Year: 2017

परिचय: “निर्दोष जीवन”

इसाई जगतमा अहिले साङगितिक क्षेत्रमा उदाउँदै गरेको एउटा नाउँ हो ” निर्दोष जीवन ” जसले नेपाली इसाई साङगितिक क्षेत्रलाई अाफ्ना २वटा ख्रीष्टिय एल्वम समेत दिईसकेका छन् ।वि.सं २०३८ साल पुस ९गते बुवा डम्बर गिरी तथा अामा भागिरथी गिरीको कोखबाट यो धर्तीमा जन्म लिन पुगेका निर्दोष जीवन अाफ्नो स्कुले जीवन देखि नै नेपाली साहित्यमा अाफ्नो कलम चलाउदै अाउने क्रममा उनले थुप्रै कथा,कविता,गीत,मुक्तक,गजल ,हाईकु जस्ता बिधामा कलम चलाउँदै अाईरहेकाछन्।उनी अाफै गीत लेख्छन र अाफैले संगीत सृजना गरेर गाउँछन पनि…२०५९ सालका प्रभु येशूलाई मुक्तिदाता भनी ग्रहण गरे पश्चात् उनले थुप्रै ख्रीष्टिय भजनहरु समेत लेखिसकेकाछन्।उनले निकालेको पहिलो ख्रीष्टिय एल्वम “प्रार्थना “हो ।यस एल्बममा समावेश रहेका ३वटा गीतहरु नेपाली ख्रीष्टिय भजन कितावमा (भजन८२३,८२७,८३३) समेत प्रकाशन भएकोछ।यु एल्वममा समावेश गरिएका सबै गीत उनले नै लेखेका हुन ।संगीत पनि उनैको रहेको छ ।२०७३ सालमा फेरि उनले “कोर्राको चोट”नाम दिएर अाफ्नै शब्द तथा संगीतमा दोस्रो एल्वम निकाले जुन एल्वमले अति नै लोकप्रियता समेत पाउन सफल भयो ।यश एल्वममा १० वटा गीत समावेश गरिएकोछ ।चर्चित गायिका अन्जु पन्तले पनि यश एलवममा अाफ्नो अावाज दिनुभएकोछ ।निर्दोष जीवनले लेखेको गीतहरु मध्ये ख्रीष्टमस गीत “गाईको गोठमा जन्मेको येशूलाई हेरन,येशू बिना म हाँसू कसरी ,चिसो यो मौसममा,जो तिर्खाउँछ,येशू तपाईंलाई यो मेरो जीवन,चिसो चिसो सिरेटोमा ,तिमी बिना प्रभु मेरो जीवन गीतहरु चर्चित र लोकप्रिय रहेकाछन ।उनले लेखेका र संगीत गरेका थुप्रै गीतहरु अन्य गायक गायिकाहरुले समेत गाईसकेकाछन्।गीत संगीतको माध्याम बाट अाफू पुग्न नसकेका ठाउँमा सु-समाचार पुग्ने धारणा बताउने गायक/संगीतकार निर्दोष जीवन एक छोरा,एक छोरी र श्रीमतीको साथमा नवलपुर जिल्लाको गैंडाकोटमा रहेको Water Of Life Church मा पास्टरिय सेवाकाई समेत गरिरहेकाछन्।अागामी दिनमा यीनका गीत संगीतले अझै सफलता प्राप्त गर्न सकोस हाम्रो यहि प्रार्थना छ प्रभु समक्ष

 

तिन संचारकर्मीलाई महासंघद्धारा सम्मान

– शास्त्री सरोज

ख्रीष्टिमसको अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले एक समारोह बीचमा नेपाली पत्रकारीताको क्षेत्रमा योगदान गरेका तीन जना पत्रकारहरुलाई राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालले सम्मान गरेको छ । समारोहमा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको वाहुलीबाट जनता टिभीका न्यूज एंकर तथा जाइन मिडियाका संचालक प्रकाश विशुन्खे, वचन पत्रिकाका प्रकासक तथा सम्पादक विश्वास थापा र यूवा दर्शन पत्रिकाका प्रकासक तथा सम्पादक दिनेश श्रेष्ठलाई कदर पत्र प्रदान गरी सम्मान गरेको हो ।

ख्रीष्टियन समुदायको अस्तित्व, पहिचान र अधिकार स्थापित गराउन भुमिका खेलेकोमा वचन पत्रिकाका प्रकाशक सम्मानित

– शास्त्री सरोज

ख्रीष्टिमसको अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले एक समारोह बीचमा वचन पत्रिकाका संस्थापक तथा प्रकाशकलाई विश्वास (रामहरी) थापालाई ख्रीष्टियन समुदायको अस्तित्व, पहिचान र अधिकार स्थापित गराउन विगत लामो समयदेखि वचन पत्रिकाका मार्फत पत्रकारिताको क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेकोमा खीष्टमस महोत्सव २०७४ को अवसरमा ख्रीष्टियन महासंघले सम्मान गरेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उहाँलाई कदरपत्र र रक्षामन्त्री भिमसेनदास प्रधानले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

