएर  घरबाट हिडें । मेरो साथमा न खानेकुरा, न खुट्टामा चप्पल नै थियो । त्यतिकै एकसुरमा हिँडे । कहाँ जाँदैछु, कहाँ पुग्दैछु मलाई थाहा थिएन …। मेरो जीवन हारेको र लडेको थियो । तर मेरो कोही पनि सहारा थिएन । जाँदाजाँदै दोकि बजारमा पुगें र त्यहाँ एकजना ज्ञानु दिदीसँग भेटभयो । उनीले मलाई शरण दिनुभयो । सुसमाचार सुनाउनुभयो । त्यसै समय मैले प्रभुलाई “मेरो प्रभु र मुक्तिदाता” भनेर व्यक्तिगतरूपमा ग्रहण गरें । त्यसपछि प्रभुले मलाई विस्तारै आशिष् दिनुभयो । मैले होटलमा भाँडा माभ्mने काम  पाएँ । त्यही होटलमा ८ महीना काम गरें । छोराछोरीलाई पालेर बसें ।
मेरो कोही सहारा दिने मानिस छैन । म एक्लो थिए अब त म पनि केही हो । मेरो पनि केही मतलब रहेछ । मलाई पनि माया गर्ने कोही रहेछ । म मेरो छोराछोरीको भविष्यको लागि केही गर्नुपर्ने रहेछ । यस्ता आशाहरू पलााए । मेरो जीवनमा विस्तारै आशिषहरू महसुस गर्न थालें । त्यसपछि कैलालीको बिजय पास्टर बुबाले मलाई बप्तिस्मा दिनुभयो । उहाँबाट नै थोरै भए पनि सुकुम्बासीमा जग्गा पाएँ । अर्को बिर्खे सुनार पास्टर बुबाको ओलना होस्टेलमा मेरो छोरोलाई पढ्न र बस्नको लागि जुट्यो ।  मैले २०६२ सालमा गाउँ छोडेको हो । कैलालीमा साँढे दुई वर्ष बसें । त्यसपछि २०६५ सालमा पास्टरको छोरीसँगै काठमाडौंमा आयौं । उनीले नै मलाई यो अहिले म बस्दै गरेको कुसुन्तीको मर्र्सी मिसनमा ल्याइदिनु भयो ।
मेरो ठूलो छोरीको चाहिँँ विवाह भैसकेको छ । सबै भन्दा सानो छोरीचाहिँँ मसँगै मर्सि मिसनको होस्टेलमा बस्छिन् । यो मर्सि मिसनले चाहिँँ होस्टेल र एकल दिदीबहिनीहरूलाई पनि हेर्ने गर्दछ । म जस्तोको नानीहरू टुहुराटुहुरी बच्चाहरूलाई स्नातकसम्म पढाइ दिन्छन् । म जस्तो एकल दिदीबहिनीहरूलाई पनि मर्सि मिसनले काम दिएको छ । त्यहाँ बेकरीको सामानहरू बनाउँछौ । खान, बस्न र फाल्टो हामीहरूलाई चाहिँने खर्च दिनुभएको  छ ।
हामीहरू यस ठाउँमा सधैं भरि नै बस्न पाउँछौं भनेका छन् र हामीहरूलाई औषधी, उपचार, अपरेसन जति खर्च लागे पनि मिसनले बेहोर्छ । हालसालै मेरो पेटको अपरेसन पाटन अस्पतालमा भएको थियो । यो सबै खर्च मिसनले नै गरिदिनुभयो । हामीहरूलाई अहिले केही चिन्ता छैन ।  म जस्तो सहारा बिहिन दिदीबहिनीहरूलाई सहारा दिएका छन् । हाम्रो बालबच्चाले राम्रो वातावरणमा राम्रो शिक्षा पाई राखेका छन् । खान बस्न पनि राम्रो छ । म सन्तुिष्ट छु ।
यो मिसनलाई म साहै्र धन्यवाद दिन चाहन्छु । म खुशी छु । तपाईंहरूसमक्ष पनि खुशी बाँड्न चाहन्छु । म अहिले पूर्णरूपमा चङ्काई भएकी छु । यतिधेरै आशिष् मेरो प्रभुबाट पाएकी छु । म गन्न पनि सक्दिन । मेरो  पहिलाको जीवन फर्केर हेर्दा कहाली लाग्छ । म प्रभुलाई धन्यवाद दिन्छु । प्रभुको यो योजना कस्तो होला…साँच्चै नै म छक्क पर्छु । प्रभुले हामीलाई कति आशिष् दिनुहुन्छ…कति प्रेम गर्नुहुन्छ । धन्यवाद होस्

Related Articles

Back to top button