Month: November 2017

प्रशंसा आराधना (भाग ७)

(पाष्टर बिमल छेत्री, शिलिगुढी)

आराधना सञ्चालकमा‌ हुनुपर्ने गुणहरु..

(हरेक ख्रीष्टको आराधकहरुले अवश्य पढ्नुहोस)

प्रशंसा आराधनाको विषयमा हामी जति गहिरो अध्यन गर्छौ त्यति नै नयाँ कुराहरु भेटाउछौं किनभने यो विषय परमेश्वर र उहाँको सर्वोत्तम सृष्टि मानिसको बिचमा भएको प्रेमिलो सम्बन्धको हो जसको अन्त कहिले हुदैन तर हरेक दिन नयाँ हुन्छ।
(विलाप ३:२२-२३)

यसभन्दा अघिको भागहरुमा लेखिएको कुराहरु मेेरो छोटो अध्यन र‌ सानो अनुभव मात्र हो। यदि यस विषयलाई‌ लेख्नु र खोज्नु हो भने यसको कुनै अन्त्याउने ठाउँ छैन यसैले आज यो सातौं भागमा यस विषयलाई‌ विराम दिन गइरहेको छु।

मण्डलीको लक्ष्य परमेश्वरको आराधना हो। प्राय सबै मण्डलीमा‌ आराधना सञ्चालक र आराधना गर्ने झुण्ड हुनु पर्छ। एउटा सामुहिक आराधनाको विकास प्राय: आराधना सञ्चालकमाथि निर्भर गर्छ।

१. आराधकको बोलावट:

आराधना सञ्चालन एक अति विशिष्ट सेवकाई हो। सबैलाई यो सेवकाई दिइएको हुदैन। म युथ् अगुवा (Youth leader) या पाष्टर हुँ अथवा मँ राम्रो गाउनु र बजाउनु सक्छु भन्दैमा मँ मा यो सेवकाईको बोलावट छ भन्न सकिन्दैन।
आराधना अगुवाई पाष्टरको सेवकाई होइन। पाष्टर अगुवाहरुले मण्डलीमा यो वरदान भएका मानिसहरुलाई चिन्नु र विकसित गर्नुपर्छ साथै यस क्षेत्रमा आफू पछि बसेर तिनीहरुलाई अगुवाई गर्नदिनु पर्छ।

२. व्यक्तिगत आराधना:

आराधना सञ्चालक स्वयं पनि आराधक हुनुपर्छ। तब मात्र तिनले समुहलाई आराधनामा अगुवाई गर्न सक्छ। यदि आफैले नै आराधना कसरी गर्ने भनी जानेका छैनन् भने अरुलाई कसरी साहायता गर्न सक्छन् र ? आफ्नो व्यक्तिगत जीवनमा आराधना गर्ने आराधकले नै समुहलाई प्रभावकारी डंगमा आराधनामा डोरयाउनु सक्छ।

३.आत्मिक परिपक्वता:

आराधना सञ्चालक आत्मिक कुराहरुमा अनुभवी र परिपक्व हुनुपर्छ। तिनले आफ्नो मन र आत्मालाई वशमा राख्न सक्नुपर्छ। आफ्नै व्यक्तिगत विचार र भावनाको आधारमा काम गर्ने होइन तर पवित्र आत्माको अगुवाई अनुसार काम गर्ने व्यक्ति हुनुपर्छ। विश्वासमा बलियो, सृजनात्मक र मानिसहरुलाई प्रेरित र उत्साहित गर्ने क्षमता पनि तिनमा हुनुपर्छ।
परिपक्व अगुवाको सेवकाईले मण्डलीमा डुक्कपना ल्याउँछ।

४. आत्मिक सतर्कता:

एक असल आराधना अगुवाको कानहरु पवित्र आत्माको स्वर सुन्न अभ्यस्त हुन्छ। सञ्चालकले पवित्र आत्माको निर्देशन ठीक ठीक बुझ्न सके पवित्र आत्मा स्वयंले सभा सञ्चालन गर्नुहुन्छ। पवित्र आत्मले सभा सञ्चालनगर्ने माध्यम नै‌ आराधना सञचालक (व्यक्ति) हो यो कुरा सञ्चालकले बुझ्नसकेन भने सभामा उहाँ स्वतन्त्र भएर बहनुसक्नु हुन्न। यसकारण अगुवाको अन्तरात्मा पवित्र आत्मा प्रति सचेत हुन अनिवार्य छ। यदि अगुवा स्वयं यस्ता छन् भने मण्डलीले पनि यी कुरा थाह गर्दै जान्छन् अनि पवित्र आत्माको निर्देशन् सुन्न र शान्त प्रकारले त्यस अनुसार बहन सिक्दै जान्छन्।

५.सकली नम्रता:

एक असल‌अगुवा सँधै क्रुसको पछि लुक्न चाहान्छ। मनमा घमण्ड पालेका अगुवाले केवल अाफुलाई प्रदर्शन गर्ने काम मात्र गरिरहेको हुन्छ। यस्ता अगुवाले जहिले पनि आत्मिक वातावरणलाई खलबलाई दिन्छ। यसकारण अगुवाले सँधै मानिसहरुको ध्यान आफुप्रति होइन तर ख्रीष्टमा खिच्नँपर्छ।

६.प्रार्थनामा तयारी:

आराधना सञ्चालक सँधै नै सभा भन्दा अघि एकान्तमा प्रार्थनामा‌ बस्नुपर्छ। सभा कुन विषयमा केन्द्रित हुन पर्ने हो यसरी अघि बाट चाल पाइन‌ सकिन्छ र सभा आराम्भ हुँदा देखी नै परमेश्वरको उदेश्य र निर्देशनमा पस्न सक्छ।
आराधनाको कुनै पनि भाग दस्तुर, मान्छे पर्खिने, वा समय काटने वा कार्यक्रमको खाली ठाँउ भर्ने साधन बन्न हुदैन। आराधना शुरु गरेको क्षणदेखी अन्तसम्मै परमेश्वरको प्रशंसा र महिमाको निम्ति समर्पित हुनुपर्छ। धेरै प्रभुका सेवकहरुले वचन प्रचारलाई चाहिँ मुख्य भाग ठान्छन् र आराधनालाई चाहिँ यसको निम्ति तयारी मात्र सम्झन्छन्। तर वास्तवमा वचन भन्दा अघिको आराधना अझ महत्वपूर्ण हो किनभने वचन प्रचार त मानिसहरुलाई गरिन्छ तर आराधना चाहिँ परमेश्वरलाई गरिन्छ।

७. आराधनामा पर्याप्त समय दिनुपर्छ:

हामीले सामुहिक आराधनालाई बुझ्नै पर्छ र यसलाई‌ समय दिनै पर्छ। धेरैचोटी सभाहरुमा आराधनाको सिध्याउने एउटा समय तोकिएर राखिन्छ जसको दबावमा एक आराधना सञ्चालकले मानिसहरुलाई पुर्याउन पर्ने गन्तव्यमा पुराउन सकिरहेका हुदैन। हतार साथ आराधना दौडाउनु प्रतापी परमेश्वरको अपमान हो। आराधनाको समयलाई कति नै चोटी अगुवाले व्यर्थमा बोलेर समय बर्बाद गरिदिनु अर्को ठूलो गल्ती हो। जति सक्दो चाँडो र मिठासपूर्ण डंगमा मानिसहरुलाई पर्मेशवरको एकतामा ल्याउनु उचित हुन्छ। त्यसरी नै कोही बेला चाहिँ मानिसहरुलाई एउटा भागबाट अर्को भागमा लैजादै गर्दा बीचमा केही बोल्ने अवश्यकता पर्नसक्छ तर त्यस्तो समयमा पनि अगुवाले प्रत्येक शब्द नापेर तौलेर बोल्न पर्छ नत्र अन्यवाशयक बोलीले आराधनाको वातावरणलाई खलबलाई दिन्छ। थोरै शब्दमा धेरै कुरा भन्नुसक्नु एउटा अगुवाको कला पनि हो।