उहाँ मेरो गढ डट कममा प्रधान सम्पादक हुनुहुन्छ ।

हामी धेरैजनामा एउटा गलत भ्रम छ, यो भ्रम चिर्न समय लाग्छ

 

सिमियोनले उठाउनुभएको विषय गम्भिर विषय हो । यस्ता विषयहरुमा यहाँ सहमत र असहमतका कमेन्ट्सहरु आउनु स्वाभाविक हो । यहाँ क्रुस भएको पुल्पिटमा प्रचण्ड उभिएकाले उनको पक्षमा वा विषक्षमा मेरो मत होइन । किनकि सबै पार्टीका सबै नेताहरु पुल्पिटमा उभिएका छन् ।
हामीले यी सबै कुराहरुको उत्तर बाइबलमा खोज्नु पर्दछ । हामी धेरैजनामा एउटा गलत भ्रम छ, यो भ्रम चिर्न समय लाग्छ । ख्रीष्टको मण्डली भनेको भवन हो कि जीवन ? हामी काठ र माटोले बनेको भवन, काठका क्रुस र पुल्पिटलाई पवित्र देखिरहेका छौं । बाइबलअनुसार ख्रीष्टको मण्डली तपाइ हामी हौं, हाम्रो जीवन हो । परमेश्वरले बनाउनु भएका संसारका बस्तुहरुलाई केन्द्रविन्दु मानेर यो पवित्र छ यहाँ जान हुन्छ त्यहाँ जान हुदैन । यो गर्नु हुन्छ त्यो गर्नु हुदैन । यसो गरे आत्मिक त्यसो गरे संसारिक भन्ने नियम केहि अतिबादी ख्रीष्टियनहरुले बनाएको हो । मैले पढेको बाइबलमा येशूले यस्ता नियमहरु सिकाएको भेटेको छैन । पुरानो नियमका ब्यवस्थाहरुलाई अघि सार्नुहुन्छ होला कति साथिहरुले यो विषयमा वहस गर्नु परे पनि ठिक छ । अव हामीले विभाजनको चस्मा फुकालेर ख्रीष्टको आँखाले हेरौं । भवन र पुल्पिटलाई पवित्र बनाउनुको सट्टा हाम्रो मन र ह्रदयलाई पवित्र वनाउने तर्फ लागौं । म चाहीँ अति पवित्र र प्रचण्ड, माधव नेपाल वा गगन थापाहरु चाहिँ अपवित्र होइनन् । तसर्थ पवित्र पुल्पिटमा को उभियो र कस्ले के भन्यो भन्ने कुरा भन्दा सय गुना बढि खतराचाँही नेपाली ख्रीष्टियनहरुमा राजनीतिको प्रभाव हो । ख्रीष्टका विचार र बाइबलका शिक्षा भन्दा उनीहरुका सिदान्त र विचारले हाम्रो मनमा प्रभाव जमाउन थाल्यो भने त्यो चाहिँ गलत हो । भुलचुक माफ पाउँ । – थिर कोइराला

