इतिहास भन्नाले कुनै देश, जाति, संस्था, दर्शन आदिको उत्पत्ति र विकासको कथा वा वृतान्त नै इतिहास हो । सामान्य अर्थमा भन्नुपर्दा वितेका घटनाहरूको वर्णन, अध्ययन वा तत्सम्बन्धी ग्रन्थ चाहिँ इतिहास हो । इतिहास लेख्ने व्यक्ति, इतिहासको विद्वान र इतिहासविद् नै इतिहासकार हुन् । एतिहासिक विवरणलाई सर्पमान्य सत्य तथ्यमा आधारित भएर लेख्नुपर्ने भएकाले इतिहास लेख्नु भनेको फलामको चिउरा चपाए जस्तै गाह्रो कुरा हो । इतिहास लेख्ने कार्य त्यति सरल छैन । कसैले लेखिदिएको इतिहास पढ्न जति सजिलो छ । त्यहि भएर होला, प्रायःजसो इतिहास लेख्ने आँट गरिँदैन । तर पनि आउदो पुस्ताहरूको लागि इतिहास लेखिदिनु चुनौती छ र इतिहास लेखिदिएर इतिहासकार बन्न पाउनु हाम्रो सौभाग्य हो । अझ मण्डली इतिहास लेख्ने, राख्ने र बनाउने जिम्मा हाम्रो पुस्तालाई छ । हामी पहिलो पुस्ता देखि १९÷२० औं शताब्दीको इतिहास अध्ययन गर्दैछौ । तर आउदो पुस्ताहरूले यही हाम्रो २१ औं शताब्दीलाई इतिहासको रूपमाआउदो पुस्ताहरूले पढ्नेछन् । त्यसैले हामी पढ्न र मनन योग्य इतिहास बनौं र स्वर्णीम इतिहास कोरौं भन्दै विश्व, नेपाल र काभ्रेको ख्रीष्टिय मण्डली इतिहास प्रस्तुत गर्न चाहन्छु । मण्डली इतिहास विभिन्न दृष्टिकोणबाट लेख्ने गरिएको भएतापनि विशेष गरी मण्डली बृद्धिको दृष्टिकोण र ख्रीष्टियन शिक्षाको दृष्टिकोणबाट इतिहास लेख्छन् । हुन एउटै ग्रन्थमा मण्डली इतिहासका सबै पक्ष समेट्नु त्यति सजिलो छैन । पुरातात्विक श्रोतहरू, ख्रीष्टिय अभिलेख, प्राचीन कथाहरू तथा गवाहीहरूद्वारा संकलित ख्रीष्टियन मण्डलीको विकास नै मण्डली इतिहास हो । इतिहास भनेको वास्तवमा, परमेश्वरले मानिसद्वारा भएर के कस्ता प्रभाव र कामहरू गर्नुभयो भन्ने जानकारी र अध्ययन हो । मण्डली इतिहास भनेको महिना बर्ष, तथा नाउँ र ठाउँहरू मात्र कण्ठ गर्नु कदापि होइन । बरु, कुनै पनि मितिमा घटेका घटनाको प्रभाव मानवजीवनमा कसरी र किन प¥यो सोको अध्ययन र विश्लेषण चाहिँ साँचो इतिहास हो । जसले अर्को पुस्तालाई सदैव पाठ सिकाउँछ । इतिहासले अग्रजहरूको सम्झना र उहाँहरू प्रति वफादार बनाउँदछ । हिब्रु १३ः७ । इतिहासले पृष्ठभूमिको वृहत ज्ञान दिदछ । इतिहासले योगदान तथा सेवा पु¥याएका व्यक्ति वा संस्थालाई अजर बनाई इतिहास अमर रहन्छ । ख्रीष्टिय मण्डली बृद्धिको जानकारीदिन्छ । इतिहासले हामीलाई चेतावनी र चुनौती पनि दिन्छ ।

 

