शत्रुदिवश

(आज असल मित्रहरुलाई सम्झने दिन रे )

तिमी उठ
तर यसरी उठ् कि
हेर्छु भन्नेहरु
साँच्चै हेरेका हेरेकै होउन्

उठ्दै गर्दा तिमी
यति जरुर बुझेर उठ्नु

तिम्रो
कुरा काट्नेहरु
बिलकुल तिम्रो दुश्मनहरु होईनन्
हुन्’त तिम्रो असल विज्ञापनदाताहरु
जसलाई तिमीले पैसा तिर्नपर्दैन
तर ढुक्क हुनु कि
उनिहरु केवल तिम्रै नामको मात्रा
विज्ञापन गरिरहनेछन् हमेसा

तिम्रो
खुट्टा तान्नेहरु
उनिहरु नि तिम्रो दुश्मन होईनन्
हुन्’त तिम्रो शुभचिन्तकहरु
जसले तिम्रो प्रत्येक गल्तिहरुलाई
झर्को नमानि औलाई रहन्छन्
यात्राको होशियारीता जनाईरहन्छन
आरिस गर्दै’नै भएनि सचेत गराईरहन्छन्
ताकि तिमी परसम्म पुग
जो कोहि तिम्रो आत्मिय साथिले पनि गर्दैन्

तिमीलाई आँखा तर्नेहरु
आफ्नो जीवनको सर्वश भुलाएर
तिम्रै मात्र बाटो नियाली रहन्छन्
तिम्रै मात्र पाईलाहरु केलाई रहन्छन्
आफु सुतिनसुति तिम्रै बारेमा सोचिरहन्छन्
यतिका वास्ता त
तिम्रै अभिभावकले पनि गर्दैनन्

अरे
जसलाई तिमी शत्रुहरु भन्छौ
खासमा उनिहरु त
तिम्रो बबाल दर्शकहरु पो हुन त
जसलाई बिना निम्तो
तिम्रो खेल हेर्न मनपर्छ
जितमा मात्र होईन
हारमा पनि ताली बजाउन मनपर्छ ।
उनिहरु छन्
र त तिमी सचेत बाँचिरहेछौ
प्रत्येक पदचापमा होशियारीता अपनाई रहेछौ
तिमीलाई आफु जीवित हुनुको आभास दिलाई रहेछन् हरदम
उनिहरु

दर्शकबिनाको खेल
विज्ञपनबिनाको सिरीयल बोरिङ्ग हुन्छ ।

तिमीले त सबै
सित्तैमा पाईराहेछौ

सबैलाई
धन्यबाद दिदैगर्दा
तिमीले कहिले आफ्ना शत्रुहरुलाई
धन्यबाद दिएका छौ ?
मैरै सफल्ता हेर्नलाई भएनि
लामो आयु बाँचुन भनेर
कहिल्यौ आशिष बोलेका छौ?

कुरा बुझ्नेहरु
हर्षको साथ शत्रुदिवस मनाउन तयार हुन्छन
कुरा नबुझ्नेहरु सिलीङफेन खोज्दै हिड्छन्

हन् साँचि
शत्रुदिवश चाहिँ कहिले हो सरकार
मनैदेखि धेरैलाई धन्यवाद दिनु छ ?

  • Nirpati Rai

इसाई समाज एकता केन्द्र नेपालले गरेको कार्य लजास्पद र खेदपूर्ण छ

  • Bishwas Thapa

पछिल्लो समयमा इसाई समाज एकता केन्द्र नेपालले एक विज्ञप्ती निकालेपछि ख्रीष्टियन समुदायलाई समस्यामा ल्याएको छ । केही राष्ट्रियस्तरका न्युज साइटहरुले भ्रममात्मक समाचार सम्प्रेसन गरिरे ख्रीष्टियन समुदायलाई विवादमा ल्याउने चेष्टा गरेका छन् । कतिले बाम एकता र इसाई समुदायलाई जोडेर नेपाली जनतालाई झन भ्रम पार्ने कार्य गरेका छन् । तर पनि हाम्रा छाता संगठनहरु चुपचाप बसेको देखिएको छ । यस विषयमा कुनै प्रतिक्रिया नआएको देख्दा हामी कतिसम्म कमजोर रहेछौं । इसाई समाज एकता केन्द्र नेपाल कुनै पनि कानूनिक निकायमा दर्ता नभएको संस्थाले यो हैसियत राख्ने हिम्मत कसरी गर्न सक्यो । दर्ता नभएका संस्थाले समस्त इसाई समुदाय मुछ्ेर बाम एकतालाई भोट माग्नु र हाम्रा छाता संगठनहरु चुपचाप बस्नु यी दुबै विषयहरु गम्भिर रहेको छ ।

ख्रीष्टियन समुदायमा जसले जे गर्दा पनि हुन्छ भन्ने जलन्त दृष्टान्त इसाई समाज एकता केन्द्र नेपाल देखाएको छ । यस संस्थामा रहेको पदधिकारीहरु किन चुपचाप छन् ? पूर्व महासचिव भन्ने रामप्रसाद न्यौपानेले सो विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । पूर्व महासचिवले हस्ताक्षर गर्न मिल्छ ? यो आम समुदायले शंखाले हेरिरहेका छन् । यो केन्द्रमा अध्यक्ष गणेश केसी लगायत पशुराम गिरी नयाँ शक्तिमा र बाम एकतामा रामप्रसाद न्यौपाने छुटिएपछि यो विवादले निम्ताएको दुरघटना हो । हाल गणेश केसी लगायत गिरी किन चुपचाप गरेका छन् यो रहस्यको विषय हो । रामप्रसाद न्यौपाने तत्काल जनयुद्धको प्रभावशाली छापाकारहरुको नेतृत्व गरेका थिए । पछि परमेश्वरमा आएपछि उनी जनजागरण पार्टीमा केन्द्रीय भूमिकामा पनि निर्वाह समेत गरेको थिए ।

यो पंत्तिकारसँग ख्रीष्टियन महासंघका अध्यक्ष सिवी गहतराज यसो भनेका थिए, “इसाई समुदायलाई मुछेर राजनीतिक च्याखे थाप्ने काम भएको छ । धर्म समुदायमाथि टेकेर राजनीतिरुपमा माथि पुग्ने दिवा सपना मात्र हुनेछ । यो ख्रीष्टियन समुदायको कुनै आधिकारीक प्रतिनिधीकमूलक निकाय होइन । यसको कुनै तुक छैन । यस्तो भ्रममा नपर्नको लागि समस्त इसाई समुदायलाई आग्रह गर्दछु ।” यसलाई अझ भ्रम हटाउन कुनै प्रभावकारी कार्य गरेको भने छैन । आशा बरु केही कार्य गर्नेछ ।

यस्तै ख्रीष्टियान समाज नेपालका सह अध्यक्ष टंक सुवेदी जिज्ञासा राख्दा आफूलाई जानकारी नभएको बताउनु भयो । यदि यस्तो भएको भए उपयुक्त होइन, चर्चमा सबै खाले राजनीतिक दलका मानिसहरु हुन्छन् यसरी अनुरोध गर्न मिल्दैन । यस संस्थाले कुनै प्रभावकारी कार्य गर्न सकेको छैन ।

इसाई समाज एकता केन्द्र नाम तोकेर भोट भाग्न मिल्छ ? सो समाज न कुनै आधिकारी निकायमा नै दर्ता छ ? न कुनै समुदायले मान्यता नै दिएको छ ? न यो समाज निर्माण गर्न कसैसँग खुल्ला छलफल नै भएका थियो ? यसरी २, ४ जना मिलेर बनाएको सो इसाई समाज एकता केन्द्र कसरी हुन सक्दछ ? यी प्रश्नहरुको जवाफ दिने हिम्मत यसका पदधिकारीहरु छ त के ?

