फौजदारी संहितामा धर्मः कसुर र सजाय विधेयकमा ख्रिष्टियन समुदायको चासो किन ???

दिनेश श्रेष्ठ

गत साउन २५ गते व्यवस्थापिका संसदबाट पारित भएको फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विधेयक—२०७४ का सम्बन्धमा नेपालमा रहेका ख्रिस्टियन समुदायको गहिरो चासो बढेको देखिन्छ । गत भदौ २० गतेका दिन राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले बेथशालोम पुतलीसडक चर्च काठमाडौंमा विभिन्न मण्डलीका पास्टर तथा अगुवाहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू लगायतको सहभागितामा एक अन्तर्कि्रया कार्यक्रमको आयोजना गरेको थियो भने त्यसभन्दा केहि दिन अघि नेपाल ख्रिष्टियन समाजले पनि ललितपुरको कुमारीपाटीस्थित क्वाइनोनिया पाटन चर्चमा भर्खरै नेपालको संसदबाट पारित भएको फौजदारी संहितामा धर्म सम्बन्धिको कसुर र सजाय विधेयकका बारेमा जानकारी गराउनका साथै विभिन्न बिषयमा प्रार्थना गर्ने भनि एक कार्यक्रमको आयोजना गरेको थियो । माथि उल्लेखित कार्यक्रम मात्र होइन, यहाँ अरु गतिबिधि लगायत अन्य कार्यक्रम पनि भइरहेका छन् । आखिर संसदबाट भर्खरै पारित भएको यो फौजदारी संहिताको धर्म सम्बन्धी कसुर र सजाय विधेयकमा ख्रिष्टियन समुदायको चासो किन बढेको होला ? अनि के अन्य अल्पसंख्यक धार्मिक समुदायलाई यसबारेमा चासो नभएको नै होला त ? यी र यस्तै प्रश्नहरू आम मानिसमा सायद उठेका होलान् । यस्ता प्रश्नहरू उठ्नु पनि स्वभाविकै हो ।
हुन त महासंघले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मुस्लिम समुदायका अध्यक्ष खुसिद आलम, वानी नेपालका राष्ट्रिय निर्देशक डा. समित अहम्मद लगायत मानवअधिकारकर्मी, संविधानविद् अधिवक्ता र विधायन समितिका सदस्य एवं व्यवस्थापिका संसदका सांसदको पनि उपस्थिति रहेको थियो र सो अन्तक्र्रिया कार्यक्रममा बोल्ने प्रायः वक्ताले यस विधेयकसँग कुनै पनि अल्पसंख्यक धार्मिक समुदाय डराउनु पर्ने आवश्यकता नरहेको बताउँदै अहिलेको नेपालको संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको हकः १ मा धर्ममा आस्था राख्ने सबै धार्मिक समुदायले आफूले अवलम्बन गरेको धर्म मान्न, अभ्यास गर्न र संरक्षण गर्न स्वतन्त्रता दिएकोले नेपालको फौजदारी संहितामा धर्म सम्बन्धित कसुर र सजाय विधेयकसँग कोहि पनि डराउनु पर्ने अवस्था नरहेको बताएका थिए । अझ सांसद रामनारायण बिडारीले त हालसालै पारित भएको विधेयक धार्मिक समुदायहरूको लागि सजाय दिनलाई नभई संरक्षण गर्नका लागि हो भनि जिकिर नै गरे ।
