Month: January 2018

राजधानीमा ईस्टर महोत्सव हुने

गत वर्ष जस्तै यस वर्ष पनि उपत्याकाव्यापी ईस्टर महोत्सव आयोजक समितिले राजधानीमा ईस्टर महोत्सव –२०७४ आयोजना गर्ने भएको छ । राजधानीका विभिन्न चर्चका पास्टरअगुवाहरुको सहभागीतामा आज मंगलबार राजधानीको वेथशालोम पुतलीसडक चर्चमा वसेको ईस्टर सम्वन्धी वसेको वैठकले यो निर्णय गरेको हो । भेलाले ईस्टर महोत्सव आयोजक समिति चयन गर्नुका साथै कार्य विभाजन समेत गरेको छ ।
ईस्टर महोत्सवका वारेमा आज राजधानीमा वसेको बैंठकले पास्टर राजेन्द्र मल्लको संयोजकत्वमा ईस्टर महोत्सव आयोजक समिति चयन गरेको छ । जसको अध्यक्षमा रेभ पास्टर सिमोन पाण्डे, सह अध्यक्षमा रेभ पास्टर ज्योतीकुमार सुनुवार र रेभ पास्टर रेन्जी लामा रहनु भएको छ । त्यसैगरि उपाध्यक्षमा पास्टर शमूएल डन कार्थक (काठमाडौं), रेभ पास्टर रुपनारायण तिम्सिना (ललिथपुर), र रेभ पास्टर अशोक प्रधान (भक्तपुर) चयन हुनुभएको छ ।
त्यसैगरि सह–संयोजकमा पास्टर रबिन बैध (काठमाडौं), पास्टर डेविड लामा (भक्तपुर), रेभ पास्टर सबास्टियन लेप्चा (ललितपुर) रहनु भएको छ । कोषाध्यक्षमा रेभ पास्टर जे.बी.भित्रकोटी र पास्टर विश्वदेव खड्का रहनु भएको छ भने सहकोषाध्यक्षमा पास्टर क्रिस श्रेष्ठ र पास्टर हेमजर्घा मगर रहनु भएको छ ।
त्यसैगरि सचिवमा रेभ पास्टर साम पौड्याल,सहसचिवमा रेभ पास्टर हर्क खड्का (रमेश) र रेभ पास्टर के.वी.सुनुवार रहनु भएको छ । प्रार्थना संयोजककोरुपमा रेभ पास्टर डिल्लीराम पौड्याल र रेभ पास्टर उद्धब गौतम र विशप मिनिकुमार राईलाई चयन गरिएको छ ।
ईस्टर महोत्सव सम्वन्धी तयारी वैठक फेब्रअरी ९ तारिख वेथशालोम पुतलीसडक चर्चमा हुने जनाइएको छ । आजको वैठकले आगामी चैत्र १८ गते ईस्टरका दिन राजधानीका काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका सम्पूर्ण चर्चहरुबाट शान्ति पदयात्रा निकाल्ने र काठमाडौंको खुल्ला मंचमा संयुक्तरुपमा ईस्टर महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।
From : Turahi

खुल्ला मञ्चमा हुने इष्टर सण्डेको -यालीमा सहभागि हुन सम्पूर्ण मण्डली तथा ख्रीष्टियन संघसंस्थाहरुलाई महासंघको आह्वान

१६ माघ २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वी. गहतराजज्यूको अध्यक्षतामा केन्द्रिय विशेष कार्यकारी समितिको बैठक महासंघको कार्यालयमा सम्पन्न भएको छ ।
महासंघको विशेष बैठकले प्रभु येशू ख्रीष्टको पुनरुत्थानको दिन इष्टर सण्डेको अवसरमा विभिन्न स्थानबाट -याली सुरु गरी खुल्लामञ्चमा उपस्थित भई राष्ट्रका प्रमुख व्यक्तित्वहरुको उस्थितीमा इष्टर महोत्सवको आयोजना गर्ने निर्णय गरको छ । सो इष्टर सण्डे उपत्यकाव्यापी मात्र नभई राष्ट्रव्यापी भएकोले राज्य, सरकार, राजनीतिक दलहरु र सम्पुर्ण नेपालीहरुलाई प्रभु येशू ख्रीष्टको पुनरुत्थान दिनको बारेमा सबैलाई जानकारी गराउने र सावजनिक विदा कायम गराउनको लागि नेपाल सरकार र राजनीतिक दलहरुलाई अनुरोध गर्दै राष्ट्रिय पर्वको रुपमा स्थापित गराउन पहल गर्न महासंघले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । साथै महासंघको ७ वटै प्रदेशमा रहको प्रादेशिक समितिले इष्टर महोत्सवको आयोजना गर्न व्यवस्था गर्ने र सो इष्टर -यालीमा सम्पुर्ण मण्डली तथा ख्रीष्टियन संघसंस्थाहरुलाई उपस्थित भई सहयोग गरिदिनुहुन समेत आह्वान गरको छ ।
बैठकले इष्टर सण्डे महोत्सव–२०७४ मुल समारोह समितिका अध्यक्ष महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूको अध्यक्षतामा महासंघका पदाधिकारीज्यूहरु, सल्लाहकारज्यू लगायतका मण्डली समुहका प्रतिनिधिज्यूहरु र ख्रीष्टियन संघसंस्थाका प्रमुखज्युहरुबाट थप गरी १४१ सदस्यीय समितिलाई आउँदो माघ २८ गते महासंघको कार्यालयमा पूर्णता दिने निर्णय गरको छ भने सबैसँग मिलेर जानुपर्छ भन्ने पहिलो प्राथमिकता महासंघको रहकोले उपमहासचिव पा. चन्द्रमान नेपालीज्यूको संयोजकत्वमा सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यू, सचिव पा. किरण दासज्यू, सचिव पा. उदयराज भाटज्यू र सचिव तथा आर्थिक विभाग प्रमुख पा. हेम बहादुर थापाज्यू रहको ५ सदस्यीय समन्वय समितिले मण्डली तथा ख्रीष्टियन संघसंस्थाहरुसँग समन्वय गर्न एक समिति गठन गरेको छ । त्यसैगरी ७ नं प्रदेशका प्रमुख उपाध्यक्ष पा. जितेन्द्र ताम्राकारज्यू र प्रदेश नं. ३ का प्रमुख उपाध्यक्ष पा. ज्ञान बहादुर सुनुवारज्यूले बैठकको एजेण्डाबारे आ–आफनो सुझाव तथा धारणा राख्नुभएको थियो । बैठकले ०७४/०७५ को वार्षिक कार्ययोजनाबारे छलफल गरी अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरको छ । उक्त बैठकको सुरुको प्रार्थना सह–अध्यक्ष रेभ. शामूएल सोदेम्बाज्यूले गर्नुभई अन्तिम समापनको प्रार्थना सह–अध्यक्ष रेभ. काजीरत्न मर्हजनज्यूले गर्नुभएको थियो ।

माटोमा होइन मानिसमा लगानी गरौं!