चाडो भन्दा चाडो इसाई समाज एकता केन्द्र नेपालले गरेको गल्ती सामान्य होइन । कसैले सामान्य लिन्छ भने त्यो भुल हुनेछ । गैर कानुनिक संस्थाले समस्त ख्रीष्टियन समुदायसमक्ष  क्षमा माग्नु पर्दछ । कि भाती पु¥याएर कार्य गर्नु कि त चुपचाप बस्नु असल हो । अव उसो यस्ता गल्ती अरु कसैले नगरोस् । यसका पदधिकारीहरु र हाम्रा इसाई समुदायको कस्तो भुमिका निर्वाह गर्दछ त्यो भने समयले नै बताउने छ ।

मुक्तक

येसुसंग एउटा चोखो साइनो लाउनु छ

उनकै महिमा को निम्ति गित गाउनु छ ll

दुनियाँले जे भनेर भाड्न खोजे पनि

उनलाइ बिश्वास गरि धेरै आशिष् पाउनु छ ll

  • अभिराज खाती (अन्जान)

चेला के हो ?

परिचय साधारण भाषामा चेला भनेको येशू ख्रीष्टलाई चिन्नु, प्रेम गर्नु, विश्वास गर्नु र समर्पित जीवन जिउनु हो । चेला भन्ने शब्द ग्रीक भाषाको माथेटसबाट आएको हो, जसको अर्थ विद्यार्थी, छात्र वा सिकारु भन्ने हुन्छ । तसर्थ चेलामा यस्तो प्रकारको तीब्र इच्छा हुनुपर्छ कि आफुले गुरुबाट सिकेर अरुलाई पनि सिकाउन सकोस् । वास्तबमा भन्ने हो भने चेला भनेको पहिले आफु सिक्नु र त्यसपछि अरुलाई सिकाउनु हो । इसाई चेलापन पवित्र आत्माको शक्तिमा बृद्धि हुने प्रकृया हो, जहाँ यस वर्तमान् जीवनको उतारचढाबलाई विजय हासिल गर्दै चरित्र र व्यवहारका ख्रीष्टजस्तै हुनु हो ।

चेलापन ः चेला भनेको सिक्ने र सिकाउने व्यक्ति हो भने पन भनेको उसभित्रको ब्यवहार हो । आजको ठूलो चुनौती भनेको धेरै जनाले असल प्रकारले परमेश्व्रको वचनलाई सिकाउन सक्छन् तर उनीहरुको चरित्र र व्यवहारको कारणले धेरै मानिसहरु ख्रीष्टमा बाँच्नुको साँटो झन् प्रभुलाई नै बिर्सन्छन् । सिक्नु हाम्रो जीवनभरिको प्रकृया हो तसर्थ हामीमा यो प्रण हुनुपर्छ कि “हामी सिक्दैछौं, सिक्दै जानेछौं र सिकिसकेपछि अरुलाई पनि सिकाउनेछौं ।” चेलापन भनेको येशूलाई पछ्याउने इसाईहरुको जीवनमा भइरहने निरन्तर प्रकृया हो ।

चेला लक्ष्य के हो ?ख्रीष्टका चेलाले उसको जीवनमा उच्च लक्ष्य लिनुपर्छ । चेलाको लक्ष्य भनेको पहिले आफू चेला बन्नु र त्यसपछि अरुलाई चेला बनाउनु हो । ख्रीष्टको सच्चा अनुयायी, चेला उहाँको वचनमा निरन्तर लागिरहनुपर्छ । ख्रीष्टलाई सर्बोपरी प्रेम गर्नुपर्छ, आफैलाई इन्कार गर्नुपर्छ अनि आफ्नो क्रूसलाई दिनहुँ बोक्नुपर्छ । ख्रीष्टको राज्यमा उहाँको महिमाको लागि निरन्तर अघि बढ्नु प्रत्यृक व्यक्तिको कर्तव्य हुनुको साथै येशूप्रतिको पूर्ण भरोसा, नम्रता र आज्ञाकारिता पनि हो । सन् १९४५ मा ख्रीष्टको लागि शहिद हुनुभएका प्रभुका सेवक ड्राइटिच बोनहोफरले भनेका छन्, “चेलापन बिनाको इसाई जीवन ख्रीष्टबिनाको इसाई जीवनजस्तै हो ।” यो भनाईबाट के स्पष्ट बुझ्छौ भने येशूलाई पछ्याउने व्यक्तिको उच्च लक्ष्य भनेको ख्रीष्टलाई पूर्णरुपले पछ्याउँदै अरुलाई पनि ख्रीष्टमा डो्याउनुपर्छ । दैनिक जीवन असल र व्यवहारिक किसिमले जिउनुपर्छ । येशूले गर्नुभएको यस पृथ्वीको  सेवकाईमा चेला निर्माण गर्ने कुरालाई निकै जोड दिनुभएको थियो । उहाँले १२ जना, ७० जना र उहाँ स्वर्गमा उचालिँदै गर्दा उहाँलाई पछ्याउने चेलाहरु करिब ६०० जना जति थिए । ल्क्ष्ख् बाइबलमा चेला भन्ने शब्द २९६ पटक दोहोर्याइएको छ । यसबाट पनि हामी बुझ्न सक्छौ कि चेला निमार्ण गर्ने कुरा अति नै महत्वपूर्ण छ ।

चेला गुण वा चरित्रहरु प्रभु येशूलाई हृदयदेखि नै पछ्याउने चेलामा हुनुपर्ने गुण वा चरित्रहरुलाई निम्नप्रकारले बुँदागत रुपमा स्पष्ट पार्न चाहन्छु । जुन निम्नानुसार छन् ः१. सबै कुराहरुभन्दा पहिलो स्थान येशूलाई दिनु (मर्कूस ८ः३४–३८) ।वचनको यो खण्डमा येशूले उहाँका चेलाहरुलाई एउटा असजिलो र कठीन कुरा भन्नुभएको थियो । ताकि उहाँलाई दुःख भोग्न र मर्न आवश्यक थियो । हरेक कठीन परिस्थितिमा ख्रीष्टलाई निरन्तर पछ्याउने र उहाँको वचनको आज्ञाकारितामा जिउने व्यक्ति नै असल इसाई हो । हरेक इसाईहरु चेला हुन बोलाइएका हुन् । येशूको पछि लाग्न आफ्ना इच्छा र अभिलाषाहरुलाई छोडेर उहाँको इच्छा अनुसार जिउनुपर्छ । हामीले आफ्ना सुख–बिलास, फाइदा र आरामदायी जीवनलाई समेत त्याग गर्नुपर्छ । हामी ख्रीष्टको लागि जिउनुपर्छ र सबै कुरामा येशूलाई पहिलो स्थान दिनुपर्छ र आशिषित र अर्थपूर्ण जीवन बिताउनुपर्छ । २. येशूको शिक्षालाई पछ्याउनु (यूहन्ना ८ः३१–३२) ।येशूका शिक्षाहरु हाम्रो जीवनका लागि सत्य र मार्गदर्शन हुन् । येशूलाई आफ्नो जीवनको प्रभुको रुपमा मुखले स्वीकार र हृदयले विश्वास गर्नु ठूलो अवसर हो । येशूको शिक्षालाई पछ्याउनु र पालन गर्नु भनेको अथाह आशिषहरु बटुल्नु पनि हो । आज मानिसहरुले आशाहिन जीवनमा आनन्द र शानित प्राप्त गर्नको लागि लाखौं रुपैयापैंसा खर्च गरिहेका छन् तर हामीले येशूद्धारा सित्तैमा आनन्द, शान्ति र प्रेम प्राप्त गरिहेका छौं । जो ख्रीष्टको शिक्षामा रहन्छ, त्यो व्यक्तिले सत्य थाहा पाउँछ । ख्रीष्टका सत्यहरु साँचा र जीवनका लागि मार्गनिर्देशन हुन् । ख्रीष्टको शिक्षाले हामीलाई अज्ञानता र पापको बन्धनबाट स्वतन्त्र तुल्याउँछ साथै छुट्कारा पनि दिन्छ । पापको बन्धनबाट छुट्कारा पाएर येशूमा उद्धार पाउनु र नयाँ जीवन जिउनु  हो ।

