जुत्ताबाट सिक्नु पर्ने कथा

धेरै बर्षअघि एकजना जुत्ताको ब्यापारीले आफ्नो दुईजना कर्मचारीहरूलाई अर्को देशमा जुत्ताको कारखाना खोल्नुलाई त्यहाँको मानिसहरूको अवस्था हेर्नु पठाएछन् । यसरी महिना दिनपछि तिनीहरू नौलो देश डुलघुम गरेर त्यहाँको मानिसहरुको अवस्था बुझेर आएपछि एकजनाले भनेछन् ” मालिक त्यो देशमा जुत्ताको कारखाना नखोले पनि हुन्छ ! बिक्री हुदैन ! किनभने सबैजना मानिसहरु खालि खुट्टै हिड्छन् ; जुत्ता त कसैले पनि लगाउँदैन । यदि तपाईंले जुत्ताको कारखाना शुरु गर्नुभयो भने तपाईंलाई नोक्सान हुनेछ। कारखाना नखोल्नु नै राम्रो हुनेछ”। यसरी अर्को कर्मचारीले भनेछन् ” मालिक त्यो देशको मानिसहरूले जुत्ता देखेकै छैन । उनीहरूको लागि यो नयाँ कुरा हो । यसैले यदि तपाईंले त्यहाँ जुत्ताको कारखाना शुरु गर्नुभयो भने धेरै बिक्री हुनेछ । साथै तपाईंले धेरै भन्दा धेरै मुनाफा कमाउनु सक्नुहुनेछ “। मालिकले यी दुइजनाको कुरा सुनेपछि त्यो दोस्रो कर्मचारीको कुरा सुनेर जुत्ताको कारखाना शुरु गर्ने निर्णय लिएछन्। कारखाना शुरु गरेको पहिलो बर्षमा नै यति धेरै जुत्ता बिक्री भयो कि त्यो ब्यापारी रातिको रात असाध्यै धन कमाउनु सफल भएछ । प्रिय बिश्वासीजन : आज हामीले कतिवटा यस्ता ठाउँहरु देखिरहेका छौ जहाँ मानिसहरुको लागि सु-समाचार नयाँ कुरा हो । उनीहरूले स्वीकार गर्नु मान्दैनन् । तर प्रभुमा सबै कुरा सम्भव छ यदि हामीले बिश्वास साथ सकरात्मक सोच लिएर त्यहाँ सु-समाचार पुराउँछौ भने उनीहरूले अवश्य नै स्वीकार गर्नेछ । तर अबिश्वास साथ नकारात्मक सोच लिएर “हुदैन हौ” भन्छौं भने त्यहाँको मानिसहरु सु-समाचार नपाई मर्नेछ बहुमुल्य आत्मा अनन्तको लागि नरकमा जानेछ । हामीले भनेको हुन्छ र हुदैन मा ठुलो हार जित लुकेको छ । प्रभुले तपाईंलाई सहायता गरुन् । आमिन ।

-नरेश राई 

सत्यताले हाम्रो जिवनलाई परिवर्तन गर्दछ

सत्यताले मानिसहरुलाई स्वतन्त्र बनाउछ पबित्र बाईबल यहुन्नाको किताब ८ः३२ पदमा लेखिएको छ । यही सत्यतालाई हडसन टेलरले पाएको कारण चाइनामा गएर सुसमाचार सुनाए त्यसपछी उनको मन प्रकाश र शान्तिले भरियो । हामीले जहिले पनि सोच्नुपर्छ प्रभुले हाम्रो लागी के गर्नु भयो र हामीले प्रभुको लागी के ग¥यौ ? के म प्रभुलाई म संग बोल्ने अनुमति दिन्छु ? के म संग प्रभु हुनुहुन्छ ? यो संसारमा जन्म लिने हरेक ब्यात्ती कि प्रभुलाई माया गर्ने चेला यहुन्ना जस्तो हुन्छ कि प्रभुलाई धोका दिने यहुदा इस्कोरयोत जस्तो हुन्छ । हामी मध्ये कति यस्तै हुन सक्छछौ । कि प्रेरित पावल जस्तो हुनसक्छौ । कि राज्यपाल पिलातुस जस्तो हुनसक्छौ । यो हाम्रो जिवन भनेको यस संसारमा अस्थाई उपस्थिति मात्र हो । त्यसकारण यो जिवन हामीले त्यसै झुट्टा मुट्टा कुरामा खेर फाल्नु हुदैन । हामीले यसको सबभन्दा उत्तम प्रयोगको लागी यसको उन्नती र बाटो खोज्नु पर्छ । यहुन्ना १४ः६
हामीले यो सत्यतालाई अपनाएनौ भने हामी मध्ये कोही पनि आज देखी १०० बर्ष सम्म बाँच्न सग्दैनौ र पच्चास बर्ष मात्रै पनि बाँच्न सजिलो छैन भन्ने कुरा हामीले बुभ्mनु पर्छ । तपाईले कति बर्ष सम्म जिउने आशा राख्नु भएको छ ? पबित्र शास्त्र बाईबलले भन्दछ भजन ९०ः१० मा जिवनको अबधी लगभग ७० बर्ष भनेको छ । जिवनको बारेमा मोसाले भने जिवन निन्द्रा जस्तै हो । हाम्रा पुर्खा दाउदले भने छाँया जस्तै हो । सन्त याकुबले भने बाफ जस्तै हो । सन्त पत्रुशले भने घाँस जस्तै हो । हामीले नानीलाई हल्लाउने कोक्रो देखी लिएर जिवनको अन्त्य अरर्थी सम्मका सबै क्षणहरुसम्म सत्यतामा जिउनु पर्छ ।
सत्यतालाई धारण गर्ने कुरामा समय खेर फाल्नु मुर्खता हुन्छ । मेरो पाप क्षमा गरेर मलाई उद्धार र मुक्ती दिने ख्रीष्टमा मैले भरोसा गर्न सक्नुपर्छ । जिवन एउटा सागर हो जसको किनारा छ । जिवन एउटा समय हो जसको टुङ्गोछ । त्यसकारण हामीलाई प्रशन्न तुल्याउने सबै कुरा क्षणिकहुन । हाम्रो जिवनमा आईपर्ने सबै समस्याहरु क्षणिक छन तर हामीले सिकेका र सुनेका जिवित परमेश्वरका वचन चाँही अनन्त र महत्वपुर्ण छन । हामीले लापर्वाही साथ हाम्रो जिवनलाई बर्बादीमा होम्यौ भने हामीलाई न्यायको दिनमा कुनै बहाना हुदैन । प्रिय मित्र याद गर्नुहोस आज तपाईको जिवनको कथा लेखिदैछ । सर्ब पर्थम हामीले सत्य र सिद्ध ज्ञान नपाए सम्म हामी स्वर्ग पुग्न सग्दैनौ । हामीले संसारिक शिक्षा र ज्ञान बिज्ञानका कुरा राजनितिका कुरा सिक्दा धेरै समय लगायौ होला तर यो सबै स्वर्गमा चाँहिदैन । हामीले संसारमा कमाएका मान सम्मान र प्रतिष्ठाहरु त्यहा हल्का हुन्छन ।
हामी हाम्रो जिवनमा दुईवटा संसारको लागी बाँच्दछौ एउटा छोटोछ । एउटा अनन्त छ । मानिसहरुले आफनो मार्ग आफै जान्दैन यार्मिया १०ः२३ सत्यता पाएको मानिसले मृत्युको मुखमा पुग्दा पनि पार्थना गर्छ । आफनो जिवनको साक्षी दिन्छ । जिवित परमेश्वरलाई आफनो जिवनमा स्वीकार गर्छ । आत्मिक युद्धमा भाग लिन्छ र आफुलाई सत्ताउनेहरुलाई आर्शिवाद दिन्छ र उ आफु ननिभे सम्म परमेश्वरमा चम्किरहन्छ । हामी अधर्मी र पापी मानिसहरुका लागी धर्मी येशू मर्नुभयो भने हामी पनि ख्रीष्ट येशूका निम्ती मर्नुपर्छ । हाम्रो जिवन ख्रीष्टमा गासिएको छ ।
लेखक रेभ.फादर जगत वाग्ले
बिलिभर्स चर्च भद्रपुर झापा

चाडपर्वहरुमा स्वतन्त्रताको अन्र्तकथा लुकेको हुन्छ

 

मानव इतिहासमा स्वतन्त्रताको मुल्य, मान्यता र महत्व कति हुन्छ भन्ने कुरा सवैका अगाडि घाम जस्तै र्छलड्ढ छ । त्यही कुराको ज्ञानले नै मानिसलाई मानिस भएर अघि बढन सहयोग पुगेको छ, आदि देखि हाल सम्म । चाडपर्वहरु जानी जानी वा अन्जानबस हामीले चलन चल्ती अनुसार मानि आएको भएता पनि सुक्ष्म अनुसन्धान र तुलनात्मक अध्ययन गर्ने हो भने हाम्रो अगाडि त्यस्ता परिघटना वा परियोजना ९ःभनब, न्ष्नब र त्भचब भ्खभलत० हरु सत्य तथ्य सहित, छ सात हजार वर्ष पहिला क्रुर र चरम दासत्वको जुवा फयाक्न भएको देखिन्छ । जुन परि घटनाले सारा बिश्वको मानव समाजलाई प्रभाव पारेको देखिन्छ, जहा चार सय चालिस वर्षको दासत्व पछिको स्वतन्त्रताको इतिहास सत्य तथ्य सहित उजागर हुन्छ । जुन परि घटनाको अघि अन्य सामान्य घटनाहरु घामको अगाडि सानो टुकी र मैन बत्तीहरु ज्स्तै गरि अघि बढी रहेको देखिन्छ । जुन कुरा पुर्खा देखि चलि आएको भन्दै जरा तह सम्म कोहि पनि अगाडिवढन प्रयास गर्दैन र त्यस्तै परि घटनाको महात्मय र चुरोलेनै यथार्थमा डोहराई हेको हुन्छ । हाम्रो शिक्षा प्रणाली पनि त्यो मानेमा सहयोगि भएको देखिन्न ।हाम्रो पूर्वीय समाजमा कुनै पनि कुराको अनुसन्धानात्मक प्रणाली भएर अगाडि वढाउने प्रचलन छैन । चाडवाढ आयो, रमाईलो ग¥यो, भेटघाट भयो, सकियो । त्यसको तह सम्म पुगेर केलाउने र जरा सम्म पुग्न, अलिकति पनि कसरत, मेहनत र अभ्यास गर्ने प्रचलन हाम्रो संस्कारमा न्यून छ वा छदै छैन भन्दा पनि पनि अत्यूक्ति नहोला । मैले यी सवै नितान्त बिश्वव्यापि (भ्लतष्चभ न्यिदब)ि धरातलको आधारमा अघि वढाईएको अवस्थामाहो ।

व्यवहारमा हामी जव अलिकति गहिरिएर हेर्छौ, तव आफ्नो अराध्य सवैको लागि आदरणीय र महान भएको थाहा पाउछौं र त्यो कुरामा हामी सवै अडिग भएरनै उभिन्छौं । यद्यपि अलिकति तटस्थ भएर अलि पर उभिएर अनुसन्धानात्मक तवरले जव मनन गछौ, अर्को एउटा तह पनि पत्ता लागेको थाहा पाउछौ । त्यही तह अर्कोपत्र जस्तो पनि हो, त्यही हो स्वतन्त्रताको पत्र वा तह ।जुन तह वा पत्रमा हामी एक भएर अगाडि पाईलाहरु चाल्न सजिलो गरि सक्छौ । जुन साझा धरातललाई हामी अयmmयल नचयगलम पनि भन्न सक्छौं । त्यही धरातल थाहा पाउनेहरुलाई कुनै पनि कुरा गर्न कसै संग पनि त्यति गाहे हुदैन । आजको बिश्व त्यही धरातललाई टेकेर नै अगाडि वढि रहेको पनि देखिन्छ र जो कोहि त्यही धरातल नपुगि वा थाहा नपाई अगाडि वढन खोज्दछ भने समस्याको वा विग्रहको विच वाट भएर अगाडि वढन पर्ने वाध्यता व्यहोर्नु परेको अवस्था देखिन्छ । जहा वाटो प्रष्ट हुदैन, गन्तव्यमा पुग्ने निश्चयता नगबचबलतभभ पनि हुदैन।

चडपर्वहरुको पछाडि त्यही स्वतन्त्रताको अन्र्तकथाको रहस्य लुकेको हुन्छ र त्यसलाई हामीले समय सापेक्ष र सन्दर्भमा उजागर गर्दै लैजान सक्यो भने धेरैलाई अभिपे्ररित गर्छ र पराधीनताको सांग्लाहरु चुडाएर सही गन्तव्यतर्फ अघि वढनको लागि । जव हामी कोहि पनि पराधीन अवस्थामा हुन्छौ, तव रमाईलो पनि गर्न सक्ने अवस्थामा हुदैनोै । ईतिहासको पानाहरु पल्टाउदा पनि त्यस्तै अवस्थाको कथा, व्यथाहरु बिश्व परिवेशमा भेटाउन सकिन्छ र यी सवै तितो यथार्थ पनि हो । आज हामी स्वतन्त्र र सार्वभौमिकताको कुरा गर्दा पनि यही गौण स्वतन्त्रताको विन्दु भएर अगाडि वढेको अवस्था वाट बिशाल विश्वव्यापि स्वतन्त्रताको धरातल उपभोग गरि रहेको अवस्थामा छौं र त्यसैलाई अझ वढि सुरक्षित बनाउन वा अनन्त र सवैलाई र सदैलाई हुने अवस्थामा लैजान प्रयासरत र अभ्यासरत पनि छौं । जव हामी यी सवैपत्रहरु, तहहरुमा अभ्यास गर्छौ, तब त्यसलाई चिर्न सक्ने वाटाहरु पनि हामीलाई फेला पर्दै जान्छ ।

