जस्तैसुकै अवस्थामा येशूको सुसमाचार फैलाउनु हो – Dr. Jamil Nasir

येशूको खातिर नोकरी मिल्दैन । येशूको नामको खातिर जुठो भाँडाकुडा धुन्छन् । येशूको खातिर जवान युवाहरुको नोकरीको लागि जान्छन् तर तिनीहरुको फाइल डस्पिनमा हालिन्छन् कारण त्यस फाइलमा येशू मसिह लेखिएको हुन्छ । मेरा आमा, बुबा, छोराछोरी कसैको अगाडि हात फैलाउदैनन् । उनीहरु सफाइ गर्दछन्, झारु लगाउछन्, ट्वाइलेट सफा छन्, जुठा भाँडाहरु धुन्छन् । मर्नु र जीउनु दुबै मेरो येशू हुन् । को येशूको प्रेमबाट अलग्ग गर्न सक्दछ ? येशूलाई छोड जस्तो पाउछौं, त्यस्तो पाउछौं तर येशूमा इमान्दारीताहरु तरवारको धारमा हिड्न डराउँदैन । उनीहरु बंमदेखि डराउँदैन । पाकिस्तानमा चर्चहरुमा बंम पडकाउने सूचना आउछन् तब चर्चहरुमा पहिलोको भन्दा विश्वासीहरु वढी जम्मा हुन्छन् । जस्तैसुकै अवस्थामा येशूको सुसमाचार फैलाउनु हो । हेर्नुहोस भिडियो https://www.facebook.com/119377881596818/videos/676788635855737/

नेपाली इसाई मण्डलीको ६० औं बार्षिक उत्सव

१५/१६ प्रवासबाट आएर वि.स. २०१४ तदनुसार १९५७ साल एक टोली आउछन् । अस्थायी रुपमा भक्तपुरमा बसोवास गरि काठमाडौंस्थित डिल्ली बजारमा शुरु भएको सेवा आज नेपालमा अगावै समुदायको नेतृत्व गरि रहेको मण्डली मध्ये एक नेपाली इसाई मण्डली हो ।

६० वर्ष गाठ हिजो कालोपुलस्थित केन्द्रिय चर्चमा भब्यत कार्यक्रम सम्पन्न भएको छ ।
आजसम्म आउँदा यस मण्डलीमा लगभग २० हजार जति विश्वासी रहेको जानकारी प्राप्त भएको छ । यस्तै यस २५ जिल्लाहरुमा फैलिएको छ । १२७ वटा शाखा आवद्ध मडण्लीहरु रहेका छन् । उपत्यकामा १६ वटा मण्डलीहरु रहेको छन् । यस्तै छिमेकी देश भारत र अन्य देशमा पनि यस मण्डलीसँग आवद्ध रहेर सेवा भइरहेको छ ।

त्यही १५÷१६ जना मध्ये हालका बरिष्ठ बयोवृद्ध पाष्टर रोर्वट कार्थक पनि हाल सक्रिय रुपमा वचनको सेवकाईमा लागिरहनु भएको छ । ९३ बर्षिय पाष्टर नेपालको इसाई समुदायमा लोकप्रिय हुनुहुन्छ । सम्भवत ६० वर्षसम्म पास्टरीय सेवकाइ गर्ने एकमात्र पाष्टर हुनुहुन्छ । उहाँका जेष्ठ पुत्र सामुएल कार्थक पनि पूर्णकालिन पाष्टर सेवकाइमा हुनुहुन्छ । संस्थापक मध्ये डा. राजेन्द्र रोंगोंग पनि हाल नेपाली इसाई मण्डली, ललितपुरमा सक्रिय पाष्टरीय भुमिका निर्वाह गरिरहनु भएको छ ।

 

 

युवा दर्शन पत्रिकाका प्रकाशक दिनेश श्रेष्ठले सिवी गहतराजसँग गर्नुभएको ताजा अन्तर्वार्ता