३. फल फलाउनु (यूहन्ना १५ः५–८) ।जब हामी येशूलाई असल प्रकारले पछ्याएर उहाँको चेला बन्दछौ तब हामीमा पवित्र आत्माका फलहरु फल्दै जान्छन् । हामी ख्रीष्टबाट अलग भएर फल फलाउन सक्दैनौ । ख्रीष्टबाट हामीलाई अलग गराउने एउटै मात्र कुरा छ, त्यो हो पाप । पाप एउटा रोग वा किराजस्तो हो, जसले हाँगाको फेद खाइदिन्छ । फल फलाउन रोक्ने कुरादेखि हामी हमेसा होसियार हुनुपर्छ । निरन्तर रुपमा फल फलाउने कुरामा अघि बढ्नुपर्छ । हामी ख्रीष्टको नजिकतामा जानको लागि उहाँमा असल सम्बन्ध निर्माण गर्नुपर्छ । परमेश्वरसंग सम्बन्ध निर्माण गर्ने शक्तिशाली हतियार प्रार्थृना हो । प्रार्थना हाम्रो आत्मिकी जीवनको श्वासप्रश्वास हो । प्रार्थना परमेश्वरसंगको छलफलजस्तै हो, जसमा हामीले बोल्नुपर्छ र सुन्नु पनि पर्छ ।

४. अरु चेलाहरुलाई प्रेम गर्नु (यूहन्ना १३ः३४–३५) ।बाइबल परमेश्वरको वचन हामी मानब जातिका लागि प्रेमपत्र हो । यो प्रेमपत्रको केन्द्रिय पात्र येशू प्रभु हुनुहुन्छ । ख्रीष्टका चेलामा हुनुपर्ने गुण र चरित्र भनेको अरु चेलाहरुलाई गरिने प्रेम हो । ख्रीष्टले हामीलाई निश्वार्थ अगाप्पे प्रेम गरेजस्तै ख्रीष्टका चेलाले अरु चेलाहरुलाई नमूनासहितको प्रेम प्रर्दशन गर्नुपर्छ । प्रेम भन्ने शब्द नयाँ करार बाइबलमा मात्रै ३२० पटक दोहोरिएको छ । यसबाट के कुरा स्पष्ट हुन्छौं भने प्रेम गर्ने कुरा एउटा आज्ञाको रुपमा मात्र होइन तर यो कर्तव्य पनि हो । पत्रुसले पनि जोड दिन्छन् कि प्रेम गहिरो हुनुपर्छ (१ पत्रुस १ः२२) । येशूका चेलाहरुले अरुलाई गर्ने प्रेम बोली र व्यवहारबाट देखिनुपर्छ । यो कुराबाट नै अरु मानिसहरुले देख्नछन् कि त्यो व्यक्ति येशूको चेला हो । येशूका चेलाहरु पावल, सिलास र उनीहरुको टीम एन्टिओखियाको मिसनको काममा रहँदा पहिलोपटक ख्रीष्टियान भनिएका थिए (प्रेरित ११ः२६) । ख्रीष्टियान भन्ने शब्द येशूले उहाँलाई प्रेम  गर्ने चेलाहरुलाई कुनै उपाधि दिनुभएको होइन तर अइसाईले येशूका चेलाहरुका जीवनमा देख्नुभएका येशूका गुणहरुले नै उनीहरु ख्रीष्टियान भनिएका हुन् । तसर्थ येशूका चेलाहरुको  जीवनमा हुनुपर्ने अत्यन्तै आवश्यक गुण वा चरित्र भनेको नै अगाप्पे प्रेम हो । आज मानबता हराउँदै गइरहेको यस संसारमा यो प्रेम गर्न र यो प्रेमको अनुभब गर्न अति नै कठीन भए तापनि येशूलाई निश्वार्थ र अमर प्रेम गर्नेहरुको जीवनमा देखन सक्छौ र अनुभव पनि गर्न सक्छौं ।

५. चेलाले सूसमचार प्रचार गर्छ र अरुलाई चेला बनाउँछ (मत्ती २८ः१८–२०) ।येशूले वचनको यो खण्डमा अति नै अचम्मको कुरा व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको कुरा यो हो कि स्वर्ग र पृथ्वीको अधिकार येशूलाई दिइएको छ । एउटा साधारण व्यक्तिले यस्तो प्रकारको कथन व्यक्त गर्न सक्दैन । येशू स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ । उहाँले उहाँको पछि लाग्ने चेलाहरुलाई सारा संसारमा भएर सुसमचार सुनाएर चेला बनाउनको लागि आदेश दिनुभयो । उहाँले आदेश मात्रै दिनुभएन तर आज्ञापालन गर भन्ने कुरालाई पनि जोड दिनुभयो । यदि येशूलाई पछ्याउने व्यक्तिले उहाँको आज्ञापालन गर्दैन भने उहाँको चेला बन्न सक्दैन । तसर्थ ख्रीष्टका चेलाको गुण वा चरित्र भनेको सुसमचार सुनाउनु, सिकाउनु र आज्ञापालन गर्नु पनि हो । प्रिय मित्रहरु, याद गरौं कि यदि हामी येशूका असल र आज्ञाकारी चेला हौं भने हामी एक्लो हुनेछैनौ किनकि संदैभरि येशू हाम्रो साथमा हुनुहुन्छ ।
निचोड ः येशूले उहाँलाई पछ्याउने व्यक्तिहरुलाई इसाई हुनको लागि भन्नुभएको छैन तर  चेला हुन भन्नुभएको छ । चेला यस्तो नैतिक चरित्र भएको व्यक्ति हो, जो सच्याइन चाहन्छ, सिक्छ अनि उसको दिमाग र हृदय सिक्ने कुराको लागि परिवर्तन हुँदैजान्छ ।  वेभस्टारको शब्दकोषका अनुसार जसले अरुबाट निर्देशन प्राप्त गर्छ त्यो चेला हो । ख्रीष्टको एक असल चेलाले आफ्नो शिक्षक वा गुरुबाट पाएको निदेृशनलाई सदैब पालन गर्दछ । गु भनेको अन्धकार र रु भनेको हटाउनु हो । हाम्रो असल र नमूनाको गुरु येशू हुनुहुन्छ । जो अन्धकारलाई हटाउने यस संसारका ज्योति हुनुहुन्छ । चेलाको जीवनमा हुने अर्को सर्वोपरी गुण भनेको प्रेम पनि हो । प्रेमले सबै कुरालाई एकतामा बाध्दछ । प्रेमले नै सबै कुराहरुलाई एकतामा राख्छ (कलस्सी ३ः१४) । येशूलाई पछ्याउने र उहाँको चेला बन्ने कुरा मुखले होइन तर व्यवहारिकतामा र सत्यतामा हुनुपर्छ । येशूको पछि लाग्ने कुरा नम्रता, समर्पण र विश्वासकासाथ हुनुपर्छ । उहाँको वचनको पालन गनुृ अनि उहाँले सिकाउनुभएको शिक्षालाए एकचोटी, दुईचोट िहोइन तर निरन्तर पछ्याइरहनुपर्छ र पालन गर्नुपर्छ । येशूले चेलाहरुलाई यो प्रतिज्ञा गर्नुभएको छ कि उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञापालन गर्नेहरुलाई येशूले गर्नुभएका भन्दा पनि महान् काम गर्न सक्न्ेछन् (यूहन्ना १४ः१२) । तसर्थ प्रियहरु, आज हामी निरन्तर रुपमा आफु पनि येशूको असल चेला बनौं र अरुलाई चेला बनाउनको लागि निरन्तर लागि परौं ।
परमेश्वरले सबैलाई आशिष दिउँन् ।

