कथा
– रोशन प्रजापति
धुलिखेल, काभ्रे
छुकछुक छुकछुक गर्दै छुट्न लागेको एउटा रेलको यात्री जस्तै, सुनामीको बाढले लखेटिएर हतार हतार भाग्दै गरेको हतास मानिसजस्तै रोहितको जीवन उसको दौड, उस“गै सधै“ टा“सिरहने झोलाले दह्रो संकेत गरेको छ । कसैस“ग गफ गर्दा होस् या खाना खा“दा होस्, उसको शरीरमा झुण्डिएको झोला उसबाट अलग्ग हुन कहिल्यै मान्दैन । कहिल्यै निस्कन नसक्नेगरी सुपरग्लुले नै चिप्काएसरी । थाहा छैन राती सुत्दा पनि झोला च्यापेर नै सुत्दो हो ।
“के गर्ने बानी नै लागिसक्यो । जीउमा झोलाको भारी नभए के के नपुगेजस्तो के के नभएजस्तो । जस्तो अलिनु तरकारीजस्तै, लय र छन्द नमिलेको कविताजस्तै अनि लाजै पचाएर भन्दाखेरी गधालाई भारी नपुगेजस्तै ।” फिस्स हा“स्थ्यो अनि फेरि गम्भीर हुन्थ्यो रोहित कसैले उसको शरीरमा सधै“ टा“सिरहने झोलाबारे प्रतिक्रिया जनाएको बेला ।
रोहित अपवाद होइन, एउता वर्गको प्रतिनिधि पात्र हो । रोहितजस्ता प्रायः पास्टरहरूको का“धबाट झोला उत्रिदैन । उनीहरूको साथमा हरपल हरदम झोला झुण्डिरहेको हुन्छ । झोलाको प्रकृति फरक होला, बनौट फरक होला अनि सोही मुताबिकको मूल्यमा भिन्नता होला । कोही पिठ्युमा डे ब्याग बोक्छ भने कोही अगाडि एउटा का“धमा मात्र तुर्लुङ्ग ऊनी झोला भिर्छ । अरुहरूले स्पोर्ट ब्याग, ट्रेकिङ ब्याग अनि मिलेट ब्याग बोक्छन् । सुकिला सुट र टाइमा ठा“टिने हुनेखानेहरू भने फाइल ब्याग र ल्यापटप ब्याग बोक्न थालिसकेका छन् ।
उपहार पाएको रहेछ रोहितले झोला भ्वाइस अफ पास्टर्स भन्ने संस्थाबाट । झोलास“गै सुट र पाइन्ट पनि । गोरखाको बिर्दी बजारमा रोहितको मण्डली छ । भेटी दसांस गरेर महिनामा दुई हजार उठ्दैन उसको मण्डलीमा । भुराभुरी समेत जोड्दा मण्डली आउने सय नाघ्छ तर हरेक हप्ता होइन । बप्तिस्मा लिने उस्तै बीसको हाराहारीमा । खेतीपाती र वस्तुभाउमा सधै“ व्यस्त हुन्छन् उनका विश्वासीहरू । महिलाहरूलाई खेतबारीको कामबाट कहिल्यै पूmर्सद नमिल्ने । मण्डली भवनमा भजन गाएको सुनेपछि गोड्दागोड्दैको धान छोडेर मण्डली भवनतर्पm दौडिन्थे । असिनपसिन हु“दै एक कुनामा गुन्द्री तानेर बस्थे पटपटी फुटेको गोडालाई मैलो फरियाको सप्कोले छोप्ने असफल प्रयास गर्दै । कुमाल बज्यैले बनाएको चिया नखाई त काम गर्ने जा“गर नै चल्दैन भनेर एकाबिहानै बिर्दी बजार झर्ने पुरुष भनाउ“दाहरू पनि भजनको तीखो आवाज सुनिन थालेपछि मात्र हा“सको चालमा मण्डलीतर्पm लाग्थे । खोल्सातिर पुगेपछि मुखमा कोचेको खैनीलाई एकपल्ट यताउता पल्याकपुलुक हेर्दै फुत्त फाल्थे । कसैले देखिहालेमा कोइला जस्तो दा“त देखाउ“दै ङिच्च हा“स्थे, “के गर्नु, नानीदेखि लागेको बानी । यो च्याप्न पाइएन भने के भा के भा जस्तो हुन्छ । काममा जा“गर नै चल्दैन ।” देख्ने सज्जनहरूलाई उनीहरूको मुखबाट ह्वास्स