सुव्यवस्थित परमेश्वरको राज्य

संसारको सामु सभ्य र शिष्टताको साक्षीतुल्याउन सुव्यवस्थाले भूमिका खेल्छ
थोमस बोगटी, १५ माघ २०७५
बाइबलले हामीलाई महत्वपूर्ण कुरा बताएको छ । शुरुमा सबै कुरा असलथियो तर समयको अन्तरालमा धेरै परिवर्तनहरू आए । ती परिवर्तनले गर्दाखेरी परमेश्वरले तयार पार्नुभएकाअसल कुराहरूमा खराबील्याउने कार्य हुनथाल्यो । त्यो कार्य परमेश्वरको शत्रु शैतानले गर्न थाल्यो । शैतानले गोलमालल्याउनचाह्यो र परमेश्वरको सुव्यवस्था विरुद्ध जान रुचायो । बाइबलले हामीलाई बताउँछ कि शैतानले परमेश्वरको स्थानलिनचाहन्थ्यो । यसो गर्दा शैतान एक व्यवस्थितढङ्गले चालिरहेको थिएन । शैतानलेगोलमाल,भ्रम र कुइच्छा रुचाइरहेको थियो । सुव्यवस्थितमार्ग रुचाउने मानिसको परिणाम शैतानको जस्तै हुनेछ किनभने परमेश्वरको मार्गभन्दा फरक गोलमालको मार्गमा चलेबापतअव्यवस्थित भइन्छ । अव्यवस्था र गोलमाललाई परमेश्वरले घृणा गर्नुहुन्छ ।
हितोपदेश ४ः२५–२७ ले भन्छ,Œतेरो आँखाले तेरो अगि सीधा हेरोस् । तेरो अगिल्तिर सोभैm एक टक लाएर हेरोस् । तैंले पाइलाचाल्नलाई नैतिकताको मार्ग तयार गर् । तीमार्गहरू मात्रै अप्नाजुननिश्चित छन् । दाहिने र देबे्र नलाग् । सबै दुष्ट कुराबाट आफ्नाखुट्टाअलग् राख ।”
सुव्यवस्थितमार्गरू निश्चित हुन्छन् । तीमार्गहरू नैतिकताले भरिएको हुन्छ । यहाँ दुष्ट कुराको लागि स्थानहुदैन । यीमार्गहरू सोझा हुन्छन् ।
परमेश्वरले शुरुमा स्वर्ग र पृथ्वीबनाउनुभयो । पृथ्वीआकारविनाको र शून्यथियो । अथाह समुद्रमाथिअन्धकार थियो र परमेश्वरको आत्मापानीमाथि परिभ्रमण गर्दैहुनुहुन्थ्यो । उत्पत्ति १ः१–२ ।
अव्यवस्थितमार्गमा अन्धकार हुन्छ । आकारविनाको र शून्य हुन्छ ।केहीपनि देखिदैन किनभने त्यहाँ ज्योतिहुँदैन । यद्यपि परमेश्वरले अभैm पनि नियन्त्रण गरिरहनुहुन्छ । जसरी अन्धकार गर्भभित्र भ्रूण हुन्छ तर आमाबाबु नियन्त्रणमा छन् । तिनीहरूको त्यस्कोवास्ता गर्छन् ।
उत्पत्तीको सृष्टिको वृतान्तमा परमेश्वरले सुव्यवस्थित रूपमा सृष्टि गरिरहनुभयो । क्रमिक रूपमाउहाँले कार्य गरिरहनुभयो । ती सबै असलथिए । छ दिनसम्मउहाँले सुव्यवस्थितढङ्गले सुव्यवस्थित सृष्टिलाई रच्नुभयो । तीएकदमअसलथिए । उहाँले आकारविनाको र शून्यपृथ्वीलाई सुव्यवस्थित गराउनुभयो र त्यसलाई शुन्यहोइन तर त्यसलाई हरेक असलथोक, प्रणाली, पद्धतिले भरिभराउ गर्नुभयो । पृथ्वी अब चल्न सक्थ्यो । यसको लागि परमेश्वरले सुव्यवस्थितमार्गहरू तयार पार्नुभयो । ज्योति, हावा, पानी, बनस्पती, जनावर, जमीन र मानवजातिहरू बनाउनुभयो । यी सबैको श्रोतहरू पनिबनाउनुभयो र त्यसको लागिनिश्चितजीवनचक्रहरू तोकिदिनुभयो र त्यसरी नै तिनीहरूले कार्यसञ्चालन गर्ने थिए । अझसम्मपनि यसरी नै कार्यसञ्चालनभएको छ । सातौ दिनमा परमेश्वरले विश्रामलिनुभयो ।सुव्यवस्था एक सुहाउदा क्रमबद्धताको शैलीपनिहो । यसको लागि समयको निर्धारण गरिन्छ । तीनिर्धारित समयको अन्तरालमाकार्य सञ्चालन हुन्छ ।
तर पाप संसारमा आएदेखि उता यसरी सुव्यवस्थित सृष्टिमा पनि दुष्टा छिरिगयो र समयको अन्तरालमागोलमालमच्चिनथाल्यो । विभिन्नजीवनचक्रहरूमाअनियमिततातथा घडबडी देखिनथाल्यो किनभने मानिसले अव्यवस्थितमार्ग तथा परमेश्वरको मार्ग विरुद्ध पाइलाचाल्यो ।
कुनै पनि कुराको सुव्यवस्था नै त्यसको साँचो पहिचानहो । परमेश्वरले आफ्नो सृष्टिलाई पहिचानदिनुभएको छ र यसले नै तिनीहरू एक अर्कामा भिन्न तुल्याउँछ यद्यपितिनीहरू स्वनिर्भर हुन्छन् । स्वनिर्भर हुँदा समेत उनी सुव्यस्थिततवरले हुनलाई परमेश्वरले तयार पार्नुभयो । घाम झुल्कन्छ, पृथ्वीकाबनस्पतीलाई भोजन उपलब्ध गराउँछ र प्राणीलाई तृप्त गराउँछ । घाम झुल्किन छोड्यो भने भोली देखि पृथ्वीमा अस्तव्यस्थता, गोलमाल, अन्धकार र अनिश्चता छाउन थाल्छ । घामको पहिचान छ, त्यसको आफ्नौ मार्ग र जीवनचक्रहरू छन्, कार्यसञ्चालन छ, पद्धति छ र तत्व छ । त्यसरी नै अरू सबै कुराको पहिचान छ ।
दुःखको कुरा आज संसारमा अव्यवस्थाको कारण पहिचानभ्रम पैmलिरहेको छ । नदीनालालाई ढल बनाइएको छ, समलिङ्गी बढ्दैछन्, अविवाहित यौन दुराचारले समाजलाई तोड्दैछ, अरू जातलाई निम्न ठानिन्छ, मानिसलाई भन्दापशूलाई बढी प्रेम गरिन्छ, प्रकृतिको पूजा गरिन्छ, पशूसँग सम्बन्ध गाँसिन्छ, प्रकृतिसँगविवाह गरिन्छ । यस्ता धेरै अव्यवस्थाले कुमार्गतिर डोर्याएको छ जसको परिणाम दुःखदायी हुन्छ । फलफलाउन सक्दैन । पुर्नउत्पादन छैन । तीहेर्नमा असल छैनन् अर्थात उत्पत्तीमा परमेश्वरले हेर्नुहुँदाअसलभए जस्तो असलहुन छोडेका छन् । तिनीहरू भ्रष्ट भएका छन् । जब पहिचान भ्रष्ट हुन्छ तब मार्ग स्वतह भ्रष्ट हुन्छ ।
१ कोरिन्थी १४ः३३,४० ले संयुक्तरूपयसो भन्छ,Œकिनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न तर शान्तिका परमेश्वर हुनुहुन्छ । तर सबै काम शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गले हुनुपर्छ ।”
