Year: 2018

सम्मान तथा अभिषेक कार्यक्रम सम्पन्न

काठमाडौं, २०७५ पुस १५ गते । काठमाडौंका सेवामा समर्पित पास्टरहरूको संयुक्त इसाई गोठालो संगतिले  पुस १४ गते का दिन सामाखुशीस्थित आशिष इभान्जेलिकल चर्चमा ख्रीष्टमस तथा नयाँ वर्ष १०१९ को शुभकामना आदान प्रदान कार्यक्रमका र यस संयुक्त इसाई गोठालो संगतिमा आवद्ध रहेका मण्डलीहरूमा विभिन्न समय र विभिन्न विषयमा डक्टर प्राप्त गर्नुभएका प्रभुका सेवकहरूलाई सम्मान तथा विगत वीस वर्षअघिदेखि पास्टरीय सेवामा रहनुभएका पास्टरहरूलाई रेभरेन्ड अभिषेक कार्यक्रम सम्पन्न गरिएको छ ।

सो कार्यक्रमको शुरुको प्रार्थना पा. डा. सुन्दर थापाले गर्नुभएसँगै शुरु भएको थियो । काठमाडौं क्यापिटल चर्चका क्वायर झुण्डले स्तुति प्रशंसामा अगुवाई गरेको सो कार्यक्रममा सहभागी पाहुनाहरूलाई आसन ग्रहण गराउँदै फूलमाला र खदाले स्वागत गरेलगत्तै स्वागतको मन्तब्य पास्टर डेभिड आचार्य राख्नु भएको थियो । उहाँले स्वागत मन्तब्य राख्ने क्रममा संयुक्त इसाई गोठालो संगतिको परिचय र यस संगतिको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । त्यसपछि विभिन्न विधामा डक्टर गर्नुभएकाहरूलाई रेभ. डा. मंगलमान महर्जनद्वारा सम्मान गरिएको थियो । त्यसक्रममा डक्टरेड प्राप्त गर्नुभएका र यस संगतिमा आवद्ध हुनुभएका मण्डलीका पास्टरहरू क्रमशः रेभ.डा. सुन्दर बहादुर थापा, रेभ. डा. सरीता गिरी थापा, रेभ. डा. तेज बहादुर रोक्का, रेभ. डा. जोमेश ओड, रेभ. डा. गणेश प्रसाद देवकोटा, रेभ. डा. वीरेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको थियो । त्यसलगत्तै विगत वीस वर्षअघिदेखि पास्टरीय सेवकाइमा रहनुभएका विभिन्न मण्डलीका पास्टरहरूलाई रेभरेन्ड अभिषेक गरिएको थियो । यसरी अभिषेक हुनुहुनेमा पास्टर कुमार गुरुङ, पास्टर ईश्वरचन्द्र काप्री, विशप मिनि कुमार राई, पास्टर रविनकाजी बैद्य, पास्टर पासाङ लामा, पास्टर डेभिड आचार्य, पास्टर जीवन बान्तवा राई, पास्टर सीता कुमारी सिंह (सृजना), पास्टर एम बहादुर मगर (केशव), पास्टर धन बहादुर राई (विजय) हुनुहुन्थ्यो ।

सम्मान र रेभरेन्ड अभिषेक कार्यक्रम लगत्तै रेभ. डा. मंगलमान महर्जनले उत्साहको वचन दिनुहुँदै आफ्नो जिम्मामा रहेको सेवाको कार्य निस्वार्थ र उदाहरणीय हुँदै निभाउनु आजको नेपाली मण्डलीको आवश्यकता हो भन्नुहुँदै प्रकाश पार्नुभएको थियो । सारा चर्च लगायत विभिन्न मण्डलीहरूबाट नृत्य तथा विशेष गीतहरू प्रस्तुत गरिएको थियो । सो समारोहमा पास्टर रुपनारायण तिमिल्सिना, पास्टर माधव पौडेल, ख्रीष्टियनहरुको हकहितका लागि विशेष पहल गर्ने मानव अधिकारकर्मी खगेन्द्र ओलीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको अन्तमा संयुक्त इसाई गोठालो संगतिका अध्यक्ष रेभ. कुमार गुरुङले सहभागी लगायत सबैलाई धन्यवादको मन्तब्य राख्नुभएपछि रेभ. डा. मंगलमान महर्जनले अन्तिम तथा आशिषको प्रार्थना गर्नुभएपछि कार्यक्रम समापन गरिएको थियो । सो कार्यक्रममा विभिन्न मण्डलीहरूबाट आमन्त्रित पास्टर अगुवा लगायत विश्वासीहरू गरी ७०० जना जतिको सहभागिता रहेको थियो ।