७० वसन्त काटेका एकजना दाइसँग हाम्रो लामो समय देखिको चिनजान छ। भारतीय सरकारको माथिल्लो तहको जागिरबाट वर्षौं पहिले राम्रो पेन्सन सहित अवकास हुनुभएको थियो। अकुत सम्पत्ति जोडेको छ वा थियो भनौं। भ्रष्टाचारको रोगले ग्रसित समाजमा उच्च अहोदाको मानिसले सम्पत्ति जोड्नु कुनै अनौठो कुरा थिएन। दुइ छोरा र एक छोरी; बाहिरबाट हेर्दा सारै सुखी परिवार। ख्रीष्टीयन समाजमा जन्मे, हुर्केकालाई बेलाबखत चर्चमा जाँदा आफ्नो शान पनि देखाउन सजिलो हुन्थ्यो। ख्रीष्टमसको समयमा उनको घर यति झिलिमिलि हुन्थ्यो कि सारा छिमेक नै चम्किन्थ्यो। दुःखको कुरा, ख्रीष्टले नत उनको घरमा न उनका परिवारका सदस्यहरूको हृदयमा ठाउँ पाउनुभयो। भित्र भित्रै त्यो परिवारमा विनाशकारी किराले (पाप) सबै जराहरू खाइसकेको रहेछ।

पार्टी र मोजमजाको जीवनमा नशालु पदार्थले दुबै छोरा, श्रीमती, ज्वाई र एउटा बुहारीलाई छोटो समयको अन्तरालमै चिहानमा पुर्‍यायो। दुःख माथि दुःख भनौ, बाँचेको छोरीले पनि ठाउँ छोडेर अन्तै बसाइँ सरिन्। परिवार उजाड भएपछि ती दाइको प्राय समय चिहानघारीमै बित्थ्यो। केही हप्ता अघि अचानक आफन्तहरू छिमेकमा छ्याप्छ्याप्ति उनलाई खोजिरहेका थिए र हाम्रोमा पनि आएर सोधे। चारदिन पछि, अर्कै स्थानमा कसैले दया गरेर उनलाई आफ्नो घरमा राखेको रहेछ, पुलिसलाई रिपोर्ट गरेपछि आफन्तहरूले भेट्टाए। एकलो जीवनको पिडाले नै होला उनको स्मरण शक्ति खतम भएछ र एक दिन चिहानमा गएपछि घर फर्किने बाटै बिर्सनु भएछ। घरतिर हिँडेका मानिस अर्कै गाँउममा पुगेछन्।

प्रिय मित्र, एकलोपना अतिनै पिडादायी हुन्छ। आफूसँग सबैकुरा हुन्जेल र शरीरमा बल हुन्जेल आफन्त साथी-भाइहरूको कमि नहुनसक्छ तर जब यी कुराहरूले हामीलाई छोडेर जान्छन् तब सबैले बाटो काट्छन्। कतिपटक आफूसँग सबै भौतिक कुराहरू भएर पनि मनको कुरा सुनिदिने, समय विताइदिने मित्रहरू मिल्दैनन्। विशेषगरी आजको समाजमा छोराछोरीहरू हुर्केपछि बसाइँ सरेर कता पुग्छन् पुग्छन्। कतिपटक बाध्यताले पनि विदेशीनु पर्छ जसको कारण गाँउसमाजमा बृध्द आमाबाबुले एक्लै जीवन विताउनुपर्छ भने उता छोराछोरीले पनि विदेशी भुमिमा, विरानो संस्कृतिमा एक्लै संघर्ष गरिरहनुपर्ने हुन्छ।

एकलोपना सबैका लागि पिडादायी हुन्छ चाहे जवान होस् वा वृध्द होस्। विशेषगरी विरामीपर्दा वा कुनै आपद आइपर्दा जब हामी असहाय हुनजान्छौं त्यतिबेला हामीलाई साथ दिने वा सहयोग गर्ने यात आफ्नै परिवारका असल सदस्यहरू चाहिन्छन् या अत्यन्त नजिकका मित्रहरू। परिवारका सदस्यहरू सदैब हामीसँग नहुन सक्छन् तर मित्र र छिमेकीहरू हामीसँग सदैब हुनसक्छन्। हामीलाई दुःखमा साथदिने मित्रहरू भएको देख्‍न चाहान्छौं भने हामी सुखमा हुँदा अरूको दुःखमा भाग लिन जान्नु पर्छ; समय दिन सक्नु पर्छ। असल मित्रहरू आफै उत्पन्न हुँदैनन्। त्यसको लागि हामीले लगानी गर्नु पर्छ। समयको लागानी, मनको लगानी, र सहयोगको लगानी। हो, कतिपय यस्ता स्वार्थीहरू पनि हुन्छन् जसले पाउन्जेल अरूबाट लिन्छन् र पछि आफ्नै बाटो लाग्छन् तर कसैले त्यो गर्‍यो भन्दैमा हामीले मानिसको जीवनमा लगानी गर्न छोड्नु हुँदैन। त्यसमा पनि हामी विश्वासीहरू एउटै परिवारका सदस्यहरू हौं। हाम्रा पिता एउटै हुनुभएको कारण हामीले एकार्काको वास्था गर्नै पर्छ। गलाती ६को २ देखी १०मा पावल भन्छन्; “2एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्‍यवस्‍था पूरा गर। 5किनभने हरेकले आफ्‍नो भार आफै उठाउनुपर्छ। 7धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ। 8जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ। 9भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं। 10यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌”।

आफ्नो समय र शक्तिले भ्याउन्जेल अरूलाई बनाउने काम गर्छौं भने परमेश्वरले हामीलाई कहिल्यै एक्लो रहनदिनुहुने छैन। शारीरिक शन्तानहरू थोरै भए पनि हामीसँग आत्मिक सन्तानहरू धेरै हुनेछन् जसले हामीलाई एक्लै छोड्ने छैनन्। अरूलाई बनाउने सेवकको उत्तम उदाहरण प्रेरित पावल हुन्। उनको सेवाकालमा उनले धेरै मानिसको जीवनमा लगानी गरेका थिए। उनी रोमको चिसो जेलमा एक्लै हुँदा पनि उनको सेवाको लागि टाढा टाढाबाट भाइहरु जाँदथे। जीवनको अन्तिम घडिमा पनि उनलाई सेवापुर्‍याउन तिमोथी र मर्कूस जाँदै थिए। धेरै इतिहाँसकारहरूका अनुसार तिमोथी र मर्कूस पुग्नु भन्दा पहिल्यै दुष्ट रोमी सरकारले उनलाई मारिसकेको थियो। तापनि हामी देख्छौं कि कसरी पावलको लागि धेरै भाइ बहिनीहरू आफ्नो जीवन दिन तयार थिए। जसले कसैको जीवनमा आत्मिक लगानी गर्छ भने उलसे आत्मिक सेवकहरूको कटनी गर्नेछ। तिमोथी जस्ता आत्मिक चेला जन्माउन सक्नु नै एउटा सेवकको सफलता हो।