गोलमाल परमेश्वरबाट आउदैन । उहाँशान्ति रुचाउने परमेश्वर हुनुहुन्छ । सबै कुरा सुव्यवस्थित र शिष्ट भएको उहाँ हेर्न चाहनुहुन्छ र हामीले माथि नै उत्पत्तीको सृष्टको वृतान्तबाट हेरिसक्यौँ कि उहाँकति सुव्यवस्थित हुनुहुन्छ । उहाँ समयलाई निर्धाण गरी कति बेलाकार्य गर्ने र आराम गर्ने भनेर तोक्नुहुुन्छ । शबाथदिनलाई उहाँले आशिष दिनुहुन्छ । व्यवस्थाको पुस्तक हेर्दा परमेश्वरको सुव्यवस्था झल्किन्छ र सायद संसारमा परमेश्वरको वचन र व्यवस्थालागु गरे सबै राज्यहरू सुव्यवस्थित हुनसक्छन् । नेपाल सुव्यवस्थितनहुनुको पछाडि यसको कानुन नैतिकता, शान्ति, सद्भाव र प्रेमामाहोइन तर बहुसंख्यक जनमानसको पक्षमाआधारित छ जो गोलमाल, पक्षपात र स्वार्थमय हक रुचाउछन् ।
चर्च सेवा, सुसमाचार प्रचार, सेवकाइ र संघसंस्थाहरूले शिष्टतापूर्वक कार्य गरी परमेश्वरको सुव्यवस्थित राज्यलाई प्रतिनिधि गरेको उहाँ चाहनुहुन्छ । अन्यभाषा, अगमवाणी र अरूआत्मिक वरदानगोलमालमानभइशान्ति, नियन्त्रण र शिष्टतापूर्वक होस् भन्ने पावलको मनसाय सठीक छ किनभने यसले बाहिरका मानिसहरूलाई ख्रीष्टियानहरूकतिको सुव्यवस्थित र सभ्य रहेछन् भनी प्रस्तुत गर्नेछ । तर गोलमालमच्चिएको छ भने पावलले भन्छन् कि बाहिरकाहरूले ख्रीष्टियानहरूको दिमाग उडेको ठान्नेछन् (सन्दर्भ १ कोरिन्थी १४अध्यायमाउल्लेख गरिएका सुव्यवस्थितआराधना र अन्यभाषातथा अगमवाणीको प्रयोग) । इस्राएलीहरूलाई विश्वभर अरूजतिभन्दा फरक र सभ्यतुल्याउन परमेश्वरले वचन र व्यवस्थाउपलब्ध गराउनुभयो भनेर बाइबलको पुरानो करारमा स्पष्ट पारिएको छ । यसमाथिथपजानकारी प्राप्त गर्न मोशाको प्रस्थान, गन्ती, लेवी र व्यवस्थाको पुस्तकअध्ययन गर्नुहोला । तपाईंलाई सभ्यतुल्याउनयसले निकै सहयोग गर्नेछ । वास्तवमा परमेश्वरलाई चिनेपछि तपार्ईं कति सभ्यभइसक्नुभएको छ भनेर अहिलेसम्म चालपाउनुभइसकेको छ । त्यसैले सुव्यवस्थितहौँ अनि सभ्यभएको साक्षीदियौँ । बाहिरको मानिसहरू ख्रीष्टियानहरू सभ्य, सुव्यवस्थित र शिष्ट भएको देख्न लालायित छन् ।
सुव्यवस्थित, शान्तिपूर्ण र शिष्ट बन्न कठीन हुनसक्छ किनभने गोलमाल पापबाट आउँछ । गोलमालपापको परिणाम हो । व्यवस्था २८ः२०, २८, ५३–५७ मा परमेश्वरको आज्ञा उल्लंघन र उहाँलाई त्यागे बापतगोलमालमच्चिने चेतावनीदिइएको छ । यसमाहाम्रो काममाश्राप, गोलमाल र हप्कीआउने जस्तो गम्भीर विषय समेटिएको छ । त्यसैगरी बौलाहपन, अन्धोपन र हृदयको खलबलीपरमेश्वरको विरुद्ध गइपाप गर्नेहरूको होश उड्ने कुरा बताइएको छ । के आज संसारलाई त्यहीभइरहेको छैन र ? अरे महोदय !त्यहीदलदले पापको श्राप, गोलमाल र अन्धोपनबाट जोगाउन येशू आउनुभएको होइन र ?ताकिहामी सुव्यवस्थित, शिष्ट, शान्तिपूर्ण, नैतिकवानबन्ने अनिनिश्चितमार्ग र उद्देश्य पछ्याउन सकौँ ?
कुरा के हो भने सबैजनासहजै सुव्यवस्थितबन्ननसकिने स्पष्ट छ । तर यहाँ सुव्यवस्थितहुनको लागि एउटा रहश्य प्रकट हुनबाँकी छ । हामीले उत्पत्ती १ मा पवित्रआत्माअन्धकार पृथ्वीको पानीमाथि परिभ्रमण गरिरहेको देख्यौँ । यद्यपिहाम्रो जीवनअन्धकार, अन्धोप, गोलमालले भरिएको छ भने पनिपवित्रआत्माअभैm नियन्त्रणमा हुनुहुन्छ । उहाँले हाम्रो आकारहीन र शून्यअन्धकारमय जीवनलाई आकार र ज्योतिदिएर शून्यताहोइन तर अर्थपूर्ण बनाउन चाहनुहुन्छ । परमेश्वरबिनाहाम्रो जीवनशून्य, व्यर्थ र अँध्यारो हुन्छ तर येशू ज्योति हुनुहुन्छ र हामीलाई आकार दिनतयार हुनुहुन्छ ।
परमेश्वरले हाम्रो गोलमालजीवनशैलीलाई ताडना दिएर सहीमार्गमाचल्ने तुल्याएर सुव्यवस्थित बनाउनुहुन्छ । २ शमूएल ६ः६–९, १ इतिहास १३ः९–१० मा विना परमेश्वरको अगुवाइखोजीलापरवाहीसाथ सन्दुक ल्याउँदाउज्जाहमाथि परमेश्वरको क्रोध दन्कियो र तिनीतत्काल मरे । त्यसैगरी उज्जियाह राजाले पुजाहरीको कार्य गर्न खोज्दा कुष्ठरोग लाग्यो र तिनीलज्जस्थापूर्वक राजकीय सिंहासनबाट बहिस्कार गरिए । परमेरश्वरले गोलमालमाचल्नेहरूलाई ताडना दिनुहुन्छ ताकितिनीहरू सुव्यवस्थितहुन सकून् । तर कति समय धेरै मानिसलार्ई त्यस्तो ताडनाको मौका प्रदान गरिएको छैन किनभने बाइबलअनुसार तिनीहरू परमेश्वरको सन्तानहुनचाहेनन् ।
हिब्रू १२ः१–१२ मा परमेश्वरले उहाँको सन्तानलाई ताडना दिनुहुन्छ र सहीमार्ग हिँड्ने तुल्याउन हुन्छ भनिएको छ । यो पहिला सुखदहुँदैन किनभने मानिसलाई सुव्यवस्थित, नैतिक, शान्तिपूर्ण र शिष्ट हुन समय लाग्छ । धार्मिकताको फलत्यतिबेला मात्रफल्न थाल्छ जब परमेश्वरले हाम्रो जीवनलाई पूरा नियन्त्रणमा लिनुहुन्छ । केवल परमेश्वरबाट मात्र सुव्यवस्थितहुने शक्ति आउँछ । व्यर्थ जीवनलाई उहाँले अर्थमय र बहुमूल्य तुल्याउनुहुन्छ । हाम्रो चालचलन र जीवनशैली नैतिक, निश्चत, धार्मिक हुनउहाँको सुव्यवस्थितमार्गमा चल्नुपर्छ र यसमाउहाँले समयको अन्तरालमा एक एक गरी हिँड्न सिकाउनुुहुन्छ तर ताडना सहितताकिहामीले ठेस नखाऔँ ।जीवनमा परिवर्तन आउदा धेरै कष्ट हुन्छ । गोलमालबाट शान्तिको पाइला पछ्याउदा कष्ट हुन्छ किनभने हाम्रो लत, खराब विचार, स्वार्थ इत्यादिलाई त्याग्न संघर्ष हुन्छ यद्यपि परमेश्वरको ताडना र शक्तिले त्यसमाथिविजयपाउन सकिन्छ ।
तपाईंको गोलमाल, अन्धकार, आकारविहिन र शून्यजीवनमापनि परमेश्वर परिभ्रमण गरी नियन्त्रण गरिरहनुहुन्छ र यदितपाईंले उहाँलाई पुकारेर अनुमतिदिनुभयो भने उहाँले तपाईंको जीवनलाई शान्तमय, आकारको संरचना, ज्योति, अर्थपूर्ण, नैतिक, निश्चित र धार्मिकताले भरिपूर्ण तुल्याई सुव्यवस्थित, शिष्ट र सभ्यबनाउनुहुनेछ ।