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजसँग हालै विघटित भएको संसदले पारित गरेको र राष्ट्रपतिबाट अनुमोदन भएको फौजदारी विधेयक लगायतका समसामयिक बिषयमाथि युवा दर्शन पत्रिकाका प्रकाशक दिनेश श्रेष्ठले गर्नुभएको ताजा अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

अस्ति यहाँहरूले पत्रकार सम्मेलन गरेर विघटित संसदले पारित गरेको र हालसालै राष्ट्रपतिबाट पनि अनुमोदन भएको फौजदारी विधेयक ख्रीष्टियन समुदायको लागि स्वागतयोग्य छ भन्नुभयो, त्यो विधेयक कसरी स्वागतयोग्य छ ?

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल नेपाली ख्रीष्टियन समुदायको हकहित, स्थायित्व र पहिचान स्थापित गर्नको लागि विगत लामो समयदेखि निरन्तर क्रियाशिल रहेको निकाय हो । मैले नेपालको बैधानिक कानुन २००४, २००७, २०२१ र २०४७ सालको संविधानसम्म राम्रोसँग अध्ययन गरेको छु । यो फौजदारी विधेयक आउनु अगावै पनि २०४७ सालको संविधानमा पनि धर्मलाई मौलिक हकमै राखिएको थियो र जबर्जस्त धर्म परिवर्तन गराउनेलाई दण्डनीयको व्यवस्था पहिलेकै संविधानमा थियो । पहिलेकै संविधानमा परम्परा चलिआएको धर्मलाई खलल पु¥याउने, परिवर्तन गराउन खोज्नेहरूको लागि दण्डनीय व्यवस्था पहिलेदेखि नै थियो र अहिले पछिल्लो चरणमा जसरी फौजदारी विधेयक जारी भयो, यो फौजदारी विधेयकलाई राम्रोसँग अध्ययन गरौं, यसका सभापति रामनारायण विडारी, संविधानविद् लगायतसँग हामीले छलफल ग¥यौं । यो फौजदारी विधेयकमा भएको धार्मिक अधिकारसम्बन्धी भएको कुरा सामाजिक ऐन अन्तर्गत राखिनुपर्नेमा किन फौजदारी विधेयकमा राखियो भनि प्रश्न गर्ने ठाउँचाहिँ छ । हालै बनेको कानुनलाई गहन तरिकाले अध्ययन ग¥यौं भने जवर्जस्त गरेर वा प्रलोभन देखाएर धर्म परिवर्तन गराउनेहरूका लागि दण्डनीय सजाय तोकेको हो तर व्यक्तिको धार्मिक स्वतन्त्रता त ग्यारेन्टी गरेको छ, जसले गर्दा यस विधेयकले ख्रीष्टियन समुदायलाई क्षति पु¥याउने देखिंदैन । जवरजस्त धर्म परिवर्तनका पक्षमा ख्रीष्टियन समुदाय छैन किनभने प्रभु येशुले पनि भन्नुभएको छ, यसकारण जाओ र सबै देशका मानिसहरुलाई चेला बनाओ, पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ । तर उहाँले यहाँ जवर्जस्त गरेर भन्नुभएको छैन नि, त्यसैले हामी जवर्जस्त धर्म परिवर्तनका पक्षमा छैनौं । कतिपय मानिसका नियतले हामीलाई असर पारे बेग्लै कुरा हो तर यस विधेयकले हामीलाई असर पार्ने कुनै ठाउँ म देख्दिन । यो अल्पसंख्यकको पक्षमा पनि छ तर हामीलाई फौजदारी ऐन २०७४ मा धर्मलाई फौजदारी कसुरमा राखेकोमा मात्र आपत्ति हो, यसलाई सामाजिक कसुरमा राख्नुपर्दथ्यो । त्यो बाहेक अरू सबै स्वागतयोग्य नै छ ।

त्यसो भए कतिपय ख्रीष्टियन अगुवाहरूले किन यस विधेयकलाई विरोध गरेका होलान् त ?