निस्केको खैनीको तिख्खर गन्धले बान्ता नै आउलाजस्तो भई हतार हतार नाकमुख छोपिहाल्नुपथ्र्यो । उता रोहित भने डा“डाको टुप्पामा बसेर कुन दिशाबाट को आउ“दैछ भनी स्तुतिप्रशंसाको समयसम्म पनि आ“खा तानी तानी हेरिरहन्थ्यो । थरी थरीका यस्ता ‘विश्वासी’हरूलाई संगालेर बसेका पास्टर रोहितलाई भ्वाइस अफ पास्टर्स संस्थाले दिएको सुट आÇनो मण्डलीमा सुहाएजस्तो लागेन । पसिना र सुर्तीको तिख्खर मिश्रणमा सुट कागको बथानमा बकुलाजस्तै लाग्यो ।
रोहितलाई झोला च्याप्न भ्वाइस अफ पास्टर्स संस्थाले सिकाएको हो । पहिला त ऊ प्लास्टिकको झोलामा बाइबल र भजन किताब राखेर हिंड्ने गथ्र्यो । स्वतन्त्र मण्डली । कहीं कतैबाट सपोर्टको आशा थिएन । आशाले खोलेका पनि थिएन । परमेश्वरबाट दर्शन पाएर खोलेको भन्थ्यो । बाउको बिंडो पा“च रोपनी खेतमा खार खोलाको मद्दतले दुई बाली धान लगाउ“थ्यो । धान लगाउ“थ्यो भन्नु मात्रै हो, एक दुई पल्ट पानी हाल्न र धान काट्ने बेला छाता बोकेर डिलमा उभिन बाहेक उसले पूmर्सद पाउ“दैनथ्यो त्यही विश्वासीहरूको सेवामा खटिंदा । उसको सोझी श्रीमती सोफियाले सबै घरव्यवहार धानेकी छिन् । सोफियाले विश्वास गर्नु अघि सैतानबाट धेरै दुःख झेलेकी थिइन् । आंैसी पूर्णिमा आउनुहु“दैन, शरीरभरी सोला हानेर इन्तु न चिन्तुको अवस्थामा पुग्थिन् । रोहितले अनेक प्रयास गर्दा पनि सोफियालाई ठीक पार्न सकेन । सहाराविहिन अवस्थामा एक दिन रोहितको पूmपुले ‘बुहारीलाई चर्चमा लगे निको हुन सक्छ, चर्च लैजा’ भनी फोनबाट आज्ञा दिएपछि ऊ सोफियालाई लिएर चर्च सोध्दै सोध्दै सिर्दी गएको थियो । सोफियाको लागि मण्डलीले प्रार्थना गर्न थाल्यो । उनीहरू दुवै जनाले ख्रिस्टलाई ग्रहण गरे तर निकै हप्तासम्म सोला हान्ने क्रम रोकिएन । एक दिन पिपलको फेदमा बनाएको चौतारीमा आराम गरिरह“दा रोहितलाई धामीले सम्झायो, ‘रोहित बाबु, चर्च लगेर तिम्री श्रीमती निको हु“दैन । चर्चबाट मन्त्र फुकाएर आऊ । म तिम्रो श्रीमतीलाई निको पारिदिन्छु ।’ धामीको कुराले रोहितलाई दोसा“धबाट उभ्यायो । चर्च लान थालेको धेरै समय भइसक्यो । रोग बीसको उन्नाईस हु“दैन । यता धामी चर्चबाट मन्त्र फुकाएर आएमा निको पार्ने कुरा गर्छ । चर्चमा त त्यस्तो कुनै मन्त्र नै गरेको छैन । कसरी फुकाएर ल्याउनु ? आखिर धामी झा“क्रीकहा“ पनि अघाउञ्जेल नधाएको होइन । अब जे सुकै होस्, चर्च जान छोड्दिन भनेर उसले धामीलाई जवाफ फर्कायो । त्यसको केही दिनमै सोफियालाई ठीक हुन थाल्यो । उही सोफिया आज पा“च रोपनी जग्गामा धान खेती गरी परिवार धानिरहेकी छिन् । गोठमा गाई पनि स्याहारेकी छिन्, कुखुरा पनि पालेकी छिन् । घरको चामलले गर्दा रोहितलाई सेवकाइ गर्न भरथेग पुगेको छ । बारीको तरकारीले मनग्गे पुगेको छ । परमेश्वरको अनुग्रहले बा“चेको हुनाले सोफियाले नै रोहितलाई सेवकाइमा लाग्न प्रेरित गरेकी थिइन् ।
