• Bishwas Thapa

६ दशक भन्दा वढी इतिहास बोकेको इसाई समुदाय यहाँसम्म ल्याउन परमेश्वरले बिभिन्न संस्थाहरुलाई प्रयोग गर्नुभयो । आत्मिक, नैतिक, आर्थिक र सामाजिक कार्यहरुमा यस्ता विभिन्न सं–सस्थाहरु कानुनिक दर्ता भएर तथा नभएर पनि आफ्नो दायित्व निर्वाह गरिरहेका छन् ।

नयाँ संविधानमा ख्रीष्टियन सुझाव समितिमा नेपालको इतिहासमै सबैभन्दा वढी इसाई प्रतिनीधि भएको एक साझा अभियान थियो । यसमा सबै सम्प्रदायको प्रतिनिधीत्व भएको नेपाली इसाई इतिहासमा स्वर्ण समयको थियो ।
यस अभियानको समाप्तपछि सुन्दर थापा र सिवी गहतराजको अगुवाईमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल शुरुबात भयो । विस्तारै कार्य गर्दै भइरहयो । पछिल्लो समयका सक्रिय भएको संस्थामा मध्ये एक ख्रीष्टियन महासंघ पनि हो ।
इतिहासमै नेपाल सरकारले इसाई समुदायसँग ३ र ६ बुद्धे सम्झौता गरेको छ । जसको प्रतिनीधित्वको रुपमा महासंघले अगुवाइ गरियो । तत्कालिन सरकारले हस्ताक्षर गरि इसाईहरुको अस्तिवलाई स्वकार गरेको थियो । सरकारले इसाईहरु पनि नेपालका नागरिक हुन्, उनीहरुलाई न्युनतम मागहरुको सम्बोदन गरिदियो । स्मरण होस् त्यस समयमा महासंघको अगुवामा विभिन्न चर्चहरु ४० दिने रिले अनसन बसेको थिए । ४० दिनपछि सहमति भएको थियो ।

यो महासंघका मानिस र यससम्बन्धित मण्डली र संस्थाहरुलाई मात्र होइन । समस्त इसाई समुदायको निम्ति सो सहमति सम्झौता गरिएको हो । सहमति १ बुद्धामा ख्रीष्टमसको विदा दिने सहमति भएको छ तर केपी ओली सरकारले कमल थापालाई खुशी पार्न विभिन्न वहाना बनाई सो ख्रीष्टमसको विदालाई कटौती गरेको थियो । पछिल्लो ख्रीष्टमसमा विदा पाउन हाम्रा प्रतिनिधि संस्थाहरु, हाम्रा अगुवाहरु प्रधानमन्त्री, गृहमन्त्री लगायतका नेताहरुको ढोका चाहारेको तितो अनुभव ताजै छ ।
यी सम्झौता आजसम्म पनि कार्यन्यन हुन सकेको छैन । सरकारले यस्तो हजारौं सहमति र सम्झौता गरेको छ । न्युन मात्रामा मात्र सहमती कार्यन्वनमा गरेको छ । इसाईसँग गरिएको सहमति कुनै वास्ता नगरि सरकार कानमा तेल हालेर बसेको छ । हालको सरकारले फौजदारी कानून बनाएर इसाई लगायत अरु धर्मका समुदायलाई निरुत्साहित गरिरहेको छ । तर पनि प्रधानमन्त्रीज्यूले सरकारसँग भएका सहमती यथासिघ्र छिटो कार्यान्वयन गरी समिति गठन गरिदिने, समाधिस्थलको देशभर व्यवस्था गरिदिने, ख्रीष्टमसको सार्वजनिक विदा घोषणा गरिदिने लगायतका राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालसँग भएका सहमतिहरु यथासिघ्र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको खबर प्राप्त भएको छ । तर पनि यो सरकारले पूरा गर्दछ भन्ने आशंखा गर्ने ठाउँ प्रशस्त रहेको छ । आउने समयले यसको पुष्टि गर्नेछ ।

सहमति भएको सम्झौतालाई कार्यन्वयन गर्न चौतर्फी दवाव लिने हो भने न्युनतम हाम्रा मागहरु पूरा हुन सक्थियो । हामी पूर्वाग्राही भएर एकअर्कालाई साथ र सहयोग नगरेकोले हालसम्मको अवस्थामा आइ पुगेको हौं । सहमति भएको सम्झौता महासंघको मात्र नभएर सिङ्गो इसाई समुदायको हो ।

पछिल्लो समयमा महासंघ र नेपाल ख्रीष्टयान समाजले प्रधान मन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । यि दुई संस्थाको ज्ञापन पत्र उस्तै उस्तै छन् । समाजले २५ औं बार्षिक सभाबाट पारित ६ बुद्धे ज्ञापन पत्र बुझाएको थियो भने आज नै महासंघले ध्यानआकर्षण ज्ञापन पत्र बुझाएको छ । उसले पनि ६ बुद्धे र ३ बुद्धे नै अघि सारेको खबर प्राप्त भएको छ ।

यी दुवै समूहलाई प्रधानमन्त्री देउवाले क्रिष्टमस विदा दिने प्रतिवद्धता जाहेर गरेका छन् । यो असल खबर हो तर अर्को सरकार आउछ फेरी त्यही पुरानो रोग बल्झिरहन्छ । फेरी त्यही सिलसिला कहिलेसम्म चल्ने हो ।

यी दुबै संस्थाले लगभग एउटैे माग गरे र लगभग एउटै बोले बोले । सकारात्मक संन्देश संचार गरेका छन् । पहिलाको भेटहरुमा अर्के खबर बाहिर आउथियो ।

एउटै आवाज बोल्दा सरोकारबालालाई हाम्रा माग पूरा हुन कर लाग्दछ । अव मिलेर सबै अगाडि बढौं ।

1 thought on “महासंघ र समाजको मुद्दाहरु एकै हुन

Comments are closed.