८.पवित्र आत्माको निम्ति खुला ह्रदय:

सञचालक, आराधना शुरु भए पछि शान्त रुपमा पवित्र आत्माको मार्गदर्शन थाह गर्न सचेत रहनुपर्छ। उहाँको निर्देश अनुसार पाइला चाल्न तत्पर रहनुपर्छ। सेवालाई सत्य आराधनामा पुरयाउन एउटा बलियो विश्वास चाहिन्छ। किनकि आराधनालाई पूर्व नियोजित कार्यक्रममा‌ बाँध्न सकिन्न। कति अगुवाहरु बिचार्छन् आराधनाको पूर्व निशिच्त कार्यक्रम हुनुपर्छ। तर आत्मिक आराधनामा‌ कुनै पनि परिवर्तनको निम्ति ठाउँ हुनुपर्छ। प्रत्येक आराधना एकै प्रकारको हुँदैन किनकि हाम्रो परमेश्वर विविधिताको परमेश्वर हुनुहुन्छ। उहाँलाई सँधै एउटै काम गर्नपर्ने वाध्यता छैन। प्रत्येक सभामा नै परमेश्वरको विभिन्न उदेश्यहरु हुन्छन्। एक असल अगुवाले ती उदेश्य पत्तो लगाउन र त्यससित बहन पर्छ। असल अगुवाले कुन गीत, कति पल्ट गाउने, के विषयमा जोडदिने थाह पाउँछ। कोहीबेला सभा हर्षोल्लासमय होला त कोहीबेला पवित्र आत्माको अगुवाईमा निशब्द शान्ति पनि अर्थमय बन्छ। आराधना सञ्चालक वरीपरी हुँदै गरेका घटनाहरु प्रति पनि सचेत रहनु पर्छ। अगुवाले आँखा बन्द गरेर आफै आराधनामा हराउनु हुदैन। गहन आराधनामा रहँदा रहँदै पनि मानिसहरुमा हुँदै गरेका कुराहरु बारे अगुवा सचेत रहन पर्छ। पवित्र आत्मामा सचेत रहँदै भए पनि सभा माथि नियन्त्रण गुमाउनु हुँदैन।

९.अनुचित दिसा परिवर्तन र दबावदेखि मुक्ति:

यो एउटा यस्तो विषय हो जसमा अगुवलाई आत्मिक परिपक्वताको खाँचो पर्छ। एक पटक पवित्र आत्माले सभा आधारित हुनुपर्ने विषय र दिशा देखाईसके पछि त्यसैमा अघि बड्दै गइरहेको बेला अकस्मात कसैले एउटा गीत थाली देला जसले यस आधारभूत विषयलाई परिवर्तन गरिदिन्छ। अौ चालै नपाई सभ अर्कै दिशा तर्फ जानलाग्छ। अगुवा यस्तो अवस्थालाई सामना गर्नको निम्ति आत्मामा सतर्क रहनु पर्छ। नत्र सुन्दर र आत्मिक शव्दहरु नै भएको एउटा मिठासपूर्ण कोरस पनि आत्माको अगुवाईमा छैन भने यसले सभाको विषय नै परिवर्तन गरिदिन्छ अौ परमेश्वरले पुर्याउन चाहानुभएको विषय वा आशिषमा पुग्न मानिसहरु वञ्चित रहन्छन्। यसर्थ अगुवाले सँधै नै होशियारीपूर्वक सभालाई सठीक दिशामा राख्न सक्नपर्छ। यदि यस्तो भएमा सभालाई‌ सठीक दिशामा फर्काइ ल्याउने उपायहरु छन्। तर यसको निम्ति अगुवामा बलियो विश्वास र साहस हुनुपर्छ। साथै यसको निम्ति बुद्धि र अनुग्रह दुवैको खाँचो पर्छ अौ सरलता साथ पवित्र अात्मामा भरपर्नेलाई उहाँले यी कुराहरु दिनुहुन्छ।

१०.परिवर्तनलाई थाहपाउनु:

सभालाई पवित्र आत्माको इच्छा अनुसार कुनैपनि दिशातर्फ लैजान अगुवाले परिवर्तनलाई पनि थाह पाउनुपर्छ। कोहीबेला एक विषयमा आराधना हुँदैगर्दा पवित्र आत्माले त्यसदेखी अर्को दिशातर्फ लैजान चाहानुहुन्छ।यस्ता परिवर्तनको समय धेरै महत्वपूर्ण हुन्छन्।अगुवाले अरु मानिसहरुले भन्दा अघि पवित्र आत्माले के गर्न चाहानु हुँदैछ भन्ने कुरा चाल पाउनुपर्छ। यस्ता परिवर्तनको समयमा तिनले मानिसहरुलाई सबल नितृेत्व दिन सक्नपर्छ। नत्र सभा निरुद्धेश्य अल्मलिन्छ। अगुवाले सँधै स्मरण राख्नुपर्छ परमेश्वरले तिनलाई मानिसहरुको अगुवाई गर्न नियुक्त गर्नुभएको हो अौ यसको निम्ति तिनी उत्तरदायी छन्। किनभने सभाको पहिलो उदेश्य परमेश्वरलाई महिमा दिनु हो र दोस्रो उदेश्य मानिसहरुलाई सुधार गर्नु र आशिषित तुल्याउँनु हो। सभालाई यी उदेश्यहरुबाट वञचित राख्नुहुँदैन।

११.एउटै संगीतमा बज्ने विभिन्न बाजाहरुको तयारी:

अंग्रेजीमा एउटा गीतले यसो भन्छ, “Lord, make me a Symphony” अर्थात “हे प्रभु हामीलाई तपाईको संगीतमा बज्ने बाजा बनाउनुहोस।” अंग्रेजीको यो ‘सिम्फनी’ (Symphony) शब्द ग्रीक भाषाको ‘सिम्फनुयो’ (Symphoneo) शब्दबाट आएको हो जसको अर्थ ‘सहमत हुन’ भन्ने हुन्छ। येशुले भन्नुभयो “यदि तिमीहरु दुईजना सहमत भयौ” यहाँ नेर सहमतिको निम्ति ‘सिम्फनियो’ (Symphoneo) शब्द प्रयोग भएको छ। आराधना पनि संगीतको धुनमा बज्ने विभिन्न बाजाहरु झै बन्नपर्छ। संगीतको धुनले आराधनाको मिठो वातावरणलाई तयारी गर्दछ। गीत गाउनु नै चाहिँ आराधना होइन गीत त साधन मात्र हो तर लक्ष्य त भक्तिको अभिव्यक्ति हो। आराधना सञ्चालकले जहिले पनि गीतको चयन होशियारी साथ गर्नुपर्छ। आराधनाको थिम (them) को आधारमा गीत चयन गर्नु उचित हुन्छ। र एउटै धुनमा बज्ने संगीत तयार पार्नु आराधकको जिम्मावारी हो। साथै सभामा केवल उच्च आवाजमा बाजाहरु (loud music) बजाएर चाहि आराधना होइन तर ह्रदय रोगी, माइग्रेन समस्या भएको मानिसहरु सभाबाट बिमार भएर मात्र घर फर्किने छ। यसकारण sound systemको व्यवाहारको पनि ज्ञान हुनु जरुरी छ।

१२. सबैलाई सहभागी बन्न आग्रह:

धेरै आराधनाहरुमा मानिसहरु सहभागी बन्नको साटो दर्शक बन्छन् यो हाम्रो प्राय नेपाली मण्डलीको एउटा समस्या नै भएको छ। मण्डलीमा‌ यस विषयमा एउटा ठोस र असल शिक्षा हुनुपर्छ। परमेश्वरले हाम्रो प्रशंसाको स्वरहरु सुन्न चाहानुहुन्छ। एक आराधना सञ्चालकले मानिसहरुलाई सहभागी बन्न, परमेश्वरको उपस्थिति भित्र पस्न, उच्च स्वरमा परमेश्वरको प्रशंसा व्यक्त गर्न उत्साहित गर्न तथा मौका दिनपर्छ।