रातोपाटीमा प्रकाशित लेखप्रति हाम्रो प्रतिक्रिया

-Bhuvan Devkota
लेखक मित्र, तपाइँले गरेको कोसिस ठीकै हो र केही मात्रामा तथ्यपरक पनि हो । तर साम्प्रदायिक हिसाबले कुनै धर्मलाइ लान्छना लाउनुपहिले अाशाराम वा रामरहिमजस्ताको बारेमा विचार गर्नुभए तपाइँको चस्माले समानता देख्न सक्थ्यो ।
पब्लिसिटी स्टन्ट हो भन्ने कुरा त तपाइँको लेखाइको भावले देखाउँछ ।
देशको उन्नति र प्रगतिको बारेमा बालै भएन । सुन काण्ड वा वाइडबडीको कुरा सामान्य भो तर संसारको अर्को कुनामा भएको घटना लिएर हुनै धार्मिक समुदायलाइ एउटै डोकोमा हालेर लेख्दा तपाइँले नै भन्नुभयो कि कारबाहीको प्रकृया सुरु भएको छ र पोपले पनि माफी मागेका छन् । अन्य धर्मसम्प्रदायका अगुवाहरूलाइ कारवाही भएको वा अगुवाले माफी मागेको कुरा पनि कतै जानकारी भए ? कुनै धर्म सम्प्रदायलाइ म यहाँ हिलो छ्याप्न चाहन्न । तिखा कमेन्ट र धम्कीको भाषा येशूको अनुयायीले प्रयोग गर्दैन ।
इसाइहरूले जब्बरजस्ती वा पैसा दिएर धर्मपरिवर्तन गर्छन् भन्ने कुरा पुरानो भैसक्यो । लाै, तपाइँ र म सँगै बसाैं । मलाइ बुझाइदिनुहोस् कि कसले कसैको अास्था किन्न वा बेच्न सक्छ । जब्बरजस्तीमा कसैको अास्था परिवर्त हुँदैन । अरे यार, कति कमजोर कुरा गरेको ? हावा कुरा गरेर चर्चित हुनु र वास्तविकता फरक हो । तपाइँजस्ता सचेत पत्रकारले जान्नुपर्छ कि सबै धर्म समुदायको सम्मान गर्नु राज्य र तपाइँ अनि मेरो दायित्व हो । विज्ञान, प्रविधि र उन्नतिको कुरा छाडेर धर्मजस्तो भावनात्मक कुरामा समाजलाइ अल्मल्याएर पछाैटे बनाइरहनु कस्को स्वार्थ हो ? छातीमा हात राखेर सोच्नुहोस् त, हामी एक्काइसाैं शताब्दीमा यो वा त्यो धर्म भनेर अल्मलिरहने वा अघि बढ्ने हो ? अर्को दश वर्षमा पनि हामी यही धर्मको नाममा लडिरहेका हुनेछाैं, विश्वले चन्द्रमामा मानव बस्ती बसाउने कुरा गर्दा वा अार्टिफिसिएल इन्टेलिजेन्सको प्रयोगमा व्यापकता अाउँदा । एउटा र अर्को छिमेकी धर्मको नाममा लडिरहेको देख्न चाहने तपार्इंको सपना हो ?
केही समयपहिले सोल्टीमा भएको कार्यक्रममा जब्बरजस्ती हामी नेपाली ख्रीष्टियनहरूलाइ घिसार्ने कोसिस गर्दा तपाइँले कति कमजोर अध्ययन गर्नुभएको छ भनेर थाहा हुन्छ । युनिफिकेसन चर्चसित क्याथोलिक वा प्रोटेस्टेन्ट समुदायको गोरु बेचेको साइनो पनि छैन । नेपालको कुनै पनि चर्चका अगुवा सोल्टीमा गएका थिएनन् । अन्य धर्म सम्प्रदायका अगुवा किन गए, हामी सबैलाइ थाहै छ । साेल्टीको खाना र स्वागतमा सबै मख्ख अनि बेकारमा दोष किन नेपाली इसार्इ समुदायलार्इ । अलिकति मात्रै अनुसन्धान गरेको भए तपाइँलार्इ थाहा भैहाल्थ्यो नि । कोठामा बसेर गुगलको भरमा लेख्नु खतरनाक छ है ।

 

https://ratopati.com/story/75156?fbclid=IwAR3-4FXYDOQ7T0V5YrUrf_WIXXa9YovUF560_iCk_ltZHVWrqJJbkqp5BPc

अष्ट्रेलियामा पनि छोडेनन् जीवनले सुसमाचार प्रचार गर्न

 

जीवन बचाऊ नेपालका राष्ट्रिय निर्देशक तथा नेपाल गोस्पल चर्चका डिकन श्री जीवन रायमाझी हाल अष्ट्रेलियामा हुनुहुन्छ । उहाँले अष्ट्रेलियाको विभिन्न ठाउँहरूमा सुसमाचार प्रचार गरिरहनुभएको छ । उहाँको जोश झन् झन् बढ्दै गइरहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपालमा सुसमाचार सुनाउन नेपाली मात्र पाउँथे, तर यहाँ अष्ट्रेलियामा त नेपाली लगायत बिभिन्न देशका मानिसहरूलाई येशू ख्रीष्टको बारेमा बताउने मौका पाइरहेको छु । केही महिना अघि मात्र अष्ट्रेलिया पुग्नुभएको रायमाझी दम्पत्तिको जीवनशैली नै सुसमाचार सुनाउनुजस्तै बनेको छ । उहाँको जीवन गवाहीद्वारा धेरै मानिसको जीवन परिवर्तन हुनुका साथै धेरैले उत्साह पाएको कारण उहाँ आफैपनि उत्साहित हुनुभएको छ । उहाँको नाम नै जीवन भएकोले हो कि उहाँ सबैले ख्रीष्टमा जीवन पाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । सामाजिक सेवा मार्फत् परमेश्वरको राज्यमा उद्धार र सुधारको काम गर्न सकिने भन्दै मण्डली, संघ, संस्था समुदायसँग सहकार्य गर्दै अनाथ, असहाय हिंसा पीडित महिला, झ्यालखानामा भएका बन्दीहरूमाझ सेवा पुर्याउँदै आउनुभएको छ । सुसमाचार नै सम्पूर्ण मानवजातिका लागि उद्धार र सुधार को कडी हो भन्ने रायमाझी कसैसँग भेट भयो कि सुसमाचार सुनाउने मौका लिइ हाल्नुहुन्छ । हाल सिड्नीको रेल्वे स्टेसन, पार्क तथा अन्य ठाउँहरू उहाँको सुसमाचार सुनाउने सहज स्थल बनेको छ । उहाँ भन्नुहुन्छ, “यो येशू प्रभुको आज्ञा हो, संसारको जुनसुकै कुनामा रहेपनि प्रभुको आज्ञा पालन गरिरहने छु । यसैमा जीवनमा साँचो आनन्द छ ।

 

 

कुन प्रेरितको मृत्यु कहाँ भयो ?

