लूका २ः१८– ती मानिसहरु सम्भवतः हाल इरान भनिने क्षेत्रका शिक्षित, धार्मिक समुदायका सदस्यहरु थिए । यिनीहरुले नक्षत्र शास्त्र, औषधी र प्राकृतिक बिज्ञानमा बिशेष दख्खल हासिल गरेको हुनुपर्दछ ।
ती ज्ञानी, परदेशी ज्योतिषी आनो उद्धारकर्ताको जन्ममा खुसियाली र रमाहट गर्न आएका थिए । येशू समस्त मानवबाट राजकीय आदर पाउन योग्य हुनुहुन्छ ।
यहूदीहरु र गैर–यहूदीहरु पनि उद्धारको योजनामा सामेल गरिएका छन् । मुख्य पुजाहारीहरु आराधनाका जिम्वेवारी पाएका मन्दिरका सेवकहरु थिए । जनताका शास्त्रीहरु निर्वासनको समयपछि पवित्र शास्त्रको प्रतिलिपी बनाउनेहरु थिए । यिनीहरुलाई पुरानो करारको ब्यवस्था सिकाउन र पालन गर्ने तालिम दिएको हुन्थ्यो र तिनीहरुलाई ज्ञाता भनिन्थ्यो । जनताका शिक्षकहरु र मुख्य पुजाहारीको समायोजनाबाट महासभा वा यहूदी संसद र सर्वोच्च
अदालत बनेको हुन्थ्यो । तिनीहरु यहूदीहरुका सामाजिक र धार्मिक मामिला सम्बन्धी जिम्मेवारी पाएका मानिसहरु थिए । रोमीहरुको अधीनमा तिनीहरुलाई उल्लेख शक्ति र अधिकार पनि दिएको हुन्थ्यो । मत्ती २ः१३

मिश्र देशमा भागी हाल हेरोद राजाले येशूलाई मार्ने प्रयत्न गर्नु र परमेश्वरले बालकलाई सुरक्षा दिनुभएको थियो । यही तरिकाले परमेश्वरले आना मानिसहरुलाई अगुवाइ गर्ने र सुरक्षा प्रदान गर्ने सत्यतालाई प्रष्ट गर्दछ ।

यस विषयमा रहेर ध्यान केन्द्रीत गर्दा  १) उद्धारकर्ताको जन्मको बारेमा लूका र मत्तीलाई केलाएर हेर्दा सबै समूह र बिभिन्न पृष्ठभूमिका मानिसहरु उहाँलाई आराधना गर्न र भेट्न धेरै टाढाबाट यात्रा गरेका थिए । मुक्तिदाताको जन्म सामान्य भए तापनि विशेष थियो ।

२) ख्रीष्टमस भनेर यहाँ उल्लेख नभए पनि ख्रीष्टको जन्मोत्सव मनाउन भेला भएको कुरालाई कसैले काट्न सक्दैन ।

