आखिर हाम्रो जीवनमा जे हुन्छ, सब परमेश्वरकै इच्छानुसार राम्रै हुन्छ । हामी जीवनमा थुप्रै आपत–विपतबाट गुज्रन्छौँ, ती हामीलाई विरक्तिमा डुबाउने दुर्दिन हुन्छन् तर परमेश्वर सदा भला हुनुहुन्छ । उहाँप्रति स्थिर मनका भइ भक्तिमा लागि पर्यौं भने हाम्रा हरेक खराब परिस्थितिलाई पनि अन्तमा असलमा नै बद्लनुहुन्छ । यही कुरा आज मेरो जीवनमा फेरि सत्य साबित भएको छ । म कति काँतर, मलाई परेको त्यो दुर्दशामाथि फेरि कहिल्यै प्रभुको दया नपर्ला भनी म विचलित हुन्थें किनकि मेरी छोरीले जानी–जानी प्रभुको आज्ञा उल्लंघन गरेकी थिई तर प्रभुलाई धन्यवाद होस, उहाँले मेरो त्यो दुर्दशालाई सुन्दरतामा परिणत गरिदिनुभो । मेरी छोरीले जानेरै बाटो बिराएकी थिई तर प्रभुले नजानेर बाटो बिराएकी झैं क्षमा गरिदिनुभो । आखिर आÇना छोराछोरी बरालिएर गएपनि उहाँ सधैं प्रेम गर्नुहुन्छ र एकदिन पक्कै फर्काई ल्याउनुहुन्छ भन्ने प्रमाण हो यो । आखिर हाम्रो जीवनमा जे हुन्छ, सब परमेश्वरकै इच्छानुसार राम्रै हुन्छ । हामी जीवनमा थुप्रै आपत–विपतबाट गुज्रन्छौँ, ती हामीलाई विरक्तिमा डुबाउने दुर्दिन हुन्छन् तर परमेश्वर सदा भला हुनुहुन्छ । उहाँप्रति स्थिर मनका भइ भक्तिमा लागि पर्यौं भने हाम्रा हरेक खराब परिस्थितिलाई पनि अन्तमा असलमा नै बद्लनुहुन्छ । यही कुरा आज मेरो जीवनमा फेरि सत्य साबित भएको छ । म कति काँतर, मलाई परेको त्यो दुर्दशामाथि फेरि कहिल्यै प्रभुको दया नपर्ला भनी म विचलित हुन्थें किनकि मेरी छोरीले जानी–जानी प्रभुको आज्ञा उल्लंघन गरेकी थिई तर प्रभुलाई धन्यवाद होस, उहाँले मेरो त्यो दुर्दशालाई सुन्दरतामा परिणत गरिदिनुभो । मेरी छोरीले जानेरै बाटो बिराएकी थिई तर प्रभुले नजानेर बाटो बिराएकी झैं क्षमा गरिदिनुभो । आखिर आÇना छोराछोरी बरालिएर गएपनि उहाँ सधैं प्रेम गर्नुहुन्छ र एकदिन पक्कै फर्काई ल्याउनुहुन्छ भन्ने प्रमाण हो यो । म एक विधवा नारी, मैले छोरीलाई दुःख गरी हुर्काए । उसलाई मैले सानैदेखि प्रभुप्रति इमान्दार हुन सम्झाइरहन्थें अनि ऊ मेरा हरेक अर्तिलाई आज्ञाकारी बालिका झैं शिरोपर गर्थी । उसले कहिल्यै पनि मेरो भावनामा चोट पुग्ने काम गरिन र गर्ने पनि छैन भन्ने कुरामा म विश्वस्त थिएँ, तर जवानीको हुरीमा ऊ बलियी रूखझैं अडिन नसकी एक्कासी बत्तिई जसले मेरो शिर सबैका सामु झुक्यो । मैले सपनामा पनि नसोचेको गल्ती मेरै छोरीले गर्दा मलाई मेरो पुरै संसार गर्लयाम्–गुर्लुम् ढले झैं भयो । मलाई आÇनै छोरीप्रति चरम घृणा उत्पन्न भयो किनकि मैले त्यतिन्जेल दिएको शिक्षालाई उसले आज्ञाकारी झैं सुनेपनि व्यवहारमा आज्ञाकारी भइन ।