आमाको घर ; को आमाः दिल शोभा वडा दिल
श्रेष्ठ बृद्घ आमा र अनाथ बालबालीकाको सेवामा समर्पित ः–

दिल शोभा श्रेष्ठ, आमा घरको आमा भनेर चिनिन्छ । मिती वि.स. २०१० मा जन्मनुभएको हाल वहाँको आफ्नै निजी भवनमा आमाहरूको माझमा सेवारित हुनुहुन्छ । शुरूको दिनमा विभिन्न परमेश्वरको नाउँमा भौतारिएर हिँडिरहने कहिले आङ्गसाङ्गहोङ्ग यहोवाको साक्षी र क्याथोलिक चर्च भएको थियो । पवित्र शास्त्र बाइबलमा आङ्गसाङ्ग कतै पाउनु भएन त्यस्तै, क्याथोलिक चर्चमा माताको पूजा गर्ने कुराहरू पाउनुभयो तर बाइबलमा यस्तो कतै पनि भेट्नु भएन । त्रिएक परमेश्वर शालोम एजी चर्चका एउटा आमा उर्मिला शाक्यले पिता, पुत्र र पवित्र आत्मालाई पुर्काने मण्डली भनेर भन्नुभयो । त्यसपछि त्यही मण्डली सेवा गर्न थाल्नुभयो । साँचो परमेश्वरको साँचो ज्ञान भयो । प्रभुले उहाँको जिवनमा परिवर्तन ल्याउनुभयो । “म घमण्डी थिए ।”, वचन पत्रिकासँग खुलेर भन्नुभयो । जीवनका तिताकुराहरू सबै प्रभुले हटाउनु भयो ।
प्रेम विवाह गर्नुभएको थियो । श्रीमानले छोरी पाएको भनेर उहाँलाई छोडेर जानुभयो । र उहाँ निकै दुःख भोग्नुभयो । त्यसपश्चात उहाँले आफ्नो छोरी कन्ययादान गर्ने बेलामा पनि श्रीमान नहुँदा असाध्यै दुःख भोग्नुभयो र अन्त्यमा एक्लै हुनुभयो र रोइ–रोइ बस्नुभयो । एकजना त्रिपुरेश्वरमा बस्ने साथी प्रतिमा सुवेदीले भेटेर वहाँको त्यो दुःखको अवस्थामा सान्त्वना दिनुभयो । त्यसपछि उहाँको जिवनमा एक नयाँ मोड आयो । सुवेदीले एक जना आमाको घरमा ल्याउनु भयो । आमाको तीन–चार जना छोराहरू थिए तर त्यो आमाको अवस्था एकदमै दयनिय थियो । यद्यपी आमा धनी पनि हुनुहुन्थ्यो तर छोराहरु भए पनि श्रीमान् छाड्नु थियो । यो घटनाबाट उहाँले पाठ सिक्नु भयो ।
कालिमाटीको एक आमाको अवस्था देख्नु भयो । उहाँ दुई वर्षसम्म त्यस आमाको सेवामा लाग्नु भयो । उहाँले तरकारी, दुध, लिएर जानुहुन्थ्यो, खाना पकाउनुहुन्थ्यो खुवाउनु हुन्थ्यो । त्यस आमालाई सर–सफाई देखी लिएर लुगा धुने र सबै काम गरिदिनुहुन्थ्यो । त्यस आमाको दिसापिसाव त्यही बस्ने कोठामा गर्नुहुन्थ्यो । त्यो सधै सफा गर्नु पर्दथ्यो । छोराछोरी भएपनि त्यो आमालाई वस्ता गरिदिन्थ्यो । एक जना काम गर्ने केटाले पनि परैबाट खाना फाल्थियो । त्यो आमा धनी थिइन तर त्यो धन काम लागेन । एक दिन त्यो आमाको छोरालाई धनको लोभले मैले सेवा गरेका होइन भनेर पनि भन्नुभयो । विस्तारै त्यो आमाको अवस्था सुर्धियो । यो नै पहिलो आमाको सेवा थियो ।
उहाँको विचार अनुसार मरेपछी श्राद्घ होइन जिउँदै श्रद्घा गर्न सिकौं । हामी आश्रम बनाउने तर्फ होइन तर आश्रय दिने व्यक्ति बनौं । हामी गुनासो गर्ने होइन तर जिज्ञासा गर्न सिकौं र गरौं ।
वहाँ भन्नुहुन्छ साहाराविहिन मानिरहरूको साहाराको रूपमा हुनुहुन्छ । वहाँले सडक छेउहरूमा खान नपाएका बुढी आमाहरूलाई केही नराम्रो मानी सेवा गर्नुभयो ।

