उपयुक्त ज्ञान र सटिक उत्तर नपाएको कारण मानिसहरु पिच्छे बाइबलप्रतिको
धारणा फरक–फरक रहेको पाइन्छ । कतिले सोच विचार नगरी बाइबल मानिसहरुको उत्फट्याङ्गको उपज हो, भन्दछन् । तर खास बाइबल के हो ? र यसको अस्तित्व र विकास कसरी भयो भन्ने आधिकारिक तथ्य पत्ता नलागाउँदासम्म हामी आफै पनि भ्रममा पर्छौं र अरुलाई भ्रम छर्दै हिँड्छौं । भ्रममा पर्नु र भ्रममा पार्दै हिँड्नु अघि भ्रमलाई पूर्णविराम लगाउँन निष्पक्ष
खोज अनुशन्धान गर्नु नै यात्राको पहिलो कदम हो । त्यसो भए बाइबलको अस्तित्व विकास कसरी भयो त ? बाइबल अस्तित्वमा हुनुको कारणहरु हेरौँ ।
१.परमेश्वर स्वयंम आफै अस्तित्वमा भएकोले ः बाइबल परमेश्वरको अस्तित्व छ भन्ने कुराको अकाट्य प्रमाण हो । उहाँको अस्तित्व चाहिँ आदि र अन्त्य, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ भन्ने हो । (यशै ४८ः१२; प्रका १ः८) अर्को शब्दमा उहाँको सुरु र अन्त छैन । परमेश्वर हिजो आज र सदासर्वदा एक समान हुनुहुन्छ ।
(हिब्रु १३ः८) अब यहाँ बाइबल कुनै दुई व्यक्तिको सम्बन्ध होइन यो पूर्ण एक व्यक्तिको सम्बन्ध हो । त्यसैले बचन नै
परमेश्वर हुनुहुन्छ र परमेश्वर नै बचन हुनुहुन्छ । (युह १ ः १,२) बचनले उहाँको अस्तित्वलाई प्रकट गदर्छ भने उहाँले आफ्नो अस्तित्व बचनद्वारा प्रकट गर्नुहुन्छ । त्यसैले सबै टलेर जानेछ तर परमेश्वरको बचन टल्ने छैन । यो अस्तित्वमा छ ।
(मत्ती २४ः३५)
२.परमेश्वरका मानिसहरु अर्थात ख्रीष्टको मण्डली अस्तित्वमा भएकोले
परमेश्वरको बचन स्वर्गबाट लेखेर दिएको पुस्तक होइन न ता पृथ्वीको मानिस स्वर्ग उक्लेर गई लिएर आएको बचन हो ।
परमेश्वर आफै पृथ्वीमा आफ्नो मानिसहरुकहाँ बारम्बार उपस्थितिमा
प्रेरणा दिई लेखिएको बचन हो ।
(व्यब ३० : ११–१४) जहाँ सिद्धता छ त्यहाँ धर्मशास्त्र चाहिँदैन न ता कानूनको नै व्यवस्था हुन्छ । ज्योति अन्धकारको लागि हो भने झैं परमेश्वरको बचन पाप र अधर्म भएको संसारको लागि खाँचो बन्यो । बाइबल परमेश्वरले पृथ्वीका आफ्ना मानिसहरुसँग हिंड्डुल गर्दा बताइएका उद्देश्य, योजना, प्रेम, प्रतिज्ञा, आशिष, छुटकारा, उद्धार, अगुवाई र मार्गनिर्देशन गरेका कुराहरुसंग सम्बन्धित छ । बाइबल अस्तित्वमा हुनको कारण परमेश्वरका मानिसहरु पुरानो करारमा चुनिएको इस्रायली जाति र नयाँ करारमा विश्वास गर्ने उहाँको दुलही मण्डली हो ।
(उत् १२ : १–३; मत्ती १६:१८) जसले गर्दा बाइबल सिकाउनलाई, अर्र्ती दिनलाई,र धार्मिकतामा तालिम दिनलाई लाभदायिक छ । (२ तिमो ३ : १६ ) बाइबललाई पवित्र आत्माले सुरक्षित र सुदृढ बनाएको कारण अस्तित्वमा छ । (यूह १६ः १३)
अब हामीले परमेश्वरको बचन बाइबल लिखित रुपमा कसरी अस्तित्व र विकास हुँदै गयो भन्नेबारेमा हेर्नेछौं ।
बाइबल ९द्यष्दभि० शब्द ल्याटिन भाषाको दष्दिष्बिू बाट लिईएको हो । जसको अर्थ ुउबउभचु यच ु कअचयििु भन्ने हुन्छ । नेपालीमा पत्र वा चर्मपत्र भनिन्छ । बाइबल पुस्तकहरुको संगालो हो ।
परमेश्वरको बचन बाइबल भिन्दा–भिन्दै व्यक्ति र समयकालक्रमानुसार करिब ४० जना लेखकले करिब १६ सय वर्ष अवधिमा परमेश्वरले गरेका काम र घटनाक्रमलाई क्रमबद्धरुपमा संग्रह गरेको ६६ वटा पुस्तकहरुको संगालो नै बाइबल हो । यसलाई पुरानो करार
(३९) र नयाँ करारमा (२७) गरी दुई भागमा विभाजन गरीएको छ ।

