टोक्यो, जापान
आज उत्साह नेपाली चर्च जापानले पाँचौ वार्षिक उत्सव सम्पन्न गरेको छ । विभिन्न ठाउँबाट नेपाली भाषी संगतिबाट पनि प्रतिनिधित्वहरुको उपस्थिति रहेको थियो ।पाचौं संस्करण मनाउदै गर्दा मण्डलीको एतिहासिक पृष्ठभूमि शुरुवातदेखि हालसम्मको क्रियाकलापहरु भिडियोसंगै बृस्तृत प्रस्तुतिकरण डिकन समिना रुपचाले गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपालमा बिशेष बालबालिका क्षेत्रमा मिनिस्ट्री गरिराख्नुभएको जपनिज अगुवा हिदेगी जिम्बो रहेको थियो र वहाले करिब २५ वर्ष अगाडी जापानमा प्रबेश गर्नुभएको हाल नेपालमा प्रसंशा मण्डली काठमाडौका अगुवा बिजय मानन्धरले पनि शुभकामना मन्तब्यसंगै परमेश्वरको योजना र जापानमा नेपालि संगतिको लागि धेरै अगाडी देखि प्रार्थाना भैरहेको र एक अर्काको निम्ति प्रार्थना लाइ बिशेष जोड दिनुभएको थियो ।परमेश्वरको बचन स्थानिय मण्डलीका पास्टर चन्द्रकिरण मगरले प्रबचन गर्नुभएको आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका,यी नै कुरा परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्‍ति तयार पार्नुभएको छ।” ‭‭१ कोरिन्थी‬ ‭२:९
जुन बचन “उत्साह मण्डली” को पर्यावाची शब्द हो भनि पारिवारिक प्रार्थना इ स २०११ बाट अनौपचारिक र इ स २०१४ देखि औपचारिक रुपमा शुरु भइ हाल सम्म केहि पृष्ठभूमि प्रस्टाउनुभएको थियो । मण्डलीबाट शुरुका सबै फ़ाउण्डरहरु र मण्डलीमा जपनिस आगुवाको रुपमा सहायता तथा मध्यस्त गर्नुहुने हुदेकी जिम्बो सबैलाइ धन्यवाद तथा सम्मान गरेको थियो । विभिन्न गित ,नृत्य, कविता तथा जीवन गवाइ बाट मनोरंजन तथा आशिषित समय रह्यो र विभिन्न नेपाली संगति बाट आएका प्रतिनिधिहरुले पनि शुभकामना मन्तब्य राख्नु
भएको थियो । अन्तमा सबै कार्यक्रमको जिम्मेवारी लिने टिमलाई धन्यवाद दिएर अगुवा सुरजचन्द गुरुङले कार्यक्रम सिद्दिएको घोषणा गरको थियो ।