सिमियोन रोक्काको लेख यस्तो छ –

यती बेला हाम्रा मण्डलीहरुमा बिस्तारवादले ठाउँ पाएको हो या अति उद्दारवादले, मेसो पाउनै सकिरहेको छैन । अन्य अर्थ नलाग्दा मण्डली पर्मेस्वरको आराधना गर्ने आराधकहरु आराधनाको निम्ती भेला हुने थलो हो जहाँ एउटा यस्तो स्थान हुन्छ जसलाई सबैले आदर्णीय मान्दछ, पुल्पिट ! काठ, प्लाई, स्टिल, महँगो सस्तो वा अति साधारण नै किन नहोस तर पुल्पिटको असाधारण महत्व छ जहाँबाट पर्मेश्वरको अभिशिक्त जन पाष्टर भनिने ब्यक्तित्वले पर्मेश्वरको पबित्र धर्मशास्त्रबाट प्रभुको वचन प्रचार गर्छ र त्यसलाई सुन्ने र मनन गर्नेहरुले आफ्नो जीवनलाई सत्यता र धार्मिकताको मार्ग तिर डोर्याउने गर्छ ।
तपाईको के छ मलाई थाहा भएन तर मेरो आफ्नो मण्डलीमा बप्तिस्मा नलिएकाहरु समेत पुल्पिटमा जान हुन्न भनिन्थ्यो । भनिन्थ्यो भन्ने शब्द प्रयोग गरिरहदा गलत अर्थ नलागे महिनावारी भएका, गलत काम गरेका, कसैलाई मन दुखाएका, झगडा भएका र मिलाप न आएका, पापको पश्चाताप नगरेका, अनुशासनमा परेका, अपराधिक कृयाकलापमा संलग्न भएका यस्तै यस्तै ब्यक्तीहरुलाई पुल्पिट दिइन्न । सम्भव त यो मेरो मात्र बुझाई होइन, अधिकांस मण्डलीहरुमा अभ्यास गर्दै आएको कुरा हो । तर अहिले यति बेला मण्डलीमा पुल्पिट राजनैतीक देवताहरुलाई दिन थालिएको छ जो अपराधिक गतिबिधीमा संलग्न छन, भष्टचार र गलत कामहरुमा संलग्न छन । जो हजारौको रगतको बगाएर माथि उठी आएका छन । जो झुटा अश्वासन र झुटा कुरा गर्न सिपालु छन । त्यस्ता नेता देखी राजनेताहरुले समेत पुल्पेटबाट बोलेको सुनेर ताली बजाउने, त्यसैलाई यस्ले यस्तो भन्यो उस्तो भन्यो भनेर पमप्लेट र फोटो बनाएर फेसबुक र युट्यबमा तहल्का मचाउने जस्ता कृयाकलाप भइरहेका छन । जती नै राम्रो बोले पनि, भिडमा बोल्दा, जमातमा अगाडि बाट बोल्दा, स्टेज वा मन्चबाट बोल्दा फरक कुरा तर मण्डलीको पुल्पिटबाट झुटा अश्वासनका कुरा बोल्नु के राम्रो कुरा हो र ? मण्डलीको पुल्पिट के राजनैतिक झुटा अश्वासनका निम्ती हो ?
मण्डलीको पुल्पिट कस्कालागी ? पर्मेश्वरको अभिशिक्त जनका लागि हो या राजनैतीक देवताहरुका लागि ? आजकल मण्डलीमा राजनैतीक देवताहरुले ठाउँ पाउन थालेका छन । हाम्रा इसाईहरुका गोठालाहरुले नै राजनैतिक प्रायोजनका लागि मण्डलीको पुल्पिटको प्रयोग गर्न थालेका छन ।
प्रमुख अतिथी बनाएर राजनैतीक पहुचका ब्यतित्वलाई पुल्पिट दिएर आफ्नो शिर ठाडो भएका मान्नेहरु यदि पुल्पिटको आदर गर्न आउन्न भने नेत्रीत्व छाडि ब्यक्तिगत र स्वतन्त्रपुर्वक पार्टीमा प्रबेश गर्नुहोस, मण्डलीमा पार्टी प्रबेश नगराउनुहोस ।
मण्डलीको पुल्पिटबाट राजनैतीक बिचारधाराहरु बग्न थालएका छन, पुल्पिटलाई सम्मानीय र आदर्णीय बनाउ भन्ने मेरो पुरातात्विक सोच हुन सक्छ । म भन्दा धेरै बुझ्नेहरुले पर्मेश्वरको पवित्र स्थानको बिषयमा बाइबलिय आधारहरु केलाउन सक्छन । पर्मेश्वर कहाँ कहाँ कसरी बोल्नु भएको थियो र पर्मेस्वरको पवित्र स्थानको बिषयमा बाइबलमा स्पष्ट ब्यक्त गरिएको छ । यशुको बलिदान पश्चात हामी पूर्ण र प्रत्यक्ष्य रुपमा उँहासंगको आराधनामा आमने सामने भएका छौ । हाम्रो हृदय पर्मेश्वरको बासस्थान हो, पुल्पिट पर्मेश्वरको बासस्थान होइन तर पनि पुल्पिटको महत्व छ र यो आदर्णीय छ ।
मेरो बुझाई र बिचार पोखेको हुँ ! बुझाई गलत भए सल्लाह पाउ ।

सिमियोन रोक्का

इतिहासमा आज (डिसेम्बर २८ )

२९ डिसेम्बर १८०९ मा इङ्गल्यान्डमा जन्मेका विलियम ग्ल्याडस्टोन चार पटक इङ्गल्यान्डका प्रधानमन्त्री बने । १२ वर्षसम्म यस गरिमामय पदमा रही तिनले देश र जनताको सेवा गरे । १८६८ मा पहिलो पटक प्रधानमन्त्री बनेका तिनको चौथो कार्यकाल १८९२-१८९४ सम्म लम्बिएको थियो । तिनी उन्नाइसौँ शताब्दीका एक सफलसाथै प्रसिद्ध ब्रिटिस राजनीतिज्ञ थिए ।

संसारमा महान् मानिसहरू उत्पादन गर्नमा बाइबलले खेलेको भूमिकालाई तिनले यसरी व्यक्त गरेका छन्, “मेरो समयमा मैले संसारका पन्चानब्बे जना महान् मानिसलाई चिनेको छु, र तीमध्ये सतासी जना बाइबलका अनुयायीहरू थिए ।”

ख्रीष्टियानको हैसियतमा पनि तिनले निकै चर्चा बटुले । येशूको सन्देश सुनाउनलाई तिनले कति धेरै महत्त्व दिन्थे भन्ने कुरा तल उल्लिखित तिनको जीवनको यस हिस्साबाट छर्लङ्ग हुन्छ ।