‘‘‘अविश्वासीसित एउटै जुवामा ननारिओ…’’ जवानीमा पाइला टेक्न थालेदेखि म उसलाई यी वचन बरोबर याद दिलाइरहन्थें, ताकि उसले जीवनको कुनैपनि मोडमा अविश्वासीलाई जीवनसाथी बनाउने चेष्टा नगरोस् । यसो गर्नु सिधै परमेश्वरको आज्ञा उल्लंघन हो भन्ने कुरा पनि मेरो अर्ति–उपदेशमा सधैं समावेश हुन्थ्यो र ऊ ज्ञानी भएर मेरो कुरा मान्थी, ऊ भन्थी—‘मम्मी ! ‘‘तपाई चिन्ता नगर्नोस्, मैले कहिल्यै परमेश्वरको आज्ञा तोड्ने छैन ।’’ तसर्थ म मेरी छोरीप्रति ढुक्क थिएँ ।समय बित्दै गयो, उसलाई माग्न चर्चबाटै थुप्रै मान्छे आउन थाले, उसले धेरैलाई अस्विकार गरी, त्यसमा मैले कर गर्नु त भएन, म उसकै इच्छालाई महत्व दिन्थें । प्रार्थना गर्दा जहिल्यै ‘प्रभु मेरी छोरीलाई एक असल जीवनसाथी जुटाइदिनुस् भनिरहन्थें । उसलाई माग्न आएदेखि उसको मुहार केही मलिन देख्न थालें । मैले उसलाई सोधें– ‘के भयो तँलाई ? किन उदास देखिन्छेस् ? अनि उसले मेरो काखमा आÇनो शिर राखी भनी–‘मम्मी ‘‘यदि म बिहे गरी गएँ भने हजुर एक्लै हुनुहोला है ?’’ उसको बालापन देखेर मलाई हाँसो उठ्यो ।    ‘धत् ! लाटी, आÇनो लोग्नेको घर त जानुपर्यो नि, म सधैं तेरो छेउमा हुने होइन केरे, मैले मायालु पारामा उसको कपाल मुसार्दै भनें, अनि फेरि भनें—तँलाई केको चिन्ता परेछ अचेल हँ ? किन तेरो मुख उदास देखिन्छ ? तँलाई मैले बिहे गर्न कर गरेछैन केरे, यो त तेरै इच्छा हो ।मैले उसको मनसाय बुझ्न धेरै प्रयास गरें तर उसले भनिन । मसित जे कुरा पनि नलुकाई भन्ने छोरीले त्यसबेला चाहिँ लुकाई कि ऊ एक अविश्वासी युवकलाई प्रेम गर्छे जसको मैले पटक्क चाल पाउन सकिनँ ।अँ ! फेरि अर्को एकजना विश्वासी युवकले माग्न आएको थियो । मलाई त केटो राम्रै लाग्यो तर उसले साविक झैं सरासर इन्कार गरी, मेरो मनमा अलिकति चिसो त पसेकै हो तर उसलाई मैले घरिघरि सोध्नु उचित मानिनँ ।त्यसको भोलिपल्टको दिनदेखि अनायास ऊ हराई । कलेज गएकी छोरी साँझ हुन्जेलसम्म घर नआउँदा मेरो मन आत्तियो, मनमनमा परमेश्वरलाई पुकार्दै उसको साथीहरूलाई सोधपुछ गरें, धेरैले ‘थाहा छैन, भन्दा कुनै भवितव्यको आशंकाले म झन् आत्तिएँ । ‘मेरी छोरी जहाँ होस् सुरक्षित होस् प्रभु भन्दै गएँ । अन्तमा उसकै कलेजकी साथी वृन्दा मेरो डेरामा आई अनि मैले उसलाई छोरीको बारेमा झट्टै सोधिहालें । उसले भनी, आंटी नआत्तिनुस, पवित्रालाई केही पनि भएको छैन बरू यो पढ्नुहोला । म गएँ, भन्दै उसले मेरो हातमा एउटा कागजको पाना थम्याएर गइहाली । म अवाक भएँ, काँपिरहेको हातले पट्टाइएको पाना खोलेर त्यसमा कोरिएका शब्द पढ्न लागें, हस्तलेखन छोरीकै हो भनेर मैले चिनें ।