ईक्चुगं मण्डलीको भब्य स्वर्ण महोत्सव सम्पन्न

– विश्वास थापा
नेपाली मण्डलीहरुलाई सतावट, खेदो, धडपकड हुँदै यहाँसम्म आइपुगेको छ । सरकार, समाज र शैतानलाई विजयीहुँदै आउदा विभिन्न व्यक्तिहरुलाई परमेश्वरले आफ्नो राज्यमा चलाउनु भयो र चलाई रहनु हुन्छ । यस्तै सकसपूर्ण परिस्थितिबाट गुजिएको मण्डली मध्ये एक   ईक्चुगं मण्डली पनि अग्र स्थानमा पर्दछ ।
२०२१ सालमा स्थापित भएको सो मण्डली अक्टोवर १९, २०१७ सालमा आफ्नो स्थापनाकालको ५०औं बसन्त पार गरेका छ । भिम्फेदी गॉंउ पालिका–३ निबुअटारस्थित एक भब्य कार्यक्रम गरि सो मण्डली विभिन्न पाष्टर अगुवाहरुलाई सम्मानसमेत गरेको छ । सादिक नारायणी अञ्चलको पहिलो मण्डली भएको जानकारी वचन पत्रिकालाई स्थानिय मण्डलीका अगुवा रोसे तामाङले बताउनु भयो । ३०० भन्दा वढी विश्वासी रहेको सो मण्डलीमा हालका पाष्टर फुर बहादुर तितुग हुनुुहुन्छ ।
रिषी राम आचार्यको धनकुटामा जन्मनु भई सानैमा रक्सौल गएर काम गर्न थाल्नुभयो । प्रभुमा आएपछि उहाँले बिहारस्थित रक्सौल ख्रिष्टियन चर्चमा मिसिनरी भएर काम गर्नुभयो । डंकन हस्पिटलको मसिही साहित्य केन्द्रमा बसेर प्रचार गर्ने, ट्रयाक्स बॉंडनु हुन्थ्यो, त्यही समयमा सोही मण्डलीका पाष्टर तितुग बिमारी लिएर २०२१ सालमा पुग्नुभयो । अनि रिषीराम आचार्यले सुसमाचार सुनाउनु भयो र ग्रहणसाथै पानीको बप्तिष्मा पनि लिनुभएको थियो । हाल रिषी राम हेटौंडा सोलिड्यारिटी ईन्टरनेशनल एकेडेमी स्कूलको संस्थापक अध्यक्ष हुनुहुन्छ । स्मरण रहोस् सो स्कुल मोफसलकै एक एब्बल दर्जाको स्कूलमा गनिन्छ ।


पाष्टर फुर बहादुर तितुग, कुमार सिंह स्यागंतन, गज बगादुर स्यागंतन, सञ्च बहादुर सिंतान, धनबहादुर थिंग, रणबहादुर थिंग, पञ्चबहादुर सिंगतान र कृष्ण माया इसाई भएको कारणले जेल पर्नुभएको थियो । त्यसमा कोही ६ महिना, ७ महिना, ९ महिना र १ वर्षसम्म जेल रहेर नून र ज्योतिका कार्य गरिरहनु भयो । ८ जना जेल परेको सम्भवत नेपाली इतिहासकै पहिलो हुनु पर्दछ ।
सो कार्यक्रममा प्रमुख अतिथि रिषीराम आचार्यले मण्डलीको इतिहासको बारेमा बोल्नु भएको थियो । विशिष्ट अतिथि एनसिएफ नेपालका नव नियुक्त केन्द्रिय अध्यक्ष हनोक तामाङले शुभकामना दिनुभएको थियो । अरु अतिथि महानभावहरुले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

परमेश्वरको वचन क्वानोनिया मण्डलीका सह पाष्टर प्रकाश सुब्बाले परमेश्वरको चोखो बेदीमा गीतलाई धुनमा बजाएर मण्डलीप्रति अर्पण गर्नुभएको थियो । तलको लिंकमा क्लिक गरि भिडियो हेर्नुहोस्

https://youtu.be/cWwNjsT3ssM

कार्याक्रमको सभापति पाष्टर फुर बहादुर तितुग, अतिथिमा रेभ बाबु भर्गिस, रेभ. मान बहादुर थिग, अध्यक्ष हिदम लामा (जनप्रतिनिधी भिम्फेदी गाउ पालिका) र पृति लाल तितुगं रहनु भएको थियो । प्रितीभोजसँगै कार्यक्रम समापन भएको थियो ।

Related Articles

Back to top button