हम्रा देशमा यस्तो पर्वहरु छन, र यस्तो राष्ट्र्यि स्तरको चाडहरु शत प्रतिशतलाई होईन, पचान्नवे प्रतिशतलाई स्वीकार्य हुन्छ र सहानुभुति पाएको पनि हाम्रा व्यवहारिक अनुभव र अनुभुतिहरु पनि छ । मेरो आशय चाहि स्वतन्त्राको पत्र र तहलाई अनुसन्धानात्मक तवरले सवै सामु उजागर गर्दै कुनै दुर्घटना विहीन निर्वाध यात्रा गर्दै गन्तव्यमा पुगि पुन सुरक्षित आवागमन गर्न पाउनुनै हो मानिस मात्रले, यद्यपि हामीले कतिपय मानवीय काम कुराहरु,नजर अन्दाज गरि अघि वढि रहेको अवस्था पनि छ, बिशेष गरेर दुई देशको सिमानामा दर्दनाकपूर्ण घटनाहरु व्यहारिएको हरेक चडपर्वहरुमा पत्र पत्रिकाहरुमा पढने गर्छौ । त्यसको समाधान बैंकिड्ढ व्यवस्था उपलव्ध गराउने पहल भए बिस्तारै न्युन हुदैं जान सक्ने सम्भावनाहरु प्नि विद्यमान छ र सवैलाई विदित पनि छ र भविष्यमा अरु धेरै गम्भीर हुदै जाने बिश्वास पनि गर्न सकिन्छ, सम्वन्धित जिम्मेवार निकायहरु मानवीय संवेदनाहरु प्र्रति ।सामान्य लागेता पनि मानवीय कुराहरु असामान्य तवरले पीडा जन्माएको हुन्छ । जुन पीडा अमेरिकाको प्रेसिडेण्ड एब्राहाम लिंकनले महशुस गरेकै कारण आफ्नो ज्यान जोखिममा राखेर पनि मानिसलाई दास वनाउने र किनवेच प्रथा हटाईए पछि, त्यहा पृथ्वीको मात्र होईन, स्वर्गको पनि ढोका उग्रिएको व्यवहारमै उजागर भएकोपनि देखिन्छ र ती कुराहरु सवैलाई विदित पनि छ ।

त्यस्तै स्वर्ग र पृथ्वी विचमा हीरक स्तरको स्वतन्त्राको घटनाहरु पनि ईतिहासमा छन र जुन हीरक स्तरको घटनालाई ीबलम ःबचप वनाएरअन्य सामान्य घटनाहरु पनि ःभचनभ गराई आ आफ्नो स्वकीय क्ष्लमष्नष्लभयगक मौलिक कुरालाई पनि हीरक स्तरमा लगि अगि वढाईएको अवस्थाहरु पनि हामी व्यवहारमा देख्न पनि सक्छौं अराध्यहरुको सन्दर्भमा पनि ।जुन नितान्त महत्वपूर्ण र चासोको विषय पनि हो ।धरातलको तह सम्म पुगेर विवादको ठाउमा शान्ति, अन्यायको ठाउमा न्याय, अव्यवस्थित ठाउमाव्यवस्थित, अमनचयन वाताबरण बनाई बिकास गरि निकास दिन पनि सक्छौ, मानव भएको नाताले । मात्र धेर्य भएर त्यो बास्तविक धरातल सम्म पुग्ने आंट, समादर र सदभावको अलिकति खांचो छ मानव जातिमा र जगतमा ।

धेरै प्रशिक्षणहरु र सेमिनारहरुमा पनि त्यही स्वतन्त्र ऋयmmयल न्चयगलम सांझा धरातलीयअन्तरकथाको पत्रतह ( ःभतबबिथभच) पत्ता लगाएर पहिलाउन खोज्ने गरिन्छ । हाम्रो समाजकोसंरचनाहरुमा पनि अझ वढी यस्तो स्वतन्त्र पत्र,तह हरुको छ, (ःभतबबिथभच) खांचो महशुस भई रहेको पनि देखिन्छ र अभ्यास भई रहको पनि छ । तर पनि मुर्त रुप नभएर अमुर्त (ब्दकतचबअत) रुपमा अघि वढि रहेको छ र यस्तो अवस्थामा समस्या झन जटिल भई मुर्तरुप लिएर अगाडि वढन सक्ने अवस्था हुदैन । त्यसैले कहिपनि कुनै पनि क्षेत्रमा सांझा धरातल ऋयmmयल न्चयगलम खोजेर अघि वढन अभ्यास गर्न अत्यावश्यक भई सकेको अवस्था हाम्रो सामाजिक परिप्रेक्षमा, परिबेशमा टडकारो रुपमा देखिन्छ । यस्तो समसामयिक विषयहरुलाई मध्येनजर राखि ःष्अबज नेपालले ःभमष्बतष्यलको तिन तिन दिन गरि जम्मा छ दिने प्रशिक्षण तालिम पनि अधिराज्यवाट विभिन्न धार्मिक संघ संस्था प्रतिनिधि भेला गराएरसम्पन्न गराएको पनि थियो एचभ द्यबकझभलतमा क्ब्ए ँभअिजबववरमहल, र धुलिखेल भिलेज रिसोट काभ्रेमा आगामि दिनमा क्रमशः त्यस्तै कार्यक्रमले पनि परिणाममुखी भुमिका पनि खेल्न सक्नेछ, जटिल परिस्थितिहरुमा दक्षिण एशियामा, जुन कुराहरु विश्व परिवेशमा अनुभव पश्चात विस्तार गर्दै लैजान खोजिएको छ, राष्ट्र्संघकै समन्वयमा विखण्डन जस्तो दुर्घटनाहरु न्युन वनाउन, जुन कुराले एउटा कालखण्डमा भ्गचयउभ महादेशका केहि देशहरु आक्रान्त र प्रभावित थियो । बिश्वका कुनै पनि कुनामा भएको घटना र पघिटनाहरु वाट पाठ सिकेनौ भने, हामीले पनि भोग्ने अवस्था आउछ र भोग्न तयार हुनु पनि पर्छ । एटम बम दोश्रो महा युद्धमा जापानमा बिस्फोट भएको थियो, तर त्यसको असर वा प्रभाव जर्मनमा वढि परेको थियो जापानमा भन्दा । किनकि जर्मनीलाई त्यस युद्धको परिस्थितिले बिभाजित वनाएको मात्र थिएन बर्लिन पर्खाल द्धारा, मानवीय तथा धेरै क्षेत्रमा सारा बिश्वको नजरमा ह्रास ल्याएको थियो र स्तर पनि खस्किएको अवस्था पनि थियो । त्यसको असर र प्रभाव अहिले पनि समसामयिक घटना परिघटनाहरुमा देखिन्छ पनि र हामीले पनि त्यस्तै कुराहरु बाट पनि पाठ सिकेर राष्ट्र्यि हित र स्वतन्त्रताको पक्षमा कसरी राष्ट्र्लाई अगाडि वढाउने र वढने अभ्यास पनि गर्दै जानु पर्ने हुन्छ । विभाजित मानसिकताले क्षेत्रिय र बिश्व परिवेशमा कस्तो हिनतावोध ल्याउछ र संकुचित वनाउछ र क्षति पु¥याउछ आप्नो दायरालाई त्यतातिरको हेक्का पनि राख्नु पर्ने हुन्छ ।

स्वतन्त्रताको परिप्रेक्षमा चाहे त्यो हिब्रुहरु मिश्र देशवाट चारसयचालीस वर्ष दासत्व (क्बिखभचथ) को चरम परिस्थितिको पछिको अवस्था होस, वा सीतालाई लंकावाट स्वतन्त्र तुल्याएको क्षण होस, वा दुष्ट र आसुरी शक्तिलाई पवित्र वा अलौकिक शक्तिले परास्त पारि स्वतन्त्रता त्रासरहित वाताबरण बनाएको अवस्थाको अनुभुति गराएको पल होस वा हाल साल विभिन्न देश बिदेश वाट काम गरि चाड मनाउन स्वतन्त्र तवरले घर फर्किएको अवस्था होस । स्वतन्त्र पछि मात्र मनाउन सक्ने, हासी खुसी खान पिउन सक्ने, वा भेटघाटमा एउटा शीर्ष (ऋष्mिबह) विन्दुको हदको उचाई महशुस हुन्छ । पराधीन अवस्थामा, सांग्लाले बाधिएको मानसिकतामा त्यो सम्भव हुने क्षण संकुचित हुन्छ र अकल्पनीय पनि हुन्छ । मेरो आफ्नो नितान्त व्ययक्तिक जीवनमा पनि त्यस्तो कागजी सांग्लाले बाधिएको अवस्थावाट स्वतन्त्र भएको क्षण र त्यो त्रासको झझल्को मेरो मन मस्तिष्कमा अझ पनि झकझक्याउछ र पनि अलौकिक तवरको योजनाहरु प्नि अमुर्तरुपमा संग संगै सुक्ष्म ढंगले अघि वढि रहेको हुन्छ, कालान्तरमा त्यही अलौकिक योजनाहरु प्नि उजागर हुंदै महिमित र अनन्त तर्फवाट कल्पना भन्दा बाहिर असिमीत (द्यभथयलम द्ययचमभचद्यबकझभलत) तवरको आधारमा सफलीभुत धेरैको जीवनमा महशुस भएका पनि देखिन्छ । त्यसैले यी सवै कुरालाई मध्ये नजर राख्दै सार्वजनिक विदा पनि सरकारले दिने गर्दछ र परिणाम हीरक स्तरको मानवीय परिघटना र परियोजनाको कुरालाई स्वीकारनु बाच्छनीय पनि हुन्छ र त्यसले आशिष पनि ल्याउन मद्धत पुग्दछ र उन्नतिको सिडी पनि बन्दै जान्छ । यद्यपि जव निराश र अन्ध्यारोले ग्रसित हुन्छ र अत्याउछ र ढोकाहरु वन्द भएको महशुस हुन्छ,, तव त्यही मानिस साम्यवाद तर्फको धार पहिलाउदै समुद्र् सम्म पुग्न खोज्दछ कालान्तरमा आध्यात्मवाद वा अन्य वादहरु त्यागेर वाच्नकै लागि ।त्यसरी धेरै कुराहरुकोपत्रतहहरु (ःभतबबिथभच)र अन्र्तकथाहरु लुकिरहेको हुन्छ हाम्रो जीवनको वरिपरि । जव एउटा सीमाको हद पार गर्छ, तव शुन्यवाट संख्यात्मकता रुप हुदै पुनः गुणानात्मक तवरले समग्रलाई प्रभाव पार्दै अघि वढने गर्दछ गति । त्यसैले बुद्धिजीविहरुले पनि समय समयमा व्यवस्थापनको खांका पनि तैयार पार्दै चरममा पुग्न भन्दा पहिलानै न्युन गर्न रणनीति पनि अंगीकार गर्नु पर्ने हुन्छ, धेरै ढिलो भए परिणाम भोग्न पनि बाध्यकारी अवस्था सृजना हुने डर हुन्छ ।

स्वार्थ र स्वार्थी विचमा पनि विषयबस्तुवारे थाहा पाई राख्नुर जानकारी भई रहनु अत्यावश्यक छ । महात्मा गान्धीेले पनि थाहा पाएर, सुक्ष्म जानकारी र ज्ञान भएरनै महान आत्मा भएको मानिस भएको हो, नकि समस्यावाट पन्छिएर ?त्यही थाहा पाउने क्रम र निरन्तरता दिन क्रम जारी भई अघि वढि रहे हाम्रो डुड्ढा पनि मझधारमा पक्कै डुब्दैन, निश्चयता (न्गबचबलतभभ) साथ पारि तरिन्छ । त्यही स्वतन्त्राको सांझा धरातलको तह हंद (ऋभष्ष्लिन) सवैले भेटाउन सकियो भने सवै सम्वन्धित समस्या गौण हुन्छ र मानवीय मियोको उचाई यो सानो देशमा पनि अग्लिने सम्भावनाहरु अझ साकार हुंदै जान्छ । अस्तु ।

