कसरी अपेक्षा चलचित्रमा अभिनय गर्न पाउनुभयो?
सेकुलर चलचित्र गर्ने क्रममा रोशन सेवक (अपेक्षाको निर्देशक)सँग
भेटभयो । फुर्सदको समयमा उहाँले भ्याएसम्म मलाई सुसमाचार सुनाउनु
हुन्थ्यो । उहाँसँग धेरै सेकुलर चलचित्र र भिडियोमा पनि काम गरिसकेको हुनाले ख्रीष्टियन चलचित्र बनाउन लागेको कुरा सुनाउनुभयो र मलाई मौका पनि दिनुभयो ।

 तपाईंलाई प्रभुमा विश्वास गर्नुपर्छ भनेर कुन कुराले प्रेरित गर्यो ?
इसाईहरूको सहनशीलता, सहयोगी भावना, आवेगमा नआउने, सबैलाई
प्रेम गर्ने, यी कुराहरू देख्दा, यो चाहिँ ठिक हो भन्ने लाग्थ्यो । सुरुमा मलाई बाइबलसम्बन्धि खासै केही कुरा थाहा थिएन । जब अपेक्षा फिल्म गर्न थालें, अझ नजिकबाट प्रभुलाई चिन्ने मौका पाएँ । मेरो भूमिका एउटा पास्टर भएको हुनाले झन्
बाइबलको ज्ञान चाहिने भयो र सिकें । यी सबै कुराहरूले प्रेरित गर्यो ।

 प्रभुलाई पाउनुभन्दा अगाडि र पाइसकेपछिे जीवनमा के फरक
पाउनुभयो ?
पहिला जेजति काम गरियो त्यसले मनमा खासै आनन्द ल्याउदैन थियो तर अहिले मनमा छुट्टै प्रकारको आनन्द र शान्तिले भरिएको छ । यही नै फरक हो ।

 चलचित्रमा पास्टरको भूमिकामा हुनुहुन्छ, आफूले कतिको आफ्नो जिम्मेवारी पूरा गरे जस्तो लाग्छ ?
मलाई पास्टरको जिम्मेवारीको विषयमा त्यति राम्रोसँग थाहा पनि थिएन । विश्वास गरेको पनि थिइन । चलचित्रको क्रममा विश्वास गरें, बप्तिस्मा लिएको छैन तरपनि एउटा बप्तिष्मा नलिएको व्यक्तिले चलचित्रमा पाष्टरको रूपमा अभिनय गरेर जिम्मेवारी पूरा गरे जस्तो लाग्छ ।

 गैह्र ख्रीष्टियनहरूको प्रतिक्रिया कस्तो पाउनुभयो?
यो चलचित्र थोरै मात्र गैह्र इसाईहरूले हेर्नुभएको छ । जतिले हेर्नुभयो राम्रै प्रतिक्रिया दिनुभएको छ । ख्रीष्टियन भएकोमा केही साथीहरूको मन दुखाएका छन् ।

कस्तो विरोधको सामना गर्नु प¥यो?
सानो तिनो बिरोध साथीभाइबाट आएको थियो तर
परिवारबाट छैन किनभने बुबा र आमा हुनुहुन्न । दिदीहरूले चाहिँ गएको साल तिहारमा बुद्धि बिग्रिस भन्नुभएको थियो ।

अब सेकुलर चलचित्र खेल्नुहुन्छ कि ख्रीष्टियन चलचित्रलाई निरन्तरता दिनुहुन्छ ?
म दुवै खेल्छु । सेकुलर चलचित्र जीविकोपार्जन लागि खेल्छु भने ख्रीष्टियन चलचित्र परमेश्वरको महिमाको निम्ति खेल्छु ।
सेकुलर चलचित्रले भन्दा मलाई ख्रीष्टियन चलचित्रले चिनाएको कारण सुसमाचार र सेवाकाइको लागि भएपनि ख्रीष्टियन चलचित्रलाई निरन्तरता दिन्छु ।

 अन्तमा हाम्रो पाठकहरूलाई के भन्नुहुन्छ?
चलचित्र हेरिदिनु हुने सबैलाई धन्यवाद र नहेर्नु भएकोहरूलाई चलचित्र हेरिदिनुहोस् । अपेक्षा २ बन्न सकोस् । म पनि भर्खर प्रभुमा अगाडि बढ्दै छु । प्रार्थनामा सम्झिदिनु होला । धन्यवाद ¤