आजको संसारमा पास्टर वा सेवकहरू सेवाको लागि मानिस बनाउनुको सट्टा आफ्नै भौतिक घर बनाउन र नाशवान सम्पत्ति जोड्नको लागि मरिमेटिरहेका देखिन्छन्। लाग्छ उनीहरूलाई स्वर्ग जाने मनै छैन जस्तो। दाताहरूलाई ठगेर हुन्छ कि मण्डली र मिसनमा भ्रष्टाचार गरेर हुन्छ, घर घडेरी जोड्न पाए उनीहरूलाई पुग्छ। कति जना सम्पत्ति हात पारेपछि सेवाकाईंको विल्ला नै उतारिदिन्छन् भने कति लाज पचाएर बढी नै आत्मिक भएको स्वाङ् पार्छन्। अरूले दिएको दानमा आफै दानी जस्तो बनेर मानिसको आँखामा छारो हालिरहेका हुन्छन्। यस्ता व्यक्तिहरू नै पछि गएर एकलोपनाका सिकार हुन्छन् कारण स्वर्ग जानको लागि पनि उनीहरूमा खासै उत्तेजना हुँदैन। उत्तेजना पनि कसरी होस्। ठगठाग गरेर कमाएको सम्पत्तिको लागि कहिल्यै पश्चातप गरेकै छैन। अरुको दानमा कमिसन खाँदै आफू दानी बनि कमाएको झूटो ख्यातिको कारण येशूको नजरमा नजर लाउने आँटै हुँदैन।

तर मित्र, अगापे प्रेममा आफूसँग भएको सम्पत्ति, सेवा, र दक्षताबाट अन्य विस्वासीको जीवनमा हामीले लगानी गरेको छौं भने मानिसले मात्रै होइन स्वयम परमेश्वरले हाम्रो रेखदेख गर्नु हुनेछ। हामीलाई त्यस्ता आत्मिक चेला र चेली दिनुहुने छ जसले हामीलाई दुःखका दिनमा विर्सने छैनन् र एकलो हुन दिने छैनन्। कथनकाल हामीसँग कोही भएन भने पनि स्वर्गदूतहरू पठाएर परमेश्वरले हाम्रो वास्था गर्नु हुनेछ। परमेश्वर भन्नुहुन्छ; “तिमीहरूको बुढ़ेसकालसम्‍म र कपाल फुलेको अवस्‍थासम्‍म म त्‍यही हुँ, म त्‍यही हुँ जसले तँलाई थाम्‍नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्‌नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु” (यशैया ४६४)।

तर जीवनमा परमेश्वरलाई ठाउँ नदिएर संसारको सम्पत्ति र सम्मानकै पछि लाग्यौं भने एकलोपना नै हाम्रो अन्तिम साथी हुनेछ। आज धेरै नेपाली भाषी विश्वासीहरू संसारका हुनेखाने देसमा जीवन यापन गरिरहेका छन्। भर्खरै बसाइँ सरेर गएको कारण सायद नयाँ संसारको नयाँ सपनाले हौसला दिइनै रहेको होला। तर जब त्यो नयाँ संसारको हावापानीमा जीवनचर्या चल्नेछ तब कता कता आफूले छोडेको माटो र पानीको पनि याद आउनेछ। व्यस्त संसार भएको कारण आफन्त र चिनाजानकासँग भेट गर्न महिनौं वा वर्षौं पर्खिनु पर्नेछ। तब एकलोपनाले सजिलै सताउने प्रयास गर्नेछ। यस्तो अवस्थामा पनि मित्रहरू, परमेश्वरको प्रेमलाई धारण गर्दै आफ्ना छिमेकीसँग असल सम्बन्ध निर्माण गर्न सक्नुभएको खण्डमा सजिलै एकलोपनालाई मेटाउन सकिनेछ। तपाईंको छिमेकी नेपाली होस् वा अन्य कुनै जाती, हामी सबै एउटै परमेश्वरका सन्तान भएको तथ्यलाई स्वीकार गर्न सकेको खण्डमा ती मानिसको जीवनमा पनि हामी लगानी गर्न सक्छौं। जुनसुकै जातीका मानिसको माझ हाम्रो बसोबास किन नहोस्, ती मानिसहरूलाई पनि हामी आफ्ना आत्मिक आमाबाबु वा छोराछोरी बनाउन सक्छौं। जतिधेरै आत्मिक आफन्तहरू हामी बनाउन सक्छौं त्यतिनै टाढा एकलोपना हामीबाट भागेर जान्छ।

त्यसकारण संसारमा भौतिक संरचनाहरू निर्माण गर्नुको सट्टा मानिसहरू निर्माण गर्नुहोस्!

  • PASTOR BHOJRAJ BHATTA

source: https://vojraj.blogspot.in/2018/01/blog-post_26.html

डा. के.बि. रोकायाको भनाइको खण्डन ……

रेभ डा बाल कृष्ण शर्मा

आज मैले मेरा मित्र नारायण खड्काले पठाउनुभएको लिङ्कमा एउटा अचम्मको अन्तरवार्ता पढेँ । यस वियमा केही समय पहिलेदेखिनै चर्चा भइरहेको मैले सुनेको थिएँ । यस अन्तरवार्तमा पास्टर डा के बी रोकाया ज्यूले आफ्ना जीवनको अनुभव र ती अनुभवले उब्जाएका तीक्ततालाई व्यक्त गर्नुभएको रहेछ । डा रोकायालाई म बि स २०३८ वा सन् १९८१ देखि नै चिन्छु र उहाँ मेरा आदरणीय ख्रीष्टियान दाइ र साथी हुनुहुन्छ । बेलाबेलमा मैले उहाँको सोचलाई परिवर्तन गर्ने कोशिश गरेको थिएँ ।