नारायण श्रेष्ठ
जन जागरण नेपाल पार्टी

हैसियत

कथा

– रोशन प्रजापति
क्वाइनोनिया बनेपा मण्डली

“नभन् मलाई बुबा, तेरो लागि यो बुबा म¥यो भन्ठाने हुन्छ । म पनि सम्झनेछु, मेरो एउटा छोरा थियो, म¥यो । कुल, कुटुम्ब, मान मर्यादा, चालचलन, रीतिथिति सबलाई माटोमा मिलाइस् । अब के साइनो बा“की रह्यो र । साइनोको त्यान्द्रोसमेत चु“डिसकेपछि त“लाई यो घरमा बास दिनलाई अब मलाई धर्मले छेक्दैन । आÇनो बाटो लागे हुन्छ ।” बमध्वजको बम पड्केजस्तो चिच्याहटले घरका सबै जना बैठक कोठामा आत्तिदै आए । बमध्वजको छोरा बुद्धिध्वज सोफाको एक कुनामा बसेर बुबाको बल्दो रिसको प्रत्यक्ष साक्षी बनिरहेको थियो । बमध्वजको चर्को आवाजले सानैदेखि घरमै हुर्किरहेको भोटे कुकुर पनि कुइ“कुइ“ गर्दै बुद्धिध्वजको छेउमा आएर बस्यो । सबै जनाको मुहारमा भय स्पष्ट देख्न सकिन्थ्यो तर बुद्धिध्वजमा कुनै परिवर्तन देखा परेको छैन । एक दिन त यस्तो हुनु नै थियो, आज भयो । यसैले कुकुरलाई सुम्सुम्याउ“दै ऊ चुपचाप बुबाको गाली सुनिरह्यो । उसको मौन मुस्कानले भने बमध्वजलाई भतभती पोलिरहेको थियो । आज उसलाई आÇनै छोरा दुश्मन जस्तै लाग्यो । उच्च रक्तचापको औषधीले नियन्त्रणमा रहेको उसको प्रेसरको बा“ध आज भत्केको छ । शरीर थरथर काम्न थालेको छ । बुद्धिध्वजको सौम्य अनुहारले चिथोर्न थालेको छ । बुद्धिध्वजको कुकुरस“गको सामिप्यतालाई पनि सहन सकेन र फेरि बम्किन थाल्यो, “नछो, मेरो टाइगरलाई । टाइगरलाई सुम्सुम्याउने हैसियत तैंले गुमाइस् । त“ कपुतभन्दा त यही टाइगरलाई मेरो छोरा भन्न सुहाउ“छ । तैंले मेरो नाकलाई गुहुमा लगेर जोतिस्, शत्रुलाई ह“साइस् तर यसले शत्रुको गन्ध पनि घर वरपर आउन दि“दैन । यो टाइगर जतिको हैसियत छैन अब तेरो यो घरमा ।”
बमध्वजको गाली, चेतावनी केहीले पनि बुद्धिध्वजलाई कुनै असर गरेन । एक दिन बा“ध फुट्छ भनेर उसलाई पूर्व जानकारी थियो । जसको सामना गर्न उसले आपूmलाई मानसिक रूपमा तयारी अवस्थामै राखेको थियो । यसैले ‘जोइपोइको झगडामा मुखमा पानी राखेर बस्ने जोइ’ जस्तै मुखबाट एक शब्द पनि निकालेन । बरु बमध्वजको निरन्तरको टोकाइमा उसकी आमा चम्पादेवीले प्रतिरक्षा गरिन्, “पालीमा सजिने छोराभन्दा नालीमा सुत्ने छोरा चाहिने रहेछ तपाईंलाई । तपाईंको त्यो दोषी चश्मा फुकालेर छोरा सुध्रेर गाउ“समाजमा हाइसञ्चो भएको देखिने चश्मा लगाउनुस् । अनि थाहा पाउनुहुनेछ शत्रुलाई ह“साएको हो कि झापड हानेको हो ।”
बमध्वजले एक्लो छोरा बुद्धिध्वजलाई निकै पुल्पुल्याएर पालेको थियो । लगातार पा“च वटी छोरीहरू पछि जन्मेको एउटै छोराले गर्दा पनि उसको हेरचाहमा बमध्वजले कुनै कसर बा“की राखेन । उसका हरेक आवश्यकताहरू आ“खा चिम्लेर पूरा गरिदिन्थे । बाबुको यही पुल्पुलाउने बानीले गर्दा बुद्धिध्वज भने सानैदेखि पिराहा र रिसाहा भएर हुर्किन थाल्यो । उसले गरेका हरेक गल्तीहरू पनि सदर हुने परिपाटीले उसको चुरीफुरी निकै बढेको थियो । स्कुलमा पनि उसले साथीहरू मात्र नभएर गुरुजनलाई पनि टेरपुच्छर लगाएन । कसैले सधाउन नसकिने जब्बर भएर निस्केको थियो बुद्धिध्वज । उसको उपद्रोह र उच्छृङ्खलताबारे बमध्वजलाई सिकायत गरे पनि “बच्चै हो, बुद्धि पलाएको छैन” भनी हा“सेरै टारिदिन्थ्यो बमध्वज । “छोरा बिग्रिसक्यो” भनेर चम्पादेवीले लाख चोटी भनी होलिन् तर बमध्वजको कानमा बतास लागेन । “छोरा मान्छे हो, गाउ“ठाउ“मा महसुर हुनु राम्रै हो । कसैले औंला उठाउन सक्दैन । चकचक, बदमासी गर्ने भनेकै सानो उमेरमा हो । बिहे गरेपछि त स्वास्नीको फरियाले बा“धिहाल्छ नि ।” अजिबको सोच थियो बमध्वजको तर यही सोचले बुद्धिध्वजको बदमासीको पराकाष्ठा नाघ्यो ।
बुद्धिध्वजको उद्दण्ड स्वभावले उसलाई एउटै स्कुलमा टिक्न दिएन । गाउ“भरीको सरकारी, सामुदायिक, निजी सबै स्कुलहरू चाख्ने अवसर पायो तर कुनै पनि स्कुलले उसको बानीलाई काबुमा राख्न सकेन । पढाइमा भन्दा पनि भैंmझगडा र गुण्डागर्दीमा बढी सरिक हुने भएकोले हरेक स्कुलबाट रेस्टिकेट हु“दै जा“दा आठ कक्षाभन्दा माथि पढ्न सकेन । आवारा भएर गाउ“ गाउ“ डुल्ने, आपूmजस्तै डुकुलण्ठकहरूको अगुवा भई हि“ड्ने अनि जताततै बिगो गर्दै हि“ड्ने उसको दिनचर्याले गाउ“लेहरू वाक्क भए । गा“जाको सुरमा झोलुङ्गेपुलमा मच्चिनुको आनन्द उसलाई मात्र थाहा थियो । दिनमा मात्र होइन रातमा पनि झोलुङ्गेपुलको बीचमा सुतेर धेरै पटक उसले बटुवालाई तर्साउने काम गथ्र्यो ।
बिस्तारै ऊ राजनीतिक नेताहरूको आ“खामा पर्न थाल्यो । कसैलाई धम्काउनु परेमा, थर्काउनु परेमा वा तह लगाउनु परेमा उसलाई गोटीको रूपमा प्रयोग गरिन थालियो । कसैबाट चन्दा उठाउनु परेमा, कसैस“ग राजनीतिक प्रतिशोध सा“ध्नुपरेमा उसैलाई हतियारको रूपमा उपयोग गरिन थालियो । उसलाई राजनीतिक दर्शन, विचार वा आस्थास“ग कुनै मतलब हु“दैनथ्यो । जुनसुकै पार्टीको पनि झण्डा बोक्ने गथ्र्यो । वास्तवमा उसले न त राजनीतिलाई बुझेको थियो न त लगाव नै थियो । उसको प्रेम त बियर र रक्सीको बोतलमा थियो । गोधुली सा“झमा खोलाको किनारमा आÇना आवारा साथीहरूस“ग बसेर कुखुराको साप्रा लुछ्न र भोड्काको चुस्की लिन पाए पुग्थ्यो । रक्सीको मातमा बजारको नालीमा रातभरी चुर्लुम्म डुब्ने गरी खान पाए पुग्थ्यो । नशाको सुरमा हराएको छोरालाई खोज्न एकाबिहानै चम्पादेवीको बजार झर्ने कार्य पनि अब त नियमित जस्तै हुन थाल्यो । आमाको मन हो, जतिसुकै बिग्रेपनि छोराको मायाले पिरोल्थ्यो । छोरा आउ“दा ढोकाको आग्लो खोल्न ढिलो होला भनी अर्धनिद्रामै रात कटाउ“थिन् । अनि बिहान हुने बित्तिकै छोरालाई लिन बजार झर्थिन् । नालीमा सुतेको छोरालाई उठाएर सकीनसकी बजारको बाटो गाउ“तर्पm डो¥याउनुपर्दा पीडाले गलेर पानी पानी हुन्थिन् । वरिपरी चुपचाप हेरिरहेका आ“खाहरू पनि तिखा सुइरा बनी मुटुमै घोचेको महसुस गर्थिन् । प्रत्येक पाइला सार्नलाई पनि महिनौं लागेजस्तो अनुभूति गर्थिन् । रक्सीको मातले बेरुप र बेढंग बनेको छोरालाई चम्पादेवीले आ“गनमा पछार्दासमेत बमध्वज भने सन्तोषको सास फेथ्र्यो । “आ, पढेर को ठूलो भा’को छ ? तैंलेभन्दा बढी मैले नेपाल चिनेको छु । धेरै पढेकाहरू छाक टार्नको लागि भौंतारिन्छन् यो देशमा तर हाम्रो छोरालाई हेर त, विदेशी रक्सीमा नुहाउन थालेको छ । आÇनो ज्यान मात्र होइन, नौ दस जनालाई होटेलमा लगेर खुवाउन सक्षम भएका छन् । उसैको संगतले मैले पनि विदेशी रक्सी खान जानेको छु । विदेशी रक्सी मात्र कहा“ हो र ? ठूलाबडाहरू समेत हाम्रो छोराको भर पर्न थालेका छन् । सबैले बुद्धिध्वजको बुबा भनी इज्जत गर्छन् । त“ कुवाको भ्यागुतालाई के थाहा कि सहर बजारमा हाम्रो छोराको मान कति छ भनेर ।” घटनाक्रमलाई बेग्लै दृष्टिकोणले हेर्ने अजिबको बानी थियो बमध्वजको । “नेताहरू कस्ता हुन्छन् हाम्ले नि चिनेका छौं । कुन दिन चियामा परेको झिंगाजस्तो सर्लक्क निकालेर फालिदिन्छ अनि थाहा हुन्छ आÇनो औकात ।” चम्पादेवी पनि कुनै बेला त पड्कीहाल्थी ।
दुष्टताको पराकाष्ठा नाघेको छोरामा आएको सकारात्मक परिवर्तनले बमध्वज खुशी हुनुपर्ने थियो तर भएन । भालेको सिउरजस्तो रंगीन कपाललाई छोट्याएकोमा उसले आÇनो कद नै छोटिएको महसुस ग¥यो । कानमा भएको मुन्द्री फुकाल्दा गाउ“लेहरूमाझ आÇनो हैकम फुक्लिएर गएको अनुभूति ग¥यो । सबैभन्दा ठूलो पीडा त अझ आÇनो रीतिथिति, चालचलन, परम्परालाई चटक्कै त्यागेर पराइ धर्मको पुस्तक च्यापेर हि“ड्दा भयो । जन्मजातले नपाएपनि छोराको उद्दण्डताले पाएको मुखियाको हैसियत गुमाउनुपर्दाको दर्दले अभैm पोलिरहेको छ । सपना यति चा“डै चकनाचुर होला भनी उसले कल्पना समेत गरेको थिएन ।
जतिसुकै गाली गर्दा पनि मुसुमुसु हा“सिरहेपछि बमध्वज आÇनै श्रीमतीतर्पm बम्किन थाल्यो, “तेरो छोरा सप्रियो भनेर घिरौंलाजत्रो नाक नबना । पालीमा राखेर सजाउने सपना पनि नदेख् । यो त आलीको मुसा हो, राम्ररी बुझ् । यसले खनेको दूलोले गर्दा हेरिराख् वर्षाको भेल हामीले थेग्न सक्दैनौं । भिरको गोरुलाई राम राम मात्र भन्न सकिन्छ, का“ध थाम्न त सकिन्न नि । यसैले आजको रात उसको लागि यो घरमा अन्तिम बास हो भन्दे । भुस्याहा कुकुरजस्तै लखरलखर हि“ड्दा भोकभोकै घर चहार्नुपर्दा बल्ल धर्मको भूत झर्नेछ । अर्काको बुइ चढेर शिकार गर्न सजिलो छ । हेरौंला कहिलेसम्म धर्मको भूत चढ्दोरहेछ । यल्लाइ अब मेरो अगाडि देखा नपर् भनी भन्दे बुढी । भोलिको घाम झुल्किनुअगावै यसले यो घर छोडिसक्नुपर्नेछ ।” भुतभुताउ“दै बमध्वज भ¥याङ उक्लिन थाल्यो । घरमा आउन लागेको अनिष्ट रोक्न चम्पादेवीले सुस्तरी सम्झाउन थालिन्, “बाबु, मलाई थाहा छ, तिमीले सही मार्ग पक्रेको छस् । त“लाई दानवबाट मानव बनाउने धर्म कुनै पनि हालतमा गलत हुन सक्दैन । तर के गर्ने, तेरो बाउले बुझेन । यसले त हाम्रो घर नै भा“डिएला जस्तो भो । तेरो त हैसियत नै गुम्यो । यसैले बाउस“ग माफी माग् । तेरो आÇनो धर्म छ“दैछ, यताको धर्म पनि मान् । त“ एक्लो छोरा होस् । कुल, परम्परा, रीतिथिति जोगाउने निश्चयता बाउलाई दे । अरु कुरा म मिलाउ“छु ।”
झमक्कै सा“झ परिसकेछ । खेतमा गएका गाउ“लेहरू धमाधम उकालो चढ्न थालेका छन् । विश्वध्वज आपूm बसेको ठाउ“बाट जुरुक्क उठ्यो । भित्तामा झुण्ड्याएका तस्वीरमा उसका आ“खाहरू ठोक्किन पुगे । आमाबुबा दुवै मिलेर उसलाई बाटामा राखेर नुहाइरहेको फोटो थियो । तस्वीरमा जमेको धूलोलाई हातले पुछ्दै जा“दा फोटोका चमक अझ बढ्यो । समयले कोल्टे फेरेछ । उसको आ“खाबाट दुई थोपा आ“सु झ¥यो । वास्तवमै उसले आमाभन्दा बुबाबाट औधी माया पाएको थियो । फोटोमा बुबाको मुस्कान अतुलनीय देखिन्थ्यो । उसका हरेक गल्तीहरू आ“खा चिम्लेर नै पचाइदिन्थ्यो उसको बुबा । मागेको कुरा सबै पु¥याइदिन्थ्यो । तर अब समय बदलिएको छ । सा“झ परिसकेको छ । विश्वध्वजले पनि आ“खा अगाडि धमिलो देख्न थाल्यो । ‘के म गलत पथमा लम्केकै हु“ त ?’ उसले आपैmलाई सोध्यो । ‘अह“, गलत पथबाट सत्मार्गमा प्रवेश गरेको पो हो त ।’
फेरि सोफामा बसेर उसले आमालाई एक टक लगाएर हे¥यो । आमाको आ“खामा पनि आ“सुका थोपाहरू टिल्पिलाउन थालिसकेका थिए । एउटा कठिन मोडबाट गुज्रिदै थियो विश्वध्वज । अब के हुन्छ, के गर्ने ? ऊ आपैm अनभिज्ञ छ । फेरि सोफाबाट उठेर आमाको नजिकै गयो, “आमा, के म फेरि गुण्डागर्दी गर्दै हि“डु त ? के फेरि गा“जा तान्दै हि“डु त ? जसले मलाई आज यी सबै दुष्कर्मबाट छुटकारा दिएर मानवको हैसियत दियो, उसलाई फेरि धोखा दिउ“ त ? बजारको नालीमा सुतेको यो ज्यानलाई उठाएर घरसम्म ल्याउन कस्तो सकस भोग्नुभएको थियो, के तपाईंले त्यो शारीरिक र मानसिक पीडा भुलिसक्नुभयो आमा ? के तपाईं मलाई फेरि त्यही नालीको कीरा बनाउन चाहनुहुन्छ ? म नालीमा सुत्दा कुन कुल, परम्परा, चालचलन, रीतिथितिले हात थाम्न आयो ? तपाईं त सत्य रुचाउने आमा, छातीमा हात राखेर भन्नुहोस्, के म गलत पथमा लागेकै हु“ त ?”
उसका कुनै पनि प्रश्नको उत्तर थिएन चम्पादेवीस“ग । यसैले त अंगालो हालेर धुरुधुरु रोइन् । विगतका घटनाहरू झलझली उनको आ“खा अगाडि छताछुल्ल भएर पोखिन थाल्यो । जवान छोरालाई नालीबाट उठाएर असिनपसिन हु“दै उकालो लागिरह“दा एक जना अपरिचितले मायालु भावमा सोधेको थियो, “आमा, म का“ध थामिदिउ“ ?” अपरिचितको प्रेमिलो आवाज सुन्दा त्यसबेला उनले अपार आनन्दको महसुस गरेकी थिइन् । आजसम्म गाउ“मा यसरी मिठो बोलेको उनले सुनेकी थिइनन् । सबै कर्के नजरले खिसीटिउरी मात्र गर्थे तर नौलो मानिसले नालीको फोहर र रक्सीको दुर्गन्धलाई वास्ता नगरी का“ध थामेको थियो । उकालो चढ्दै गर्दा धेरै कुराकानी भयो । चौतारीमा छोरालाई अड्याउ“दै नौलो मानिसले भनेको थियो, “कहिलेसम्म जवान छोराको का“ध थाम्न सक्नुहुन्छ ? गाउ“समाजको खिसीटिउरी कहिलेसम्म सहन सक्नुहुन्छ ? के तपाईं यो अवस्थाबाट मुक्ति चाहनुहुन्न ? के तपाईं परिवर्तन खोज्नुहुन्न ? तपाईं यो समाजमा आÇनो हैसियत गुमाउन चाहनुहुन्छ ? मुखले खोलेर भन्न नसक्ला तर कसले तपाईंको यो छोरालाई मानवको हैसियत देला ?” हार मानेर उनले भनेकी थिईन्, “म के गरु“ त ?” फेरि उकालो चढ्दै नौलो मानिसले भनेको थियो, “पारी गाउ“मा शनिबार बिहान यो भाइलाई लिएर आउनुहोस् । तपाईंको बोझ हलुको हुनेछ ।” सा“च्चै ६ महिनाको अन्तरालमा विश्वध्वज परिवर्तन भएको थियो । ऊ मात्र होइन उसका सबै गुण्डागर्दी गर्ने साथीहरू पनि परिवर्तन भएका थिए । गाउ“मा शान्ति छाएको थियो । सबै जनाले चम्पादेवीलाई धन्यवाद दिएका थिए । सत्मार्गमा लागेका ती पाइलाहरू फेरि दुष्कर्मको फोहरमा टेकाउने चाहना त चम्पादेवीमा पक्कै थिएन । यसैले आ“सु पुछ्दै उनले भनिन्, “छोरा, तैंले सबै कुरा बुझेको छस् । आमाको मन हो, आ“तिन्छ । मलाई पनि तिम्रो सत्मार्गमा आउने चाह छ तर के गर्ने तेरो बाउको लक्ष्मण रेखा नाघ्ने आ“ट ममा छैन । त“लाई जे ठीक लाग्छ, त्यही गर्, मेरो आशिर्वाद छ ।”
“अहिले रात परेको छ, आमा, तर भोलि बिहान घाम उदाउनेछ । त्यसबेला अन्धकारको साम्राज्य सकिनेछ । बुबाले आज मलाई छोराको हैसियतमा नराखेपनि मलाई कुनै गुनासो छैन । उहा“को आ“खामा लागेको कालोपट्टि हटेपछि छर्लङ्ग देख्नुहुनेछ । मेरो परमेश्वरले मलाई भन्नुभएको छ, “सा“च्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाज्यूभाइ वा दिदीबहिनी वा आमाबुबा वा छोराछोरीहरू वा जग्गाजमिन छोड्छ, त्यसले सतावतको साथसाथै सय गुणा बढी घर, दाज्यूभाइ, दिदीबहिनी, आमाबुबा, छोराछोरी र जग्गाजमिन यसै समयमा पाउनेछ, अनि आउ“दो युगमा अनन्त जीवन ।” तपाईं आपैm भन्नुहोस् आमा, परमेश्वरबाट मलाई यति महान् हैसियत दिनुभएको छ भने झिनामसिना हैसियतमा म किन अल्मलिनुप¥यो ? म किन आत्तिनुप¥यो ? तपाईं पनि मेरो पिर गर्नुपर्दैन । परमेश्वरको आशिष् र तपाईंको आशिर्वाद भए पछि मलाई अरु के चाहियो र ? छोटो समयको यो विछोडमा मलाई सम्झेर नरुनुहोला । म प्रार्थना गर्दछु, तपाईं र बुबा पनि एक दिन यो सत्मार्ग पछ्याउनुहुनेछ । म त्यो दिनलाई पर्खेर बस्नेछु ।

