सन् १९३० अप्रिल २४ दिनमा बुबा जोसेफ र आमा सुममति रोंगोंगबाट जन्मुभएको राजेन्द्रकुमार रोंगोंग हो  । पादरी गंगप्रसाद प्रधानका हाँगा हुनुहुन्छ । उहाँ पादरीको जेठी छोरीको, माइली छोरीको जेठा छोरा । गंगाप्रसाद प्रधानको पनाती हुनुहुन्छ । उहाँको आÇनो बुबा इलामबाट हुनुहुन्थ्यो । कामको सिलसिलामा उहाँको बुबा भारतको कालिम्पाङ्कतिर लाग्नु भयो । रोंगोंग भनेको इलामको लेप्चा थर हो । नबुझेर कसैले रोङगुन, कसैले रङगीन त कसैले राँगा पनि भनेका छन् । २ छोरी, १ छोरा र नातिनातिनाका साथमा आÇनै निवास सानेपा स्थायी रूपमा बसोबास रहेको छ । वरिष्ठ पाष्टर रोवर्ट कार्थकको बहिनी जर्मित कार्थकसँग विवाह गर्नुभएको थियो । लामो बैवाहिक जीवनयापन गरेका रोंगोंग, स्वर्गवासी धर्मपत्नीको अभाव महशुस गर्नुहुन्छ । वरिष्ठ पाष्टर रोर्वट कार्थकलाई दाइ भन्न औधि रूचाउनु हुन्छ ।

पाष्टर रोर्वट कार्थक र राजेन्द्र रोंगोंग अगुवाइमा नेपाली इसाई मण्डली संस्थापक हुनुहुन्छ । जवानबाट एकै हलोमा बाँधिएका यी जोडी कहिले पनि छुट्टिएनन् । जसको स्वरुप स्थापित ज्ञानेश्वर मण्डली हुन पुग्यो । एक उदाहरण पनि    हुनुहुन्छ । सबैको लागि ।

 

कसरी येशूलाई चिन्नु भयो ?

गंगाप्रसाद प्रधानबाट ४ पुस्ते ख्रीष्टियन, नामताङ्क (जोसेफ) बाट ३ पुस्ते ख्रीष्टियन हुनुहुन्थ्यो । स्वत ख्रीष्टियन उहाँलाई  लाग्थियो ।  चर्च जाने आउने हुन्थ्यो तर उद्धार, मुक्तिको ज्ञान नै थिएन । येशू किन कू्रसमा मर्नुभएको त्यो पनि राम्रोसँग थाहा  थिएन । एकपटक विलिग्राहमले भनेको वा लेखेको कुराले मनममा छाप पर्यो । मोटर गाडीको दराजमा कोही जन्यो भने त्यो मोटर हुन्छ र ? कोही ख्रीष्टियन घरानामा जन्मिदैमा त्यो ख्रीष्टियन हुँदैन । ख्रीष्टियन बन्नु पर्दछ । येशूमा जन्मनु पर्दछ । विस्तारै सिक्दै जानुभयो ।

पंजावबाट जोडनजान खान आउनुभयो, उहाँ अग्लो हुनुहुन्थ्यो । आत्मिक पनि त्यतिकै । राजेन्द्र थपे, “खानले हेरेपछि भित्र पाप हेरे जस्तो मलाई लाग्यो ।” पछि उहाँले राजेन्दैलाई हिन्दीमा यसरी सोध्नुभयो ।

खान : मर्ने कै बाद कहाँ जाहेगे ?

राजेन्द्र : नर्कमै…।

उहाँले येशूको बारेमा सिकाउनु भयो साथै प्रार्थना पनि गर्न लगाउनु भयो ।

फेरी सोध्नुभयो,

खान : मर्ने कै बाद कहाँ जाहेगे ?

राजेन्द्र :  नर्कमै…।

फेरी सम्झाउन भयो र गाली गर्नुभयो । प्रार्थना गर्न सिकाउनु   भयो । फेरी सोध्नुभयो,

खान : मर्ने कै बाद कहाँ जाहेगे ?

राजेन्द्र : स्वर्गमै … ।

खान : अब पाप ककेगा कि नैगरेगा ?