उहाँले भनेअनुसार उहाँले मावोवादीको द्वन्द्व कालमा शान्ति स्थापना गर्नका लागि जुन परिश्रम गर्नुभयो त्यसप्रति म कृतज्ञ छु । उहाँले देशमा भएको भ्रष्टाचार र अनियमितताका विरूद्धमा आवाज उठाउनुभयो यसले उहाँको निष्ठालाई सम्बोधन गर्छ । देश निर्माण हुनका लागि इमानदारिता चाहिन्छ भन्ने उहाँको आवाज प्रवल बन्दै जाओस् र यसमा मेरो समर्थन र प्रतिबद्धता छ । उहाँ चेतनशील नगरिक हुनुहुन्छ र हामीलाई उहाँजस्ता व्यक्तित्वको आवश्यकता छ ।
यी सकारात्मक गुणहरु हुँदाहुँदै पनि उहाँका कमजोरीहरु पनि यस अन्तरवार्तमा प्रकट भएका मैले देखेँ र यसलाई सम्बोधन गर्न मलाई करै लाग्यो । म यसलाई व्यक्तिगत रूपमा उहाँकहाँ गएर सम्बोधन गर्ने पक्षमा थिएँ तर अहिले बसेको दूरी अलि टाढा भएको र यो विषय नेपालको लागि र विशेष गरी ख्रीष्टियान समुदायको लागि जटिल भएको हुनाले मैले केही लेख्ने जमर्को गरेको हुँ । इन्टरनेटमा नै उहाँसँगको अन्तरवार्ता छापिएको हुनाले त्यही मिडियालाई मैले प्रयोग गरेको छु र यस विषमा उहाँ लगायत अन्य व्यक्तिहरुसँग म भेटेर कुराकानी गर्न पनि चाहन्छु ।
डा रोकायाको अन्तरवार्तालाई विश्लेषण गर्दा उहाँले एउटा दुईटा विषयको आधारमा त्यसलाई समान्यकरण गर्ने प्रयास गर्नुभएको छ । उहाँको अमिलो अनुभवले उहाँको सोच र निर्णयमा असर पारेको देखिन्छ । एउटा भनाइ छ (your particular good and bad experience should not lead to generalization of an issue)। त्यस किसिमको समान्यकरणको निष्कर्ष गल्ती हुन्छ ।
अब म धेरै विषयहरुलाई सम्बोधन नगरेर उहाँले व्यक्त गर्नुभएको राजसंस्था र हिन्दूधर्म नेपलको पहिचान हो र नेपाल धर्म निरपेक्ष राज्य हुन सक्दैन भन्ने कुरालाई सम्बोधन गर्न चाहन्छु । उहाँलाई यस अन्तरवार्तमा ख्रीष्टियान पास्टर भनी सम्बोधन गरिएको हुनाले ख्रीष्टियानहरूको अडान उहाँको जस्तो हो कि भन्ने बारेमा धेरै जनालाई खुल्दुली लागेको छ र यो सोच उहाँको निजि हो र नेपालका ख्रीष्टयानहरुले यसलाई स्वीकार गर्दैनन् ।

लामो समयसम्म डा रोकायाले नेपालमा उहाँ बाहेक अर्को कुनै ख्रीष्टियान अगुवालाई देख्नुभएको थिएन । उहाँले जहिले पनि ख्रीष्टियान अगुवाहरूको विरोध र टिका टिप्पणी गर्नुहुन्थ्यो । एक दिन मैले उहाँलाई भने रोकाया दाज्यू के तपाईं आफूबाहेक कसैलाई पनि ख्रीष्टियान अगुवा देख्नुहुन्न । नेपालमा परमेश्वरले धेरै आत्मिक अगुवाहरूलाई राख्नुभएको छ र नेपालका ख्रीष्टियानहरूले केही पनि गरेका छैनन् भन्ने भ्रम नपाल्नुहोस् । नेपाल देशमा भएको ख्रीष्टियानहरूको उपस्थिति र उनीहरूको प्रार्थना यो देशको लागि आशिष हो । बाइबलीय शिक्षा यही हो । मेरो नाउँ दिएको प्रजाले आफूलाई नम्र तुल्याएर प्रार्थना गर्छ भने म तिनीहरूको देशलाई निको पार्नेछु भनी परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ र आज हामीले प्रार्थनाद्वारा देशलाई निको पार्ने काम गरिरहेका छौँ । त्यति मात्र होइन नेपालको चर्चले विभिन्न क्षेत्रमा मानिसहरूका लागि प्रार्थना र सहयोग गरिरहेको छ । उहाँको निम्ति मेरो निरन्तर प्रार्थना थियो ।
केही समय पहिले उहाँले नेपालका ख्रीष्टियान अगुवाहरूको अस्तित्वलाई स्वीकार गर्नुभयो र उहाँ विभिन्न अगुवाहरुकहाँ पुगेर सम्बन्ध स्थापित गर्नुभयो । यो उहाँको निम्ति ठूलो विजय थियो र छ ।
मैले माथि नै भनेको छु उहाँ कहिलेकहीँ आफ्नो तीतो अनुभवबाट नयाँ निर्णय गर्नुहुन्छ र त्यो निर्णय दीर्घायु हुँदैन । अहिले उहाँलाई त्यस्तै भएजस्तो लाग्यो ।
पहिलो कुरा त धर्मनिरपेक्षको परिभाषामा पनि उहाँ अलमलमा पर्नुभयो । उहाँले पश्चिमी मानिसहरूले अभ्यास गरेका गलत जीवन शैलीको आधारमा धर्म निरपेक्षलाई परिभाषित गर्नुभयो सो यस विषयमा गरिएको अपरिपक्व निष्कर्ष हो । आज धर्म सापेक्ष बेलायत र धर्म निरपेक्ष अमेरिकामा उही खालका नैतिक पतनहरु छन् । अमेरिकाभन्दा पनि बेलायत नैतिक स्तरमा धेरै तल खस्केको छ । त्यस किसिमको सतही विश्लेषणबाट एक व्यक्ति विचलित भएर धर्म निरपेेक्ष काम लग्दैन भन्नु अपरिपक्वता हो । भारत लगायत विश्वका धेरै देशहरु धर्म निरपेक्ष छन् र पनि धार्मिक अभ्यास गर्ने कुरालाई हटाइएको छैन । मानिसहरुको नैतिक स्तरलाई धर्म सापेक्ष र निरपेक्षका आधारमा मूल्याङ्क गरिनुहुँदैन ।

धर्म निरपेक्ष भनेको कुनै पनि बहुधार्मिक समुदाय वा देशमा राज्यले कुनै एउटा धर्मलाई काखा र अर्कोलाई पाखा गर्न पाइँदैन भन्ने हो । राज्यका सामु सबै धर्महरू बराबर हुन्छन् । विभिन्न धर्महरु मान्ने संख्यकाका आधारमा पक्षपात गर्न पाइँदैन भन्ने हो । धर्म नै मान्न पाइँदैन भन्ने होइन । राज्य कोशबाट कुनै धर्मलाई आर्थिक सहयोग गर्नुहुँदै र गर्नै पर्यो भने सबैलाई गर्नुपर्छ भन्ने हो । यसले सबैलाई पहिचान र सम्मान प्रदान गर्छ । सबैलाई आफ्नो धर्मिक आस्थालाई सुरक्षा गर्ने अवसर प्रदान गर्छ ।
अब हिन्दू धर्मको वकालत गर्नुभनेको हाम्रो समाजलाई अझै विभेदमा राख भन्नु हो । मनुष्मृतिको जातप्रथालाई कायम राख भनेको हो । दलितहरुलाई धार्मिक रूपले दलित नै बनाइराख भनेको हो । किनकि हिन्दू समाजले दिएका विभेदहरु केवल सामाजिक विभेद मात्र होइनन् तर यस विभेदको पाछाडि धर्म जोडिएको छ । म आफै पनि धर्म दर्शन र परमेश्वरशास्त्रको विद्यार्थी भएको हुनाले यी सबै पक्षलाई विश्लेण गरेको छु । त्यही भएर र भारतका धर्मनिरपेक्ष संविधानकार अम्बेदकरले हिन्दू धर्मलाई त्यागी बौद्धमार्गी बने । धर्मनिरपेक्षताले त्यो अधिकार प्रदान गर्छ ।
यसैले नेपालका जनताहरु धर्म निरपेक्षका पक्षमा छन् र सबैलाई धार्मिक स्वतन्त्रतासहितको धर्म निरपेक्षता चाहिन्छ र सबैलाई सम्मानका साथ बाँच्ने अधिकार हुनुपर्छ ।
डा रोकाया भावनामा नडुबी नेपाल राष्ट्रलाई अगाडि बढाउने सकारात्मक सोचमा लाग्नुभएको होस् भन्ने मेरो प्रार्थना छ । धर्मनिरपेक्षका सकारात्मक पक्षमा खोज र अनुषन्धान गरी यसको उपयोग गर्नका लागि उहाँले आफ्नो योग्यता र क्षमतालाई प्रयोग गर्नुभएको होस् । केही खराब मानिसहरुसँगको तीतो अनुभवले सबै मानिसहरू खराब छन् भन्ने निष्कर्ष जहिले पनि अपरिपक्क र गल्ती हुन्छ । धन्यवाद ।

