नेपाली बाइबल अनुवादका पिता पादरी गंगाप्रसाद प्रधानको चिनारी जीवनी, कृति र योगदान

 

बहुआयमिक साधक स्व.पादरी गंगाप्रसाद प्रधानको जन्म काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाइ १८५१ अर्थात वि.स.१९०८ अषाढ २२ गते भएको थियो । बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोरा थिए । उनका जेठा दाजु प्रभुनारायण र दुई दिदिहरू सँगै थिए । त्यसवेलाको देशका राणाकालिन राज्यले जनताहरूलाई देश निकाला गर्ने अनेकौ वहानामा डर र धम्की दिन्थ्य । वाध्यता वश विदेशीनु पर्ने परिवन्धमा उनका दाजु नेपालको पूर्वहुदै दार्जिलिङ पुगे । जेठो छोरो विदेशीएको केहि बर्षपछि नै राजमति प्रधानको देहान्त भयो । परिवारमा ठूलो चोट परेकाले जीवन साह्रै अध्यारो भयो । प्रभुनारायणले आफ्नो परिवारलाई पनि दार्जिलिङ मै आउनु भनी समाचार पठाएकाले । गंगाप्रसाद नौ वर्ष उमेरमा आफ्नो परिवारसँगै पहाडको रानी दार्जिलिङ २९ मे, १८६१का दिन पुगे । नेपाल देशको राजनैतिक वातावरण सारा जनताको लागि स्वतन्त्र र सरल थिएन । एकतन्त्रे राज्य शासन चलाईरहेका राणा शासनको निरङकुश र अत्याचार पचाउन नसकी रूपनारायण हनुमानढोकामा द्वारेको जागिरबाट अवकाश दिएर सपरिवार मुग्लान हानिएका थिए । आमाको छिटै निधनले गंगाप्रसाद टुहुरो भए । फलस्वरुप धेरै वर्ष धोको पुग्नेगरी आमाको माया संगाल्न पाएनन् । ४ जुलाई, १८७० अर्थात उनको १९ औं जन्मदिनमा मेकफर्लेनको स्कूलमा भर्ना भए । तर सानी आमाले स्कूल पठाइनन् । दिनरातका कचकच र टोकसोलाई सहन नसकी एक महिनामै उनले स्कूल छोडे । पुस्तकलाई एकातिर पन्छाएर उनी फेरी चिया बगानमा चियाको पत्ती टिप्न विवश भए । तीन महिनापछि घरैमा मेकफर्लेन आएर निशुल्क पढाइदिने भएपछि उनी पुनः उत्साहीत हुदै स्कूल जान थाले । नौ महिना स्कूल पढेपछि एक दिन कक्षा एकका शिक्षक अनुपस्थित भएकाले म्याकफार्लेनले सो कक्षा पढाउने जिम्मा गंगाप्रसादलाई दिए । कक्षाका शिक्षक भोलिपल्ट, पर्सिपल्ट गरी एकमहिना सम्म अनुपस्थित भएकाले नयाँ महिना देखि उनी नै शिक्षक भए । उनको शैक्षिक योग्यता नभएता पनि उमेर र अनुभवीका कारण शिक्षकको गरिमामय पदमा आसिन भए । चारबर्ष सम्म शिक्षकको जागिर खाएका थिए । यसैबीचमा गंगाप्रसादले इसाई शिक्षकबाट परमेश्वरको जिउदो वचन सुने र येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गरे । तर त्यस समयमा ख्रीष्टयन हुनु ‘फलामको चिउरा चपाउनु ’ सरह थियो । वप्तिस्मा लिन र दिन मुस्किल थियो । त्यसपछि भागेर अलाहाबाद पुगी २४ जनवरी १८७५ मा पादरी बिनकूपबाट बप्तिस्मा लिए । त्यसबेला सम्म कुनै पनि नेपालीले इसाई धर्म ग्रहण गरेका थिएनन् । कारण ग्रहण गर्नेहरूलाई किरिया गरिन्थ्यो, मरेकै बराबर गरिन्थ्यो, पानी वाहेक, घर निकाला र समाजबाट बहिस्कार गरिन्थ्यो । तर उनले येशूख्रीष्टको दुःखलाई नै रोजे । ग्रहण, बप्तिस्मा र सेवकाइमा लागि परे । त्यसको करिब एक वर्षपछि उनको विवाह एलिजाबेथ राईसग भयो र उनीहरूको २ छोरा र ६ छोरीहरू जन्मिए ।) आफूले पाएको सत्य ख्रीष्टबारे अरुलाई पनि बताउन, सुसमाचारको दर्शन झन झन वृद्धिहुदै गयो ।
उनको सेवकाइमा शिक्षक, अनुवादक, लेखक, सम्पादक र पादरीको रुपमा जीवनको अन्त्य सम्म नै सेवागर्दै रहे । उनको परिवार संयुक्तरुपमा वस्थ्य । त्यसको पारिवारीक आर्थिक भार बढी उनकै काँधमा थियो । उनको आफ्नो निजी घर र जमिन केहि थिएन । उनको सन्ध्याकालीन जीवनमा धेरै उतारचढाव रहेको थियो । साहेद उनको अन्तिम सम्पादकीय कति हारगोहार मिश्रित सुस्केराहरू थिए होलान । उनका शुभचिन्तक पाठकहरूका चिठीहरू कसले पल्टाए होलान ? पत्रिकाले जन्माएका नयाँ लेखकहरू विचल्लीमा परे होलान् । आफ्नो मृत्यु पछि आफ्नी धर्मपत्नीलाई के हुने हो सोबारे प्रधानलाई निकै ठूलो पीर थियो । उनले भन्ने गर्थे “ म त प्रभुकहाँ जाँदैछु, तर धमालाई के हुने हो थाहा छैन । तिमीहरू सबैले उनको याद गर्नु …” भन्नुहुन्थ्यो रे । पारिवारिक आर्थिक स्थिति सन्तोषजनक थिएन । आफ्नै घर समेत थिएन । कर्मथलो दार्जिलिङ भएपनि उनको जन्मथलो काठमाडौं थियो । त्यो समयका प्रशासनले इसाई भएकै कारण काठमाडौं आएको केही समयमै पुनः दार्जिलिङ पठाइयो । आफ्नो जन्मथलो अनि मानिस प्रतिको माया र ख्रीष्टको सन्देश अधुरै राखि सपरिवार लखेटीनुपर्दा प्रधानलाई पिडा भएको थियो ।
उनको स्वार्थ भनेको गोर्खालीहरूको निःस्वार्थ सेवा थियो । अन्ततः पादरी गंगाप्रसाद प्रधानको स्वर्गे २८ मार्च, १९३२ का दिन दार्जीलिङमा ८१ बर्षको उमेरमा भयो । त्यो समयमा गाडिएका उनी गाडिएको गाडिकैं भए । आदिकवि भानुभक्त आचार्यको झै पादरी गंगाप्रसादको मोतीराम भट्टको ठीक समयमा उदय भएन । यसैकारण उनको मृत्युभएको ४३ बर्ष सम्म केही खोजखबर भएन । किन भएन ? यो एक तितोसत्य इतिहास केलाउनै पर्नेहुन्छ । जे भएतापनि हामीले तिर्न नसकिने ऋण अनि बाडुली लागिरहने सम्झना छाडी उनी स्वर्गे भए । उनको मृत्यु भएको चार दशक पछि ४ जुलाई १९७५ मा पादरी गंगाप्रसाद प्रधानको १२४ औं जन्मजयन्ती पहिलो पटक मनाइयो । त्यसपछि यदाकदा मनाइदै आएको देखिन्छ ।

नेपाली बाइबल अनुवादका पिता पादरी गंगाप्रसाद प्रधानको कृति र योगदान

बाइबल अनुवाद ः विश्वमा सबैभन्दा बढी बिक्रि भएको र सबैभन्दा बेसी भाषामा अनुवाद गरिएको पुस्तक बाइबल नै हो । सन् १८२१ मा विलियम केरीले नेपाली भाषामा नयाँकरार अनुवाद गरी श्रीरामपुर मिसनले प्रकाशन गरेको थियो । यो कृति नै नेपाली भाषाको पहिलो प्रकाशित कृति मानिएको छ । विलियम टिण्डेललाई अंग्रजी बाइबल अनुवादका पिता भने झै नेपाली बाइबल अनुवादका पिता भनेर पादरी गंगाप्रसाद प्रधानलाई मानिन्छ ।

१) नेपाली बाइबल अनुवादको योगदान
उनी बाइबलका शिक्षक, मण्डलीका पहिलो पङ्क्तिका अगुवा र प्रवक्ता भएर रहे । अनुवादको काममा मिसनेरी पादरी टर्नबुल र किल्गोर जस्ता ग्रीक र हिब्रु भाषाविदहरूबाट पनि सहयोग लिएर सन् १९१४मा अनुवाद गरी किङ्ग जेम्स भर्सनको विलकुल हुबहु अनुवाद १९१४मा कलकत्ताबाट प्रकाशित भएर आइपुग्यो । यी नै नेपाली बाइबलबाट लाखौ नेपालीले जीवनको पानी पिए । नेपाली भाषामा गंगाप्रसादको शीर्ष योगदान बाइबल जस्तो महान् ग्रन्थलाई नेपाली भाषामा तर्जुमा गर्नु जस्तो अर्को योगदान अरु हुन सक्दैन । नेपाली बाइबल अनुवाद भएको पनि आज १०२ बर्ष पूरा भएको छ । यसैको खुशीयालीमा महान् प्रभुलाई धन्यवाद भन्दछौं । अनि पादरी गंगाप्रसाद प्रधानलाई सम्झिरहेछौ । नेपाली भाषामा पवित्र धर्मशास्त्र बाइबल अनुवाद गरी प्रकाशन हुनुले आज पनि पादरी गंगाप्रसाद हामी विचमा बोलीरहे झै लाग्छ । २० बर्षको साधना र अथक परिश्रमले उनलाई नेपाली बाइबल अनुवादका साधक, महारथि र पिता बनाएको छ । अनुवाद , लेखन र प्रकाशनमा उनको योगदान विशिष्ट र प्रथम पंक्ति मै पर्दछ ।

२) ‘गोर्खे खबर कागत्’ मासिक पत्रिका ( सन् १९०१ –१९३२)

पादरी गंगाप्रसाद प्रधानको दोस्रो ठूलो योगदान ‘गोर्खे खबर् कागत्’ मासिकको प्रकाशनलाई लिन सकिन्छ । प्रधानले स्कटीस मिशन ओर्फनेज प्रेसलाई सन् १९०१ मा खरिद गरेर यो प्रेसलाई ‘द गोर्खा प्रेस’ भनेर नामाकरण गरे । उनले यो पविर्तन आफ्नो जातीय पहिचानको दायरालाई फराकिलो र नेपाली अस्तित्वलाई चम्काउने हेतुले गरेको भन्न सकिन्छ । उनको यो कदम प्रशंसनीय थियो । प्रेस खरीद गर्नु नै प्रधानको दुरदर्शिताको पहल थियो । एउटा महत्वपूर्ण बुद्धिमानी साथै साहसिक कदम उनले उठाएँ । यसले व्यवसायिक रुप पनि लियो । आयस्रोतको साधन र केही व्यक्तिहरूको रोजगारीको थलो पनि भयो । जे होस् नेपाली भाषा साहित्य र पत्रकारिता प्रकाशनमा यो प्रेस र गंगाप्रसाद महत्वपूर्ण कोशेढुङ्गा बनेँ । यो १ जनवरी, १९०१ मा ‘गोर्खे खबर् कागत्’ प्रकाशन शुरु भएको समाचारप्रधान मासिक पत्रिका जीवन पर्यन्त सम्म प्रकाशनमा आएको बुझिन्छ । यो पत्रिका नियमित रुपमा उनको आफ्नै स्वामित्वमा रहेको छापाखाना ‘द गोर्खा प्रेस’ बाट प्रकाशित हुन्थ्यो । आठ पृष्ठमा प्रकाशित ‘ गोर्खे खबर् कागत्’ को आधा भाग अथवा चार पृष्ठमा निम्न शीर्षक अन्तर्गत खबरहरू छापिन्थे – स्थाने, दिहाते देशान्तरे । यी समाचारहरू स्थानीय दार्जीलिङ जिल्ला, पूर्वी र पश्चिमी हिमाली क्षेत्र, भारत र भारतबाहिरबाट संकलन गरिएका हुन्थे । समाचार पत्रको मुखपृष्ठ र भित्री मुखपृष्ठमा सो महिनाको पात्रो, मण्डली सम्वन्धि सूचना र लेख छापिन्थे । बाँकी अन्तिम दुई पृष्ठहरूमा विभिन्न आकर्षक विज्ञापनका सामग्रीहरू हुन्थे । यस बाहेक पत्रिकामा कविता, जीवनी,संस्मरण, यात्रावर्णन र शिक्षामूलक लेखप्रविधि रचना पनि प्रकाशित हुनेगरेको थियो । गंगाप्रसाद आफैले पनि विभिन्न कथा, गीत, लेखहरू लेखी छाप्थे । हाल सत्र ओटा अंक मदन पुस्तकालय, ललितपुर नेपालमा कमलमणि दिक्षितले दर्ता गरी राख्नुभएको छ । यो पत्रिका नेपाली भाषामा प्रकाशित भएता पनि यसको उद्देश्य चाहीँ इसाई धर्म र आस्थालाई प्रचार गर्नु पनि थियो । यो पत्रिका इसाई सिद्धान्त, आस्था र केहि मौलिक भाषाकै कारण ओजेल पारिनुहुदैन भन्ने मेरो व्यक्तिगत चिन्तन छ । अनि खरो आक्रोश छ । अब कुरा गरौ गोरखापत्रको । नेपालको जेठो प्रकाशन नभएर एसियाकै जेठो प्रकाशन संस्था बनेको छ । अखवारी इतिहासको गौरव बनेको गोरखापत्र नेपालको पुरातात्विक सम्पदाको रुपमा राष्ट्रकै सम्पति बनिसकेको दावि गरीरहेको छ । तर पादरी गंगाप्रसाद प्रधानले सम्पादन तथा प्रकाशन गरेका ‘ गोर्खे खबर् कागत्’ पत्रिका नेपालको ‘ गोरखापत्र ’ भन्दा ४÷५ महिनाले जेठो छ । एकै बर्षमा शुरुभएका पत्रिका भए पनि वर्तमान समयमा अस्तित्व विहिन भएर वस्नुपरेको छ । यो विषयमा खण्डन गर्ने, विश्लेषण र शंश्लेषण गर्नु अपरिहार्य छ । हाल गोरखापत्र प्रकाशन, संस्थान र पब्लिसिङ हाउसका रुपमा अगाडि बढेको छ । समय सापेक्ष यसको विकास र प्रगति भैरहेको देख्दा उता गंगाप्रसाद प्रधान र उनको पत्रकारितालाई इतिहासको गर्भमै तुईयाउन खोजेको भान हुन्छ । पादरी गंगाप्रसादको पत्रकारिता –प्रकाशनको यात्रा वर्तमानको जस्तो सेवासुविधा युक्त उपकरणहरू थिएन । प्रशस्त विश्वासी र मण्डलीहरू थिएनन् । तर पनि निरन्तर प्रकाशन गरीरहे । यसरी पत्रकारीताको विजारोपणमा ठूलो योगदान दिएकाछन् ।