संस्थाबाट झोला पाएपछि रोहितलाई सेवकाइमा केही सहज भयो । सिर्दी मण्डलीका अगुवा दूधराजले उसलाई संस्था चिनाएको थियो । झोला पाएको दिन ऊ निकै खुशी भएको थियो । अहा ¤ कति राम्रो झोला भनेर अझ एक दुई जनाले प्रशंसा गरिदिंदा उसलाई आपूm एक हात माथि पुगेको भान भएको थियो । प्लास्टिकको झोलामा भन्दा यो स्पोर्ट ब्यागमा बाइबल, भजन किताबको अलावा अरु धेरै थोक अट्ने भएको छ । अब उसको झोलामा कलम, नोटबुक, पकेट क्यालेण्डर, रुमाल, मञ्जन बुरुस, काइ“यो, साबुन, चश्मा सबै अट्छ । सेवकाइको क्रममा जुनसुकै ठाउ“मा बास बस्नु परे पनि अब उसलाई कुनै समस्या छैन । नित्यकर्म गर्नलाई आवश्यक सबै थोक झोलामा अटेकोले ऊ ढुक्कस“ग बास बस्न सक्छ । उसले दूधराजलाई मनमनै धन्यवाद दियो ।
बेला मौकामा पास्टर रोहितलाई संस्थाले काठमाडौं बोलाइरहन्थ्यो । झरी बादल होस् या कठ्याङ्ग्रिने जाडो । उसलाई सेमिनारमा अनिवार्य पुग्नु पर्दथ्यो । फेरि सेमिनारबाट कहिले पनि खाली हात फर्कन पनि पर्दैनथ्यो । यसैले मण्डलीको जुनसुकै कार्य पनि था“ती राखेर ऊ काठमाडौंतिर हुतिन्थ्यो । संस्थाले दिएको सुट काठमाडौं जाने बेला मात्र काममा आउ“थ्यो । दूधराजस“गै सेमिनारमा भाग लिने क्रममा उसले स्तरअनुसारको झोला पायो । प्लास्टिकको झोलाले पनि निकै वर्ष सेवकाइ धायो । भएकै थियो । पछि संस्थाले गर्दा स्पोर्ट ब्याग बोक्ने अवसर पायो । चलेकै छ । गाउ“ठाउ“मा त्यही झोला पनि कति पल्ट ‘ठूलो’ देखिन्थ्यो ‘विश्वासी’हरूको माझ । तर सहरमा सेमिनारीहरूको बीचमा भने त्यही झोला निकै ‘सानो’ देखिने रहेछ ।
“दूधराज दाजु, झोला पनि थरी थरीको हु“दो रहेछ हगी । आÇनै परिवारको दुःखले मण्डलीसम्म डो¥यायो । तपाईंको सल्लाहले मण्डली पनि स्थापना गरियो । कस्तो झोला बोक्नुपर्ने रहेछ भन्ने कुरा पनि थाहा थिएन । हुन त प्लास्टिकको झोलाले पनि निकै समय धानेकै हो । तपाईंको संगतले गर्दा यति राम्रो झोला बोक्ने अवसर पनि मिल्यो । हामी गाउ“बाट आएकालाई त यही पनि ठूलो छ तर यहा“ त वाफ रे वाफ कद अनुसारको झोला । झोलाको वजनले नै थिच्ला जस्तो पो छ त ।” रोहितले कौतुहलतालाई मनमै दबाइराख्न सकेन । झोलाको बयानले एकपल्ट दूधराज पनि जिल्ल प¥यो । उसले पनि हतारमा आ“खा डुलायो । पुलपिटबाट कुर्लदै गरेको पास्टरको झोलाले पुलपिटको आधाभन्दा बढी भाग ओगटेको थियो । होचो कदको पास्टरको टाउको त्यही झोलाले बेला बेलामा छेक्ने गथ्र्यो । पास्टरभन्दा झोलाको महŒव बढी भएको जस्तो महसुस हुन्थ्यो । पुलपिट पछाडि आसन ग्रहण गरेर बसेका चिल्ला, गोरा, गहु“ गोरा, अग्ला, होचा, मोटा, भु“डी हालेका, स्याप्प सुकेका, कपाल रंगाएका, तालु खुइलेका सबै महानुभावहरू पनि कसैले चोरेर लग्ला जस्तै गरी हातमा झोला च्यापेर बसेका थिए । दूधराजले कहिले