प्रतिक्रियाको लागिः जभउिबलमअबचभढढ२नmबष्।िअयm

 

समाप्त

मेरा ईश्वरका प्रश्नहरु तिमीलाई…

प्रिय नास्तिक
ईश्वरको अस्तित्वमाथि प्रश्न गर्ने ए मेरो बन्धु,
तिमीलाई मेरा ईश्वरका प्रश्नहरु ;

यो को हो
जसले मूर्ख कुराहरू गरेर मेरो सल्‍लाहलाई धमिल्‍याउन खोज्‍छ?
तेरो कम्‍मर कसेर मर्दझैँ खड़ा हो, म तँलाई सवाल गर्छु,
र तैंले मलाई जवाफ दे।

पृथ्‍वीको जग मैले बसाल्‍दा तँ कहाँ थिइस्‌?
तैंले बुझ्‍छस्‌ भने मलाई बता
त्‍यसको नाप कसले ठहरायो? तैंले ता जान्‍नुपर्ने!
कसले त्‍यसमा नापको डोरी टाँग्‍यो?
त्‍यसलाई थाम्‍ने खम्‍बाहरू कहाँ अड़्याइएका छन्‌?
त्‍यसको जगको ढुङ्गा कसले बसाल्‍यो?
जब त्‍यस दिनको मिरमिरे उज्‍यालोमा ताराहरूले एकसाथ गाए,
र स्‍वर्गदूतहरू रमाहटले कराए।

समुद्र पृथ्‍वीको गर्भबाट फुटेर निस्‍कँदा त्‍यसलाई रोक्‍न कसले ढोकाहरू बन्‍द गर्‍यो?
जब मैले त्‍यसलाई बादलको कम्‍बलले ढाकें,
र बाक्‍लो कुइरोले त्‍यसलाई लपेटें
त्‍यसका ढोकाहरू र आग्‍लाहरू ठीक ठाउँमा राखेर, जब मैले त्‍यसका सिमाना ठहराएँ,
र मैले भने, ‘यतिसम्‍म मात्र तँ आउन सक्‍छस्, अरू यता आउन सक्दैनस्, तेरा शक्तिशाली छालहरू यही नै रोकिनुपर्छ’।

तेरो जीवनकालमा
के तैंले कहिल्‍यै बिहानीलाई आज्ञा गरेको छस्‌?
अथवा प्रभातलाई त्‍यसको ठाउँ देखाएको छस्‌?
र यसले पृथ्‍वीको छेउ समातेर दुष्‍टहरूलाई त्‍यहाँबाट हटाउन त्‍यसलाई हल्‍लाओस्‌?
माटोले टाँचाको मुन्‍तिर आकार लिएजस्‍तै पृथ्‍वीले आकार धारण गर्छ, त्‍यहाँका आकृति लुगाको जस्‍तै प्रष्‍ट देखिन्‍छन्‌।
दुष्‍टहरूलाई प्रकाश दिइँदैन
र तिनीहरूका उठाइएका हात भाँचिन्‍छन्‌।

के तँ समुद्रको मूलहरूसम्‍म झरेको छस्‌?
अथवा जानै नसकिने गहिराइमा हिँड़ेको छस्‌?
के मृत्‍युका मूल ढोकाहरू तँलाई प्रकट गरिएका छन्‌?
के तैंले अँध्‍यारो ठाउँका ढोकाहरूलाई कहिल्‍यै देखेको छस्‌?
के तैंले पृथ्‍वीको विस्‍तृत फैलावटलाई बुझेको छस्‌?
यी सबै तैंले जानेको भए मलाई बता।

ज्‍योतिको मुहान कता छ?
र अन्‍धकार कहाँ वास बस्‍छ?
के तैंले तिनीहरू हरेकलाई
तिनीहरूका ठहराएका सिमानामा लैजान सक्‍छस्‌?
र तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ?
नि:सन्‍देह तैंले यी सबै कुरा जान्‍दछस्‌ होला, किनकि तँ जन्‍मिसकेको थिइस्‌! तँ कति धेरै वर्ष बाँचिसकिस्‌!

के तँ हिउँको भण्‍डारमा पुगेको छस्‌?
अथवा असिना थुपारेको स्‍थान तैंले देखेको छस्‌?
जो मैले विपत्तिको दिन, युद्ध र लड़ाइँको घड़ीको निम्‍ति
जोगाएर राखेको छु
कुन बाटोहरूदेखि बिजुली यताउता फैलिन्‍छ,
अथवा पूर्वीय बतास पृथ्‍वीमा चारैतिर उड़ाइन्‍छ?
महावृष्‍टिको लागि कसले नहर खनेको छ?
र तूफानको निम्‍ति बाटो कसले तयार गरेको छ?

निर्जन ठाउँमा उजाड़-स्‍थानलाई भिजाउनका निम्‍ति
उजाड़ र रूखो जमिनहरूलाई हरियोभरियो बनाउनलाई
र सुक्‍खा जमिनमा घाँसहरू उमार्नलाई कसले बाटो तयार गर्‍यो?
के वृष्‍टिको कुनै बुबा छ?
शीतको थोपालाई जन्‍माउने बुबा को हो?
कसको गर्भले हिउँलाई जन्‍मायो?
आकाशबाट झर्ने तुसारोको आमाचाहिँ को हो?
कहिले पानी ढुङ्गाजस्‍तै कड़ा बन्‍दछ,
कहिले गहिरो महासागरको सतह जम्‍छ?

के तँ किरकिटी ताराहरूलाई बाँध्‍न सक्‍छस्‌?
अथवा मृगशिराको पुञ्‍जलाई फुकाल्‍न सक्‍छस्‌?
के तैंले ग्रह नक्षत्रहरूलाई तिनका ऋतु-ऋतुमा निकाल्‍न सक्‍छस्‌?
अथवा सप्‍तर्षि-तारा र तिनका दललाई डोर्‍याउन सक्‍छस्‌?
आकाशको शासन गर्ने नियमहरूलाई के तैंले जानेको छस्‌? पृथ्‍वीको प्राकृतिक नियमहरूलाई तैंले ठहराउन सक्‍छस्‌?
र आफूलाई पानीको भलले ढाक्‍न सक्‍छस्‌?