१३. सुव्यवस्था र शिष्टता:

धेरै मण्डलीहरुले मानिसहरुलाई सहभागी बन्न नदिनलाई १कोरिन्थी १४:४० वचनलाई एक असल बहानाको रुपमा प्रयोग गर्छन्। उनीहरु ‘शिष्टता र सुव्यव्स्था’ प्रति यति विध्न चिन्तित हुन्छन् की कसैलाई केही गर्ने मौका नै दिदैनन्। बाइबलले “शिष्टता र सुव्यव्स्था कायाम राख्नलाई कसैलाई केही गर्न नदिइयोस” भनेको छैन तर “शिष्टता र सुव्यव्स्थित ढङ्गमा गरियोस” भन्छ। सभामा हरेकलाई अगमवाणी र प्रकाशहरु व्यक्त गर्ने मौका दिनुपर्छ। तर यी सबै गर्दा यसले कुनै गडबडी नहोस भन्ने कुरो निश्चित गरिनपर्छ।

१४.श्रेष्ठताको लक्ष्य:

परमेश्वरको प्रशंसा आराधना गर्दा म श्रेष्ठतापूर्वक यी सबैकुरा गर्न सक्नेछु भन्ने लक्ष्य राख्नुपर्छ। यी महत्वपूर्ण कुराहरुमा उन्नति गर्ने र हुर्कन्दै जाने लक्ष्य राख्नुपर्छ। यसले हामीलाई बिस्तारै आत्मिकी जीवनको गहिराईमा लान्छ। आराधनाको चरमलक्ष्य परमेश्वरलाई महिमा दिनु तथा उच्च पार्नु हो।जति असल प्रकारले हामी यो गर्दै जान्छौं त्यति नै हाम्रो प्रशंसा आराधना ग्रहण योग्य बन्दैजान्छ।

निष्कर्श-:-
निष्कर्शमा आउदा यो भन्न चाहान्छु, एउटा मण्डलीमा प्राथमिकरुपमा सेवा दिने र लिने पहिले व्यक्ति आराधना अगुवा हो जसले आफ्नो आराधना सेवकाई द्वारा सेवाको गतिलाई ठिक ठाँउमा ल्याउँदछ। पाष्टरले यो थाह गर्नुपर्छ कि पाष्टर स्वयंमले देखेको मण्डली प्रतिको दर्शन अनि दिशालाई आराधना अगुवाले मण्डली अगाडी राख्नु सक्नुपर्छ। जब मण्डलीको पाष्टर र आराधना अगुवाको बिचको यो सम्बन्ध सठीक र व्यवस्थाित छ भने त्यो‌ मण्डली स्वास्थ, आशिषित र फलवन्त मण्डली बन्छ।

आमेन

नेपाल सरकारले क्रिष्टमसको विदा दियो

विश्वास थापा
ललितपुर

यो भन्दा अघिको क्रिष्टमसको विदा पाउने विभिन्न संघर्षपछि बल्ल अन्तिम घडीमा पटके विदा दिएर क्रिष्टयनसमुदायलाई थुमथुमाउने कार्य गरेका थियो भने द्धय अधिवक्ता गणेश श्रेष्ठ र बुद्ध घिसिङ्गले संयुक्तरुपमा केही महिना अघि सर्वोच्च अदालतमा रिट दाहेर गरेका थिए । सर्वोच्च अदालतले सो रिट पालन गर्नु भनेर सरकारको नाउँमा आदेश जाहेर गरेको थियो ।

क्रिष्टमस नजिकिदै गर्दा नेपाल सरकारबाट डिसेम्बर २५ मा क्रिसमसको शुभअवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस्तै डिसेम्बर १ (भोली) हजरत मुहम्मद सल्ललाहो अलैहे वोसल्लको जन्म दिनमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको खबर प्राप्त भएको छ ।

पछिल्ला समय राष्ट्रिय ख्रीष्टियन महासंघ र नेपाल ख्रीष्टियन समाजलगायत नेपाल सरकारको प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना मागहरु राखेको थिए । साथै सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण पत्रहरु दिएका थिए ।

स्थानिय मण्डलीबारे बाइबलीय बुझाई

पस्टर प्रेमनारायण भट्टराई,

शक्तिशाली बप्तिस मण्डली, ललितपुर

परिचय :
मण्डलीलाई ग्रीक भाषामा एकलेसिया भन्ने शब्द प्रयोग गरिएको छ । एकलेसियाको अर्थ बोलाइएका वा अलग गरिएकाहरू भन्ने हुन्छ । साधारणतया भण्डली भन्नाले दुई प्रकारका मण्डलीहरू भनि बुझिन्छ । पहिलो विश्वव्यापी जोचाहिँ विश्वास गरेका सम्पूर्ण ख्रीष्टियानहरू हुन् । संसारभरीका विश्वासीहरूलाई विश्वव्यापी मण्डली भनेर चिनिन्छ । विश्वव्यापी भण्डली संसारभरीका विश्वास गरेर उद्धार पाएका विश्वासी मानिसहरूको समूह हो । दोस्रो प्रकारको मण्डली चाहिँ स्थानिय मण्डली हो । स्थानिय मण्डली भन्नाले स्थानिय भूगोलको वरिपरी भएका विश्वासीहरू कुनै निश्चित स्थानमा भेला भएर एउटा स्थानिय नाम वा समूहको नामाकरण गरेर स्थानीय मण्डलीको स्थापना हुँदछ । स्थानीय मण्डली भन्नाले स्थानीय स्थानमा भेला हुने विश्वास गरेर उद्धार पाएका र मण्डलीको सदस्यता प्राप्त गरेका विश्वासी सदस्यहरूको समूह हो ।

मत्ती १६ः१५–१९
१५उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ ?”
१६सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र ।”
१७येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ । किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो । १८म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली ग्रीक भाषामास् एकलेसिया यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्। १९म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ ।”

स्थानिय मण्डलीको परिभाषा
स्थानिय मण्डलीको परिभाषा जोनाथन लीमेनको पुस्तक चर्च मेम्बरसिपबाट उल्लेख गर्न चाहन्छु । अब येशू ख्रीष्टिमा एकअर्काको सदस्यतालाई आधिकारीक मान्यता दिन र रेखदेख गर्न साथै उहाँको राज्यमा सुसमचार प्रचार र सुसमचारको वीधि पालन गर्न–गराउन स्थानिय रुपमा नियमित भेला हुने विश्वासीहरूको समुह नै स्थानिय मण्डली हो । नयाँ करारमा हेर्दा येशूले मत्तीको सुसमचारमा राज्य अर्थात प्ष्लनमयm ४९ पटक र मण्डली अर्थात् Church २ पटक प्रयोग गर्नुभएको छ । पावलले नयाँ करारको पत्रहरूमा राज्य अर्थात Kingdom १४ पटक र मण्डली अर्थात् Church ४३ पटक प्रयोग गरेका छन् । पुरानो करारमा हेर्दा इस्राएल परमेश्वरका प्रजाहरु भएको एउटा राज्य थियो र त्यहाँ इस्राएलीहरू नागरिक थिए । अहिले पनि स्थानिय मण्डली परमेश्वरको राज्यको प्रतिनिधी मूलक संस्था हो । अझ स्थानिय मण्डलीलाई परमेश्वरको राज्यको दूताबास पनि मान्न सकिन्छ । दूताबासको काम राज्यको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्नु हो । तपाईं विदेशमा हुनुहुँदा तपाईंको राहधानीको म्याद सिद्धियो भने र तपाईंले नेपाल फर्किन सक्नुभएन भने के गर्नु हुन्छ ? नेपालको दूताबासमा गएर नविकरण गर्नुपछ्र्र । दूताबासले नागरिकता दिने होइन तर नागरिक हो भनेर प्रमाणिकरण गर्छ ।

