
परिचय साधारण भाषामा चेला भनेको येशू ख्रीष्टलाई चिन्नु, प्रेम गर्नु, विश्वास गर्नु र समर्पित जीवन जिउनु हो । चेला भन्ने शब्द ग्रीक भाषाको माथेटसबाट आएको हो, जसको अर्थ विद्यार्थी, छात्र वा सिकारु भन्ने हुन्छ । तसर्थ चेलामा यस्तो प्रकारको तीब्र इच्छा हुनुपर्छ कि आफुले गुरुबाट सिकेर अरुलाई पनि सिकाउन सकोस् । वास्तबमा भन्ने हो भने चेला भनेको पहिले आफु सिक्नु र त्यसपछि अरुलाई सिकाउनु हो । इसाई चेलापन पवित्र आत्माको शक्तिमा बृद्धि हुने प्रकृया हो, जहाँ यस वर्तमान् जीवनको उतारचढाबलाई विजय हासिल गर्दै चरित्र र व्यवहारका ख्रीष्टजस्तै हुनु हो ।
चेलापन ः चेला भनेको सिक्ने र सिकाउने व्यक्ति हो भने पन भनेको उसभित्रको ब्यवहार हो । आजको ठूलो चुनौती भनेको धेरै जनाले असल प्रकारले परमेश्व्रको वचनलाई सिकाउन सक्छन् तर उनीहरुको चरित्र र व्यवहारको कारणले धेरै मानिसहरु ख्रीष्टमा बाँच्नुको साँटो झन् प्रभुलाई नै बिर्सन्छन् । सिक्नु हाम्रो जीवनभरिको प्रकृया हो तसर्थ हामीमा यो प्रण हुनुपर्छ कि “हामी सिक्दैछौं, सिक्दै जानेछौं र सिकिसकेपछि अरुलाई पनि सिकाउनेछौं ।” चेलापन भनेको येशूलाई पछ्याउने इसाईहरुको जीवनमा भइरहने निरन्तर प्रकृया हो ।
चेला लक्ष्य के हो ?ख्रीष्टका चेलाले उसको जीवनमा उच्च लक्ष्य लिनुपर्छ । चेलाको लक्ष्य भनेको पहिले आफू चेला बन्नु र त्यसपछि अरुलाई चेला बनाउनु हो । ख्रीष्टको सच्चा अनुयायी, चेला उहाँको वचनमा निरन्तर लागिरहनुपर्छ । ख्रीष्टलाई सर्बोपरी प्रेम गर्नुपर्छ, आफैलाई इन्कार गर्नुपर्छ अनि आफ्नो क्रूसलाई दिनहुँ बोक्नुपर्छ । ख्रीष्टको राज्यमा उहाँको महिमाको लागि निरन्तर अघि बढ्नु प्रत्यृक व्यक्तिको कर्तव्य हुनुको साथै येशूप्रतिको पूर्ण भरोसा, नम्रता र आज्ञाकारिता पनि हो । सन् १९४५ मा ख्रीष्टको लागि शहिद हुनुभएका प्रभुका सेवक ड्राइटिच बोनहोफरले भनेका छन्, “चेलापन बिनाको इसाई जीवन ख्रीष्टबिनाको इसाई जीवनजस्तै हो ।” यो भनाईबाट के स्पष्ट बुझ्छौ भने येशूलाई पछ्याउने व्यक्तिको उच्च लक्ष्य भनेको ख्रीष्टलाई पूर्णरुपले पछ्याउँदै अरुलाई पनि ख्रीष्टमा डो्याउनुपर्छ । दैनिक जीवन असल र व्यवहारिक किसिमले जिउनुपर्छ । येशूले गर्नुभएको यस पृथ्वीको सेवकाईमा चेला निर्माण गर्ने कुरालाई निकै जोड दिनुभएको थियो । उहाँले १२ जना, ७० जना र उहाँ स्वर्गमा उचालिँदै गर्दा उहाँलाई पछ्याउने चेलाहरु करिब ६०० जना जति थिए । ल्क्ष्ख् बाइबलमा चेला भन्ने शब्द २९६ पटक दोहोर्याइएको छ । यसबाट पनि हामी बुझ्न सक्छौ कि चेला निमार्ण गर्ने कुरा अति नै महत्वपूर्ण छ ।
चेला गुण वा चरित्रहरु प्रभु येशूलाई हृदयदेखि नै पछ्याउने चेलामा हुनुपर्ने गुण वा चरित्रहरुलाई निम्नप्रकारले बुँदागत रुपमा स्पष्ट पार्न चाहन्छु । जुन निम्नानुसार छन् ः१. सबै कुराहरुभन्दा पहिलो स्थान येशूलाई दिनु (मर्कूस ८ः३४–३८) ।वचनको यो खण्डमा येशूले उहाँका चेलाहरुलाई एउटा असजिलो र कठीन कुरा भन्नुभएको थियो । ताकि उहाँलाई दुःख भोग्न र मर्न आवश्यक थियो । हरेक कठीन परिस्थितिमा ख्रीष्टलाई निरन्तर पछ्याउने र उहाँको वचनको आज्ञाकारितामा जिउने व्यक्ति नै असल इसाई हो । हरेक इसाईहरु चेला हुन बोलाइएका हुन् । येशूको पछि लाग्न आफ्ना इच्छा र अभिलाषाहरुलाई छोडेर उहाँको इच्छा अनुसार जिउनुपर्छ । हामीले आफ्ना सुख–बिलास, फाइदा र आरामदायी जीवनलाई समेत त्याग गर्नुपर्छ । हामी ख्रीष्टको लागि जिउनुपर्छ र सबै कुरामा येशूलाई पहिलो स्थान दिनुपर्छ र आशिषित र अर्थपूर्ण जीवन बिताउनुपर्छ । २. येशूको शिक्षालाई पछ्याउनु (यूहन्ना ८ः३१–३२) ।