राजेन्द्र :  नही करेगा … ।

खान : तुम्हारा बाप दारु खाके माँ को मारेगा । तुम क्या   गरेगा ?

राजेन्द्र : बापको मारेगा … ।

खान : बापको मार्ना पाप है कि नही है ?

राजेन्द्र :  है … ।

यसरी खानले सोधेको प्रश्नबाट कसरी उम्के थाहा छैन । उहाँले उहाँलाई धेरै कुरा सिकाउनु भयो ।

खान बेलुकी घरमा आउनुभयो । संगति दिनुभयो । उहाँले यूहन्ना ३ बाट बोल्नु भएको थियो । येशूलाई मुक्तिदाता भनि विश्वास गरे ।

कसरी रोर्वट काथर्कसँग  भेटभयो ?

उहाँको बुबा पुलिस हुनुहुन्थ्यो । विभिन्न ठाउँहरूमा जानु पर्ने बाध्यता थियो । उहाँले १० वटा स्कुल चाहारी सक्नुभएको थियो । कलेज पास गरेर सकेपछि कालिङपुङ्कमा विज्ञान विषय थिएन । डाक्टर बन्ने इच्छा पनि अधुरो रहयो । सन् १९४६ मा पा. रोवर्ट कार्थकसँग भेटभयो ।  कालिङपुङ्कको जाने गरेको चर्चमा युथ कार्यक्रम (ईश्वर रत्न झुण्ड)     थियो । एक जना जवान, हेन्मस, नजिकै भएर नमस्कार गर्नुभयो । त्यो बेला जयमसिह भन्ने थिएन । रोवर्टले भने, “कहाँबाट आउनु भएको भाइ ?” भाइभन्दा उहाँको हृदयलाई छोयो । त्योदेखिको सम्बन्ध आजसम्म गाढा र ताजा छँदैछ । त्यसपछि पा. रोवर्ट  र उहाँ विभिन्न कार्यक्रम, प्रार्थना र मिसनमा सँगै काम गर्नुभयो । पाष्टर रोवर्टको ज्याइ पनि हुनुभयो । रोवर्ट कार्थकलाई उहा“लाई अगमवक्ताको रूपमा लिनुहुन्छ । उहाँबाट धेरै नै कुरा सिक्नुभइरहको छ ।

नेपालमा आउने योजना कसरी ब¥यो ?

सानैमा उहाँको आमाले नेपाल देशको लागि अर्पण गर्नुभएको थियोे । उहाँको आमाले मिसनरीहरूलाई अंग्रेजी भाषा सिकाउनु हुन्थ्यो । मिस एलिजा बेथ फ्राङ्कलिन (बेलायत)लाई पनि अंग्रेजी सिकाउन भएको थियो । त्यही मिस एलिजाले स्कुलमा पनि पढाउनु हुन्थ्यो । उनीले उहाँहरूलाई बाइबलिय  शिक्षा तथा व्यवहारिक शिक्षा सिकाउनु हुन्थ्यो । उहाँको आमाबाट राजेन्द्रको बारे सबै थाहा गर्नुभएको थियो । सानैमा आमाले नेपालको लागि अर्पण गरेका कुरा मिस एलिजाले सम्झाउँदा उहाँ अनकनाउनु भयो । उहाँ २०, २१ वर्षको हुनुहुन्थ्यो । त्यस बेलामा युथहरूमा जागृति पनि आएको थियो । नेपालका जानको लागि तयार हुनुभयो ।

उहाँको त्यस बेलाको चर्चमा धेरै पढ्नु र धेरै पैसा कमाउनु पाप हो भन्ने सिकाउथ्यो ।  वि.ए. अध्ययनको लागि अन्यौल  भयो । पढ्ने कि नपढ्ने भन्ने विषयमा । प्रभुको अनुग्रहमा वि.ए. पास हुनुभयो । त्यस बेलामा उहाँसँग सबै पुस्तक पनि थिएन न त कुन कुन पुस्तक पढाइ हुन्छ त्यसको पनि हाम्रोसँग ज्ञान थिएन । अरूले भनेको आधारमा पढेर उहाँले पास गर्नुभयो ।