दिनेश श्रेष्ठ ( Christian Khabar)

बनेपामा भव्य संयुक्त क्रिसमस कार्यक्रम सम्पन्न

बनेपा नगर इसाई समितिको आयोजनामा यहि पौष १० गते बनेपा नगरमा भएको २६ वटा चर्चहरू मिलेर संयुक्त ख्रीष्टमस कार्यक्रम नेपाल बनेपा पोलिटेक्नीक इन्सिच्युट खेलमैदानमा भव्य रुपमा सम्पन्न भएको छ । ४००० हजार मानिसहरूको उपस्थिति रहेको सो कार्यक्रममा माननिय सञ्चार तथा सूचना मन्त्री श्री गोकुल बास्कोटाको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमको सञ्भालन आयोजक समितिका सचिब पास्टर रामचन्द्र विसुन्केले गर्नुभएको थियो । त्यसैगरी बनेपा नगर इसाई समितिका अध्यक्ष पास्टर रुवेन रानाले सभाको अध्यक्षता ग्रहण गर्नुभएको थियो । त्यसैगरी विशेष अतिथिमा बनेपा नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठ र नगरउपप्रमुख रेखा सापकोटा(दाहाल) र पास्टर एन.पी.प्रधान रहनुभएको थियो । पत्रकार महासघं काभ्रेका अध्यक्ष मोतीराम तिमल्सेना, रा.स.स. काभ्रेका प्रमुख राजकुमार पराजुली, काभ्रेली इसाई संगतिका अध्यक्ष पा.केशब राना मगर, बनेपा नगरका वडा अध्यक्षहरू, विभन्न चर्चहरूको धर्मगुरुहरू, पत्रकारहरू, कलाकार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथिहरूलाई फूलको माला, खदा र व्याच वितरणसँगै आसन ग्रहनबाट स्वागत गरिएको थियो ।

शुरुको प्रार्थना पा.विजुलीलाल प्रधानले गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संगोजक ले गर्नुभएको थियो । राष्ट्रिय गान सँगसँगै संगित झुण्डले विशेष गीत र प्रशंसाबाट ख्रीष्टमस उत्सव विशेष बनाएका थिए । प्रमुख अतिथि माननिय गोकुल वास्कोटाले नेपालले एउटा सहि र बैज्ञानाीक बाटो अवलम्वन गरेको छ । धार्मिक र साँस्कृतिक स्वतन्त्रता र सदभावसहितको हो । धर्म नैतिकता र मूल्यपद्दतिमा आधारित हुन्छ । ती सबैको सार्थकतत्व भनेको मानवजातिको कल्याण र प्रकृतिको रक्षा हो । न्याय, समानता र स्वतन्त्रताको कुरा हो । यी नै चिज नेपालको लोकतन्त्रले गरेको छ । कुनै पनि धर्म व्यक्तिको निजी स्वतन्त्रताको कुरा हो र राज्य सबैको साझा हो त्यसैले राज्यको धर्म हुदैन । धर्म, जाति, भाषा,भूगोलको नाममा नेपालको सदभाव, राष्टिय एकता र सहिष्णुतालाई भत्काउन खोज्ने कुनैपनि दुष्प्रयास नेपालको नागरिकले सफल हुन दिनेछैन जो सम्भावना पनि छैन । किनभने हामीकहाँ सदीऔ देखि धार्मिक सहिष्णुता कायम छ । कुनै जात, भाषा, धर्म , भूगोलको आधारमा भेदभाव हुनेछैन । यही नै राष्ट्रको संकल्प पनि हो । राज्यको निम्ति सबै धर्म बराबर हुन् एकअर्का प्रति आदरसम्मान कायम रहोस् । धर्मको बीचमा लडाई गर्नुपर्ने, सिमा छुट्याउनुपर्ने, र तरबार उचाल्नुपर्ने जरुरी छैन । एकअर्कालाई भेदभाव, हमला,जबरजस्ती र छिछिदुरदुर नगरौं । ख्रीष्टमस तथा नयाँ बर्ष २०१९ को शुभकामना दिदै यस भव्य कार्यक्रमको पूर्ण सफलताको कामना समेत गर्नुभएको थियो ।