ख्रीष्टिय मण्डलीको इतिहास भनेको प्रभु येशू ख्रीष्टका अनुयायीहरूको जीवनी र सुसमाचार नै हो । प्रेरितको पुस्तकमा भएका सम्पूर्ण विवरण नै पहिलो शताब्दीको मण्डली इतिहास हो । प्रेरित १,२,३ र ४ अध्याय अनुसार पनि पवित्रआत्माको शक्ति, अभिषेक र वरदानलाई प्रयोग गरेकाछन् । ख्रीष्टको आज्ञाबमोजिम सुसमाचार प्रचार, पश्चताप, ग्रहण, बप्तिस्मा र संगतिलाई यरूशलेम, यहुदिया, सामरीया र पृथ्वीको अन्तसम्मै मण्डली स्थापना गरेको देखिन्छ । सुसमाचार र मण्डली स्थापना गरेकै कारण ख्रीष्टको खातिर धेरैले सहिद हुनुप¥यो । इतिहासका हरेक कालखण्डमा चरम सतावट सहदै ख्रीष्टको मण्डली बृद्धिहुदै आएको इतिहास हामीसँगछन् ।  ख्रीष्टिय मण्डली सबै जाति, भाषा, सँस्कृति, वर्ग र वर्णका मानिसहरूका लागि हो । तै पनि यो विशेष स्थान यरूशलेमबाट शुरु भयो । कारण यो पाँचै महादेशको लागि केन्द्रविन्दुमा अवस्थित छ । पापको कारण परमेश्वरको संगति देखि टाढिएका पापी मानिसहरू र पवित्र परमेश्वर बीच मिलाप गराउन येशू यस संसारमा आउनुभएको हो । परमेश्वरको राज्यबारे सिकाउनुभयो । आश्चार्यकर्महरू गर्नुभयो । पापी मानिसको उद्धार र मुक्तिको लागि आफ्नो प्राण समेत दिनुभयो । धेरैलाई सेवा, शिक्षा, तालिम दिनुभयो । महान आज्ञा पनि दिनुभयो । उहाँको पछि लाग्ने ५ हजारभन्दा पनि बढि थिए तर उहाँलाई पूरा हृदयले खासै पछ्याउनेहरू जम्मा १२० जना मात्र थिए । ( प्रेरित १ः१४,१५) सेवकाइका लागि ७० जनालाई चलाउनु भए तापनि १२ जना चेला छानेर हुर्काउनुभयो, अनि आफ्नो जिम्मेवारी उनीहरूलाई दिनुभयो । प्रभु येशूले भन्नुभयो “ म यस चट्टानमाथि आफ्नो मण्डली स्थापित गर्नेछु ।” (मत्ती १६ः१८) उहाँले पत्रुस माथि भन्नुभएको होइन, तर पत्रुसले “ तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ” भनी गरेको स्वीकार र विश्वासमाथि आफ्नो मण्डली स्थापित गर्छु भन्नुभएको हो । त्यसैैले उहाँलाई प्रभु भनी स्वीकार गर्ने हरेकको माझ उहाँले मण्डली स्थापना गर्नुहुन्छ । यसैले येशू ख्रीष्ट नै मण्डलीको संस्थापक हुनुहुन्छ ।

 