पनि याद गरेको थिएन । आज पहिलो पल्ट उसले पनि पास्टरको प्रवचनमा भन्दा पनि झोला नियाल्नमा समय खर्चिन थाल्यो । सा“च्चिकै रमाइलो भयो उसलाई पनि थरी थरीका आकर्षक झोलाहरू देखेर । संस्था प्रवेशको सुरुवातीमै पाएको आÇनो झोला त अब खुइलिन थालिसकेको थियो । बूढीले दुई तीन पटक त उध्रेको भाग बेरंगी धागोले सिइदिइसकेकी थिई । भान्छाको ध्वा“सोले कालोमैलो हुने नै भयो । आÇनो झोला देखेर आपैmलाई पहिलो पल्ट लाज लाग्यो । गाउ“ठाउ“मा ठा“टले बोक्ने झोला संस्थाको कार्यक्रममा लुकाउनुपर्ने भयो ।
“माफ गर्नुस् है दाजु । मैले अघि तपाईंलाई प्रवचनको बेला झोलाको कुरा कोट्याएर डिस्टर्ब गरे“ । झोलाको सकसकले साउती गर्न बाध्य बनायो ।” खाना खाने क्रममा रोहितले आÇनो गल्ती महसुस ग¥यो । वास्तवमा रोहितले झोलाको कुरा उप्काएपछि दूधराजको प्रवचन सुनाइमा पूर्णविराम लागेको थियो । त्यसपछि ऊ झोलाकै अनुसन्धानमा लागेको थियो । का“धमा बोकेको झोलास“ग रिस उठेको थियो । भ्वाइस अफ पास्टर्स संस्थामा धाउन थालेको पा“च वर्ष नाघिसकेको छ । संस्थाप्रवेशस“गै पाएको झोलाले सौता देख्नुपरेकोे छैन । सुटको पनि रंग उडिसकेको छ । खेलौनाजस्ता सोलारका चाइनिज बत्तीहरू कति त घर पुग्ने पाउ“दैन । पुगेका बत्तीहरू एक दुई पल्ट उज्यालो पार्दै एउटा कुनामा थन्किन थालेका थिए । प्रत्येक पटकको भेटघाटमा केही न केही त अवश्य पाउ“थ्यो तर धेरैजसो म्युजियममा सजाउन मिल्ने हुन्थ्यो । दिएको कुरा नलिई पनि नहुने । लियो भने पनि गाउ“को झुप्रोमा नसुहाउने, नअटाउने । बरु पटकै पिच्छे थरी थरीका झोला नै दिए हुने । दूधराजले अहिले महसुस गर्न थाल्यो । किनभने पास्टरको लागि झोला जति महŒवपूर्ण थोक अरु के नै होला । खाना खा“दा, शौचालय जा“दा, यात्रा गर्दा, सुस्ताउ“दा हरपल साथ रहने भनेकै झोला हो । श्रीमतीले साथ छोडेको बेला समेत झोलाले साथ छोड्दैन ।
“वास्तवमा तपाईंले भनेपछि म झल्या“स्स भए“ रोहित भाइ । यतिका वर्ष भयो यो संस्था धाउन थालेको । तपाईं मेरो मनको मान्छे । राम्रै लागेर तपाईंलाई पनि लिएर आए“ । साथी पनि हुने सहयोग पनि हुने भन्ने ठानेर । तपाईंले सोधिहाल्नुभयो । यो झोला भन्ने चीज अजिबको छ । उः पर, झोला च्यापेर अट्टहास हा“सो हा“सिरहेको पास्टर देख्नुभयो नि । गौर गरेर उसको झोला हेर्नुहोस् त । कति बडेमाको छ । ढ्याप्पै उसको भु“डी ढाकिएको छ । लाग्दो होला के के होला उसको झोलाभित्र ?” चम्चाले मुखमा गा“स हाल्दै दूधराजले सत्यताको एउटा पाटो उप्काउन थाल्यो । वास्तवमा दूधराजले पनि यही आएर चम्चाले खाना खान सिकेको हो । बूढीले खाना खाने बेलामा एउटै सिलाबरको थालमा राखिदिएको दाल, भात, तरकारी मज्जाले हातले मुछी स¥याप स¥याप खाने बानी परेको दूधराजलाई चराले जस्तै चम्चाले थोरै थोरै गा“स मुखमा कोच्दा सुरुमा त भोकै मरेको थिएन । तर ठाउ“अनुसारको व्यवहार सिक्नुपर्ने नै भयो । अहिले सहरमा बानी परिसक्यो । घरमा त परमेश्वरले दिनुभएको चम्चा भन्दै हातैले खाना खान अभैm छोडेको छैन । सिलाबरको थाललाई भने अहिले स्टिलको थालले प्रतिस्थापन गरेको छ ।