के तैंले बिजुलीलाई तिनीहरूको मार्गमा पठाउँछस्‌?
के तिनीहरूले ‘हामी यहाँ छौं’ भनी तँलाई भन्‍छन्‌ र?
कसले हृदयलाई बुद्धि दियो?
अथवा मनलाई समझदारी दियो?
को यस्‍तो बुद्धिमानी छ जसले मेघलाई गन्‍न सक्‍छ?
र आकाशमा भएको पानीको भण्‍डारलाई रित्त्याउँछ?
कहिले धूलो माटो कड़ा हुन्‍छ,
र माटोको डल्‍ला एकसाथ टाँसेर बस्‍छ?

के सिंहनीको निम्‍ति तैंले शिकार खोजिदिन्‍छस्‌?
र सिंहको भोकलाई तैंले तृप्‍त पार्न सक्‍छस्‌?
जब तिनीहरू आफ्‍नो ओड़ारमा ढुकिबस्‍छन्,
अथवा आफू लुकेको ठाउँमा पर्खिरहेका हुन्‍छन्‌?
कागका बचेराहरूले
खानेकुराको अभावमा परमेश्‍वरको पुकारा गर्दा,
कसले कागलाई त्‍यसको आहार जुटाइदिन्छ?

घोरल कहिले बियाउँछ, के तैंले जान्‍दछस्‌?
हरिणीको प्रसववेदनामा के तैंले हेरचाह गरेको छस्‌?
तिनीहरूले पेटमा पाठा बोक्‍दा के तैंले तिनीहरूका महिना गन्‍दछस्‌ र?
अथवा तिनीहरूको बियाउँने बेला तैंले जान्‍दछस्‌?
जब तिनीहरू बियाउँनलाई निहुरिन्‍छन्,
र तिनीहरूले आफ्‍ना पाठा बियाउँछन्, तिनीहरूको प्रसववेदना सकिन्‍छ
तिनीहरूको पाठो बढ्‌छ र खुला जङ्गलमा हुर्किन्‍छ,
बाहिर निस्‍कन्‍छ र कहिल्‍यै फेरि आउँदैन।

कसले वन-गधालाई छोड़िदियो?
कसले उसको डोरी फुकाइदियो?
जसको वासस्‍थान मैले निर्जन स्‍थानमा बनाइदिएको छु,
खारको जग्‍गामा त्‍यसको वासस्‍थान बनाइदिएको छु
सहरको होहल्‍लामाथि त्‍यो हाँस्‍छ,
र हप्‍काउनेको आवाजको वास्‍ता गर्दैन
त्‍यसले डाँड़ाहरूमा आफ्‍नो चरन बनाउँछ,
र सबै हरिया घाँसहरू खोज्‍दछ।

के जङ्गली साँढ़ेले तेरो सेवा गर्न मान्‍छ?
के त्‍यसले तेरो गोठमा रात बिताउँछ र?
के तैंले त्‍यसलाई जुवामा नारेर खेतमा जोत्‍न सक्‍छस्‌?
के त्‍यसले तेरा पछिल्‍तिरका उपत्‍यकालाई जोत्‍छ?
के त्‍यसको महान्‌ बलमाथि तैंले भरोसा गर्न सक्‍छस्‌?
के तेरा ठूला कामहरू त्‍यसको भरमा छोड्‌न सक्‍छस्‌?
खलाबाट तेरो अन्‍न ढुकुटीमा ल्‍याउनलाई त्‍यो फर्किआउँछ भनी के तैंले त्‍यसमाथि भरोसा गर्न सक्‍छस्‌?

शुतुरमुर्गका पखेटा हर्षोल्‍लासाथ चल्‍छ,
तर सारसको प्‍वाँख र पखेटासित तिनीहरूको तुलना गर्न सकिँदैन
त्‍यसले आफ्‍ना फूलहरू बालुवाले तातो पारिदेओस्‌ भनी
भूइँमा नै छोड़िराख्‍छ
खुट्टाले ती कुल्‍चिदिन्‍छ,
अथवा वन-पशुले कुल्‍चन्‍छ भनी, त्‍यसले केही वास्‍तै गर्दैन
आफ्‍नो परिश्रम खेर गएको वास्‍ता नगरी बच्‍चाहरूलाई
आफ्‍नो होइनजस्‍तै गरी त्‍यसले निर्दयी व्‍यवहार गर्छ
किनभने त्‍यसलाई बुद्धिहीन तुल्‍याईएको छ,
र त्‍यसलाई अज्ञान अवस्‍थामा नै छोड़िएको छ,
तर पनि जब त्‍यो कुद्‌नका लागि पखेटा फिँजाउँछ
तब त्‍यसले घोड़ा र त्‍यसको सवारलाई हाँसोमा उड़ाइदिन्‍छ।

के तैंले घोड़ालाई त्‍यसको बल दिन्‍छस्‌?
अथवा त्‍यसको घिच्रोलाई जगरले पहिर्‍याउँछस्‌?
के तैंले त्‍यसलाई सलहझैँ उफ्रन लाउँछस्,
जब त्‍यसको चर्को हिनहिनाइले डर फैलाउँछ?
त्‍यसले आफ्‍नो टाप बजाउँदै र नाच्‍दै आफ्‍नो जोश देखाउँछ,
त्‍यो आफ्‍नो पूरा बलले झिलम लाएका सेनामाथि जाइलाग्‍छ।
त्‍यसले डरलाई तुच्‍छ ठान्‍छ, र भय के हो जान्‍दैन,
र तरवारको सामु त्‍यो झुक्‍दैन।

काँड़को ठोकर त्‍यसको छेउमा धर्ररर बज्‍छ र त्‍यहाँ भाला र तरवार चम्‍कन्‍छन्‌
उन्‍मत जोशसित त्‍यो कुदेर अगि बढ्‌छ, तुरही फुकेको आवाज बज्‍दा त्‍यो स्‍थिर बस्‍नसक्‍दैन
तुरही बजेको सुनेर त्‍यसले भन्‍छ, ‘आहा!’
र टाढ़ैबाट त्‍यसले सेनापतिको आवाज
र लड़ाइँको ध्‍वनि थाहा पाउँछ ।

के बाजलाई त्‍यसको पखेटा चलाउन
र दक्षिण दिशातिर त्‍यसका पखेटा फैलाउन तेरो बुद्धिले सिकाएको हो?
के गिद्धलाई माथि-माथि उड्‌न
र आफ्‍नो गुँड़ अल्‍गो ठाउँमा बनाउन तैंले सिकाउँछस्‌?

त्‍यो पहरामा वास गर्छ, र राती त्‍यही नै रहन्‍छ
त्‍यसको किल्‍ला भिरालो पहरा हो
टाढ़ा-टाढ़ा राम्ररी नियाली त्‍यहीँबाट त्‍यसले आफ्‍ना आहार खोज्‍दछ
त्‍यसका बचेराहरू रगत पिउँछन्, जहाँ लाश हुन्‍छ त्‍यहाँ त्‍यो अवश्‍य हुन्‍छ।”

सर्वशक्तिमानसँग वाद-विवाद गर्नेले
उहाँलाई सच्याउन सक्छ र?
परमेश्वरलाई दोष दिनेले उहाँलाई उत्तर दिओस्

कम्मर कस्, र मर्दझैँ खड़ा हो,
म तँलाई प्रश्नहरू सोध्नेछु,
र तैंले तिनको जवाफ दे …

(कबि : ईश्वर आफै)

_  Nirpati Rai

गर्भपतन वैधानिक हुँदैमा त्यो परमेश्वरको नजरमा ठीक हो भन्ने होइन

गर्भपतन आज ५४ देशहरूमा वैधानिक छ। नेपालमा गर्भपतन २०६० सालदेखि वैधानिक बनेको हो। विश्वभरिमा प्रतिवर्ष करिब ४ करोड ६० लाख बच्चाहरू गर्भमै नष्ट गरिन्छन्। करिब पाँचमा एक गर्भधारण गर्भपतनमा अन्त हुने गर्छ। अधिकांश गर्भपतनहरू संतति निरोधक र अनुकुलताको माध्यमको रूपमा गर्ने गरिन्छन्।

परमेश्वरका जनहरू मान्छेको भन्दा परमेश्वरका कानून मान्‍न बाध्य हुन्छन्। गर्भपतन वैधानिक हुँदैमा त्यो परमेश्वरको नजरमा ठीक हो भन्ने होइन (प्रेरित ५:२९)।

२१ दिनमा बच्चाको मुटु ढुकढुक गर्न थाल्छ र उसको शरीरभरि रगत बहन थाल्छ। ४५ दिनमा सानो बच्चाको मष्तिष्कका तरङ्गहरू मिशिनले टिप्‍न सक्छ। ८ देखि ९ हप्‍तामा आँखाका पलकहरू बन्न थालिसकेका हुन्छन् र रौं देखा पर्छन्। ९ देखि १० हप्‍तामा उसले आफ्नो औंला चुस्‍न थाल्छ, उफ्रन थाल्छ, निधार खुम्‍च्याउँछ, निल्छ, जिब्रो चलाउँछ। १२ देखि १३ हप्‍तामा बच्चाका नङ हुन्छन् र औंलाका विशिष्ट छापहरू (fingerprints) हुन्छन् जो अरू सबैका भन्दा भिन्‍न हुन्छन्; सबै रक्तवाहिनीहरू (arteries) उपस्थित हुन्छन्, वाक् तन्तु (vocal chords) पूरै बनिसकेका हुन्छन्; दुखाइको अनुभव गरी बच्चा रुन र झस्कन सक्छ। १४ हप्‍तामा आमाले आफूभित्र बच्चा चलेको चाल पाउन थाल्छ। १५ हप्‍तामा बच्चाको जिब्रोका स्वाद लिने कोशिका समूह पूर्णरूपमा बनिसकेका हुन्छन्। १६ हप्‍तामा त्यसका आँखीभौं र परेलीहरू हुन्छन्, र उसले आफ्ना हातले समाउन सक्छ, लात्ती हान्न सक्छ, पल्टिन पनि सक्छ। २० हप्‍तामा बच्चा आफ्नी आमाको स्वर सुन्न र चिन्न सक्‍ने हुन्छ।

सबभन्दा व्यापक रूपमा प्रयोग भइरहेका गर्भपतन गराउने प्रक्रियाहरू निम्‍नानुसार छन्:

सक्शन एस्पिरेशन (Suction Aspiration) – गर्भधारणको तीन महिनाभित्रमा अपनाइने सबभन्दा चलनचल्तीको विधि यही हो। घरेलु प्रयोगको भ्याक्युम क्लिनरको भन्दा ३० गुणा तान्ने शक्ति भएको एउटा शक्तिशाली पम्पले गर्भको भित्रबाट सानो बच्चालाई तानेर निकालिन्छ। उक्त प्रक्रियाले बच्चाको शरीरलाई छियाछिया पार्दछ।

डाइलेशन र क्यूरेटेज (डि एण्ड सी) – गर्भावस्थाको १८ हप्‍तासम्ममा यो विधि अपनाइन्छ। गर्भपतन गराउनेले स्टिलको चक्कु प्रयोग गर्दछ र बच्चालाई निकाल्नलाई त्यसलाई काटकुट गरी टुक्राटुक्रा पार्छ।

आंशिक जन्म (डि एण्ड एक्स) – “छिप्पिएका गर्भधारणहरू” का लागि प्रयोग हुने यो विधिमा बच्चालाई गर्भबाट आंशिक रूपमा निकालिन्छ र उसको सानो शरीरको आधा भाग जति उसको खुट्टासहित महिलाको शरीरको बाहिरपट्टि झुण्डिरहेको हुन्छ। गर्भपतन गराउने व्यक्तिले तब बच्चाका टाउकामा उसको गर्दनको पछाडिको भागभित्र कैचीलाई जोडले गाड्छ र बच्चालाई मार्नलाई कैंचीलाई फटाउँछ। त्यसको गिदीलाई तब पम्पले थुतेर निकालिन्छ र त्यसपछि मरिसकेको शरीरलाई पूरै निकालिन्छ।

नुनको विषादी (Salt Poisoning) – योचाहिँ १६ हप्‍ताको अवधिपछि प्रयोग गर्ने गरिन्छ। गर्भपतन गराउनेले एम्‍नियोटिक स्याक (बच्चा वरिपरिको द्रव्य) भित्र सुइमार्फत कडा नुनिलो घोललाई ठेली पठाउँछ। बच्चाले उक्त घोललाई निल्दा उसलाई विष लाग्दछ। यस विधिद्वारा गर्भपतन गराइएका शिशुहरूलाई “क्यान्डि आप्पल बेबिज” भन्ने गरिन्छ किनभने नुनद्वारा हुने क्षयले काँचो, रातो टलक भएको छालाको मुनिको तहलाई प्रकट गर्दछ र यसरी त्यसको टाउको चिनीको झोलमा चोपलिएको स्याउजस्तो देखिन जान्छ।

प्रोस्टाग्लान्डिन रासायनिक गर्भपतन (Prostaglandin Chemical Abortion) – यसमा सुई वा सपोजिटरीमर्फत औषधी पठाईकन कडा प्रसवक्रिया उत्पन्न गराइन्छ र बच्चा जन्माइन्छ। कहिलेकाहिँ बच्चा जिउँदै हुन्छ तर त्यो बाँचिरहन नसक्‍नेगरी ज्यादै सानो हुन्छ।