हाल नेपालको संविधानले दिएको धर्म निरपेक्षता भनेको संविधान अनुसार सनातनदेखि चलिआएको धर्मलाई संरक्षण गर्नु हो । गत साउन २५ गते संसदबाट पारित भएको फौजदारी कसुर सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमा भएको धर्म सम्बन्धीको कसुर अनुसार धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेल र ५० हजार जरिवाना सम्मको सजाय राज्यले नै तोकेको सजाय हो । जसले धर्मनिरपेक्षको नै धज्जी उडाएको कतिपयले मत जाहेर गर्दछन् ।
नेपालको संविधान २०७२ को धारा २६ को धार्मिक स्वतन्त्रताको हक १ मा लेखिएको कुरालाई मात्र धेरैजसोले हेर्छन् र ध्यान दिन्छन् अनि भन्दछन् कि यो धर्म निरपेक्षताको संविधानले हामीलाई धार्मिक स्वतन्त्रता दिएकै छ त । तर सोही धारा २६ को ३ नं. को बुँदामा चाहिँ यसरी लेखिएको छ, “यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ ।” माथि १ मा लेखिएको कुरालाई यसले खण्डन गर्दछ । अर्को कुरा राजतन्त्र सहितको हिन्दु साक्षेप नेपालको संविधान २०४७ मा पनि धार्मिक स्वतन्त्रताको हक सम्बन्धी लेखिएको प्रावधान र अहिलेको धर्मनिरपेक्षता अनुसारको नेपालको संविधान २०७२ मा लेखिएको धार्मिक स्वतन्त्रताको हक सम्बन्धी लेखिएको प्रावधानमा केही पनि भिन्नता छैन ।
संविधानको यहि प्रावधान अनुसार नै हालै संसदबाट पारित भई अर्को वर्ष २०७५ को भदौ १ गतेबाट लागू हुने गरी बनेको फौजदारी संहितामा धर्म सम्बन्धीको कसुर र सजाय विधेयक तयार भएको देखिन्छ । जसले नेपालका बहुसंख्यक ख्रिष्टियन समुदायलाई नराम्रोसँग झस्काएको छ । विगतका दिनहरूमा नेपालका ख्रिष्टियनहरूले राज्यबाट आफू उपेक्षामा परेको अनुभवका आधारमा अहिले गणतान्त्रिक शासन व्यवस्थामा पनि कतै राज्य र बहुसंख्यक धार्मिक समुदायबाट उपेक्षा र बहिस्कारको सिकार त बनाइने होइन भन्ने आशंका बढेको छ तर सम्बन्धित निकाय अर्थात राज्य पक्षबाट त्यस शंकालाई निवारण गर्ने कुनै पहल भएको छैन । ख्रिष्टमत अनुसार हरेक ख्रिष्टियनले आफूमा आएको वदलाव अरुलाई बाँड्नै पर्दछ किनकि येशु खिष्टले नै यो आज्ञा उहाँका भक्तजनहरूलाई दिनुभएको छ । नेपालको संविधान र हालै पारित भएको कानूनमा माथिको प्रावधानले आफूले धार्मिक स्वतन्त्रता पाउने कुरामा नेपाली ख्रिष्टियनहरू ढुक्क हुन सकेका छैनन् । कतै विगतमा जस्तै आफ्नो विश्वासको मत प्रचार गरेकै आधारमा फौजदारी अभियोगमा जेल पो परिने हो कि भन्ने डर नेपालका ख्रिष्टियनहरूलाई परेको छ । यदि नेपाल सरकार र यहाँका राजनीतिक दलका नेताहरूले आफूले बनाएको संविधान र त्यस अन्तर्गत बनेको कानून उत्कृष्ट छ भन्ने ठान्छन् भने नेपाली ख्रिष्टियनहरूलाई आफ्नो आस्था प्रचार गरेकै आधारमा कुनै पनि फौजदारी अभियोग लगाइने छैन भनि विश्वस्त पार्न सक्नुपर्दछ । ख्रिष्टियनहरूले पनि जर्वजस्ती अरुको धर्म परिवर्तन गराउन पाउनुपर्छ भनेका होइनन् र चाहँदैनन् पनि तर आफूले मानेको आस्थाको प्रचार मात्र गर्न पाउने ग्यारेन्टी खोजेका हुन् । अन्य पक्षले यसलाई अनावश्यक प्रचार तथा उछाल्नु पर्ने कुनै कारण यसमा छैन ।