हरेक दिन सिँढीहरू चढ्दै संसद भवनमा प्रवेश गर्दा तिनले अखबार बेच्ने एउटा ठिटोलाई येशूको प्रेमको विषयमा बताउने गर्थे ।

एक दिन आफ्नो सचिवसँगै ग्ल्याडस्टोन सिँढी चढ्दै गर्दा समाचारपत्रहरू बेच्ने अर्को सानो ठिटोले प्रधानमन्त्रीलाई रोक्दै यसो भन्यो, “मिस्टर ग्ल्याडस्टोन, प्राय: सधैँ तपाईंलाई अखबार बेच्ने केटोलाई सायद तपाईं चिन्नुहुन्छ । हिजो उसलाई रथले कुल्चेको छ र उसलाई बेसरी चोट लागेको छ । ऊ मरणासन्न अवस्थामा छ । उसले उहाँलाई पाउन चाहन्छ ।”

प्रधानमन्त्रीले सोधे, “‘उहाँलाई पाउन चाहन्छ’ भन्नुको मतलब के हो?”

“त्यसको अर्थ ऊ स्वर्ग जान चाहन्छ”, केटोले उत्तर दियो ।

तर तिनको सचिवले यसो भन्दै रोक्न खोज्यो, “त्यो मर्न लागिरहेको केटोलाई हेर्न जाने समय छैन तपाईंसँग । आज तपाईंले गर्ने भाषण कति महत्त्वपूर्ण छ भनेर तपाईंलाई थाहा छ । यसले अङ्ग्रेज इतिहासको धारलाई परिवर्तन गर्न सक्छ ।”

एकै छिन सोचेपछि ग्ल्याडस्टोनले भने, “संसदमा मेरो भाषणभन्दा एउटा अमरणशील आत्माको महत्त्व बढी छ ।” त्यसैले तिनी हतारसँग केटोलाई राखिएको ठाउँमा गए; उसको निम्ति प्रार्थना गरे अनि केटोले येशूलाई स्वीकार गर्योक अनि ऊ प्रभुको घरमा गयो ।

एक/दुई घण्टापछि ग्ल्याडस्टोन संसद भवनमा आइपुग्दा विवाद चरमोत्कर्षमा पुगेको थियो । तिनी ढिलो भएकाले तिनले आफ्नो भाषण भन्ने समयलाई झन्डै गुमाएका थिए । तर तिनले भाषण गरे । अनि विवादमाथि विजय हासिल गरे । त्यसपछि तिनको सचिवले सोध्यो, “सर, कसरी तपाईं त्यस केटोलाई भेट्न जान सक्नुभयो? तपाईंले झन्डै यस्तो महत्त्वपूर्ण भाषण गुमाउनु परेको थियो?”

प्रधानमन्त्रीले जवाफ दिए, “आजको यो भाषण निकै महत्त्वपूर्ण थियो र यो राम्रो कुरो पनि हो, तर त्यस केटोले मुक्ति पाई ऊ स्वर्ग जानुपर्ने कुरो झनै महत्त्वपूर्ण थियो ।”

ख्रिस्टियन स्पोर्ट्स फेलोशिप नेपालले ख्रिस्टमस सुभाकामना आदान प्रदान

प्रकाश पाख्रिन

यस वर्ष बिभिन्न संघ संस्था, मण्डली र ब्याक्तिले समाजमा रहेका विभिन्न व्यक्तित्वहरुलाई निम्तो दिई ख्रिस्ट जन्मोउत्सबलाई संगै मिलेर निकै नै हर्सोउल्सासका साथ मनाएको देखिन्छ | सबैले आफ्नो क्षेत्रमा रहेका समुदाय, समूहसंग संगै बसेर यसरी ख्रिस्ट जन्मोउत्सब मनाउदै ख्रिस्टमसको बारेको बताउनु धेरै नै असल कुरा हो भन्ने कुरामा सायद कुनै विवाद नहोला | यसै कुरालाई मध्य नजर गर्दै ख्रिस्टियन स्पोर्ट्स फेलोशिप नेपालले राष्ट्रिय स्तरमा रहेका विभिन्न खेलकुद क्षेत्रमा रहेका विभिन्न खेलाडी तथा खेलसंग सम्बधित संघ संस्था तथा व्यक्तित्वहरुको बिचमा होटेल हिमालयनमा ख्रिस्टमस सुभाकामना आदान प्रदान तथा रात्री भोज कार्यक्रम सुसम्पन्न गरिएको छ | कार्यक्रम डिसेम्बर २७ तारिख भएको थियो |