  • पाष्टर सिमोन शाह

निर्देशक

ग्रेस बाइबल इन्च्युट

विश्व र नेपालको मण्डली इतिहास विश्व र नेपालको मण्डली इतिहास

 

इतिहास भन्नाले कुनै देश, जाति, संस्था, दर्शन आदिको उत्पत्ति र विकासको कथा वा वृतान्त नै इतिहास हो । सामान्य अर्थमा भन्नुपर्दा वितेका घटनाहरूको वर्णन, अध्ययन वा तत्सम्बन्धी ग्रन्थ चाहिँ इतिहास हो । इतिहास लेख्ने व्यक्ति, इतिहासको विद्वान र इतिहासविद् नै इतिहासकार हुन् । एतिहासिक विवरणलाई सर्पमान्य सत्य तथ्यमा आधारित भएर लेख्नुपर्ने भएकाले इतिहास लेख्नु भनेको फलामको चिउरा चपाए जस्तै गाह्रो कुरा हो । इतिहास लेख्ने कार्य त्यति सरल छैन । कसैले लेखिदिएको इतिहास पढ्न जति सजिलो छ । त्यहि भएर होला, प्रायःजसो इतिहास लेख्ने आँट गरिँदैन । तर पनि आउदो पुस्ताहरूको लागि इतिहास लेखिदिनु चुनौती छ र इतिहास लेखिदिएर इतिहासकार बन्न पाउनु हाम्रो सौभाग्य हो । अझ मण्डली इतिहास लेख्ने, राख्ने र बनाउने जिम्मा हाम्रो पुस्तालाई छ । हामी पहिलो पुस्ता देखि १९÷२० औं शताब्दीको इतिहास अध्ययन गर्दैछौ । तर आउदो पुस्ताहरूले यही हाम्रो २१ औं शताब्दीलाई इतिहासको रूपमाआउदो पुस्ताहरूले पढ्नेछन् । त्यसैले हामी पढ्न र मनन योग्य इतिहास बनौं र स्वर्णीम इतिहास कोरौं भन्दै विश्व, नेपाल र काभ्रेको ख्रीष्टिय मण्डली इतिहास प्रस्तुत गर्न चाहन्छु । मण्डली इतिहास विभिन्न दृष्टिकोणबाट लेख्ने गरिएको भएतापनि विशेष गरी मण्डली बृद्धिको दृष्टिकोण र ख्रीष्टियन शिक्षाको दृष्टिकोणबाट इतिहास लेख्छन् । हुन एउटै ग्रन्थमा मण्डली इतिहासका सबै पक्ष समेट्नु त्यति सजिलो छैन । पुरातात्विक श्रोतहरू, ख्रीष्टिय अभिलेख, प्राचीन कथाहरू तथा गवाहीहरूद्वारा संकलित ख्रीष्टियन मण्डलीको विकास नै मण्डली इतिहास हो । इतिहास भनेको वास्तवमा, परमेश्वरले मानिसद्वारा भएर के कस्ता प्रभाव र कामहरू गर्नुभयो भन्ने जानकारी र अध्ययन हो । मण्डली इतिहास भनेको महिना बर्ष, तथा नाउँ र ठाउँहरू मात्र कण्ठ गर्नु कदापि होइन । बरु, कुनै पनि मितिमा घटेका घटनाको प्रभाव मानवजीवनमा कसरी र किन प¥यो सोको अध्ययन र विश्लेषण चाहिँ साँचो इतिहास हो । जसले अर्को पुस्तालाई सदैव पाठ सिकाउँछ । इतिहासले अग्रजहरूको सम्झना र उहाँहरू प्रति वफादार बनाउँदछ । हिब्रु १३ः७ । इतिहासले पृष्ठभूमिको वृहत ज्ञान दिदछ । इतिहासले योगदान तथा सेवा पु¥याएका व्यक्ति वा संस्थालाई अजर बनाई इतिहास अमर रहन्छ । ख्रीष्टिय मण्डली बृद्धिको जानकारीदिन्छ । इतिहासले हामीलाई चेतावनी र चुनौती पनि दिन्छ ।

 

ख्रीष्टिय मण्डलीको इतिहास भनेको प्रभु येशू ख्रीष्टका अनुयायीहरूको जीवनी र सुसमाचार नै हो । प्रेरितको पुस्तकमा भएका सम्पूर्ण विवरण नै पहिलो शताब्दीको मण्डली इतिहास हो । प्रेरित १,२,३ र ४ अध्याय अनुसार पनि पवित्रआत्माको शक्ति, अभिषेक र वरदानलाई प्रयोग गरेकाछन् । ख्रीष्टको आज्ञाबमोजिम सुसमाचार प्रचार, पश्चताप, ग्रहण, बप्तिस्मा र संगतिलाई यरूशलेम, यहुदिया, सामरीया र पृथ्वीको अन्तसम्मै मण्डली स्थापना गरेको देखिन्छ । सुसमाचार र मण्डली स्थापना गरेकै कारण ख्रीष्टको खातिर धेरैले सहिद हुनुप¥यो । इतिहासका हरेक कालखण्डमा चरम सतावट सहदै ख्रीष्टको मण्डली बृद्धिहुदै आएको इतिहास हामीसँगछन् ।  ख्रीष्टिय मण्डली सबै जाति, भाषा, सँस्कृति, वर्ग र वर्णका मानिसहरूका लागि हो । तै पनि यो विशेष स्थान यरूशलेमबाट शुरु भयो । कारण यो पाँचै महादेशको लागि केन्द्रविन्दुमा अवस्थित छ । पापको कारण परमेश्वरको संगति देखि टाढिएका पापी मानिसहरू र पवित्र परमेश्वर बीच मिलाप गराउन येशू यस संसारमा आउनुभएको हो । परमेश्वरको राज्यबारे सिकाउनुभयो । आश्चार्यकर्महरू गर्नुभयो । पापी मानिसको उद्धार र मुक्तिको लागि आफ्नो प्राण समेत दिनुभयो । धेरैलाई सेवा, शिक्षा, तालिम दिनुभयो । महान आज्ञा पनि दिनुभयो । उहाँको पछि लाग्ने ५ हजारभन्दा पनि बढि थिए तर उहाँलाई पूरा हृदयले खासै पछ्याउनेहरू जम्मा १२० जना मात्र थिए । ( प्रेरित १ः१४,१५) सेवकाइका लागि ७० जनालाई चलाउनु भए तापनि १२ जना चेला छानेर हुर्काउनुभयो, अनि आफ्नो जिम्मेवारी उनीहरूलाई दिनुभयो । प्रभु येशूले भन्नुभयो “ म यस चट्टानमाथि आफ्नो मण्डली स्थापित गर्नेछु ।” (मत्ती १६ः१८) उहाँले पत्रुस माथि भन्नुभएको होइन, तर पत्रुसले “ तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ” भनी गरेको स्वीकार र विश्वासमाथि आफ्नो मण्डली स्थापित गर्छु भन्नुभएको हो । त्यसैैले उहाँलाई प्रभु भनी स्वीकार गर्ने हरेकको माझ उहाँले मण्डली स्थापना गर्नुहुन्छ । यसैले येशू ख्रीष्ट नै मण्डलीको संस्थापक हुनुहुन्छ ।

 