स्थानिय मण्डलीको औचित्य 
मण्डली जाने वा नजाने चाहिँ क्लव वा सेवा पउने÷लिने स्थानमा जानको निम्ति छनौट गरिने विषय होइन । जस्तै उदाहरणको निम्ति तपाईंको गाडीमा पेट्रल सिद्धिएपछि पेट्रोल पम्पमा जानु वा बाइक सर्भिसिङ्गको आवश्यकता परेको समयमा वर्कसप÷ग्यारेजमा जानु जस्तो होइन । यदि कसैलाई मनोरञ्जन चाहिएको बेलामा मनोरञ्जनको निम्ति सेवा सुविधा पाउने बेला क्लवमा जानु जस्तो मण्डली जानु होइन । मण्डलीको आफ्नो उत्तरदायित्व पनि हुन्छ । संसारको कल्व वा सेवाकेन्द्रमा त को आउँछ र को जान्छ भन्ने कुराको लेखा राखिन्छ भने मण्डलीमा यो कुराको अभ्यासको अझ बढी जरूरी छ । तपाईं आफुले उपभोग गर्न जाने रेष्टूरेण्टमा त पैसा तिर्नु पर्छ भने मण्डली प्रति पनि तपाईंको उत्तरदायित्व अझ बढी हुन्छ । स्थानिय मण्डलीले उद्धार पाएको मानिस को हो वा को होइन भन्ने कुराको आधिकारिकता दिँदछ । यो कुरा बुझ्न अलिक गाह्रो छ तर आधारभूत कुरा पनि हो । कसैले भन्न सक्छ के मैले व्यक्तिगत रुपमा विश्वास गरेर उद्धार पाएपछि पर्याप्त छैन त ? पर्याप्त हुन्छ ! तर यसको उत्तरदायित्व कसले वहन गर्छ ?

मण्डली संसारको सबैभन्दा शक्तिशाली शरीर हो]  (The Highest Kingdom Authority on the Earth) ब्गतजयचष्तथ यल तजभ भ्बचतज० । मण्डली परमेश्वरको राज्यको आधिकारिक प्रतिनिधी हो । मण्डलीले एकअर्कालाई राज्यको आधिकारिकता प्रदान गर्दछ । अंग्रेजीमा एउटा चर्चित भनाई पनि छ । ख्रीष्टियानिटी व्यक्तिग हो तर गोप्य कहिल्यै हुन सक्दैन(Christianity is personal but never private) । हामी मण्डलीको रुपमा एउटा समुदायमा जिउँछौं । स्थानिय मण्डली येशूले यस संसारमा दिनुभएको आधिकारलाई संस्थागत रुपमा स्थापित गर्ने अधिकार भएको समूह हो । स्थानिय मण्डलीले यसका सदस्यहरुको आत्मिकी र शारीरिक अवस्थाको विषयमा आवश्यक चासो राख्नुका साथै आफ्नो समूह भित्र को पर्छ र को समुह भित्र पर्दैन भन्ने कुराको लेखा पनि राख्नुपर्छ ।

स्थानिय मण्डलीका अभ्यासहरू 
मण्डलीको निम्ति दिइएको दुईवटा पालना गर्नुपर्ने विधीहरु प्नि छन्– बप्तिसमा र प्रभुभोज । यी दुई विधीहरुको पालनले उद्धारसँग केही सरोकार राख्दैनन् तर यी विधी पालनले उद्धार पाएका र उद्धार नपाएका मानिसको बीचमा सिमाना बनाउँछन् । मण्डलीमा यी बिधीहरू ठीकसँग र अनिवार्य पालना गर्नुपर्छ । यी विधीहरुको पालनाउने मानिसलाई उद्धार गर्ने वा बचाउने काम गर्दैन तर बचाइएका वा उद्धारपाएका मानिसहरुको पहिचान दिन्छ । यसकारण मण्डलीमा प्रभुभोज र बप्तिसमालाई ठीकसँग प्रयोग गरिनुपर्छ । बप्तिसमा येशूले मानिसको उद्धारको निम्ति गर्नुभएको कामको स्वीकारलाई सार्वजनिक रुपमा ग्रहण गर्न मद्दत गर्दछ । बप्तिसमा लिनै पर्छ त ? हो विश्वास गर्नेहरुले पानीको बप्तिसमा लिनै पर्छ ! यहाँ फेरी दोहो¥याउन आवश्यक ठानें बप्तिसमा उद्धार पाउनको निम्ति होइन तर उद्धापाएको कुरालाई सार्वजनिकरण गर्नको निम्ति पानीको बप्तिसमा लिनै पर्छ ।

अब र्ओ पनि प्रश्न गरौं– प्रभुभोज खानै पर्छ त ? विश्वास गरेर बप्तिसमा लिएका मानिसहरूले प्रभुभोज खानै पर्छ ! प्रभुभोले फेरी पनि उद्धार, पापको क्षमा वा स्वर्गीय आशिष दिने होइन तर को मानिस मण्डली भित्र छ र को मानिस मण्डलीमा छैन भन्ने कुराको प्रकट गर्छ । यसैकारण मण्डलीमा अनुशासनको अभ्यास पनि जरुरी छ । जो मानिसले ख्रीष्टियान गवाहीलाई जोगाउन सक्दैन, उसलाई मण्डलीले सुधारिने र पश्चतापन गर्ने मौका दिनुपर्छ तर उसले मण्डलीको सुधारलाई स्वीकार गर्न र अपश्चतापी व्यवहार निरन्तर देखाउँछ भने उसलाई अनुशासनमा राख्न वा शैतानको हातमा सुम्पन येशूले (मत्ती १८ अध्याय) सिकाउनुभयो र पावलले (१ कोरिन्थी ५ अध्याय) पनि त्यही आज्ञा दिएका छन् । अनुशासनमा राखिएको व्यक्तिले प्रभुभोजको अभ्यासमा सहभागिता जनाउन पाउँदैन र यसले ऊ मण्डली भित्र नभएको कुरा बताउँछ । यसकारण प्रभुभोजको सहभागिताले को व्यक्ति मण्डली भित्र र को बाहिरको हो भनेर छुट््यउँछ । एउटा मण्डलीको निम्ति यी दुबै विधीहरूको ठीक प्रयोग वा अभ्यास आवश्यक छ । यदी यी विधीहरू विश्वास गरेका व्यक्तिलाई बप्तिसमा दिने र मण्डलीमा (अर्थात् राज्यमा) सदस्यताको आधिकारिका दिने तथा बप्तिसमा लिएर राज्यको योग्यका भएका हरूलाई मात्र प्रभुभोजमा सहभागिता गराउने गरिएमा यसले मण्डलीलाई स्वस्थ्य र बलियो साक्षी बनाउन मद्दत गर्छ । येशूले बप्तिसमा दिन र लिनको लागि आज्ञा दिनुभएको छ । यसकारण ख्रीष्टको आज्ञाकारिताको निम्ति पनि बप्तिसमा आवश्यक छ ।