कार्यक्रममा ललितपुर महानगरपालिका उपमेयर गीता सत्यालको समेत उपस्तित रहेको उक्त सुभाकामना आदान प्रदान कार्यक्रममा खेलसंग सम्बन्धित विभिन्न व्यक्तित्वहरुको बाग्लो उपस्तित रहेको थियो | राष्ट्रिय पूर्व फुटबल खेलाडी निराजन खडका,हरि खडका, जुडोका फुपू लामु शेर्पा,तेक्वान्डोका पुर्बा खेलाडी दिपक बिस्ट, करातेका दिपक श्रेष्ठ, एथेलेट्सका कान्छीमाया कोजुर हैर कुमार रिमाल, ब्याटमिनटनका नंग्सल तामांगलगायतका खेलाडीहरुको उपस्तित रहेको थियो | यस बाहेक अन्य खेल बक्सिंग, इस्क्वास, व्हिल चेयर क्रिकेट, साइकलिंग, र पौडीसंग सम्बधित प्रधिनिती खेलाडीहरु समेत उपस्तित रहेको थियो | यसको साथ साथै अन्य खेलकुदसंग सम्बन्धित अन्तरास्ट्रिय प्ल्येरस एसोसेसन, नेपाल बक्सिंग संघ, व्हील चेयर एसोसेसन, एम्बसडर फुटबल नेपाल लगायत संघ संस्थाकाप्रधिनिधिहरुको उपस्तित रहेको थियो |

उपस्तित खेलाडीहरु मध्ये फुटबल खेल तर्फबाट निराजन खडका र बिराज महर्जनले आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो | नेपाल व्हिल चेयर क्रिकेट टिमका क्याप्टेन हिमाल अर्यालले पनि आफ्नो सुभकामना मन्तब्य राख्नु हुदै हामी नेपाली खेलाडीहरुलाई सरकरले भने जस्तो सुबिधा नदिए पनि पुजीगत र क्षेत्रगत हिसाबले शक्तिसम्पन्न भारत र बंगालदेश लगायतका देशहरुलाई हाम्रो बहादुरी देखाई धेरै व्हिल चेयर क्रिकेटर बास्केट बलमा जित हासिल गर्दै आइरहेको कुरा राख्नु भएको थियो |  गएको मंसिर अन्तर्राष्ट्रिय ह्वीलचेयर त्रिकोणात्मक क्रिकेट  जुन नेपालमा भएको थियो जसमा मेरै कप्तानीमा पचास रनले बंगलादेश र भारतलाई इतिहासिक जित हासिल हाम्रो टिमले गरको थियो जुन जित हामीले हासिल गरेका छौ र  हामी जस्तो अपांगता भएको व्यक्तिहरुले यसरी विजय हासिल गर्न सक्नु र नेपालको झन्डा फर्फराउन सक्नु भनेको हाम्रो लागि असम्भव कुरा हो तर यी सबै विजय दिनु हुने हाम्रा सृस्टिकर्ता पर्मेस्वोरले दिनु भएको हो भन्ने कुरा राख्नु भएको थियो |यसै गरि पूर्व राष्ट्रिय फुटबल खेलाडी नीराजन खड्काले पनि आफ्नो ख्रिस्टय जीवन गवाही सबै उपस्तितहरुको माझ सुनाउनु भएको थियो | कार्यक्रममा बोल्नु हुदै निराजन खडका जीवनमा धेरै समय नर्कको खाल्डो खन्दैगरेको, साँचो आफ्नो भागवान को रहेछ भनेर धेरै खोजि नीति गरेको र यो जीवन कुनै बिंग व्यंग सिदान्त अनुसार नभएर एक जना सृस्तीकर्ता हुनुहुन्छ जसले हामीलाई चलाउनु हुन्छ र अन्त्यमा ख्रिस्टमा नै साँचो मुक्तिदाता पाए भनेर आफ्नो जीवन गवाही बड्नु भएको थियो |

ख्रिस्टियन स्पोर्ट्स फेलोशिप नेपालको तर्फबाटसंस्थाका बर्तामान उपध्याक्ष चुक बहादुर राना र सस्थापक अध्यक्ष श्याम काजि आवालेले सुभकामना राख्नु भएको थियो | शुभकामना मन्तब्य राख्ने क्रममा एम्बसडर फुटबल नेपालका कार्यकारी निर्देशक रोमी तन्दुकारले हालमा एम्बसडर फुटबल नेपालले फुटबल खेलको मध्यमद्वार समाजमा भएका बालबालिकाहरुलाई सकारात्मक र सृजनातम्क सोच बिकाश गर्दै समाजको रुपान्तरण गर्दै आगाडी बढ्दै गरेको कुरा राख्नु भएको थियो | कार्यक्रममा नेपाल बप्तिस्त मण्डली परिषदका उपध्याक्ष पास्टर राजेन्द्र मल्लले धर्मशात्रबाट ख्रिस्टमसको संदेश दिदै उपस्तित खेलाडीहरुलाई उत्साह दिनु भएको थियो | संस्थाका सचिब डेबिड सुनुवारले कार्यक्रमलाई संचालन गर्नु भएको थियो र संगीतकार तथा गीतकार आमोस तामांगले ख्रिस्टमसका केहि गितहरु गाएर सुनाउनु भएको थियो | संस्थाका अध्यक्ष पास्टर पिर्थ बहादुर राईले सम्पूर्ण आमात्रित खेलाडी र संघ संस्थाहरुलाई धन्यबाद दिनु भए पछि एम्बसडर फुटबल नेपालका अध्यक्ष पास्टर द्वारिका श्रेष्टको अन्तिम प्रार्थना पछि रात्री भोजमा सामेल हुनु भएको थियो | स्मरण रहोस ख्रिस्टियन स्पोर्ट्स फेलोशिप नेपाल बिगत दुई दशक देखि नेपालमा विभिन्न खेलकुदको मध्यमबाट समाज र राष्ट्रमा भएका खेलाडी र व्यक्तिहरुलाई ख्रिस्टको प्रेममा रुपन्तरण गर्नमा अग्रसर रहदै आइरहेको छ र विभिन्न प्रतियोगीत्मक खेलहरु समेत आयोजना गरिदै आइरहेका छन् |