३) पुस्तक लेखन र अनुवादमा योगदान

यसको साथसाथै त्यसताका दार्जिलिङमा हिन्दी भाषाको माध्यमबाट पढाई हुन्थ्यो । उनले नेपाली भाषामा स्कूलका निम्ति प्राथमिक र केही सहयोगी पुस्तकहरू तयार गरे उनको भाषा र अनुवाद कार्यमा उसबेलाको दार्जीलिङे चलनचल्तीको भाषा र शब्दहरूको प्रयोग गरी जम्मा २८ वटा पुस्तकहरू अनुवाद र नयाँ पुस्तक लेखे अनि आफ्नै प्रेसबाट छापे । त्यसैगरी विश्वप्रसिद्ध बाल कथाहरू अनुवाद गरेका छन् । दार्जीलिङ क्षेत्रमा नेपाली पाठ्यपुस्तक लेख्ने पहिलो नेपाली उनै हुन् । मौलिक कथाहरू, आत्मकथा समेत लेख्न सफल छन् ।

४) संगित क्षेत्रमा योगदान — लोकगीत रचनाकार
उनले रचेका गीतहरू मध्ये ” जस्ता गीतहरू उनका मनपर्ने गीत हुन् । दर्जनौ नेपाली भजन तथा गीतहरू रचेर मण्डलीमा सिकाए । विश्वासीलाई आफ्नै भाषा, लयमा आराधना गर्दा संगतिलाई प्रभावशाली बनाउथे । उनका गीतहरूमा नेपाली जाती र भाषा बोध गराउने शब्द पाइन्थ्यो । जस्तै भादगाउ, पाटन कान्तिपुर शब्द छन् । उनका गीत संगित धार्मिक मात्र नभएर जातीय प्रेमले ओतप्रोत छन् । उनले सरल र लोकलयका धार्मिक संगीत क्षेत्रमा योगदान दिए । वर्तमान नेपाली इसाई संगीतको समृद्ध रुप नै उनको देन हो ।

५) भाषा शिक्षक तथा शिक्षासेवीको रुपमा योगदान

धेरै अंग्रेज मिसनेरीहरूलाई नेपाली (तत्कालीन गोर्खाली) भाषाको शिक्षा पनि दिए । जस्तै यिनैले पादरी टर्नबुललाई सिकाए । अंगे्रजी नेपाली शब्दकोश पनि संग्रह गरी प्रकाशन गरे । त्यसैगरी दार्जीलिङको कुनाकुनामा प्राइमरी स्कूल स्थापित भई विद्याको प्रचारप्रसार भएको हो । शिक्षक मात्रै भएनन् पाठ्यक्रम विद र शिक्षा सेवी पनि भएको देखिन्छ । उनले भाषा शिक्षण र शिक्षा सेवीको रुपमा योगदान दिएकाछन् ।

६) इसाई सेवकको क्षेत्रमा योगदान

गंगा प्रसादले ख्रीष्टको प्रेमलाई साँचोसँग आफ्नो व्यक्तिगत जीवनमा अनुभव गरेका थिए । प्रत्येक कार्यहरूमा सुसमाचार प्रचारको लागि अवसर बनाउथ्य । येशूप्रभुको हृदयलाई आत्मसाथ गर्दै ख्रीष्टको प्रेम बाढ्न कहिले पछि परेनन् । सुसमाचार प्रचारमा पनि त्यतिकै लागिपर्दथ्य । बप्तिस्मा दिने यूहन्ना जस्तै निडर र सत्यतासँग प्रचार गर्दथ्य । प्रत्येक आइतबार त्यसताका गुन्द्रीबजार भनिने आजको चौक बजारमा तिनको प्रचार सुन्न मानिसहरूको धुइरो लाग्थे र विश्वास गर्दथे । त्यसैले उनलाई कुशल प्रचारक भनिन्थ्यो । सरल र प्रभावकारी रुपमा प्रार्थना, संगति सेवा र बाइबलीय शिक्षा पनि सिकाउथे । त्यतिबेलाका दार्जीलिङ क्षेत्रका बाइबलिय शिक्षक र मिसनेरी जस्तै भएर ठाउँठाउँमा गएर सिकाथे । आत्मिक तथा बाइबलीय ज्ञानमा पोख्त भएकाले गर्दा उनलाई खरसाङमा भएको मण्डली रेखदेख गर्नलाई १८७७ मा र पछि दार्जीलिङको सन्त कोलम्बा मण्डलीमा १९०१ अगस्तको शुभदिनमा पूर्ण पादरीको रुपमा ५० बर्षमा अभिषेक गरियो । नेपालीहरूबाट पहिलो पादरी(पाष्टर) भए । पादरीको परिपक्व गुण थियो । पादरी सेवामा तिनी पुल्पीटमा उभिएर प्रवचन दिने र मण्डलीको धर्म विधिका कार्य सम्पन्न गर्ने व्यक्ति मात्र नभएर तिनी बडो सम्वेदनशिल प्रकृतिका थिए । विश्वासीको घरदैलोमा पुगी वास्ता र सरोकार राख्न पनि भ्याउथे । तिनले आफ्नो सन्तुलित र सफल परिवारलाई सबैको अघि नमूना बनाएका थिए । उनले मण्डलीको सेवाकार्यलाई असलभण्डारे भएर गरे । उनले असल चेला वा अगुवा निर्माण गरी मण्डलीको जिम्मेवारी र प्रतिष्ठित पदभारबाट बीस बर्ष सेवारत रहेर १९२१ मा अवकाश ग्रहण गरे । त्यसपछि मण्डलीका संरक्षक र सल्लाहकारमा रहेर सेवा पु¥याइरहे । त्यहाको सेवकहरूलाई नमुना प्रस्तुत भइरहे । पादरीको अवकास पछि पुन पत्रिकाको लागि जीवन अपर्ण गरे । महिनौ दिन लगाएर आफ्नो जाति र देशमा परमेश्वरको काम गर्ने भनेर रक्सौल, विरगञ्ज हेटौंडा भिमफेदी हुदै काठमाडौं आउदा यहाँको सरकारले श्री ५ पृथ्वीनारायण शाहको पालामा विदेशी मिसनेरी लगाएत काठमाडौंको इसाई नेवारहरूलाई ( उनीहरू भारत को वेतिया कुहडीमा ) देशनिकाला गरे झैं इसाई धर्मको प्रचारप्रसार गर्लान भनेर तुरुन्तै दार्जलिङमा नै खेदेर पठाए । रुदै रुदै फर्कदा गंगाप्रसादको मन साहै रोएको हुनुपर्छ । सायद त्यो बेला नेपालमा सेवा गर्ने मौका पाएका भए नेपाली मण्डली र उहाँको राज्य विस्तार हुनेथियो । देशमा उनको सपना पूरा भैसक्थ्यो होला ।

७) बहुआयमिक साधकको व्यक्तित्व

तेतिबेला भारतमा अंग्रेजहरुले मात्र पादरी पदमा अभिषेक पाउथ्ये तर नेपाली पहिलो पादरीको रुपमा अभिषेक भए । त्यसैगरी सन् १९१६ मा लण्डन बाइबल सोसाइटीद्धारा उनलाई लाइफ गर्वनरको सदस्यता दिइयो । नेपालीमा पहिलो पाठ्यपुस्तक लेख्ने, बाइबल अनुवाद गर्ने,पहिलो नेपाली पादरी (पाष्टर) , पत्रिका सम्पादक तथा प्रकाशक भइ नेपाली समाचार पत्र चलाउने उनी नै भए । उनले भाषा साहित्य, अनुवाद, सम्पादन, शिक्षा र मण्डलीको पाष्टरीय सेवामा समेत उत्तिकै योगदान दिन सफल छन् । त्यसैले पादरी गंगाप्रसाद प्रधानलाई बहुआयामिक क्षेत्रका साधक तथा व्यक्तित्व भनी सम्वोधन गरिन्छ । उनको जीवनकालमा विभिन्न क्षेत्रमा रहेर सेवा पु¥याउनुको एकमात्र लक्ष्य भनौ या मिसनको केन्द्रविन्दु चाहिँ येशू नै हुनुहुन्छ । मानिसलाई परमेश्वर चिनाउनु उद्देश्य रहेको देखिन्छ । शिक्षक, प्रचारक,लेखक, अनुवादक, पाष्टर र सम्पादक जे भएपनि आफ्नो नेपाली भाषी र जातिको लागि लक्षित गरेको देखिन्छ । साहित्य, संगित र सेवकाइमा परमेश्वरको राज्य विस्तारको महान् योगदान पु¥याएकाछन् उनले । नेपाली ख्रीष्टियनहरुले पादरी गंगाप्रसाद प्रधानको योगदानलाई वास्तविक रुपमा कदर गरेका छैनौं । अरुले बनाइदिएको इतिहासमा बाच्ने मात्र नबनौ । हामी पनि नयाँ इतिहास लेख्न लागि परौ । पादरी ज्यूको सुनौलो इतिहासलाई चम्काउन हामी सबै नेपालीहरु लगि परौ भन्ने मेरो विनम्र अनुरोध छ ।

अब हाम्रो पालो, के योगदान दिने ?

उहाँका योगदान हाम्रो निम्ति एउटा गाडधन झैं भएको छ । उहाँको सम्मानस्वरुप उहाँको जन्मजयन्ति मनाउन पाउनु हाम्रो निम्ति गर्वको कुरो हो । उहाँको त्यो विविध पक्षको निरन्तर साधना र उपासना प्रति कृतज्ञ छौं । उहाँको नाउँमा लेखिएका पुस्तक, विशेषाङ्क, सोधपत्र,स्मृतिग्रन्थ र मनोग्राफले वर्तमानमा उहाँलाई उज्यालोमा ल्याउँने र भविश्यको लागि इतिहास बनाइरहने छ । उहाँको नाउँमा स्थापना भएका पादरी गंगाप्रसाद प्रतिष्ठान, जन्मजयन्ति समारोह, जन्मजयन्ति पुरस्कार गुठी, लोचनगर पथलाई पादरी ‘गंगाप्रसाद पथ’ नामाकरण, कबरस्थानको पुननिर्माण, स्मारक र गींग मण्डली भवनलाई ‘गंगाप्रसाद प्रधान स्मारक मण्डली’ को नामाकरण गराई आदि कुराले हामी श्रधा गरिरहेकाछौ । त्यसैगरी अब उहाँको नाउँमा स्कूल, मिसन,पुस्तकालय, संग्राहलय, प्रकाशन,गीति एल्वम, वृत्तचित्र र चलचित्र निमार्ण गरी उनको परिचय नेपाली संसारमा प्रकाशमा ल्याउनु हाम्रो दायित्व हो । पादरी ज्यूको योगदानको विषयमा गोष्ठी, सेमिनार तथा सभा आयोजना थाल्नुपर्छ । पादरीज्यूको जयञ्ती विशिष्ट साहित्यकार पत्रकार तथा यहाँहरू जस्तो प्राज्ञहरूको जमघट सहित सार्वजनिक रुपमा धुमधाम मनाऔं । जुलाई ४ तारिखलाई प्रत्येक नेपाली मण्डलीहरूले विभिन्न कार्यक्रम गरौं । उहाँको नाउमा विभिन्न पुरस्कार, सम्मान तथा छात्रवृत्तिको व्यवस्था गर्ने । उनले हामीलाई लगाएको गुण त तिरी सक्दैनौ तर उहाँलाई दिनको उज्यालोमा ल्याउने विभिन्न कार्यक्रमहरू गर्न त अवश्य नै सक्छौ । नेपाली भाषामा रामायण उल्था गरेको कारण आज हामी भानुभक्त आचार्यलाई नेपाली भाषाको आदिकवि भनेर चिन्छौं र प्रत्येक बर्ष भानु जयन्ती मनाउछौ । तर गंगाप्रसाद जसले सिंगो बाइबल नै उल्था गरे । नेपाली वाङ्मय–साहित्य, पत्रकारिता–प्रकाशन, अनुवाद, शिक्षा र परमेश्वरको विश्वमिसन दर्शनमा पु¥याएको योगदान छ । जसको बारेमा सम्झना समेत गरीदैन र उनका रचनाहरूलाई किन छायामा पारियो र उनलाई इसाई समुदाय र राष्ट्रले अभैm पनि गहनाको रूपमा स्वीकार गर्न नसक्नुको पछाडि के कारण छ भनी खोज्नु जरुरी भएको छ । त्यसैले आजसम्म जति नेपाली इसाई पत्रपत्रिका र पुस्तकहरू लेखेर प्रकाशन भए प्रत्यक्ष वा अप्रत्यक्षरुपमा उनै पादरी गंगाप्रसादको देन र प्रेरणा हो । नेपाली इसाई जगतमा रहेका अग्रज स्र्रष्टाहरूको योगदान र कृतिहरूको जर्गेना गरौं । ताकी भोलीको सुनौलौ इतिहास बनाऔं । आजको संकलन गरिएका अभिलेखहरू नै एक दिन इतिहास बन्दछन् । पादरी गंगाप्रसाद प्रधानको ३२ बर्षे पत्रकारिता—प्रकाशनको महान् यात्रामा हिमश्रृंखलाका कञ्चन हिमनदीहरू अविरल बगाइरहे । जीवनको अन्तिम स्वास सम्मै पवित्र कलम घोटिरहे । २० बर्षे बाइबल अनुवादमा लागिपरे । २० बर्षे पादरीको सेवकाइलाई प्रभावशाली बनाए । पादरी गंगाप्रसाद प्रधानको बहुआयमिक व्यक्तित्व, प्रभावशाली जीवन र दर्जनौ कृतिहरू नेपाली इसाइ जगतको लागि योगदान दिएकाछन् । सो समयमा लेखनबाट अगुवाई गर्नुभयो । हाल नेपाली इसाई जगतमा पनि करिब १ दर्जन सशक्त कलमहरूले नेतृत्व गरी नेपाली मण्डलीलाई अगुवाइ र सेवा गर्नुपरेको छ । पादरी गंगाप्रसाद प्रधान बहुआयामिक व्यक्तित्व र प्रतिभाका साधक बनिरहे । चम्किलो तारा झै चम्किरहे । महान् योगदान दिइरहे । तर अब हाम्रो पालोः के योगदान दिने ? र कस्तो इतिहास बनाउने ? धन्यवाद

नोट ः स्व.पादरी गंगाप्रसाद प्रधानको १६७औं जन्मजयञ्ती समारोहको लागि समयकुमार रम्तेलद्धारा प्रस्तुत लेख ।