इष्टर सण्डेको सम्बन्धमा बैठक सम्पन्न

१४ माघ ०७४, ललितपुर । प्रभु येशू ख्रीष्टको पुनरुत्थानको दिन इष्टर सण्डेको अवसरमा आयोजना गरिने -याली र इष्टर सण्डेलाई सार्वजनिक विदा गराउन महासंघका सह–अध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीज्यूको अध्यक्षता र अध्यक्ष सी.वी. गहतराजज्यूको विशेष उपस्थितीमा बैठक सम्पन्न भएको छ ।
बैठकमा महासंघका पदाधिकारीज्यूहरु, पा. रुपनारायण तिमल्सिनाज्यू र सल्लाहकार रेभ. प्रकाश सुब्बा लगाएतका विभिन्न मण्डलीका पास्टर अगुवाज्यूको वृहत उपस्थिती रहको थियो । प्रभु येशू ख्रीष्टको पुनरुत्थानको दिन इष्टर सण्डेको अवसरमा आयोजना गरिने -याली र इष्टर सण्डेलाई सार्वजनिक विदा गराउन सबै मिलेर लाग्नुपर्ने उपस्थित पास्टर अगुवाज्यूहरुले आ–आफनो धारणा व्यक्त गर्नुभएको थियो । इष्टर सण्डे -याली समितिको आगामी बैठक माघ २८ गते आइतबार बस्ने निर्णय गर्दै यसको प्रचारप्रसार र व्यवस्थापनको सम्पूर्ण तयारी युवा विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ । उक्त बैठकको सुरुको प्रार्थना सचिव पा. किरण दासज्यूले गर्नुभई समापनको अन्तिम प्रार्थना सह–कोषाध्यक्ष पा. इन्द्र बस्नेतज्यूले गर्नुभएको थियो ।

एक क्याफेमा कफि पिउदै गर्दा एक युवतीले येशूलार्इ विश्वास गरेकी छिन । भिडियो हेर्नुहाेस् ।

एक क्याफेमा कफि पिउदै गर्दा एक युवतीले येशूलार्इ विश्वास गरेकी छिन । सबैले घृणा गरेर निरास भएकी युवतीले येशूमा खुसी अानन्द पाएकी छिन ।  गायिका रेविका ढकालकाे नयाँ गित “त्यो प्रेम..” मा माेडल श्रेया कार्कीले येशूलाइ कसरी विश्वास गरिन् भनेर  गितकाे कथामा अभिनय गरेकी छिन् ।   स्वर, शब्द र रचना गायिका रेबिका ढकालकाे रहेकाे  उक्त  गितकाे भिडियोलार्इ सुमित नेपालीले निर्देशन गरेका छन् ।  भिडियोमा अाधुनिक प्रविधिकाे प्रयोग गरिएकाे निदेशक  सुमितले जानकारी गराउनु भएकाे छ।

हेर्नुहाेस भिडियो ।

एक क्याफेमा कफि पिउदै गर्दा एक युवतीले येशूलार्इ विश्वास गरेकी छिन । सबैले घृणा गरेर निरास भएकी युवतीले येशूमा खुसी अानन्द पाएकी छिन ।  गायिका रेविका ढकालकाे नयाँ गित त्यो प्रेममा माेडल श्रेया कार्कीले येशूलाइ कसरी विश्वास गरिन् भनेर  गितकाे कथामा देखाइएकाे छ ।    शब्द, स्वर र रचना गायिका रेबिका ढकालकाे रहेकाे  उक्त  गितकाे भिडियोलार्इ सुमित नेपालीले निर्देशन गरेका छन् ।  भिडियोमा अाधुनिक प्रविधिकाे प्रयोग गरिएकाे निदेशक  सुमितले जानकारी गराउनु भएकाे छ।

हेर्नुहाेस भिडियो ।

 

नयाँ बर्ष २०१८को सन्देश

१. पुरानो त्याग, नयाँ लगाउ

“धन्‍य आत्‍मामा दीन हुनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। मत्ती ५:३

अध्ययन गरौँ: ३१ “जब मानिसको पुत्र सारा स्‍वर्गदूतहरूसँग आफ्‍नो महिमामा आउनेछ, तब ऊ आफ्‍नो महिमामय सिंहासनमा बस्‍नेछ। ३२र उसको सामुन्‍ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्‍यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ। ३३उसले भेड़ाहरूलाई आफ्‍नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्‍नेछ। ३४ “तब राजाले आफ्‍ना दाहिनेपट्टिकाहरूलाई भन्‍नेछ, ‘आओ, मेरा पिताका धन्‍यका हो! संसारको उत्‍पत्तिदेखि तिमीहरूका निम्‍ति तयार गरिएको राज्‍यलाई अधिकार गर। ३५किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ। ३६नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्‍त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्‍यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’ ३७ “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्‍यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्‍यौं, र पिउन दियौं? ३८कहिले हामीले तपाईंलाई परदेशी देख्‍यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्‍यौं र वस्‍त्र लगाइदियौं? ३९र कहिले हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंकहाँ आयौं?’ ४०“तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यी मेरा भाइहरूमध्‍ये सबैभन्‍दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्‍यो तिमीहरूले मलाई नै गर्‍यौ।’

नयाँ बर्षको प्रार्थना: धन्यवाद प्रभु, मलाई तपाइले नितान्त नयाँ साल दिनुभयो। मैले जसरी जिउनु पर्ने हो त्यसरीनै मलाई जिउन सिकाउनुहोस्, जसै हरेक दिन म यात्रा तय गर्नेछु। मलाई नम्र बुद्धि दिनुहोस् ताकि म मेरा मित्रहरुलाई सहायता गरूँ, बल र सामर्थ दिनुहोस् ताकि मेरा काँध सहायताको निम्ति म उधार दिनसकूँ। बर्ष भरका आउने समयहरु खाली छन् त्यसलाई असल कुराहरुले भर्न मलाई सहायता गर्नुहोस् जसले हरेक दिन आनन्द र खुशी लिएर आउनेछ। आमेन  

