विश्वास थापा
१२, कार्तिक २०७४

६ दशक भन्दा बढी इतिहास बोकेको इसाई समुदाय यहाँसम्म आइपुग्दा परमेश्वरले विभिन्न व्यक्तिहरुलाई चलाइ रहनुभएको छ । व्यक्तिहरु र संस्थाहरुले परमेश्वरको राज्य फैलाउन महत्वपूर्ण भुमिका र योगदान गरिरहेका छन् ।
इसाई समुदायको प्रतिनिधि गर्ने विभिन्न संघ, संस्थाहरु प्रशस्तमा खुलेर कार्य गरिरहेका छन् । समयको हिसाब गर्ने हो भने एनसिएफ नेपाल, नेपाल ख्रीष्टियान समाज, पोखेरिल ख्रीष्टिय समाज, ख्रीष्टियन महासंघ लगायत अरु थुप्रै सम्प्रदायका विभिन्न नाउ गरेका संस्था छन् । ति विभिन्न संस्थाहरु इसाई समुदायलाई सकेको योगदान भइरहेका छन् ।

तर इसाई युवाहरुलाई समट्ने कुनै पनि आधिकारीक र प्रतिनिधिमूलक संस्था रहेको छैन् । नेपाल सरकारको कुनै पनि निकाय दर्ता भएको संस्था हालसम्म आउँदा भेट्न सकिएको छैन । पछिल्लो समयमा विकाशदत्त दुलालको अगुवामा शुरु भएको फोरम हालसम्म आउदा बिभिन्न कारणले सक्रिय हुन सकेन । विभिन्न सम्प्रदायको युवा विभाग, संस्था प्रशस्त गरेका छन् । यसबाट परमेश्वरको महिमा भइरहेको छ ।
पछिल्लो समयमा ख्रीष्टियन युवाहरुको मान्यता प्राप्त, आधिकारीक र प्रतिनिधिमूलक संस्थाको बारेमा बहस चुलिएको छ । स्वस्फुर्त केही महिनादेखि विभिन्न क्षेत्रमा कार्यरत युवाहरु बैठकहरुमा सहभागिता र छलफल भएको जानकारी युवा तुलसी श्रेष्ठले वचन पत्रिकालाई बताउनु भयो ।

पछिल्लो समयका निर्णायक भुमिकमा आउनु पर्दछ भनेर खुल्ला छलफलको निम्ति आवहान गरिएको छ । कुनै पनि सम्प्रदायका युवाहरु हुन गइरहेको कार्यक्रममा सहभागिता हुन सक्दछन् । सो कार्यक्रम बेथशालोम पुतली सडक चर्चमा आउदो शनिवार अर्थात् कार्तिक १८ गते दिउँसो २ः३० बजे हुने जानकारी वचन पत्रिकालाई प्राप्त भएको छ । आशा गरौं यस कार्यक्रमबाट इसाई युवाहरुको निम्ति केही नयाँ कार्य हुनेछ ।

1 thought on “इसाई युवाहरुको खुल्ला बहस यही शनिवार

Comments are closed.