
(आज असल मित्रहरुलाई सम्झने दिन रे )
तिमी उठ
तर यसरी उठ् कि
हेर्छु भन्नेहरु
साँच्चै हेरेका हेरेकै होउन्
उठ्दै गर्दा तिमी
यति जरुर बुझेर उठ्नु
तिम्रो
कुरा काट्नेहरु
बिलकुल तिम्रो दुश्मनहरु होईनन्
हुन्’त तिम्रो असल विज्ञापनदाताहरु
जसलाई तिमीले पैसा तिर्नपर्दैन
तर ढुक्क हुनु कि
उनिहरु केवल तिम्रै नामको मात्रा
विज्ञापन गरिरहनेछन् हमेसा
तिम्रो
खुट्टा तान्नेहरु
उनिहरु नि तिम्रो दुश्मन होईनन्
हुन्’त तिम्रो शुभचिन्तकहरु
जसले तिम्रो प्रत्येक गल्तिहरुलाई
झर्को नमानि औलाई रहन्छन्
यात्राको होशियारीता जनाईरहन्छन
आरिस गर्दै’नै भएनि सचेत गराईरहन्छन्
ताकि तिमी परसम्म पुग
जो कोहि तिम्रो आत्मिय साथिले पनि गर्दैन्
तिमीलाई आँखा तर्नेहरु
आफ्नो जीवनको सर्वश भुलाएर
तिम्रै मात्र बाटो नियाली रहन्छन्
तिम्रै मात्र पाईलाहरु केलाई रहन्छन्
आफु सुतिनसुति तिम्रै बारेमा सोचिरहन्छन्
यतिका वास्ता त
तिम्रै अभिभावकले पनि गर्दैनन्
अरे
जसलाई तिमी शत्रुहरु भन्छौ
खासमा उनिहरु त
तिम्रो बबाल दर्शकहरु पो हुन त
जसलाई बिना निम्तो
तिम्रो खेल हेर्न मनपर्छ
जितमा मात्र होईन
हारमा पनि ताली बजाउन मनपर्छ ।
उनिहरु छन्
र त तिमी सचेत बाँचिरहेछौ
प्रत्येक पदचापमा होशियारीता अपनाई रहेछौ
तिमीलाई आफु जीवित हुनुको आभास दिलाई रहेछन् हरदम
उनिहरु
दर्शकबिनाको खेल
विज्ञपनबिनाको सिरीयल बोरिङ्ग हुन्छ ।
तिमीले त सबै
सित्तैमा पाईराहेछौ
सबैलाई
धन्यबाद दिदैगर्दा
तिमीले कहिले आफ्ना शत्रुहरुलाई
धन्यबाद दिएका छौ ?
मैरै सफल्ता हेर्नलाई भएनि
लामो आयु बाँचुन भनेर
कहिल्यौ आशिष बोलेका छौ?
कुरा बुझ्नेहरु
हर्षको साथ शत्रुदिवस मनाउन तयार हुन्छन
कुरा नबुझ्नेहरु सिलीङफेन खोज्दै हिड्छन्
हन् साँचि
शत्रुदिवश चाहिँ कहिले हो सरकार
मनैदेखि धेरैलाई धन्यवाद दिनु छ ?
- Nirpati Rai
amit kumar mahara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)
Hari Saharan Adhikari( Ajirkot Rural Municipality-04, Gorkha) ,Now in Butwal/Chitwan/ Pokhara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)