पेन्तिकोसको दिनमा १२० जना माथिल्लो कोठामा प्रार्थनाका लागि भेला भएका बेला पवित्रआत्मा आउनुभएपछि भने उहाँको मण्डलीको शुरुवात भयो र पवित्रआत्माको शक्ति पाएपछि उनीहरू अब सक्रिय भए । मण्डली जागृति भएकै दिन आफैभित्र सीमित नरही सुसमाचार प्रचार गर्ने काम गरे र एकैदिन तीन हजार मानिस थपिए । (प्रेरित २ः३८–४०) मण्डलीको जन्मपछि प्ररित२ः४१–४७ अनुसार, विश्वासीहरू प्रेरितहरूको शिक्षा सुन्न, प्रार्थना र संगतिमा दिनहुँ भेला हँुुन्थे, बाँडचुँड गरी खान्थे सबै कुरा साझा थियो । मण्डलीमा प्रभु येशूको आश्चार्यकर्म भएकाले मानिसहरूमा भय उत्पन्न भयो । मण्डलीमा सबै सदस्यहरू सँगसँगै रहन्थे । दिनहुँ संगतिमा जान्थे र ३ हजार, ५ हजार हुदै उद्धार पाएकाहरूको संख्या बढ्दै गयो । तर दुःखको कुरा, मण्डलीले ठूलो सतावट र अत्याचार भोग्नुप¥यो । फलस्वरुप मण्डली अब तितरवितर भयो । तितरवितर भएका जागृत चेलाहरू जहाँपुगे तेहि सुसमाचार प्रचार तिव्र बनाए । सतावटले त अब मण्डली केवल यरूशलेममा मात्र सीमित रहेन, बरु यहूदिया, सामरियामा पनि मण्डली विस्तार भयो । (प्रेरित९ः३१) । यसरी मण्डली वृद्धि रोकिएन (प्रेरित १६ः५) तर दिनहुँ बढ्दै गयो । अब त चेलाहरूको संख्या हजारौं भयो । पहिलो शताब्दीको अन्तसम्ममा त, रोमी संसारको हरेक प्रमुख शहरमा मण्डली स्थापना भइसकेको थियो । यसैगरी सन् ५२ मा सन्त थोमा भारतबर्ष सम्मै आइपुगे र धरै मण्डली स्थापना भए । ख्रीष्टियन विश्वासलाई सताउने शावल नै येशूको दर्शन पाएपछि पावल मण्डली संरक्षक बन्न पुगे । पावल नै ख्रीष्टियनमतलाई विश्वव्यापी बनाउने महान् मिसनरी, कुशल लेखक र मण्डलीका बल हुन् । प्रेरित १५ अध्याय अनुसार यरूशलेम मण्डलीमा एकता, व्यवस्थापन र विधानको निम्ति सभा बसेको छ । पहिलो शताब्दीको मण्डलीलाई १२ प्रेरतहरू, बप्तिस्मा दिने यूहन्ना, स्थिफनस, पावल, वर्णबास, मत्तियास, लुका लगाएत त्यो बेलाका साधारण विश्वासीहरूले तिव्रगतिमा वृद्धि र विस्तार गरे । ख्रीष्टको सुसमाचारको खातिर प्रायसबैलाई नै सहीद बनाए । तेस्रो शताब्दीका धर्मपिता टर्टुलियनले भनेकाछन् कि,“सहीदहरूको रगत नै मण्डलीको बीउ हो । ९त्जभ दयियम या तजभ mबचतथचक ष्क तजभ कभभम या तजभ अजगचअज।० उनको भनाईको अर्थ जति इसाईलाई सताइन्छ त्यतिकै मात्रामा मण्डलीको तिव्र वृद्धि हुन्छ । त्यो बेलाका मण्डली तिव्रविस्तार हुनुको प्रमुख कारण प्रभावशाली संगति र सहभागीता नै हो । प्रेरित २ः४२–  ४७ अनुसार सबै विश्वासीहरू चेलाहरूको संगति, शिक्षा, संयुक्त भोज र प्रार्थनामा लागिरहन्थे । मण्डलीहरू पूर्ण रूपमा स्वाचालित, स्वतन्त्र र सक्रिय थिए । यरूशलेम आमा मण्डली भएतापनि अन्यजाति मण्डली एन्टिओकले भने सुसमाचार प्रचार गरी आत्मा जित्ने काममा सक्रिय भूमिका निर्वाह ग¥यो । विश्वका चारैतिर मण्डली विस्तारमा मिसनेरी मण्डलीमा एक नमुना मण्डली बन्यो । वर्तमान समयका विश्वको सवभन्दा ठूलो मण्डली दक्षिण कोरियाको योंइदो फूलगोष्पल चर्च मान्न सकिन्छ । जुन चर्च पा.डा.पावल (डेभिड) योङ्गीचोले सन् १९५८ मा शुरु गर्नुभएको थियो । सो चर्चले विश्व सयौ देशमा हजारौं मिसनेरी पठाइरहेकोछ । सन् २०१० को रेकर्ड अनुसार यस मण्डलीका १० लाख भन्दा बढी विश्वासीहरू रहेकाछन् । विश्वव्यापी रूपमा मण्डलीभित्र सुधारवादी आन्दोलनको प्रमुख मार्टिन लुथरको जन्म सन् १४८३ जर्मनीमा भएको थियो । १५१२ मा उनले विटनबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरे । जर्मनी भाषामा पवित्र बाइबल पूरै उल्था गरे । उनले विभिन्न पुस्तकका टिप्पणी पनि लेखेकाछन् । सुधारवाद आन्दोलन गर्न “ धर्मीजन विश्वासले नै जिउँछ”रोमी १ः१७ पदले उनलाई प्रेरणा दियो । ३१ अक्टोबर १५१७ मा खास रोमन क्याथोलिकबाट प्रोटेस्टेन्स हुने सुधारवादी आन्दोलनको जन्मभयो । विश्व मण्डली १५२९ बाट दुईभागमा विभाजित भयो । त्यस पश्चात मण्डलीका विभिन्न युग हुँदै बढिरह्यो ।  पहिलो शताब्दीः मण्डली स्थापना र विस्तारको युग । दोस्रो देखि पाँचौ शताब्दीः मण्डली परिचित भएको युग । छैटौं देखि एघारौं शताब्दीः अन्धकारमय युग । बाह्रौ देखि चौधौं शताब्दी ः मण्डली महान् भएको युग । बाह्रौ देखि अठारौं शताब्दी ः मण्डली सुधारको युग । उन्नाईसौं देखि बीसौं शताब्दी ःजनजागरण, मिसनरी र सुसमाचारको युग । एकाईसौं शताब्दी ः आधुनिक, प्रविधि तथा विश्वदृष्टिको युग भएको छ । यसरी यरूशलेम, यहूदिया, सामरीया हुँदै पृथ्वीको अन्त सम्मै ख्रीष्टको साक्षी विश्वव्यापी बनेको छ । ७ अब मानिस मध्ये ३ अर्ब भन्दा बढी मानिसले येशूलाई चिन्दछन् । त्यसैगरी नेपालमा सर्बप्रथम क्रिश्चियन मिसिनेरीहरूको प्रवेश सन् १६२८ मा भएको थियो । तात्कालिन राजा लक्ष्मीनरसिंह मल्लले पोर्चुगलका मिसिनेरी जेसुइट फादर जुआन काब्रललाई हार्दिकताका साथ् स्वागत गरेका थिए । राजाले फादरलाई एउटा ताम्रपत्र दिएर पुरस्कृत समेत गरेका थिए, जुन ताम्रपत्रमा इसाईमतको प्रचार गर्न अनुमति दिइएको थियो । त्यसपछि सन् १६६१ मा बेल्जियमका मिसिनेरी अल्बर्ट र अष्ट्रियाका मिसिनेरी जोहानले नेपाल भ्रमण गरे, तर उनीहरू लामो समय नेपालमा बसोबास गरेनन् । यसको धेरै बर्षपछि सन् १७०३ मार्च १४ का दिन ६ जना केपुचिन फादरहरू इटालीको रोमबाट नेपालतर्फ हिंडे । आधुनिक खालका यातायातका साधनहरू नभएको तात्कालिन समयमा उनीहरूलाई काठमाडौं आइपुग्न झन्डै ४ बर्ष लाग्यो । सन् १७०७ फेब्रुअरी २१ का दिन काठमाडौं आइपुगेका उनीहरू व्यवस्थित हिसावले चाहिं सन् १७१५ बाट नेपालको भूमिमा बसोबास गर्न लागे । नेपाल आएको झन्डै ५३ बर्षपछि सन् १७६० मार्च २४ का दिन फादर ट्रान्क्विलियसले काठमाडौंमा द एजम्प्सन अफ आवर लेडी नामको चर्च सुरु गरे ।