माथि उल्लेखित प्रावधान नेपालको संविधान तथा कानूनमा भएकै कारण धर्मनिरपेक्ष गणतन्त्र नेपालको संविधानमा पनि जसरी विगतको राजतन्त्रात्मक हिन्दु राष्ट्रको संविधानमा आफूले चाहेको धार्मिक आस्था मानेकै आधारमा, अवलम्बन गरेकै आधारमा र अभ्यास गरेकै आधारमा फौजदारी अभियोग भोग्नु परेको थियो तर फेरि पनि भोग्नु नपरोस् भन्ने चासो मात्र हो । त्यसैले फौजदारी संहितामा धर्मः कसुर र सजाय विधेयकमा ख्रिष्टियन समुदायको चासो भएको हो । तसर्थ सम्बन्धित निकायले यसलाई छिटो निराकरणको प्रयास गरोस् र नेपाली ख्रिष्टियन समुदायलाई आफूले चाहेको धार्मिक आस्था मानेकै आधारमा, अवलम्बन गरेकै आधारमा र अभ्यास गरेकै आधारमा फौजदारी अभियोग भोग्नु पर्ने छैन भन्ने सुनिश्चितता गरोस् ।

सिङ्गिङ्ग एन्ड डान्सिङ्ग स्टार २०७४

मकल राई बान्तबा। भाद्र १७। कभनेन्ट डान्स एन्ड म्युजिक एकेडेमी द्वारा इसाई कलाकारको उजागर गर्ने तथा परमेश्वरको महिमा गर्ने उद्देश्यले नृत्य तथा गायन प्रतियोगिता सिङ्गिङ्ग एन्ड डान्सिङ्ग स्टार २०१७ सञ्चालन भइरहेको छ।
यश नृत्य तथा गायन प्रतियोगितालाई सिङ्गिङ्ग एन्ड डान्सिङ्ग स्टार २०१७ नामाकरण गरिएको छ। बिगत ६ महिना अघिदेखि अधिराज्य भरिबाट विभिन्न जिल्लाबाट अडिसन लिइएको थियोे। अडिसनका क्रममा लगभग १००० एक हजार जनाको सहभागिता रहेको थियो। निर्नायकका रुपमा गायन तर्फ संगितकार गगन सुब्बा र गायक राजेश राई हुनुहुन्छ भने नृत्य तर्फ नीलीमा कोइराला र शानीया शाह हुनुहुन्छ।
अहिलेसम्म अडिसन लगायत पाँचौ राउन्ड सम्पन्न भैसकेको छ। यस पटक टप ११ को छनोट भएको छ। जसमा नृत्य ११ र गायन ११ गरि २२ जना टप ११ को लागि छानिएका छन्। जसमा नृत्य तर्फ क्रमशः आकृती राई, स्यारोन मगर, जस्ती महर्जन, बीनीता मगर, तबीता घिमिरे, नबीना श्रेष्ठ, बिबेक घिमिरे, किरण मगर, अदीती मगर, जनम लामा र गायन तर्फ कृष्टीना राई, एकान्त लिम्बू, अमर रहपाल, पत्रुश थापा, मनोज लामा, रेवीका राई, भरत राई, शेखर तामाङ, मोहन मगर, ज्योति लिम्बू, प्रतिज्ञा मगर रहेका छन्।
यश प्रतियोगितामा प्रथम हुनेले एक लाख पचास हजार साथै एल्बम र म्युजिक भिडियो प्राप्त गर्नेछ। भने दोश्रो हुनेले एक लाख साथै एल्बम र म्युजिक भिडियो प्राप्त गर्नेछ। अहिलेसम्मको सम्पूर्ण अडिसन लगायतका राउन्ड मण्डलीहरुमा हुदै आइरहेको थियो। अब दशै लगत्तै नेपालीको राष्ट्रिय टेलिभिजन च्यानल सगरमाथा टेलिभिजनबाट प्रशारण हुने भएको छ।यो नृत्य तथा गायन प्रतियोगिता लगातार १८ पटक प्रशारण हुनेछ।
