Month: July 2020

स्वर्गीय एस्तर थापाको श्रद्धाञ्जली सभा

ललितपुरको सातदोबाटोस्थित स्तुति पशंसा मण्डलीका पा. अमर थापाका धर्मपत्नी स्वर्गीय एस्तर थापाको आज अन्तिम विदाई तथा श्रद्धाञ्जली सभा भयो । उहाँ २०७७ साउन ९ गते शुक्रबारको दिन विहान १०ः३० बजे प्रभुमा सुत्नु भएको थियो । उहाँको जन्म वि.सं. २०२२ कार्तिक १६ गतेका दिनमा भएको थियो । ५५ वर्षको उमेरमा उहाँ अनन्तको घरमा प्रवेश गर्नु भएको छ । उहाँ प्रभुमा सुत्नु भएको एक हप्ता पछि आज श्रद्धाञ्जली सभा भयो ।
सोही मण्डलीका एल्डर डेविट लेप्चाले परमेश्वरको वचनबाट सान्त्वना दिनुभएको थियो । उहाँले सच्चा गुरुआमाको भुमिका खेलेर स्वर्ग जानुभयो । परमेश्वरको वचनले हामीलाई मलमपट्टीको काम गर्दछ । हामीसँग जिउँदो आशा रहेको छ ।

विभिन्न व्यक्तिहरुले उहाँको बारेमा बताउनु भयो । उहाँको श्रीमान् पा. अमर थापाले आमापछि दोस्रो आमा रुपमा माया, प्रेम, वास्ता गरेको बताउनु भयो साथै स्तुति प्रशंसा मण्डली यहाँसम्म आउन उहाँको अतुलनिय योगदानको चर्चापरिचर्या गर्नुभएको थियो ।

स्वर्गीय थापाले क्यान्सर रोगको उपचार गराइ रहनु भएको थियो । उहाँको १ छोरा र २ छोरी रहेका छन् । उहाँको पार्थिव शरिरलाई चितवनमा समाधि गरिनेछ । नेपाली इसाई समुदायमा पनि स्तुति प्रशंसा मण्डलीको महत्वपूर्ण योगदान रहेको छ । उहाँको श्रीमान् पा. अमर थापा सो मण्डलीका संस्थापक पाष्टर हुनुहुन्छ । मण्डलीलाई देशविदेशबाट सान्त्वना पत्र, फोनहरु आइरहेको छ ।

प्रतिविम्बित र बृद्धी कार्यक्रम भब्यताको साथ सम्पन्न

२७ जुलाई २०२० मा ललितपुरस्थित क्वालिटी व्याङक्वेटमा सँग–सँगै सिकौं भन्ने विषयमा एक दिने नेपाली ख्रीष्टियन मिडिया तालिम सम्पन्न भएको छ । सो कार्यक्रममा शुरुको प्रार्थना पा. राजेश पन्तले गर्नुभएको थियो भने संचालनद्धय दिनेश श्रेष्ठ र हिरा खड्गीले गर्नुभएको थियो । कार्यक्रममा डा. विपी खनालले ख्रीष्टियन मिडियाको इतिहासको बारेमा विस्तृत रुपमा चर्चापरिचर्चा गर्नुभएको थियो । उहाँले ख्रीष्टियन मिडिया यहाँसम्म आउनुमा धेरै अग्रजहरुको योगदान बारे बताउनु भएको थियो । साथै ख्रीष्टियन मिडियाहरु धेरै नै अघि बढेको उहाँको ठम्याइ छ ।
संचारकर्मी कुमारसिंह बिष्टले ख्रीष्टियन मिडियाले नेपालमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको थियो । मिडियाले सुसमाचार, चेला निर्माण केन्द्रिय हुनु पर्दछ साथै मण्डलीको हितको लागि कार्य गर्नु पर्ने बताउनु भयो ।

नेपाली ख्रीष्टियन मिडियाको वर्तमान अवस्थाको बारेमा विश्वास थापाले बताउनु भएको थियो । उहाँले नेपाली ख्रीष्टियन मिडियाकर्मी कोष खडा गर्नु पर्ने अवस्था देखेको बताउनु भयो । संचारकर्मी गाह्रो समयमा, विरामी भएमा वा अन्य भैइपरि आउने सम्भावना देख्दै यो कोष गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले तत्काल १० हजार सो कोष दिने बताउनु भएको थियो ।