सन् १९५० तिर रोवर्ट कार्थक र र उहाँ रक्सौल हुँदै नेपाल आउनुभएको थियो । काठमाडौंसम्म आउने हाम्रो इच्छा थियो तर हेटौंडासम्म मात्र आउन सक्नुभयो । अचम्मको कुरा इसाई भनेको त्यहाँ मान्छेले नबुझ्ने, पाप बारेमा बताउँदा      नबझ्ने । उनीहरूलाई यस्ता कुराहरूका बास्तै थिएन । उहाँहरु त्यहीबाट फर्कनुभयो ।

नेपालबाट एक टिम आएको थियो । त्यो टिमको उद्देश्य नेपाललाई शिक्षाको क्षेत्रमा सहायता पु¥याउने थियो । त्यो टिममा एक जना अमेरिकन नागरिक, डा. टेकनाथ उप्रेती हुनुहुन्थ्यो । वि.ए. पास भएका प्रवासी नेपालीहरूलाई खोज्दै आउनु भएको थियो । उहाँले अमेरिका पनि लग्ने आश्वसन दिनुभएको थियो ।

उहाँ नेपाल आउन तयार हुँदा उहाँको आमामात्र राजी हुनुभयो । तर बुबा र श्रीमतीले पठाउन चाहनु भएको     थिएन । यो कुरा रोवर्ट कार्थकसँग पनि पुग्यो । डा. राजेन्द्र रोंगोंग अनुसार, “रोवर्ट कार्थक कलेजमा पनि पढ्न अबल हुनुहुन्थ्यो । दाजुको हातमा प्रायःजसो बाइबल हुन्थ्यो । खेलकुद हुँदा पनि एक कुनामा बसेर बालबल अध्ययन गरेको मैले देखेको थिए ।” रोवर्ट कार्थक पनि नेपाल आउन तयार   हुनुभयो । जसले गर्दा उहाँलाई पनि बाटो खुल्यो । जम्मा ११ जना नेपाल जानको लागि तयार हुनुभयो । नेपाल गएर के  गर्ने ? कसले पैसा दिने ? आदिको कुनै ठेगाना थिएन । नेपाल आउनु ४ दिन लाग्यो । मिमरा आएर डिसी ३ हनुमान प्लेन चढेर काठमाडौं आइपुग्नुभएका थिए ।

सिधै भक्तपुर आइपुग्यौं । १२ कोठाको नयाँ घर थियो । तर चर्पीको व्यवस्था नै थिएन । नयाँ ठाउँ, नयाँ घर महिला दिदीबहिनी रुदै थिए । रोवर्ट कार्थकले प्रार्थना गर्नुभयो । खाना खायौं तर महिला दिदीबहिनी रुने क्रम रोकिएको थिएन । त्यही बेला एक जना नेवारज्यू रक्सीले मातिएर  “टुट् गएया दिल…।” गीत गाउँदै हिड्नु भएको थियो । त्यसपछि सबैजना हाँसे र त्यस रात बित्यो ।

भक्तपुरमा सबै स्कुलमा काम खोज्न जानुभयो । काम त मिल्थ्यो तर उहाँको परिचय ख्रीष्टियन भएर दिँदा अचम्म मानिथ्यो । ख्रीष्टियन भएको कारणले काँही पनि काम   मिलेन । एक अमेरिकनको स्कुल रहेछ । उसले उहाँलाई बोलायो । नेपाली नागरिकता भएको त्यहाँ पनि काम पाउनु भएन । तर प्राथमिक स्कुलको लागि तालिम लिनुभयो । त्यो तालिममा सबैजना दौरा सुरुवाल लगाएका थिए भने उहाँले मात्र सट् र पान्इट लगाउनु भएकोले सबैजनाको नजर उहाँमा थियो । उहाँले वचनलाई भने, “कतिले मास्टर सा”व कति पढ्नु भएको ? विए … ।”  अचम्म मानेका    थिए । त्यहाँ कोही कक्षा ८ मा पढेका थिए कोही भने कक्षा २ मा पढेका पनि थिए ।