पादरी गंगाप्रसाद प्रधानको १६७ औं जन्मजयञ्ती (४ जुलाई २०१८) भव्यताका साथ मनाऔं

स्व. पादरी गंगाप्रसाद प्रधानको जन्म काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा
४ जुलाइ १८५१ मा (अर्थात्वि.सं. १९०८ आषाढ २२ गते) भएको थियो । नौ वर्षकोउमेरमा २९ मे,
१८६१ का दिन आफ्नो परिवारसँगै भारतको दार्जीलिङ पुगेका प्रधान ४ जुलाई, १८७० मा अर्थात्१८
वर्षको उमेरमा मेकफर्लेनको स्कूलमा भर्ना भएका थिए । उनी २४ जनवरी १८७५ मा अलाहाबाद पुगी
पादरी बिनकूपबाट बप्तिस्मा लिई पहिलोनेपाली इसाई भए, अनि दर्जनांै कृतिहरू नेपाली इसाई जगतको
लागि योगदान दिने एक असल शिक्षक, अनुवादक, लेखक, सम्पादक र पादरीको रुपमा जीवनकालभरि
सेवा गर्ने बहुआयमिक र प्रभावशाली व्यक्तित्व बन्न पुगे । उनले अन्ततः २८ मार्च, १९३२ का दिन
दार्जीलिङमा ८१ बर्षको उमेरमा प्रभुमा विश्राम लिए । पादरी गंगाप्रसाद प्रधानले गरेका महत्वपूर्ण
योगदानलाई संक्षेपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ —

१) बाइबल नेपाली भाषामा अनुवाद —
गंगा प्रसाद प्रधानको अथक परिश्रम र समर्पणका कारण बाइबल सन्१९०४ मा नयाँ करार र सन्
१९१४ मा पुरानो करार नेपाली भाषामा अनुवाद भयो । सम्पूर्ण बाइबल अनुवाद भई नेपाली भाषामा
तयार भएको हाल १०४ बर्ष पूरा भएको छ । गंगा प्रसाद प्रधानको २० बर्षको साधना र अथक परिश्रमका
कारण बाइबल नेपाली भाषामा तयार भयो। सो बाइबल अहिलेको जस्तो चिटिक्क थिएन, पापड जस्तो
पाना भएकाले कतिले यसलाई पापड बाइबल समेत भन्थे । यही बाइबललाई आधार मानी विभिन्न
समयमा संश्करण हँुदै आज हाम्रो हातमा सरल र व्यवस्थित बाइबल नेपाली भाषामा उपलब्ध छ ।

२) ‘गोर्खे खबर् कागत्’ को प्रकाशन —
पादरी गंगाप्रसाद प्रधानको दोस्रो महत्वपूर्ण योगदान ‘गोर्खे खबर्कागत्’ मासिकको प्रकाशन हो । प्रधानले
स्कटीस मिशनकोप्रेसलाई सन्१९०१ मा खरिद गरेर ‘द गोर्खा प्रेस’ नामाकरण गरे, जुन नेपाली भाषा,
साहित्य र पत्रकारिता प्रकाशनमा महत्वपूर्ण कोशेढुङ्गा बन्न पुग्यो। ‘गोर्खे खबर्कागत्’ एक समाचारप्रधान
मासिक पत्रिकाको रुपमा १ जनवरी, १९०१ देखि प्रकाशन हुन शुरुभएकोथियो, जुन उनको जीवनकालभरि
नै प्रकाशित भइरह्यो।

३) अन्य पुस्तक लेखन र अनुवादमा योगदान —
पादरी गंगाप्रसाद प्रधानले नेपाली भाषामा विद्यालयमा पठनपाठनका निम्ति प्राथमिक र केही सहयोगी
पुस्तकहरू तयार गरेका थिए । उनले अनुवाद र लेखनद्धारा तत्कालीन चलनचल्तीका भाषा र शब्दहरूको
प्रयोग गरी जम्मा २८ वटा पुस्तकहरू तयार गरी आफ्नै प्रेस (द गोर्खा प्रेस) बाट छापेका थिए । दार्जीलिङ
क्षेत्रमा नेपाली पाठ्यपुस्तक लेख्ने पहिलो नेपाली उनै हुन्।
४) संगित क्षेत्रमा योगदान —
पादरी गंगाप्रसाद प्रधानले थुप्रै इसाई भजनहरू लेखेका छन्। उनले रचेका गीतहरूमध्ये“येशू है ख्रीष्टको
क्रूसैको मरण, यो जग कहिले छैन स्थिर, जय जय मसीहकी जय, उभै ता हेरु बैकुण्ठ धाम छ, र प्रभु
अर्जि सुनिलेउ, गोर्खालीले मुक्ति पाउने ढोका खोलीदेऊ” जस्ता गीतहरू आज पनि मण्डलीहरूमा बडो
आदरभावसाथ गाइन्छन्। उनले दर्जनौं नेपाली भजन तथा गीतहरू रचेर मण्डलीमा सिकाए । उनको
देनकै कारण वर्तमान नेपाली इसाई संगीतक्षेत्रले समृद्ध रुप लिएको छ ।

५) इसाई सेवा र मिसन क्षेत्रमा योगदान —
गंगा प्रसाद प्रधानलेसरल र प्रभावकारी रुपमा बाइबलीय शिक्षा दिन्थे। आत्मिक तथा बाइबलीय ज्ञानमा
पोख्त भएकाले उनलाई खरसाङमा भएको मण्डली रेखदेख गर्नलाई १८७७ मा, र पछि दार्जीलिङको सन्त
कोलम्बा मण्डलीमा पूर्ण पादरीको रुपमा १९०१ अगस्टमा जिम्मेवारी दिइएको थियो । उनी नै पहिलो
नेपाली पादरी (पाष्टर) हुन्। उनले असल चेला वा अगुवा निर्माण गरी मण्डलीको जिम्मेवारीमा बीस बर्ष
सेवारत रहेर सन्१९२१ मा अवकाश ग्रहण गरे । त्यसपछि मण्डलीका संरक्षक र सल्लाहकारको रुपमा
रही सेवा पु¥याइरहे ।
समग्रमा भन्नुपर्दा, नेपालीमा पहिलो पाठ्यपुस्तक लेख्ने, बाइबल अनुवाद गर्ने, पत्रिका सम्पादन तथा
प्रकाशन गर्ने र पहिलो नेपाली पादरी (पाष्टर) भई सेवा गर्ने व्यक्तित्वको नाम हो गंगा प्रसाद प्रधान ।
उनले दर्जनौ पुस्तक लेखे र अनुवाद गरे, पवित्र धर्मशास्त्र बाइबलको नेपाली भाषामा अनुवाद गरे, ३२
बर्षसम्म निरन्तर गोरखे खबर् कागत् पत्रिका प्रकाशन गरे, नेपाली शिक्षक भएर अध्यापन गराए, धेरै
उखानहरु संग्रह गरे र धेरै मिसनेरीहरूलाई नेपाली (तत्कालीन गोर्खाली) भाषाको शिक्षा दिए । यसर्थ
पादरी गंगाप्रसाद प्रधानलेनेपाली भाषा, साहित्य, अनुवाद, सम्पादन, शिक्षा र मण्डलीकोपाष्टरीय सेवामा
महत्वपूर्ण योगदान दिएर परमेश्वरको राज्य विस्तारमा पुर्याएको महान्योगदानकोचर्चा हुनु र सम्पूर्ण
नेपाली जगत्ले थाहा पाउनु नितान्त आवश्यक देखिन्छ । उनी हामी सम्पूर्ण नेपाली जातिका लागि
प्रेरणाका स्रोत भएका छन्र उनको सम्झना र सम्मानस्वरुप उनको जन्मजयन्ती मनाउन पाउनु हाम्रो
निम्ति गर्वको विषय भएको छ । उनको नाउँमा लेखिएका पुस्तक, विशेषाङ्क, सोधपत्र, स्मृतिग्रन्थ आदिको
खोजी गरिनुपर्छ । उनको नाउँमा स्कूल, मिसन, पुस्तकालय, संग्रहालय, प्रकाशन, गीति एल्वम, वृत्तचित्र
र चलचित्र आदि निर्माण गरिनुपर्छ । उनकोयोगदानको विषयमा गोष्ठी, सेमिनार तथा सभा गर्न थालिनुपर्छ
र विभिन्न कार्यक्रम गरी नेपाली वाङ्मय–साहित्य, पत्रकारिता–प्रकाशन, अनुवाद, शिक्षा र परमेश्वरको
महान् दर्शनमा पादरी गंगाप्रसाद प्रधानले पु¥याएको योगदानको सम्झना गरिनुपर्छ । आउनुहोस्, हामी
सबै मिली नेपाली इसाई जगतमा रहेका अग्रज स्रष्टाहरूको योगदान र कृतिहरूको जर्गेना गरौं र यी सबै
कामहरु गर्नमा हामी नेपाली जातिलाई असाध्य प्रेम गर्नुहुने हाम्रा प्रिय प्रभुको नाउँमा महिमा चढाऔं ।
नारायण खड्का

मण्डली वा चर्च वा गिर्जा के हो त ?

रेभ डा बाल कृष्ण शर्मा
मण्डली वा चर्चको अवधारणालाई हामीले परमेश्वरको वचन बाइबलबाट बुझ्नु आवश्यक छ । आज मण्डली वा चर्चका बारेमा आ-आफ्ना किसिमका बुझाइहरू छन् र गलत किसिमका बुझाइले असमझदारी सृजना गर्छ र मण्डली वा चर्चको महत्वलाई गौण बनाइदिन्छ । आज म यस लेख मार्फत मण्डली के हो भन्ने बारेमा बुझाउने कोशिश गर्छु र येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाताका रूपमा स्वीकार गरेकाहरू र अझै उहाँलाई स्वीकार गर्न बाँकी रहेकाहरू सबैका लागि यो सहयोगी बन्न पुग्नेछ भनी मैले आशा लिएको छु । मेरो यो सानो प्रयासलाई सकारात्मक रूपमा बुझिदिनका लागि पनि म अनुरोध गर्न चाहन्छु ।
नेपाली भाषामा प्रयोग गरिएको मण्डली र अंग्रेजी भाषामा प्रयोग गरिएको चर्च शब्द ग्रीक भाषाको एकलेसिया शब्दबाट आएको हो जसको अर्थ संसारबाट परमेश्वरको निम्ति अलग गरिएका व्यक्तिहरू भन्ने हुन्छ । बाइबलको शिक्षाअनुसार एकजना व्यक्ति पनि ख्रीष्टको चर्च वा मण्डली हो । यसको अर्थ व्यक्ति वा व्यक्तिहरू पापपूर्ण संसारका गलत मूल्य र मान्यताबाट अगल भई बाइबलीय मूल्य र मान्यता राख्नेहरू भन्ने बुझिनुपर्छ । संसारबाट अलग हुनु भनेको यस संसारमा नै नबस्नु भन्ने हुँदैन तर यस संसारमा चालिएका गलत मूल्य र मान्यतालाई अस्वीकार गरी परमेश्वरको वचनको निर्देशनअनुसार चल्नु हो । यो स्थान परिवर्तनभन्दा पनि जीवन परिवर्तनसँग समबन्धित छ । संसारको मूल्य र मान्यता भन्नाले अरूहरूमाथि गरिने अपमान, अमानवीय व्यवहार, अन्याय, अत्याचार, भ्रष्टाचार, शोषण, घमण्ड, डाहा, हिँसा, हत्या, शारीरिक अभिलाषा र व्यभिचार, पियक्कडपन र यस्तै शारीरिक अभिलाषाका कुराहरू हुन् । संसारबाट अलग हुनु भनेको यी कुराहरूबाट अलग भएर रहनु हो । यी खराब कुराहरूबाट अलग भएर रहनका लागि पनि हामीलाई परमेश्वर येशू ख्रीष्टको अनुग्रह र सामर्थ्य चाहिन्छ । संसारसँग एकै चालका नहोओ तर तिमीहरूको मनको परिवर्तनले नयाँ होओ भनी बाइबलमा आग्रह गरिएको छ । चर्च वा मण्डलीलाई यस दृष्टिकोणबाट बुझिदिनका लागि म आग्रह गर्दछु किनकि यथार्थ यही हो र चर्चको बारेमा गल्ती कुराहरू गरी भ्रमाउने कोशिश भएकोमा म अति नै दुःखी छु । हामीले अरूहरूलाई भ्रममा पार्नु पनि संसारको स्वभाव हामीमा रहनु हो । चर्च वा मण्डली भनेको येशू ख्रीष्टको शरीर हो जसमा पवित्र आत्माको उपस्थिति हुन्छ र प्रत्येक व्यक्तिलाई पवित्र आत्मा वास गर्नुहुने मन्दिर भनिएको छ । कुनै ख्रीष्टियानले अपवित्र कार्य गर्यो भने त्यसको आधारमा बाइबल र यसको पवित्र शिक्षामाथि आक्रमण गर्नु अन्याय हुनजान्छ । गलत गर्ने व्यक्तिहरू सबै धर्ममा र धर्म नै नमान्ने समाजमा हुन्छन् । कुनै पनि आस्थालाई व्याख्या गर्नका लागि त्यसको धर्मशास्त्रको गहिरो अध्ययन गरिनुपर्छ र सतही भएर कसैमाथि पनि आक्षेप लगाउनु हुँदैन । कसैमाथि आक्रोशित हुन आवश्यक नै छैन । मानव जातिको अन्तिम फैसला जीवित परमेश्वरले नै गरिदिनुहुन्छ र जीवित परमेश्वरका सामु सबैले आफ्नो हिसाब दिनुपर्छ ।
बाइबलमा दुई किसिमका मण्डली वा चर्चको अवधारणालाई व्यक्त गरिएको छ । विश्वव्यापी मण्डली वा चर्च र स्थानीय मण्डली वा चर्च । एक व्यक्तिले प्रभु येशू ख्रीष्टलाई आफ्ना प्रभु र मुक्तिदाताका रूपमा स्वीकार गरेपछि त्यही क्षणबाट नै एक व्यक्ति विश्वव्यापी मण्डलीको सदस्य भएको हुन्छ र यो अदृश्य सदस्यता हो र यसको आधार भनेको येशूको धार्मिकतालाई स्वीकार गरी उहाँका सन्तान बन्नु हो । यस अर्थमा हरेक व्यक्ति चर्च वा मण्डली हो । मण्डली वा चर्च भनेको कुनै भौतिक भवन होइन मण्डली भनेको त पवित्र आत्माद्वारा नयाँ जन्म पाएको मानव हो । यसैले एक व्यक्तिको विश्वासको आधारमा र उसले ख्रीष्टसँग निर्माण गरेको सम्बन्धको आधारमा एक व्यक्ति मण्डली बन्छ । विश्वव्यापी मण्डली भएको व्यक्ति स्थानीय मण्डलीको सदस्य हुनैपर्छ किनकि उसको विश्वासको अभ्यास गर्ने, आफ्ना वरदानहरू अभ्यास गर्ने, परमेश्वरको वचन सुन्ने , अरूहरूसँग संगति गर्ने र आत्मिक रूपमा वृद्धि हुँदै जाने स्थान मण्डली भवन हो । मण्डली भवनमा सामुहिक आराधना हुन्छ । वचनको प्रचार हुन्छ । अगमवाणी हुन्छ । सामुहिक प्रार्थना हुन्छ । आत्मिक वरदाहरूको प्रयोग हुन्छ । सामुहिक उत्साहा हुन्छ । सामुहिक रूपमा ख्रीष्टको महान आदेशलाई पूरा गर्न सकिन्छ । यसैले विश्वव्यापी मण्डलीको सदस्य भएको व्यक्ति स्थानीय मण्डलीको सदस्य हुनैपर्छ तर विश्वव्यापी मण्डलीको सदस्य नभएको व्यक्ति पनि स्थानीय मण्डलीको सदस्य हुनसक्छ तर त्यसलेचाहिँ उद्धार पाएको हुँदैन । जबसम्म एक व्यक्तिले ख्रीष्टलाई आफ्ना मुक्तिदाता र प्रभुको रूपमा स्वीकार गर्दैन ऊ स्थानीय मण्डलीको सदस्य भए पनि विश्वव्यापी मण्डलीको सदस्य हुन सक्दैन । आज मण्डली भवनमा आउने कोही व्यक्तिहरू यस्ता पनि हुनसक्छन् । हरेक व्यक्तिले आफू विश्वव्यापी मण्डलीको सदस्य भएको छु वा छैन भन्ने बारेमा आफैलाई परमेश्वरको वचन अनुसार जाँच्नुपर्छ ।
आज नेपाल लगायत अन्य देशहरूमा शुरू भएका मण्डली वा चर्चहरूका बारेमा मानिसहरूमा धेरै प्रश्नहरू छन् । कति ठूलो भएपछि मण्डली हुन्छ त ? मण्डली हुनका लागि कति जना चाहिन्छ ? बाइबलले यस विषमा केही बताएको छ । येशूले भन्नुभयो कि दुई वा तीन जना जब मेरो नाउँमा भेला हुन्छन् म तिनीहरूका बीचमा हुनेछु । यहाँ येशूले सबैभन्दा सानो सामुहिक भेलालाई सम्बोधन गर्नुभएको छ । संख्यामा मण्डली सानो वा ठूलो हुनसक्छ तर मण्डली भेलाको उद्देश्य ख्रीष्टद्वारा पवित्र आत्मामा परमेश्वरको महिमा गर्नु हो । मण्डली एक परिवार भएको हुनाले यहाँ परमेश्वरलाई प्रशंसा गर्नुका साथसाथै एक अर्काप्रति सरोकार देखाइन्छ । एक अर्कालाई मद्दत गरिन्छ किनकि यो परिवार हो । यो केवल आत्मिक परिवार मात्र होइन यो भौतिक र सामाजिक कुराहरूलाई बाँडचुँड गर्ने परिवार हो । यहाँ एक अर्कालाई सहयोग गरिन्छ किनिक यो परिवार हो । यहाँ आनन्द र रोदन, खुशी र पीडा, सफलता र असफलता बाँडचूँड गरिन्छ । यहाँ एक अर्कालाई सम्मान र आदर गरिन्छ र सबै मानवप्राणी परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो भनी शिक्षा दिनुको साथै अभ्यास गरिन्छ । येशू ख्रीष्टमाथि विश्वास गरेका हजारौँ व्यक्तिहरूलाई सोधनी गर्दा पनि यो सत्यता प्रमाणित हुन्छ । मण्डली वा चर्च भवन धार्मिक स्थल हुनुको साथसाथै यो सामाजिक र सरोकार राख्ने थलो पनि भएको हुनाले यस अर्थमा यसलाई बुझिनुपर्छ । यो संख्यामा अति सानो वा ठूलो हुनसक्छ । धेरै चर्च वा मण्डलीहरू भए भनेर गुनासो गर्नु आवश्यक छैन । कुनै परिवार ठूला हुन्छन् र कुनै परिवार साना हुन्छन् । सानो र ठूलोभन्दा पनि मण्डलीमा परमेश्वरको उपस्थिति, ठीक किसिमको शिक्षा, मेलमिलाप र ख्रीष्टलाई अभिव्यक्त गर्ने चरित्र हुनुपर्छ । यसैले चर्च वा मण्डलीलाई गलत किसिमले बुझ्नुभएको छ भने आफ्नो सोचलाई सच्याउनुहोस् । तपाईंको ठीक सोचमा परमेश्वरको आशिष पर्नेछ । मेरो प्रार्थना यही छ कि चर्च वा मण्डलीलाई आन्तरिक रूपमा बलियो बनाऔँ र परमेश्वरको प्रेम र शान्तिको राज्यलाई सबैकहाँ पुर्याउने जिम्मेवारीमा प्रार्थनासाथ लागिपरौँ । परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस् ।

