नेपाली ख्रीष्टियन युवा मञ्चको पहलमा आर्थिक सहयोग

नेपाली इसाई समुदायमा उदाउदै गरेको नेपाली ख्रीष्टियन युवा मञ्चको पहलमा आज एक विरामीलाई आर्थिक सहयोग गरेको छ । २ महिना अघि मात्र गठन भएको सो मञ्चले इसाई समुदायका निम्ति सकारात्मक कार्यहरु गर्दै आइरहेको छ ।
धादिङस्थित आशिष चर्चका २२ बर्षिया मिलन तामाङलाई गम्भिर फोक्सोको रोगले ग्रस्त थिए । आर्थिक अभावको कारणले उपचार गर्न सकेको थिएनन् । चर्च लगायत इसाई तथा गैर इसाईहरु चन्दा संकलन गरि उपचारको निम्ति काठमाडौं पठाएका थिए । तर सो चन्दा सकिएकोले थप उपचारको निम्ति आर्थिक संकटमा परेका थिए । सो कुरा मञ्चका महासचिव तुलसी श्रेष्ठले थाहा पाँएपछि उनको उपचारको निम्ति सहयोग रकम उठाउन थाल्नु भएको थियो ।
उनको उपचारको निम्ति हङ्गकङ्गमा बसोबास गरिरहेकी शुम्मा घले (रुथ) को पहलमा रु.३७,२४०÷– नगद मञ्चलाई प्राप्त भएको थियो साथै नेपाल पुर्नरुत्थापन मण्डलीका पाष्टर ओमकुमार श्रेष्ठले नगद ४ हजार उपलब्ध गराउनु भएको थियो भने अन्यबाट २ हजार प्राप्त भएको जानकारी महासचिवले वचन पत्रिकालाई गराउनु भयो ।

मनमोहन अस्पतालमा रहेका मिलनलाई पाष्टर ओमकुमार श्रेष्ठ, विश्वास थापा र महासचिव तुलसी श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो । थप उपचारको निम्ति अरु रकम आवश्यक रहेकोले साहयता गरि दिनु हुनको लागि उनको आमाले आवह्रन गरेकी छिन् ।

३ वर्षको जेल सजाय सुनाओ

कानून अन्धो हुन्छ, त्यसले प्रमाणको नाममा जोसुकैलाई अन्याय बोकाउँछ। आज यस्तै भएको छ, चिनीमाया ब्लोनको मुद्दामा । उनलाई बालबालिकामाथि शोषण, मानव बेचबिखनको उद्देश्यले बिना इजाजत ओसारपसार र धर्म परिवर्तनको उद्योग गरेको दोषी करार गरी ३ वर्षको जेल सजाय सुनाएको कुरा जानकारी पाउँदा “असल गर्नेका हात काटिएको” तीतो अनुभूति भैरहेको छ। उनले २०६८ देखि अनाथ र अभाव झेल्दै आएका बालबालिकाको संरक्षण गर्ने काम गरिन्, स्थानीय मिडियाले उनको खुलेर प्रशंसा गर्यो, तर कोहीकोही डाही बने, समयमा संस्था नवीकरण हुन दिइएन र चरम आर्थिक अभावले बालबालिका राख्न नसक्ने अवस्थामा पुगेकी उनले तिनका अविभावकलाई जिम्मा लगाउने भनी काठमाडौं ल्याइन्। त्यसका लागि जिल्ला प्रशासनले उनलाई मौखिक अनुमति पनि दियो, अहिले त्यही कागजको अभावमा उनलाई दोषी तुल्याउने काम भयो । उनलेे ल्याएका बालबालिकाहरूलाई मानवीय सहयोग गरेबापत पा. हरि तामाङले पनि दोषी बन्नुपर्ने ? चर्चमा बालबालिका राखिएकोमा पुलिस र कथित बालअधिकार कर्मीहरूले धर्म परिवर्तनको उद्योग ठाने, चर्च के हो ? के कुनै आराधना स्थल वा मन्दिरमा अप्ठ्यारो भोग्दै गरेका बालबालिकाहरूलाई शरण दिँदा अपराध मान्नुपर्ने मानसिकतालाई सही मान्नू? यस्तै दुराशयपूर्ण प्रमाणलाई आधार मानी माननीय न्यायाधीशले फैसला सुनाउनु त भयो, तर उहाँको विवेकले मानवीय सेवा र कल्याणको पक्षमा अब कस्तो न्याय देख्ला, प्रश्न उठाउनुपर्ने भयो । चिनीमायालाई ३ वर्षको जेल सजाय हुने रे! अनि हरि र पीडित भनिएकै बालबालिकाहरूमध्ये एक बालककी अामा चन्द्रा लिम्बूले समेत सेवा गरेकै कारण डेढ-डेढवर्ष जेल सजाय भोग्नुपर्ने ? यो कस्तो न्याय ?
अब उच्च न्यायालयको ढोका घच्घच्याउनुको बिकल्प रहेन!