विशेष अतिथि नगरप्रमुख, उपप्रमुख र अतिथिहरूबाट शुभकामना मन्तव्य दिनुभएको थियो । पास्टर एन.पी.प्रधानले पवित्र बाइबल धर्मशास्त्रबाट हृदयस्पर्शी वचन बोल्नुभएको थियो । ख्रीष्टमस उत्सवलाई विशेष बनाउन साँस्कृतिक कार्यक्रममा विभिन्न नाचगान, बाइबल पाठ, नाटक, कविता,नृत्य र क्यारल गीतहरू समेत प्रस्तुत गरिएको थियो । सभापती रानाबाट सबै अतिथिहरूलाई ख्रीष्टमस उपाहार प्रदान गरिएको थियो । त्यसैगरी नेपाल देश लगायत बनेपा नगरपालिकाको प्रगति र सफलकार्यकालको निम्ति प्रार्थना गरिएको छ । विभिन्न भाषा जाति र संस्कृति झलकने पहिरहनमा सजिएका इसाई दाजुभाइ दिदिबहिनीहरू कार्यक्रमबाट उत्साहीत भएका थिए । कार्यक्रमको अन्त्यमा सभापती पास्टर रुवेन रानाले एकताको मन यसैगरी रहिरहोस सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो । ख्रीष्टमस क्यारोल गीतमा सबैलाई नचाएपछि अन्तिम प्रार्थना पास्टर राजन परियारले गर्नुभएको थियो ।

रिर्पोटरः समयकुमार रम्तेल

अस्ट्रेलियाको सिड्नी नेपाली मण्डलीले बडादिन ख्रीष्टमस भव्यसँग मनाएको छ ।

अस्ट्रेलिया/सिड्नी ।

डिसेम्वर २५ तारिखमा अस्ट्रेलियाको अबनमा रहेको सो मण्डलीले सन्देशमूलक नाटक, गीत, नृत्य प्रस्तुत गरी ख्रीष्टमस मनाएका थिए । अस्ट्रेलियामा अध्ययन गर्न गएका विद्यार्थीहरूलगायतको बाक्लो उपस्थिति रहेको सो कार्यकमको उद्देश्य ख्रीष्टमसको अर्थ बझाउनु रहेको थियो ।

 

सो कार्यक्रममा प्रेमभोजको पनि आयोजना गरिएको थियो । सोचे भन्दा पनि बढी परमेश्वरको आशिष् अनुभव भएको सो मण्डलीका एल्डर जीवन श्रेष्ठ लगायत अन्य अगुवा तथा बिश्वासीहरूले बताउनुभएको छ । यस कार्यकमले जागृति र थप एकता र उत्साहको माहोल बनेको सहभागी एक युवा अगुवा दिपेश महर्जनले बताउनुभयो ।

नयाँ वर्ष २०१९ को अवसरमा जनवरी १ तारिखको दिन पिकनिकको पनि अयोजना गरिएको जानकारी दिनुभयो । सो पिकनिक कार्यक्रममा पनि मण्डलीका सम्पूर्ण सदस्यहरूको सभागीता रहनुका साथै गीत, भजन, आराधना तथा प्रवचन साथै अन्य रमाइलो कार्यक्रम पनि आयोजना गरिने जानकारी हामीलाई प्राप्त भएको छ । डिकन जीवन रायमाझीले वचनको सेवकाइ गर्नु हुने तय भइसकेको र अन्य कार्यक्रमहरूको जोडतोडका साथा तयारी भइरहेको छ ।