रोहितले दूधराजले इङ्गित गरेको दिशातर्पm हे¥यो । खुइलेको तालुमा बा“की भएको कपाल पनि बडा गजबले तेल राखेर टल्काएको थियो । खासै पर नभएकोले उसको आ“खाको चमक सहजै अनुमान गर्न सकिन्थ्यो । सा“च्चै के के अटाउ“छ होला त उसको झोलामा ? उत्तर पाउने आशामा खा“दा खा“दैको गा“स छोडेर रोहितले दूधराजको मुहारमा हे¥यो । मुखको गा“स सकेर दूधराजले भन्न थाल्यो, “रोहित भाइ, सत्य तीतो भए पनि लुकाउनु हु“दैन, लुक्दैन पनि । ऊ अहिले मण्डलीको उच्च स्थानमा पुगेको छ । सुन्दैछु भ्वाइस अफ पास्टर्स संस्थाको पनि अध्यक्षको दाबेदार हो । उसको झोलाभित्र साम, दान, दण्ड, भेद सबै कुरा अटाउ“छ । कुन विश्वासीलाई कसरी तह लगाउने सबै कुरा झोलाभित्र मज्जाले मिलाएर राखेको छ । पास्टरमा अभिषेक भएपछि त झन् उसको चुरीफुरी निकै बढेको छ । कसैले केही भनेमा अभिषिक्त जनलाई जे पायो त्यही भन्ने ? गाली गर्ने ? भन्दै का“चै निलौंला जस्तो गथ्र्यो तर आÇनो मुखमा भने लगाम लगाउ“दैनथ्यो । झोलाभित्रबाट गालीको वर्षा सुरु भएपछि वरपरका विश्वासीहरूले कान थुन्नु नै वेश । शंका लाग्छ, वास्तवमा उनीहरूलाई कसले अभिषेक गरेको हो ? मानिसले कि परमेश्वरले ?”
“आÇनो आङमा भैंसी हि“डेको नदेख्ने तर अर्काको आङमा जुम्रा हि“डेको भनेको जस्तै हो कि ? अझ म त सुन्दैछु यहा“ त आपैmले आपैmलाई अभिषेक गर्ने पास्टरको पनि कमी छैन । धन्न उनलाई त कसैले अभिषेक गरेको रहेछ ।” रोहितले हरियो खुर्सानी टोक्दै भन्यो । उसको कुरामा सही थाप्दै दूधराजले भन्यो । “हो, ठ्याक्कै त्यस्तै । अनि ऊ अर्को कुखुराको साप्रा लुछ्दै गरेको पास्टर देख्यौ ? उसको अभिषेक कहिले भएको हो कसैलाई थाहा छैन । ऊ भने दार्जिलिङमा अभिषेक भएको भनेर फलाकी हि“ड्छ । अहिले गाउ“तिरका पास्टरहरूलाई अभिषेक गर्न थालेका छन् । ऊ जहिले पनि त्यही ल्यापटप ब्याग बोक्छ । उसले आÇनो झोलाभित्र हुनुपर्ने नैतिकता चाहि“ झिकेर फालेछ अनि अहिले बदनामीको पोको घुसारेर राखेको छ भन्ने सुन्छु । खोई, के हो ? के हो ? तैपनि सबैले उसैलाई मान्छ । हामी पनि मानेरै यहा“ आएका हौं । उसको ब्यागभित्र रहेको ल्यापटपमा सारा संसार अटाउ“दो रहेछ । हेर्न हुने, हेर्न नहुने, गर्न हुने, गर्न नहुने सबै कुरा भ्याउ“दोरहेछ । यसैले त सबै उसैको पछि लाग्दोरहेछ । उसको झोलाबाट चुहेका केही नोटहरू टिप्न पाइन्छ कि भनेर हामीजस्ता सोझा पास्टरहरू हिउ“द बर्खा केही नभनी दौडेर आउ“छौं ।”
“सबै उस्तै हो ?” खा“दाखा“दैको प्लेट भुइ“मा राखेर रोहितले सोध्यो ।