१) युहन्ना दाजु याकुब
प्रेरितहरुमध्ये सबैभन्दा पहिले मारिने प्रेरित यिनी नै थिए। ई.स. ४४ मा याकुबलाई हेरोदले तरवारले काटेर मृत्युदण्ड दिए। उनी यतिसम्म प्रचार गर्दथे कि उनको पहराको लागी खटाइएको रोमी सिपाहीलाई समेत उनले ख्रीष्टियन बनाइसकेका थिए। उनको मृत्युदण्डको दिन त्यस सिपाहीलाई तरवार उठाएर याकुबमाथि प्रहार गर्न भनियो। उसले तरवार उठायो तर उसको तरवार रोकियो। उसले याकुबको पहरामा बिताएको समयमा आफुपनि ख्रीष्टियन भएको कुरा सबैका सामु स्विकार गर्‍यो। हेरोदले त्यो सिपाहीलाई पनि याकुबसँगै मृत्युदण्ड दिने आज्ञा दिए। र दुवैको शिर काटियो। शिर काट्ने तयारी हुदा याकुबले त्यो सिपाहीलाई भने, भाई केही क्षणमा नै अमरत्वको देशमा भेटौला।

२) पत्रुसको भाई अन्द्रियास

यीनले इथियोपिया, साइथियन र सेसीमा सुसमाचार प्रचार गरेका थिए। उनले यि क्षेत्रहरुमा जबरजस्त तरिकामा ख्रीष्टका प्रचार गरे। थुप्रै मानिसहरुलाई प्रभुमा ल्याएँ। मण्डलीहरु सुरु गरे। उनलाई एडेसिजका राज्यपाल एजीयसले सुसमाचार प्रचार नगर्न चेतावनी दिएँ। तर उनले उनको चेतावनीको परवाह गरेनन् । उनले निरन्तर रुपमा प्रचार कार्य जारी राखे। राज्यपाले अन्द्रियासलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिने आदेश दिए। जब उनलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिनलाई लगिदैथियो, उनले टाँढाबाट क्रुसलाई देखे र यसो भने, “लामो समयदेखी मैले प्रतिक्षा गरिरहेको हे क्रुस तिमीलाई स्वागत छ। क्रुसमा चढ्ने ब्यक्तीकै चेला भएकोले म खुशीसाथ, आनन्दले र स्वइच्छाले तिमीकहाँ आउदैछु। म् तिम्रो प्रेमी हुँ। तिमीलाई अङ्गाल्नु मेरो सौभाग्य हो।” त्यहाँ उनले क्रुसलाई अङ्गालो हाले र उनलाई त्यसपछि क्रुसमा टाँगियो। उनले क्रुसको पिडादायी स्थीतीमा पनि त्यहाँ रहेका मानिहसरुलाई प्रचार गरिरहे सिपाहीहरुले उनी चाडै मरेका होउन भनि उल्टो क्रुसमा टाँगे। तर उनी अझै पनि प्रचार गरिरहे। अन्तिममा सिपाहीले बञ्चरोले उनको टाउकोमा हिर्काए र उनलाई मारिदिए।

३) मर्कुस………….

मर्कुस पत्रुसका दोभाषे थिए। पत्रुस कम पढेलेखेका मानिस भएको हुनाले उनलाई त्यसबेलाका कति भाषाहरुको ज्ञान थिएन। त्यसकारण अनुवादको लागी पत्रुसले मर्कुसलाई साथमा लिएर जाने गर्दथे। पत्रुसबाट उनले येशुका कथाहरु सुने र त्यसैलाई पुस्तकको रुपमा तयार गरे। जो बाइबलमा मर्कुसको सुसमाचारको रुपमा प्रख्यात छ। परम्परा अनुसार मर्कुस मिश्रको अलेक्जेन्ड्रियामा गएर सुसमाचार प्रचार गरे। त्यहाँका मानिसहरुले उनलाई रथमा टाँगेर जमिनमा धसारेर मारे। उनले त्यहाँ कप्टिक मण्डली पनि स्थापना गरे जो अहिले इजिप्टको सबैभन्दा ठुलो ख्रीष्टियन सँगठन हो। उनका हड्डीहरु अझैपनि इजिप्टको कुनै चर्चले सुरुक्षीत राखेको छ।

४) पत्रुसको मृत्यु

पत्रुसले रोममा प्रचार कार्य गरे। ई.स. ६८ मा रोमी सम्राट नेरोले यिनलाई पक्राउ गरे। नेरो अति नै दुष्ट सम्राट थिए। उनले पत्रुसलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिने आज्ञा दिए। तर पत्रुसले आफु येशु ख्रीष्ट झै सुल्टो क्रुसमा टाँगिन योग्यको नभएको भन्दै उल्टो क्रुसमा टाँग्ने आग्रह गरे। अन्त्यमा सिपाहीहरुले उनलाई उल्टो क्रुसमा टाँगे र उनको मृत्यु भयो। उनको चिहान अझै पनि सेन्ट पिटर्स चर्च को बेदि मुनी रोममा सुरुक्षीत छ। रोमन क्याथोलिक मण्डलीका पोपले सम्बोधन गर्नका निम्ती बनाइएको स्थान मुनि पत्रुसको हड्डीहरु छन् भन्ने बिश्वास गरिन्छ।

५) फिलीप……….

फिलीप र उनका दुई छोरीहरुलाई हिरापोलिसमा शहिद बनाइयो । तर उनलाइ कसरी मारियो भन्ने बारेमा कुनै स्पष्ट एतिहासीक प्रमाणहरु भने छैनन्।

६) बारथोलोमाई………..

परम्परा अनुसार उनले इराकमा र भारतको उत्तर–पश्चिम भुभागहरुमा प्रचार गरेका थिए। उनले भारतमा त्यहाँको स्थानिय भाषामा मत्तीको सुसमाचारलाई पनि अनुवाद गरेका थिए। उनलाई आरमेनिया देशमा क्रुसमा उल्टो पारेर टाँगेर हत्या गरियो।

७) अल्फयासको छोरा याकुब

परम्परा अनुसार उनले स्पेनसम्म गएर प्रचार गरेका थिए। उनलाई पक्कै पनि मारिएको थियो। तर कहाँ र कसरी मारियो भन्ने बारेमा कुनै निश्चयता छैन।

८) सिमोन कनानी

यीनले बेलायतमा गएर प्रचार कार्य गरे र थुप्रै मण्डलीहरु स्थापना गरे। उनलाई त्यही नै मारेर शहिद बनाइयो भन्ने कुरा परम्पराले हामीलाई बताउँदछ।
९) कर उठाउने मत्ती
परम्परा अनुसार उनले इथियोपियामा गए र त्यहाँ सुसमाचार प्रचार गर्ने कार्य गरे। उनल थुप्रै इथियोपियाली र मिश्रीहरुलाई प्रभुमा ल्याएँ। त्यहाँका राजा हेरकेनश मत्तीसँगै साह्ै क्रोधित भए र उनलाई भालाले हानेर मार्ने आदेश दिए। उनले येशुको जीवनी लेखेका छन् जो मत्तीको सुसमाचारको नाउँले बाइबलमा प्रख्यात छ।

१०) येशुका भाई याकुब

यिनी मण्डली इतिहासमा प्रार्थनाका योद्धा भनेर चिनीन्छन्। मण्डली इतिहासकारहरुको भनाई अनुसार उनले यति समय प्रार्थनामा बिताउँथे कि उनको घुडाको छाला ऊटको छाला जस्तो भएको थियो। उनलाई येरुशलेमका प्रधान पुजाहारीहरुले पक्रे र येशुलाई अस्विकार गर्न आज्ञा गरे। याकुबले अस्विकार गरेपछि उनलाई मन्दिरको टुप्पोमा लिएर राखे र फेरी पनि अस्विकार गरे त्यहाँबाट धकेलिदिने चेतावनी दिएँ। याकुब मन्दिरको टुप्पामा गए र येशु नै मशिह हुनुहुन्छ भन्दै आफै हाम फाले। उनी अझैपनि जिवितै थिए तर पछि भिडले उनी माथि ढुङ्गा बर्सायो र उनको मृत्यु भयो।

११) थोमा…….

