World Health Organization (WHO) अथवा विश्व स्वास्थ्य संगठनको लोगोलाई लिएर यसरी बर्णन गर्ने एक पक्षका क्रिश्चियनहरु पनि छन् :-
“WHO को लोगो हेर्नुस् । एउटा लठ्ठीमा सर्प बेरिएको छ । जो बिश्वभर हावी छ । यो सर्प त्यही सैतान devil सर्पको प्रतिक हो । जसले इभ र आदमलाई स्याउ खान उक्साएको थियो । लठ्ठी चाहिँ त्यही स्याउको रुखको प्रतीक हो । जुन रुखमा त्यो सैतान बेरिएको थियो । सैतान धर्म मान्ने अर्थात लुसिफरियनहरु त्यही सर्पलाई बढी मान्छ्न्…….” आदि इत्यादि ।।।।
यदी तपाईं यी माथि बर्णन गरिए जस्तै सर्पलाई सैतान मानिरहनुभएको छ भने तपाईं अन्धभक्त क्रिश्चियन हुनुहुन्छ ।
सर्प सैतान होइन । सर्प सृष्टिका लाखौं प्राणीहरु मध्ये एक साधारण प्राणी हो । बिश्वभर सर्पका ३४०० प्रजातिहरु छन् । यी मध्ये लगभग ३०० प्रजातिका सर्पहरु बिषालु हुन्छन् । बिषालु सर्पले डसे पछि मान्छे मर्ने भएकोले मान्छेले सर्पलाई नकारात्मक रुपले हेर्न थालेका हुन् । नकारात्मक रुपले हेर्ने भएकोले मान्छेले सर्पलाई नकारात्मक शक्ति शैतानसँग दाँज्न शुरु गरेका हुन् । तर सर्प आफैमा सैतान भने होइन ।
अदनको बगैचामा रहेको आदम र हब्बा (इभ) ले खाएको कुन फल हो ? अझैसम्म निश्चित भएको छैन । त्यसैले त्यो फललाई स्याउ मान्नु पनि अन्धभक्त क्रिश्चियन हुनु हो ।
सैतान धर्म मान्ने वा लुसिफरियनहरु त्यही सर्पलाई बढी मान्छन् भन्नू पनि अन्धभक्त क्रिश्चियन हुनु हो । किनकि क्रिश्चियन बाहेक अरुलाई न लुसिफर थाहा छ । न सैतानलाई सर्प भन्छ भन्ने थाहा छ । न सैतान नै सर्प भन्ने थाहा छ । बरु यी कुराहरु क्रिश्चियनहरुलाई नै बढी थाहा छ । किनकि क्रिश्चियनले नै बढी लुसिफर मान्ने गर्दछ ।
अब हेरौं । किन मेडिकल साइन्ससंग सम्बन्धित स्वास्थ्य संघ संगठनहरुका प्राय सबै लोगोमा सर्प बटारिएका हुन्छन् ? यसका आफ-आफ्नै धारणाहरु भएपनि ती धारणाहरु मध्ये एउटा बाइबलबाट पनि लिइएको छ ।
बाइबलमा यसरी बर्णन गरिएको छ ::
“तब परमप्रभुले ती मानिसहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो, र सर्पले मानिसहरूलाई डसे, र इस्राएलीहरूका धेरै जना मरे। अनि मोशाकहाँ आएर मानिसहरूले भने, “परमप्रभु र तपाईंको विरुद्धमा बोलेर हामीले पाप गरेका छौं। उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्।” तब मोशाले ती मानिसहरूका निम्ति प्रार्थना गरे। परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुण्ड्या। सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्।” तब मोशाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याए। सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे।” (गन्ती 21:6-9)
यस बाइबलका खण्डमा सर्पले डसेर मर्न लागेका मान्छेहरु सर्प कै आकृति हेर्दा बाँचेका थिए । अर्थात् सर्पले डसेको मान्छेको लागि जुन औषधि प्रयोग हुन्छ । त्यो औषधि सर्प कै बिषबाट बनाएको हुन्छ । यो मेडिकल साइन्सको आविष्कार हो । यही आविष्कारको कुरा बाइबलमा प्रतिकात्मक रुपमा हजारौं बर्ष अघि बर्णन गरिएको थियो ।
यदि सर्प सैतान हो भने परमेश्वरले मोशालाई किन सर्प बनाउन लगाउनुभयो ? अब के परमेश्वरले सैतान बनाउन लगाउनुभो भन्न मिल्छ ? अनि सर्प हेरेपछि निको हुनेहरुले के सैतानलाई देखेपछि निको भएका हुन् भन्न मिल्छ र ?
अर्को कुरा मत्ती 10:16 मा सर्प झैं चनाखो हुनु भनेको छ । के अब यसलाई सैतान जस्तै चनाखो हुनु भनेको हो भन्न मिल्छ ?
त्यस्कारण सर्प आफैमा सैतान होइन भन्ने मानसिकता आफूमा सृजना गरौं । अनि लोगोहरुमा, चित्रहरुमा, मुभिहरुमा, भिडियोहरुमा, पुस्तकहरुमा, मन्दिरहरुमा, डकुमेन्ट्रीहरुमा, सपनामा, बिपनामा सर्प देख्ने बित्तिकै “सैतान” भन्ने मानसिकता त्याग्यौं ।
- Himal Limbu Maden Fenduwa
amit kumar mahara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)
Hari Saharan Adhikari( Ajirkot Rural Municipality-04, Gorkha) ,Now in Butwal/Chitwan/ Pokhara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)