यो नेपाली इसाई क्षेत्रमा पहिलोपटक गरिन लागिएको पहिलो कार्यक्रम हो जसलाई नेपालीको राष्ट्रिय टेलिभिजन च्यानलको माध्यमबाट प्रशारण गर्ने भएको छ। यस कार्यक्रमको बारेमा जानकारी दिदै आयोजकले दाबी गरे यो कार्यक्रम संसारकै पहिलो इसाई नृत्य तथा गायन प्रतियोगिता हो जो देशको राष्ट्रिय च्यानलले प्रशारण हुदैछ।

विशप प्रतिष्ठापन उत्सव

११ मई, २०१७ मा बिलिभर्स इस्टर्न चर्च सिनड सचिवालय, केरला, भारतमा आयोजित एक भव्य समारोहकाबीच भारतका विभिन्न राज्यका साथै अन्य देशका विशप अभिषेक कार्यक्रममा नेपालका दुई भिकार जनरलहरू रेभ. फा.हेमचन्द्र शर्मा र रेभ.फा.धनबहादुर तामाङ विशप पदमा अभिषेक हुनुभएको छ । उक्त समारोहमा घोषणा भएअनुसार विशपद्वय ११ मई, २०१७ मा बिलिभर्स इस्टर्न चर्च सिनड सचिवालय, केरला, भारतमा आयोजित एक भव्य समारोहकाबीच भारतका विभिन्न राज्यका साथै अन्य देशका विशप अभिषेक कार्यक्रममा नेपालका दुई भिकार जनरलहरू रेभ.फा.हेमचन्द्र शर्मा र रेभ.फा.धनबहादुर तामाङ विशप पदमा अभिषेक हुनुभएको छ । उक्त समारोहमा घोषणा भएअनुसार विशपद्वय हेमचन्द्र शर्मा र धनबहादुर तामाङको ९ जुलाई, २०१७ का दिन बिलिभर्स इस्टर्न चर्चका मेटोपोलिटन डा. के.पी. योहन्नान्को गरिमामय उपस्थितिमा विशप प्रतिष्ठापन उत्सव भव्यताका साथ समापन भएको छ । अब बिलिभर्स इस्टर्न चर्च नेपालको नेतृत्व विशप हेमचन्द्र शमाले गर्नुहुनेछ  । यस उत्सवमा  भू.पू. प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्व भौतिक योजना तथा निर्माणमन्त्री हिँसिला यमी साथै, अन्य अतिथिज्यूहरूको उपस्थितिमा उत्सव सम्पन्न भयो ।  यस विशप प्रष्ठिापन उत्सवमा विशप डा. नारायण शर्मा, विशप डा. शामूयल म्याथ्यू, विशप डा. जुरिया वरदान, विशप साइमोन जोन साथै पोखरा डायोसिसका भिकार जनरल रेभ. फा. चित्रकुमार रूपाचाकोे विशेष उपस्थिति रहेको थियो भने नेपाल अधिरज्यभरका प्रमुख चर्चका वरिष्ठ पास्टर लगायत गुरूजनहरू, ख्रीष्टियान महासंघका अध्यक्ष सि.बि.गहतराज, नेपाल ख्रीष्टियान समाजका अध्यक्ष रेभ. बर्णवास श्रेष्ठ साथै वभिन्न संघसंस्थाका प्रमुख, सेवक सेविका गरी १५ सयको भेला यस उत्सवमा रहेको थियो ।   उक्त प्रतिष्ठापन कार्यक्रमको सञ्चालन रेभ. फादर मान्जा तामाङ्कले गर्नु भएको थियो । पानसमा बत्ती बालेर उद्घाटन बिलिभर्स इस्टर्न चर्चका मेटोपोलिटन डा. के.पी. योहन्नान् लगायत अतिथिहरूबाट भएको थियो । स्वागत मन्तव्य विशप डा. नारायण शर्माले गर्नुभएको थियो  र शुभकामना मन्तव्य डा. के.पी. योहन्नान्, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वमन्त्री हिसिला यमी, माननीय लोकमणी ढकाल, सि.बि. गहतराज वर्णवास श्रेष्ठ लगायतका बक्ताले दिनुभएको थियो ।