 

पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्वारा इसाईहरुलाई शुभकामना

मुक्तिदाता प्रभु येशू ख्रीष्टको जन्म दिन ख्रीष्टमस वडादिनको अवसरमा चितवन इसाई समाजले अायोजना गरेको शुभकामना अादान प्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्वारा पुस १० गतेका दिन सम्पूर्ण इसाईहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।अगामी दिनहरुमा राज्यले देशका सम्पूर्ण इसाई समुदायलाई उच्च सम्मान गर्ने, ख्रीष्टमस बिदालाई निरन्तरता दिने, हक अधिकार प्रदान गर्ने, बाधा अवरोध हटाउने व्यवस्था राज्यले गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रमका अध्यक्ष रेभ:विष्णु परियारले प्रचण्डलाई ख्रीष्टमस टोपी लगाएर, केक खुवाएर साथै चितवन क्षेत्र नम्बर ३ बाट अत्यधिक बहुमत ल्याएर विजयी भएकोमा सम्मान पत्रद्वारा सम्मान समेत गर्नुभएको थियो । कार्यक्रममा नेता अमिक शेरचन, देवी ज्ञवाली, प्रदेश सभा निर्वाचित रामलाल महत्तो, बद्री तिमिल्सिना समेतको उपस्थिति रहेको थियो। कार्यक्रममा रेभ:हरिकुमार खातीले शुभकामना मन्तव्य दिनुभएको थियो । पास्टर रमेश पाण्डेले सन्चालन गर्नुभएको थियो । शुरुको प्रार्थना पास्टर मान बहादुर बस्यालले गर्नुभएको थियो । अन्तिम प्रार्थना फादर पूर्ण बहादुर लामाले गर्नुभएको थियो। कार्यक्रम भरतपुर बप्तिस चर्चमा गरिएको थियो ।

रुपियाँ-पैसाको मोहबाट टाढा थिए र हराएकाहरूका निम्ति जोसिला थिए

१८५५ मा एक जना बाइबल शिक्षक जुत्ता गोदामभित्र प्रवेश गरे जहाँ एक जना जवान केटोले जुत्ताहरू पोको पार्ने काम गर्दै थिए । शिक्षकले भने, “ख्रीष्टले तपाईंलाई कति धेरै माया गर्नुहुन्छ भनी म तपाईंलाई बताउन चाहन्छु ।”

परमेश्वरले आफूलाई प्रेम गर्नुभएको सत्यतालाई बुझेपछि तिनले घुँडा टेके र येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गरे । वर्षौंपछि तिनले यस अनुभवलाई व्यक्त गरे, “म नयाँ संसारमा थिएँ । चराचुरुङ्गीहरूले अझै मिठो गाए; सूर्यको तेज अझै चम्किलो भयो । मैले यस्तो शान्तिको बोध कहिल्यै गरेको थिइनँ ।” ती ठिटा अरू कोही नभएर डी. एल. मुडी थिए ।

डी. एल. मुडीको पुरा नाउँ हो, ड्विट लेम्यान मुडी । तिनी उन्नाइसौँ शताब्दीका एक महान् वक्ता हुन् । ह्वाइटफिल्डपश्चात् परमेश्वरको निम्ति दुई ओटा महादेश हल्लाउने पहिलो सुसमाचार प्रचारक थिए मुडी । तिनी सुसमाचार प्रचारकसाथै प्रकाशक थिए । तिनले मण्डली, बाइबल स्कुल र प्रकाशनको स्थापना गरे ।

ख्रिस्टाब्द १८३७ मा डी. एल. मुडीको जन्म अमेरिकामा भएको थियो । मुडी केवल ४ वर्षको हुँदा तिनका पिताको मृत्यु भएको थियो । सानै उमेरदेखि बाँच्नको लागि कमाउनुपरेको थियो मुडीले । तिनले केवल सात कक्षा बराबरको शिक्षा हासिल गरे ।