‘मम्मी ! मलाई माफ गर्नुहोला, जीवनसाथीको मामिलामा म हारें । म परमेश्वरको यो आज्ञामा दृढ हुन कोसिस गर्दागर्दै पनि सकिनँ, अन्ततः म आज अविश्वासी भएपनि मेरै दिलमा बसेको मान्छेसित एउटै जुवामा नारिन पुगेकी छु । मलाई आÇनै अज्ञानी छोरी सम्झी माफ गर्नुहोला । मैले रोजेको पुरूष अविश्वासी भएपनि उसलाई मैले मनग्ग्ये सुसमाचार सुनाएकी छु, त्यसैले ऊ परमेश्वरलाई श्रद्धा गर्छ । उसले ग्रहण गरेरै परिवारको स्वीकृतिमा मलाई लैजान चाहेको थियो तर उसको परिवारले उसको कुरा पटक्क मानेन । अन्तमा उसलाई अर्कै केटीसित विवाह गर्नैपर्ने दबाव आयो । आÇनो परिवारको खातिर उसले हाम्रो प्रेमलाई मेटिदिने दुष्प्रयास गर्न सकेन, त्यसैले मलाई भगाउने नै अन्तिम निर्णय उसले लियो । त्यसैले मैले पनि तपाईंको खातिर वा परमेश्वरको खातिर आÇनो प्रेमलाई लात मार्न सकिन । मम्मी, एकपल्ट १ कोरिन्थी ७ः१३ र १ पत्रुस ३ः१–२ हेर्नुस् न, के थाहा मैले विवाह गरेपछि उसको पनि आत्मा बाँच्ला कि ? ऊ र उसको परिवारले पनि चाँडै प्रभुलाई चिन्न सकोस् भनी प्रार्थना गरिदिनुहोला । मैले यो पर्खाल नाघेपनि प्रभुप्रतिको मेरो विश्वासलाई तोडेकी छैन र तोड्ने पनि छैन । हाम्रो बाध्यतालाई बुझ्नुहोला, थाहा छैन, म यो पाप किन गर्दैछु तर प्रभु जान्नुहुन्छ, सबैकुरा उहाँकै हातमा सुम्पेकी छु, प्रभुले तपाईलाई सम्हालिने शक्ति दिउन्, आमेन…. ।

पत्र पढ्दा पढ्दै मेरो धरातल हल्लिरहेको थियो, झन् पढेर सिध्याएपछि त मलाई आफू बर्बाद भएको अनुभव भयो, ‘रातभरी रूँग्यो, बुढी ज्युँदै, भनेजस्तो मैले त्यतिन्जेल दिएको शिक्षा बालुवामा पानीझैं भएपछि मलाई रीस उठ्यो, कारण जेसुकै भएपनि प्रभुको आज्ञा तोडेकोले म छोरीप्रति रूष्ट भएँ, यस मानेमा मलाई झन् रीस उठ्यो किनकि उसले मलाई आमा भएर पनि आमाजस्ती सोंचिन, पहिल्यै मैले सोध्दा मलाई यो गुप्त कुरा भनेकी भए म अरू विश्वासीजनसँग सल्लाह गरेर पवित्र विवाहकै चाँजो मिलाउने थिएँ तर उसले मेरो मातृत्वमाथि नै ठेस पुराई, म त नहुनुपर्ने भएपनि त्यतिबेला रीसले एकदम रन्थनिएँ, त्यो पत्र त्यहीं च्यातचुत पारी प्रार्थनामा जोडजोडले कराउन थालें‘ । लौन यो के देखायौ नि प्रभु, मैले छोरीको लागि असल जीवनसाथी जुटाइदिनुस् भनेथें तर यो के भयो नि….। म प्रार्थनामा प्रभुसित पनि आक्रोश पोखें, मैले त मेरी छोरीले एक असल विश्वासी नै जीवनसाथी पाओस् भनेर कामना गरेथें तर यो कुरा एकदम सत्य हो कि मैले प्रार्थनामा ‘असल जीवनसाथी मात्र भनेकी थिएँ । ‘असल विश्वासी जीवनसाथी भनेकी थिइन, तर मेरो मनले विश्वासी नै चाहेको थियो र हृदयका कुरा जान्नुहुने परमेश्वरले यो कुरा पनि जान्नुहुन्छ भन्ने कुरामा म ढुक्क थिएँ । तर यदाकदा प्रार्थनामा बोलिएको सानो शब्दले पनि धेरै फरक पार्दो रहेछ भन्ने कुरा मैले बुझें किनकि मेरी छोरीको जीवनसाथी अविश्वासी भएपनि असल नै निस्क्यो । मैले ‘विश्वासी शब्द प्रयोग नगर्नुमा परमेश्वरको ठूलो योजना रहेछ जुन म सिल्लीलाई के थाहा ।
