जनजागरण पार्टीका महासचिव बि.पि. खनालसँग समसामयिक बिषयमाथि गरिएकाे कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

फौजदारी विध्येयकका बारेमा ख्रीष्टियन समुदायबाट दुई वटा धारणा आए, तपाईंको धारणा चाहिँ के छ ?
यसलाई स्वागत गर्न पर्छ भन्ने मलाई लाग्दैन किनभने जब कुनै पनि प्रकारले कुनै उपायद्वारा सुसमाचार प्रचार गर्न पाइन्न भन्ने जुन विचार यो कानुनमा आयो खासगरी १५६ दफामा, त्यो दफाले हामीलाई केहि पनि नगरेर बस भन्ने खालको एउटा बन्देज लगाउँदै गर्दा यसैलाई स्वागत गर्नुपर्छ भन्न पटक्कै लाग्दैन । अर्को कुरा चाहिँ हामी प्रोग्रसिव हुनपथ्र्यो, प्रगतितिर जानुपथ्र्यो, राजनीति परिवर्तन भनेको परिवर्तनका लागि हो, पछि फर्कनका लागि होइन । तर संविधान बन्दै गर्दा र कानुन बनेर आउँदासम्म हामी कष्ठभूमिको दिशातिर गईराखेका छौं, त्यस अर्थमा पनि यसलाई स्वागतयोग्य मान्न सकिन्न ।

हामी भन्नाले ? अलिक स्पष्ट पारिदिनुहोस् न ।
व्यक्तिगत रुपमा भन्दा चाहिँ त्यही नै भन्छु तर संस्थागत रुपमा कुरा गर्दाचाहिँ हामीले पार्टीमा यसलाई स्वागत नगर्ने कुरा गरेको हो । यो ड्राफ्ट हुँदै गर्दादेखि नै एक प्रकारको लबिङ हामीले ग¥यौं । जब पब्लिक कमेन्ट्सको लागि दुई वर्ष अगाडि सार्वजनिक रुपमा प्रतिक्रिया मागिएको थियो । त्यतिबेला पनि हामीले सक्दो प्रयत्न ग¥यौं र यो दफा विशेष गरी यो भाग नौ को तत्कालिन दफा १५४ देखि १५८ सम्मको दफा अहिले परिवर्तन भएर दफा १५५ देखि १५९ भएको छ । त्यो दफा गलत छ, गलत मनसायबाट आएको छ भनेर त्यतिखेरको विधान समितिमा हामीबाट झण्डै ४२,००० कमेन्टहरु दर्ता भएको छ । तर कुनै पनि कुरालाई वास्ता नगरीकन जुन ढंङ्गले आयो, यो चाहिँ पूर्व योजना, सुनियोजित ढंङ्गले ख्रीष्टियनहरुलाई प्रहार गर्ने गरी आयो र यसले अन्तत कुनै पनि अल्पसंख्यक धार्मिक समुदायको हित गर्दैन । त्यो ठहर गरेर पार्टीले नै हामीले यसको विरोध गरेका हौं भने अब व्यक्तिगत रुपमा आफू पार्टीमा भएको कारणले गर्दा पनि र व्यक्तिगत रुपमा यो विचारको विपक्षमा उभिएको कारणले यसलाई व्यक्तिगतरुपमा स्वागत गर्ने कुनै कारण म देख्दिन ।