डी. एल. मुडी १७ वर्ष पुगेपछि तिनी बोस्टनमा भएका आफ्ना नातेदारको जुत्ता पसलमा गए, काम गर्नको लागि । परमेश्वरले तिनलाई कति धेरै माया गर्नुहुन्छ भन्ने वचन सुनेपछि १८ वर्षको उमेरमा मुडीले आफ्नो जीवन प्रभु येशूमा सुम्पे । त्यसको केही समय बितेपछि तिनी सिकागो प्रस्थान गरे जहाँ तिनले पैसा कमाउने उद्देश्यले जुत्ता बेच्ने काम गरे । व्यापारमा तिनी निकै मिहिनेती भए तापनि तिनी धार्मिक कामको लागि आकर्षित थिए ।

१८७२ मा मुडी इङ्गल्यान्ड जाँदा तिनले मण्डलीका कैयौँ सभाहरूमा बोले । तिनी प्रसिद्ध वक्ता बनिसकेका थिए । मुडी बाइबल इन्स्टिच्युटद्वारा प्रकाशित पत्र-पत्रिकाहरूले मुडीलाई उन्नाइसौँ शताब्दीकै महानतम प्रचारकको रूपमा उल्लेख गर्थे । तिनका प्रवचनहरू सुन्न हजारौँ मानिसको भिड लाग्थे । तिनका प्रवचनहरू किताबहरूमा छापिन्थे; पत्र-पत्रिकाहरूमा छापिन्थे र पर्चाहरूमा छापिन्थे ।

मुडी आफैले कुनै कृति नलेखेको भए तापनि तिनका प्रवचनहरूसाथै तिनका अध्ययनहरूलाई पछि सङ्कलन गरिएको थियो । तिनका प्रवचनहरू सुनेर दस लाख मानिसले प्रभु येशूलाई स्वीकार गरे भनी अनुमान गरिएको छ ।

प्रभुमा सुतेपछि २६ डिसेम्बर १८९९ मा मुडीको अन्त्येष्टि गरिएको थियो ।

डी. एल. मुडी परमेश्वरमा पूर्णत: समर्पित सेवक थिए; तिनी प्रार्थनाको योद्धा थिए; परमेश्वरको वचनका विद्यार्थी थिए; विनम्र व्यक्ति थिए; रुपियाँ-पैसाको मोहबाट टाढा थिए र हराएकाहरूका निम्ति जोसिला थिए ।

ख्रीष्टमस महोत्सव–२०७४ भव्यताका साथ सम्पन्न

१० पुस २०७४ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्धारा काठमाडौंस्थ्ति राष्ट्रिय सभा गृहमा आयोजित ख्रीष्टमस महोत्सव–२०७४ विशेष शुभकामना आदनप्रदान समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

महासंघका सह–अध्यक्ष रेभ. शामूएल सोदेम्बाज्यूले सुरुको प्रार्थना र सचिव तथा ख्रीष्टमस महोत्सव–२०७४ का संयोजक पा. तेज बहादुर रोक्काज्यूले कार्यक्रमको कुशल संचालन गर्नुभएको सो समारोहमा अध्यक्ष सी.वी. गहतराजज्यूको सभापतित्व र सम्मानीय पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालज्यूले प्रमुख आतिथ्यता ग्रहण गर्दै पानसमा दीप प्रज्वलन गरेर समारोहको समुद्घाटन गर्नुभएको हो । राष्ट्रिय गान प्रस्तुत गरी समारोहको शुभारम्भ भएको सो कार्यक्रममा विशेष अतिथिहरुमा रक्षामन्त्री माननीय भिमसेन दास प्रधानज्यू पूर्व शिक्षा तथा संस्कृति मन्त्री एवं नेकपा एमालेका नेता माननीय गंगालाल तुलाधरज्यू, पूूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री तथा माओवादी केन्द्रका प्रवक्ता नेतृ मा. पम्फा भुसालज्यू, नेपाली कांग्रेसका नेता रामहरी खतिवडाज्यू, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य माननीय सुदिप पाठकज्यू, वरिष्ठ मानवअधिकारवादी नेता दमननाथ ढुंगानाज्यू विभिन्न धर्मका धार्मिक गुरुहरु, अन्तर धार्मिकका अभियान्ताज्यूहरु, मानवअधिकारकमीज्यूहरु, पत्रकारज्यूहरु, महासंघका पदाधिकारीज्यूहरु लगायतका विभिन्न मण्डलीबाट तथा संघसंस्थाबाट व्यापक उपस्थिती रहेको थियो । समारोहमा आमन्त्रीत प्रमुख अतिथिज्यूहरु, विशेष अतिथिज्यूहरु, अतिथिज्यूलाई महिला विभागको समुहले व्याच तथा फूलगुच्छाले स्वागत गर्नुभएको थियो भने महासचिव पा. पदमनाथ पराजुलीज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । ख्रीष्टमस महोत्सव–२०७४ समारोहमा ख्रीष्टमस सम्बन्धि स्वागत गित तथा नृत्य प्रस्तुत गरिएको थियो साथै ख्रीष्टमसको आशिषमय प्रवचन तथा सन्देश महासंघका सह–अध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीज्यूले दिनुभएको थियो । समारोहमा प्रमुख अतिथिज्यूबाट पत्रकारको तर्फबाट प्रकाश विशुन्केज्यू र लामो समय देखि ख्रीष्टियन मिडियामा क्रियाशिल र नेपाली ख्रीष्टियन समुदायको हक अस्तित्व र पहिचानको पक्षमा कलम चलाएवापत मिडिया प्रकाशनबाट वचन मिडिया ग्रुपका प्रकाशक रामहरी थापा (विश्वास)ज्यू र युवा दर्शन पत्रिकाबाट दिनेश श्रेष्ठज्यूलाई सम्मानीय पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालज्यूको बाहुलीबाट कदर पत्र वितरण र रक्षामन्त्री मा. भिमसेन दास प्रधानज्यूले दोसल्ला ओढाई कदर गर्नुभएको थियो । साथै नेपाल सरकारका रक्षा मन्त्री माननीय भिमसेन दास प्रधानज्यूलाई समेत समारोहमा सम्मानीय पूर्व प्रधानमन्त्री माधव कुमार नेपालज्यूबाट सम्मान पत्र वितरण र महासंघका अध्यक्ष गहतराजज्यूबाट दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
समारोहमा महासंघको तर्फबाट उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजुज्यूले प्रधानमन्त्रीज्यूले ख्रीष्टमसको शुभअवसरमा पठाउनुभएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो । समारोहमा आमन्त्रीत प्रमुख अतिथिज्यू र विशेष अतिथिज्यूहरुले ख्रीष्टमस २०७४ को शुभअवसरमा सम्पुर्ण ख्रीष्टियन समुदायलाई बधाई तथा शुभकामना दिनुभएको थियो । समारोहको अन्तमा कार्यक्रमका सभापति महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूबाट उपस्थित सम्पुर्णलाई धन्यवाद तथा ख्रीष्टिमसको अवसरमा शुभकामना दिर्दै समारोहको समापन भएको थियो ।