पेन्तिकोसको दिनमा १२० जना माथिल्लो कोठामा प्रार्थनाका लागि भेला भएका बेला पवित्रआत्मा आउनुभएपछि भने उहाँको मण्डलीको शुरुवात भयो र पवित्रआत्माको शक्ति पाएपछि उनीहरू अब सक्रिय भए । मण्डली जागृति भएकै दिन आफैभित्र सीमित नरही सुसमाचार प्रचार गर्ने काम गरे र एकैदिन तीन हजार मानिस थपिए । (प्रेरित २ः३८–४०) मण्डलीको जन्मपछि प्ररित२ः४१–४७ अनुसार, विश्वासीहरू प्रेरितहरूको शिक्षा सुन्न, प्रार्थना र संगतिमा दिनहुँ भेला हँुुन्थे, बाँडचुँड गरी खान्थे सबै कुरा साझा थियो । मण्डलीमा प्रभु येशूको आश्चार्यकर्म भएकाले मानिसहरूमा भय उत्पन्न भयो । मण्डलीमा सबै सदस्यहरू सँगसँगै रहन्थे । दिनहुँ संगतिमा जान्थे र ३ हजार, ५ हजार हुदै उद्धार पाएकाहरूको संख्या बढ्दै गयो । तर दुःखको कुरा, मण्डलीले ठूलो सतावट र अत्याचार भोग्नुप¥यो । फलस्वरुप मण्डली अब तितरवितर भयो । तितरवितर भएका जागृत चेलाहरू जहाँपुगे तेहि सुसमाचार प्रचार तिव्र बनाए । सतावटले त अब मण्डली केवल यरूशलेममा मात्र सीमित रहेन, बरु यहूदिया, सामरियामा पनि मण्डली विस्तार भयो । (प्रेरित९ः३१) । यसरी मण्डली वृद्धि रोकिएन (प्रेरित १६ः५) तर दिनहुँ बढ्दै गयो । अब त चेलाहरूको संख्या हजारौं भयो । पहिलो शताब्दीको अन्तसम्ममा त, रोमी संसारको हरेक प्रमुख शहरमा मण्डली स्थापना भइसकेको थियो । यसैगरी सन् ५२ मा सन्त थोमा भारतबर्ष सम्मै आइपुगे र धरै मण्डली स्थापना भए । ख्रीष्टियन विश्वासलाई सताउने शावल नै येशूको दर्शन पाएपछि पावल मण्डली संरक्षक बन्न पुगे । पावल नै ख्रीष्टियनमतलाई विश्वव्यापी बनाउने महान् मिसनरी, कुशल लेखक र मण्डलीका बल हुन् । प्रेरित १५ अध्याय अनुसार यरूशलेम मण्डलीमा एकता, व्यवस्थापन र विधानको निम्ति सभा बसेको छ । पहिलो शताब्दीको मण्डलीलाई १२ प्रेरतहरू, बप्तिस्मा दिने यूहन्ना, स्थिफनस, पावल, वर्णबास, मत्तियास, लुका लगाएत त्यो बेलाका साधारण विश्वासीहरूले तिव्रगतिमा वृद्धि र विस्तार गरे । ख्रीष्टको सुसमाचारको खातिर प्रायसबैलाई नै सहीद बनाए । तेस्रो शताब्दीका धर्मपिता टर्टुलियनले भनेकाछन् कि,“सहीदहरूको रगत नै मण्डलीको बीउ हो । ९त्जभ दयियम या तजभ mबचतथचक ष्क तजभ कभभम या तजभ अजगचअज।० उनको भनाईको अर्थ जति इसाईलाई सताइन्छ त्यतिकै मात्रामा मण्डलीको तिव्र वृद्धि हुन्छ । त्यो बेलाका मण्डली तिव्रविस्तार हुनुको प्रमुख कारण प्रभावशाली संगति र सहभागीता नै हो । प्रेरित २ः४२–  ४७ अनुसार सबै विश्वासीहरू चेलाहरूको संगति, शिक्षा, संयुक्त भोज र प्रार्थनामा लागिरहन्थे । मण्डलीहरू पूर्ण रूपमा स्वाचालित, स्वतन्त्र र सक्रिय थिए । यरूशलेम आमा मण्डली भएतापनि अन्यजाति मण्डली एन्टिओकले भने सुसमाचार प्रचार गरी आत्मा जित्ने काममा सक्रिय भूमिका निर्वाह ग¥यो । विश्वका चारैतिर मण्डली विस्तारमा मिसनेरी मण्डलीमा एक नमुना मण्डली बन्यो । वर्तमान समयका विश्वको सवभन्दा ठूलो मण्डली दक्षिण कोरियाको योंइदो फूलगोष्पल चर्च मान्न सकिन्छ । जुन चर्च पा.