यस फौजदारी विध्येयक त जबर्जस्ती धर्म परिवर्तन गराउन खोज्नेका लागि मात्र बाधक छ भन्ने तर्क महासंघको छ नि त, त्यसमा तपाईंको विचार के छ ?
कसरी त्यो तर्क आयो भनि बुझ्नपर्छ, धाराले आफै प्रष्टसँग बोलेको कुरालाई पढ्नुप¥यो, उहाँहरुले पढ्यौं त भन्नु भएको छ । विद्वानहरुसँग बसेर छलफल पनि ग¥यौं भन्नु भएको छ, ती विद्वानहरु को थिए, जबकि त्यो लेखिएको कुरालाई अर्को अर्थमा व्याख्या गरिदिने किनभने त्यसको स्पिरिटलाई हेर्नुपर्छ । स्पिरिटचाहिँ कुनै पनि हालतमा सनातन बाहेकको धर्म प्रचार गर्न समेत नदिने हो । धर्म परिवर्तन गराउने कुरो दोश्रो हो । यहाँ चाहिँ के भनिन्छ भने धर्म परिवर्तन गर्ने उद्देश्यले, त्यो मनसायले गरिने कुनै पनि कामलाई गैर कानुनी मान्दछ । भोलि ख्रीष्टियनहरुले गर्ने कुनै पनि प्रकारको कामलाई धर्म परिवर्तन गराउनको लागि गरिएको हो भनेर रिपोर्ट गरियो भने के हुन्छ ? काम गर्नुभन्दा अगाडी बन्देज लाग्छ । कारवाही भोग्नुपरेको स्थिती अहिले नै छ भने भोली के होला ? यसको भावना नै गलत छ, यो विभेदकारी छ । यो सनातन बाहेक भन्ने वित्तिकै त्यसमा आपत्ति हो । एउटा अंग्रजी पत्रिकालाई दिइएको अन्तरवार्तामा चाहिँ खुलेर विरोध गर्नु भएको छ र नेपाली भाषामा त्यसलाई समर्थन गर्नुको अर्थ चाहिँ के हो ? यो बुझ्न गारो भाछ, किनभने अन्तराष्ट्रिय समुदायलाई चाहिँ हो हामी यसको खिलाफमा छौं भन्ने तर नेपालीमा चाहिँ स्वागत के उद्देश्यले गरिएको हो ? त्यसकारण यो स्वागतलाई एकदमै अनौठो ढङगले हेरिराखेको छु । त्यो भाषा, भावना, शब्द, वाक्य, कुनै पनि स्वागत योग्यका छैनन् । जबर्जस्ती भन्ने शब्दमात्र त्यहाँ पढिएको थियो कुरा ठीकै हो । हामी जबर्जस्तीको पक्षमा छैनौं,े सही हो । ममाथि जबर्जस्ती गर्नु भन्दा पनि अगाडि तपाईंलाई केहि गर्न नदिने खालको जुन सुनियोजित योजना छ, यो भावनाले बोकेको, त्यसलाई कसरी स्वागत गर्ने ? यहाँ त कुनै शब्द, वाक्यद्वारा धर्म प्रचार गर्नुहुन्न अनि ती वाक्यहरु, चिन्हहरु प्रयोग गरेर सनातन देखि मानि आएको त्यो धर्मको भावनामाथि चोट पुर्याउनु हुन्न । के भन्न खोजेको ? त्यसकारण यो सोझै पाकिस्तान र अरब राष्ट्रहरुमा भएको लाष्टिङ्ग ल को कपी हो र भारतमा धर्म सम्बन्धि यो जुन डिस्क्रिमिनेसन व्याख्या छ, उनीहरुको कानूनको फौजदारी ऐनको कपी हो । यसलाई स्वागत गरिरहदा भोलि हाम्रा थुप्रै मान्छे जेल पर्छन अनि त्यति बेला चाहिँ के भन्ने नि ? यहाँ क्याम्पेन गर्ने मान्छेहरु त थुप्रै आएको देखियो । दुइटा घटना चरिकोट र सल्यानको घटनाले हामीलाई देखाइसक्यो ।