यो विधेयक आगामी वर्ष २०७५ भदौ महिनादेखि मात्र लागू हुन्छ, त्यसैले अन्धाले हात्तीको पुच्छर छामेजस्तो मात्र भएको हो, यो लागू भएपछि यी सबै भ्रम चिरेर जान्छन् । यस विधेयकले धर्म प्रचारलाई बन्देज गरेकै छैन । बाध्यतामा पारेर, प्रलोभन देखाएर र धम्क्याएर धर्म परिवर्तन गराउनेका लागि मात्र यो विधेयक बाधक हो । हामी ख्रीष्टियनले कसैलाई पनि जवर्जस्त रुपमा धर्म परिवर्तन गराउने पक्षमा कोहि पनि छैनौं जस्तो मलाई लाग्छ । अब कतिपय साथीहरूले किन विरोध गरेका छन् भने धर्म परिवर्तन गराउन बन्देज ग¥यो भनि विरोध गर्नुका कारण कतिपयले आफ्नो राजनीतिक अभिष्ट पूरा गराउनका लागि, त कतिलाई प्रोजेक्ट बनाएर नेपालका धर्म परिवर्तन गर्न रोक्यो भनि पैसा देऊ भनि पैसा माग्नका लागि हो, यहाँ त कतिपयले विदेशीसँग पैसा माग्न थालिसकेका छन् । हामी यी सबै भ्रम चिर्नलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ख्रीष्टियन समुदायमा सरकारी निकायका मानिसहरूलाई पनि राखेर नेपालको संविधान र कानुन विशेष गरी फौजदारी विधेयकको भाव के हो भनेर व्यापक रुपले छलफल र बहस चलाउनेछौं । यहि विधेयकलाई केन्द्रीत गरी देशव्यापी अभियान बनाउँछौं ।

यहाँ अरूलाई येशु ख्रीष्टलाई ग्रहण गराउँदा, पानीको बप्तिस्मा दिंदा पास्टरले त धर्म परिवर्तन गराएको ठहरिन्छ नि त भनि कतिपयले तर्क गर्छन् नि, यस सम्बन्धमा के भन्नुहुन्छ ?

मण्डली भनेको पवित्र धार्मिक स्थल, आस्था र भावनासँग जोडिएको कुरा हो । म सबै पास्टर तथा अगुवाहरू सबैलाई आग्रह गर्न चाहन्छु कि अब तपाईंहरूले जो कोहिलाई ग्रहण गराउँदा र पानीको बप्तिस्मा दिंदा एउटा निवेदन दिन लगाएर म प्रभु येशुलाई ग्रहण गर्न र उहाँको बाटोमा हिड्न तयार छु, म स्वइच्छाले येशु ख्रीष्टलाई ग्रहण गर्न चाहन्छु र म पानीको बप्तिस्मा लिन चाहन्छु भनि निवेदन लेख्न लगाई दुई औंठाको छाप सहित हस्ताक्षर गराई लिनुहोस् र प्रक्रिया पु¥याउन सुझबुझकासाथ ऐन, कानुन पढ्नु प¥यो र आवश्यक अभिलेख राख्नुप¥यो नि । कसैलाई झुक्याएर हामीलाई ख्रीष्टियन बनाउनु छैन नि होइन र ? यहाँ जवर्जस्त धर्म परिवर्तन गराउनेलाई दण्ड सजाय छ तर कसैले म ख्रीष्टियन बन्छु, येशुलाई ग्रहण गर्छु र पानीको बप्तिस्मा लिन्छु भन्ने व्यक्तिलाई ग्रहण गराउँदा र पानीको बप्तिस्मा दिंदा कसरी जवर्जस्ती गरेको ठहरिन्छ र ! कोहि खराब नियतले आएको छ भनि हामीलाई थाहा हुँदैन, त्यसैले सुझबुझका साथ पास्टर तथा अगुवाले आफू जोगिन ग्रहण गराउँदा र पानीको बप्तिस्मा दिंदा होसियारी अपनाउनु पर्ने चाहिँ हुन्छ । कानुन खराब छैन तर मानिसको खराब नियत छ । यहाँ कानुनबाट भन्दा पनि मानिसको खराब नियतबाट हामी जोगिनुपर्दछ ।