सम्पन्न भयो ख्रीष्टमस कार्यक्रम, उप प्रधान मन्त्री लगायत राज्यका जिम्मेवारी व्यक्तिहरुले ख्रीष्टमसको शुभकामना दिए

–हरि जिज्ञासु
घोराही पुस १० मानिसको पाप क्षामा गर्नका लागि जन्मनुभएका प्रभु येशू ख्रीष्टको जन्मदिनको अवसरमा २५ डिसेम्बर अर्थात पुस १० गते संसार भरिनै भव्यताका साथ मनाइने ख्रीष्ट जन्मोत्सव दाङको पश्चिम हापुरे देखि पूर्व भालुवाङ सम्म रहेका चर्चहरुले फरक फरक कार्यक्रमका सथमा मनाएका छन् ।
येशू ख्रीष्टको जन्मोत्सवको उपलक्षमा शुभकामना आदनप्रदानको लागि राज्यका जिम्मेवारी व्यक्तिहरुलाई निमन्त्रणा गरि शुभकामना आदनप्रदान गरिएको छ । ईम्मानुयल चर्च घोराहीले आयोजना गरेको ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रमा उप प्रधान मन्त्री कृष्ण बहादुर महरा सहभागी भई शुभकामना व्यक्त गर्नुभएको छ । त्यसैगरी प्रेरितिय चर्च घोराही र अनुग्रह सुसमाचार चर्च घोराहीमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी सहभागी भई शुभकामना व्यक्त गर्नुभएको छ ।
धेरै चर्चहरुले आफ्नै मण्डली भवनमा ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेतापनि बलिदान ए.जी. मण्डली दाङले भने होटेल विङग्रेलीमा ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ । दाङमा रहेको बलिदान ए.जी. मण्डली घोराही, बलिदान ए.जी मण्डली गोग्ली, रामपुर, धर्ना, लमही , नारायणपुर लगाएतका बलिदान ए.जी. मण्डलीका सदस्यहरुले संयुक्तरुपमा ख्रीष्टमस शुभकामना आदप्रदान कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रम संयोजक पास्टर सन्त घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पास्टर भूपाल पुन, राप्ती पोष्ट राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक सम्पादक सरद अधिकारी, लगाएतका व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । ख्रीष्टमसको लागि वक्ता धनगडी चर्चका पास्टर तिलक महरा रहनुभएको थियो भने ख्रीष्टमसको अवसरमा बलिदान ए.जी चर्च दाङका सस्थापक पास्टर जंग चौधरीले बलिदान चर्चको इतिहास प्रस्तुत गर्नुभएको थियो ।
शुभकामना आदप्रदान कार्यक्रममा बलिदान चर्चका सबै शाखा चर्चहरुका जवानहरुले विभिन नृत्यहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सहजिकरण बलिदान चर्च धर्नाका पास्टर चन्द्र बुढा मगरले गर्नुभएको थियो ।