३) ल्याटिन भाषामा ख्रीष्टको अर्थ उद्धारकर्ता मुक्तिदाता हुन्छ । मास भनेको भेला हुनु, जम्मा हुनु, एककठा हुनु भन्ने बुझिन्छ । नेपाली ख्रीष्टियन जगतमा वचनको अध्ययन, र सिकाउने क्रममा अगाडि बढ्न हामी पास्टर गुरुबा र शिक्षकहरुलाई प्रोत्साहन गर्न चाहन्छु । नेपालमा अहिले झूटा शिक्षाले मण्डलीका भेँडाहरुमा फाटो हाल्ने र भड्काउने क्रम तीब्रगतिले अगाडि बढ्नुमा, अगुवाहरुको भेँडाहरुसँग राम्रो सम्बन्धमा कमी भएर नै हो । भेँडाको स्तरअनुसारको खुराक नपाउँदा पनि यस्ता खालको समस्या आउने गर्दछन् । गाई र भेँडा भोक लाग्यो भने भीरमा गएर उँधोमुण्टो हल्लाएर घाँस खानु र पेट भर्नु सामान्य नै हो । राम्रो क्षिक्षा दिएन भने भेँडा राम्रो खानको लागि अर्को खर्कमा जान्छ ।
नेपाली मण्डलीहरुले शिक्षामा विशेष ध्यान दिनुपर्दछ । नक्कली नोटको अध्ययन र अनुसन्धान गर्नुभन्दा पहिला सक्कली नोटको अध्ययन गर्न सिकाउने समय आइसकेको छ ।
भेँडाले चाहिएको समयमा मीठो, स्वादिष्ट भोजन पाउँछ, तब शैतानले लोभ्याउन सक्दैन । बाइबलले झूटा शिक्षकहरु आएर विश्वासलाई डगमगाइदिन्छ भनेर पहिला नै प्रभुले भन्नुभएको छ (मत्ती २४ः१०–१३) । हामीले झूटा शिक्षकहरुको रुप,
भेष र आचरणको बारेमा पनि पहिले नै बताउन र सिकाउन जरुरी देखिन्छ ।
यशैयाको ९ अध्यायमा संकष्टमा परेकाहरुको निम्ति निराश हुनेछैन भनिएको छ । पहिले त उहाँले जबूलूनको देश र नप्तालीको देशलाई नम्र तुल्याउनुभयो, तर भविष्यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्यजातिहरुको गालीललाई सम्मानित तुल्याउनुहुनेछ । अन्धकारमा हिँड्ने मानिसहरुले एउटा ठूलो ज्योति देखेका छन् । मृत्युको छायाँको देशमा बस्नेहरुमाथि एउटा ज्योति उदाएको छ । जबूलून याकूबका दशौं र लेया पट्टीका छैटौं छोरा हुन् । उनका सन्तानले इस्राएलको निम्ति छुट्याएका जमीनमध्ये अरुहरुले भन्दा ठूलो भूभाग अधिकार गरे ।
नप्तालीको (अर्थः कुश्ती लड्ने) याकूब र बिल्हा (राहेल दासी ) का एक छोरा, जसको उल्लेख प्रायः उत्पत्ति ३०ः५ नप्ताली कुलका एक पूर्खा, जुन कुलको नाउँ पुरानो करारको प्रशासनिक सूचीमा प्रायः अन्तिममा आउँछ । यो कुलको भागमा गालील समुद्रदेखि पश्चिममा पर्ने एउटा चैडा भूभाग दिइएको थियो । यसभित्र कनानी सहर हासोर पर्थ्यो, जसले एउटा प्रमुख व्यापारिक मार्गको नियन्त्रणमा गर्‍यो र न्यायकर्ताहरुको सययसम्म यो पुर्णरुपले जितिएको थिएन । यस क्षेत्रमा सम्पूर्ण देशको सबै भन्दा उब्जाउशील जमीनको पनि केही भाग थियो ।
यसबाट बाराक (न्यायकर्ता ४) र गिदोन (न्यायकर्ता ६–७) जस्ता बीरहरुको उदय भयो । अहिलेको नेपालको परिस्थिति र त्यस बेलाको नप्तालीको अवस्था मिल्दोजुल्दो छ ।

मलिलो भूमि नेपाल
बीर गोर्खाली जस्तै गिदोन र बाराक पनि त्यस्तै थिए ।
परमेश्वरले हामी र हाम्रो देशमा ठूलो काम गर्नुभयो र गर्नुहुनेछ । हामी नेपालीहरुको काधँमा लादिएको विभिन्न प्रकारको जुवाहरु चक्नाचुर पारिदिनुभएको छ । हाम्रा बीर गोर्खालीहरुले लडेका लडाइँका सम्झना बिर्साइदिनुहुनेछ ।
लडाइँमा प्रयोग गरेका हरेक सिपाहीका जुत्ता र रगतमा मुछिएको हरेक पोशाक जलाउनलाई छुटाइको हुनेछ र आगोको निम्ति इन्धन हुनेछ । हाम्रो निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरा दिइएको छ, शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार र शक्तिशाली, परमेश्वर अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ । उहाँको शासन र शक्तिको बृद्धिको
कहिल्यै अन्त हुनेछैन । दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ ।
सर्वशक्तिमान परमप्रभुको जोसले यो पूरा हुनेछ ।
हामी नेपालीहरुको लागि खुशीको खबर यति छोटो समयमा नेपालमा यति धेरै ख्रीष्टियनहरु त्यतिकै भएका छैनन् । उहाँले जुवा भाँचिदिनुभएको छ । नेपालमा राज्य गर्ने हाम्रो येशू राजा नै हुनुहुन्छ । अवश्य पनि हेरोदले जसरी येशूलाई मार्न खोजेको थियो, अहिले हामीलाई विभिन्न तरीकाले हामीलाई मार्न खोज्ने शासकहरु प्रशस्तै छन् । तर हामी लक्ष्यविहिन भएर लर्खराउनु पर्दैन, हाम्रो सल्लाहकार पवित्र आत्मा हाम्रो साथमा हुनुहुन्छ । इम्मानुएल हामीभित्र हुनुहुन्छ ।