वचन मिडियाको लागि जीवन रायमाझी

नेपाली ख्रिष्टियन एकता समाज जापानले डिसेम्बर २३ मा ख्रीष्टमस कार्याक्रम ग-यो ।

सूर्य राई /२०७५ पौष ११

जापानका विभन्न सहरहरुमा छरिएर रहेका नेपाली इसाई विश्वासीहरुको साझा संस्था नेपाली ख्रीष्टियन एकता समाज जापानको आयोजनामा डिसेम्बर २३ तारिख आइताबारका दिन जापानभरी छरीएर रहेका नेपालीहरु माझ आयोजना गरिएको प्रभु येशूको जन्मोत्सव बडा दिन ख्रीष्टमस कार्याक्रम भब्यताका साथ सुसम्पन्न भएको छ । यस वर्षको ख्रीष्टमस कार्याक्रमको सभापतित्व नेपाली ख्रीष्टिय एकता समाज जपानका अध्यक्ष तथा उत्साह नेपाली चर्च टोकियोका एल्डर सूर्य राईले गर्नुभएको थियो भने चिवा नेपाली चर्चका अगुवा तथा नेपाली ख्रीष्टिय समाजका उपाध्यक्ष बिजय सुनारले सुरुको प्रार्थना गर्नुभएको थियो । ख्रीष्टमस कार्याक्रमका प्रमुख अथिति उत्साह नेपाली चर्चका पास्टर चन्द्र किरण खापाङ्गी रहनुभएको थियो । उहाँले परमेश्वरको जीवित बचनबाट प्रकाश पार्नुभएको थियो । ख्रीष्टमस कार्याक्रमको क्वायर गुरुपमा उत्साह नेपाली चर्च टोकियो, चिवा नेपाली चर्च, योहान नेपाली संगति टिम गुम्मा तोचीकी नेपाली संगती मिलेर ठूलो झुण्ड तयार गरीएको थियो भने उक्त क्वाएर गुरुपको लिडर नेपाली ख्रीष्टिय समाज जापानको कार्यसमिति सदस्य सन्देश श्रेष्ठ रहनुभएको थियो । नेपाली ख्रीष्टिय एकता समाज जापानकी कोषाध्यक्ष डिकन माया लामा ले स्वागत मन्तबयबाट सबैलाई स्वागत गर्नुभएको थियो । लगभग करिब ५ घण्टा चलेको यस कार्यक्रममा जापानभरीका लगभग २५० जनाको उपस्थि रहेको यस ख्रीष्टमस कार्यक्रमलाई ख्रीष्टय महासँघ नेपालका अध्यक्ष सि.वि गहतराज, नेपाली इसाई समाजका महासचिव पा. डिल्लीराम पौडेल र GNSCF का अन्तराष्ट्रिय निर्देशक अध्यक्ष पा. भद्र राई बाट जापानमा रहनुभहुने सबैलाई र ख्रीष्टमस कार्यक्रलाई भिडियो मार्फत शुभकमामा पठाउनु भएको थियो । उक्त भिडियालाई कार्यक्रममा प्रोजक्टर मार्फत प्रस्तुत गरिएको थियो । अन्य ठाउँहरु नागोया ,फुकुओका र ओकिनावा बाट पनि ख्रीष्टमस शुभकामनाका भिडियोहरु पठाउँनुभएको थियो ।

उक्त ख्रीष्टियम कार्याक्रममा विभिन्न मण्डलीबाट गीत तथा नृत्यहरु,नाटक ,मुक्तक,कबिता र जीवन गवाही प्रस्तुत गरिएको थियो साथै एकआपसमा शुभकामना आदनप्रदान गरिएको थियो । उक्त डिसेम्बर २३ मा आयोजित ख्रीष्टमस कार्याक्रम को संचालन डिकन समिना रुपाचा र बिनय थीगं ले पहिलो सेसन र दोस्रो सेसन एसराज नेपाली ले गर्नुभएको थीयो ! नेपाली ख्रिष्टियन एकता समाज जापानका अध्यक्ष तथा उत्साह नेपाली चर्च टोकियोका एल्डर सुर्य राईले ख्रीष्टयस कार्याक्रममा सहभागी सबैलाई शुभकामना सहित धन्यवाद दिएपछि प्रमुख आतिथि उत्साह नेपाली चर्च टोकियो जापानका पा. पास्टर चन्द्रकिरण खपाङ्गीको अन्तिम प्रार्थनाद्धारा कार्यक्रम समापन भएको थियो ।

कुन प्रेरितको मृत्यु कहाँ भयो ?