प्रवासको नेपालीका लागि नेपालमा त्यो बेलामा गाह्रो     थियो । उहाँहरुलाई पढाउने  शिक्षक राष्ट्र कवि माधवप्रसाद धिमिरे हुनुहुन्थ्यो । राष्ट्र कवि भने, “सबैले आफ्नो गाँउको बारेमा निवन्ध लेखेर ल्याउनुहोस् ।” भक्तपुरको ज्यापुको बारेमा लेख्न उहाँलाई मन लाग्यो । ज्यापुहरूको छोराछोरीले ६ वर्षको उमेरसँग आफ्नो बुबालाई देखेको हुँदैन्थ्यो । किनभने उनीहरु उठ्नु भन्दा अगाडि काम जान्थे र उनीहरू सुतेपछि घर   फर्केन्थे । यो बारेमा लेखेर लग्दा राष्ट्र कविले भने, “रंगमजी … तपाईंको लेखे राम्रो छ । तपाईंको लेखले मलाई छायो ।” यस्तो उत्साहको शब्द अगाडि बढ्ने मौका पाउनुभयो । उहाँले भने, “अरूको अघि जान डर लाग्ने र बोली पनि भक्भकाउने थिए । यस्तो हुन्छ, होला भनेर सोचेको पनि थिएन ।”

त्यही बेलामा परमेश्वरको बारेमा बताउँदा ति मानिसहरूलाई एउटा ईश्वरका कुनै ज्ञानै थिएन । तर पनि प्रायः लाई परमेश्वरको बारेमा बताउने गर्नुहुन्थ्यो । परमेश्वरको खुल्मखुला भने बताउन सक्नुभएन । बताउँदा पापको सामान्य ज्ञान भएकोले बताउन गाह्रो हुन्थ्यो ।

भक्तपुरमा विदेशीहरुलाई स्कुल संचालन गर्न नपाउने भएकोले उहाँहरु काठमाडौं सर्नुपर्यो ।

भुवनलाल जोशीको वनस्थली स्कुल खोल्नुभएको थियो । त्यहाँ बल्लबल्ल काम पाउनुभयो तर ७ महिनासम्म काम गर्दा पनि एकपैसा पाउनु भएन । उहाँले नागरिकताको लागि निवेदन दिनुभएको थियो । त्यो बेलाको व्यवस्था प्रवासी नेपालीहरुको लागि फर्केर आएमा १ वर्षमा नै नागरिकता पाइन्थ्यो । उहाँले वि.स. २०१३ सालमा नेपाल आउनुभयो भने वि.स. २०१४ सालमा नागरिकता पाउनु भएको थियो । पा. रोवर्ट कार्थकको चाहिँ नागरिकता मिलेन किनभने उहाँको पुर्खा सिकिमको थिए । अहिलेसम्म पनि पा. रोवर्ट कार्थकले नेपाली नागरिकता लिनुभएको छैन । त्यो बेलामा ६ वर्षमा दिने चलन थियो तर पनि पाउनु भएन । पछि १२ वर्षमा दिने व्यवस्था थियो तर पनि पाउनु भएन ।  पाष्टर रोवर्टका छोरा पाष्टर सामुएल कार्थक बल्लबल नागरिकता दियो । तर उहाँको कान्छो छोरा दानिएललाई भने नागरिकता सरकारले दिएन । कस्तो अन्याय ?

बाइबलको उल्थासम्बन्धमा धेरैको भ्रमात्मक छ ?

धेरैको बुझाइ यो छ कि विलियम केरीले नेपाली बाइबल उल्था गर्ने जिम्मा पाएका थिए र त्यो जिम्मा पादरी गंगाप्रसाद प्रधानलाई दिइयो । यो बास्तवमा सत्य होइन । विलियम केरीले बाइबल उल्था शुरु गर्नुभयो तर नयाँ करारमा मात्र       गर्नुभयो । पूरै बाइबल पूरा गर्न सक्नुभएन । तर गंगाप्रसाद प्रधानले विलियम केरीको कामको निरन्तरता दिनुभएको  होइन । छुट्टै उहाँले बाइलबल उल्था गर्ने काम गर्नुभयो । गंगाप्रसाद प्रधानको बारेमा अझ जानकारी चाहिएमा पुस्तकमा खोजेर पढ्नु होस् ।