डा.पावल (डेभिड) योङ्गीचोले सन् १९५८ मा शुरु गर्नुभएको थियो । सो चर्चले विश्व सयौ देशमा हजारौं मिसनेरी पठाइरहेकोछ । सन् २०१० को रेकर्ड अनुसार यस मण्डलीका १० लाख भन्दा बढी विश्वासीहरू रहेकाछन् । विश्वव्यापी रूपमा मण्डलीभित्र सुधारवादी आन्दोलनको प्रमुख मार्टिन लुथरको जन्म सन् १४८३ जर्मनीमा भएको थियो । १५१२ मा उनले विटनबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरे । जर्मनी भाषामा पवित्र बाइबल पूरै उल्था गरे । उनले विभिन्न पुस्तकका टिप्पणी पनि लेखेकाछन् । सुधारवाद आन्दोलन गर्न “ धर्मीजन विश्वासले नै जिउँछ”रोमी १ः१७ पदले उनलाई प्रेरणा दियो । ३१ अक्टोबर १५१७ मा खास रोमन क्याथोलिकबाट प्रोटेस्टेन्स हुने सुधारवादी आन्दोलनको जन्मभयो । विश्व मण्डली १५२९ बाट दुईभागमा विभाजित भयो । त्यस पश्चात मण्डलीका विभिन्न युग हुँदै बढिरह्यो ।  पहिलो शताब्दीः मण्डली स्थापना र विस्तारको युग । दोस्रो देखि पाँचौ शताब्दीः मण्डली परिचित भएको युग । छैटौं देखि एघारौं शताब्दीः अन्धकारमय युग । बाह्रौ देखि चौधौं शताब्दी ः मण्डली महान् भएको युग । बाह्रौ देखि अठारौं शताब्दी ः मण्डली सुधारको युग । उन्नाईसौं देखि बीसौं शताब्दी ःजनजागरण, मिसनरी र सुसमाचारको युग । एकाईसौं शताब्दी ः आधुनिक, प्रविधि तथा विश्वदृष्टिको युग भएको छ । यसरी यरूशलेम, यहूदिया, सामरीया हुँदै पृथ्वीको अन्त सम्मै ख्रीष्टको साक्षी विश्वव्यापी बनेको छ । ७ अब मानिस मध्ये ३ अर्ब भन्दा बढी मानिसले येशूलाई चिन्दछन् । त्यसैगरी नेपालमा सर्बप्रथम क्रिश्चियन मिसिनेरीहरूको प्रवेश सन् १६२८ मा भएको थियो । तात्कालिन राजा लक्ष्मीनरसिंह मल्लले पोर्चुगलका मिसिनेरी जेसुइट फादर जुआन काब्रललाई हार्दिकताका साथ् स्वागत गरेका थिए । राजाले फादरलाई एउटा ताम्रपत्र दिएर पुरस्कृत समेत गरेका थिए, जुन ताम्रपत्रमा इसाईमतको प्रचार गर्न अनुमति दिइएको थियो । त्यसपछि सन् १६६१ मा बेल्जियमका मिसिनेरी अल्बर्ट र अष्ट्रियाका मिसिनेरी जोहानले नेपाल भ्रमण गरे, तर उनीहरू लामो समय नेपालमा बसोबास गरेनन् । यसको धेरै बर्षपछि सन् १७०३ मार्च १४ का दिन ६ जना केपुचिन फादरहरू इटालीको रोमबाट नेपालतर्फ हिंडे । आधुनिक खालका यातायातका साधनहरू नभएको तात्कालिन समयमा उनीहरूलाई काठमाडौं आइपुग्न झन्डै ४ बर्ष लाग्यो । सन् १७०७ फेब्रुअरी २१ का दिन काठमाडौं आइपुगेका उनीहरू व्यवस्थित हिसावले चाहिं सन् १७१५ बाट नेपालको भूमिमा बसोबास गर्न लागे । नेपाल आएको झन्डै ५३ बर्षपछि सन् १७६० मार्च २४ का दिन फादर ट्रान्क्विलियसले काठमाडौंमा द एजम्प्सन अफ आवर लेडी नामको चर्च सुरु गरे ।