१) युहन्ना दाजु याकुब
प्रेरितहरुमध्ये सबैभन्दा पहिले मारिने प्रेरित यिनी नै थिए। ई.स. ४४ मा याकुबलाई हेरोदले तरवारले काटेर मृत्युदण्ड दिए। उनी यतिसम्म प्रचार गर्दथे कि उनको पहराको लागी खटाइएको रोमी सिपाहीलाई समेत उनले ख्रीष्टियन बनाइसकेका थिए। उनको मृत्युदण्डको दिन त्यस सिपाहीलाई तरवार उठाएर याकुबमाथि प्रहार गर्न भनियो। उसले तरवार उठायो तर उसको तरवार रोकियो। उसले याकुबको पहरामा बिताएको समयमा आफुपनि ख्रीष्टियन भएको कुरा सबैका सामु स्विकार गर्‍यो। हेरोदले त्यो सिपाहीलाई पनि याकुबसँगै मृत्युदण्ड दिने आज्ञा दिए। र दुवैको शिर काटियो। शिर काट्ने तयारी हुदा याकुबले त्यो सिपाहीलाई भने, भाई केही क्षणमा नै अमरत्वको देशमा भेटौला।

२) पत्रुसको भाई अन्द्रियास

यीनले इथियोपिया, साइथियन र सेसीमा सुसमाचार प्रचार गरेका थिए। उनले यि क्षेत्रहरुमा जबरजस्त तरिकामा ख्रीष्टका प्रचार गरे। थुप्रै मानिसहरुलाई प्रभुमा ल्याएँ। मण्डलीहरु सुरु गरे। उनलाई एडेसिजका राज्यपाल एजीयसले सुसमाचार प्रचार नगर्न चेतावनी दिएँ। तर उनले उनको चेतावनीको परवाह गरेनन् । उनले निरन्तर रुपमा प्रचार कार्य जारी राखे। राज्यपाले अन्द्रियासलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिने आदेश दिए। जब उनलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिनलाई लगिदैथियो, उनले टाँढाबाट क्रुसलाई देखे र यसो भने, “लामो समयदेखी मैले प्रतिक्षा गरिरहेको हे क्रुस तिमीलाई स्वागत छ। क्रुसमा चढ्ने ब्यक्तीकै चेला भएकोले म खुशीसाथ, आनन्दले र स्वइच्छाले तिमीकहाँ आउदैछु। म् तिम्रो प्रेमी हुँ। तिमीलाई अङ्गाल्नु मेरो सौभाग्य हो।” त्यहाँ उनले क्रुसलाई अङ्गालो हाले र उनलाई त्यसपछि क्रुसमा टाँगियो। उनले क्रुसको पिडादायी स्थीतीमा पनि त्यहाँ रहेका मानिहसरुलाई प्रचार गरिरहे सिपाहीहरुले उनी चाडै मरेका होउन भनि उल्टो क्रुसमा टाँगे। तर उनी अझै पनि प्रचार गरिरहे। अन्तिममा सिपाहीले बञ्चरोले उनको टाउकोमा हिर्काए र उनलाई मारिदिए।

३) मर्कुस………….