पहिलो विएड गर्ने व्यक्ति ।

नागरिकता नपाउनेजल १ वर्ष विएड गर्नुहोस् भनेर सरहरूले भन्नुभयो । त्यसपछि पढ्न थाल्नु भयो । पढेको बापत पैसा पनि दिइन्थ्यो । ६ महिनापछि नागरिकता पाएपछि महिनाको ८० रुपैया दियो । ६ महिनाको एकमुष्ट पैसा लिँदा पहिलो पटक लुगा हाल्नुभएको थियो । १४ महिना लगाएर बल्ल कोर्ष सक्यो । परिक्षामा पास पनि हुनुभयो । हस्तलिखित प्रमाण पत्र प्राप्त  गर्नुभयो । रोचक यो छ कि उहाँको रजिष्टेसन नम्बर १, रोल नम्बर पनि १ थियो । एकजना विधार्थी उत्पादन गर्न १ करोड भन्दा वढी लगानी लाग्यो रे ¤ जम्मा ३, ४ सय विधार्थीहरू थिए । हिसाव गर्दा सबैको भार उहाँलाई परेछ । पछि डिल्ली, भारतबाट मान्यता प्राप्त दियो । त्यहाँ पनि गएर पढ्नु पर्यो । वि.स. २०१६ सालमा लेक्चर पनि बन्नुभयो । छात्रबृद्धि पाएर अमेरिकमा पिएचडी गर्ने मौका पनि    पाउनुभयो ।

उपत्यकाको चर्चको इतिहास

सन् १९५६ सालमा पुतलीसडकका शुरु भयो भने सन् १९५७ सालमा सानो झुण्डबाट नेपाली इसाई मण्डली (ज्ञानेश्वर मण्डली) शुरु भएको हो । कति मानिसहरु अंग्रेजी सिक्न आउनुहुन्थ्यो । सिकाउँदा टेस्ट बुक बाइबल बनाएर सिकाउनुहुन्थ्यो ।

वि.सं. २०१६ तिर समयमा पाल्पामा प्रेम प्रधान लगायत ११ जना जेल परेका थिए । युएमएनका पूर्व जोनाथन लिङ्कदेन, ज्ञान शाह, प्रकाश राई, उहाँ लगायत साथीहरू गृह मन्त्रालयमा गयौं । त्यहाँ गृह मन्त्रीका सहायक हाकिमले भने, “यो गल्ती भएको हो,यो काँग्रेसको सरकार हो । हाम्रो झण्डामा ४ तारा छन् । त्यसमध्ये १ तारा धर्र्मनिरपेक्षता पनि हो ।” तर १ हप्ता पछि छुट्ने आश्वसन दिएका थिए । त्यसपछि वि.सं. २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिए र हिन्दू राष्ट्र घोषणा गरे ।  हिन्दू राष्ट्र भएपछि मुद्दा लम्बियो । अन्तः प्रेम प्रधानलाई ६ वर्ष जेल पर्नुभयो भने अरू १ वर्ष जेल परे । साथै आÇनो जात फर्काउनु पर्ने सर्त थियो ।

त्यो बेला रोवर्ट कार्थक बाइबल कजेज पढ्न      जानुभयो । सबै जिम्मेबरी उहाँमा आयो । एकजना विश्वास गरेका भाइ मण्डलीमा आउनुभयो । भाइ भने, “विश्वास गरिसके अब बप्तिष्मा दिनुहोस् ।” त्यस्तो भन्दा उहाँ झस्किनु भयो । उहाँले भन्नुभयो, “भाइ ¤ बप्तिष्मा लिदाँ के हुन्छ ? थाहा छ नि ¤”  भाइले थपे, “मैले यस्तो प्रभु पाँए । उहाँले मेरो आत्मा बचाउनुभयो । जे भए पनि बप्तिष्मा लिन तयार छु । तपाईंलाई डर लाग्छ भने होस ¤” त्यस्तो भन्दा उहाँलाई ठूलो चुनौती भयो । प्रार्थनासहित सल्लाह भयो र विदाको दिन तोकी बप्तिष्मा कार्यक्रम हुने भयो । कालोपुलको धोवीखोला सुनसान थियो । घरहरू पनि थिएन । खाल्डो खन्नुभयो । दिदीबहिनीहरू माथि डाँडामा बस्ने र कोही मान्छे आएरमा खबर गर्ने र छोरो मान्छे चाँडो चाँडो बप्तिष्मा दिने । त्यो दिन शिवरात्रीको दिन रहेछ । कसैले पनि उहाँहरूलाई बास्ता नै गरेनन् । त्यो नै ज्ञानेश्वर पहिलो बप्तिष्मा थियो । पछि त्यो भाइ कता जानुभयो । भेटघाट नै भएन ।