१. पुरानो करार अस्तित्व र विकास ः बाइबल एकै समयमा लेखिएको सिंगो पुस्तक होइन । सबै भन्दा पहिला मरमेश्वरले मोशालाई व्यवस्थाको पुस्तक दिनुभयो ,जुन पाँचवटा छन् । यहि नै पहिलो पटक लिखित रुपमा अस्तित्वमा आएको परमेश्वरको बचन थियो । जसलाई हिब्रुमा तोरह भनिन्छ । त्यसपछि विभिन्न कालखण्डमा परमेश्वरले इस्राएलको परमेश्वरको रुपमा यहोवे परमप्रभुको रुपमा अगुवाई गर्दै हिड्नुभयो मोशाको मृत्युपछि यहोशूदेखि मलाकीको पुस्तकसम्म
परमेश्वर यहोवे परमप्रभुको रुपमा विभिन्न
पूजाहारीहरु,न्यायकर्ताहरु, राजाहरु
र अगमबक्ताहरुबाट बोल्नुभयो जुन बचनलाई तिनीहरुले लेख्ने काम गरे । यहोवेको अर्थ परमप्रभु हो । परमेश्वर सबै जातिहरु, भाषाहरु, देशहरुका एकमात्र परमेश्वर हुनुहुन्छ । तर मानिसहरु पापबाट पतन भइसकेपछि मानिसहरु विभिन्न जातिहरु, भाषाहरु र देशहरुमा संसारभरी फैलिदै गए
(उत् १०ः३२) र आ–आफ्नो इच्छाको कुरा गर्दै गए । तर परमेश्वरले एक व्यक्तिलाई चुन्नुभयो जसको नाम अब्राहम थियो । जो पछि गएर इस्रायली जातिको रुपमा परिचित भयो । परमेश्वरको प्रतिज्ञा अब्राहममाथि थियो । (उत् १२ :१–३) त्यो प्रतिज्ञा चाहिँ यहोवे परमेश्वर नै सारा मानिसहरुका
परमेश्वर हुनुहुन्छ भनी संसारका सबै मानिसलाई बताउनु थियो । त्यसैले परमेश्वर यस संसारमा सबैका परमेश्वर भएतापनि सबैले उहाँलाई नचिनेको कारण परमेश्वरले आफैलाई इस्रायलीहरुका परमेश्वरका रुपमा सबै पृथ्वीका मानिसहरुबीचमा आफूलाई चिनाउँन खोज्नु भयो । त्यसैले होला यो बाइबल यहुदीको वा ख्रीष्टियनहरुको धर्मशास्त्र हो,भनी मानिसहरु बुझ्दछन् तर परमेश्वरचाहिँ आफ्नो बचनबाट सबैको परमेश्वरको रुपमा चिनाउँन चाहानुहुन्छ । यसरी यहोशूदेखि मलाकीसम्मका पुस्तक लेखिएका थिए तर संग्रह गर्र्नेकाम भएको थिएन । पछि यहुदीहरुले यसलाई संग्रह गर्ने काम गरे जसमा २४ वटा पुस्तकहरु थिए । जसलाई तनक Septugint_भनिन्थ्यो । करिब ३०० ईपू देखि ७२ जना विद्धानहरुले १५० वर्ष भन्दा बढि लगातार परमेश्वरको बचन खोज्ने पत्ता लगाउँने त्यसलाइ छान्ने र संकलन गर्ने काम गरियो । जसलाई सेप्टुजिन्ट भनिन्छ । जसको अर्थ सत्तरी भन्ने हुन्छ । यसलाई LXX पनि भनिन्छ ।