टिप्पणीहरु: येशु प्रभुले उपदेश र उदाहरणबाट उहाँका चेलाहरु र हामीहरु एक नम्र दास हुनु साथै विश्वसनीय र भरोसायोग्य हुनुमा कति महत्वपूर्ण छ भनि स्पष्ट पार्नुभयो। येशुले आफुलाई रित्याउनु भयो ताकि उहाँ पितामा भरोसायोग्य हुन सकोस तर साथै उहाँको मानवीयपनले, शरीरमा रहदा पनि हामी कसरी जिउन र सेवा गर्नुपर्छ भनि हामीलाई नमुनाको रुपमा प्रस्तुत गर्नुभयो। मत्ती ५:३ उहाँको उपदेशको एक टुक्रा हो, जसले भन्दछ “धन्य आत्मामा दीनहुनेहरु किनभने स्वर्गको राज्य तिनीहरुको निम्ति हो”। आत्मामा दीन हुनुभनेको निराश हुनु, शोक मनाउनु वा दुखित हुनु भनिएको होइन। यसले सरल अर्थमा निर्भर हुनु भनेको, मानवीय व्यक्तिगत सीमाहरु र कमजोरपनको पहिचान गर्नु हो तर संगसंगै माथीबाटको स्वर्गीय सहयोगलाई स्वीकार गर्नु पनि हो ताकि त्यो पापमय जीवनशैली, कमजोरपन र सिमितताहरुलाई जित्नसकौं। यो पदले हामी अशिषित छौँ र यदि हामीलाई परमेश्वरको खाँचो कति धेरै रहेछ भनि नियाल्न सक्यौं भनि हो। नतिजा स्वरूप एउटा सम्पन्न र विजयी जीवन हुनेछ र साथै हाम्रा स्वर्गीय पिता र मुक्तिदाता संग हाम्रो अनन्तको सम्बन्ध र अनन्तको घर हुनेछ। हाम्रो मानवीय स्वभावमा दीन हुनाले उहाँको आत्मामा धनि बन्न मदत गर्दछ। “यदि हामीले परमेश्वरको काम उहाँकै इच्छा अनुरुप, उहाँको समयमा, उहाँकै शक्तिमा गर्यौं भने हामी संग परमेश्वरको आशिष रहनेछ” – लियोनार्ड रेभनहिल्ड जसै हामी २०१८ सालको सुरुवातमा प्रवेस गरेकाछौँ, २०१७ सालका कुराहरु माथी मनन गर्नु र उहाँको पवित्रआत्माद्वारा भरिएर हामी तयारी हुन र निर्देशित हुनका निम्ति यो एकदमनै असल समय हो। तर आफ्नो स्वार्थपूर्ण र हानीकारक उद्देश्यहरु, भोक र  नियतिहरु नरित्याईकन सम्भव हुँदैन। पवित्रआत्मा हाम्रो निमन्त्रणा बिना हाम्रो हृदयमा भएका अरु देवताहरु र हामीले मुल्यवान ठान्ने हाम्रा व्यवहार र अरु कुराहरुसंगै बास गर्नुहुन्न। त्यस्ताकुराहरु छन् जसले हामीलाई उहाँलाई पछ्याउन देखि रोक्दछ र त्यसबेला हामीसंग भएका भन्दा बहुमुल्य कुरा गुमाउन पुग्छौं तर दुखको कुरा चाहिं यदि हामीले पक्रीराखेका ती पुराना अर्थहीन कुराहरुलाई त्यागेनौ भने हामी संग भएका र हामीलाई अत्यावश्यक हुने दुवै कुरालाई गुमाउनेछौं।  जिम एलिवट, एक मिशनरी हुन् जसले एतिहासिक इन्डियनस्हरु माझ प्रचार गर्न सानै उमेरमा आफ्नो जीवन समर्पण गरे, उनि भन्छन् “त्यो मुर्ख होइन जसले गुमाउन नसक्ने कुरा प्राप्त गर्नका निम्ति आफुले राख्न नसक्ने कुरालाई त्यागदछ”। उसलाई थाहा थियो कि आफैमा भएको के कुरालाई फ्याक्नुपर्छ र आफुलाई परमेश्वरद्वारा भरिन दिनुपर्छ।

टिप्पणीहरु: २०१७को अन्त्य भई २०१८ आइपुगी सकेको छ। हरेक साल ख्रीष्टमस र नयाँ बर्ष बिचको समय, बितेको सालभरिमा ख्रीष्टद्वारा हाम्रो जीवनमा भएका घटनाहरु र प्रभावहरुको मनन गर्ने एउटा असल समय हो। तपाईको निम्ति के महत्वपूर्ण भयो होला? सफलता वा असफलता भयो कि, कार्यमा वा मण्डली वा परिवारमा? के कुराको प्राप्ति भयो र के गुमाउनुपरेको कुराको महसुस भयो? बाहिरीरुपमा हेर्दा त सायद आर्थिक रुपमा वा पदमा वृद्धि वा घटि भयो होला। जति हामी बृद्द हुँदै जान्छौं हाम्रो खस्किदो स्वास्थ्य एउटा समस्या बन्न पुग्छ र हामीले पाएको स्वस्थ शरीरलाई लापरबाही नगरिकन वास्ता गर्न हामीलाई उत्साहित गर्दछ। यो एक यस्तो समय पनि हो नराम्रा बानीहरु त्यागी राम्रो बानीहरुको सृजना गर्नु। तर यो समय अझै सबभन्दा महत्वपूर्ण के कुरा छ र त्यस्तो के कुरा थियो होला जो हामीले सकेको भए २०१७ मा पुरा गर्नेथियौं? हामीले अब गर्नुपर्ने चाँही दुवै कुरा छ, पुराना गल्तिहरु नदोहोर्याउने र त्यो गल्ति र पापका कारण भएका क्षतिहरुलाई मर्मत/निको पार्ने।

 

१) बिगतसंग हामी के कुरामा आभारी भयौं र के सिक्यौं?

  • ती व्यक्तिहरु संगको अनुभव जो आफ्नो बोलावट र परमेश्वरसंगको सम्बन्धमा इमान्दार र आज्ञाकारी थिए। वचनमा भएका इतिहासका उदाहरणहरु र हाम्रा आफ्नै बिगत र हाम्रो मण्डली अनि हाम्रो परिवारको इतिहासहरु।
  • ख्रीष्टले हाम्रो निम्ति बाइबलको मूल्यमान्यता र निर्देशनद्वारा स्थापित गर्नुभएका संस्कार र अपेक्षाहरु।
  • ख्रीष्टको गवाही र साक्षी दिने व्यक्तिहरु जसले आफ्नो परिवर्तित जीवनद्वारा गवाही दिए।
  • साथै ती व्यक्तिका जीवन र त्यसको परिणामहरु, जसले पापपूर्ण र मुर्खतापूर्ण कुराको छनोट गरे इतिहासबाट र वचनहरुमा र साथै हाम्रो जीवनकालमा पनि।

२) हामीले निश्चिन्त विश्वास स्वरूप के पाएका छौँ जसै हामी सफल भविष्यको निम्ति तयारी गर्दैछौं?