उहाँलाई जती सतावट भयो उती नै मान्छे थपिन थाल्यो । कतिले भन्थे, “जति सताए पनि यिनीहरू दब्दैनन् ।” त्यो बेलामा सरकारले भने, “बाहिर प्रचार नगर्नु ।” उहाँहरूले चर्चभित्रमा प्रचार गर्ने काम गर्नुभयो । त्यो बेलामा कालो कभर र रातो किताब देख्ने वितिक्कै प्रहरीले पक्रेर लग्थ्यो र पिटाइ पनि खानु पर्यौ ।

अर्को रमाइलो कुरा । वि.एड. कक्षामा निरन्तरता दिने ५ जना मात्र थिए । त्यसमा सबैले सुरुवाल लाँएथे । उहाँमात्र पेन्ट र सर्ट लगाउँदा सबैले जमिनदारको छोरा हो भन्ने ठान्थे । तर उहाँले प्रष्ट पारिदिनुभयो । कुराकानीको सिलसिलामा उहाँले भन्नुभयो, “म ख्रीष्टियन” साथीले भने, “ख्रीष्टियन ¤”  फेरी उहाँले भन्नुभयो, “हो, म ख्रीष्टियन ।” अर्को साथीले भने, “ नेपाली पनि ख्रीष्टियन हुन्छ र ¤”  “हो, म ख्रीष्टियन ।” अर्को साथी रिसले भने, “तिमी मूला ख्रीष्टियन ।” फेरी उहाँ भन्नुभयो, “ हो… म मूला ख्रीष्टियन ।”  त्यो बेलाका साथीहरूका सोचाइ ख्रीष्टियनहरूले ईश्वर मान्दैन रे ¤ उहाँले ख्रीष्टियन झन् वढी ईश्वरलाई मान्छन् । पाप क्षमा र स्वर्गमा विश्वास गर्ने मानिसहरू हुन् भनेर बताउने भएको थियो ।

पिएचडी परेपछि सह–सचिवमा, विभिन्न आइएनजिओबाट धेरै अफर आयो तर उहाँलाई आÇनो बोलावटमा स्थिर रहनुभयो । बोलावट नै चासोको विषय हुनुपर्दछ । अरूमा ध्यान नै गएन । उहाँले भन्नुभयो, “लामो जीवनमा कति गल्ती गरियो होला तर पनि बोलावटमा पक्का भएँ ।”

परमेश्वरको महान् आज्ञा मात्र होइन जिम्मेबारी पनि हो । पछिल्लो समय यही कुरामा उहाँ लागि रहनुभएको छ । परमेश्वरको राज्य फरक छ । परमेश्वरको छोराछोरी जहाँ पुग्छ, जान्छन् र गर्छन । परमेश्वरको राज्यमा धार्मिकता, प्रेम, शान्ति र आनन्द पनि हो । यो कुरा बताउने हाम्रो जिम्मेबारी हो । परमेश्वरले दिनुभएको जीवन जिउने समय हो । प्रभुमा एकतामा रहनु पर्ने समय पनि हो । सेवा २ प्रकारका हुन्छ । एक परमेश्वरको गर्ने सेवा र छिमेकीलाई गर्ने सेवा । हामी सबै सेवाहरुमा लाग्यौै । धन्यवाद ।

 

With Bishwas Thapa