आरयू-४८६ – यो औषधी चक्कीको रूपमा लिइन्छ जसले भर्खरै गर्भधारण गरिएको बच्चालाई एउटा अत्यावश्यक अंतस्राव सम्बन्धित पौष्टिक तत्त्व (hormonal nutrient) देखि बञ्चित गर्दछ र फलस्वरूप यसले गर्भपतन गराउँदछ। आमाचाहिँको मासिक रजस्राव छुटेपछि आरयू-४८६ प्रयोग गरिन्छ जुनबेला बच्चा कम्तीमा २ वा ३ हप्‍ताको भइसकेको हुन्छ। त्यतिबेलासम्म बच्चाको मुटुको ढुकढुक शुरु भइसकेको हुन्छ।

बाइबलले नजन्मेको बच्चाको गर्भपतन गराउन मनाही गर्दछ। निम्‍न सत्यताहरूलाई विचार गर्नुहोस्:

१) बाइबलले भन्दछ, मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो (उत्पत्ति १:२६)। मानिस क्रमविकासवाद (evolution) को बेहोसी प्राकृतिक प्रकृयाको उपज होइन न ता ऊ सुविधाको लागि मार्न सकिने पशु नै हो।

क्रमविकासवादको शिक्षा गर्भपतन उद्योगलाई गतिशीलता दिने आवेगको रूपमा सक्रिय हुँदै आएको छ किनकि यसले मान्छे केवल एउटा पशु मात्र हो भनेर सिकाउँछ। भन्नुपर्दा, “संक्षिप्‍तावृत्ति” (recapitulation, रिक्यापिचुलेशन) भनिने क्रमविकासवादको शिक्षाको दाबीअनुसार भ्रूण भनेको पूर्णरूपमा मान्छे नभइसकेको अवस्था हो जबसम्म त्यो त्यसको विकासको आखिरी चरणसम्म पुगेको हुँदैन।

यस परिकल्पनालाई व्यापक बनाउने व्यक्ति चार्ल्स डार्विन (Charles Darwin) का सबभन्दा प्रमुख समर्थक जर्मनीका अर्न्स्ट हेकल (Ernst Haeckel) हुन्। हेकलले सिकाए, “जीव विकासले नस्ल विकासको पुनरावृत्ति गर्दछ” (“ontogeny recapitulates phylogeny”)। यहाँ जीव विकासको माने गर्भमा हुने विकास र नस्ल विकासको माने क्रमविकास (evolutionary development) हो। क्रमविकासवादले मानिलिएअनुसार नजन्मेको बच्चा गर्भभित्र विकास हुने क्रममा त्यो क्रमविकासका श्रृङ्खलाहरू हुँदै जान्छ, अर्थात् एकल कोषबाट माछा अनि माछाबाट उभयचर (amphibian) र उभयचरबाट सरीसृप (reptile) र सरीसृपबाट स्तनधारी र स्तनधारीबाट पुच्छर नभएको बाँदर (ape) र पुच्छर नभएको बाँदरबाट आखिरमा एक मानव। यसरी भ्रूणचाहिँ त्यसको आखिरी चरणहरूमा पुगेर मात्र मानव बन्दछ। हेकलले मानव भ्रूण माछा, सुङ्गुर र बाँदरका भ्रूणजस्तै हुन्छ भनेर देखाउने चित्रहरू छापे, तर ती चित्रहरू नक्कली थिए। हेकलले ती भ्रूणहरूमा गलत लेबल लगाए; उनले ती भ्रूणका साइज बदले; उनले अङ्गहरू काटी निकाले; उनले अरू अङ्ग थपथाप गरे; उनले अङ्गहरूलाई बदले। जस्तै – उनले एउटा बाँदरको भ्रूणको चित्र लिए र त्यसलाई माछाको भ्रूणजस्तै देखाउनलाई त्यसका हातहरू, खुट्टाहरू, नाइटो, मुटु र योककोष (yolksac) हटाए। त्यसपछि उनले त्यसलाई “माछाको चरणमा रहेको गीब्बनको भ्रूण” भनेर लेबल दिए। हेकलको परिकल्पना पूरै गलत भएको प्रमाणित भइसकेको छ तरैपनि उनका ती चित्रहरू आजसम्म पाठ्यपुस्तकहरूमा छापिने गरिन्छन्। हेकलको किंवदन्तीले आधुनिक गर्भपतन उद्योगलाई हौसला दिएको छ। सन् १९५७ मा शिशु मनोवैज्ञानिक बेन्जामीन स्पाक (Benjamin Spock) ले लेखे, हरेक शिशु आफू विकास हुँदै जाँदा उसले मानवजातिको सम्पूर्ण इतिहासलाई एकएक गरी पुनरावृत्ति गर्दैछ, शारीरिक र आत्मिक रूपमा। एउटा बच्चा गर्भमा एउटा सानो एकल कोषको रूपमा शुरु हुन्छ, ठीक जसरी समुद्रमा पहिलो जीव देखा पर्‍यो। केही हप्‍तापछि ऊ एम्‍नियोटिक द्रव्यमा सुतिरहँदा, उसमा माछाका जस्ता श्वासेन्द्रिय (gills, गिल्स) हुन्छन्…” (Baby and Child Care, p. 223)। सन् १९९० मा कार्ल सेगन (Carl Sagan ) र उनकी पत्‍नीले भ्रूण छैंटौं महिना नपुगेसम्म पूर्णरूपमा मानव बनेको हुँदैन भन्ने आधारमा गर्भपतन गर्नु नैतिकतापूर्ण रहेको तर्क राखे। हेकलको संक्षिप्‍तावृत्ति परिकल्पनालाई तथ्यको रूपमा लिएर भ्रूण “एक किसिमको परिजीवी” को रूपमा शुरु हुन्छ र त्यो “श्वासेन्द्रिय” (“gill arches”) भएका कुनै माछाजस्तो बन्दछ र त्यसपछि त्यो सरीसृपरूपी (“reptilian”) बन्दछ र अन्तमा स्तनधारीरूपी (“mammalian”) बन्दछ भन्‍ने दाबी गरे। दोस्रो महिनाको अन्तसम्ममा पनि भ्रूण “अझै खास मानव बनिसकेको हुँदैन” (“The Question of Abortion: A Search for the Answers,” Parade, April 22, 1990)।

२) परमेश्वरले मानिसलाई निर्दोष रगत बहाउन मनाही गर्नुभएको छ। बाइबलमा बीस पटक “निर्दोष रगत” बहाउन मनाही गरिएको छ (जस्तै – व्यवस्था १९:१०-१३; २ राजा २१:१६)। यसले न्यायोचित कारणबिना एक व्यक्तिलाई मार्ने कामलाई जनाउँदछ (१ शमूएल १९:५)। उदाहरणको लागि हत्यारालाई मृत्युदण्ड दिइनुचाहिँ न्यायोचित कुरो हो, तर निर्दोष व्यक्तिलाई मार्नुचाहिँ न्यायोचित होइन। निर्दोष रगत बहाउनेलाई परमेश्वर घृणा गर्नुहुन्छ (हितोपदेश ६:१६-१७)। एउटा गर्भमा रहेको बच्चाजस्तै निर्दोष व्यक्ति को हुन्छ र?

३) आधुनिक विज्ञानले गर्भमा भएकोलाई “भ्रूण” भन्दछ तर त्यसलाई बाइबलमा “बालक” भनिएको छ (उत्‍पत्ति २५:२२)। नजन्मदै मरेको बच्चालाई “बालबच्चा” (अय्यूब ३:१६) भनिएको छ। तसर्थ, एउटा “भ्रूण” लाई मार्नु एउटा बच्चा मार्नु हो। गर्भमै हुँदा समेत बच्चाहरू छुट्टाछुट्टै व्यक्तिहरू हुन् भनेर बाइबलले भन्दछ। एसाव र याकूबको सन्दर्भमा यो देखिन्छ (उत्पत्ति २५:२३)। यर्मिया गर्भमा छँदै अगमवक्ता हुनलाई बोलाइए (यर्मिया १:५) र बप्‍तिस्मा दिने यूहन्ना गर्भमा छँदै परमेश्वरको आत्माले भरिए (लूका १:१५, ४१-४४)।

४) मोशाको व्यवस्थाअन्तर्गत गर्भमा रहेको बच्चालाई चोटपटक पुग्‍न गएको खण्डमा दण्डको व्यवस्था थियो (प्रस्थान २१:२२-२३)। गर्भमा रहेको बच्चालाई चोटपटक पुर्‍याइँदा वा उसको मृत्यु हुन पुग्दा त्यसलाई गम्भीर अपराधको रूपमा व्यवहार गरिन्थ्यो।

५) गर्भाधारणमाथि परमेश्वरको नियन्त्रण हुन्छ भनेर बाइबलले बताउँदछ (उत्पत्ति २०:१८; २९:३१; ३०:२२)। छोराछोरीहरू परमप्रभुले दिनुभएको हकको सम्पत्ति हुन् भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १२७:३)। गर्भको बच्चा आमाको होइन, परमेश्वरको हो।

६) परमेश्वरले नै गर्भभित्र बच्चालाई निर्माण गर्नुहुन्छ भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १३९:१३-१६)।
1.परमेश्वरले दाऊदको अन्तस्करणलाई लिनुभएको वा बनाउनुभएको थियो (भजनसङ्ग्रह १३९:१३-१६)
i.”अन्तस्करण” भन्ने शब्दले मानिसको अभौतिक भागलाई जनाउँछ, उसको हृदय, प्राण, र आत्मा। “अन्तस्करण” भन्ने शब्दको “हृदय” भन्ने शब्दसित निकट सम्बन्ध छ र यसले विशेष गरी मानिसको इच्छा, उसका चाहनाहरू, उसको मन, भावनाहरूको केन्द्रलाई जनाउँछ। हेर्नुहोस् – भजनसङ्ग्रह १६:७; २६:२; ७३:२१; हितोपदेश २३:१६; यशैया ११:५; यर्मिया ११:२०; १७:१०; २०:१२; प्रकाश २:२३।
ii.योचाहिँ परमेश्वरको परिमण्डल हो। यहाँ हस्तक्षेप गर्नलाई यसको बारेमा मान्छेलाई पर्याप्‍त ज्ञान छैन। यदि वैज्ञानिक अनुसन्धानका लागि भनेर एउटा अण्डालाई गर्भाधान गराइँदा त्यो नयाँ जीवन विकास हुन थाल्छ भने र यदि त्यसलाई नष्ट गरिन्छ भने यसको मतलब यो हो कि त्यहाँ परमेश्वरको स्वरूपमा बनाइएको जीवनलाई समाप्‍त गर्ने काम गरियो। भजनसङ्ग्रह १३९ अनुसार गर्भाधारण गरिएको उक्त नयाँ व्यक्ति उसको शरीर निर्माण हुन बाँकी भए तापनि त्यसमा उसको अन्तस्करण रहेको हुन्छ भन्ने कुरा बुझिन्छ। मानिसको अन्तस्करण परमेश्वरको अधिकारमा हुन्छ भनेर भजनसङ्ग्रहका खण्डहरूले सिकाउँछन्। त्यो उहाँद्वारा बनिएको हुन्छ र मृत्युमा त्यो उहाँकहाँ नै फर्कीजान्छ (उपदेशक १२:७)। मानिस होशियार रहोस्!