 

परमेश्वरको अनुग्रह र ती मिसिनेरीहरूको कठोर मेहनतको फलस्वरूप उपत्यकाका नेवार समुदायका दर्जनौं मानिसहरूले प्रभु येशूमा बिश्वास गरे । पछि गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरेपछि सन् १७६९ मा बिदेशी केपुचिन फादरहरूका साथमा ५७ जना नेपाली इसाईहरूलाई पनि देशनिकाला गरेर भारतको बेतियातर्फ पठाइदिए । आज पनि भारतको बेतियामा नेवार समुदायका इसाईहरू भेट्न सकिन्छ । सन् १७६९ मा नेपाली क्रिश्चियनहरूलाई प्रवाश पठाइए पछिको झन्डै १८० बर्ष इसाईमतको निम्ति नेपालको ढोका बन्द नै रह्यो । त्यसपछि सन् १९५० सम्म कोहि पनि नेपाल आउन र प्रचार गर्न पाएनन् । यहाँसम्म कि नेपालकै भूमिमा जन्मेका नेवार इसाईहरूले समेत आफ्नो देशमा रहन पाएनन् । यसरी नेपाल देशको इतिहासले क्रिश्चियनहरूमाथि बर्बर दमन गरेको देखिन्छ । नेपाली इतिहासको यो पाटोले स्पष्ट गर्दछ कि नेपालका क्रिश्चियनहरू भर्खर छिरेकाहरू होइनन् । राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु अघि नै काठमाडौं उपत्यकाका थुप्रै नेवारहरू क्रिश्चियन भइसकेका थिए । आधुनिक नेपालको एकीकरणको इतिहासभन्दा नेपालका क्रिश्चियनहरूको इतिहास पुरानो छ । छोटकरीमा भन्नुपर्दा, एकीकरणबाट नेपाल भन्ने देश बन्नु अघि नै यहि भूमिमा जन्मेका थुप्रै मानिसहरूले इसाईमत ग्रहण गरिसकेका थिए । हिन्दु धर्मलाई राज्य(धर्मको रूपमा स्वीकार गरिनुभन्दा कयौं बर्षअघि नै नेपालमा क्रिश्चियनहरू थिए । तात्कालिन नेपाल उपत्यकामा पृथ्वीनारायण शाहको प्रवेश हुनुअघि देखिनै यहाँ क्रिश्चियनहरू थिए । के इतिहासको  यो पाटोलाई बिर्सेर क्रिश्चियनहरूलाई घरीघरी ऐतिहासिकताको प्रश्न उठाउनु जायज होला र ? कतिपयले क्रिश्चियनहरूको आस्थाको नभई क्रिश्चियनहरूको कामको मात्र बिरोध गरेको भनेर पनि दावी गर्दछन् । क्रिश्चियनहरूमाथि जबर्जस्ती धर्मपरिवर्तनको आरोप बग्रेल्ती लाग्ने गरेको छ । यो सतप्रतिशत सत्य कुरा हो कि जबर्जस्ती वा प्रलोभनमा पारेर कसैले कसैको धर्मपरिवर्तन गराउन पाइँदैन । तर, केलाई भन्ने जबर्जस्ती धर्मपरिवर्तन ? केलाई भन्ने प्रलोभन ? खान नपाउनेहरूलाई खान दिनु, लगाउन नपाएकाहरूलाई एकसरो लगाउन दिनु, अनाथलाई आश्रय दिनु पाप होइन । चाहे यसलाई पाप भनियोस् वा प्रलोभन । क्रिश्चियनहरूले कुनैपनि अवस्थामा यी कामहरू गर्न छाड्ने छैनन् । लाखौ नास्तिकहरूले येशूलाई विश्वास गरीरहेकाछन् भने ती नास्तिकहरूले केको धर्म परिवर्तन ? किनकि उनीहरू कुनै धर्ममा नै थिएनन् ।

 

स्व.पादरी गंगाप्रसाद प्रधानको जन्म काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाइ १८५१ अर्थात वि.स.१९०८ अषाढ २२ गते भएको थियो । बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोरा थिए । उनका जेठा दाजु प्रभुनारायण र दुई दिदिहरू सँगै थिए । विशेषकारणले पहाडको रानी दार्जिलिङ २९ मे, १८६१का दिन पुगे । ४ जुलाई, १८७० अर्थात उनको १९ औं जन्मदिनमा मेकफर्लेनको स्कूलमा भर्ना भए । अलाहाबाद पुगी २४ जनवरी १८७५ मा पादरी बिनकूपबाट बप्तिस्मा लिए । उनको विवाह एलिजाबेथ राईसँग भयो र उनीहरूको २ छोरा र ६ छोरीहरू जन्मिए । अनुवाद को काममा मिसनेरी पादरी टर्नबुल र किल्गोर जस्ता ग्रीक र हिब्रु भाषा विदहरूबाट पनि सहयोग लिएर सन् १९१४मा  अनुवाद गरी किङ्ग जेम्स भर्सनको विलकुल हुबहु अनुवाद भएपछि कलकत्ताबाट प्रकाशित भएर आइपुग्यो । गोरखापत्र ’ भन्दा ४÷५ महिनाले जेठो पत्रिका ‘गोर्खे खबर् कागत्’ मासिक पत्रिका हो । उनको ‘द गोर्खा प्रेस’बाट  १ जनवरी, १९०१ मा प्रकाशन शुरु गरी जीवन पर्यन्त सम्म प्रकाशनमा आएको बुझिन्छ । दार्जीलिङको सन्त कोलम्बा मण्डलीमा १९०१  अगस्तको शुभदिनमा पूर्ण पादरीको रूपमा ५० बर्षमा अभिषेक गरियो । उनले असल चेला वा अगुवा निर्माण गरी मण्डलीको जिम्मेवारी र प्रतिष्ठित पदभारबाट बीस बर्ष सेवारत रहेर १९२१ मा अवकाश ग्रहण गरे । महिनौ दिन लगाएर आफ्नो जाति र देशमा परमेश्वरको काम गर्ने भनेर रक्सौल, विरगञ्ज हेटौंडा भिमफेदी हुदै काठमाडौं आउदा यहाँको सरकारले श्री ५ पृथ्वीनारायण शाहको पालामा विदेशी मिसनेरी लगाएत काठमाडौंको इसाई नेवारहरूलाई ( उनीहरू भारत को वेतिया कुहडीमा ) देशनिकाला गरे झैं इसाई धर्मको प्रचारप्रसार गर्लान भनेर तुरुन्तै दार्जलिङमा नै उनीहरूलाई खेदेर पठाए । रुदै रुदै फर्कदा गंगाप्रसादको मन साहै रोएको हुनुपर्छ । सायद त्यो बेला नेपालमा सेवा गर्ने मौका पाएका भए नेपाली मण्डली र उहाँको राज्य विस्तार हुनेथियो । देशमा उनको सपना पूरा भैसक्थ्यो होला । उनको सेवकाइमा शिक्षक, अनुवादक, लेखक, सम्पादक र पादरीको रूपमाजीवनको अन्त्य सम्म नै सेवागर्दै रहे । २८ मार्च, १९३२ का दिन दार्जीलिङमा ८१ बर्षको उमेरमा उनी स्वर्गे भए ।  तर दार्जिलिङ्ग, सिक्किम, कालिङ्गपुङ्ग लगाएत विभिन्न स्थानका नेपाली भाषीहरूले नेपालको लागि प्रार्थना र मिसनको कामको लागि नेपालको वोर्डरहरूमा सेवासंगति र सुसमाचार प्रचार निरन्तर भयो । नेपालगञ्जमा स्व.पा. वर्णबास राई, पोखरामा पा.डेभिड मुखिया र दाउद मसिंह, काठमाडौं उपत्यकामा पा.तिरबहादुर देवान, पा.रोवर्ट कार्थक लगायत पुतली सडक चर्चका पाष्टर आदिले सन् १९५० भन्दा अघिदेखि सुसमाचारको काम गरेको भएतापनि मण्डलीको रूपमा पहिलो मण्डली सन् १९५२ मा रामघाट मण्डली पोखरामा शुरु भयो । नेपालका अन्य शहर काठमाडौं, भक्तपुर, धरान, नेपालगञ्ज, बुटवल, पाल्पा, बनेपा, गोरखा, कञ्जनपुर आदि ठाउँका केहि चर्चहरूले ५० औं वार्षिक उत्सव पनि मनाइसकेकाछन् । सन् १९५० देखि १९७४ मा विश्वासीको संख्या ८०० पुग्यो । ८ बर्ष पछि १९८२ मा यो संख्या १५ हजार पुग्यो । सरकारी तथ्याङ्क अनुसार ः सन् २००१ मा नेपालमा ख्रीष्टियनहरूको संख्या ः  १,०१,९७६ जना छन् । सन् २०११ मा नेपालमा ख्रीष्टियनहरूको संख्या ः ३,७५,६९९ पुगेकोछ । वृद्धि दर २६८ प्रतिशत हुन्छ । तर ख्रीष्टियन संघसंस्थाको भनाई अनुसार हाल नेपालमा १५÷२० लाख भन्दा बढी इसाईहरू रहेको दावी गरेका छन् । वृद्धिदर हेर्दा नेपाल एसियाको सवभन्दा तीव्र गतिमा मण्डली वृद्धि भएको देशमा पनि परेको छ । आमेन् !