केहि दिनअघि तपाईंहरूले प्रधानमन्त्री शेर बहादुर देउवा लगायत नेपाली कांग्रेसका बरिष्ठ नेताहरूसँगको भेटमा आगामी चुनावमा नेपाली कांग्रेसलाई सहयोग गरेर जाने सहमति गर्नुभयो भन्ने यहाँ हल्ला छ त ?

सम्मानीय प्रधानमन्त्रीलाई भेट गर्न र ज्ञापन पत्र बुझाउन महासंघको ठूलो टोली प्रधानमन्त्री निवास वालुवाटार पुगेको हो र त्यहाँ नेपाली कांग्रेसका बरिष्ठ नेताहरू सहित भएको भेटमा हामीले आफ्ना ज्ञापन पत्र पेश गरेका हौं । हामीसँग राज्यले गरेको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयन र ख्रीष्टमस पर्वमा दिंईदै आएको सार्वजनिक विदा फेरी कायम गर्न माग गरेका हौं र सो पूरा गर्ने प्रतिज्ञा पनि गर्नुभएको हो । जे कुरा त्यहाँ भएको छ, त्यसलाई ठूला मिडियाले पनि प्रचार गरेको छ, देखाइएको छ । हामीले हाम्रा माग मात्र पेश गरेका हौं तर त्यहाँ कुनै सहमति भएको छैन भनि सबैलाई स्पष्ट पार्न चाहन्छौं । ख्रीष्टियन समुदायलाई मन नपराउने कतिपय मिडिया तथा केहि व्यक्तिले यस कुरालाई बंग्याएर महासंघको बदनाम गराउन लागेको हर्कत मात्र हो । यसका कुनै सत्यता छैन । महासंघ सम्पूर्ण नेपाली मण्डलीहरूको छाता संगठन हो । यसले कुनै राजनीतिक दलको पक्ष लिंदैन तर सबै ख्रीष्टियन समुदायको पक्ष लिएर हकहितको लागि क्रियाशिल रहने संगठन हो । हुनसक्छ महासंघभित्र विभिन्न राजनीतिक दलप्रति आस्था राख्ने ब्यक्ति हुन सक्छ तर महासंघले कुनै पनि राजनीतिक दलको पक्ष लिएर वकालत गर्दैन र गर्न सक्दैन । अतः म सबै ख्रीष्टियन दाजुभाई तथा दिदी बहिनीहरुरूलाई यस्ता हल्लाको पछि नलाग्नु हुन र आउन लागेको निर्वाचनमा आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रपूर्वक मतदान गर्न महासंघ हार्दिक अपिल गर्दछौं ।

पछिल्लो समयमा महासंघले पनि राजनीति गर्न थाल्यो भन्छन् नि, खास यथार्थता के हो ?

ियो महासंघ ख्रीष्टियन समुदायको हकहित, स्थायित्व, पहिचानका लागि क्रियाशिल रहेको भएकोले विभिन्न राजनीतिक दलको सामु जाने र आफ्ना कुरा राख्ने, छलफल र बहस गर्नुपर्ने हाम्रो बाध्यता हो र त्यसरी कुरा गर्दैमा हामीले कसरी राजनीति ग¥यो र ! यसलाई त्यसरी नबुझिदिनुहुन अनुरोध गर्दछु ।

अनि एपि मसिहा पार्टीसँग महासंघको नाम जोडिदै आउने गर्छ त, किन होला ?