येशू को हुनुहुन्छ ?

हामीले येशूको बारेमा बताउने प्राचीन स्रोतहरूलाई केलाइरहेका छौँ । हिजो हामीले ख्रीष्टियान स्रोतहरू (नयाँ करार र नयाँ करारेतर) लाई हेर्यौँे भने आजबाट हामी गैरख्रीष्टियान स्रोतहरूलाई हेर्न सुरु गर्नेछौँ ।

२. गैरख्रीष्टियान स्रोतहरू
ख्रिस्टाब्द १९७९ मा चार्ल्स टेम्प्लेटोनद्वारा लिखित परमेश्वरको काम नामक उपन्यासमा काल्पनिक पुरातत्त्वविद्ले प्रस्तुत गरेको अभिव्यक्ति धेरै मानिसहरूको विश्वाससित मेल खान्छ होला, “आफूलाई मसीह ठान्ने एउटा दुर्बोध जवान यहूदीका शिक्षाहरूमा ख्रीष्टियान मण्डलीका धेरै दाबीहरू आश्रित छन् । आफ्नो जीवनकालमा तिनले खासै ठुलो प्रभाव पारेनन् । सेकुलर इतिहासमा तिनको बारेमा एउटै शब्द लेखिएको छैन । एउटै पनि शब्द छैन । रोमीहरूद्वारा तिनको बारेमा कुनै उल्लेख छैन । योसिफसले पनि खासै उल्लेख गरेका छैनन् ।”

तर टेम्प्लेटोनको काल्पनिक पात्र कति गलत छ भनेर इतिहासलाई वास्तवमा अध्ययन गर्ने व्यक्तिले तुरुन्त बुझिहाल्छ । किनकि योसिफस र टासिटसका कृतिहरूमा हामीसँग उहाँको बारेमा ज्यादै महत्त्वपूर्ण जानकारीहरू उपलब्ध छन् । योसिफस यहूदी इतिहासकार थिए भने टासिटस रोमी इतिहासकार । गैरख्रीष्टियानहरूले येशूको बारेमा केही लेखेका छैनन् भनी कतिपय मानिसहरू भ्रममा परेका छन् । तर यो साँचो होइन । गैरख्रीष्टियान स्रोतहरूमध्ये पहिले यहूदी स्रोतलाई जाँच गरिनेछ ।

ख. यहूदी स्रोतहरू
(१) योसिफस
ख्रिस्टाब्द ६६ मा प्यालेसटाइनका यहूदीहरूले रोमी शासनको विरुद्धमा विद्रोह गरे । त्यस बेला प्यालेसटाइन रोमको उपनिवेश थियो । विद्रोहीहरूलाई दबाउन रोमी सम्राट् नेरोले सेनापति भेस्पासियनको नेतृत्वमा सेनाको एउटा टोली त्यहाँ पठाए । ख्रिस्टाब्द ६७ मा भेस्पासियनले विद्रोह भइरहेको क्षेत्र गालीलको योतापातालाई घेरे । यस्तो अवस्थामा रोमी अधिकारीहरूसामु आत्मसमर्पण गर्नुभन्दा बरु प्यालेसटाइनका बासिन्दाहरूले साधारणत: आत्महत्या गर्थे । कैयौँ विद्रोहीहरूले त्यसै गरे । तर घेराबन्दीको सतचालिसौँ दिनमा एक जना यहूदी विद्रोहीले रोमी सेनाको सामु आत्मसर्पण गरे । तिनले भेस्पासियनको अनुग्रह पाए र भेस्पासियनका छोरा सेनापति तितसद्वारा पछि तिनलाई रोममा लगियो । आत्मसमर्पण गर्ने ती जवान व्यक्ति अरू कोही नभएर फ्लाभिअस योसिफस (करिब ३७-१००) थिए जो अन्त्यमा तत्कालीन समयको महान्‌तम यहूदी इतिहासकार बने ।

भोली हामी येशूको बारेमा यिनै योसिफद्वारा व्यक्त भनाइलाई उद्धृत गरी विश्लेषण गर्नेछौँ ।

क्रमशः