अँ ! अचानक छोरी अविश्वासीसित पोइल जाँदा मलाई त प्रभुले पनि छक्काएजस्तो लाग्यो, मैले त रूँदै ‘किन मलाई यसरी छक्काउनुभयो प्रभु ? भनी प्रश्न गरें, पत्र पढेपछि म यति विचलित भइथें कि मैले त्यस साँझ प्रार्थना गर्दागर्दा पूरा रात छर्लंग बितेको पनि पत्तै पाइनँ, भोलिपल्ट बिहान भंगेराका चिरबिर सुन्दा पो म झल्याँस्स ब्यूँझें, रातभरी घुँडा टेकेर घोप्टो परेको हुनाले मेरो खुट्टा झम्झमायो, आँसु पनि भुइँमा खसेर ओस्सिएको थियो अनि छाम्दा आँखा र गालामा आँसुका पाप्रा बसेका थिए ‘जेजस्तो भएपनि प्रभु तपाईंकै इच्छा, प्रभु धन्यवाद भन्दै आÇनो काम–धन्दा गर्न उठें ।

आश्चर्य…. त्यस बिहानचाहिँ मेरो रीस मत्थर भएको थियो । बरू छोरीले दुःख पाउली कि भनेर मलाई पीर पर्यो तर खराबलाई असलमा परिणत गर्ने मेरा परमेश्वरले यो घटनालाई पनि उहाँकै महिमामा परिणत गरून् भन्ने कामना गरें किनकि त्यस रात रोई–रोई प्रार्थना गर्दा मैले एउटा अलौकिक दर्शन पाएँ जुन दर्शनमा म हुरूरू उडेर स्वर्गमा पुगेको थिएँ, जहाँ जता हेरेपनि निख्खर सेतो दूधै दुध मात्र देखेकी थिएँ  ।

अँ, दुई महिनासम्म उसले मलाई फोन पनि नगर्दा मेरो मन आत्तियो, कहाँ छे ? को केटा हो ? कस्तो छ ? मलाई केही थाहा थिएन, पहिलाको मोबाइल नम्बर पनि फेरेकी रहिछ । वृन्दालाई के हो कसो हो भनिसोध्दा केटा गुल्मीको बाहुन हो रे, मान्छे राम्रै छ रे, तँलाई फोन गरी भने मैले ‘मलाई नि फोन गर्न भन, म रिसा छैन भन भने । एकपल्ट वृन्दालाई उसले फोन गरिछ । मेरो बारेमा धेरै सोध्थी रे, मेरो रीस मरेपछि बल्ल फोन गर्छु भन्थी रे । त्यतिन्जेल मैले वृन्दालाई मेरो कुरा भनेकी थिइनँ, उसका कुरा सुनी मेरो मातृत्व हिउँझैं पग्लियो, आखिर आÇनै दसधारा दुध खुवाएर हुर्केकी छोरी त हो, आÇनो सन्तानले जतिसुकै गल्ती गरेपनि आमालाई माया नलाग्ने त कुरै छैन  । दुई महिना बितेपछि उसले मलाई फोन गरी, मैले एकै सासमा हालखबर सोधें, उसले ‘म खुशी छु, चिन्ता नलिनुस् मम्मी भनीथी, मैले सान्तवनाको लामो सास फेरें अनि ‘ज्वाईंसाहेबसित चाँडो मकहाँ आएस् भनें, उसले मेरो आग्रहमा सहमति जनाई । एकछिन ज्वाईंसाहेबसित पनि कुरा भयो । ज्वाईंको बोली मीठै लाग्यो । दुवैले हालखबर ठीकठाक भने तर मलाई कताकता केही नमिलेको झैं लागिरह्यो । जे होस्, छोरीले आÇनो अविश्वासी परिवारलाई पनि प्रभुमा ल्याउन सकोस् भनी प्रार्थना गरें ।