महासंघले गरेको पत्रकार सम्मेलनमा २०५८ सालको राष्ट्रिय जन गणनामा उल्लेख भएका सबै धर्म नै सनातन धर्म हुन भन्ने कुरा आयो नि ? 
यो चाहिँ अब बठ्याईं हुनसक्छ हाम्रो शब्दमा खेलवाड हुन सक्छ तर सनातन भन्ने वित्तिकै पराकालपूर्वदेखि चलि आएको हो । अव त्यसमा हामी पनि पराकालपूर्व देखि नै चलि आएका हौँ भन्न सकिन्छ । नेपाल राज्यको एकीकरण हुनुभन्दा अगाडि ख्रीष्टियनहरुको उपस्थिति यहाँ थियो । पृथ्वी नारायण शाहले लखेटेकै हुन् । त्यो इतिहासलाई जोडेर हामी पनि सनातनदेखिका हांै भन्ने तर्क ठिकै होला तर अहिले आम मान्छेले सनातनलाई के बुझ्छ पहिलो कुरा अनि दोश्रो कुरा चाहिँ सर्वोच्च अदालतले चाहिँ यसको पहिलो डेफिनेसन दिनु पर्ला । आधिकारीक निकाय को हो ? अदालतले सनातन भनेको यही धर्महरु हुन् भनेर नभनुञ्जेलसम्म हामीले हाम्रो बठ्याईंमा गरेको शब्दको परिभाषाको अर्थ हुन्न ।

यस किसिमको फरक बुझाईले ख्रीष्टियन समुदायलाई कतिको असर पार्छ ?
तत्काल असर पार्छ । विभाजन नै ल्याउँछ तर कालान्तरमा यो दिगो रहन्न । यो कारणले आएको विभाजन चाहिँ दिगो रहन्न किनभने यथार्थ यथार्थ नै हो । सत्य कुरा मान्छेले बुझ्छ । कसले कति बुझेर यो काम गरेको छ भनेर पछि लेखाजोखा हुन्छ, त्यसकारण अहिले दुई धारमा उभिएको देखिएतापनि भोलि उहाँहरुले पनि उभिन कर लाग्छ र दुई धार पनि क्रिएटेट दुई धार हो भन्छु म किनभने कतिचोटी एउटा पक्षले एउटा काम गर्यो त्यसको खिलाफमा अर्को ठयाक्कै उल्टो अर्थ लाग्ने खालको काम गर्नुपर्ने जुन पुवागह्र बन्दै आएको छ हामीमाझ, यो घातक छ । त्यसले हामीलाई घाटा नै दिन्छ तर अहिले यो कारणले गर्दा हाम्रो समुदायभित्र ल्याइराखेको विभाजन लामो समय रहँदैन । एउटा गलत हो, एउटा ठीक हो भन्न त आउँछ अनि त्यो गलत भनिएको दिन कहाँ लाज पचाउने हो, अहिलेदेखि योजना बनाए हुन्छ गलत काम गर्नेहरुले ।

अहिले नेपालमा चुनाव भईरहेको छ तर जनजागरण पार्टीले चाहिँ के गरिरहेको छ, बताइदिनुहोस् न ?
अहिले हामी गठबन्धनमा प्रवेश ग¥यौं । औपचारिक रुपमा त्यो सर्तमा पार्टीलाई वैधानिक रुपमा राष्ट्रिय दलकै नेतामै कायम राख्नेसम्मको सोच हाम्रो भयो अनि त्यही सोचलाई जायज मानेर माओवादी एकता केन्द्रसँग गठबन्धन गरिएको हो । तर गठबन्धनले अलिकति अर्कै रुप लियो भन्नुपर्छ । जब माओवादी एकता केन्द्र र एमाले एकता केन्द्रको गठबन्धन अगाडी बढयो, त्यसले स्वभाविक रुपमा हामी सानो दल भनि हामीलाई ओझेल पार्ने काम गरेकै हो । सायद त्यसैको असर हुनसक्छ, अहिले हामीमाथि एक ढङ्गले धोका भाछ, अन्याय भाछ किनभने गठबन्धन भनेको पार्टनरसीप थियो, साझेदारी थियो, यसमा तिमीलाई पनि फाइदा हुन्छ, हामीलाई पनि फाइदा हुन्छ भनेर गरिने हो यो । धर्म कर्म जस्तै हो हाम्रो भाषामा भन्दा खेर तर त्यस्तो होइन अब ठीकै छ तिमी मेरो खेत काम गर, ज्याला पनि दिन्न, खेताले गर्दा चिया पानी खाऊ जस्तो ढङ्गको गठबन्धन बनाउन खोजे पछि हामीले गम्भीर भएर सम्भवत पाँच वर्षका लागि अब के गर्ने भनेर सोच्ने बेला आएको छ । अब निश्चित रुपमा जनजागरण पार्टीले आफ्नै नाम, आफ्नै व्यानरमा उचालेर भोट माग्न अब नपाएको अवस्था हो । यो गठबन्धनले हामीलाई त्यहाँ पु¥याइदियो । तर त्यसको अर्थ अब हामीले अरुको खेतालै भइरहनुपर्छ भन्ने छैन । हाम्रा कतिपय कुराहरु सुनिश्चित भएनन् भने हामी गठबन्धनबाट पछि फर्किन पनि सक्छौं र पाँच वर्षका लागि नयाँ ढङ्गले पार्टी भित्रै र बाहिर पनि संगठन केहि परिमाजर्न गर्नुपर्ने अवस्था आउन सक्छ ।