नेपाली मण्डलीका धरोहर तथा नेपाली शैक्षिक जगतका तारा नेपाली इसाई मण्डलीका पास्टर डा. राजेन्द्रकुमार रोंगोंग

-भुवन देवकोटा
जन्म तथा बृहत् कामको तयारी: १ देखि २० वर्षको उमेरसम्म
> जन्मः २४ अप्रिल १९३०, आमा सूर्यमती रोंगोंग र बुबा आथिङ जोसेफ रोंगोंगबाट दोस्रो सन्तानको रूपमा
> सानै हुँदा आमा सूर्यमतीले पास्टर राजेन्द्र रोंगोंगलाई नेपालको लागि अर्पण गर्नुभयो ।
> सानै हुँदा आमाले घरमा संचालन गर्ने बाइबल अध्ययनमा सहभागी हुनुभयो । सानैदेखि नेपाल आउने रहर उहाँमा थियो ।
> पास्टर राजेन्द्र रोंगोंग ९ वर्षको हुँदा दोस्रो विश्वयुद्ध सुरु भयो ।
> बुबाको जागिरको कारणले पास्टर राजेन्द्र रोंगोंग ७ कक्षासम्म पुग्दा १० वटा जति स्कुल फेर्नुभयो । उहाँ ९ वर्षको उमेरमा बुबासँग रेलमा दार्जिलिङबाट कलकत्ता जानुभयो ।
> १०–१५ वर्षको उमेरमा दार्जिलिङमा महेन्द्र प्रधानसँग दौंतरी भएर बस्नुभएको ।
> १९४५, अगस्त ९ मा अमेरिकाले हिरोसिमा र नागासाकीमा बम खसाल्ने समयमा दार्जिलिङबाट कालिङपोङ जाने तयारी, उहाँ आफ्नो परिवारसँग हिंडेरै जानुभयो ।
> उहाँ कक्षा ७ मा हुँदा सन् १९४२ मा स्काउट सुरु गर्नुभएको, सानैदेखि मण्डली गइरहने बानी उहाँको थियो । दार्जिलिङको सरकारी हाइ स्कुलबाट कक्षा ७–१० र म्याट्रिक्स उत्तीर्ण गर्नुभयो ।
> १९४७ मा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराले दार्जिलिङमा रु. १००।– बक्सिस दिएका ।
> १३ वर्षको उमेरमा बुबाआमासँग प्रहरी निवासमा सरेको । उहाँको काइँला भाइको सोही साल देहवसान ।
> उहाँले १९४७ मा म्याट्रिक पूरा गर्नुभएको, उहाँको व्याच अंग्रेज शासनको अन्तिम व्याच हो ।
> जोर्डन चन्नन् खाँले नयाँ जीवनका बारेमा बताउनुभएपछि १९४७, नोभेम्बर २५ मा प्रभु येशूलाई ग्रहण गर्नुभयो । सो दिन पास्टर राजेन्द्रको घरमा पास्टर रोबर्ट कार्थक, पास्टर दफ्तन सादा, प्रकाश राई, जरमित कार्थक मिलेर संगति राख्नुभएको थियो ।
> १९४७ मा मिस फ्य्रांकलिन बिहारबाट मिसिनरीको रूपमा कालिङपोङ आउनुभएको ।
> मिस फ्य्रांकलिनले कालिङपोङको कन्या मा.वि.मा काम गर्दा पास्टर राजेन्द्रकी आमासँग नेपाली भाषा सिक्न थाल्नुभयो ।
> मिस फ्य्रांकलिनले पास्टर राजेन्द्र, पास्टर रोबर्ट कार्थक, पा. दफ्तन सादा, प्रकाश राई, जरमित कार्थकको लागि बाइबल अध्ययन सुरु गर्नुभयो । मिस फ्य्रांकलिनले उहाँहरूलाई सुसमाचार प्रचारको लागि विभिन्न गाउँमा लानुहुन्थ्यो ।
> पास्टर राजेन्द्र रोंगोंगले १९४९ मा आई.ए. को परीक्षा दिएर द्वितीय श्रेणीमा उत्तीर्ण हुनुभयो ।

सेवकाइको तयारी र प्रभुको सेवामाः २१ देखि ४० वर्षको उमेरसम्म
> १९५० मा पास्टर राजेन्द्र रोंगोंग र पा. रोबर्ट कार्थक मिलेर कालिङपोङमा सुसमाचारीय सम्मेलन आयोजना ।
> उहाँको १९५२, सेप्टेम्बर २९ मा जरमित कार्थकसँग पवित्र विवाह भयो ।
> १९५२ मा पा. रोबर्ट कार्थक र पा. राजेन्द्र रोंगोंग रक्सौल हुँदै अमलेखगन्जसम्म आउनुभयो ।
> पा. राजेन्द्र रोंगोंगले आई.ए. सकेपछि घरको अघि खरको छाप्रो बनाएर पा. रोबर्ट कार्थक र अरू साथीहरूसँग मिलेर राति प्रार्थनामा बिताउनुहुन्थ्यो ।
> उहाँले १९४९–१९५५ सम्म SUMI मा शिक्षकको रूपमा सेवा गर्नुभयो ।
> १९५४ मा USAID बाट त्रैलोक्यनाथ उप्रेती र ह्युबी उड दार्जिलिङ गएर पा. राजेन्द्रलाई नेपाल आउने प्रेरणा दिएका ।
> १९५४, सेप्टेम्बर २ मा पहिलो सन्तानको रूपमा श्यारोन रोंगोंगको जन्म ।
> पा. राजेन्द्र रोंगोंग १९५६, फेब्रुअरी २९ मा हिमालयन प्रोस्बेटेरियन मण्डलीबाट ११ जनाको टोलीमा कालिङपोङबाट नेपाल आउन प्रस्थान गर्नुभयो ।
> सिमराबाट हनुमान भन्ने हवाइजहाजमा रु. १७ भाडा तिरेर ३५ मिनेटको यात्रा गरी १९५६ को मार्च ३ तारिख ११ जनाको टोलीमा नेपाल आइपुग्नुभयो ।
> सोही दिन भक्तपुरको न्यातपोतल नजिकै घरमा आएर बास बस्नुभएको । त्यो बेला श्री ५ महेन्द्रको राज्याभिषेक भएको कारण पास्टर राजेन्द्र रोंगोंग र उहाँको समूहले भक्तपुरमा सिन्दुरे जात्रा देख्ने मौका पाउनुभयो ।
> म इसाई हुँ भन्ने परिचय दिएको कारण पा. राजेन्द्र रोंगोंगलाई काम पाउन गाह्रो भएको ।
> उहाँहरू जुद्ध सडकको संगतिमा १९५६ तिर कहिलेकाहीं जानुहुन्थ्यो ।
> उहाँहरूले भक्तपुरमा घरको तल्लो तलामा गुन्द्री ओछ्याएर संगति गर्नुहुन्थ्यो ।
> उहाँले सन् १९५६ मा पा. रोबर्ट कार्थक र दानिएल सित्लिङसँग दाप्चामा सुसमाचारीय यात्रा गर्नुभएको ।
> उहाँ १९५६ को डिसेम्वरमा भक्तपुरबाट डिल्लीबजारमा सपरिवार डेरा सर्नुभएको ।
> १९५७, अगस्तको पहिलो आइतबार पास्टर रोबर्ट कार्थक र पा. राजेन्द्र रोंगोंगको पहलमा हालको नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) को स्थापना भएको हो ।
> प्राथमिक स्कुलको तालिम नर्मल स्कुलमा लिनुभयो । सो तालिमको समयमा राष्ट्रकवि माधव घिमिरेले पा. राजेन्द्रको लेखनको प्रशंसा गर्नुभएको । पछि तत्कालीन श्री ५ सरकारले उहाँलाई प्राथमिक स्कुलमा नियुक्त गरेको ।
> हाल र्याडिसन होटल भएको चेत भवनमा कलेज अफ एजुकेसनको पहिलो व्याचमा १६ जना भर्ना भए पनि उहाँले मात्र १९५८, अप्रिल १४ मा बीएड उत्तीर्ण गर्नुभयो, उहाँको ट्रान्स्क्रिप्टको ट्रान्स्क्रिप्ट नं. १, सिरियल नं. १, नेपालको पहिलो बी.एड. उहाँ हुनुहुन्छ । उहाँ विद्यार्थी हुँदा पाएको मासिक भत्ता रु.८० नेपालमा गर्नुभएको पहिलो कमाइ ।
> काम नपाएको कारण नेपालबाट फर्किने विचार गरिरहँदा पा. राजेन्द्रकी छेमा डा. फुलमणि प्रधानले चिठीमा ‘हलोमा हात राखेर पछाडि हेर्ने मान्छे परमेश्वरको कामको लागि योग्य हुँदैन’ भनेर लेखेको पढेपछि नफर्किने निर्णय गर्नुभयो ।
> उहाँलाई वि.सं. २०१६ मा तत्कालीन श्री ५ को सरकारले राजपत्रांकित तृतीय श्रेणीको अधिकृत बनायो ।
> पा. राजेन्द्र रोंगोंग वि.सं. २०१६, भदौ २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटालाई तत्कालीन शिक्षामन्त्री परशुनारायण चौधरीसँग एउटै छाता ओढेर आर्यघाटमा भेट्न जानुभएको ।
> वि.सं. २०१७ मा पञ्चायत सुरु हुनुभन्दा एक हप्तापहिले प्रेम प्रधानको रिहाइको लागि गृहमन्त्रालयमा मण्डलीका अगुवाहरूको टोलीलाई उहाँले लिएर जानुभएको ।
> १९५८ मा नेपाल स्काउटको राष्ट्रिय सहसचिव नियुक्त हुनुभयो ।
> १९५८ सेप्टेम्बरमा श्री ५ को सरकारले उहाँलाई पढ्नका लागि दिल्ली पठाएको । १९५९ मा रजगड विश्वविद्यालय दिल्लीबाट एम.एड. सक्नुभएको र श्री ५ को सरकारले उहाँलाई कलेज अफ एजुकेशनको लेक्चरर बनाएको ।
> उहाँले १९५९ सिद्धार्थ बनस्थलीमा ७ महिना शिक्षकको रूपमा सेवा गर्नुभएको र सोही साल छोरा पत्रुस रोंगोंगको जन्म ।
> सन् १९५९ मा लेबरोटरी स्कुलको शिक्षक हुनुभएको । वि.सं. २०२५ देखि ३ वर्ष ल्याबरोटेरी स्कुलमा प्रधानाध्यापकको रूपमा सेवा गर्नुभएको ।
> १९५९ मा पास्टर रोबर्ट कार्थक बाइबल अध्ययनको लागि बेलायत हुनुहुँदा पा. राजेन्द्र रोंगोंगले १ वर्ष मण्डलीको पास्टरको रूपमा सेवा गर्नुभएको ।
> १९५९ मा शिवकुमार थापाको बप्तिस्मा, जुन नेपाली इसाई मण्डलीमा भएको पहिलो बप्तिस्मा हो, सो बप्तिस्मा पा. राजेन्द्र रोंगोंगले दिनुभएको ।
> उहाँले १९६९, अगस्त १९ मा नेपाल स्काउटबाट श्री ५ वीरेन्द्रले हस्ताक्षर गर्नुभएको The Wood Badge पाउनुभयो ।