थोमा प्रचार गर्न भारतमा आए। उनी भारतमा ई.स. ५१ मा आएका थिए। उनले मद्रासको मलावार क्षेत्रमा सुसमाचार प्रचार गर्ने काम गरे। उनले त्यहाँ येशुको नाउँमा आश्चर्यकर्महरु गरे र मृतकहरुलाई पनि जिवित तुल्याएँ। उनले त्यहाँ ७ वटा ठुला ठुला मण्डलीहरु स्थापना गरे र एल्डरहरु नियुक्त गरे। अन्त्यमा उनलाई त्यहाँका राजाले मार्ने आदेश दिइयो र उनलाई भालाले घोचेर मारियो। उनको चिहान अहिले पनि दक्षिण भारतको मद्रासको चेन्नईमा सुरुक्षीत छ।

१२) प्रेरित पावल………….

प्रेरित पावल पहिलो रोमी कैदबाट छुटे र केही बर्ष प्रचार कार्य गरे। सम्राट नेरोले ई.स.६८ मा उनलाई पुनःपक्राउ गरे र रोम शहरको बाहिर त्रेफोनतेन (त्रेतन फुहाराहरु) भन्ने ठाउँमा शिर काटेर मृत्युदण्ड दिइयो। त्यस ठाउँको नाउँ पहिले अर्कै थियो तर पावलको शिर काटेपछि उनको छिनालिएको टाउँको तिन पटक उफ्रेको र उनको शरिरबाट ३ पटक ठुला ठुला रगतका धारा बगेको कारणले त्यस ठाउँको तिन फुहाराहरु राखियो। पछि तेस्रो शताब्दीमा सम्राट कन्टन्टाइनले उनको चिहानमा मण्डली बनाएँ जो सेन्ट पौल चर्च हो। पावलको अवशेष अहिले पनि सेन्ट पौल चर्च रोमको बेदी मुनी सुरुक्षीत छन्।

१३) युहन्ना………..

येशुका चेलाहरुमध्ये कालगतीले मर्ने चेलाहरुमा युहन्ना मात्र पर्दथे। तर उनले थुप्रै यातनाहरु सहनुपरेको थियो। सम्राट डोमिसियनले उनलाई उम्लैदै गरेको तेलको कराहीमा हालिदिएको थिए तर उनी त्यहाँपनि बाँच्न सफल भए। त्यसपछि उनी कठोर परिश्रम गरेर मरुन् भनेर पत्मोस टापुमा लगियो तर उनले त्यहाँ येशु ख्रीष्टबाट प्रकाश पाए र प्रकाशको पुस्तक लेखियो। परम्परा अनुसार उनले येशुकी आमा मरियमलाई लिएर एफिससमा गएर बसेका थिए। पछि त्यही नै येशुकी आमा मरियमको मृत्युभयो। यहुन्ना पनि उमेर खाएर मरे। भनिन्छ उनी मानिसहरुलाई देख्न पनि सक्दैनथे र मण्डलीका भाईहरुले उनलाई बोकेर सङ्गतीमा ल्याउने र लैजाने गर्दथे।
अन्त्यमा, सबै चेलाहरुले बिभीन्न ठाउँमा गएर प्रचार कार्य गरे र तिनीहरु येशुको निम्ती मारिए पनि। सुसमाचार समृद्धी र आशिशको सुसमाचार हो तर त्यो भन्दा बढ्ता यो त्याग र बलिदानको सुसमाचार पनि हो।I

ख्रीष्टमसको अमोल उपहार

-भुवन देवकोटा
हामीजस्ता सर्वथा पापीलाई सर्वोच्च कृपालु परमप्रभुले अत्यन्तै दया गरेर उहा“को सर्वोत्तम उपहार आफ्नो पुत्र हामीलाई नै दिनुभयो । त्यसैको कारण हामीले हाम्रा आत्माको मोक्ष पाएका छौं । हामी उहाँका शत्रुहरूको लागि यो सित्तैको अनमोल र अगम्य प्रेमको सर्वोत्कृष्ट नमुना हो । यस्तो अथाह प्रेम कसैले कहिल्यै कसैलाई गरेको छैन । उहाँको प्रेम निष्कपट र अशेष छ ।
परमेश्वरले हामीलाई उहाँका पुत्र येशूमा सबै आशिष् र अनुग्रह दिनुभएको छ अनि यो कुरा हो र आमेन हो । सबै आशिष् र प्रतिज्ञाका हकदार बनाएर परमेश्वरले हामीलाई सबै कुरा स्वर्गीय स्थानहरूमा दिनुभयो ।
हामीले कुनै परिश्रम नगरी, पसिना नबगाई सित्तैमा अनमोल कृपा र हाम्रा पापको क्षमा पायौं । विश्वासद्वारा अनुग्रहबाट हामीले सबै कुरा पाएका छौं । येशूले क्रूसमा हाम्रो निम्ति सबै कुरा प्राप्त गरिदिनुभयो । स्वार्थी मानिसलाई दिइएको यो अनमोल उपहार मानिसले पाएकोमा मानिस धेरैपल्ट कृतज्ञ होइन । कृतघ्न बनेको छ । हामी सबै कुरा आफ्नै शारीरिक अभिलाषा पूरा गर्न प्राप्त गर्न चाहन्छौं ।
दिने पिताका हामी सन्तान बनेका छौं । परमेश्वरले हक दिनुभएर नै हामी उहाँका सन्तान बनेका छौं । येशूको मृत्युले मानव इतिहासलाई नयाँ मोड दियो र परमेश्वरले येशूको बलिदानलाई स्वीकृति दिनुभएर नै यी सबै कुरा सम्भव भएको हो ।
हाम्रा परमेश्वरले दिनुभएको यही उपहारलाई सम्झेर नै हामी ख्रीष्टमस मनाउँछौं । परमेश्वरले दिनुभएको उपहर पाएर नै हामी यसको योग्य बनेका हौं ।
परमेश्वरको प्रेम पवित्र आत्माद्वारा हाम्रो हृदयमा खन्याइएको छ । अदृश्य परमेश्वरको महिमा येशूले हाम्रा समक्ष प्रकट गर्नुभएको छ ।
येशूले देओ त दिइनेछ भनेर सिकाउनुभयो र सबैको लागि आÏनो प्राण दिनुभयो । येशूका चेलाहरू र सुरुको मण्डलीले दिने कार्यलाई प्राथमिकता दियो र परमेश्वरको सेवामा धेरैले दिइरहे ।
हामी त्यही दिने परमेश्वरका सन्तान हौं । त्यही नयाँ स्वभाव हामीले पनि येशूमा विश्वास गरेपछि पाएका छौं । हाम्रो पुरानो मान्छे वा लोभी स्वभाव पनि क्रूसमा टाँगिएको छ । अब हामी नयाँ मन भएका नयाँ मानिस हौं । दिने कुरा हाम्रो स्वभाव र चरित्र हो । यसले हामीलाई परमेश्वरको प्रेम अरू मानिसमा प्रकट गर्न मद्दत गर्छ । अब हामीले प्रेम र सत्यतामा ख्रीष्टको सुसमाचार र सबैलार्इ सुनाउनुपर्छ । हामीले अरूलार्इ दिन सक्ने अमोल उपहार यही हो ।
यो ख्रीष्टमसमा परमेश्वरले तपाईंलाई यसै गर्न अगुवाइ गर्नुभएको होस् ।