2.दाऊदको शरीरलाई रच्नुहुने परमेश्वर हुनुहुन्थ्यो (भजनसङ्ग्रह १३९:१३-१६)। यहाँ दाऊद आफ्नो शरीरको उदेकपूर्ण जटिलताको बारेमा विचार गर्दछन् र भन्छन् कि यसका रचनाकार परमेश्वर हुनुहुन्छ र उहाँका कामका लागि उहाँलाई प्रशंसा गरिनुपर्छ। “म तपाईंको प्रशंसा गर्नेछु; किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले बनाइएको छु; तपाईंका कामहरू अद्‍भूत छन्, अनि मेरो प्राणले यो कुरा राम्ररी जान्दछ” (भजनसङ्ग्रह १३९:१४)। सर्वशक्तिमान् र बुद्धिमान् सृष्टिकर्ताको अस्तित्वको प्रमाण चाहिन्छ भने मानिसको अलौकिक रचनाको तथ्यलाई मात्र विचार गर्नु पर्याप्‍त छ।
i.दाऊद निपुणतासाथ बुनिँदै र लगातार बनिँदै गएका थिए (भजनसङ्ग्रह १३९:१५,१६)। गर्भमा गर्भाधान भएको सूक्ष्म अण्डाबाट शुरु भएर बच्चा कसरी बढ्दै जान्छ भन्ने कुराको यो गजबको वर्णन हो। दाऊद “पृथ्वीका सबभन्दा तल्ला भागहरूमा” बनाइए भन्नु उनी जमीन मुनि बनाइए भन्ने होइन तर यसले गर्भलाई नै जनाउँदैछ। योचाहिँ गर्भको पद्यात्मक वर्णन हो जसलाई एउटा अँध्यारो, मानिसको आँखाले छेड्न नसक्ने अगम्य स्थानको रूपमा बयान गरिएको छ। “निपुणतासाथ बुनिएँ” भन्ने हिब्रू शब्द (राकाम) को माने “रङ्गीबिरङ्गी तुल्याउनु, अर्थात् कार्चोप भर्नु; यसको मतलब रचना गर्नु” (स्ट्रङ्ग)। अन्य ठाउँमा यसलाई “बेलबुट्टा हानिएको” (प्रस्थान २६:३६) र “बेलबुट्टा काढ्ने” (प्रस्थान ३८:२३) भनेर अनुवाद गरिएको छ। बार्न्स् (Barnes) को टिप्पणी छ: यसले विभिन्न धागोहरूलाई परस्परमा बुन्ने कामलाई जनाउँछ जसरी अहिले कार्पेट बुनिन्छ। यहाँचाहिँ मानव बनोटका विभिन्न र जटिल तत्त्वहरूलाई जनाइँदैछ — मांसरज्जु (टेन्डनहरू, tendons), नसाहरू (nerves), धमनीहरू (veins), रक्तवाहिनीहरू (arteries), मांसपेशीहरू मानो तिनीहरूलाई बुनिएजस्तै अथवा ती निपुणतासाथ आपसमा बुनिएजस्तै गरी बयान गरिएका छन्। कुनै पनि बुट्टादार शोभा वस्त्रलाई यससँग तुलना गर्न सकिन्न; मान्छेको कुनै पनि कलाले यति धेरै किसिमका यस्ता कोमल र मुलायम तन्तु तथा कोशिकाहरूलाई तिनलाई उसको हातमा उपलब्ध गराइए तापनि उसले आपसमा बुन्न सक्दैन जस्तो मानव शरीरको निर्माणको लागि आवश्यक पर्दछ; परमेश्वरबाहेक अरू कसले तिनलाई बनाउन सक्दछ? यो तुलना अति नै सुन्दर तुलना हो; अनि जति मानिसले आफ्नो शारीरिक बनोटको रचनालाई बुझ्नेछ त्यति नै यसको सराहना गरिनेछ” (बार्न्स्)। आलेन गिलेन, एम.डी. (Allen Gillen, M.D.) भन्छन्, “शरीर एउटा बुट्टादार शोभा वस्त्र (tapestry) जस्तै गरी बुनिएको छ। जस्तै, अस्थिपञ्जरको केवल एउटै मात्र मांसपेशीलाई हेर्नुहोस्। …सूक्ष्मदर्शक यन्त्रमुनि हेर्दा त्यसको अचम्मको बुनिएको रचना प्रकट हुन्छ (Body by Design, 2001, p.8)।
ii.दाऊद बनिनुभन्दा अघि नै दाऊदको शरीरको वर्णन परमेश्वरको किताबमा लेखिएको थियो (भजनसङ्ग्रह १३९:१६)। मानिसका नील पत्रहरू (blueprints) भएका यो अचम्मको ईश्वरीय पुस्तक स्वर्गमा छ भन्ने बुझिन्छ।

3.बाइबलको यस शिक्षाको आधारमा गर्भपतन निश्चय नै हत्या हो। त्यो बच्चा आमाको होइन; ऊ सृष्टिकर्ताको हो। एउटा स्त्रीले आफ्नो शरीरसित आफ्नो खुशी गर्न स्वतन्त्र छैन किनकि ऊ सृजिएको प्राणी हो र परमेश्वरप्रति जवाफदेही हुन्छ र अझ उसको गर्भमा भएको त्यो बच्चा छुट्टै शरीर हो र छुट्टै व्यक्ति हो।

७) मूर्तिपूजकहरूले आफ्ना छोराछोरीहरूलाई मार्ने गर्थे र योचाहिँ परमेश्वरलाई घिनलाग्दो कुरा थियो (भजनसङ्ग्रह १०६:३८)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएका हुन्। यी पाठहरूलाई अब किताबमा छापिँदैछ र चाँडै उपलब्ध हुने आशा छ।

 

Source : wordoftruth
पास्टर ; प्रदेश श्रेष्ठ )

सङ्गीतको सुरूवात, परिभाषा र मण्डलीमा यसको महत्व

 Jyoti kumar sunuwar

सङ्गीत परमेश्वरबाटै स्वर्गमा सुरू भएको कुरा हो, जहाँ लगातार रूपमा स्वर्गदूतहरूले यसको प्रयोग गरी परमेश्वरको महिमा गरीरहेका छन् (अ्युव ३८:७) । यो मानव जातिलाई यसको सही प्रयोगबाट उहाँकै स्तुतिप्रशंसा र आराधना गर्न दिइएको विशेष वरदान हो । यो उहाँलाई अत्ति मनपर्ने कुरा हो । यो विशेष वरदान भएकोले सबैलाई दिइदैन । त्यसैले यो पाएकाहरूले यसको सही सदुपयोग गरी मानिसहरूलाई परमेश्वरको महिमाको निम्ति समर्पित र इमान्दारी भई अगुवाइ गर्ने जिम्मेवारी पूर्णरूपमा पूरा गर्नुपर्ने हुन्छ ।
सङ्गीत यस्तो एउटा अचम्म र आनन्दमय ईश्वरीय उपज र वरदान हो कि यसको गहिराइमा जति डुब्यो त्यति नै यो गहिरो पाइएको अनुभव र भनाई यस विधामै चुर्लुम्म डुबेर जीवन बिताउनेहरूको छ । त्यसैले सङ्गीतको विशालतालाई नियालेर हेर्दा सङ्गीत यही नै हो भनेर पूर्ण परिभाषा कसैले दिन सकिने अवस्था नभएपनि सङ्गीतलाई साधरणतया यसरी परिभाषित गरीएको छ : “शब्द, लय, ताल, गायन र नृत्यहरूको बेजोड प्रस्तुतीको मेलबाट निस्किएको सुमधुर आवाजलाई नै सही अर्थमा साधारणतया सङ्गीत” भनिन्छ ।
बाइबलको पुरानो र नयाँ करार दुवैलाई हेर्ने हो भने सङ्गीत एउटा परमेश्वर को स्तुतिप्रशंसा र आराधना गर्ने महत्वपूर्ण भाग हो । सङ्गीत जताततै पाइन्छ । सङ्गीतचाहिँँ मानव जातिको अन्तस्करण अनुभूतिको प्रकटिकरण हो । यो परमेश्वरको स्तुतिप्रशंसा र आराधना व्यक्त गर्ने स्वभाविक बाटो हो ।
वास्तवमा, सङ्गीतको मूल रूपमा दुईवटा उद्देश्यहरू छन् : कि त सिधै परमेश्वरसँग बोल्नु , कि त उहाँका भलाईको वारेमा भन्नु । यसरी गरीने यी दुवै कार्यबाट परमेश्वरको महिमा हुन्छ । परमेश्वरको सदा स्तुतिप्रशंसा र आराधना गर्दै केवल उहाँकै महिमा गर्नु सङ्गीतको उद्देश्य हुनुपर्दछ ।
त्यसरीनै सङ्गीत मानव जीवनको एउटा सहयात्री हो । सङ्गीतमा शक्ति हुन्छ जसले मानिसको जीवनलाई परिवर्तन गर्न सक्दछ, टुटेको हृदय निको पार्न एउटा औषधीको रूपमा काम गर्ने गर्दछ, यसले जीवनमा उत्साह, खुशी, आनन्द र रमाहाट ल्याउने गर्दछ । यो मानव जीवनका तिता मिठा अनुभूतिहरू व्यक्त गर्ने माध्यमहरू मध्येमा एक माध्यम हो । मानव चाहे जङ्गलमा बसोबास गर्ने होस् वा घरमा, चाहे सडकमा बसोबास गर्ने होस् या दरवारमा, चाहे नानीहरू होस् या बृद्धबृद्धा यो जसलाई पनि मनपर्ने कुरा हो । सङ्गीतले मानव जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले सङ्गीतको सही प्रयोग मण्डलीको निम्ति परमेश्वरको इच्छा हो र मण्डलीमा यो नभइ नहुने महत्वपूर्ण सेवा हो । सङ्गीतले परमेश्वरको नजीकमा लैजाने काम गर्दछ र शान्ति र मिलाप ल्याउदछ ।

२. गीत सङ्गीतको किसिम, यसको प्रयोग र बाइबलमा चलाइएका बाजागाजाहरू ।
परमेश्वरले मानव जातिलाई दुई किसिमको स्वर दिनुभएको छ । पुरूषलाई एक किसिमको धोत्रो यानि कि ठूलो स्वर छ भने अर्को चाहिँँ स्त्रीलाई तिखो अर्थात सुरिलो स्वर । तर दुबै किसिमका स्वरहरू परमेश्वरबाट दिइएका र केवल परमेश्वरको महिमाको निम्ति हुन् । यी दुवै खाले स्वरहरूको प्रयोग गर्दै परमेश्वरको महिमाका निम्ति फरक—फरक आवाज निकालेर (वेस, टेनर, सुप्रानो र अल्टो) सङ्गीत झुण्डको अगुवाइमा विभिन्न किसिमका पुराना तथा नयाँ गीत सङ्गीतहरू मण्डलीले गाउनु र बजाउनु हाम्रो गहन जिम्मेवारी हो र अवसरको कुरा पनि ।
गीत सङ्गीतलाई विभिन्न रसमा प्रयोगमा ल्याउने गरीएको छ । जस्तैः ति मध्ये एउटाचाहिँ भक्ति रस हो । मण्डलीले गाउने गीत, भजन र कोरसहरू भक्तिसम्बन्धी हुनाले यिनीहरू भक्ति रसमा पर्दछन् । यसै भक्ति रसका गीतहरूलाई लोक, आधुनिक, पप, रक, ¥याप सङ्गीतमा ढालेर गाउने पनि विभिन्न देशमा आफ्नो मौलिकता र भेष अनुसार गर्ने गरिन्छ । तर सन्तमा यसको उद्देश्यचाहिँँ फरक सङ्गीत शैली भएपनि परमेश्वरको महिमा र उहाँका सन्त गणहरूलाई परमेश्वरमा डोहोरिन मद्दत पुग्ने खालको हुनुपर्दछ ।
सङ्गीत एउटा यस्तो कुरा हो जसको सही प्रयोग मण्डलीमा हुँदा परमेश्वरको महिमा हुन्छ र उहाँको आराधकहरू अशिषित हुन्छन् । जुनचाहिँँ परमेश्वरको इच्छा र परमेश्वरको आज्ञा हो । त्यसरी नै यसको दुरूपयोग गर्दा शैतान र मानिसको महिमा हुन जान्छ, जुनचाहिँँ परमेश्वरको इच्छा र आज्ञा होइन । त्यसो हुँदा मानिस परमेश्वरको सम्बन्ध र सङ्गतिबाट टाढा रहन्छ, जसको फलस्वरूप उसले अशान्तिमा, दोषिपनामा, निराशामा र बदलामा जीवन विताउनु पर्नेहुन्छ र अन्तिममा, आत्महत्या । यहि कुरा नै शैतानको मूल मिशन हो । किनकि शैतानको अगुवाइबाट जीवन दिने गीतहरू गाउनै सक्दैनन् किनभने त्यो दियावलस आफै दुष्ट र हत्यारा हो । यस्तै नकरात्मक अनि निराशाका शैतानिक गीत सङ्गीतहरूको कारण विश्वमा धेरै मानिसहरूले आत्माहत्या गर्न पुगेका छन् । तर प्रभुको गीतमा त उहाँको स्तुतिप्रशंसा, आराधना, सबैलाई उत्साह, आशा, आनन्द, प्रेम, खुशी र जीवन छ किनकि उहाँ मात्र जीवनदाता हुनुहुन्छ । त्यसैले मण्डलीले कस्तो किसिमको गीत सङ्गीतहरूको प्रयोग गर्ने र कसरी गर्ने भन्ने कुरा राम्रोसँग बुझेको हुनुपर्दछ ।
बाइबलमा विभिन्न किसिमका बाजागाजाहरू प्रयोग गरेर परमेश्वरको स्तुतिप्रशंसा र आराधना गर्ने गरीएको पाइन्छ जुन यस प्रकार छन् । जस्तै : तुरही, वीणा, सारङ्गी, खैजडी, तार–वाद्य, बाँसुरी र झ्याली (भजनसंग्रह १५०:३—५), आदि ।