 

– समयकुमार रम्तेल

ख्रीष्टिय अभिलेख तथा स्रोत केन्द्र

बनेपा–४ नाला, काभ्रे

आफ्ना तोडाहरूलाई नगाड् तर चलाऊ

– पाष्टर रोबर्ट कार्थक

हाम्रा तोडाहरू चलाएर परमेश्वरको काम दिन छँदै गर्नुपर्छ यसको लागि हामीले आफैलाई जिउँदो बलिदानको रूपमा अर्पण गर्नुपर्छ । “मलाई पठाउनुहुनेको कामहरू हामीले दिन छँदै गर्नुपर्छ । रात आउँछ, जब कसैले काम गर्न सक्दैन” यूहन्ना ९ः४ । “बलिदानको पशुलाई वेदीको सीङमा डोरीले तन्काएर बाँध” भजनसंग्रह ११८ः२७ “ख” पुरानो संस्करणबाट । बलिको पशुलाई किन बाध्नुपर्छ ? रोमी १२ः१ मा लेखिएको छ “…कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ–आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्यहुने जिउँदो बलिको रूपमा अर्पण गर।” जिउँदो पशुलाई बलिवेदीमा राख्दा बाँध्नु पर्छ । प्रस्थान २२ः९ “परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा तहलगाएर राखे । त्यसपछि तिनले आफ्नो छोरा इसहाकलाई बाँधेर वेदीमा दाउरा माथि राखे ।” १० पदमा …तब अब्राहामले आफ्नो छोरालाई बलिगर्न छुरी उठाए । पद १२ मा …उनले भने “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही
नगर् । अब मैले थाहा पाएँ तैंले परमेश्वरको भय मान्दो रहेछस्, किनकि तेरो छोरो,तेरो एक मात्र छोरालाई पनि म बाट तैंले रोकेर राखिनस् । जब अब्राहामले आफ्नो छोरो इसहाकलाई बाँध्न लागेको थियो, त्यस बेला इसहाकले आफ्नो बुढो बाबुलाई धकेलेर भाग्न सक्थ्यो । तर ऊ भागेन, उसलाई कुन कुराले बाँधेर राखेको थियो होला । डोरीले ? होइन, उसको बुवाप्रतिको समर्पणताले हो । उसको बुवाले परमेश्वरप्रति गरेको समर्पण पूरा गर्ने कुराले उसलाई बाँधेको थियो ।

मण्डलीमा हामी अरूको समर्पणताको आशा गर्छौं तर हामी आफैमा त्यो पूर्ण समर्पणता छैन । हाम्रो समर्पणता देखावटी भएको छ । हामीले परमेश्वरमा गरेको समर्पणतालाई पूरा गरेका छैनौं । हामीले गरेको समर्पणताको डोरीले हामी बाँधिएको हुनुपर्ने तर हामी बाँधिएका छैनौं । हामी मानिस मात्र हौं भनी बहाना गर्छौं तर २ कोरिन्थी ५ः१७ अनुसार हामी ख्रीष्टमा नयाँ सृष्टि हौं । जब परमेश्वरले हामीलाई हेर्नुहुन्छ तब उहाँले हामीलाई नयाँ मानिस देख्नुहुन्छ । हामी नयाँ मानिस भएर जिउनुपर्छ, हामीमा भएको पुरानो कुराहरू कठोरता, ईष्र्या रिसलाई बाध्न सक्नुपर्छ र नयाँ मानिस भएर जिउने प्रतिबद्धता लिनुपर्छ । हाम्रो समर्पणतामा हल्कापन आएको छ । हामी कसरी सजिलैसँग, कामनै नगरी पैसा कमाउन सकिन्छ भनी बाटो खोजिरहेका छौं । कतिले चिट्ठा हालिराखेका छन् कतिले भ्रष्टचार गरिराखेका छन् । “बेईमानीसँग कमाइएको धन घट्दै जान्छ, तर अलि–अलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ” हितोपदेश १३ः११ । हामी होशियार हुनुपर्छ । धन कमाउनुपर्छ तर बेईमानसँग कमाउनु हुँदैन । हामीले कमाएकोबाट दिनसिक्नुपर्छ । आज कतिले यस्तो विचारगर्छन मण्डलीले हामीलाई के दिएको छ ? तर हाम्रो समर्पणताले हामीलाई यस्तो विचार गर्न तुल्याउँछ कि हामीले मण्डलीको लागि के दिएका छौं ।

अभावमा जिउनेहरूले अरूलाई सहायतागर्न सक्दैनन् । आफूलाई पुग्दो हुनेहरूले पनि अरूलाई दिन सक्तैनन् । तर प्रशस्त हुनेहरूले मात्र अरूलाई दिन सक्छन् । के हामीले पाएको प्रशस्त आशिष्बाट अरूलाई दिने काम गरिराखेका छौं ?आशिष्चाहिँ अरूसँग बाँड्नको लागि हो । जब हामी आशिष् थुपारेर राख्छौं त्यो बासी हुन्छ, त्यसमा किरा पर्छ । हामी गरीबीमा जिएको परमेश्वर चाहनुहुन्न, उहाँले हामीलाई यथेष्टमात्र होइन तर प्रशस्तदिन चाहनुहुन्छ, ताकि हामीले अरूहरूसँग ती आशिष् बाँड्न सकौं ।
यदि हामी समर्पित भएर परमेश्वरले दिनुभएका तोडाहरू चलाउनु हो भने येशूलाई प्रभुको स्थानमा राख्न सिक्नुपर्छ । आज मण्डलीले पूरा सुसामाचार सुनाएका छैन खाली आधा सुसामाचार मात्र सुनाएको छ । आज हामीले येशूलाई मुक्तिदाता भनेर चिनायौं तर उहाँलाई प्रभु भनेर चिनाएनौं । बाइबलमा येशूलाई मुक्तिदाता भनेर ग्रहण गर्नुपर्छ भनी बताएको छैन । “किनकियदितिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्‍यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनीआफ्नो हृदयमा विश्वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ । किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनिउसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ” रोमी १०ः९–१० । “त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो” प्रेरित २ः३६ । “चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं । यसैको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्” रोमी १४ः९ । आज हामीले येशूलाई मुक्तिदाता मात्र होइन तर प्रभु भनेर
स्वीकार गर्नुप र्छ । उहाँ हामीमा प्रभु भएर जिउन चाहनुहुन्छ। हामी ख्रीष्ट जस्तै बन्नु हो भने ख्रीष्टलाई हामीमा जिउन दिनुपर्छ । “म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ । जुन जीवन शरीरमा म अहिले जिउँछ, त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रे मगर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो ।” गलाती २ः२० । हामीले आफैलाई डोरीले बाँध्ने होइन तर उहाँलाई हामीमा जिउन दिनुपर्छ । यसको लागि समर्पणता चाहिन्छ ।