२०७० सालमा जनजागरण पार्टीलाई भोट हाल्ने मतदाताहरुले यसपाली के गरोस् भन्ने चाहनुहुन्छ ? 
अब सोझो रुपमा लियो भने हाम्रो जुन क्षेत्रमा प्रतिनिधित्व हुने देखिएको छ, त्यो क्षेत्रमा भोट हाल्न सम्भव हुनसक्छ । भन्नाले प्रतिनिधि सभामा एउटा सिटको लागि सुरक्षित छ, प्रदेश सभामा एक सीट सुरक्षित होला भन्ने सम्म देखिएको छ । यसो त्यसो हो भने ती क्षेत्रका लागि भोट दिन सकिन्छ ।

प्रसङ्ग बदलें, समुदायको हितका लागि तपाईंबाट सकारात्मक पहलको आशा गर्न सकिन्छ कि सकिन्न ? 
मैले विगतमा फर्किनै पर्छ जतिबेला म संविधानमा सुझाव समूहमा सक्रिय भएर काम गरिरहेको थिएँ । मलाई दिइएको जिम्मेवारी समन्वय गर्ने नै थियो । म आफूलाई त्यतिबेला सफल भएको ठान्छु । मलाई परमेश्वरको अनुग्रह थियो किनभने एउटा माहोल सृजना भएको थियो । त्यो बेला एक दुई अगुवा वाहेक सबैजना एकै थलोमा उभिनु भएको थियो। तर सबैजना त्यहाँ उभिएको देख्नासाथै अब म सबैभन्दा शक्तिशाली हुँ भन्ने खालको सोंच हामीभित्र जसरी पलायो र महासंघ गठन गर्ने त्यो सपना सुरु भयो । मैले त्यतिबेला आपत्ति जनाउँदै भनेको थिएँ, हामीसँग अलरेडी दुइटा छन्, हामीले ती दुइटालाई मिलाउ सक्नु प्राथमिकतामा पथ्र्यो । तर उनीहरुलाई मिलाउने कुरा छोडेर अब हामी नयाँ तयार गरौँ, सबै मिल्छन् भन्नु चाहिँ मूर्खता थियो । केहि समयदेखिको मेरो एउटा प्रयासबाट एनसीएस र एनसीएफ नेपालबीच तपाईंले कनफलिक्ट भएको देख्नुहुन्न । मेरो त्यहाँ भूमिका छ । उनीहरु अहिले एउटै हलोमा नारिन तयार छन् । नमिलेको महासंघ हो । महासंघमा सायद मैले छोड्नु गल्ती थियो कि हैन अब त्यहि रहिरहेको थिएँ भने सायद केही गर्न सकिन्थ्यो कि इन्फलूयन्स हुन्थ्यो कि तर मैले मेरो इन्फलूयन्स अब सिधियो भनेर नै हो मैले छोडेको । के भनेर म अल्मलिरहेको त्यहीँ नै हो । तर प्रयास रहिरहन्छु । प्रयास गर्नचाहिँ थाकेको छैन । सबै एक ठाउँमा उभिन पर्छ भन्ने चाहिँ मलाई लाग्छ । सायद अहिले एजेण्डाहरुको कुरामा कित्ताकाटै गरेको भए एकता हुन्थ्यो कि । एकता भन्नाले सबै एउटै हुनुपर्छ भन्ने होइन तर कार्यगत एकता हुनुप¥यो वा फलानो काम तिमीले गर वा फलानो काम मैले गर्छु भन्यो भने त एकताको आत्मा आउँछ, त्यहाँ काम हुन सक्छ, तर सल्लाह चाहिँ हुनुप¥यो ।