  • परमेश्वरका प्रतिज्ञाहरु जो हामीमा लागु हुन्छ र हामीभन्दा अघिकाहरु संग पनि थियो। परमेश्वरको महानकाम हामी भन्दा अघिकाहरु संग र बिगतका बर्षहरु देखि उहाँ हामीसंग बिश्वासयोग्य हुनुहुन्छ भनि प्रमाणित छ र भविष्यमा पनि हुनेछ जसरी हाम्रो र अरुहरुको बिगतमा पनि हुनुभयो।
  • हाम्रो र उनीहरुको बिगतमा सफलता र हारबाट सिकेका बुद्धिकाकुराहरु। ख्रीष्टको क्षमादानको उपहार स्वीकार गरि प्राप्त फाइदा र अनुग्रह, मुक्ति साथै पवित्र आत्माको निरन्तर उपस्थिति हाम्रो र उनीहरुको जीवनमा। परमेश्वरले पनि वचनमा उदाहरणहरु दिनु भएको छ हामीलाई अगुवाई गर्न र उत्साह दिन, जसरी सैतानले उनीहरुलाई र हामीलाई पनि परिक्षित गरे, तर परमेश्वरको अपरिवर्तनीय विश्वासयोग्यता उनीहरु र हामीहरु सबैको लागि जसले आफ्नो हृदय परमेश्वरलाई स्वीकार गर्नको निम्ति खुला गर्दछ।
  • परमेश्वर प्रति हामी आभारी छौं र हामी भन्दा अघिका तिनीहरु प्रतिपनि जसले उहाँको शिक्षालाई पछ्याए।
  • केहि उदाहरणहरु जसले हामीलाई भविष्यको डर माथी विजयी हुन सहयाता गर्नेछ: दानियल, एस्तर, योसेफ, नोआ, दाउद, मरियम, अय्युब, हन्ना, रुथ आदि। भजनसंग्रह र हितोपदेशले बिशेष गरिकन प्रयासरत समयहरु र भविष्यमा हामीलाई सहायता गर्दछ। महत्वपूर्ण पदहरु जान्नु र स्मरण गर्नाले पनि हामीलाई उत्साह, आशा र सामर्थय दिदछ जुनबेला हामीलाई शंका र डरले घेरेको हुन्छ।
  • हाम्रा मार्गहरुमा बुदिमानी इसाईहरुलाई हाम्रो उत्साह र सल्लाहको निम्ति र हाम्रो यात्रामा हामीलाई सहायता गर्नका निम्ति भनेर परमेश्वरले आउने सालमा राखिदिनुहुनेछ।
  • आवश्यकतामा परेका अरुहरुको निम्ति पनि बुद्धिमानी साथी बन्नको निम्ति हामीलाई पनि अवसर छ। कान्छो तिमोथीको निम्ति पावल बन्नका निम्ति र साथसाथै बृद्ध हुँदै गईरहेको पावलको निम्ति सहायता गर्ने तिमोथी बन्नको निम्ति। त्यस्तो अवसरहरु आउनेछ जसै हामी २०१८मा अरुहरुको निम्ति त्यस्तो साथी बन्ने कदम चाल्ने छौं।
  • २०१७मा भएका ती अवरोधहरुको बारेमा सोचौं र पछि हामीले कसैलाई सहायता गर्न वा कसैको निम्ति गवाही बन्नबाट चुकी पछुताएका घटनाहरुको बारेमा सोचौं। हतार नगर्नका निम्ति सिक्न त्यस्ता उदाहरणहरुको सम्झना गरौँ र साथै बिना चेतावनीको अवसरहरु जो परमेश्वरले हामीलाई कहिलेकाँही दिने गर्नुहुन्छ ती कुरा प्रति पनि संबेदनशील बनौं। गुमाएका अवसरहरुको निम्ति परमेश्वरसंग क्षमा मागी भविष्यमा आउने त्यस्ता अवसरहरु नगुमाउनको निम्ति परमेश्वर संग सहायताको निम्ति हरेक दिन प्रार्थनामा निवेदन गर्ने।
  • ती समयहरुको बारेमा पनि सोचौं जुन समय २०१७मा हामी रोकिन पुग्यौं र प्रभाव पार्ने कुराकानीहरु र शब्दहरुको बारेमा मनन गरौँ जसद्वारा दुवै तर्फी आशिषित भयौं र समस्यामा परेकाको निम्ति सेवागर्ने अवसर पायौं। यस्ता कुराहरुको स्मरणले पनि हामीलाई संबेदनशील भई भविष्यमा आउने चुनौतीहरुलाई पनि अवसरको रुपमा लिई त्यसको फाईदा लिन सिक्नुपर्दछ। साथै सम्झिनुपर्दछ कि कसरी हामीले गर्नुपर्ने महत्वपूर्ण कार्यहरुमा चुनौती हुँदाहुँदै पनि त्यसलाई पुरा गर्न परमेश्वरले सहायता गर्नुभयो।

 