यस्तै गरी, सात महिना बिते । ऊ मलाई बेलाबेलामा फोन गरिरहन्थी र मलाई गृहस्थी जीवन राम्रै चलिरहेको भन्थी तर अचानक एक बेलुकी मलाई पूर्वसूचना पनि नदिई मेरो दैलोमा ऊ टुप्लुक्क आइपुगी, मैले ‘आइँ छोरी तँ एक्कासी यहाँ ? कसरी ? भनेर सोधें, मेरो आश्चर्य मिश्रित प्रश्न सुन्नासाथ ऊ मलाई ग्वाम्लाङग अँगालो हाल्दै ‘मम्मी..मम्मीको पीडायुक्त क्रन्दनसित रून थाली ।पछि सबै कुरा उसले मलाई नलुकाई भनी । उसलाई घरमा सासु–ससुराबाट ख्रीष्टियान भनेर राम्रो व्यवहार थिएन । आखिर मेरो मन पहिल्यैदेखि चस्केको त्यसै होइन रहेछ । उसले त्यहाँ सुसमाचार त सुनाई रे तर जंगलको रूवाइ भएछ । उसको लोग्नेले त राम्रै सोंचाई राख्थ्यो रे तर एकदिन ज्वाईंले सबैका सामु ख्रीष्टलाई ग्रहण गरौं भन्दा ठूलो रडाको मच्चिएछ । सम्धिनीले मेरी छोरीलाई ‘तँ मेरो छोरोलाई मुहुनी लाउने बोक्सी, आजै कि मेरो छोरोलाई छोड्, कि तेरो परमेश्वरलाई छोड् भनेर अत्तो थापिछन् । सधैंको किचकिच मेरी छोरीले सहँदै आएकी थिई तर त्यो रडाको उसलाई साह«ै असह्य भो किनकि पति र परमेश्वरमा एकलाई चुन्नुपर्ने धर्मसंकटमा उसलाई पारिएको थियो । म मेरी छोरीमा गर्व गर्छु । आजसम्म मैले दिएको शिक्षालाई उसले लात मारेकी रहिनछे, उसले सजिलै भनी ‘मम्मी ! म तपाईंको छोरोलाई छोड्न सक्छु । बरू म मेरा परमेश्वरलाई छोड्दिन । आजसम्म मैले तपाईंहरूको आत्मा जोगाउन प्रयास गरें तर म हारे । तपाईंको छोरो तपाईं नै राख्नुस्, म परमेश्वरकी छोरी हुँ, उहाँकै रहनेछु । मैले खोजें भने त तपाईंको छोरोजस्तो हजारौं पाउन सक्छु तर परमेश्वरलाई पाउन सक्दिन । यसकारण आज म तपाईंको छोरोलाई छोड्न तयार छु ।

यही कारण ऊ मेरो दैलोमा पुनः टुप्लुकिएकी रहिछ । मैले गहभरि आँसु झार्दै उसलाई सान्तवना दिए । ‘यो सब तेरै गलत कदमको परिणाम हो छोरी, तर तैंले जे गरिस्, ठीक गरिस् । आÇनो पतिभन्दा परमेश्वरलाई उच्च स्थान दिएर तँ फर्केकी छस् । अब उहाँले नै यी सब खराबीलाई असलमा परिणत गर्नेछन् ।
त्यसपछि मेरी फूलजस्तै हाँस्ने छोरीले हाँस्नै बिर्सेकी थिई तापनि ऊ प्रभुमा धेरै खारिंदै थिई, म उसलाई कसरी हुन्छ ज्वाईंसित पुर्नमिलनको ढोका खोलिदिन प्रभुसँग प्रार्थना गर्न थालेकी थिएँ, छुट्टिएको दुई वर्षपछि ज्वाईं विदेशिएको खबर आयो अनि त्यसको एक वर्षपछि ज्वाईंले मलाई फोन गर्यो । मम्मी ! म पनि विश्वासी भइसके, मैले यही कतारमै प्रभुलाई चिने । अब पवित्रालाई मदेखि मेरो परिवारले कसैले पनि अलग गर्न सक्दैन । मम्मी ! म पवित्रालाई अति प्रेम गर्छु…..मैले फोन गर्दा मसित बोल्न भनिदिनुस् प्लीज । आहा ! क्या खुशीको खबर मेरो ज्वाईं विश्वासी भएछ, परमेश्वरलाई धन्यवाद दिंदै छोरीलाई मैले सब कुरा बताए । ऊ रोई, म पनि रोएँ । त्यसपछि फेरि फोन आउँदा ऊ ज्वाईंसित बोली, ऊ हर्षाश्रु झार्दै बोलेको दृश्य देखें, त्यो दृश्य धेरैबेर हेर्न सकिन । त्यसैले भान्सामा लुके, अनि पूरा चार वर्षको विदेश बसाईंपछि ज्वाईं नेपाल आयो र दुई प्रेम–जोडीको पुर्नमिलन भयो । छोरीज्वार्इं यतै मसँगै बसेर सानोतिनो व्यापार–व्यवसाय गर्न थाले । त्यसको एक वर्षपछि ज्वाईंले अर्को खुशीको खबर सुनायो, उसका आमाबा पनि विश्वासी भएछन् । प्रभुलाई धन्यवाद ।