येशूका शिक्षाहरु हाम्रो जीवनका लागि सत्य र मार्गदर्शन हुन् । येशूलाई आफ्नो जीवनको प्रभुको रुपमा मुखले स्वीकार र हृदयले विश्वास गर्नु ठूलो अवसर हो । येशूको शिक्षालाई पछ्याउनु र पालन गर्नु भनेको अथाह आशिषहरु बटुल्नु पनि हो । आज मानिसहरुले आशाहिन जीवनमा आनन्द र शानित प्राप्त गर्नको लागि लाखौं रुपैयापैंसा खर्च गरिहेका छन् तर हामीले येशूद्धारा सित्तैमा आनन्द, शान्ति र प्रेम प्राप्त गरिहेका छौं । जो ख्रीष्टको शिक्षामा रहन्छ, त्यो व्यक्तिले सत्य थाहा पाउँछ । ख्रीष्टका सत्यहरु साँचा र जीवनका लागि मार्गनिर्देशन हुन् । ख्रीष्टको शिक्षाले हामीलाई अज्ञानता र पापको बन्धनबाट स्वतन्त्र तुल्याउँछ साथै छुट्कारा पनि दिन्छ । पापको बन्धनबाट छुट्कारा पाएर येशूमा उद्धार पाउनु र नयाँ जीवन जिउनु हो ।
३. फल फलाउनु (यूहन्ना १५ः५–८) ।जब हामी येशूलाई असल प्रकारले पछ्याएर उहाँको चेला बन्दछौ तब हामीमा पवित्र आत्माका फलहरु फल्दै जान्छन् । हामी ख्रीष्टबाट अलग भएर फल फलाउन सक्दैनौ । ख्रीष्टबाट हामीलाई अलग गराउने एउटै मात्र कुरा छ, त्यो हो पाप । पाप एउटा रोग वा किराजस्तो हो, जसले हाँगाको फेद खाइदिन्छ । फल फलाउन रोक्ने कुरादेखि हामी हमेसा होसियार हुनुपर्छ । निरन्तर रुपमा फल फलाउने कुरामा अघि बढ्नुपर्छ । हामी ख्रीष्टको नजिकतामा जानको लागि उहाँमा असल सम्बन्ध निर्माण गर्नुपर्छ । परमेश्वरसंग सम्बन्ध निर्माण गर्ने शक्तिशाली हतियार प्रार्थृना हो । प्रार्थना हाम्रो आत्मिकी जीवनको श्वासप्रश्वास हो । प्रार्थना परमेश्वरसंगको छलफलजस्तै हो, जसमा हामीले बोल्नुपर्छ र सुन्नु पनि पर्छ ।
४. अरु चेलाहरुलाई प्रेम गर्नु (यूहन्ना १३ः३४–३५) ।बाइबल परमेश्वरको वचन हामी मानब जातिका लागि प्रेमपत्र हो । यो प्रेमपत्रको केन्द्रिय पात्र येशू प्रभु हुनुहुन्छ । ख्रीष्टका चेलामा हुनुपर्ने गुण र चरित्र भनेको अरु चेलाहरुलाई गरिने प्रेम हो । ख्रीष्टले हामीलाई निश्वार्थ अगाप्पे प्रेम गरेजस्तै ख्रीष्टका चेलाले अरु चेलाहरुलाई नमूनासहितको प्रेम प्रर्दशन गर्नुपर्छ । प्रेम भन्ने शब्द नयाँ करार बाइबलमा मात्रै ३२० पटक दोहोरिएको छ । यसबाट के कुरा स्पष्ट हुन्छौं भने प्रेम गर्ने कुरा एउटा आज्ञाको रुपमा मात्र होइन तर यो कर्तव्य पनि हो । पत्रुसले पनि जोड दिन्छन् कि प्रेम गहिरो हुनुपर्छ (१ पत्रुस १ः२२) । येशूका चेलाहरुले अरुलाई गर्ने प्रेम बोली र व्यवहारबाट देखिनुपर्छ । यो कुराबाट नै अरु मानिसहरुले देख्नछन् कि त्यो व्यक्ति येशूको चेला हो । येशूका चेलाहरु पावल, सिलास र उनीहरुको टीम एन्टिओखियाको मिसनको काममा रहँदा पहिलोपटक ख्रीष्टियान भनिएका थिए (प्रेरित ११ः२६) । ख्रीष्टियान भन्ने शब्द येशूले उहाँलाई प्रेम गर्ने चेलाहरुलाई कुनै उपाधि दिनुभएको होइन तर अइसाईले येशूका चेलाहरुका जीवनमा देख्नुभएका येशूका गुणहरुले नै उनीहरु ख्रीष्टियान भनिएका हुन् । तसर्थ येशूका चेलाहरुको जीवनमा हुनुपर्ने अत्यन्तै आवश्यक गुण वा चरित्र भनेको नै अगाप्पे प्रेम हो । आज मानबता हराउँदै गइरहेको यस संसारमा यो प्रेम गर्न र यो प्रेमको अनुभब गर्न अति नै कठीन भए तापनि येशूलाई निश्वार्थ र अमर प्रेम गर्नेहरुको जीवनमा देखन सक्छौ र अनुभव पनि गर्न सक्छौं ।