स्थानिय मण्डलीको कर्तव्य 
जोनाथन लीमनले चर्च मेम्बरसिप (नाइनमार्क सिरिज) शिर्षकको पुस्तकमा निम्न अनुसार १० वटा कर्तव्यहरू उल्लेख गरेका छन् (पृ.४२–४६) । उक्त खण्डको सारांश मेरो भाषामा यहाँ उल्लेख गर्न चाहन्छुः
१) उद्धारकर्ता र प्रभुको वचनको एकताको निम्ति भेला हुनु । नयाँ करारमा सुरु भएको पहिलो मण्डलीको विश्वासीहरुले जहिले पनि भेला हुँदा येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनि घोषणा गर्दथे । (२ प्रेरित १७ः३, कोर.४ः५, यूहन्ना २०ः३१)
२) विश्वासीहरू साधारणतया एकआपसमा एकतामा बाँधिन्छन् र एउटा स्थानिय मण्डलीको स्थापना हुँदछ तर अन्य स्थानिय मण्डलीहरूसँग जोडिएका हुन्छन् । नयाँ करारमा एक पछि अर्को गर्दै अन्य नयाँ स्थानिय मण्डली थपिएका र ती मण्डलीहरू एक आपमा एकतामा पाउँछौं । जस्तै एफिसी, कोरिन्थी, गलातियाका इलाकामा भएका मण्डलीहरू आदि थिए । यी मण्डलीहरूले एक आपसको खाँचोमा सहयोग गर्ने गर्दथे ।
३) विश्वासीहरुको समूह नै भेला भएर मण्डली कहलिन्छन् । पहिलो शताब्दीमा शाउलले मण्डलीलाई सताए (प्रेरित ८ः३) । बाइबलमा हेर्दा भवन र व्यानर वा लोगो आदिले चर्च बनाउने होइन तर विश्वासीहरूले आफैं नै चर्च बनाउँछन् । मानिसहरूको समूहको नियमित भेला, वचन प्रचार, विधीहरुको प्रयोग र येशूको अधिकारको प्रयोग आदिले मण्डली स्थापना गर्दछ ।
४) आधिकारिक रुपमा स्थापना भएपछि मण्डलीले विशेष शक्ति प्राप्त गर्दछ । स्थानिय मण्डलीमा येशूको शक्तिको उपिस्थिति हुन्छ (१ कोरिन्थी ५ः४) । “येशूले भन्नुभयो, स्वर्ग र पृथ्वीको समस्त अधिकार मलाई दिइएको छ” (मत्ती २८ः१८) । “जे तिमीहरुले पृथ्वीमा बाँध्छौ त्यो स्वर्गमा पनि बाँधिनेछ…” (मत्ती १८ः१८) ।
५. सधैं इसाई जीवनको पहिलो कदम भनेको बप्तिसमा हो । बप्तिसमा हामी हाम्रो विश्वासलाई सार्वजनिक रुपमा घोषणा गर्दछौं (प्रेरित २ः३८, रोमी ६ः३) । बप्तिसमाले उद्धार दिने वा पापबाट बचाउने होइन तर विश्वास गर्ने मानिसले सार्वजनिकरुपमा मेरो पहिचान अब फरक छ भनेर सार्वजनिक घोषणा गर्दछ ।
६. इसाईहरुलाई संसारबाट अलग हुनको निम्ति आज्ञा दिइएको छ । बाइबलमा संसारसँग सहभागिता नहोओ भनिएको छ । पावलले विश्वास नगर्नेहरुसँग सम्बन्ध राख्दै नराख्नु भनेका छैनन् (१ कोर ५ः९,१०) । तर विश्वास गर्ने र नगर्नेको बीचमा भिन्नता चाहिँ हुनुपर्छ । उदाहरण पुरानो करारमा खतनाको करार जसले अन्यजातीको संसारबाट परमेश्वरका मानिसहरुलाई अलग गरेको थियो । तर अहिले हामी पुरानो करारमा होइन तर नयाँ करारमा जिउँछौं यसको मतलव करार नभएका मानिस होइनौं तर हामी नयाँ करारबाट यो सम्बन्धलाई नविकरण गर्छौं र संसार र हाम्रो बीचमा भिन्नता राख्छौं ।
७. मण्डलीले जीवन र अधिकारले सदस्य विश्वासीको जीवनलाई चलाउँछ र निर्देषित गर्छ । उदाहरणको लागि पहिलो शताब्दिको पहिलो मण्डलीमा विश्वासीहरू प्रेरितहरुको शिक्षामा लागिरहन्थे । आज पनि मण्डलीमा सही शिक्षाको अभ्यास हुनुपर्छ ।
८. मण्डलीको अगुवाहरूलाई आफ्ना बगालको आधिकारिक जिम्मेवारी दिइएको हुन्छ (१ पत्रूस ५ः२) । मण्डलीका आफ्ना बगाललाई आत्मिक रुपमा खुवाउने र स्वस्थ्य राख्ने काम मण्डलीको अगुवाहरूको हो । स्थानिय मण्डलीका अगुवाहरूले आफैं पनि सिक्ने र सक्षम भएर सिकाउन सक्ने हुनुपर्छ । मण्डलीको पास्टर वा एल्डरहरुको काम अन्य मण्डलीका मानिसहरुलाई सिकाउने कुरामा भन्दा पनि आफ्नै बगालका भेडाहरूलाई सिकाउने कुरामा बढी केन्द्रीत हुनुपर्छ ।
९. स्थानिय मण्डलीका सदस्य विश्वासीहरूले आप्mना मण्डलीका अगुवाहरूलाई आदर र सम्मान गर्नुपर्छ । आज्ञाकारिता बाइबलको आधारभूत आवश्यकता पनि मानिन्छ (हिब्रू १३ः१७) । येशूले पनि आज्ञाकारितामा जोड दिनुभयो । येशू आफैं पनि पिताको आज्ञाकारितामा जिउनुभयो र एउटा असल उदाहरण दिनुभयो ।
१०. स्थानिय मण्डलीका सदस्य विश्वासीहरूले गलत शिक्षा र गलत शिक्षा सिकाउने शिक्षक दुबैलाई इन्कार गर्नुपर्छ । पावलले कोरिन्थीको मण्डलीलाई आज्ञा दिए, “तिमीहरुले आप्mनो बीचबाट दुष्टमानिसलाई निकालिदेओ” (१ कोरिन्थी ५ः१३) । आफ्नो मण्डलीमा कसलाई पस्न दिने र कसलाई पस्न नदिने स्थानिय मण्डलीका सदस्यहरुको आफ्नो अधिकार भित्रको कुरा हो ।

स्थानिय मण्डलीको परिभाषा र औचित्यलाई ठीकसँग बुझ्न र बुझाउन नसक्दा स्थानिय मण्डलीमा धेरै विवाद र समस्याहरू आएका हामि देख्छौं । स्थानिय मण्डलीलाई स्वस्थ्य र बलियो बनाउन मण्डलीको अगुवा र विश्वासी सदस्यहरू दुबै उत्तिकै जिम्मेवार हुन्छन् । तपाईंको स्थानिय मण्डलीलाई स्वस्थ्य बनाउने कि रोगी बनाउने तपाईंको हातमा नै हुन्छ । यो लेखले हामीलाई केही आधारभूत र थाहा भएका कुराहरुलाई पुनः स्मरण गर्न सहायता ग¥योहोला मन्ने ठान्छु ।

असल ख्रीष्टियान बनी जिउन चेष्टा गर्ने एक मान्छेको कथालाई बनयानले यसमा सशक्त ढङ्गमा उतारेका छन् ।

जोन बनयान लेखक, वक्तासाथै विचारक थिए । पिलग्रिम्स प्रोग्रेस नामक आफ्नो कृतिको लागि तिनी निकै प्रसिद्ध छन् । सत्रौँ शताब्दीका प्रभावशाली स्रस्टा बनेका बनयानले झण्डै साठीवटा पुस्तक छाडेर गएका छन् ।

ख्रिस्टाब्द १६२८ मा जोन बनयानको जन्म इङ्गल्यान्डमा भएको थियो । बुबा थोमस र आमा मार्गरेटबाट जन्मेका बनयानको जन्म दिन थाहा छैन तर तिनलाई ३० नोभेम्बर १६२८ मा बप्तिस्मा दिइएको तथ्य भने पक्का छ ।

स्कुलमा प्रारम्भिक शिक्षा हासिल गरी बनयान १६ वर्षको उमेरमा सेनामा भर्ना भए जुन बेला इङ्गल्यान्ड गृहयुद्धमा फसेको थियो । तिन वर्षपश्चात् तिनी आफ्नै गाउँ फर्के र आफ्ना पिताबाट सिकेको पेसामा लागे । तिनका पिताले टिनका भाँडाकुँडा मर्मत गर्थे ।

एक दिनको कुरो हो । बनयान कुनै खेल खेलिरहँदा तिनले स्वर्गबाट यस्तो आवाज आएको सुने, “तिम्रा पापहरू त्यागी तिमी स्वर्ग जान्छौ कि तिम्रा पापहरू लिएर तिमी नरक जान्छौ ?” पछिल्ला केही वर्ष तिनले आत्मिक सङ्घर्षमा आफ्नो जीवन गुजारे ।