हामी कुनै पनि संसारको शक्तिदेखि डगमगिने छैनौं । उहाँ अनन्तका पिता हुनुहुन्छ । हाम्रो चहेरा, रहनसहनमा फरक छ । हामी विभिन्न विगतका पृष्ठभूमिले गर्दा गरिब मुलुकमा जन्मिनु हाम्रो गल्ती वा पाप होइन । येशूलाई उद्धारकर्ता भनेर ग्रहण गरेपछि हामी एउटै सृष्टिकर्ता परमेश्वर पिताको छोराछोरी हौं ।
कुनै पनि परिवारमा छोराछोरी दैनिक झगडा गर्‍यो भने जन्म दिने बाबाआमालाई किन जन्माएछु भनेर पीडा हुन्छ । हामी ख्रीष्टियन समुदाय एक भएनौं भने हामीलाई शैतानले गाँज्छ । हामीले जस्तोसुकै परिस्थितिमा पनि शान्तिको राजकुमारलाई हाम्रो जीवनमा पहिलो प्राथमिकता दिनुपर्छ । हाम्रो नेपालमा परमेश्वरले ठूलो काम गर्दै हुनुहुन्छ । मुखले मात्र कराएर हामी एउटै बाउका सन्तान भन्छौं । समुदायका पास्टर र अगुवाहरुले सांसारिक सल्लाह दिएर
प्रेममा धोका पाएका धेरै ख्रीष्टियनहरु छन् । मेरो पास्टर, गुरुबा र अग्रजहरुलाई अनुरोध, मण्डलीभित्र र बाहिर व्यवसाय, अफिस र ख्रीष्टियन समाजमा हाम्रो परमेश्वर
पिताको जस्तो प्रेम छ, समुद्रको पानी जस्तै सफा, एैना जस्तै छलगै देखिने प्रेम गर्ने सिकौं । हाम्रा ⋲दयका पर्खाल तोड्ने शक्तिको परमेश्वरलाई स्थान दिऔं । जसरी परमेश्वरको राज्य हाम्रो नेपालमा आयो, हाम्रो व्यक्तिगत जीवनमा पनि आओस् । मुखले मात्र सिकाउने होइन । पर्खाल तोडेर एक हुन सिकौं ।
कसैले पारी पुग्ने पुल भएर पारी पुराएको छ भने त्यो पुललाई बिगार्ने कोशिस नगरौं । उसैले दुःखमा थोरैले मदत गरेको भएपछि धेरै दिनेलाई पछि लागेर, थोरै दिनेको नाम निसाना नमेटौं । जसरी हामीलाई परमेश्वरले प्रेम गरेर उहाँको पुत्र दिनुभयो त्यस्तै प्रकारले हामीले अनन्तका परमेश्वरले गरेको प्रेम जस्तै निरन्तर गरौं । परमेश्वरको राज्य विस्तारमा एकताको ठूलो भूमिका हुन्छ, फुट र अरुको हानीनोक्सानी हुने, अर्कोको चरित्र हत्या हुने शब्द नबोलौं । हामी पितालाई सन्ताप दिन छोडौं । यो २०१९ ख्रीष्टमसको सन्देशले तपार्इं हाम्रो जीवनमा प्रशस्त आशिष होस्, भत्किएको पर्खाल बनोस्, बिग्रिएको सम्बन्ध जोडियोस् । शरीर, आत्मा, प्राण र अर्थमा तपाईंलाई प्रशस्त भएको होस् ।
संसारमा सबैभन्दा बढी मानिसहरुले मनाउने चाड ख्रीष्टमस हो । संसारमा धेरै बैज्ञानिकहरु ख्रीष्टियनहरु थिए र छन् ।

१. आईज्याक न्यूटन
२. लर्ड केल्मिन
३. लुई पास्चर
४. जोहन केप्लर
५. रोबर्ट बोय
६. अल्बर्ट आइन्सटाइन
७. निकोलस् कोपर्निकस
८. रेने डरेकार्टस्
९. माइकल फारोड
१०. पावल डेभिस
११. जेम्स टूर
१२. जर्ज कोइन
१३. जोन ओकिफे
१४. रोजर पेनरोज
१५. फ्र्याङ्क जिन्डर
१६. डा. जेम्स स्ट्रेन्ज
हामी नेपाली ख्रीष्टियन त्यतिकै भएका छैनौं । ख्रीष्टियन धनी, विद्वान, बैज्ञानिक प्रशस्तै छन् । यो ख्रीष्टियन समुदायमा परमेश्वरले सबैलाई एक उचाइमा पुर्‍याउनु भएकोहोस् ।

लेखको सानो परिचय
नामः विशप डा. डम्बर अधिकारी
ठेगानाः युरोपको जर्मन
चर्चः ICC Church Germany

सेवाः Director of IMF

अरु सेवाः
Associate Director Logos Bible College
Head of European Ambassador of FNCN Nepal
Pastor of ICC Church Herne, Germany

इन्टर नेसनल मिसनेरी फेलोसिप चर्च प्यान्टि∙ संस्थाका संस्थापक विशप डा. डम्बर अधिकारी स्वयम् हुनुहुन्छ ।
यसको दशवटा प्रोजेक्ट छ । २८ वटा देशको भ्रमण गरी ३५० भन्दा बढी स्थानमा बोलिसक्नुभएको छ । १२५ मुलुकका मानिसहरुलाई सु–समाचार सुनाइसक्नुभएको छ ।
हजारौं हजार नेपाली बाइबल युरोपमा पुराइसक्नुभएको छ साथै १६ भाषाको बाइबल वितरण गरिसक्नुभएको छ ।