यो अलेक्जेन्ड्रियामा ९ब्भिहबलमचष्ब० ईपू १३२ मा संकलन गर्ने काम सकिएको थियो । यसरी बाइबलमा पुस्तकहरु थपिनेक्रम जारी रह्यो । दोस्रो शताब्दीतिर ई.पू यसलाई यहुदीहरुले हिब्रुमा (kitvei hakkodesh) ल्याटिनमा Biblica sacra अंगे्रजिमा Holy Scripture’ जसको अर्थ पवित्र धर्मशास्त्र भनियो । यहीबाट धेरै पछि आएर Holy Bible ” अर्थात पवित्र बाइबल भनेर नामाकरण हुन सक्ने अनुमान गर्न सकिन्छ । पछि आएर ९०–११८ ई. स मा त्जभ अयगलअष् िया व्बmलष्ब ले पुरानो करारलाई ३९ वटा पुस्तकमा अस्तित्व दिने काम ग¥यो । यसरी पुरानो करारलाई ३९ वटा पुस्तकको रुपमा निर्धारण गरेको पाइन्छ ।

२. नयाँ करारको अस्तित्व र विकास : येशू ख्रीष्ट यो संसारमा आइसकेपछि उहाँका चेलाहरुले देखेका, भोगेका र सुरुका मण्डली स्थापना र सुसमाचारको काम र मण्डलीहरु, विश्वासीहरु अगुवाअरुलाई लेखिएका पत्रहरु पाइन्छन् ।
नयाँ करार करिब ४५–८५ ई. स मा करिब १० जना येशूका चेलाहरुका साथै चेलाहरुसंग बोलावट पाएका सुसमाचारमा सहभागी सहकर्मीहरुले लेखेका पत्रहरु हुन् । यसलाई पछिबाट संकलन गर्ने काम विभिन्न मानिसहरुले काम गरे ।

अन्तत : ३६७ ई.स मा पहिलो पटक अथनेसियस (Athanasius) ले नयाँ करारमा २७ वटा पुस्तकलाई संग्रह गर्ने काम गरेका थिए । यसैलाई The council of Hippo and The council of corthage ले पनि ३९७ ई.स मा २७ वटा पुस्तकलाई मान्यता दियो । यसरी ई.स ३८६ देखि ३८८ मा पुरानो करार र नयाँ करार एकै ठाउँमा राख्ने काम भएको थियो । पछि ४०० ई.स तिर सन्त जेरोम ले भल्गेत ( vulgate)  बाइबलको विकास गरे । १३ औँ सताब्दीतिर स्टेफन लान्गोटोले (Stphen Langoto) बाइबलमा अध्यायको ( Chapter) विकास गरे भने १६ औं शताब्दीतिर फ्रान्सका रोवर्ट इस्टाइनले बाइबलमा पदको ( verse)  विकास गरे ।
विभिन्न विद्वानहरुले विभिन्न समयमा विभिन्न भाषमा बाइबललाई अनुवाद गर्ने काम गरे । प्रख्यात विद्वान जन विक्लिफ (John Wycliff), ljlnod l6G8]n(William Tyndale) , र King Jemes Version (KJV) जस्ता व्यक्तिहरुले बाइबललाई अस्तित्व दिने काम गरे, भने पुरै बाइबललाई नेपाली भाषामा अनुवाद गर्ने काम पादरी गंगाप्रसाद प्रधानले ई.स १९१४ गरेका थिए । यसरी बाइबललाई विभिन्न भाषामा सरल बनाउँन आज पनि काम भईरहेको छ । यी काम हँुदाहुदै पनि बाइबलको बारेमा विवाद टिका टिप्पणी नभएको भने होइन, थुप्रै त्रुटी र कमजोरी पनि छन् । अन्ततः बाइबल सत्य छ, जीवित छ, र क्रियाशील छ । अन्तमा यो पूर्ण अनुसन्धान होइन तर लेख भएकाले थुर्पै लेख्नुपर्र्ने कुराअरु छुटेका छन् । तर बाइबल अस्तित्व छ,भन्ने अकात्य प्रमाण र परिणाम चाहिँ मण्डली हो । जुन मण्डलीलाई उहाँले चट्टानमाथि बसाल्नु भएको छ । जो येशू ख्रीष्ट हुनुहुन्छ
(१कोर् ३ः११) । आमेन्

  •  लेखक :  बाइबल पुन