येशु ख्रीष्टको बाह्र वर्ष र तीस वर्षको बिचको समय…

प्रभु येशु‌ ख्रीष्टको जीवनको १२ वर्ष देखि ३० वर्षको बिचको समयलाई बाइबलमा लेखिएको छैन भनेर यसलाई केहि बिरोद्धीहरुले बिवादष्पद (controversy) बिषय बनाएका छन्। यसलाई “येशुको १२ वर्ष र ३० वर्षको बिचको रहष्य” भन्ने बिषयमा किताब सम्म लेखिएको छ.. तिनी त्यस समयमा भारत देशमा आएर साधु-सन्तहरु संग शिक्षा लिए यसकारण उनले दिएको शिक्षा पनि हिन्दु शास्त्र संग मेल खान्छ भन्ने आरोप लगाएका छन् अनि तिनको चिहान पनि काश्मिरमा‌ छ भन्ने आधारहिन कुराहरु लेखेर मानिसहरुलाई भ्रमित बनाएको छ तर प्रभु येशुको त्यस समयको बिषयलाई बुझ्नु हो भने हामीले बाइबलमा यहुदि जातिलाई‌ परमेश्वरले दिनुभएको ब्यवस्था, जीवन शैली, संकृति र परम्परालाई ‌पनि अध्यन गर्नु पर्छ। बाइबलमा सबैकुरा लेखिएको छैन तर सिधान्तहरु (principles) दिएको छ जसको आधारमा बाइबल स्पस्ट संग बताउँदछ येशुको त्यस समयको बिषयमा।
यहदि जातिहरुमा ब्यवस्था अनुसार पुरुषहरुको बाह्र वर्ष र तीस वर्षको उमेर अति महत्वपूर्ण हुन्छ, किनभने तिनीहरु बाह्र वर्षको उमेरमा व्यवस्थाको पुत्र हुन्छन् अनि त्यस उमेर देखि उत्ता तिनीहरु पुरुषको गन्तीमा आउछन् भने तीस वर्ष को उमेर नपुगे सम्म एउटा यहुदि पुरुषले परमेश्वरको सेवा गर्नु र सभाघर (Saynagogue) मा व्यवस्थाको पुस्तकबाट पढ्नु पाइन्दैन थियो। (गन्ती ४:३)
यसकारण प्रभु येशुले पनि त्यस समय सम्म‌ पर्खिनु भयो। (लुका ३:२३)
किनभने उहाँले जे गर्नुभयो त्यो व्यवस्था अनुसार गर्नुभयो।
येशु आफ्नो घरनामा‌ जेठा छोरा थिए तर यहुदि व्यवस्था अनुसार (पहिला‌ जन्मिएको हरेक थोक) जेठालाई मन्दिरमा अर्पण गर्नुपर्थ्यो। (गन्ती १३:१-२)
तर घरमा जेठाको अवश्यकता परे मन्दिरको नियमको तिरो तिरेर घरमा फर्काउन सकिन्थ्यो। (गन्ती १३:१३)।
यसरी उकासेेर ल्याएको ब्यक्तिलाई यहुदि परम्परा अनुसार बाबुको काम सिक्नु पर्ने हुन्छ। येशुको बाबु योसूफ सिकर्मी (carpenter) थिए (मत्ती१३:५५) यसकारण उनले येशुलाई‌ आफनो काम सिकाए।

येशु एक सिकर्मी भएको कारणले तिनको बिषयमा चर्चा गर्दा उनको काम संग जोडेर “के यिनी त्यही सिकर्मी होइनन् र ?” भनेका छन् (मर्कूस ६:३)। यसकारण यो कुरा स्पस्ट हुन्छ कि प्रभु येशु ख्रीष्ट आफ्नो जीवनको बाह्र र‌ तीस वर्ष उमेरको बिचमा कहिले पनि भारत मा आउनु भएन तर घरमा नै बसेर बाबु संग सिकर्मी काम सिकेर आफ्नो परिवारको अभिभार उठाउनु भयो। यदि भारतको काश्मिरमा येशुको चिहान छ भने त्यो कुनै पनि येशुको हुनु सक्छ जो इस्राएलबाट आए होला जसको निम्ति हामीलाई कुनै मतलब छैन।
त्यो येशु, हामीले विश्वास गरेको येशु ख्रीष्ट चाहि कदापि होइन किनभने यहुदि समाजमा येशु नाउँ एउटा प्रचलित र कसैले पनि राख्नु सक्ने नाउँ थियो। बाइबलमा यहोशू, योशूफ, येशुुवा आदि नाउँहरुको प्राय एउटै अर्थ हुन्छ “उद्धारकर्ता” (savior or the Lord saves) यसकारण बाइबलमा एकजना मात्र येशुको नाँउ लेखिएको छैेन तर अरु पनि थुप्रै येशुको नाँउ छन् (२कोरिन्थी११:४, कलस्सी ४:११) तर हामीले विश्वास गरेको येशु चाहि “ख्रीष्ट” हुनुहुन्छ।(मत्ती २७:१७)। ख्रीष्टको अर्थ ग्रिक भाषामा “अभिषेक गरिएको” (anointed or chosen one) अनि हिब्रुमा “मसिहा” (Messiah) भन्ने हुन्छ। (मत्ती १६:१३-२०, युहन्ना १:४०-४२, प्रेरित ३:१७, १यहन्ना ५:१)
उहाको नाँउ सगं “ख्रीष्ट” जोडिए पछि अरु कुनै पनि येशु नाँउ संग त्यो नाँउको तुलना गर्नु सकिन्दैन। प्रभु येशु ख्रीष्ट हाम्रो पापको निम्ति क्रुसमा बलिदान हुनको निम्ति परमेश्वर दुवरा अभिषेक गरिएको निष्कलंक थुमा हुनुहुन्छ उहाले आफ्नो बोलावट अनुसार परमेश्वरको उदेश्यलाई पुरा गर्नुलाई कलभरी डाँढामा क्रुशमा हाम्रो पापको निम्ति मर्नुभयो तर भारतको काश्मिरमा होइन यसकारण हामी भ्रममा नपरौं
परमेश्वरलाई‌ महिमा होस।
आमिन
बिमल छेत्री
शिलिगुडी