येशूलाई स्वीकार गरेपछि तिनी एक प्रखर ख्रीष्टियान वक्ताको रूपमा चिनिन थाले । १६५८ मा तिनलाई अनुमति नलिईकन प्रचार गरेको अभियोग लगाइयो । केही समयको लागि अधिकारीहरूले सहेको भए तापनि मण्डलीको अनुमोदनविना प्रचार गरेको आरोपमा १६६० मा तिनलाई गिरफ्तार गरी झ्यालखानामा हालियो । तिनलाई “मानिसहरूलाई कानुन विपरीत परमेश्वरको आराधना गर्न सिकाएको” भन्ने अभियोग लागेकोले ३ महिनाको जेल सजाय तोकियो । प्रचार गर्न छाडेमा तिनी जेलमुक्त हुन सक्थे भन्ने अधिकारीहरूको विकल्पलाई तिनले इन्कार गरे । परिणाम स्वरूप तिनको जेल जीवन १२ वर्षसम्म लम्ब्याइयो । बनयानको परिवारको लागि तिनको जेल जीवन निकै कष्टदायक भए तापनि अर्को परिप्रेक्ष्यबाट हेर्दा तिनको लागि यो अवधि फलदायक साबित भयो । तिनले झ्यालखानामा नै बसेर आफ्नो आत्मिक आत्मकथा ग्रेस अबाउन्डिङ टु द चिफ अफ सिनर्स नामक चर्चित कृति लेख्नुकासाथै तिनको अति नै प्रसिद्ध कृति पिलग्रिम्स प्रोग्रेस लेख्न सुरु गरेका थिए । तिनले अन्य कैयौँ पर्चा पनि लेख्न भ्याए ।

१६७२ मा जेलमुक्त भएपछि तिनले आफ्नो समय लेखन र प्रचारमा समर्पित गरे । तर १६७६ मा तिनी फेरि गिरफ्तार गरिए र दोस्रो पटक थुनामा राखिए । यस पटक तिनले ६ महिना मात्र बिताउनुपर्यो् ।

जोन बनयानद्वारा लिखित पुस्तक पिलग्रिम्स प्रोग्रेसलाई अङ्ग्रेजी साहित्यमा अति नै महत्त्वपूर्ण कृतिको रूपमा आदर गरिन्छ । २०० ओटाभन्दा बेसी भाषामा अनूदित यस कृति पहिलो पटक १६७८ मा प्रकाशित भएको थियो भने १९३८ सम्म आइपुग्दा यसका १,३०० ओटा संस्करण छापिएका थिए । असल ख्रीष्टियान बनी जिउन चेष्टा गर्ने एक मान्छेको कथालाई बनयानले यसमा सशक्त ढङ्गमा उतारेका छन् ।

त्रिविलाई नेपाल क्याम्पस क्रुसेड फर क्राइस्ट र जीएएन संस्थाको सहयोग

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ‘कागजविहीन प्रशासन’ नारासहित एक भवन निर्माण गरेको छ । सो भवन उपकुलपति तीर्थराज खनियाले मंगलबार त्रिवीको हातामा उद्धाटन भएको छ । सो भवनलाई कोरियाको ग्लोबल एड नेटवर्क (जीएएन) र नेपाल क्याम्पस क्रुसेड फर क्राइस्ट संस्थाको सहयोगमा भवन सूचना प्रविधि केन्द्र भवन निर्माण भएको छ ।
२०७२ सालको भूकम्पले त्रिविको अधिकांश भवन क्षतिग्रस्त भएका थिए । त्यसपछि निर्माण गरिएको यो दोस्रो भवन हो । केही महिनाअघि त्रिविको कीर्तिपुर हातामै उत्तरपुस्तिका परीक्षण केन्द्र भवन उद्घाटन भइसकेको छ । त्रिविले कोरियाको ग्लोबल एड नेटवर्क (जीएएन) र नेपाल क्याम्पस क्रुसेड फर क्राइस्ट संस्थाको सहयोगमा भवन सूचना प्रविधि केन्द्र भवन निर्माण गरेको हो । एक तलाको भवन पाँच कोठाको रहेको छ । ५१ लाख ६० हजार रुपैयाँ खर्च भएको जानकारी प्राप्त भएको छ ।
पछिल्लो समयमा ख्रीष्टियन संघसंस्थाले नेपाल सरकारका विभिन्न क्षेत्रहरुमा सकेको सहायता पु¥याउँदै आइरहेको छ । नेपाल क्याम्पस क्रुसेड फर क्राइस्ट नेपालको लागि पुरानो र इतिहासिक संस्थाको रुपमा प्रसिद्ध छ । हाल तारासिंह कठायतले नेपाल क्याम्पस क्रुसेड फर क्राइस्टको नेतृत्व सम्हाल्नु भएको छ ।
जीएएनका निर्देशक रेभ हो योङ छोइले भवन निर्माणका अतिरिक्त सूचना प्रविधिका उपकरणसमेत सहयोग गर्ने र सफ्टवेयर विस्तारका निम्ति पनि सहयोग गर्ने बताउनु भयो ।

मानिसहरू परमेश्वरका सन्तान हुन सकून् भनेर परमेश्वरका पुत्र मानिस बन्नुभयो

सी. एस. लेविसको पुरा नाउँ हो— क्लाइभ स्ट्याप्लेस लेविस । सम्भवत: तिनी बिसौँ शताब्दीका सर्वश्रेष्ठ रक्षाशास्त्री (ख्रीष्टियान विश्वासको पक्षमा वकालत गर्ने) थिए । परिवार र मित्रहरूका बिचमा “ज्याक” भनेर चिनिएका लेविस उपन्यासकार, कवि, साहित्यिक समालोचक, निबन्धकारसाथै ख्रीष्टियान रक्षाशास्त्री थिए । आख्यान र गैरआख्यान दुवै क्षेत्रमा कलम चलाएका लेविस ख्रीष्टियानसाथै गैरख्रीष्टियान जगत्‌का अनमोल स्रष्टा हुन् ।

लेविसको जन्म २९ नोभेम्बर १८९८ मा बुबा अल्बर्ट जेम्स लेविस र आमा फ्लोरेन्स अगस्टा लेविसबाट आएरल्यान्डको बेलफास्टमा भएको थियो । वारेन हामिल्टन नाउँका तिनका एक दाजु थिए ।

ख्रीष्टियान परिवारमा जन्मेका भए तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू र संसारमा विद्यमान दुष्ट्याइँको कारणले पन्ध्र वर्षको उमेरमा लेविस नास्तिक बने । आफ्नो पढाइलाई थाती राखी तिनी १९१७ मा पहिलो विश्व युद्धमा ब्रिटिस सेनामा सहभागी भए । युद्धको क्रममा फ्रान्समा घाइते भए र परिणामस्वरूप तिनी इङ्गल्यान्ड नै फर्के ।

आफ्ना सहकर्मीसाथै मित्र जे. आर. आर. टोल्किनका गहकिला तर्कहरूबाट प्रभावित भई लेविस बिस्तारै ख्रीष्टियान विश्वासतर्फ फर्के र ३३ वर्षको उमेरमा तिनले येशूलाई प्रभुको रूपमा स्वीकारे अर्थात् तिनी ख्रीष्टियान बने ।

अक्सफोर्ड र क्याम्ब्रिजजस्ता विश्वप्रसिद्ध कलेजहरूमा पढाएका लेविसका प्रसिद्ध कृतिहरूमा मेएर क्रिस्चियानिटी, क्रोनिकल्स अफ नार्निया, मिराकल्स आदि पर्दछन् । ७० भन्दा बेसी पुस्तकका लेखक लेविसले साहित्यका विभिन्न विधाहरूमा कलम चलाएका छन् । वार्षिक रूपमा तिनका कृतिहरू बिस लाखको सङ्ख्यामा बिक्री हुन्छन् । तिनका पुस्तकहरू तिसभन्दा बेसी भाषामा अनुवाद भइसकेका छन् । तिनका कृतिहरूका कथावस्तुहरू रङ्गमञ्चमा उतारिएका छन्; टेलिभिजनमा देखाइएका छन्; रेडियोबाट प्रसारण गरिएका छन् र चलचित्रको पर्दामा प्रदर्शन गरिएका छन् । ख्रीष्टियान विश्वासको पक्षमा लेखिएको तिनको कृति मेएर क्रिस्चियानिटीलाई पढेर कैयौँ मानिसले आफ्नो जीवन प्रभु येशूमा सुम्पेका छन् ।