> नेपाल र नेपाली मण्डलीलाई आशिष् पु¥याउने काममाM ४१ देखि ६० वर्षको उमेरसम्म
> उहाँले १९७४, जुन ११ मा अमेरिकाको साउदर्न इलिनोइ युनिभर्सिटीबाट विद्यावारिधि गर्नुभएको हो ।
> उहाँ १९७४, जुन ११ मा त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय विकास सेवाको पहिलो निर्देशक हुनुभएको ।
> उहाँ १९७६ मा त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रको दोस्रो निर्देशक नियुक्त हुनुभयो ।
> उहाँ वि.सं. २०२८ मा श्री ५ महेन्द्रबाट प्रबल गोरखा दक्षिणबाहुले सम्मानित हुनुभएको । उहाँले श्री ५ वीरेन्द्रबाट वि.सं. २०३१ म शुभराज्याभिषेक पदक पाउनुभएको ।
> उहाँ १९८० मा त्रिभुवन विश्वविद्यालयको प्राध्यापकमा नियुक्त हुनुभएको ।
> १९८२ मा नेइम ज्ञानेश्वर चर्चको एल्डरको रूपमा नियुक्त हुनुभएको ।
> उहाँले वि.सं. २०४५ मा श्री ५ वीरेन्द्र दैवी प्रकोप पीडितोद्धार पदक प्राप्त गर्नुभयो ।

प्रभुको सेवा र अनन्त घर जाने तयारीः ६१ देखि ८८ वर्षको उमेरसम्म
> उहाँले १९९३ मा त्रिभुवन विश्वविद्यालयबाट उमेर हदका कारण अवकाश पाउनुभयो ।
> उहाँले श्री ५ वीरेन्द्रबाट गद्दी आरोहण रजत महोत्सव पदक–२०५३ प्राप्त गर्नुभयो ।
> सन् १९९७, मार्च २५ मा पास्टर रोबर्ट कार्थकसँग म्यानमार गएर त्यहाँका नेपाली मण्डलीहरूको भ्रमण गर्नुभयो ।
> सन् २००२, अप्रिलमा वीरेन्द्र–ऐश्वर्य सेवा पदकबाट विभुषित हुनुभयो ।
> २००२ मा नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) को मिसन विभाग स्थापना भएदेखि उहाँले विभागको अध्यक्षको रूपमा मण्डलीमा सेवा गर्नुभएको थियो । सोही सालदेखि नै उहाँले मण्डलीमा पूरा समय काम गर्ने सेवकहरूलाई नियमित कक्षा सञ्चालन गर्नुभएको थियो ।
> २००२ देखि नै उहाँ मेरी गुरुआमा स्मृति प्रतिष्ठानको अध्यक्षको रूपमा सेवारत हुनुहुन्थ्यो ।
> सन् २००५, अक्टोबर २१ मा पा. राजेन्द्र रोंगोंगकी धर्मपत्नी जरमित रोंगोंग स्वर्गारोहण हुनुभएको ।
> वि.सं. २०४८–२०६४ सम्म काठमाडौं शिक्षा क्याम्पसको सञ्चालक समितिको अध्यक्ष भएर सेवा गर्नुभएको र वि.सं. २०५८–२०६१ सम्म काठमाडौं शिक्षा क्याम्पसको प्रमुख भएर सेवा गर्नुभएको ।
> उहाँ ११ अप्रिल, २००९ मा नेइम (ललितपुर चर्च) को पास्टरमा अभिषेक हुनुभएको हो ।
> वि.सं. २०६४, साउन २८ गते प्रहरी प्रधान कार्यालयबाट दीपेन्द्र प्रहरी उ.मा.वि. साँगाको वरिष्ठ सल्लाहकारमा नियुक्त हुनुभयो ।
> उहाँले वि.सं. २०६८, फागुन १४ गते जी.बी. याक्थुम्बा सम्मान प्राप्त गर्नुभएको । वि.सं. २०७०, वैशाख ८ बी.पी. नेत्र प्रतिष्ठान भक्तपुरबाट सम्मानित हुनुभएको ।
> उहाँलाई २०७१, पुस २९ गते नेपाल शिक्षाशास्त्री समाजले गुरुहरूका गुरुको रूपमा सम्मान गरेको । वि.सं. २०७३, वैशाख २९ गते सगरमाथा प्रतिष्ठानले ‘नेपाल सम्मान २०७२’ प्रदान गरेको
> उहाँले नेपाल स्काउटबाट स्वर्णसेवा सम्मान वि.सं. २०७३, असार ३ गते पाउनुभएको ।
उहाँको स्वर्गारोहण २०१८, मे १६ तारिख भयो ।

पा. राजेन्द्र रोंगोंग विभिन्न संस्थाहरूमा आवद्धता भएर देश र मण्डलीको सेवामा खट्नुभएको थियोः
काठमाडौं शिक्षा क्याम्पस, ललितपुर नर्सिङ क्याम्पस, चर्च हिस्टोरी प्रोजेक्ट, आउटरीच नेपाल, टीच नेपाल, आगापे संगति, फस्र्ट लभ नेपाल, Friends of Myanmar, फोकस, ज्ञानोदय बालबाटिका– अध्यक्ष, नेपाल लेप्रोसी ट्रस्ट– उपाध्यक्ष, युनाइटेड मिसन टु नेपाल– Senior Education Consultant, नेपाल ख्रीष्टियन समाज, ख्रीष्टियन रिलिफ, एनबीसीबीएस – सल्लाहकार, Faculty of Education, National Trainers Training Team, त्रिभुवन विश्वविद्यालय, महेन्द्र भवन गल्र्स स्कुल, मार्टिन चौधरी– सदस्य, दृष्टिविहीन स्कुल– संस्थापक
उहाँका शिक्षा क्षेत्रमा अनुसंधानमुलक लेख, रचना, शोधपत्र गरी ४० वटा कृति प्रकाशित भएका छन् ।
(अादरणीय डा. राेंगाेंगसित लेखकले नजिकै बसेर धेरै कुरा सिक्ने माैका पाएकाे छ । अागामी लेखमा त्यसबारे पनि चर्चा गर्ने प्रयास हुनेछ ।)

 

 

धार्मिक आस्थामाथि आक्रमण गर्नु हो

आज विश्वमा छुट्टाछुट्टै संघ संस्थाहरु एकसाथ आउने क्रम जारी छ । एरलाइन्सहरु बैँकहरु र अन्य विविध संस्थाहरु एकै ठाउँमा आएर एकसाथ अगाडि बढ्ने संकल्प गरिरहेका छन् । स्रोत र साधनहरुलाई बुद्धिमानीपूर्वक परिचालन गर्नका लागि यसो गर्ने गरिन्छ । एकिकृत मार्कसिस्ट र लेनिनिष्ट पार्टी र माओवादी केन्द्र एकतामा आई अहिले नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको छ । यस किसिमको पहल सकारात्मक हुँदाहुँदै पनि यसलाई अगाडि बढाउने कुरा चुनौतीपूर्ण नै छ । यस चुनौतीलाई हेक्का राख्दै नेतृत्ववर्गले संयम अपनाई यस एकतालाई सफलतामा परिणत गर्नैपर्ने हुन्छ । एकता गर्नुभन्दा पनि एकतालाई कायम राख्नु बढी चुनौतीपूर्ण मानिन्छ । यो एकता सफल होस् भन्ने शुभकामना छ । नेपाल कम्युनिष्ट पार्टीको सरकार अहिले अस्तित्वमा छ र यसको सुशासनाको अनुभवको अपेक्षा हामीले राखेका छौँ । सरकारले सबै दल धर्म र जातिसँग समान व्यवहार गर्नेछ भन्ने हाम्रो अपेक्षा छ । देशको नागरिकले यस किसिमको अपेक्षा राख्नु कुनै अनौठो कुरा होइन । प्रत्येक नागरिकले यो अपेक्षा गर्नसक्छ र गर्नुपर्छ ।
केे्ही दिनहरुका फरकमा नेपालका विभिन्न स्थानहरुमा आस्थाको केन्द्र चर्चहरुमा बम हान्ने र चर्च जलाउने गतिविधि भइरहेका छन् । यस किसिमका क्रियाकलापले सामाजिक र धार्मिक सौहार्दतामा बाधा पुर्याइरहेको छ । कुनै पनि धर्मको धार्मिक स्थललाई विनाश गर्नु भनेको धार्मिक आस्थामाथि आक्रमण गर्नु हो । यस किसिमका क्रियाकलाप गराउनेहरुलाई पत्ता लगाई कानूनअनुसार दण्डित गर्नुपर्ने हुन्छ । हरेक धर्मका अनुयायीहरूले आफ्नो विश्वास अरूहरूलाई बाँडन पाउँछन् । आज पश्चिमी मुलुकहरुमा पनि हिन्दूधर्म र अन्य धार्महरुलाई खुलेआम प्रचार गर्न पाइन्छ र धार्मिक स्वतन्त्रताले त्यो अधिकार प्रदान गर्छ । स्वतन्त्र रुपमा एक व्यक्तिले आफूले अभ्यास गर्न चाहने आस्थालाई छान्नसक्छ । नेेपालका राजनीतिक दलहरू धार्मिक समूहहरु र सामाजिक समूहहरुलाई मेरो आग्रहचाहिँ यो छ कि हामी सबैलाई धार्मिक स्वतन्त्रता दिऊँ र कसैलाई पनि धार्मिक आस्थाका कारण सतावट नगरौँ र अन्याय नगरौँ । हामी सबै मानवजाति परमेश्वरका स्वरुपमा बनिएका प्राणीहरू हौँ । हामी परमेश्वरको स्वरूपमा बनाइएका हुनाले हामी एक अर्कालाई आदर र सम्मान गरौँ र मिलापमा बसौँ । येशू ख्रीष्टले हामीलाई यो शिक्षा दिनुभएको छः
१ धन्य आत्मामा दीन हुनेहरू स्वर्गको राज्य तिनीहरूको हो । २ धन्य शोक गर्नेहरु तिनीहरूले सान्त्वना पाउनेछन् । ३ धन्य नम्रहरु किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन् । ४ धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू किनभने तिनीहरु तृप्त हुनेछन् । ५ धन्य दयावन्तहरू किनभने तिनीहरुले दया पाउनेछन् । ६ धन्य ह्रदय शुद्ध हुनेहरु तिनीहरूले परमे्श्वरलाई देख्नेछन् । ७ धन्य मेल मिलाप गराउनेहरू किनभने तिनीहरु परमेश्वरका छोराहरू कहलाइनेछन् । ८ धन्य धार्मिकताका निम्ति सताइनेहरू किनभने स्वर्गको राज्य तिनीहरुको हो ।
तिमीहरूको खेदो गर्नेहरूलाई आशिर्वाद देओ । नसराप । आनन्द गर्नेहरूसँग आनन्द गर । रूनेहरूसँग रोओ । एक अर्कासँग मिलेर बस । अभिमानी नहोओ तर नम्रहरूसँग संगत गर । कहिल्यै अहङ्कारी नहोओ । कसैलाई खराबको सट्टा खराब नगर । जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान देओ । हुनसक्छ भने सबैसँग शान्तिमा बस । प्रिय हो आफैले कहिल्यै बदला नलेओ । तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनभने लेखिएको छ बदल लिने काम मेरो हो । म नै बदला लिनेछु परमप्रभु भन्नुहुन्छ । बरू तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ । त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ । त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ । खराबीबाट पराजित नहोओ तर खराबीलाई भलाइले जित ।
परमेश्वरको जीवित वचन बाइबलले हामीलाई मिलापमा जिउन र मिलाप गराउनका लागि बोलाएको छ । यसरी मिलापसँग गरिएको परिश्रमले समृद्धिमा लैजान्छ । परमेश्वरको वचनलाई जीवनमा स्थान दिनाले हामी शान्तिका दूत येशूलाई पछ्याएका हुनेछौँ र हाम्रो जीवन उहाँको वचनले भरिएको हुनेछ ।
मेरो प्रार्थना यही छ कि नेपाल देशले शान्ति र समृद्धिको अनुभव गरोस् र परमेश्वरको मिलाप प्रेम शान्ति क्षमा र सहनशीलताको जीवन यस देशमा आओस् । धन्यावाद ।
डा बाल कृष्ण शर्मा

हेरेपछि भित्री पाप देखे जस्तो मलाई लाग्यो

सन् १९३० अप्रिल २४ दिनमा बुबा जोसेफ र आमा सुममति रोंगोंगबाट जन्मुभएको राजेन्द्रकुमार रोंगोंग हो  । पादरी गंगप्रसाद प्रधानका हाँगा हुनुहुन्छ । उहाँ पादरीको जेठी छोरीको, माइली छोरीको जेठा छोरा । गंगाप्रसाद प्रधानको पनाती हुनुहुन्छ । उहाँको आÇनो बुबा इलामबाट हुनुहुन्थ्यो । कामको सिलसिलामा उहाँको बुबा भारतको कालिम्पाङ्कतिर लाग्नु भयो । रोंगोंग भनेको इलामको लेप्चा थर हो । नबुझेर कसैले रोङगुन, कसैले रङगीन त कसैले राँगा पनि भनेका छन् । २ छोरी, १ छोरा र नातिनातिनाका साथमा आÇनै निवास सानेपा स्थायी रूपमा बसोबास रहेको छ । वरिष्ठ पाष्टर रोवर्ट कार्थकको बहिनी जर्मित कार्थकसँग विवाह गर्नुभएको थियो । लामो बैवाहिक जीवनयापन गरेका रोंगोंग, स्वर्गवासी धर्मपत्नीको अभाव महशुस गर्नुहुन्छ । वरिष्ठ पाष्टर रोर्वट कार्थकलाई दाइ भन्न औधि रूचाउनु हुन्छ ।

पाष्टर रोर्वट कार्थक र राजेन्द्र रोंगोंग अगुवाइमा नेपाली इसाई मण्डली संस्थापक हुनुहुन्छ । जवानबाट एकै हलोमा बाँधिएका यी जोडी कहिले पनि छुट्टिएनन् । जसको स्वरुप स्थापित ज्ञानेश्वर मण्डली हुन पुग्यो । एक उदाहरण पनि    हुनुहुन्छ । सबैको लागि ।

 

कसरी येशूलाई चिन्नु भयो ?