“सबै कहा“ उस्तै हुन्छ र ? धान खेतमा सामा त भइहाल्छ नि । परमेश्वरका सा“चो आराधकहरू त यसरी पद र पैसाको पछि लाग्दै लाग्दैन अनि लागेका पनि छैनन् । यहा“ त राम्रो भन्दा पनि नराम्रोको प्रचार बढी हुने भएर विश्वासीहरूको मनमा पास्टरहरूप्रति वितृष्णा जागेको मात्र हो । ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर अभिषेकको धाक लगाउ“दै हि“ड्ने यस्ता एक दुई जना व्यक्तिहरूले गर्दा समाजले औंला उठाउने मौका पाएका छन् । असल पास्टरहरूले त संसारको मान पदवी भन्दा स्वर्गको मुकुटको लागि मरिमेटेर लागिपरेका छन् । संसारमा उनीहरूको नाम छैन न त दाम नै कमाउन सकेका छन् तर परमेश्वरको नजरमा असल मोतीहरू हुन् । यहा“ युसुफजस्ता शुद्ध हृदयका अनि पावलजस्ता त्यागी पास्टरहरू कति छन् कति । उनीहरू मण्डलीको सेवकाइमा दिन–रात खटिरहेका छन् जसले गर्दा यसरी संस्था खोल्दै हि“ड्न भ्याएका छैनन् । अहिले यस संसारमा उनीहरूको मूल्याङ्कन कसले गरिदिने ? भनिन्छ नि ‘बोल्नेको चामल बिक्छ नबोल्नेको पिठो पनि बिक्दैन ।’ समय परिवर्तनशील छ । अब चामलभन्दा पिठोको महŒव बढिरहेको छ । चामल खान रुचाउनेहरू सुगरको रोगी हुन थालेका छन् । हामी पनि यही चामलको खोजीमा यहा“सम्म आएका हौ“ । एउटा झोलाको लोभले विश्वासीहरूको चाहनालाई लात मारेर यताउता भौंतारिरहेका छौं । वास्तवमा हामी हाम्रा विश्वासीले दिएको पिठोमै सन्तुष्ट हुन जानेको भए हाम्रो जीउ पनि लाग्थ्यो, तागत पनि मिल्थ्यो । मैले पनि यो कुरा ढिलो बुभे“m र अहिले पश्चाताप लागिरहेछ । अब पनि तपाईंलाई यो सत्यता प्रकट गरिएन भने मलाई परमेश्वरले पनि माफी दिनुहुन्न जस्तो लागेर आज भन्दैछु ।” दूधराजले भन्दै गर्दा रोहित जुरुक्क उठ्यो । ऊ झोला बोकेर फटाफट बाहिर निस्क्यो । दूधराज पनि उसको पछि पछि लाग्यो ।
घर पुग्नु अगाडि खार खोलामा रोहितको ध्यान गयो । उसकी श्रीमती सोफिया खार खोलाको पानी धान खेतमा लगाउ“दै रहिछिन् । श्रीमतीको नजिक पुगेपछि उसले आÇनो झोलामा रहेको सबै थोकहरू एउटा प्लास्टिकको झोलामा राख्यो । उसले झोलालाई खार खोलामा बगाइदियो । श्रीमतीको मुहारमा हेरेर उसले भन्यो, “सोफिया, त्यो झोलाको पछि लाग्दा लाग्दा झोलाजस्तै म उध्रिदै गए“ । त्यो झोला हाम्रो मण्डलीमा सुहाएन पनि । यसैले बगाइदिए“ । अब म पनि तिमीस“गै खेत गोड्छु, पानी लाउ“छु, तरकारी रोप्छु अनि त्यही तरकारी प्लास्टिकको झोलामा राखेर आ“बुखैरेनी बजारमा लगी बेच्छु । झरी, बादल, आ“धी, असिना नभनी झोलाको पछि दौडिन ठीक लागेन । जुनसुकै प्राकृतिक प्रकोप पनि यही विश्वासीहरूस“ग मिलेर खप्छु । विश्वासीहरूको छहारीमा नै मैले रम्नुपर्छ ।” प्लास्टिकको झोला बोकेर रोहित घरतर्पm उकालो लाग्यो । उसको कुरा बुझ्न नसकेर सोफिया ऊ गएको बाटोतर्पm हेरिरहिन् ।

1 thought on “पास्टरको झोला

Comments are closed.