मर्कुस पत्रुसका दोभाषे थिए। पत्रुस कम पढेलेखेका मानिस भएको हुनाले उनलाई त्यसबेलाका कति भाषाहरुको ज्ञान थिएन। त्यसकारण अनुवादको लागी पत्रुसले मर्कुसलाई साथमा लिएर जाने गर्दथे। पत्रुसबाट उनले येशुका कथाहरु सुने र त्यसैलाई पुस्तकको रुपमा तयार गरे। जो बाइबलमा मर्कुसको सुसमाचारको रुपमा प्रख्यात छ। परम्परा अनुसार मर्कुस मिश्रको अलेक्जेन्ड्रियामा गएर सुसमाचार प्रचार गरे। त्यहाँका मानिसहरुले उनलाई रथमा टाँगेर जमिनमा धसारेर मारे। उनले त्यहाँ कप्टिक मण्डली पनि स्थापना गरे जो अहिले इजिप्टको सबैभन्दा ठुलो ख्रीष्टियन सँगठन हो। उनका हड्डीहरु अझैपनि इजिप्टको कुनै चर्चले सुरुक्षीत राखेको छ।

४) पत्रुसको मृत्यु

पत्रुसले रोममा प्रचार कार्य गरे। ई.स. ६८ मा रोमी सम्राट नेरोले यिनलाई पक्राउ गरे। नेरो अति नै दुष्ट सम्राट थिए। उनले पत्रुसलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिने आज्ञा दिए। तर पत्रुसले आफु येशु ख्रीष्ट झै सुल्टो क्रुसमा टाँगिन योग्यको नभएको भन्दै उल्टो क्रुसमा टाँग्ने आग्रह गरे। अन्त्यमा सिपाहीहरुले उनलाई उल्टो क्रुसमा टाँगे र उनको मृत्यु भयो। उनको चिहान अझै पनि सेन्ट पिटर्स चर्च को बेदि मुनी रोममा सुरुक्षीत छ। रोमन क्याथोलिक मण्डलीका पोपले सम्बोधन गर्नका निम्ती बनाइएको स्थान मुनि पत्रुसको हड्डीहरु छन् भन्ने बिश्वास गरिन्छ।

५) फिलीप……….

फिलीप र उनका दुई छोरीहरुलाई हिरापोलिसमा शहिद बनाइयो । तर उनलाइ कसरी मारियो भन्ने बारेमा कुनै स्पष्ट एतिहासीक प्रमाणहरु भने छैनन्।

६) बारथोलोमाई………..

परम्परा अनुसार उनले इराकमा र भारतको उत्तर–पश्चिम भुभागहरुमा प्रचार गरेका थिए। उनले भारतमा त्यहाँको स्थानिय भाषामा मत्तीको सुसमाचारलाई पनि अनुवाद गरेका थिए। उनलाई आरमेनिया देशमा क्रुसमा उल्टो पारेर टाँगेर हत्या गरियो।

७) अल्फयासको छोरा याकुब

परम्परा अनुसार उनले स्पेनसम्म गएर प्रचार गरेका थिए। उनलाई पक्कै पनि मारिएको थियो। तर कहाँ र कसरी मारियो भन्ने बारेमा कुनै निश्चयता छैन।

८) सिमोन कनानी

यीनले बेलायतमा गएर प्रचार कार्य गरे र थुप्रै मण्डलीहरु स्थापना गरे। उनलाई त्यही नै मारेर शहिद बनाइयो भन्ने कुरा परम्पराले हामीलाई बताउँदछ।
९) कर उठाउने मत्ती
परम्परा अनुसार उनले इथियोपियामा गए र त्यहाँ सुसमाचार प्रचार गर्ने कार्य गरे। उनल थुप्रै इथियोपियाली र मिश्रीहरुलाई प्रभुमा ल्याएँ। त्यहाँका राजा हेरकेनश मत्तीसँगै साह्ै क्रोधित भए र उनलाई भालाले हानेर मार्ने आदेश दिए। उनले येशुको जीवनी लेखेका छन् जो मत्तीको सुसमाचारको नाउँले बाइबलमा प्रख्यात छ।