गंगाप्रसाद प्रधानबाट ४ पुस्ते ख्रीष्टियन, नामताङ्क (जोसेफ) बाट ३ पुस्ते ख्रीष्टियन हुनुहुन्थ्यो । स्वत ख्रीष्टियन उहाँलाई  लाग्थियो ।  चर्च जाने आउने हुन्थ्यो तर उद्धार, मुक्तिको ज्ञान नै थिएन । येशू किन कू्रसमा मर्नुभएको त्यो पनि राम्रोसँग थाहा  थिएन । एकपटक विलिग्राहमले भनेको वा लेखेको कुराले मनममा छाप पर्यो । मोटर गाडीको दराजमा कोही जन्यो भने त्यो मोटर हुन्छ र ? कोही ख्रीष्टियन घरानामा जन्मिदैमा त्यो ख्रीष्टियन हुँदैन । ख्रीष्टियन बन्नु पर्दछ । येशूमा जन्मनु पर्दछ । विस्तारै सिक्दै जानुभयो ।

पंजावबाट जोडनजान खान आउनुभयो, उहाँ अग्लो हुनुहुन्थ्यो । आत्मिक पनि त्यतिकै । राजेन्द्र थपे, “खानले हेरेपछि भित्र पाप हेरे जस्तो मलाई लाग्यो ।” पछि उहाँले राजेन्दैलाई हिन्दीमा यसरी सोध्नुभयो ।

खान : मर्ने कै बाद कहाँ जाहेगे ?

राजेन्द्र : नर्कमै…।

उहाँले येशूको बारेमा सिकाउनु भयो साथै प्रार्थना पनि गर्न लगाउनु भयो ।

फेरी सोध्नुभयो,

खान : मर्ने कै बाद कहाँ जाहेगे ?

राजेन्द्र :  नर्कमै…।

फेरी सम्झाउन भयो र गाली गर्नुभयो । प्रार्थना गर्न सिकाउनु   भयो । फेरी सोध्नुभयो,

खान : मर्ने कै बाद कहाँ जाहेगे ?

राजेन्द्र : स्वर्गमै … ।

खान : अब पाप ककेगा कि नैगरेगा ?

राजेन्द्र :  नही करेगा … ।

खान : तुम्हारा बाप दारु खाके माँ को मारेगा । तुम क्या   गरेगा ?

राजेन्द्र : बापको मारेगा … ।

खान : बापको मार्ना पाप है कि नही है ?

राजेन्द्र :  है … ।

यसरी खानले सोधेको प्रश्नबाट कसरी उम्के थाहा छैन । उहाँले उहाँलाई धेरै कुरा सिकाउनु भयो ।

खान बेलुकी घरमा आउनुभयो । संगति दिनुभयो । उहाँले यूहन्ना ३ बाट बोल्नु भएको थियो । येशूलाई मुक्तिदाता भनि विश्वास गरे ।

कसरी रोर्वट काथर्कसँग  भेटभयो ?

उहाँको बुबा पुलिस हुनुहुन्थ्यो । विभिन्न ठाउँहरूमा जानु पर्ने बाध्यता थियो । उहाँले १० वटा स्कुल चाहारी सक्नुभएको थियो । कलेज पास गरेर सकेपछि कालिङपुङ्कमा विज्ञान विषय थिएन । डाक्टर बन्ने इच्छा पनि अधुरो रहयो । सन् १९४६ मा पा. रोवर्ट कार्थकसँग भेटभयो ।  कालिङपुङ्कको जाने गरेको चर्चमा युथ कार्यक्रम (ईश्वर रत्न झुण्ड)     थियो । एक जना जवान, हेन्मस, नजिकै भएर नमस्कार गर्नुभयो । त्यो बेला जयमसिह भन्ने थिएन । रोवर्टले भने, “कहाँबाट आउनु भएको भाइ ?” भाइभन्दा उहाँको हृदयलाई छोयो । त्योदेखिको सम्बन्ध आजसम्म गाढा र ताजा छँदैछ । त्यसपछि पा. रोवर्ट  र उहाँ विभिन्न कार्यक्रम, प्रार्थना र मिसनमा सँगै काम गर्नुभयो । पाष्टर रोवर्टको ज्याइ पनि हुनुभयो । रोवर्ट कार्थकलाई उहा“लाई अगमवक्ताको रूपमा लिनुहुन्छ । उहाँबाट धेरै नै कुरा सिक्नुभइरहको छ ।

नेपालमा आउने योजना कसरी ब¥यो ?

सानैमा उहाँको आमाले नेपाल देशको लागि अर्पण गर्नुभएको थियोे । उहाँको आमाले मिसनरीहरूलाई अंग्रेजी भाषा सिकाउनु हुन्थ्यो । मिस एलिजा बेथ फ्राङ्कलिन (बेलायत)लाई पनि अंग्रेजी सिकाउन भएको थियो । त्यही मिस एलिजाले स्कुलमा पनि पढाउनु हुन्थ्यो । उनीले उहाँहरूलाई बाइबलिय  शिक्षा तथा व्यवहारिक शिक्षा सिकाउनु हुन्थ्यो । उहाँको आमाबाट राजेन्द्रको बारे सबै थाहा गर्नुभएको थियो । सानैमा आमाले नेपालको लागि अर्पण गरेका कुरा मिस एलिजाले सम्झाउँदा उहाँ अनकनाउनु भयो । उहाँ २०, २१ वर्षको हुनुहुन्थ्यो । त्यस बेलामा युथहरूमा जागृति पनि आएको थियो । नेपालका जानको लागि तयार हुनुभयो ।

उहाँको त्यस बेलाको चर्चमा धेरै पढ्नु र धेरै पैसा कमाउनु पाप हो भन्ने सिकाउथ्यो ।  वि.ए. अध्ययनको लागि अन्यौल  भयो । पढ्ने कि नपढ्ने भन्ने विषयमा । प्रभुको अनुग्रहमा वि.ए. पास हुनुभयो । त्यस बेलामा उहाँसँग सबै पुस्तक पनि थिएन न त कुन कुन पुस्तक पढाइ हुन्छ त्यसको पनि हाम्रोसँग ज्ञान थिएन । अरूले भनेको आधारमा पढेर उहाँले पास गर्नुभयो ।

सन् १९५० तिर रोवर्ट कार्थक र र उहाँ रक्सौल हुँदै नेपाल आउनुभएको थियो । काठमाडौंसम्म आउने हाम्रो इच्छा थियो तर हेटौंडासम्म मात्र आउन सक्नुभयो । अचम्मको कुरा इसाई भनेको त्यहाँ मान्छेले नबुझ्ने, पाप बारेमा बताउँदा      नबझ्ने । उनीहरूलाई यस्ता कुराहरूका बास्तै थिएन । उहाँहरु त्यहीबाट फर्कनुभयो ।

नेपालबाट एक टिम आएको थियो । त्यो टिमको उद्देश्य नेपाललाई शिक्षाको क्षेत्रमा सहायता पु¥याउने थियो । त्यो टिममा एक जना अमेरिकन नागरिक, डा. टेकनाथ उप्रेती हुनुहुन्थ्यो । वि.ए. पास भएका प्रवासी नेपालीहरूलाई खोज्दै आउनु भएको थियो । उहाँले अमेरिका पनि लग्ने आश्वसन दिनुभएको थियो ।

उहाँ नेपाल आउन तयार हुँदा उहाँको आमामात्र राजी हुनुभयो । तर बुबा र श्रीमतीले पठाउन चाहनु भएको     थिएन । यो कुरा रोवर्ट कार्थकसँग पनि पुग्यो । डा. राजेन्द्र रोंगोंग अनुसार, “रोवर्ट कार्थक कलेजमा पनि पढ्न अबल हुनुहुन्थ्यो । दाजुको हातमा प्रायःजसो बाइबल हुन्थ्यो । खेलकुद हुँदा पनि एक कुनामा बसेर बालबल अध्ययन गरेको मैले देखेको थिए ।” रोवर्ट कार्थक पनि नेपाल आउन तयार   हुनुभयो । जसले गर्दा उहाँलाई पनि बाटो खुल्यो । जम्मा ११ जना नेपाल जानको लागि तयार हुनुभयो । नेपाल गएर के  गर्ने ? कसले पैसा दिने ? आदिको कुनै ठेगाना थिएन । नेपाल आउनु ४ दिन लाग्यो । मिमरा आएर डिसी ३ हनुमान प्लेन चढेर काठमाडौं आइपुग्नुभएका थिए ।

सिधै भक्तपुर आइपुग्यौं । १२ कोठाको नयाँ घर थियो । तर चर्पीको व्यवस्था नै थिएन । नयाँ ठाउँ, नयाँ घर महिला दिदीबहिनी रुदै थिए । रोवर्ट कार्थकले प्रार्थना गर्नुभयो । खाना खायौं तर महिला दिदीबहिनी रुने क्रम रोकिएको थिएन । त्यही बेला एक जना नेवारज्यू रक्सीले मातिएर  “टुट् गएया दिल…।” गीत गाउँदै हिड्नु भएको थियो । त्यसपछि सबैजना हाँसे र त्यस रात बित्यो ।

भक्तपुरमा सबै स्कुलमा काम खोज्न जानुभयो । काम त मिल्थ्यो तर उहाँको परिचय ख्रीष्टियन भएर दिँदा अचम्म मानिथ्यो । ख्रीष्टियन भएको कारणले काँही पनि काम   मिलेन । एक अमेरिकनको स्कुल रहेछ । उसले उहाँलाई बोलायो । नेपाली नागरिकता भएको त्यहाँ पनि काम पाउनु भएन । तर प्राथमिक स्कुलको लागि तालिम लिनुभयो । त्यो तालिममा सबैजना दौरा सुरुवाल लगाएका थिए भने उहाँले मात्र सट् र पान्इट लगाउनु भएकोले सबैजनाको नजर उहाँमा थियो । उहाँले वचनलाई भने, “कतिले मास्टर सा”व कति पढ्नु भएको ? विए … ।”  अचम्म मानेका    थिए । त्यहाँ कोही कक्षा ८ मा पढेका थिए कोही भने कक्षा २ मा पढेका पनि थिए ।

प्रवासको नेपालीका लागि नेपालमा त्यो बेलामा गाह्रो     थियो । उहाँहरुलाई पढाउने  शिक्षक राष्ट्र कवि माधवप्रसाद धिमिरे हुनुहुन्थ्यो । राष्ट्र कवि भने, “सबैले आफ्नो गाँउको बारेमा निवन्ध लेखेर ल्याउनुहोस् ।” भक्तपुरको ज्यापुको बारेमा लेख्न उहाँलाई मन लाग्यो । ज्यापुहरूको छोराछोरीले ६ वर्षको उमेरसँग आफ्नो बुबालाई देखेको हुँदैन्थ्यो । किनभने उनीहरु उठ्नु भन्दा अगाडि काम जान्थे र उनीहरू सुतेपछि घर   फर्केन्थे । यो बारेमा लेखेर लग्दा राष्ट्र कविले भने, “रंगमजी … तपाईंको लेखे राम्रो छ । तपाईंको लेखले मलाई छायो ।” यस्तो उत्साहको शब्द अगाडि बढ्ने मौका पाउनुभयो । उहाँले भने, “अरूको अघि जान डर लाग्ने र बोली पनि भक्भकाउने थिए । यस्तो हुन्छ, होला भनेर सोचेको पनि थिएन ।”

त्यही बेलामा परमेश्वरको बारेमा बताउँदा ति मानिसहरूलाई एउटा ईश्वरका कुनै ज्ञानै थिएन । तर पनि प्रायः लाई परमेश्वरको बारेमा बताउने गर्नुहुन्थ्यो । परमेश्वरको खुल्मखुला भने बताउन सक्नुभएन । बताउँदा पापको सामान्य ज्ञान भएकोले बताउन गाह्रो हुन्थ्यो ।

भक्तपुरमा विदेशीहरुलाई स्कुल संचालन गर्न नपाउने भएकोले उहाँहरु काठमाडौं सर्नुपर्यो ।

भुवनलाल जोशीको वनस्थली स्कुल खोल्नुभएको थियो । त्यहाँ बल्लबल्ल काम पाउनुभयो तर ७ महिनासम्म काम गर्दा पनि एकपैसा पाउनु भएन । उहाँले नागरिकताको लागि निवेदन दिनुभएको थियो । त्यो बेलाको व्यवस्था प्रवासी नेपालीहरुको लागि फर्केर आएमा १ वर्षमा नै नागरिकता पाइन्थ्यो । उहाँले वि.स. २०१३ सालमा नेपाल आउनुभयो भने वि.स. २०१४ सालमा नागरिकता पाउनु भएको थियो । पा. रोवर्ट कार्थकको चाहिँ नागरिकता मिलेन किनभने उहाँको पुर्खा सिकिमको थिए । अहिलेसम्म पनि पा. रोवर्ट कार्थकले नेपाली नागरिकता लिनुभएको छैन । त्यो बेलामा ६ वर्षमा दिने चलन थियो तर पनि पाउनु भएन । पछि १२ वर्षमा दिने व्यवस्था थियो तर पनि पाउनु भएन ।  पाष्टर रोवर्टका छोरा पाष्टर सामुएल कार्थक बल्लबल नागरिकता दियो । तर उहाँको कान्छो छोरा दानिएललाई भने नागरिकता सरकारले दिएन । कस्तो अन्याय ?

बाइबलको उल्थासम्बन्धमा धेरैको भ्रमात्मक छ ?