म निर्भयसाथ् भन्न सक्छु कि हामीले नयाँ सालको निम्ति गर्ने प्रतिज्ञाहरु भन्दा पनि हाम्रो परिवारसंगको र ख्रीष्टसंगको सम्बन्ध चाँही अझ बढी महत्वको र बहुमुल्य हुनेछ। ख्रीष्ट संगको हाम्रो सम्बन्ध कस्तो छ भन्ने कुराले हाम्रो सम्बन्ध परिवारसंग, मण्डलीसंग र हामीले खेल्ने वा हामी जानेहरेक ठाउँका व्यक्तिहरुसंगको सम्बन्धलाई प्रभाव पार्दछ। उहाँ संगको हाम्रो सम्बन्धले हामीलाई अझै ख्रीष्ट जस्तै हुन जोड गर्दछ र त्यस्तै सम्बन्ध अरुहरुसंग हुनका निम्ति पनि। २०१८ साल ख्रीष्टसंगको हाम्रो समबन्ध र आज्ञाकारीपूर्ण हुनमा केन्द्रित हुनु जरुरी छ, उहाँले हामीलाई जे गर्न र जस्तो हुनका निम्ति बोलाउनुभएको छ, सार्वजनिक ठाउँमा र बिशेष गरिकन जब हामी एक्लै हुन्छौं दुवै अवस्थामा आज्ञाकारी हुनु पर्दछ। सम्बन्ध भन्ने कुरा हरेक दिन केहि मिनेटको प्रार्थना र आराधनामा मात्र सिमित हुँदैन  तर ख्रीष्टसंगको प्रार्थना र संगती प्रतिको हाम्रो चरित्रले र दिनभरी कामको समयमा र अरुसंग बिताउने समयमा र बिभिन्न कुराकानीहरुले पनि जनाउँदछ। त्यसैकारण जब अरुहरुले नदेखेको बेला पनि हामी उहाँको अगुवाईलाई पछ्याउँछौं भने त्यो नै सबभन्दा महत्वपूर्ण हो। यो त्यति बेला हुँदछ जति बेला हाम्रो आज्ञाकारिताद्वारा उहाँ प्रतिको प्रेम झल्किरहेको हुन्छ नकि अरुको देखावटी स्याबासी पाउने लालसा बोकेर हामी उहाँको आज्ञापालन गर्दछौं। ति लोभ्याउने कुराहरु बितेर जानेछन र त्यसले केहि इनाम ल्याउने छैन तर ख्रीष्टले मात्र अनन्तको उपहार र आशिष दिनुहुनेछ। कसैले नदेखेको अवस्थामा उहांले हामीलाई वास्ता गरिरहनुहुन्छ। यद्धपि इनाम पाउनकै लागि मात्र उत्साहित हुने भने होइन तर ख्रीष्टको प्रशंसा गर्नको निम्ति हो जसले हाम्रा निम्ति आफैलाई रित्याउनु भयो र आफ्ना पापमय स्वभावहरु र कार्यहरुलाई सफा गरिदिनुहुन्छ। जसै हामी उहाँसंगको गहिराईमा हिँड्दछौं हामीलाई अझै गहिरो रुपमा सहायता गर्नुहुनेछ। के २०१८साल उहाँसंग र उहाँको निम्ति गहिरो संगति र सेवा २०१७ सालको भन्दा धेरै हुनेछ? रोजाई हाम्रो हो। उहाँ हाम्रो उत्कट निर्णयलाई पर्खिरहनु भएकोछ र यदि हामीले हुन्छ प्रभु भन्यौ र उहाँको हात समाउन अघि बढ्यौ भने हामीलाई आज्ञाकारिताको गहिरो हिँडाईमा डोर्याउन चाहनुहुन्छ। हामीले हिड्नु पर्ने मार्गहरु उहाँ जान्नुहुन्छ किनभने त्यो मार्ग उहाँ हिडिसक्नु भएको छ र त्यसको निम्ति हामीलाई तयारी गराउन र हामी संगसंगै उहाँ पनि हिड्न तयार हुनुहुन्छ। आमेन

 

परमेश्वरको आशिष तपाईहरु सबैमा रहोस्, म प्रार्थना गर्दछु, तपाई र तपाईहरुको परिवारको निम्ति २०१८ साल आशिषमय र परमेश्वरको सहायताले भरिउन र अझ बिशेष गरिकन उहाँको उपास्थितिले भरिओस।  

 

Author: Don McDaniel, USA

Translated By: Lomas Shrestha

बिलिभर्स ईस्टर्न चर्च सेमिनरीको २५ औं दीक्षान्त समारोह

१९ नोभेम्बर, २०१७ का दिन बिलिभर्स ईस्टर्न चर्च सेमिनरी, नेपालको २५ औं संयुक्त दीक्षान्त समारोह भक्तपुरस्थित सेमिनरीमा सम्पन्न भएको छ। बिशप गोपाल क्षेत्रीको प्रार्थनाबाट सुरु भएको समारोहमा आमन्त्रित अतिथिहरूको स्वागत पोखरा डायोसिसका भिकार जेनेरल डा. चित्रकुमार रुपाचाले गर्नुभएको थियो|

भक्तपुरस्थित बाइबल सेमिनरी १ मार्च, १९९३ बाट र गर्ल्स सेमिनरी चितवनको भीमनगरमा सन् २००१ बाट सुरु भएको हो। अत: यो भक्तपुर सेमिनरीको २५ औं र चितवन सेमिनरीको १६ औं दीक्षान्त समारोह थियो। यस समारोहमा प्रमुख अतिथिको रूपमा काठमाडौं डायोसिसका बिशप हेमचन्द्र शर्माका साथै, विशेष अतिथिका रूपमा पोखरा डायोसिसबाट बिशप गोपाल क्षेत्री र बिर्तामोड डायोसिसबाट बिशप धनबहादुर तामाङ आमन्त्रित हुनुहुन्थ्यो।

समारोहमा भक्तपुर सेमिनरीका प्रिन्सिपल फा. ख्रीष्टपावल तामाङ तथा चितवन  सेमिनरीका प्रिन्सिपल उर्मिला लामाले क्रमैसँग आ-आफ्ना मातहतका सेमिनरीको प्रतिवेदन प्रस्तुत गर्नुभयो। दुइटै सेमिनरीका छात्र-छात्राहरूको प्रतिनिधित्व गर्दै विधार्थी सलबहादुर तामाङले विधार्थीहरूको सेमिनरीको गतिविधि र सेवकाइको क्षेत्रमा प्राप्त उपलब्धिबारे विस्तृत जानकारी दिनुभयो|

यस पटकको दीक्षान्त समारोहमा भक्तपुर सेमिनरीबाट ९ जनाले जी.टी.एच. र चितवन सेमिनरीबाट ३० जनाले डी.टी.एचको प्रमाण पत्र पाप्त गरे। दीक्षित विद्यार्थीहरूलाई प्रमाण-पत्र बिशप हेमचन्द्र शर्माले प्रदान गर्नुभएको थियो भने, पुरस्कार हस्तान्तरण बिशपद्वय गोपाल क्षेत्री र धनबहादुर तामाङले गर्नुभएको थियो।  समारोहमा, भक्तपुर सेमिनरीका विधार्थीहरू नवीन तामाङ, सलबहादुर तामाङ, बुद्धिमान तामाङ, संदीप प्रजा र थमानसिं देंगा मगरका साथै, चितवन सेमिनरीका विधार्थीहरू प्रिस्किला छिनाल, लीडिया थापा, सरिता नेपाली, गंगा मगर र टिका नेपाली आफ्ना पूरा शैक्षिक अवधिमा असल र उत्कृष्ट विधार्थीहरूका रूपमा दरिएका हुनाले पुरस्कृत भए|

बिशप हेमचन्द्र शर्माले २ तिमोथी ४:१-२ बाट बोल्नुहुँदै दीक्षित विद्यार्थीहरू तथा सबै ख्रीष्टियजनले समेत सुसमाचार प्रचार गर्नुपर्ने कुरामा जोड् दिनुभयो। प्रभुलाई ग्रहण गराउन कसैसँग जबरदस्ती गर्नुहुँदैन भन्दै उहाँले प्रभु येशूको सुसमाचारले मात्र हाम्रो देश र समाजमा, दयनीय अवस्थामा जिइरहेका मानिसहरूको जीवनमा परिवर्तन ल्याउन सक्छ भन्नुभयो। समारोहमा दुवाकोट प्रहरी चौकीका प्रमुख स. ई. तथा विशेष प्रहरी विभागका सदस्य, तथा अन्य मण्डली र संस्थाका अगुवाजन पनि उपस्थित थिए। समारोहको अन्त्यमा पा. शशीधर चपाइँले समारोहमा उपस्थित सबैलाई कृतज्ञता प्रकट गरे|