५. चेलाले सूसमचार प्रचार गर्छ र अरुलाई चेला बनाउँछ (मत्ती २८ः१८–२०) ।येशूले वचनको यो खण्डमा अति नै अचम्मको कुरा व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको कुरा यो हो कि स्वर्ग र पृथ्वीको अधिकार येशूलाई दिइएको छ । एउटा साधारण व्यक्तिले यस्तो प्रकारको कथन व्यक्त गर्न सक्दैन । येशू स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ । उहाँले उहाँको पछि लाग्ने चेलाहरुलाई सारा संसारमा भएर सुसमचार सुनाएर चेला बनाउनको लागि आदेश दिनुभयो । उहाँले आदेश मात्रै दिनुभएन तर आज्ञापालन गर भन्ने कुरालाई पनि जोड दिनुभयो । यदि येशूलाई पछ्याउने व्यक्तिले उहाँको आज्ञापालन गर्दैन भने उहाँको चेला बन्न सक्दैन । तसर्थ ख्रीष्टका चेलाको गुण वा चरित्र भनेको सुसमचार सुनाउनु, सिकाउनु र आज्ञापालन गर्नु पनि हो । प्रिय मित्रहरु, याद गरौं कि यदि हामी येशूका असल र आज्ञाकारी चेला हौं भने हामी एक्लो हुनेछैनौ किनकि संदैभरि येशू हाम्रो साथमा हुनुहुन्छ ।
निचोड ः येशूले उहाँलाई पछ्याउने व्यक्तिहरुलाई इसाई हुनको लागि भन्नुभएको छैन तर चेला हुन भन्नुभएको छ । चेला यस्तो नैतिक चरित्र भएको व्यक्ति हो, जो सच्याइन चाहन्छ, सिक्छ अनि उसको दिमाग र हृदय सिक्ने कुराको लागि परिवर्तन हुँदैजान्छ । वेभस्टारको शब्दकोषका अनुसार जसले अरुबाट निर्देशन प्राप्त गर्छ त्यो चेला हो । ख्रीष्टको एक असल चेलाले आफ्नो शिक्षक वा गुरुबाट पाएको निदेृशनलाई सदैब पालन गर्दछ । गु भनेको अन्धकार र रु भनेको हटाउनु हो । हाम्रो असल र नमूनाको गुरु येशू हुनुहुन्छ । जो अन्धकारलाई हटाउने यस संसारका ज्योति हुनुहुन्छ । चेलाको जीवनमा हुने अर्को सर्वोपरी गुण भनेको प्रेम पनि हो । प्रेमले सबै कुरालाई एकतामा बाध्दछ । प्रेमले नै सबै कुराहरुलाई एकतामा राख्छ (कलस्सी ३ः१४) । येशूलाई पछ्याउने र उहाँको चेला बन्ने कुरा मुखले होइन तर व्यवहारिकतामा र सत्यतामा हुनुपर्छ । येशूको पछि लाग्ने कुरा नम्रता, समर्पण र विश्वासकासाथ हुनुपर्छ । उहाँको वचनको पालन गनुृ अनि उहाँले सिकाउनुभएको शिक्षालाए एकचोटी, दुईचोट िहोइन तर निरन्तर पछ्याइरहनुपर्छ र पालन गर्नुपर्छ । येशूले चेलाहरुलाई यो प्रतिज्ञा गर्नुभएको छ कि उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञापालन गर्नेहरुलाई येशूले गर्नुभएका भन्दा पनि महान् काम गर्न सक्न्ेछन् (यूहन्ना १४ः१२) । तसर्थ प्रियहरु, आज हामी निरन्तर रुपमा आफु पनि येशूको असल चेला बनौं र अरुलाई चेला बनाउनको लागि निरन्तर लागि परौं ।
परमेश्वरले सबैलाई आशिष दिउँन् ।
- पाष्टर सिमोन शाह
निर्देशक
ग्रेस बाइबल इन्च्युट
amit kumar mahara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)
Hari Saharan Adhikari( Ajirkot Rural Municipality-04, Gorkha) ,Now in Butwal/Chitwan/ Pokhara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)