तर्क र विश्वासलाई वैरीको रूपमा नभई साखको रूपमा देख्ने लेविसको बुझाइमा तर्क विश्वासतर्फ डोर्याोउने एउटा उपयुक्त मार्ग हो । आफू एङ्गलिकन भए तापनि तिनले प्राय: सबै ख्रीष्टियान सम्प्रदायका आधारभूत ख्रीष्टियान शिक्षाहरूको पक्षमा तार्किक रूपमा वकालत गरे । अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ. केनेडीको हत्या गरिएको दिन र विकासवादका पक्षपोषक अल्डुस हक्स्लेको निधन भएको दिनमा नै लेविस यस धरतीबाट बिदा भएका थिए । तिनको मृत्युले संसारको थोरै मात्र ध्यान खिँचेको भए तापनि अनुगामी वर्षहरूमा तिनको प्रशंसा बढ्दै गयो । तिनले भनेका छन्, “मानिसहरू परमेश्वरका सन्तान हुन सकून् भनेर परमेश्वरका पुत्र मानिस बन्नुभयो ।”

पाष्टरको दुई जना छोराहरुले हवाई जहाज उडाएर देखाए

अमेरिकाको नर्थ क्यारोलिना राज्यको एक पाष्टरको दुई जना छोराहरु थिए । जसलाई अहिले संसारभरि नै राइट ब्रदर्शको नामले चिनिन्छ । उनीहरुले मानिसहरुलाई हवाई यात्रा गराउने दर्शन बाँडिरहेका थिए । सन् १९०४ डिसेम्बर १० तारिखको अमेरिकाको राष्ट्रिय पत्रिका न्यूयोर्क टाइम्सले सम्पादकीयमा उनीहरुलाई विश्वास नगर्न भन्दै सर्वसाधारणहरुलाई सचेत गरायो । सम्पादकीयमा यस्तो लेखिएको थियो, “यी मानिसहरुले हावा भन्दा हलुका मेसिन कसरी आविश्कार गर्न सक्छन् ?” तर एक हप्ता पछि नै राइट ब्रदर्शले ‘किटी हाउक’ नामक पहिलो हवाई जहाज उडाएर देखाए ।
उनीहरुको त्यो आविश्कारले संसारमा हवाई यात्राको क्षेत्रमा नयाँ व्रmान्ति ल्यायो । उनीहरु कै आविश्कारको सिद्घान्तद्घारा मानिसहरु चन्द्रमा पुग्न सफल भए । यस आविश्कारले चन्द्रमामा पनि एक सृष्टि मात्र रहेको कुरा पुष्टि गरिदियो । चन्द्रमा आफै ईश्वर नभई यो पनि परमेश्वरको सृष्टि हो भन्ने कुरा त्यो आविश्कारले स्पष्ट प्रमाणित गरिदियो । अमेरिकाको त्यो पत्रिकामा प्रकाशित सम्पादकीयमा उल्लेख गरिएको कुराले राइट ब्रदर्शलाई कुनै असर परेन । त्यो सम्पादकीयले त उनीहरुलाई झन् जोशिलो बनाईदियो । प्रभुले उनीहरुको परिश्रममा आशिष् दिनुभयो र लक्ष्यसम्म पु¥याउनुभयो ।
तपाईं कल्पना गर्नसक्नुहुन्छ । यदि हवाई जहाज आविश्कार नभएको भए अहिले संसार यस्तो विकसित बन्ने थिएन । राईट ब्रदर्शले हिम्मत नहारेको कारण यात्राको क्षेत्रमा ठुलो व्रmान्ति नै आयो । यो आविश्कारको कारण विश्वमा भएको मानिसहरुलाई ठुलो सेवा पुग्यो ।

डरलाग्दो हत्यारालाई पनि ठाउँ छ भन्ने तथ्य जेफ्रीको परिवर्तनमा छर्लङ्ग देख्न सकिन्छ

तिनको नाउँ हो, जेफ्री दमार । तिनी कुख्यात हत्यारा मात्र थिएनन् तर तिनले मान्छेको मासु पनि खाने गर्थे । तिनले जीवनमा कम्तीमा पनि सत्र जनाको हत्या गरेका थिए । हत्याको अपराध लागेका जेफ्रीलाई जन्म कैदको सजाय सुनाइएको थियो ।

ख्रीष्टियान सेवकसाथै लेखक रोय राटक्लिफले जेफ्रीसित मित्रता गाँसे र तिनलाई प्रभु येशू ख्रीष्टको बारेमा बताए । जेफ्रीले झ्यालखानामा नै आफ्नो जीवन येशूमा सुम्पे र आफूलाई कहिल्यै जेलमुक्त गरिँदैनथ्यो भन्ने जानेर तिनले त्यहीँ नै बप्तिस्मा लिए ।

ख्रीष्टियान भइसकेपछि तिनको जीवनमा देखा परेको सकारात्मक परिवर्तनलाई मानिसहरूले अवलोकन गर्न थाले । जेफ्रीका पिता र तिनका मित्रहरूले तिनको जीवनमा विकास भएको छुट्टै आत्मालाई देखे । जेफ्रीका पिताले विगतमा मण्डली त्याग गरेर गएको भए तापनि छोरोको जीवनमा आएको परिवर्तनले तिनी मण्डलीको विश्वासयोग्य सदस्यमा पुनस्थापित भए । जेफ्रीका भाइले पनि प्रभु येशूमा विश्वास गरे । जेफ्रीले भनेका छन्, “मैले गरेका अपराधहरूको लागि म अत्यधिक दु:खित छु । मेरो विचारमा मैले गरेको कामको लागि राज्यले मलाई मृत्युदण्ड दिएको हुनुपर्थ्यो ।”

जेफ्रीले बप्तिस्मा लिएको केही महिनापछि २८ नोभेम्बर १९९४ मा एक जना सङ्गी बन्दीद्वारा तिनको हत्या गरियो । तर जेफ्रीले आफ्नो जीवन प्रभु येशूमा सुम्पने मौकालाई भने गुमाएनन् । ख्रिस्टाब्द १९६० मा अमेरिकामा जन्मेका जेफ्रीको जीवनमा आधारित फिल्मसाथै पुस्तकहरू प्रकाशन गरिएका छन् ।

परमेश्वरको अपार अनुग्रहको छतमुनि जस्तोसुकै डरलाग्दो हत्यारालाई पनि ठाउँ छ भन्ने तथ्य जेफ्रीको परिवर्तनमा छर्लङ्ग देख्न सकिन्छ ।

दिक्षान्त कार्यक्रम सम्पन्न, प्रौढ शिक्षा कार्यक्रमबाट ९ जना विद्यार्थीहरु दीक्षित