एन.सी.एफ. नेपालका नवनियूक्त महासचिवको स्वागत तथा पदभार ग्रहण

एन.सी.एफ. नेपालका नवनियूक्त महासचिवको स्वागत तथा पदभार ग्रहण

भदौ १०, २०७५ कुसुन्ती, ललितपुर
एन.सि.एफ नेपालको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नवनियूक्त महासचिव एल्डर सेर ए.सी.लाई भव्य स्वागत गरिएको थियो भने निवर्तामान उपमहासचिव डा. कर्णबहादुर तामाङज्यूलाई विशेष धन्यवाद दिर्दै विदाई गरिएको थियो । केन्द्रिय उपाध्यक्ष रेभ बी.बी कार्कीले शुरुको प्रार्थना गर्नुभएपछि औपचारीक रुपमा अगाडी बढाईएको स्वागत तथा विदाई कार्यक्रमलाई सम्वोधन गर्दै एन.सि.एफ. नेपालका केन्द्रिय अध्यक्ष रेभ. सुर्य बहादुर बल तामाङले एनसिएफ नेपालमा लामो समय देखि रित्तारहेको महासचिवको पदमा सम्पूर्ण प्रकृया अवलम्वन गर्दै नयाँ महासचिव नियूक्त गर्न पाएकोमा खुशि व्यक्त गर्नु भएको थियो । यसै अवसरमा अध्यक्ष ज्यूले निवर्तमान उपमहासविच डा. के.बि. तामाङलाई बिषेश धन्यवाद दिर्दै एन.सि.एफ. नेपालमा विगत तीन वर्षदेखि का.मु. तथा उपमहासचिवको रुपमा सेवा गर्नुभई संस्थालाई पुर्याउनु भएको योगदानको सम्मान गर्दै संस्थाको तर्फबाट कदरपत्र प्रदान गर्नुभएको थियो । लगातै नवनियक्त महासचिवलाई स्वागत गर्दै नियूत्ती पत्र प्रदान गर्नुभएको थियो । नवनियुक्त महासचिव एल्डर शेर ए.सी.ज्यूले नियुत्ती पत्र ग्रहण गर्दै स्वागत सभालाई सम्वोधन गर्नुभई आफु भन्दा ६ बर्ष जेठा संस्थामा कार्यकारी महासचिव भएर धेरै पुराना अग्रज पास्टर–गुरुजनहरूस“ग मिलेर सेवा गर्ने अवसर पाएको र आफुलाई सवै मिलेर भव्यरुपमा स्वागत गर्नुभएकोमा आभार प्रकट गर्नुभएको थियो । धेरै अग्रज तथा सहपाटी मित्रहरूले यस संस्थालाई माथि उकास्न आफुमाथि ठूलो भरोसा र आशा राख्नुभएको ले प्रार्थनासहित केही नया“ सोच र उद्देश्यका साथ यो जिम्मेवारी लिन आएको कुरा वताउनु भएको थियो । यहा“ आफुले गर्नुपर्ने थुप्रै चुतौतिहरु छन् मण्डलीहरूको पनि ठूलै आशा र अपेक्षाहरू छन् जसलाई पुरागर्ने आफ्नो प्रयत्न रहने कुरा र सवैको साथ र प्रार्थनाको अपेक्षा गर्नुभएको थियो त्यसरी नै आफ्नो दर्शन बाड्न सम्वन्धमा एन.सि.एफ. नेपालको लागि महाचिवको रुपम रहेर प्रार्थमिकताको भावी दिनमा गरिने कार्ययोजनाहरुलाई वुदगत रुपमा प्रस्तुत गर्नुभएको थियो । जसअन्तर्गत
 मण्डली भ्रमण र उत्साह प्रदान
 सेवकाइका विभागहरूको सही व्यवस्थापन विभागीय समिति गठनमा सहायता – युवा तथा दिदीबहिनी
 मासिक प्रार्थना बुलेटिन प्रकाशनसहकार्य तथा एकताका लागि पहल मण्डलीको संवैधानिक हकका लागि पैरेवी
 मण्डली समुदाय स“गस“गै प्रक्रियाको प्रयोग सुसमाचारका नया“ तरिका र प्रयोगहरूको खोजी ्

कार्यक्रममा उपस्थित विभिन्न मण्डलीका संघ संस्थाका प्रतिनिधिहरुले नवनियूक्त महासचिवलाई बधाई तथा सफल कार्याकालको लागि शुभकामना दिनुभएको थियो । त्यस्तै गरि मनतव्य दिने क्रममा निवर्तमान उपमहासचिव डा. कर्ण बहादुर तामाङज्यूले आफ्नो कार्यकालभर सहयोग पुर्उनुहुने सवैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाको लागि सहि समयमा सहि व्यक्ति प्राप्त भएको मा नवनियूक्त महासचिवलाई बधाई तथा सफल कार्यकालाको शुभकामन दिनुभयो ।
कार्यक्रमलाई एनसिएफ नेपालका कार्यसमितिका सहसचिव रेभ.पा. हिमालराई ज्यूले कुशलता पुर्वक संचालन गर्नुभएको थियो । नवनियुक्त महासचिवको स्वागत समापन पछि आफ्नो कार्यकक्षमा गई पदभार ग्रहण गर्दै मण्डली सदस्यताको प्रमाणपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

अमेरिकाबाट फर्केका सिवी गहतराजले पत्रकार सम्मेलनमा के के बोल्नुभयो त ?

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको पत्रकार सम्मेलन सम्पन्न,
अध्यक्षको अमेरिका भ्रमण र नेपालको धार्मिक स्वतन्त्रता लगायत वर्तमान अवस्थाका बारेमा जानकारी…

२०७५ साउन २४ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी महासंघका अध्यक्ष सि.वि. गहतराजज्यूले हालै गर्नुभएको अमेरिका भ्रमण र नेपालको धार्मिक स्वतन्त्रता लगायत वर्तमान अवस्थाका बारेमा आफ्ना धारणा जानकारी गराउन एक पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
सो पत्रकार सम्मेलनमा गत जुलाई २४ देखि २६ तारिख २०१८ सम्म अमेरिकामा संयुक्त राज्य अमेरिकी सरकारको धार्मिक स्वतन्त्रता सम्बन्धी मन्त्री स्तरीय वासिङ्टन डि.सी. स्टेट डिपाटस्थित आयोजना गरिएको कार्यक्रममा उठेका र छलफल भएका विषयका साथै आफ्नो त्यहाँको सरकारी निकायका अधिकारी लगायत विभिन्न पक्षसँग भएको भेटघाटका बारेमा महासंघका अध्यक्ष सि.वि. गहतराजज्यूले जानकारी गराउनु भएको थियो । सो सम्मेलनमा अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता र अल्पसंख्यक धार्मिक समुदायहरूको पक्षमा उठेका विषयबस्तुमाथि घनिभूत छलफल भएको कुरा समेटिएको प्रेस विज्ञप्ति समेत वितरण गरिएको थियो । यसका साथै संयुक्त राष्ट्रसंघको महासन्धीमा रहेको धार्मिक स्वतन्त्रतामा थप प्रतिवद्धता गर्न र नेपालमा रहेका अल्पसंख्यक धार्मिक समुदाय र ख्रीष्टियन समुदायको विशेष सुरक्षा र धार्मिक स्वतन्त्रताको लागि अमेरिकी सरकारका विभिन्न प्रतिनिधिहरूसँग भेटघाट तथा छलफल समेत भएको कुरा उहाँले बताउनुभएको थियो ।
आगामी भदौदेखि लागू गर्ने भनिएको फौजदारी विधेयकलाई प्रतिशोधको हिसाबले र कुनै समुदायलाई नियन्त्रण गर्न बनाइएकाले तत्काल खारेज गर्न समेत अध्यक्ष गहतराजज्यूले माग गर्नुभएको छ । उहाँले आफूले इच्छा गरेको धर्म मान्न पाउनु पर्ने अधिकारलाई कसैले हनन गर्न नपाइने भन्दै नेपाल सरकारलाई गैरन्यायिक विधेयक फिर्ता लिन आग्रह समेत गर्नुभएको छ । विभिन्न समयमा नेपाल सरकार र महासंघबिच भएको ३ बुँदे र ६ बुँदे सहमति यथासिघ्र कार्यान्वयन गर्दै समाधि स्थल लगायत राष्ट्रिय सरोकारका विषयहरू कार्यान्वयन गर्न नेपाल सरकारसँग राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्षज्यूले जोडदार माग समेत गर्नुभएको थियो ।
राष्ट्रिय ख्रीष्टियन महासंघका सचिव पास्टर उद्धव चिमौरियाज्यूले सञ्चालन गर्नुभएको सो कार्यक्रममा महासंघका वरिष्ठ सहअध्यक्ष रेभ. फिलेमोन क्षेत्रीज्यूले शुरुको प्रार्थना गर्नुभएको थियो भने अर्का सचिव पास्टर हेम बहादुर थापाज्यूले त्यहाँ वितरण गरिएको प्रेस विज्ञप्ति पढेर सुनाउनुभएको थियो ।