 

परमेश्वरको अनुग्रह र ती मिसिनेरीहरूको कठोर मेहनतको फलस्वरूप उपत्यकाका नेवार समुदायका दर्जनौं मानिसहरूले प्रभु येशूमा बिश्वास गरे । पछि गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरेपछि सन् १७६९ मा बिदेशी केपुचिन फादरहरूका साथमा ५७ जना नेपाली इसाईहरूलाई पनि देशनिकाला गरेर भारतको बेतियातर्फ पठाइदिए । आज पनि भारतको बेतियामा नेवार समुदायका इसाईहरू भेट्न सकिन्छ । सन् १७६९ मा नेपाली क्रिश्चियनहरूलाई प्रवाश पठाइए पछिको झन्डै १८० बर्ष इसाईमतको निम्ति नेपालको ढोका बन्द नै रह्यो । त्यसपछि सन् १९५० सम्म कोहि पनि नेपाल आउन र प्रचार गर्न पाएनन् । यहाँसम्म कि नेपालकै भूमिमा जन्मेका नेवार इसाईहरूले समेत आफ्नो देशमा रहन पाएनन् । यसरी नेपाल देशको इतिहासले क्रिश्चियनहरूमाथि बर्बर दमन गरेको देखिन्छ । नेपाली इतिहासको यो पाटोले स्पष्ट गर्दछ कि नेपालका क्रिश्चियनहरू भर्खर छिरेकाहरू होइनन् । राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु अघि नै काठमाडौं उपत्यकाका थुप्रै नेवारहरू क्रिश्चियन भइसकेका थिए । आधुनिक नेपालको एकीकरणको इतिहासभन्दा नेपालका क्रिश्चियनहरूको इतिहास पुरानो छ । छोटकरीमा भन्नुपर्दा, एकीकरणबाट नेपाल भन्ने देश बन्नु अघि नै यहि भूमिमा जन्मेका थुप्रै मानिसहरूले इसाईमत ग्रहण गरिसकेका थिए । हिन्दु धर्मलाई राज्य(धर्मको रूपमा स्वीकार गरिनुभन्दा कयौं बर्षअघि नै नेपालमा क्रिश्चियनहरू थिए । तात्कालिन नेपाल उपत्यकामा पृथ्वीनारायण शाहको प्रवेश हुनुअघि देखिनै यहाँ क्रिश्चियनहरू थिए । के इतिहासको  यो पाटोलाई बिर्सेर क्रिश्चियनहरूलाई घरीघरी ऐतिहासिकताको प्रश्न उठाउनु जायज होला र ? कतिपयले क्रिश्चियनहरूको आस्थाको नभई क्रिश्चियनहरूको कामको मात्र बिरोध गरेको भनेर पनि दावी गर्दछन् । क्रिश्चियनहरूमाथि जबर्जस्ती धर्मपरिवर्तनको आरोप बग्रेल्ती लाग्ने गरेको छ । यो सतप्रतिशत सत्य कुरा हो कि जबर्जस्ती वा प्रलोभनमा पारेर कसैले कसैको धर्मपरिवर्तन गराउन पाइँदैन । तर, केलाई भन्ने जबर्जस्ती धर्मपरिवर्तन ? केलाई भन्ने प्रलोभन ? खान नपाउनेहरूलाई खान दिनु, लगाउन नपाएकाहरूलाई एकसरो लगाउन दिनु, अनाथलाई आश्रय दिनु पाप होइन । चाहे यसलाई पाप भनियोस् वा प्रलोभन । क्रिश्चियनहरूले कुनैपनि अवस्थामा यी कामहरू गर्न छाड्ने छैनन् । लाखौ नास्तिकहरूले येशूलाई विश्वास गरीरहेकाछन् भने ती नास्तिकहरूले केको धर्म परिवर्तन ? किनकि उनीहरू कुनै धर्ममा नै थिएनन् ।

 