१०) येशुका भाई याकुब

यिनी मण्डली इतिहासमा प्रार्थनाका योद्धा भनेर चिनीन्छन्। मण्डली इतिहासकारहरुको भनाई अनुसार उनले यति समय प्रार्थनामा बिताउँथे कि उनको घुडाको छाला ऊटको छाला जस्तो भएको थियो। उनलाई येरुशलेमका प्रधान पुजाहारीहरुले पक्रे र येशुलाई अस्विकार गर्न आज्ञा गरे। याकुबले अस्विकार गरेपछि उनलाई मन्दिरको टुप्पोमा लिएर राखे र फेरी पनि अस्विकार गरे त्यहाँबाट धकेलिदिने चेतावनी दिएँ। याकुब मन्दिरको टुप्पामा गए र येशु नै मशिह हुनुहुन्छ भन्दै आफै हाम फाले। उनी अझैपनि जिवितै थिए तर पछि भिडले उनी माथि ढुङ्गा बर्सायो र उनको मृत्यु भयो।

११) थोमा…….

थोमा प्रचार गर्न भारतमा आए। उनी भारतमा ई.स. ५१ मा आएका थिए। उनले मद्रासको मलावार क्षेत्रमा सुसमाचार प्रचार गर्ने काम गरे। उनले त्यहाँ येशुको नाउँमा आश्चर्यकर्महरु गरे र मृतकहरुलाई पनि जिवित तुल्याएँ। उनले त्यहाँ ७ वटा ठुला ठुला मण्डलीहरु स्थापना गरे र एल्डरहरु नियुक्त गरे। अन्त्यमा उनलाई त्यहाँका राजाले मार्ने आदेश दिइयो र उनलाई भालाले घोचेर मारियो। उनको चिहान अहिले पनि दक्षिण भारतको मद्रासको चेन्नईमा सुरुक्षीत छ।

१२) प्रेरित पावल………….

प्रेरित पावल पहिलो रोमी कैदबाट छुटे र केही बर्ष प्रचार कार्य गरे। सम्राट नेरोले ई.स.६८ मा उनलाई पुनःपक्राउ गरे र रोम शहरको बाहिर त्रेफोनतेन (त्रेतन फुहाराहरु) भन्ने ठाउँमा शिर काटेर मृत्युदण्ड दिइयो। त्यस ठाउँको नाउँ पहिले अर्कै थियो तर पावलको शिर काटेपछि उनको छिनालिएको टाउँको तिन पटक उफ्रेको र उनको शरिरबाट ३ पटक ठुला ठुला रगतका धारा बगेको कारणले त्यस ठाउँको तिन फुहाराहरु राखियो। पछि तेस्रो शताब्दीमा सम्राट कन्टन्टाइनले उनको चिहानमा मण्डली बनाएँ जो सेन्ट पौल चर्च हो। पावलको अवशेष अहिले पनि सेन्ट पौल चर्च रोमको बेदी मुनी सुरुक्षीत छन्।

१३) युहन्ना………..

येशुका चेलाहरुमध्ये कालगतीले मर्ने चेलाहरुमा युहन्ना मात्र पर्दथे। तर उनले थुप्रै यातनाहरु सहनुपरेको थियो। सम्राट डोमिसियनले उनलाई उम्लैदै गरेको तेलको कराहीमा हालिदिएको थिए तर उनी त्यहाँपनि बाँच्न सफल भए। त्यसपछि उनी कठोर परिश्रम गरेर मरुन् भनेर पत्मोस टापुमा लगियो तर उनले त्यहाँ येशु ख्रीष्टबाट प्रकाश पाए र प्रकाशको पुस्तक लेखियो। परम्परा अनुसार उनले येशुकी आमा मरियमलाई लिएर एफिससमा गएर बसेका थिए। पछि त्यही नै येशुकी आमा मरियमको मृत्युभयो। यहुन्ना पनि उमेर खाएर मरे। भनिन्छ उनी मानिसहरुलाई देख्न पनि सक्दैनथे र मण्डलीका भाईहरुले उनलाई बोकेर सङ्गतीमा ल्याउने र लैजाने गर्दथे।
अन्त्यमा, सबै चेलाहरुले बिभीन्न ठाउँमा गएर प्रचार कार्य गरे र तिनीहरु येशुको निम्ती मारिए पनि। सुसमाचार समृद्धी र आशिशको सुसमाचार हो तर त्यो भन्दा बढ्ता यो त्याग र बलिदानको सुसमाचार पनि हो।I