तिम्रो गोख्रे खबर कागत् र तिमीलाई आज धेरै सम्झेको छु ।

– हरि जिज्ञासु महान काम गरेका तर ओझेलमा परेका तिमी पादरी गंगाप्रसाद प्रधानको ४ जुलाइ १८५१ मा काठमाण्डौंको ठमेल स्थित ठहिंटी टोलमा कान्छो छोरोको रुपमा जन्म भएको हो भन्ने कुरा पढेको छु र सुनेको छु । देशमा राणाहरुको शासन प्रणालीमा बाँचेका तिमी र तिम्रो परिवार संधै राणाहरुले गरेको अत्यचार सहेर बसेका थियौ । राणहरुको अत्याचार सहन नसकी तिम्रो दाजु प्रभुनारायणले नेपाल छोडेर दार्जिलिङ बसाई सरे । तिम्री आमा राजमति प्रधानको मृत्यु भएपछि तिम्रो जीवन केहि कष्टकर बन्यो । तिम्रो पारिवारिक अवस्था कमजोर भएपछि तिम्रो दाजु प्रभनारायणले तिम्रो परिवारलाई दार्जिलिङ आउन भनि खबर पठाएपछि तिमी करिब साडे नौ वर्षको उमेरमा दार्जिङ गयौ । पढेर असल मान्छे बन्ने, जागिर खाने र पैँसा कमाउने सपना र सोच तिम्रो दिमागमा कहिल्यै आएन । आओस् पनि कसरी ? तिमीलाई तिम्रो परिवारको नाजुकपनले संधै पिरोलिरहन्थ्यो । सायद पारिवारिक अवस्था कमजोर भएकोले होला तिमी कापि र कलम बोकेर स्कुल जाने समयमा डोको र हाँसिया बोकि चिया बारीमा गयौ । चिया बारीमै रमायौँ । चियाका पत्ताहरुसँग तिमीले मितेरी गाँस्यौँ । तिमीले वेदनाका खुट्किलाहरु विस्तारै पार गर्दै गर्दा तिम्रा वुवा रुपनारायणले कान्छी आमा भित्रियाय । अनि तिमीले थप कान्छी आमाले दिएको पिडा डोकोमा बोकि कहिले चिया बारीमा लिन्थ्यौ । त कहिले आँसुले बगाउँथ्यौं । सायद तिमीलाई परमेश्वरले तिम्रो आमाको गर्वमा हुनुभन्दा पहिले नै नेपालको ख्रीष्टियन इतिहास रच्न भनेर सृष्टि गर्नभएको हो जस्तो लाग्यो । तिमी कलिलो उमेरमा चियाबारीमा काम गरेर करिब १९ वर्षको उमेरमा स्कुल गयौ । उमेरले पाको र बहुआयमिक अर्थात अनुभवी भएकाले तिमी पढ्ने स्कुलमा कहिलेकाहिँ तिमीलाई पढाउने शिक्षक बाहिर गएको बेला तिमी करिब ८÷९ महिना पढेपछि शिक्षक भइहाल्यौ । तिमी त्यतिखेर नै आफू पढ्दै र पढाउँदै गरेर करिब ४ वर्षसम्म शिक्षक बन्यौँ । त्यहि समयमा तिमीले सुसमाचार सुनेर प्रभलाई विश्वास गर्यौँ । त्यतिखेर तिमीलाई संसारका सबै कुरा हात पारेर अनन्त जीवन हात पार्न सकिएन भने के लाभ भन्ने बाइबलको बचनले मोहित पार्यो । त्यतिखेर येशूलाई विश्वास गर्नु भनेको फलामको चिउरा चपाए जस्तै थियो । जव तिमीले परमेश्वरको बोलावटलाई बुज्यौँ र नेपाली दाजुभाईहरुको मुहारमा येशू ख्रीष्टिको प्रेम झल्किरहेको देख्यौँ । अनि लाग्यौँ परमेश्वरको बोलाएर गर्न लगाएको काममा निरन्तर । तिम्रो मुख्य योजना त्यतिखेर नेपाली दाजुभाईहरुलाई ख्रीष्ट चिनाउँनु थियो । त्यहि उद्देश्यले हिड्यौँ । नेपाली भाषको विकासमा लाग्यौं । नेपालीहरुले प्रभुको बचन सजिलै आफ्नो भाषामा पढ्न र बुझ्न सकुन भनेर पहिलो कुरा नेपाली भाषामा बाईबल अनुवाद गर्न सुरु गर्यौँ । र तिम्रो योजना सफल भयो । अर्को महान काम सुसमाचारको लागि भनेर आफ्नै प्रेस खरिद गरी अहिलेको गोख्रापत्र राष्ट्रिय दैनिक स्थापना हुनुभन्दा ४ महिना अगाडि सुसमाचार प्रचारकै लागि भनेर गोख्रे खबर कागत् नामको मासिक पत्रिका प्रकाशन गरेर नेपालीहरुलाई थप जनचेनामुलक र प्रभुको सुसमाचार सुनाउँने काम गर्यौँ । तिम्रो यो महान अभियान र महान कामलाई आज पनि सम्झिरहेको छु । तिमीले नेपाली भाषा र साहित्यमा यति ठूलो योगदान पु¥यायौँ तर तिमी नेपाली इतिहासमा संधै ओझेलमा परिरहयौँ । आदि कवि भानुभक्त र मोतिराम भट्ट जस्ता कविहरु तिम्रा साथीहरु थिए । उनीहरुको नाम हामीले पढ्ने कितावमा पढ्दा कहिलेकाहिँ तिमीलाइ सम्झन्छु र प्रश्न गर्छु । “तिमी किन इतिहासमा कैद भयौन् ?” एक पटक मन मनै सोच्छु “तिम्रो इतिहास स्वर्गमा रचिएको छ ।” परमेश्वरले तिमीलाई ठूलो इनाम दिनुभएको छ । तिमी अहिले पादरी गंगाप्रसाद प्रधानको नामले चिनिएका छौँ । तिम्रो योगदान नेपाली ख्रीष्टियन समुदायको लागि अतुलनिय छ । त्यसैले भोलि मनाइने तिम्रो १६७ औँ स्मृति दिवशको अवरमा तिमीलाइ सम्झन्छु र तिम्रो महान योगदान प्रति अति आभारी छु । तिमीले रचेजस्तै इतिहास अब नेपालका पास्टरहरु, पत्रकारहरु,र मिशनरीहरुले रच्नुपर्नेछ । र हरेक नेपालीले तिम्रो सम्मान गर्नुपर्नेछ । तिम्रो योगदानलाई भुल्नेहरुले इतिहास रच्ने प्रयास गर्दैनन् जसले तिम्रो इतिहास बुज्ने गर्छ त्यसले महान इतिहास रच्ने प्रयास गर्नेछ । त्यसैले म तिमीले नेपाली इसाई पत्रकारितामा पु¥याएको योगदाको गदर गर्दै तिमीलाई सम्झी रहेको छु । तिम्रो १६७ औँ स्मृति दिवश असलसाथ सम्पन्न होस् । शुभकामना ।