\
२७ नोभेम्बर २०२० ।
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको भर्चुअल विधि जुम एप मार्फत दोस्रो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । महासंघ नेपालको प्रवासी तथा गैह्र आवासीय विभागले आयोजनाले दोस्रो अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।
विभिन्न देशमा रहेका नेपाली भाषिक ख्रीष्टियनहरुको सहभागिता रहेको थियो । सो सम्मेलनमा नेपाली इसाई मण्डलीका बरिष्ठ पाष्टर रोर्बट कार्थकले वचनको सेवकाइ गर्नुभएको थियो । कोरोना केही समयपछि हराएर जान्छ तर परमेश्वरको करुणा सधैं रहिरहन्छ भनेर उपस्थित सबैलाई उत्साह दिनुभएको थियो । पाष्टर कार्थक सबै भन्दा बृद्ध र लामो समय पाष्टरीय सेवकाई निरन्तर लागिरहनु भएको छ । उहाँको सुस्वास्थ्यको लागि महासंघको सह अध्यक्ष पा. फिलोमन क्षेत्रीले प्रार्थना गरिदिनुभएको थियो । पाष्टर क्षेत्रीले नै सम्मेलनको सुरुको प्रार्थना गर्नुभएको थियो ।
महासंघका अष्ट्रेलियाका प्रमुख मुना पाण्डेले स्वागत गर्नुभएको थियो भने महासंघको अध्यक्ष सिवी गहतराजले स्वागत मन्तब्य गर्नुभएको थियो ।
अमेरिका स्थित लाइभ चर्चका टिमले आराधनामा अगुवाइ गर्नुभएको थियो ।
अन्तराष्ट्रिय विभागका प्रमुख रिता थापा मगरले महासंघको मिसन र भिजनमा प्रकाश पार्नुभएको थियो ।
एनसिएसका प्रतिनीधि नारायण खड्का एकताको खडेरी रहेको कुरा व्यक्त गर्नुभएको थियो ।
पाष्टर भोज भटट्ले महासंघ किन चाहियो भन्ने विषयमा आफ्नो व्यक्तिगत धारणा व्यक्त गर्नुभएको थियो । महासंघ लगायत अरु समाजमा आफू न भित्र न बाहिरको अवस्थामा रहेका जानकारी समेत गराउनु भएको थियो ।
अधिवक्ता तथा पाष्टर बुद्ध घिसिङले कानूनी विषयमा चर्चापरिर्चा गर्नुभएको थियो । अहिले नेपालको मूल कानूनबाट नेपाली ख्रीष्टियन समुदायलाई असर परेको र यसको समधानको लागि महासंघको अगाडि बढेको जानकारी गराउनु भएको थियो ।
गायिका अन्जु पन्तले केही ख्रीष्टियन भजन गीत र आफ्नो व्यक्तिगत अनुभव बाँड्नु भएको थियो । कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
डा. पाष्टर मनोज श्रेष्ठ (अमेरिका), प्रवासी तथा गैह्र आवासीय विभागका प्रमुख रेभ. पाष्टर निमा घिसिङ (अमेरिका), युरोप महादेश प्रमुख विशप रेभ. डम्बर अधिकारी (जर्मन), एसिया महादेश प्रमुख तथा विभाग सचिव रेभ. पाष्टर राजु बराइली (हङ्गकङ्ग) ले पनि बोल्नु भएको थियो ।
प्रवासी तथा गैह्र आवासीय विभागका सह प्रमुख रेभ. प्रकाश मेघी गुरुङले संचालन गर्नुभएको थियो ।
विभिन्न प्रश्नहरुको जवाफ महासंघको अध्यक्ष सिवी गहतराज, रेभ. पाष्टर निमा घिसिङ (अमेरिका), सह अध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख रीता थापा, कानूनीक सल्लाहकार बुद्ध घिसिङले लगायत दिनुभएको थियो ।
amit kumar mahara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)
Hari Saharan Adhikari( Ajirkot Rural Municipality-04, Gorkha) ,Now in Butwal/Chitwan/ Pokhara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)