सुमित नेपालीले मिडियाकर्मीलाई विभिन्न भिडियो कसरी खिच्ने भनेर सिकाउनु भयो । उहाँले क्यामरा थिच्ने होइन, खिच्ने हुनु पर्दछ भन्ने बताउनु भयो । साथै भिडियो खीच्दा हुने गल्तीहरु र सही कसरी खीच्ने भनेर डेमो देखाउनु भएको थियो । साथै दिनेश श्रेष्ठले मिडियाको अवस्था र खेलेको भूमिकाका चर्चा गर्नुभएको थियो ।

हिरा खड्गीले नेपाली ख्रीष्टियन मिडियाको प्रतिविम्बित र बृद्धी बारेमा प्रष्टसँग सिकाउनु भएको थियो । सँगसँगै कसरी सिक्ने र कसरी अघि बढ्ने भनेर सिकाउनु भएको थियो । बृद्धीको योजना कस्तो हुनुपर्दछ ? हाम्रा गल्ती केके हुन् ? कसरी आफूलाई सुधार गर्दै अघि बढ्ने भन्ने बारेमा प्रष्ट खाका दिनु भएको थियो ।

 

सफल मिडियाकर्मीको संकेतको बारेमा पनि चर्चा गर्नुभएको थियो साथै कसरी गल्तीलाई सुधार्दै फेरी आफ्नो काममा केन्द्रित हुने कुरा सरल प्रकारले सिकाउनु भयो ।

 

 

लाजरस थुलुङद्धारा लिखित जीवनका आँधीबेहरीहरुमा परमेश्वरसँगको घनिष्टतामा हिँड्नु नामक पुस्तक बिमोचन

एक समारोहको बीचमा प्रसिद्ध लेखक तथा बक्ता पा. लाजरस थुलुङद्धारा लिखित जीवनका आँधीबेहरीहरुमा परमेश्वरसँगको घनिष्टतामा हिँड्नु नामक पुस्तक २४ जुलाई २०२० मा गौशालाको एक होटलमा बिमोचन भएको थियो । सो समारोहको संचारकर्मी महिमा भट्टराईले संचालन गरेकी थिएन भने सो पुस्तकको बारेमा डा. महेन्द्र भट्टराई र अधिवक्ता बुद्ध घिसिङले पुस्तकको बताउनु भएको थियो ।
सो पुस्तकको संयुक्त रुपमा बिमोचन रेभ. मंगलमान महर्जन, डा. महेन्द्र भट्टराई, पा. तेज जिरेल, सफल व्यवसायी रामचन्द्र्र तिमोथी, र पा. डिके दानिएलले गर्नुभएको थियो । लगतै रेभ. मंगलमान महर्जनले पुस्तक डेडिकेसनको प्रार्थना गरिदिनुभएको थियो ।
उत्साहको शब्दहरु क्रमश पा.चन्द्र श्रेष्ठ, राजु सुन्दास र धुब्र शिष्यले आफ्नो विचार राख्नुभएको थियो । ध्रुव शिष्यले सामाजिक संचालको प्रयोग गरि भिडियोबाट लाइभ सन्देश दिनुभएको थियो । प्रसिद्ध गायक एड्र्रिन देवान २ वटा गीत जुम सामाजिक संजालको प्रयोग गरि आफनो प्रस्तुति दिनु भएको थियो भने गायिका शुस्मा विश्वकर्माले कति घुँडाहरुको बोलको गीतद्धारा आशिषत बनाइकी थिएन ।

लेखकले २१ औं पुस्तकरुपमा बजारमा ल्याउन पाउदा खुशी व्यक्त गर्नुभएको थियो । उहाले सो पुस्तक बारेमा आफ्नो धारण राख्नुभएको थियो । क्रमश शुरु र अन्तिम प्राार्थना डा. अरविन पोखरेल र पा. वर्णबास श्रेष्ठले गर्नुभएको थियो । सो कार्यक्रम सामाजिक संजालमा लाइभ गरिएको थियो ।