दिपेश एक युवा हुन । एक जना किसानको छोरीको गहिरो प्रेममा डुबेका हुन्छन् । जसरी भएपछि छोरी माग्न जान्छन् । किसान आफै खेतबारीमा व्यस्त थिए ।
विभिन्न कुराकानी बल्ल उनका छोरी माग्न आएको कुरा बताउँछन् । किसान मुस्कृुराउँदै भन्छन्, “ प्रिय छोरा उता गएर उभिए, म ३ बाट गोरु पालैपालो छोड्छु, तिमीले त्यस गोरुहरुको पुच्छर समात्यौं भने म मेरो छोरी तिमीलाई दिन्छु ।”

पूरा बलका साथमा दिपेश तयार हुन्छन् । उहाँसँग जोस, जाँगर, हिम्मत, बलसँग तयार हुन्छ । उताबाट किसानले पहिलो गोरु छोड्छ । बलियो गोरु थियो । उसले सोच्दछ, “ भो… यो बलियो रहेछ । अर्कोलाई समात्छु भनेर उसले निर्णय गर्दछ । त्यो गोरु उसको छेउबाट जान्छ ।

फेरी अर्को गोरु दोस्रो ढोकाबाट निस्कन्छ । अचम्म…. अविश्वनिय… दुर्लभ… कहिले नदेखेको गोरु हुन्छ । सायद यो असम्भव नै छ । उसले भन्दछ, “यसमा बल लगाउनु भन्दा त अन्तिम आउने लगाउँदा ठिक छ ।” त्यो दोस्रो गोरु पनि उसकै अगाडिबाट जान्छ ।

तेस्रो ढोका खुल्दछ । उसको अनुहारमा उज्यालोसहितको मुस्कान छर्दछ । अचम्म…. अविश्वनिय… दुर्लभ… कहिले नदेखेको तेस्रो गोरु उसको अगाडि हुन्छ । कति नै कमजोर, दुब्लो र हिड्ने मुश्किल…. विस्तारै विस्तारै गोरु अघि वढ्छ ।
उ पूरा तयारीको साथ अघि वढछ् । पूरा बलको साथ बुरुक उफ्रेर… हात पुच्छर समाउन खोज्दछ .. अवसोच त्यस गोरुको पुच्छरै हुँदैन ।

जीवनमा सधैं अवसरहरु आउँदैन …. आएको अवसरलाई तुरुन्तै समाउन सक्दनु पर्दछ ।
– संकलन ः रामहरी थापा
सक्दो शेयर गरौं… लाखौं जनतासमक्ष पुगाऔं ।