स्व.पादरी गंगाप्रसाद प्रधानको जन्म काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाइ १८५१ अर्थात वि.स.१९०८ अषाढ २२ गते भएको थियो । बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोरा थिए । उनका जेठा दाजु प्रभुनारायण र दुई दिदिहरू सँगै थिए । विशेषकारणले पहाडको रानी दार्जिलिङ २९ मे, १८६१का दिन पुगे । ४ जुलाई, १८७० अर्थात उनको १९ औं जन्मदिनमा मेकफर्लेनको स्कूलमा भर्ना भए । अलाहाबाद पुगी २४ जनवरी १८७५ मा पादरी बिनकूपबाट बप्तिस्मा लिए । उनको विवाह एलिजाबेथ राईसँग भयो र उनीहरूको २ छोरा र ६ छोरीहरू जन्मिए । अनुवाद को काममा मिसनेरी पादरी टर्नबुल र किल्गोर जस्ता ग्रीक र हिब्रु भाषा विदहरूबाट पनि सहयोग लिएर सन् १९१४मा  अनुवाद गरी किङ्ग जेम्स भर्सनको विलकुल हुबहु अनुवाद भएपछि कलकत्ताबाट प्रकाशित भएर आइपुग्यो । गोरखापत्र ’ भन्दा ४÷५ महिनाले जेठो पत्रिका ‘गोर्खे खबर् कागत्’ मासिक पत्रिका हो । उनको ‘द गोर्खा प्रेस’बाट  १ जनवरी, १९०१ मा प्रकाशन शुरु गरी जीवन पर्यन्त सम्म प्रकाशनमा आएको बुझिन्छ । दार्जीलिङको सन्त कोलम्बा मण्डलीमा १९०१  अगस्तको शुभदिनमा पूर्ण पादरीको रूपमा ५० बर्षमा अभिषेक गरियो । उनले असल चेला वा अगुवा निर्माण गरी मण्डलीको जिम्मेवारी र प्रतिष्ठित पदभारबाट बीस बर्ष सेवारत रहेर १९२१ मा अवकाश ग्रहण गरे । महिनौ दिन लगाएर आफ्नो जाति र देशमा परमेश्वरको काम गर्ने भनेर रक्सौल, विरगञ्ज हेटौंडा भिमफेदी हुदै काठमाडौं आउदा यहाँको सरकारले श्री ५ पृथ्वीनारायण शाहको पालामा विदेशी मिसनेरी लगाएत काठमाडौंको इसाई नेवारहरूलाई ( उनीहरू भारत को वेतिया कुहडीमा ) देशनिकाला गरे झैं इसाई धर्मको प्रचारप्रसार गर्लान भनेर तुरुन्तै दार्जलिङमा नै उनीहरूलाई खेदेर पठाए । रुदै रुदै फर्कदा गंगाप्रसादको मन साहै रोएको हुनुपर्छ । सायद त्यो बेला नेपालमा सेवा गर्ने मौका पाएका भए नेपाली मण्डली र उहाँको राज्य विस्तार हुनेथियो । देशमा उनको सपना पूरा भैसक्थ्यो होला । उनको सेवकाइमा शिक्षक, अनुवादक, लेखक, सम्पादक र पादरीको रूपमाजीवनको अन्त्य सम्म नै सेवागर्दै रहे । २८ मार्च, १९३२ का दिन दार्जीलिङमा ८१ बर्षको उमेरमा उनी स्वर्गे भए ।  तर दार्जिलिङ्ग, सिक्किम, कालिङ्गपुङ्ग लगाएत विभिन्न स्थानका नेपाली भाषीहरूले नेपालको लागि प्रार्थना र मिसनको कामको लागि नेपालको वोर्डरहरूमा सेवासंगति र सुसमाचार प्रचार निरन्तर भयो । नेपालगञ्जमा स्व.पा. वर्णबास राई, पोखरामा पा.डेभिड मुखिया र दाउद मसिंह, काठमाडौं उपत्यकामा पा.तिरबहादुर देवान, पा.रोवर्ट कार्थक लगायत पुतली सडक चर्चका पाष्टर आदिले सन् १९५० भन्दा अघिदेखि सुसमाचारको काम गरेको भएतापनि मण्डलीको रूपमा पहिलो मण्डली सन् १९५२ मा रामघाट मण्डली पोखरामा शुरु भयो । नेपालका अन्य शहर काठमाडौं, भक्तपुर, धरान, नेपालगञ्ज, बुटवल, पाल्पा, बनेपा, गोरखा, कञ्जनपुर आदि ठाउँका केहि चर्चहरूले ५० औं वार्षिक उत्सव पनि मनाइसकेकाछन् । सन् १९५० देखि १९७४ मा विश्वासीको संख्या ८०० पुग्यो । ८ बर्ष पछि १९८२ मा यो संख्या १५ हजार पुग्यो । सरकारी तथ्याङ्क अनुसार ः सन् २००१ मा नेपालमा ख्रीष्टियनहरूको संख्या ः  १,०१,९७६ जना छन् । सन् २०११ मा नेपालमा ख्रीष्टियनहरूको संख्या ः ३,७५,६९९ पुगेकोछ । वृद्धि दर २६८ प्रतिशत हुन्छ । तर ख्रीष्टियन संघसंस्थाको भनाई अनुसार हाल नेपालमा १५÷२० लाख भन्दा बढी इसाईहरू रहेको दावी गरेका छन् । वृद्धिदर हेर्दा नेपाल एसियाको सवभन्दा तीव्र गतिमा मण्डली वृद्धि भएको देशमा पनि परेको छ । आमेन् !

 

– समयकुमार रम्तेल

ख्रीष्टिय अभिलेख तथा स्रोत केन्द्र

बनेपा–४ नाला, काभ्रे