यो सरासर गलत भ्रम हो । यसमा कुनै सत्यता छैन । एपि मसिहा पार्टीमा मानिसहरू पहिले महासंघमा थिए भन्ने आधारमा यो कुरा आएको होला । उहाँहरूले राजनीति गर्न पार्टी खोलिसकेपछि महासंघसँग उहाँहरूको कुनै सम्बन्ध छैन भनि स्पष्ट पार्न चाहन्छु । यस्ता नचाहिने कुराका पछि नलाग्नु हुन र यस्ता भ्रम नर्छनु हुन सबैलाई अनुरोध गर्दछु ।

अन्तमा के भन्न चाहनुहुन्छ ?
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल नेपाली मण्डली, ख्रीष्टियन समुदायकै हकहित र संरक्षण गर्नका लागि क्रियाशिल रहेको संस्था हो । समग्र समुदायको हितको लागि नै हामी क्रियाशिल छौं । त्यसैले तपाईंहरू सबैले महासंघले गरिरहेको कामको लागि प्रार्थना सहित साथ र सहयोग गरिदिनुहोला । महासंघप्रति अनावश्यक धारणा बनाउनु र हल्लाको पछि नलाग्नुहुन सबैमा अनुरोध गर्दछौं । धन्यवाद ।

१९१९ को नोबेल शान्ति पुरस्कार हात पारेका तिनी एक भक्त ख्रीष्टियान थिए

थोमस डब्लु. विलसनका पिता डा. जोसेफ आर. विलसन पास्टरसाथै सेमिनारका प्राध्यापक थिए । बुबा आमा नै छोरा थोमसप्रति निकै समर्पित थिए । तिनीहरूले छोरोलाई दैनिक बाइबल अध्ययनमा तालिम दिन्थे । संसारलाई ख्रीष्टियान परिप्रेक्ष्यबाट हेर्नुपर्छ भनी तिनीहरूले थोमसलाई सिकाउने गर्थे ।

किशोर अवस्थामा येशू ख्रीष्टलाई ग्रहण गरेका थोमसले मानव-जातिसित परमेश्वरले बाँध्नुभएको करारको विषयमा राम्ररी सिकेका थिए । मानिसहरूलाई परमेश्वरले आज्ञाहरू दिनुभयो जसद्वारा तिनीहरू जिउनुपर्छ र उहाँमाथि भर पर्नेहरूलाई उहाँले आफ्ना प्रतिज्ञाहरू पनि दिनुभयो ।

राजनीति शास्त्रमा विद्यावारिधि पुरा गरेका थोमसको मुख्य विश्वास यही थियो कि परमेश्वरले संसारमा शासन गर्नुहुन्छ र मानिसहरू उहाँको इच्छामा रहेर यस संसारमा उहाँका सेवकहरू बन्नुपर्छ ।

अन्ततः यी थोमसलाई सारा दुनियाँले वुडरो विलसनको नाउँले चिन्यो जो इतिहासमा आजकै दिन अर्थात् ५ नोभेम्बर १९१२ मा अमेरिकाको अट्ठाइसौँ राष्ट्रपतिमा चुनिए । तिनी ख्रिस्टाब्द १९१३-१९२१ सम्म राष्ट्रपति पदमा रहेका थिए । तिनका आदर्शहरूले ख्रीष्टियान शिक्षा र ख्रीष्टियान विश्वासमा जरा गाडेका थिए । दुई कार्यकाल राष्ट्रपति बनेका विलसन लेखकसाथै विद्वान् पनि थिए । १९१९ को नोबेल शान्ति पुरस्कार हात पारेका तिनी एक भक्त ख्रीष्टियान थिए ।

यी तिनै राष्ट्रपति हुन् जसले बाइबलको विषयमा यसो भनेका थिए, “जीवनको अर्थ, परमेश्वरको स्वभाव र मानिसहरूका आत्मिक स्वभावसाथै खाँचोको बारेमा बाइबल प्रकाशको एक मात्र सर्वोच्च स्रोत हो । यो जीवनको एक मात्र मार्गदर्शक हो जसले आत्मालाई शान्ति र उद्धारको मार्गमा वास्तवमै अगुवाइ गर्छ ।”

  • Kamal Adhikari