आउने दिनमा के र कस्तो आशा राख्न सकिन्छ ? 
म त्यति धेरै आँतिएको पनि छैन । यो बिग्रिन्छ, खत्तम हुन्छ भन्ने पक्षमा म छैन । हिजो एउटा समय थियो र अझ त्यो समय यद्यपी कन्टीन्यूमा छ । यहाँ अलिकति चुरीफुरी देखाउने मान्छे ढाँटरै भएपनि नेता बन्थ्यो । अब त्यो सँधै टिक्दैन । त्यसकारण मेरो कहाँ कोसँग कति पहँुच छ र मेरो घरको लिभिङ्ग रुममा कति ठूल्ठूला मान्छेसित बसेर मैले फोटो खिचेको छु, थियो, हेर त मैले फोटो खिचेर राखेको थिएँ नि भनेर देखाएर पनि हामीले लिडरसिप सेल ग¥यौं । अब लिडरसीपमा त्यो मार्केटिङ्ग चल्दैन । अब चल्ने मार्केटिङ्ग भनेको हामी कति जेनयुइन भएर सेवा गर्न तयार छौँ । त्यसकारण भविष्यमा आउने नेतृत्व त्यही ढङ्गले आउनुपर्छ । मेरो बुझाई यही हो । यदि त्यो जेनयुइन नेतृत्व आइदियो भने अरुहभित्तामा राखेको छु त्यो फोटोहरुको अव अर्थ लाग्दैन । हिजो चाहिँ यहाँ फलानो फलानो मान्छेसँग मेरो साँठगाँठरु यसै पनि ओइलाउनु पर्छ । यसै पनि पछि हट्नुपर्ने दिन आउँछ किनभने जब मान्छेले बुझ्छ, यो मान्छेले मलाई यति धेरै सहायता गरेको रहेछ, यो यो मान्छेले चाहिँ यति धेरै मलाई प्रयोग गरेको रहेछ भन्ने कुरा जब खुल्छ । खुलिसके पछि सिद्धिन्छ । त्यसकारण को नेता हुने, को लिडर हुने, कसले साँच्चिकै नेतृत्व गर्ने भन्ने कुरा समयले देखाउने कुरा हो । म आत्तिएको छैन । भोलिको दिन सबै कुरा राम्रो हुन्छ भन्ने आशा छ ।

अन्तमा के सन्देश दिन चाहनुहुन्छ ? 
मेरो आग्रह छ कि कसैले भन्छ भन्दैमा भनेकै पछि नलागौँ । उ पनि कमजोर हुनसक्छ । उसको पनि अध्ययन कम हुन सक्छ । कसैले म नै हुँ भनेर दाबी गर्दैछ भने त्यो मान्छेले गरेको दाबीको पछाडि त्यसको भायबलिटी खोजौँ । उ कतिको सही, उसको जीवन के हो, उ कहाँबाट आयो । जन्मेर, हुर्कद,ै अनुभव गर्दै आएको होला । त्यो मान्छे को हो ? के गर्दै आयो ? तिनीहरुले दाबी गरेको विगतको कामहरुलाई अध्ययन गर्नुप¥यो । चलाखीपूर्ण कुरा गरेको भरमै उसको पछि नलागौँ । परमेश्वरबाट आएको ज्ञान, बुद्धि, बल प्रयोग गरेर को ठीक हो भनेर छुटयाउने समय आएको छ । समयले सबै कुरा ल्याउँछ पनि तर आफूले पनि त्यसमा केहि मिहेनत गर्नुप¥यो ।

प्रस्तुति: दिनेश श्रेष्ठ (युवा दर्शन मासिक पत्रिका )