त्यसको एक वर्षपछि हामी सम्धिनी–सम्धिनीको भेट भयो । भेटपछि कुराकानीको क्रममा सम्धिनीले मलाई यसो भनि‘….मैले तपाईंकी छोरीलाई ‘‘कि त मेरो छोरा छोड् । कि त तेरो परमेश्वर”भन्दा, म तपाईको छोरोलाई छोड्छु बरू तर परमेश्वरलाई छोड्दिन’’”भन्दा म तीन छक्कै परें । प्रेम गरेर भागेर आएपछि पनि आÇनो बुडालाई भन्दा देउतालाई पो रोज्दा मैले चित खाएँ, आइ कस्तो देउता रैछ यस्तो बुडालाई भन्दा बढी माया लाग्ने, भनेर म आफैंलाई सोध्न थाले । हा,े त्यसै दिनदेखि हो, सम्धिनी ! मैले परमेश्वरलाई खोज्न थालेको, बुहारी गएपछि मनमा केही बिराएको जस्तो हुन्थ्यो तर म घमण्डी थिएँ । छोरोलाई अर्को बिहे गरौं भनेर कर गरें तर ऊ रिसाएर विदेशियो । विदेशबाट आएपछि हाम्लाई नभेटेर बुहारीसँगै बस्छ रे भन्ने सुनेपछि साहै« मन दुख्यो । दस धारा दूध खुवाएर हुर्काको एउटै छोरोले त्यसरी माया मार्दा जिउँदै मर्याझैं भयो, एकपल्ट त्यो भुन्टेले हाम्लाई फोनमा भन्यो—‘आमा, म तपाईंहरूलाई धेरै माया गर्छु तर पवित्रालाई हेपेको म सहन सक्दिन, जोइटिंग्रे भएर विदेशी देउता मान्यो भनेर नरिसाउनुस्, बरू मेरो माया लाग्छ भने एकपल्ट परमेश्वरलाई चिनेर त हेर्नु, को विदेशी ? को स्वदेशी ? बल्ल थाहा हुन्छ”…ए सम्धिनी अनि त मलाई साँच्चै गाउँको मण्डली जान मन लाग्यो । मरिलानु के छ र ? छोरोको माया पाउँछ भने हाम्लाई पुर्खाको धर्म के काम ? भनेर बुडाबुडी सल्ला गर्यौं अनि मण्डली जान थाल्यौं…अनि बल्ल बुझें सम्धिनी कि परमेश्वर पो हाम्रो देउता रैछ, त्यो ढुंगा त बिचमा हाम्रो बाजे–बराजुले बाटो बिराएर त्यसै देउता भाको रैछ । धन्न ! चेत आयो सम्धिनी ।

मेरी छोरीले चालेको त्यस खराब कदमबाट अन्त्यमा उहाँले असल थोक नै निकाल्नुभयो, सम्धिनीको कुरा सुनेपछि म प्रभुप्रति अझै धन्यवादी भएँ, झल्याँस्स त्यतिखेरै मैले दर्शनमा देखेको दूधै दूध सम्झें जसको अर्थ मैले पहिले खुट्याउन सकेकी थिईनँ, तर त्यत्तिखेरै बुझें कि त्यो परमेश्वरबाट असलको संकेत रहेछ ।तथापि फेरि कसैकी विश्वासी छोरीले अविश्वासीसित एउटै जुवामा नारिने दुस्प्रयास चाहिँ नगरोस् किनकि त्यसको दण्ड त पक्कै मिल्छ जुन दण्डले त्यस छोरीको विश्वास डगमगाउन पनि सक्छ किनकि मेरी छोरीले पनि दण्ड त पाई तर उसले विश्वासलाई पक्रिराख्न सकेकीले पो । त्यसैले अविश्वासीसित हम्मेसी आँखै नजुधाउनू, जुधिहाले सोंच–सम्झेर जुधाउनू किनकि होशियार ! यो जुवा हलुको छैन……।(समाप्त)

  • Aruna Chhantyal Aaroo