उहाँको आमा घर निवासमा कुनै पनि जातभात, धर्मको भेदभाव नगरी सेवा गर्नुहुन्छ । सेवालाई परमेश्वरबाटको वरदानको रूपमा लिनुहुन्छ । “आमाहरू सडकमा आउनुको कारण घरमा उचित माया, न्यानो र सद्भाव नपाएकाले गर्दा सडकमा आएका हुन् ।” भनेर आमाहरूले भन्नुहुन्छ । “आमाहरुको छोराछोरीहरु बेरोजगारका कारण उहाँको आमाहरू धेरै अप्ठ्यारो अवस्थामा पुगेका छन् ।” उहाको ठम्याइछ । कति आमाहरु विभिन्न कारणहरुले सडकमा आउनु हुन्छ । तर त्यो सडकमा कुनै पनि सुरक्षा नै छैन । कति आमा त्यही सडकमा लुटिन्छन् । कति नराम्रो मानिसहरु पनि छन् सड्कमा । त्यस्ता वुढी आमाहरुलाई कतिले जर्वजस्ती बलात्कार पनि गर्दछन् । कति डर लाग्दो अवस्था छ ।

जिवनका मोडहरूमा उहाँलाई यौन दुराचारको आरोप लाग्यो । ति यौन दुराचार लगाउनेहरुलाई उहाँले हृदयबाट नै क्षमा दिनुभयो । वकीलहरू आएर उहाँलाई दोष आरोप लगाउनेलाई कारबाही गर्नुपर्छ, तिनीहरुलाई त्यसै छोड्नु हुँदैन । हामीहरु तपाईंको साथमा छौं भनेर सान्त्वना उहाँले पाउनु भयो । सबै पक्षहरुको साथ हुँदा हुँदै पनि उहाँले प्रभुले सिकाउनु भएको पथमा चल्नुभयो । उहाँ भन्नुहुन्छ, “ यस घटनाले मलाई अझ बलियो बनाएको छ । प्रभुसँग नजिक हुने मौका पनि पाएँ । कमजोर ठाउँहरुलाई सुर्धान मौका पाएँ । इसाई दाजुभाइ दिदीबहिनी यो समय प्रार्थना गरिदिनु हुनेलाई धन्यवाद वचन पत्रिकामार्फत दिदछु ।” उहाँले थप्नुभयो, “ यदि म गलत भए प्रमाणित गर्न सके त ?”

जाकब तामाङ्ग आमा घरको पक्षमा भन्नुहुन्छ, “दिल शोभा आमा निर्दोष हुनुहुन्थ्यो । विभिन्न मानिसहरूले यौन दुराचारको आरोप लगाएको थियो तर पनि हामीले आमालाई सान्त्वना दियौं । लूका २३ः३४ पदमा प्रभु येशूले दर्दनाक पिडा सहनुभयो र भन्नुभयो पिता क्षमा गर्नुहोस्, यिनीहरूले के गर्दैछन् सो जान्दैनन् । यही गुण दिलशोभा आमामा सरेको हो भन्ने हामीले बुझ्यौं । पछिल्लो अध्ययनले पनि यो कुरा पत्ता लगायो । सिएनएन हिराको ऋबलमष्मबतभ हुनुहुन्थ्यो । तेस्रो पटकसम्म सिएनएन हिरो भएको राष्ट्रमा भोका, नाङ्गा सडकमा हुनुहुँदैन । सुनोजित यो घटना थियो । तर विभिन्न पक्षहरू खाडल खन्ने काम ग¥यो तर पनि बाइबलले बताउछ । जसले खाडल खन्छ, उ आफै त्यो खाडलमा गर्दछ । अन्तः उहाँ दिल शोभा आमाको जित भएकोछ । वहाँबाट सिंगो नेपाली इसाई जगत र नेपाली दाजुभई दिदीबहिनीहरूले सिक्नु पर्दछ ।