अपांग बाल शिक्षा सराेकार केन्द्र बिर्तामोड झापाका बाल बालिकाहरुलाई इम्मानुएल नेपाली चर्च,फक्सटन युकेले खाध्यान्न सहयाेग गर्नुका साथै नगद प्रदान गरेकाे छ। लामाे समयकाे लकडाउनकाे कारण शारीरिकरुपमा अशक्त बालबालिकाहरुलाई खाध्यान्न संकट भएको जानकारी स्थानिय प्रार्थना भवन मण्डली,बिर्तामोडका पाष्टर गंगा अालेले जानकारी गराउनुभए पश्चात युके स्थित नेपाली चर्चले खाध्यान्न सहयाेग पठाएको इम्मानुएल नेपाली चर्च युकेका एल्डर सुबास लिम्बुले बताए ।
“खाध्यान्न अभाव भएको समयमा सम्झेर हाम्राे नानीहरूलाई भाेकभाेकै बस्नबाट बचाई सात डाँडा पारि बाट सहयाेग गर्नुहुने नेपाली चर्च युके परिवारलाई हामी हृदयबाट नमन गर्दछाै।” सहयाेग बुझ्दै अपांग बाल शिक्षा सराेकार केन्द्र, बिर्तामोडका अध्यक्ष कृष्ण देब दुलालले बताउनुभयाे। साे बाल सराेकार केन्द्रमा १४ जना शारीरिक रुपमा अशक्त बालबालिकाले अाश्रयलिई अध्ययन गरिरहेका छन।त्यसैगरी इटहरी, इक्राई,चतरा र धरानका अति विपन्न एकल महिला र शारीरिक रुपमा अशक्त भएका २८ परिवारलाई खाध्यान्न सहयाेग स्वरुप १ बाेरा चामल,दाल,तेल,नुन चिनी,चियापती,न्युटेला,चना र साबुन प्रदान गर्नुका साथै भाेकाहरुलाई निशुल्क भाेजन वितरण कार्यकाे लागि अभियानकर्ता विश्वास थापालाई रू. दश हजार प्रदान गरेकाे छ। यस अघि उक्त चर्चले बिराटनगरका अति विपन्न तथा एकल महिलाकाे ३२ परिवारलाई खाध्यान्न र नगद सहयाेग प्रदान गरेकाे थियाे। “हाम्राे शरिर युकेमा छ तर हृदय नेपालमा, संकटकाे बेला हामी हाम्राे दाजुभाई,दिदीबहिनीहरुकाे साथमा सदा रहनेछाै।” इम्मानुएल नेपाली चर्च,युकेका डिकन तथा समाजसेवी तिल कुमारी (एस्तर)लिम्बुले बताईन। यस खाध्यान्न सहयाेग वितरण कार्यकाे संयाेजन इम्मानुएल कृपा चर्च,धरानका वरिष्ठ पाष्टर रेभ.हिमाल जाेसेफ राईले गर्नुभएको थियाे।
amit kumar mahara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)
Hari Saharan Adhikari( Ajirkot Rural Municipality-04, Gorkha) ,Now in Butwal/Chitwan/ Pokhara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)