यदि हामीले परमेश्वरले दिनुभएको तोडा चलाएर परमेश्वरको सेवा गर्नु हो भने हामी परमेश्वरले दिनुहुने आशिष्मा जिउन सिक्नुपर्छ । “आफ्नो महिमा र श्रेष्ठताद्वारा बोलाउनु हुनेलाई हामीले चिनेको हुनाले परमेश्वरको दिव्यशक्तिद्वारा जीवन र भक्तिको निम्ति चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ” २ पत्रुस १ः३ । “हाम्राप्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हमीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ” एफिसी १ः३ । परमेश्वर पिताले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ । पुरानो अंग्रेजी बाइबलमा स्वर्गीय स्थानहरू भनिएको छैन । त्यहाँ स्वार्गीय ९ज्भ्ब्ख्भ्ल्ीक्ष्भ्क्०भनिएको छ । यसलाई हामी स्वर्गीय वातावरण
भनी बुझ्दछौं । परमेश्वरले दिनुभएका आशिष्हरू उपभोग गर्नु हो भने हामी स्वर्गीय वातावरणमा बस्न सिक्नुपर्छ । परमेश्वरले आशिष् दिनुभएको छ तर हामीले त्यो अनुभवगर्न सकिराखेका छैनौं, कारण हामी बुवाको घरमा होइन तर सुँगुरको खोरमा नै छौं । हामी सेवा संगतिको समयमा संसारकै साथीहरूसँग बस्न रूचाउँछौं, साथीहरूसँग घुम्न जान्छौं, पिकनिक जान्छौं । संसारसँग एउटै चालमा चलिराखेका छौं, अनि मेरो पिताको घरमा यस्ता आशिष्हरू छन भनेर भनिराखेका छौं । हामीसँग बाइबल पढने, प्रार्थना गर्ने, संगतिमा जाने समय छैन । हामी स्वर्गीय स्थानमा बसेका छैनौं, सुँगुरको खोरमा नै बसिराखेका छौं । अब हामी उठेर बुवाको घरमा आउनुपर्छ । कुनै पनि छोरा बाबुको कमारा बन्न सक्दैन। एक चोटि छोरा भए जन्मिएपछि जीवन भरीनै छोरा हुन्छ । आफू सँगभएको पैसा तास जुवा खेलेर वा वेश्याहरूसँग उडाएता पनि, सुँगुरको चारोले पेट भर्न चाहे तापनि त्यो बुवाको छोरा नै हुन्छ । छोरा घर फर्केर आउँदा बुवाले त्यसलाई कमारा बनाउन सक्तैन । तर छोरा भएर बुवाको घरमा बस्न सक्छ तर यसको लागि समर्पणता चाहिन्छ । आज परमेश्वर हामीबाट त्यो समर्पणता खोज्दै हुनुहुन्छ । अब हामी बाबुको घरमा बसेर जिम्मेवारी उठाउनेहरू बन्न परेको छ । यसैकारण हामी स्वर्गीय वातावरणमा बस्ने, येशु प्रभुलाई प्रभु मान्ने र पिताको इच्छा पूरा गर्न हाम्रा तोडाहरू यो जीवन छँदै प्रयोग गर्नेहरू हुन सकौं ।

कानुनको लक्ष्य स्वतन्त्रतालाई निर्मूलन गर्नु वा नियन्त्रण गर्नु होइन, तर यसको संरक्षण गर्नु र बिस्तार गर्नु हो

सत्रौँ र अठारौँ शताब्दीमा युरोपेली इतिहासमा देखा परेको दर्शनशास्त्रसम्बन्धी अभियानलाई प्रबोधन काल भनेर चिनिन्छ जुन कालका एक सर्वाधिक प्रभावशाली विचारक थिए, जोन लक । तिनी “उदारवादका पिता” को रूपमा पनि व्यापक परिचित छन् । उदारवाद स्वतन्त्रता र समानताको अवधारणामा स्थापित एउटा राजनीतिक दर्शनशास्त्र हो जसले वाक्स्वतन्त्रता, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, खुला बजार, नागरिक हक, लोकतान्त्रिक समाज, धर्म निरपेक्ष सरकार, लैङ्‌गिक समानता र अन्तर्राष्ट्रिय सहकार्यको अवधारणाको समर्थन गर्छ ।

१६३२ मा इङ्गल्यान्डमा जन्मेका जोनका रचनाहरूले ज्ञानशास्त्र र राजनीतिक दर्शनशास्त्रको विकासमा उल्लेखनीय प्रभाव पारे । तिनको धार्मिक विश्वासबाट तिनको राजनीतिक अवधारणाको उद्‌भव भएको थियो भनी विचार गर्ने विद्वान्‌हरू पनि प्रशस्त छन् । तिनले बाइबलको परमेश्वरीय प्रेरणामाथि विश्वास गर्थे । आश्चर्यकर्महरू बाइबलीय सन्देशका ईश्वरीय स्वभावका प्रमाणहरू थिए । बाइबलको सम्पूर्ण विषयवस्तुसित मानवीय तर्क मेल खान्छ भनी तिनी विश्वस्त थिए । तिनी धार्मिक सहिष्णुताको पक्षपोषक भए तापनि नास्तिकवादप्रति असहिष्णु थिए किनकि परमेश्वरको अस्तित्वको इन्कारले सामाजिक अमन चैनलाई खलबल्याउँछ भन्ने तिनको तर्क रहेको थियो ।

जोनको राजनीतिक विचारधारा प्रोटेस्टेन्ट ख्रीष्टियान पूर्वानुमानमा आधारित थियो । मानिसबारे तिनको धारणा सष्टिमाथिको विश्वासद्वारा आरम्भ भएको थियो । हामी उहाँका हातका सिप हौँ । तिनको राजनीतिक सिद्धान्तबारे आधारभूत अवधारणा सृष्टि (उत्पत्ति १-२), दसाज्ञा (प्रस्थान २०), स्वर्णीम नियम (मत्ती ७:१२), येशूका शिक्षाहरूसाथै पावलीय पत्रहरूजस्ता बाइबलीय पाठ्यांशहरूबाट नै प्रादुर्भाव भएको थियो । तिनकै अवधारणालाई पछ्याउँदै अमेरिकाको स्वतन्त्रताको घोषणापत्रले मानव अधिकारवादलाई स्थापित गरेको थियो । हामी सबै समान रूपमा सृजित छौँ, सृष्टिकर्ताले सबै मानिसलाई जीवन, स्वतन्त्रता र खुसीको खोजीजस्ता अधिकारहरू दिनुभएको छ ।

७२ वर्षको उमेरमा २८ अक्टोबर १७०४ मा निधन भएका यी ब्रिटिस दार्शनिक लकले कानुनले स्वतन्त्रताप्रति कस्तो दृष्टिकोण बनाउनुपर्छ भनी सठिक ढङ्गमा व्यक्त गरेका छन्, “कानुनको लक्ष्य स्वतन्त्रतालाई निर्मूलन गर्नु वा नियन्त्रण गर्नु होइन, तर यसको संरक्षण गर्नु र बिस्तार गर्नु हो ।”

Kamal Adhikari