धेरैको बुझाइ यो छ कि विलियम केरीले नेपाली बाइबल उल्था गर्ने जिम्मा पाएका थिए र त्यो जिम्मा पादरी गंगाप्रसाद प्रधानलाई दिइयो । यो बास्तवमा सत्य होइन । विलियम केरीले बाइबल उल्था शुरु गर्नुभयो तर नयाँ करारमा मात्र       गर्नुभयो । पूरै बाइबल पूरा गर्न सक्नुभएन । तर गंगाप्रसाद प्रधानले विलियम केरीको कामको निरन्तरता दिनुभएको  होइन । छुट्टै उहाँले बाइलबल उल्था गर्ने काम गर्नुभयो । गंगाप्रसाद प्रधानको बारेमा अझ जानकारी चाहिएमा पुस्तकमा खोजेर पढ्नु होस् ।

पहिलो विएड गर्ने व्यक्ति ।

नागरिकता नपाउनेजल १ वर्ष विएड गर्नुहोस् भनेर सरहरूले भन्नुभयो । त्यसपछि पढ्न थाल्नु भयो । पढेको बापत पैसा पनि दिइन्थ्यो । ६ महिनापछि नागरिकता पाएपछि महिनाको ८० रुपैया दियो । ६ महिनाको एकमुष्ट पैसा लिँदा पहिलो पटक लुगा हाल्नुभएको थियो । १४ महिना लगाएर बल्ल कोर्ष सक्यो । परिक्षामा पास पनि हुनुभयो । हस्तलिखित प्रमाण पत्र प्राप्त  गर्नुभयो । रोचक यो छ कि उहाँको रजिष्टेसन नम्बर १, रोल नम्बर पनि १ थियो । एकजना विधार्थी उत्पादन गर्न १ करोड भन्दा वढी लगानी लाग्यो रे ¤ जम्मा ३, ४ सय विधार्थीहरू थिए । हिसाव गर्दा सबैको भार उहाँलाई परेछ । पछि डिल्ली, भारतबाट मान्यता प्राप्त दियो । त्यहाँ पनि गएर पढ्नु पर्यो । वि.स. २०१६ सालमा लेक्चर पनि बन्नुभयो । छात्रबृद्धि पाएर अमेरिकमा पिएचडी गर्ने मौका पनि    पाउनुभयो ।

उपत्यकाको चर्चको इतिहास

सन् १९५६ सालमा पुतलीसडकका शुरु भयो भने सन् १९५७ सालमा सानो झुण्डबाट नेपाली इसाई मण्डली (ज्ञानेश्वर मण्डली) शुरु भएको हो । कति मानिसहरु अंग्रेजी सिक्न आउनुहुन्थ्यो । सिकाउँदा टेस्ट बुक बाइबल बनाएर सिकाउनुहुन्थ्यो ।

वि.सं. २०१६ तिर समयमा पाल्पामा प्रेम प्रधान लगायत ११ जना जेल परेका थिए । युएमएनका पूर्व जोनाथन लिङ्कदेन, ज्ञान शाह, प्रकाश राई, उहाँ लगायत साथीहरू गृह मन्त्रालयमा गयौं । त्यहाँ गृह मन्त्रीका सहायक हाकिमले भने, “यो गल्ती भएको हो,यो काँग्रेसको सरकार हो । हाम्रो झण्डामा ४ तारा छन् । त्यसमध्ये १ तारा धर्र्मनिरपेक्षता पनि हो ।” तर १ हप्ता पछि छुट्ने आश्वसन दिएका थिए । त्यसपछि वि.सं. २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिए र हिन्दू राष्ट्र घोषणा गरे ।  हिन्दू राष्ट्र भएपछि मुद्दा लम्बियो । अन्तः प्रेम प्रधानलाई ६ वर्ष जेल पर्नुभयो भने अरू १ वर्ष जेल परे । साथै आÇनो जात फर्काउनु पर्ने सर्त थियो ।

त्यो बेला रोवर्ट कार्थक बाइबल कजेज पढ्न      जानुभयो । सबै जिम्मेबरी उहाँमा आयो । एकजना विश्वास गरेका भाइ मण्डलीमा आउनुभयो । भाइ भने, “विश्वास गरिसके अब बप्तिष्मा दिनुहोस् ।” त्यस्तो भन्दा उहाँ झस्किनु भयो । उहाँले भन्नुभयो, “भाइ ¤ बप्तिष्मा लिदाँ के हुन्छ ? थाहा छ नि ¤”  भाइले थपे, “मैले यस्तो प्रभु पाँए । उहाँले मेरो आत्मा बचाउनुभयो । जे भए पनि बप्तिष्मा लिन तयार छु । तपाईंलाई डर लाग्छ भने होस ¤” त्यस्तो भन्दा उहाँलाई ठूलो चुनौती भयो । प्रार्थनासहित सल्लाह भयो र विदाको दिन तोकी बप्तिष्मा कार्यक्रम हुने भयो । कालोपुलको धोवीखोला सुनसान थियो । घरहरू पनि थिएन । खाल्डो खन्नुभयो । दिदीबहिनीहरू माथि डाँडामा बस्ने र कोही मान्छे आएरमा खबर गर्ने र छोरो मान्छे चाँडो चाँडो बप्तिष्मा दिने । त्यो दिन शिवरात्रीको दिन रहेछ । कसैले पनि उहाँहरूलाई बास्ता नै गरेनन् । त्यो नै ज्ञानेश्वर पहिलो बप्तिष्मा थियो । पछि त्यो भाइ कता जानुभयो । भेटघाट नै भएन ।

उहाँलाई जती सतावट भयो उती नै मान्छे थपिन थाल्यो । कतिले भन्थे, “जति सताए पनि यिनीहरू दब्दैनन् ।” त्यो बेलामा सरकारले भने, “बाहिर प्रचार नगर्नु ।” उहाँहरूले चर्चभित्रमा प्रचार गर्ने काम गर्नुभयो । त्यो बेलामा कालो कभर र रातो किताब देख्ने वितिक्कै प्रहरीले पक्रेर लग्थ्यो र पिटाइ पनि खानु पर्यौ ।

अर्को रमाइलो कुरा । वि.एड. कक्षामा निरन्तरता दिने ५ जना मात्र थिए । त्यसमा सबैले सुरुवाल लाँएथे । उहाँमात्र पेन्ट र सर्ट लगाउँदा सबैले जमिनदारको छोरा हो भन्ने ठान्थे । तर उहाँले प्रष्ट पारिदिनुभयो । कुराकानीको सिलसिलामा उहाँले भन्नुभयो, “म ख्रीष्टियन” साथीले भने, “ख्रीष्टियन ¤”  फेरी उहाँले भन्नुभयो, “हो, म ख्रीष्टियन ।” अर्को साथीले भने, “ नेपाली पनि ख्रीष्टियन हुन्छ र ¤”  “हो, म ख्रीष्टियन ।” अर्को साथी रिसले भने, “तिमी मूला ख्रीष्टियन ।” फेरी उहाँ भन्नुभयो, “ हो… म मूला ख्रीष्टियन ।”  त्यो बेलाका साथीहरूका सोचाइ ख्रीष्टियनहरूले ईश्वर मान्दैन रे ¤ उहाँले ख्रीष्टियन झन् वढी ईश्वरलाई मान्छन् । पाप क्षमा र स्वर्गमा विश्वास गर्ने मानिसहरू हुन् भनेर बताउने भएको थियो ।

पिएचडी परेपछि सह–सचिवमा, विभिन्न आइएनजिओबाट धेरै अफर आयो तर उहाँलाई आÇनो बोलावटमा स्थिर रहनुभयो । बोलावट नै चासोको विषय हुनुपर्दछ । अरूमा ध्यान नै गएन । उहाँले भन्नुभयो, “लामो जीवनमा कति गल्ती गरियो होला तर पनि बोलावटमा पक्का भएँ ।”

परमेश्वरको महान् आज्ञा मात्र होइन जिम्मेबारी पनि हो । पछिल्लो समय यही कुरामा उहाँ लागि रहनुभएको छ । परमेश्वरको राज्य फरक छ । परमेश्वरको छोराछोरी जहाँ पुग्छ, जान्छन् र गर्छन । परमेश्वरको राज्यमा धार्मिकता, प्रेम, शान्ति र आनन्द पनि हो । यो कुरा बताउने हाम्रो जिम्मेबारी हो । परमेश्वरले दिनुभएको जीवन जिउने समय हो । प्रभुमा एकतामा रहनु पर्ने समय पनि हो । सेवा २ प्रकारका हुन्छ । एक परमेश्वरको गर्ने सेवा र छिमेकीलाई गर्ने सेवा । हामी सबै सेवाहरुमा लाग्यौै । धन्यवाद ।

 

With Bishwas Thapa

चर्चमा पैसा पाइन्छ, बोरा लिएर आउनुस !

२०५८ साल तिरको कुरा हो । मेरो एकजना सहपाठी मित्रले सधै सोधनु हुन्थियो, “सर, हजुरले चर्चमा पैसा पाउनु हुन्छ रे नि?” “हो नि ! तपाई आउनु भयो भने तपाईले पनि पाउनु हुन्छ । एक दिन अलि ठुलै Purse लिएर जाउला, तपाई पनि चर्चबाट पैसा लिएर आउनु होला” मैले भन्थे । एक दिन उहाले साच्चै चर्च जाने विचार गर्नु भो । उहा र म Birtamod को एउटा स्थानीय चर्चमा गयौ । धुमधाम सग भजन गायौ । सङती आधा हुन लगेको थियो होला, एकजना जवान भाई झोला लिएर भेटि उठाउदै हाम्रो छेउ आईपुगे । त्यो बेला मेरो भेटि हाल्ने औकात २० रुपैया मात्र थियो । तर मैले आट गरेर रु १०० भेटिको झोलामा हाले । मेरा मित्रले त्यो दृश्य राम्ररी हेर्नू भो । उहाले मलाई सोध्नु भो, “मैले पनि भेटि हाल्नु पर्छ ?” मेरो उत्तर थियो “तपाईको आफ्नो बिचार हो।” उहाले फेरि अर्को प्रस्न राख्नु भो, “होइन, कति हाल्नु पर्ने हो ?” मैले भने “मैले कति हाले देख्नु भो होइन त !” उहाले पनि १०० को नोट Purse बाट निकाल्नु भो र भेटिको झोलामा खसाल्नु भो । सङती सकेर कोठा जादै गर्दा मैले बाटामा उहालाई सोधे “कति पैसा पाउनु भो त?” उहाको उत्तर थियो, “तपाई पनि हावा कुरा नगर्नु न।” मैले उहालाई धाप मारेर भने, “आज देखि उता तपाईं पनि चर्चमा पैसा पाइन्छ भनेर हावा कुरा कहिले नगर्नु होला।”
त्यस्पछी उहाले यस्तो हावा कुरा फेरि कहिले गर्नु भएन । आज पनि हाम्रो मित्रता उतिकै बलियो छ । हामी भेट हुदा एक अर्कालाइ यो घटनाको बारेमा याद गराउछौ र पेट मिचिमिचि हास्छौ ।

डा. बालकृष्ण शर्माको कथित हिन्दू धर्मगुरू श्रीनिवासाचार्यको षड्यन्त्र प्रतिक्रिया

भर्खरै प्रकाशित भएको अन्नपूर्ण पोस्टको खबरले कथित हिन्दू धर्मगुरू श्रीनिवासाचार्यको षड्यन्त्रलाई स्पष्टसँग उजागर गरेको छ । उनले जातिय र धार्मिक एकता र सदभावलाई भाँड्ने किसिमले ख्रीष्टियानहरुले गोली प्रहार गरे भन्ने आक्षप लगाएका थिए । आफैले गोली हान्न लगाएर शान्तिप्रेमी र सेवाले भरिएका ख्रीष्टियानहरुलाई आरोप लगाएका थिए र मंगोल संगठन भनी ख्रीष्टियानहरूलाई आरोप लगाउने खालको पत्रिका पनि खसाल्न लगाएका थिए । उनको यो षडयन्त्रको आज पर्दाफास भएको छ । ख्रीष्टियानहरुले विश्वास र स्वीकार गरेका बाइबलको शिक्षाले शान्तिका दाता येशू ख्रीष्टको प्रेमको शिक्षालाई पालन गर्छ र आफ्नो विरोध गर्नेहरूलाई पनि क्षमा दिन्छ । ख्रीष्टयान विश्वासले मानवमा हुनुपर्ने असल चरित्रलाई जोड दिन्छ । यी षड्यन्त्रकारीले आफैलाई गोली हान्न लगाएपछि चितवन लगायत नेपालका विभिन्न स्थानहरुमा ख्रीष्टियानहरुमाथि ज्यादति र अभद्र व्यवहार गर्न शुरू गरिएको छ । धार्मिक स्थल चर्चमाथि आक्रमण भएको छ र चर्च जलाइएको छ । यसको सम्पूर्ण जिम्मेवारी अब यी षडयन्त्रकारी धर्मगुरू लगायत यिनका चेलाहरूले लिनुपर्छ र धार्मिक सहिसुण्ता खलल गरेकोमा यिनीहरूलाई कार्यवाही गर्नुपर्छ । नेपालको संवधिानले धार्मिक स्वतन्त्रता दिएको हुनाले कसैले पनि धार्मिक स्थलमा आएर हस्तक्षेप गर्ने अधिकार छैन । चितवन र कोहलपुर चर्चमा भएको यस हस्तक्षेपमाथि कार्यवाही होस् भन्ने चाहन्छौँ । येशूमा विश्वास गरेकाहरूलाई जवरजस्ती गरेर फेरि हिन्दू बनाउने चलखेलमाथि सरकारको ध्यान जाओस् । यस किसिमको क्रियाकलाप गर्नेहरूले आफ्ना गुरूको षडयन्त्रलाई बुझी आफ्ना गलत कार्यहरूबाट फर्कनका लागि पनि म अनुरोध गर्न चाहन्छु । जसले जुन धार्मिक आस्था राख्न चाहन्छ सोको अभ्यास गर्नका लागि कुनै बाधा दिनु हुँदैन । आज कति देशमा मानिसहरू हिन्दू बनिरहेका छन् उनीहरुलाई सो बन्न दि‍उँ र जति जनाले येशूलाई विश्वास गर्न चाहन्छन् त्यसमा किन हस्तक्षेप । आज येशूमा विश्वास गर्नेहरूमाथि लगाएको झूटा आरोप र उनीहरूलाई रूवाएको फल देखिएको छ । धर्मका गुरूले आफैलाई गोली हान्न लगाउनु कहाँसम्मको बेइमानी कार्य हो । त्यति मात्र होइन त्यो दुष्ट काम गरेर ख्रीष्टियानहरुमाथि आरोप लगाउनु कति ठूलो बेइमानी र पाप हो । अब हामी सत्यको पछि लागौँ र एक अर्कासँग सत्य बोलौँ र सेवा गरौँ । परमेश्वरले येशू ख्रीष्टमा सबैलाई प्रेम गर्नुहुन्छ र हामी जीवित परमेश्वरका बारेमा गल्ती कुरा नगरौँ । जीवित परमेश्वरसँग खेलबाड गर्नु डरलाग्दो कुरा हो भन्ने कुरा आज एकपल्ट फेरि प्रमाणित भएको छ । जीवित परमेश्वरले सबैलाई सदबुद्धि देऊन् र सबै मानवको कल्याण गरून् । सबैमा शान्ति र समृद्धि होस् ।

  • Bal Krishan Sharma

 

“श्रीनिवासाचार्य भारतका श्रीश्रीश्री रबी शंकरको इसारामा संचालित छन्”-अध्यक्षधार्मिक चौतारी नेपाल

‘परमेश्वरका चुनिएकाहरू विरुद्धमा कसले अभियोग लाउनेछ ? कोही छैन ।’