११ मंसिर २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको ललितपुर महिला विभागबाट संचालित ८ महिने प्रौढ शिक्षा कार्यक्रमको दीक्षान्त कार्यक्रम ललितपुरको इमाडोलस्थित ख्रीष्टिय प्रार्थना मण्डलीमा सम्पन्न भएको छ ।
मैया नेपालज्यूले कार्यक्रमको संचालन र ललितपुर महिला विभागका सदस्य सुमित्रा राईज्यूले सुरुको प्रार्थना गरी कार्यक्रमको सुरु भएको हो । ललितपुर महिला विभागका अध्यक्ष पा. आशा राइज्यूको सभापति र महासंघका सह–अध्यक्ष तथा मण्डली समन्वय विभाग प्रमुख रेभ. काजीरत्न मर्हजनज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ठ अतिथि महासंघ उपाध्यक्ष एवं अन्तराष्ट्रिय विभाग प्रमुख तथा केन्द्रिय महिला विभागका उपाध्यक्ष सुश्री अन्ना पेडनज्यू र केन्द्रिय महिला विभागका अध्यक्ष डोमा राईज्यू मञ्चमा हुनुहुन्थ्यो । आमन्त्रित अतिथिज्यूलाई ललितपुर महिला विभागका उपाध्यक्ष एस्तर लामाज्यूले स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभई ललितपुर महिला विभागका सदस्य सारा राईज्यूले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ख्रीष्टिय प्रार्थना मण्डलीका क्वाएर झण्डका जवानहरुले स्तुतिप्रशंसामा अगुवाई गर्नुभएको थियो भने केन्द्रिय महिला विभागका अध्यक्ष डोमा राईज्यू आशिषमय र उत्साहका वचन बाँड्नुभएको थियो ।
८ महिने प्रौढ शिक्षा कार्यक्रमको सुरुवात गर्दाको समय र त्यसबाट उत्पन्न प्रतिफलको इतिहासको विषयमा सचिव मैया नेपालज्यूले बताउनुुभएको थियो भने ८ महिना अवधिभर सिकेका र पाएको अनुभवको बारेमा सन्चमाया गोलेले आफनो अनुभव बाँड्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिज्यूबाट ९ जना दीक्षान्तीत विद्यार्थीहरु मनिषा योञ्जन, झुम्किमाया योञ्जन, ललि निसोर, शारदा खड्का, मुन्ना भुजेल, सोम माया भुजेल, सन्चमाया गोले, आशा माझी र ललिमाया बम्जनलाई प्रमाण पत्र वितरण र दुई शिक्षिकाज्यूहरु मैया नेपाल र संगिता भुजेल भुजेलज्यूलाई कार्यक्रमवीच सम्मान गरिएको थियो । सोही अवसरमा दीक्षान्तीत विद्यार्थी तथा शिक्षीकाहरुलाई सामुहिक आशिषको प्रार्थना समेत गरिएको थियो । सारा समुहले कार्यक्रमलाई नृत्यद्धारा मनोरन्जन प्रदान गरी प्रमुख अतिथि सह–अध्यक्ष मर्हजनज्यू र ललितपुर महिला विभागका सदस्य सानु अधिकारीज्यूबाट दीक्षान्तीत विद्यार्थी तथा शिक्षीकाहरुलाई उत्साहका शव्द व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्तमा ललितपुर महिला विभागका सदस्य सुमित्रा राईले आगन्तुक सबैलाई धन्यवाद ज्ञापन गर्नुभई कार्यक्रमको समापन तथा अन्तिम प्रार्थना ललितपुर महिला विभागका अध्यक्ष पा. आशा राईज्यूले गर्नुभएको थियो ।

चर्चको शौचालयमा युवती बलात्कृत भनि छापिएको समाचार गलत, भ्रम श्रृजना गर्ने र अतिरञ्जित

विश्वास थापा
नोभेम्बर २७, २०१७
ललितपुर

 

पछिल्लो समयमा इसाई र चर्चहरुमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न आरोप लगाइरहेका छन् । त्यसमध्ये देशको चौथो अंगहरु रुपमा मानिने राष्ट्रियस्तरको मिडियाले सस्तो लोकप्रियताको निम्ति गलत ढंगबाट कलम चलाइरहका छन् । यसको परकाष्ठको रुपमा चर्चको शौचालयमा युवती बलात्कृत भन्ने शिर्षकमा छापिएको समाचारलाई दिन सकिन्छ ।
उज्यालो अनलाइनले नेपाल प्रहरीको बुलेटीनलाई स्रोत बनाएर एक चर्चमा युवती बलात्कृत भएकी छिन् भनेर राखेको थियो ।

हाती गौडास्थित विश्व प्रचार चर्च रहेको जानकारी प्राप्त भएको छ । मेन रोडमा जोडिएर रहेको सो चर्चसँग यो घटनाको कुनै सम्बन्ध रहेको छैन ।
घटनाक्रम यसरी भएको थियो । भाँडामा रहेको सो चर्चका तल्लो तल्लामा होटल सेवारो रहेको छ । त्यस होटलका संचालिका संगिता लिम्बु हुन । त्यस होटलमा नुवाकोट थोपरेक–२ का २२ वर्षीय परीक्षण विक त्यस होटलमा खाजा र रक्सी खाइरहेको हुन्छन् । उनी र उनका साथीहरुले खाइ रहेका बेलामा उनी ७ बजेतिर त्यहाँबाट निस्कन्छन् । उनी एक गायक पनि हुन् । पिडित भनिने कान्छी ( नाम परिवर्तन) ले उनीलाई पहिलादेखि नै चिन्दै आइरहेकी थिइन ।

को हुन कान्छी ?
१६ वर्षीय पिडित भनिने कान्छी अस्थायीरुपमा काठमाडौंमा बुबाआमासँग बसोबास गरिरहेकी छिन । उनका बुबाआमा ख्रीष्टियन हुन भने उनी कहिले काही मात्र चर्च जाने गर्दछिन् ।

सेवारो होटलको ससाहुनीको भनाई ?
सो घटना करिव ७ बजेतिर घटेको हो । माथिल्लो तल्लामा चर्च छ । चर्चको आफ्नै ट्वाइलेट रहेका छ भनी तलको पसलहरुको छुट्टि रहेका छ । होटलको ट्वाइलेटमा साचो लगाउने गरिएको छ । खाचो नभइ कसरी बलात्कार ट्वाइलेटमा गरियो भनेर उनीको प्रतिप्रश्न गरिन ? जवर्जस्ती भएको भए कराउदा चारैतिर आवाज सुनिन्छ । त्यो कुनै एकान्त र गोप्य ठाउँ छैन । होटलमा यस समय प्रशस्त मानिसहरु थिए । अझ चर्चमा त्यो भन्दा वढी मानिसहरु जम्मा भएर भजनक्रितन गरिएको जानकारी गराइन । । सधै ट्वाइलेट् ढोका बन्द हुन्छ यो भिडियो हेर्नुहोस्

कान्छीले सोही चर्चको ट्वाइलेटमा आफूलाई हातपात र जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् । महारगंज प्रहरी बृतले थप अनुसन्धान गरिरहको छ । परिक्षण बिकले आफु बलात्कारी नभई रयाप गीत गाउने गायक भएको बताएका छन् ।

प्रहरी निरीक्षक शेरबहादुर चन्दले हाम्रा सहकर्मी जीवन रायमाझीलाई भनेका छन्, “पिडित र पिडकसँग लिखित र मौखिक सोधपुछ भइसकेको छ अब त्यस घटनालाई पुष्टि गर्नको लागि मेडिकल रिर्पोटको लागि पठाईएको छ । आएपछि सत्यतथ्य पता लाग्नेछ ।”
रायमाझी भने यो घटना चर्चसँग कुनै सरोकार छैन र चर्च आउदा बाटोको भएको घटना हो । यसमा चर्चलाई मुछ्ने कुनै आधार छैन । चर्चको ट्वाइलेटमा घटेको होइन न त सेवारो होटलले प्रयोग गर्ने ट्वाइलेटमा प्रयोग भएको कुनै सही प्रमाण नै छ । विकले घर जान्छु भनेर निस्कदा ट्वाइलेटको साचो नलिएको जानकारी होटल साहुनीको छ । यसलाई नै आधार मान्ने हो भने प्रष्ट भइसकेको छ । यो घटना अतिरन्जित रहेको बुझिन आएको छ । केही समयपछि नेपाल प्रहरीले सत्य बाहिर ल्याएर भ्रम हटाउनेछ ।

धार्मिक द्धन्द्ध चाहनेको भ्रम श्रृजना गर्ने र सम्पूर्ण इसाई समुदायलाई आक्षेप लगाउने मात्र हो । हाम्रा समुदाय र चर्चहरु अझ सचेत हुनु पर्ने अवस्था आएको छ ।