मंगलबार, मे ८, वैशाख २५
‘परमेश्वरका चुनिएकाहरू विरुद्धमा कसले अभियोग लाउनेछ ? कोही छैन ।’ —रोमी ८ः३३

पावल लेख्छन्ः ‘परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने, दण्ड आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ जो मरेकाहरूबाट जीवित पारिनुभयो, परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि हुनुहुन्छ’ (पद ३३–३४) । शैतानले लगाएका दोषहरूचाहिँ फुलेर हावा निस्केर झरिरहेको बेलुन जस्तै हुन् । त्यसो भए किन हामी अझै पनि ती कुरा सुन्छौँ ? ख्र्रीष्टियन भएर पनि किन हामी दोषी भएको अनुभव गर्छौं ? आपूmलाई दोषी सम्झने सबै कुरा नराम्रा हुँदैनन् । पापबाट सचेत गराउनलाई परमेश्वरले दोषको उपयुक्त मात्रा प्रयोग गर्नुहुन्छ । हामीलाई थाहा हुन्छ कि त्यो दोष परमेश्वरबाटको हो जब यसले ‘क्रोध…भय…तृष्णा…जोश, न्याय होस् भन्ने इच्छा’ (२ कोरिन्थी ७ः११)जगाउँछ । परमेश्वरीय शोकले हामीलाई परिवर्तन गर्न प्रर्याप्त मात्रामा पछुतो अनुभूति गराउँछ । अर्कोतर्फ, शैतानबाटको शोकले हामीलाई दासत्वमा राख्ने पछुतो अनुभूति गराउँछ । तपाईंलाई उसले बन्धनमा पार्न नपाओस् । सम्झनुहोस्ः ‘तिमीहरूको जीवन ख्रीष्टसँग लुकाइएको छ’ (कलस्सी ३ः३) । जब परमेश्वरले तपाईंलाई हेर्नुहुन्छ, उहाँले पहिला येशूलाई देख्नुहुन्छ । चीनियाँ भाषामा धार्मिकता शब्दचाहिँ दुईवटा चित्रले बन्दछः एउटा भेडाको पाठो र अर्को मानिसको चित्र । पाठोको चित्रचाहिँ माथि हुन्छ र यसले मानिसलाई ढाकेको हुन्छ । परमेश्वरले तपाईंलाई हेर्नुहुँदा, उहाँले यस्तो कुरा देख्नुहुन्छः परमेश्वरको सिद्ध थुमाले तपाईंलाई ढाकिरहनुभएको छ । येशूले केही लेख्नुभयो भन्ने कुरा बाइबलमा एक पटक मात्र उल्लेख गरिएको छ । अनि त्यो कुरा उहाँले भुइँमा लेख्नुभयो, उहाँले भर्खरैमात्र क्षमा गर्नु भएको एक पापीलाई यसो भन्दै, ‘तिमीलाई दण्ड दिइएन । जाऊ, अनि फेरि पाप नगर’ (हेर्नुहोस् यूहन्ना ८ः१०–११) । त्यसकारण तपाईंको लागि आजको वचन छः तपाईंलाई दोष्याउनेलाई होइन, तपाईंको पक्षमा बोल्नेलाई भरोसा गर्नुहोस् ।
आत्मिक भोजन ः व्यवस्था १४–१७, मर्कूस ७ः१–१३, भजन ३७ः२५–३१, हितोपदेश १२ः१–३

तपाईंलाई दोष्याउनेलाई होइन, तपाईंको पक्षमा बोल्नेलाई भरोसा गर्नुहोस् (२)

मंगलबार, मे ८, वैशाख २५‘परमेश्वरका चुनिएकाहरू विरुद्धमा कसले अभियोग लाउनेछ ? कोही छैन ।’ —रोमी ८ः३३पावल लेख्छन्ः ‘परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने, दण्ड आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ जो मरेकाहरूबाट जीवित पारिनुभयो, परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि हुनुहुन्छ’ (पद ३३–३४) । शैतानले लगाएका दोषहरूचाहिँ फुलेर हावा निस्केर झरिरहेको बेलुन जस्तै हुन् । त्यसो भए किन हामी अझै पनि ती कुरा सुन्छौँ ? ख्र्रीष्टियन भएर पनि किन हामी दोषी भएको अनुभव गर्छौं ? आपूmलाई दोषी सम्झने सबै कुरा नराम्रा हुँदैनन् । पापबाट सचेत गराउनलाई परमेश्वरले दोषको उपयुक्त मात्रा प्रयोग गर्नुहुन्छ । हामीलाई थाहा हुन्छ कि त्यो दोष परमेश्वरबाटको हो जब यसले ‘क्रोध…भय…तृष्णा…जोश, न्याय होस् भन्ने इच्छा’ (२ कोरिन्थी ७ः११)जगाउँछ । परमेश्वरीय शोकले हामीलाई परिवर्तन गर्न प्रर्याप्त मात्रामा पछुतो अनुभूति गराउँछ । अर्कोतर्फ, शैतानबाटको शोकले हामीलाई दासत्वमा राख्ने पछुतो अनुभूति गराउँछ । तपाईंलाई उसले बन्धनमा पार्न नपाओस् । सम्झनुहोस्ः ‘तिमीहरूको जीवन ख्रीष्टसँग लुकाइएको छ’ (कलस्सी ३ः३) । जब परमेश्वरले तपाईंलाई हेर्नुहुन्छ, उहाँले पहिला येशूलाई देख्नुहुन्छ । चीनियाँ भाषामा धार्मिकता शब्दचाहिँ दुईवटा चित्रले बन्दछः एउटा भेडाको पाठो र अर्को मानिसको चित्र । पाठोको चित्रचाहिँ माथि हुन्छ र यसले मानिसलाई ढाकेको हुन्छ । परमेश्वरले तपाईंलाई हेर्नुहुँदा, उहाँले यस्तो कुरा देख्नुहुन्छः परमेश्वरको सिद्ध थुमाले तपाईंलाई ढाकिरहनुभएको छ । येशूले केही लेख्नुभयो भन्ने कुरा बाइबलमा एक पटक मात्र उल्लेख गरिएको छ । अनि त्यो कुरा उहाँले भुइँमा लेख्नुभयो, उहाँले भर्खरैमात्र क्षमा गर्नु भएको एक पापीलाई यसो भन्दै, ‘तिमीलाई दण्ड दिइएन । जाऊ, अनि फेरि पाप नगर’ (हेर्नुहोस् यूहन्ना ८ः१०–११) । त्यसकारण तपाईंको लागि आजको वचन छः तपाईंलाई दोष्याउनेलाई होइन, तपाईंको पक्षमा बोल्नेलाई भरोसा गर्नुहोस् ।आत्मिक भोजन ः व्यवस्था १४–१७, मर्कूस ७ः१–१३, भजन ३७ः२५–३१, हितोपदेश १२ः१–३

Posted by Message of Hope Nepal on Monday, May 7, 2018

‘बिन्ती छ, तपाईंले मलाई यो काममा आशिष् दिनुहोस् ।’ —१ इतिहास ४ः१०

बुधबार, मे २, वैशाख १९
‘बिन्ती छ, तपाईंले मलाई यो काममा आशिष् दिनुहोस् ।’ —१ इतिहास ४ः१०
बिन्ति छ, मलाई आशिष्् दिनुहोस्

आपूmलाई विशेष तीन क्षेत्रमा आशिष् दिनुभएको होस् भनेर याबेसले परमेश्वरसँग प्रार्थना गरेः १) ‘ठूलो इलाका दिनुहोस् ।’ धेरै इलाकाहरू आफ्नो बनाउने उनको सपना थियो, र मेरो सपनालाई आशिष् दिनुहोस् भनी उनले परमेश्वरसँग मागे । जब तपाईंले सपना देख्न छोड्नुहुन्छ तपाईंले निर्देशनलाई गुमाउनुहुन्छ । जब तपाईंले योजना गर्न छोड्नुहुन्छ तपाईं वृद्धि हुन पनि छोड्नुहुन्छ । तपाइलार्ई अगाडितिर धकेल्नको लागि केही कुरा हुनुपर्छ । जब तपाईंको अन्तरर्बोधका अनुभवहरू विस्तार भइरहन्छन्, तपाईंचाहिँ आत्मिक र भावनात्मक रूपमा स्वस्थ भइरहनुहुनेछ । २) ‘तपाईंको हात ममाथि रहोस् ।’ परमेश्वरको हातले उहाँको शक्तिको प्रतिनिधित्व गर्दछ । जति धेरै इलाका हुन्छ त्यति नै धेरै उनको जिम्मेवारी हुन्छ भन्ने कुरा याबेसले अनुभव गरे । जति धेरै खाँचो त्यति नै धेरै नै तनाव हुन्छ, जसको कारण उनको जीवनमा साँच्चै नै परमेश्वरको सहायताको आवश्यकता थियो । त्यसकारण उनले परमेश्वर मसँग हुनुहोस् भनी बिन्ती गरे । जब तपाईंको जीवनमा परमेश्वरको उपस्थितिको माग गर्नुहुन्छ, उहाँ नै उत्तर हुनुहुन्छ वा समाधान हुनुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस् । ३) ‘मलाई जोखिमबाट जोगाएर राख्नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस् ।’ याबेसले परमेश्वरसँग आफ्नो सुरक्षाको माग गरे । किन ? किनभने ती दिनहरूमा जब तपाईंले धेरै इलाका प्राप्त गर्नुहुन्थ्यो, तपाईंको प्रभाव त्यति नै धेरै हुन्थ्यो र तपाईंलाई मानिसले चिन्थे । त्यसले तपाईंलाई ठूलो निशाना पनि बनाउँथ्यो । आजको समयमा पनि यस्तै हो । जति धेरै तपाईं सफल हुनुहुन्छ त्यति नै धेरै तपाईंको आलोचक हुन्छन् । जति धेरै इलाका तपाईं पाउनुहुन्छ त्यतिनै धेरै तपाईंका शत्रुले तपाईंलाई आक्रमण गर्छन् । जति तपाईं परमेश्वरको घनिष्ठतामा वृद्धि हुनुहुन्छ र बलियो ख्रीष्टियन बन्नुहुन्छ, त्यति नै धेरै शैतानले तपाईंलाई आक्रमण गर्नेछ किनभने तपाईं वृद्धि भएको शैतान चाहँदैन । परमेश्वरको सुरक्षाको कारण तपाईं कुनै पनि व्यक्ति र कुराबाट डराउनुपर्दैन तर याबेसजस्तै तपाईं पनि ढुक्क हुनुहोस् । के तपाईं औसत जीवनभन्दा माथि उठ्न चाहनुुहुन्छ ? त्यसो हो भने याबेसले प्रार्थना गरेझैँ तपाईंले पनि प्रार्थना गर्नुहोस् ।
आत्मिक भोजन ः व्यवस्था १–२,मर्कूस ६ः१–६,भजन ३५, हितोपदेश ११ः१९–२१

याबेस (२)

बुधबार, मे २, वैशाख १९‘बिन्ती छ, तपाईंले मलाई यो काममा आशिष्् दिनुहोस् ।’ —१ इतिहास ४ः१०बिन्ति छ, मलाई आशिष्् दिनुहोस्आपूmलाई विशेष तीन क्षेत्रमा आशिष् दिनुभएको होस् भनेर याबेसले परमेश्वरसँग प्रार्थना गरेः १) ‘ठूलो इलाका दिनुहोस् ।’ धेरै इलाकाहरू आफ्नो बनाउने उनको सपना थियो, र मेरो सपनालाई आशिष् दिनुहोस् भनी उनले परमेश्वरसँग मागे । जब तपाईंले सपना देख्न छोड्नुहुन्छ तपाईंले निर्देशनलाई गुमाउनुहुन्छ । जब तपाईंले योजना गर्न छोड्नुहुन्छ तपाईं वृद्धि हुन पनि छोड्नुहुन्छ । तपाइलार्ई अगाडितिर धकेल्नको लागि केही कुरा हुनुपर्छ । जब तपाईंको अन्तरर्बोधका अनुभवहरू विस्तार भइरहन्छन्, तपाईंचाहिँ आत्मिक र भावनात्मक रूपमा स्वस्थ भइरहनुहुनेछ । २) ‘तपाईंको हात ममाथि रहोस् ।’ परमेश्वरको हातले उहाँको शक्तिको प्रतिनिधित्व गर्दछ । जति धेरै इलाका हुन्छ त्यति नै धेरै उनको जिम्मेवारी हुन्छ भन्ने कुरा याबेसले अनुभव गरे । जति धेरै खाँचो त्यति नै धेरै नै तनाव हुन्छ, जसको कारण उनको जीवनमा साँच्चै नै परमेश्वरको सहायताको आवश्यकता थियो । त्यसकारण उनले परमेश्वर मसँग हुनुहोस् भनी बिन्ती गरे । जब तपाईंको जीवनमा परमेश्वरको उपस्थितिको माग गर्नुहुन्छ, उहाँ नै उत्तर हुनुहुन्छ वा समाधान हुनुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस् । ३) ‘मलाई जोखिमबाट जोगाएर राख्नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस् ।’ याबेसले परमेश्वरसँग आफ्नो सुरक्षाको माग गरे । किन ? किनभने ती दिनहरूमा जब तपाईंले धेरै इलाका प्राप्त गर्नुहुन्थ्यो, तपाईंको प्रभाव त्यति नै धेरै हुन्थ्यो र तपाईंलाई मानिसले चिन्थे । त्यसले तपाईंलाई ठूलो निशाना पनि बनाउँथ्यो । आजको समयमा पनि यस्तै हो । जति धेरै तपाईं सफल हुनुहुन्छ त्यति नै धेरै तपाईंको आलोचक हुन्छन् । जति धेरै इलाका तपाईं पाउनुहुन्छ त्यतिनै धेरै तपाईंका शत्रुले तपाईंलाई आक्रमण गर्छन् । जति तपाईं परमेश्वरको घनिष्ठतामा वृद्धि हुनुहुन्छ र बलियो ख्रीष्टियन बन्नुहुन्छ, त्यति नै धेरै शैतानले तपाईंलाई आक्रमण गर्नेछ किनभने तपाईं वृद्धि भएको शैतान चाहँदैन । परमेश्वरको सुरक्षाको कारण तपाईं कुनै पनि व्यक्ति र कुराबाट डराउनुपर्दैन तर याबेसजस्तै तपाईं पनि ढुक्क हुनुहोस् । के तपाईं औसत जीवनभन्दा माथि उठ्न चाहनुुहुन्छ ? त्यसो हो भने याबेसले प्रार्थना गरेझैँ तपाईंले पनि प्रार्थना गर्नुहोस् । आत्मिक भोजन ः व्यवस्था १–२,मर्कूस ६ः१–६,भजन ३५, हितोपदेश ११ः१९–२१

Posted by Message of Hope Nepal on Monday, April 30, 2018