३. बाइबलमा भएका सङ्गीतकारहरू
क) यूबाल : यूबाल वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए । (उत्पत्ति ४:२१)
ख) मिरियम : मिरियम अगमवादिनीले हातमा खैंजडी लिइन्, र सबै स्त्रीहरू पनि खंैजडी लिएर नाच्दै तिनका पछिपछि निस्के । मिरियम यसो भन्दै गाउन लागिन् :
“परमप्रभुको स्तुति गाओ,
किनभने उहाँ धेरै उचालिनुभएको छ ।
घोडा र त्यसको सवारलाई उहाँले समुन्द्रमा फालिदिनुभएको छ ।” (प्रस्थान १५:२०,२१)
ग) दाऊद : दाऊदले आफ्नो वीणा लिएर बजाइदिन्थे र हानिकारक आत्माले शावललाई छाडेर जान्थ्यो र तिनले शान्ति पाउँथे र निको हुन्थँे । (१ शमूयल १६:२३)
घ) स्त्रीहरू : स्त्रीहरू सितार र खैजडी बजाउँदै, गाउदै र नाच्दै शाउल राजालाई भेट्न आए । (१शमुएल १८:६)
ङ) सोलोमन : सोलोमन राजाले एक हजार पाँचओटा गीतहरू लेखे । (१ राजा ४:३२)
च) एलीशा : एलीशाले एउटा वीणा बजाउनेलाई बोलाए, जब वीणा बजाउनेले बजाइरहेको थियो तब एलीशाले अगमवाणी गर्न लागे, “परमप्रभु यसो भन्नुहुन्छ : यो बेँसीमा खाल्डै—खाल्डा बनाओ । (२ राजा ३:१५,१६)
छ) लेवीहरू : लेवीहरू बीचका अन्य थप सङ्गीतकारहरूले यरूशलेममा सन्दुक ल्याउने काममा सहयोग गर्ने गरेका थिए । जस मध्येमा जो अघिबाट गणनामा आएका थिएनन्, तिनीहरू यसप्रकार छन् : एतान, जकरिया, अजीएल, शमीरामोत, यहियल, उन्नी, एलीआब, मासेयाह, एलीपलेहु, मिक्नेयाह, ओबेद एदोम, अजज्याह, शबन्याह, योशापात, नतनेल, अमासै, एलीएजर । (१इतिहास १५:१६—२४)
ज) यीएल : यीएलले सारङ्गी र वीणा बजाए । (१इतिहास १६:५)
झ) आसाप : आसापले झ्याली बजाउँथे । (१इतिहास १६:५)
ञ) बनायाह र यहासेल : बनायाह र यहासेलले तुरही बजाउथे ।
(१इतिहास १६:६)
ट) हेमान र यदुतुन : हेमान र यदुतुनले तुरही र झ्याली बजाउथे ।
(१इतिहास १६:४२)
ठ) यदुतुन : यदुतुन दाऊद राजाका मुख्य सङ्गीतकार थिए ।
(१इतिहास १६:४२, भजन ३९)
ड) दाऊद : दाऊद राजाका ४००० सङ्गीतकारहरू थिए जसले दाऊद राजाले बनाएका बाजाहरूद्वारा परमेश्वरको प्रशंसा गर्थे । (१इतिहास २३:५)
ढ) दाऊद : परमप्रभुको भवनमा सेवा गर्न दाऊदद्वारा छुट्याइएका सङ्गीतकारहरूको संख्या जम्मा २८८ जना थिए । २८८ को सङ्ख्याभित्र समावेस तर पहिला नेमावलीमा नाम नलेखिएकाहरू : जक्कूर, योसेफ, नतन्याह, असरेला, गदल्याह, सेरी, शिमी, यशयाह, हशब्याह, मत्तित्याह, बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती—एजेर, योश्बाकाशा, मल्लोती, होतीर, महजीओत, र अज्रेल । (१इतिहास २५)

ण) सोलोमन : जब सोलोमनले मन्दिरको अर्पण गरे, त्यहाँ लेवी गायकहरू, झ्याली, वीणा र सारङ्गी बजाउनेहरू र १२० जना पूजाहारीहरू थिए जसले चाहिँँ तुरही बजाए । (२ इतिहास ५:११—१४)
त) पूजाहारीहरू र लेवीहरू : जब मन्दिरको पुनः जग बसालियो, त्यसबेला पूजाहारीहरूले तुरहीहरू बजाएर, आसापका छोराहरू लेवीहरूले झ्यालीहरू बजाएर परमेश्वरको प्रशंसा गरे । जसमा केही सङ्गीतकारहरूलाई नाम सहित नै नहेम्याहमा उल्लेख गरीएको छ : जकरिया, शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहुदा र हनानी । (एज्रा ३:१०,नहेम्याह १२:३५,३६)
थ) यूहन्ना : यूहन्नाले एउटा स्वर वीणा बजाउनेहरूले बजाइरहेको वीणाको स्वर जस्तो सुने । अनि तिनीहरूले स्वर्गको सिंहासनअघि एउटा नयाँ गीत गाँए । (प्रकाश १४:२, ३)

४.चार अवधिमा विभाजित बाइबलीय स्तुतिप्रशंसा र आराधना
जब हामी बाइबलमा हेर्दछौ, सुरूदेखि नै सामूहिक स्तुतिप्रशंसा र आराधनाको प्रयोग सधै गरिएको पाउदछौ । हाम्रा पितापुर्खाहरूको समयमा विशेष गरेर व्यक्तिगत प्रार्थना (उत्पत्ति १८) र सामूहिक स्तुतिप्रशंसा र आराधनाका लागि वेदी बनाएको पाउदछांै (उत्पत्ति १२:७) । यसरी स्तुतिप्रशंसा र आराधनाको अभ्यास पितापुर्खाहरूको पालादेखि नै भएर आएको हुनाले यसलाई बाइबलमा चार अवधिमा विभाजित गरिएको पाइन्छ ।

पहिलो अवधि
जब मोशाले इस्राएलीहरूको आधारभूत सामूहिक आराधनाको स्थापना गरे र यसको मुख्य केन्द्रविन्दु सन्दुकमा बनाए, हामीलाई यसबाट वास्तविक केही स्तुतिप्रशंसा र आराधनाको ज्ञान मिल्दछ । १शमुएल १:१ मा उदाहरण स्वरूप हेर्न सकिन्छ कि, वलिदान र व्यक्तिगत स्तुतिप्रशंसा र आराधनाका लागि टेवरनेकल अर्थात सन्दुकमा मुख्य रूपमा केन्द्रित गरेको पाइन्छ ।
दोस्रो अवधि
अब स्तुतिप्रशंसा र आराधना सन्दुकबाट सुरू भइ, अझ व्यवस्थित र प्रणालीगत रूपमा मन्दिरको विधिमा केन्द्रित भयो र यसलाई उजाड स्थानमा सुरू गरी स्थापना गरियो । यस विधिलाई अगुवाइ गर्न मुख्य रूपमा पुजाहारीहरू र उनीहरूलाई सहयोग पु¥याउन लेवीहरूलाई जिम्मा दिइयो । उनीहरूले यसमा व्यवस्थित विधि र वलिदान समावेस गरे ।
तेस्रो अवधि
स्तुतिप्रशंसा र आराधना यसरी एक चरणपछि अर्कोचरण पारगर्दै, अर्कोस्तरमा विकसित भएर सभाघरमा केन्द्रित हुनपुग्यो । जुन निर्वासनको अवस्थामा रहेको बेला तिनीहरूको माँझमा विकसित भयो । यो चाहिँँ मन्दिरमा गरिने स्तुतिप्रशंसा र आराधना भन्दा फरक थियो । पहिलोचाहिँ यहुदीहरू जाहाँ जाहाँ गए र बसे त्यही नै यो विधि पाइयो भने पछिल्लोचाहिँ यरूशलेममा केन्द्र विन्दु बनाइयो । अब सभाघरमा भने आराधनाभन्दा पनि बढि जोड शिक्षालाई दिन थालियो तरै पनि स्तुतिप्रशंसा र आराधनालाई भने वेवास्ता गरिएन ।
चौथो अवधि
यो चौथो अवस्थाचाहिँ सुरूका ख्रीष्टियन मण्डलीहरूको अवधि थियो । येशू ख्रीष्टको मृत्यु र पुनरूत्थानले यहुदीहरूको सबै विधिविधान र वलिदान प्रणालीलाई अन्त गरे पनि यहुदी ख्रीष्टियनहरूले मन्दिरमा र सभाघरमा स्तुतिप्रशंसा र आराधना गर्ने अनुमति पाएसम्म निरन्तर गरिरहे । सामूहिक स्तुतिप्रशंसा र आराधना सभाघरसँगसँगै विकसित हुँदै अघि बढ्यो ।
सुरूदेखि यस्तो देखियो कि, ख्रीष्टियनहरू व्यक्तिगत भातृत्व भेटघाटको नाउँमा उनीहरूको आपसी संगति घरघरमा सुरू गरे । यो समयचाहिँ उनीहरूले प्रभुको दिनमा मिलाएका थिए । (यूहन्ना २०:१९, २६, प्रेरित २०:७, १कोरिन्थी १६:२) । उनीहरूको यस सामूहिक स्तुतिप्रशंसा र आराधना समयमा निम्न कुराहरू समावेस हुने गर्दथ्यो :
– प्रचार (प्रेरित २०:७, १कोरिन्थी १४:९)
– वचन पाठ (कलस्सी ४:१६, याकुव १:२२)
– प्रार्थना (१कोरिन्थी १४:१४–१६)
– गायन (एफिसि ५:१९, कलस्सी ३:१६)
– वप्तिस्मा र प्रभुभोज (प्रेरित २:४१, १कोरिन्थी ११: १८–३४)
– दान (१कोरिन्थी १६:१–२)
– कहिले काही अगमवाणी र अन्य भाषा (१कोरिन्थी १४:१–१९)

उसको प्रोमोसन कसरी भयो ?

“हेल्लो… नमस्कार … जयमसिह !”
“हजूर, तपाईंको परिचय ?”
“नचिनेको ? म … म रेभेरेण्ड … पाष्टर … प्रा. … डा. …†”
“ए, प्रोमोसन भएछ ! … बधाई छ है ।”
“आफ्नो नि ? के छ ? गाडी चल्दैछ ?”
“ अँ, ठेल्दैछु ।”
“मेरो त हाइसुख्ख छ !”
“पेशा के हो नि अहिले ?”
“पाष्टर भएँ नि ! था’छैन ? पाँच महिना भैसक्यो ।”
“कसरी ?”
“के गर्नू त ? कति गुम्सिनु, आधाभन्दा धेरैलाई कन्भिन्स गरेँ, छुट्टै मण्डली शुरु भैहाल्यो ।”
“… … … … … …?!”
“खत्तम थियो यार । जति गरे पनि खुशी नहुने … … चाख्यो होला नि ऐले’ के के न तछार्छु भन्थ्यो, अब पाँचओटा परिवार लिएर हल्लेलुयाह जपिरहोस् !”
“… … … … … …?!”
“कम्ता हो र ? विश्वास गरेको पाँचवर्ष भैसक्यो — उसैबेलादेखि धाक जमाउँथ्यो, हाम्लाई त मान्छे नै गन्दैनथ्यो नि यार ! विश्वासै नगर्ने । त्यसैले झ्वाँक चल्यो …. !”
फुटपाथे ग्यास लाइटरले कन्चटमा झोसेजस्तो लाग्यो मलाई । हो, होइन नबोली टेलिफोन राखिदिएँ । सुन्नु पनि के ? पानीमाथिको ओभानो हुन खोज्या’ मैले नबुझ्या होइन – मलाई त्यस्तो कुरा सुनेर आफैमाथि श्राप थोपर्न मन लागेन, थपक्कै लाइन काटेर तीन गिलास पानी पिएँ ।
मैले त बाइबल पढेर प्रभुलाई विश्वास गरेको – मुक्तिदाता मानेर उहाँलाई पछ्याएको । सायदै मान्छेको मुखको प्रचारले म गल्ने थिइनँ होला । तर जुन आदर्शको नापोमा म जिउन चाहन्छु, त्यसैमाथि घरिघरि यस्तो आघात किन आइलाग्छ ?
मेरा छिमेकीहरूलाई कतिपल्ट मैले जवाफ दिन सकेको छैनँ । ‘एक बिराउने, सारा पिराउने’ भन्ने बुढापाकाको उक्ति सत्यसाबित भएकोछ मण्डलीभित्रै । उनीहरू पहिले ता मेरो परिचयसँग ‘ख्रीष्टियन’ शब्द सुन्न पाउँदा जिज्ञासु हुन्थे, एकछिन अल्मल्याएर सोध्थे, धेरथोर बुझ्न चाहन्थे — ख्रीष्ट येशूको बलिदानको विषयमा । तर अहिले स्थिति ठीक उल्टो भएकोछ । उनीहरू मलाई ‘ख्रीष्टियन’ को रूपमा चिन्नुपर्ला भनेर टक्टकिन्छन् । ‘तँ पनि ख्रीष्टियन होस् !’ नाक खुम्च्याउँदै उपेक्षाभावले हेर्छन् मलाई । म आपत्ति जनाउँछु — उनीहरू अहिले किन ‘पनि’ शब्द जोडेर बोल्छन् मसँग बोल्दा ?
एउटा भनाइ म सानै छँदा खूब सुन्थेँ, “गाउँमा भूइँफुट्टा झाँक्री आ’को छ रे !” भूइँफुट्टा भनेको के हो नबुझेर म अबाक् हुन्थेँ । पछिमात्र थाहा भयो — त्यो भनेको त गुरूबिनाको, निश्चित औचिारिकताको पाटोबाट नआएको वा विधिसम्मत् नभएर आफैँ खडा भएको हो रहेछ । अहिले ख्रीष्टियन समुदायमाझ, मण्डलीहरूमा तपाईले त्यस्तै भूइँफुट्टा अगुवा साहेबहरू देख्नुभएको छैन कि ? को हुन् ती ? मेरो ठम्याइमा तिनीहरू अध्ययनको आधिकारिकता नखुलेका बाइबल कलेजका दीक्षितहरू हुन्, आफूमाथि कोही शिक्षक वा गुरू राख्न नचाहने उपबुज्रुकहरू हुन्, प्रेम र मिलापको मर्म नबुझेका मण्डलीमा फूट ल्याउने विभाजनकारी हुन्, क्षमा, दया र सेवाको शिक्षा दिने तर आफैचाहिँ कहिल्यै सो नगर्ने धर्मभिरू कपटीहरू हुन्, अनुशासन नरुचाउने अभिमानी छाडाहरू हुन्, अनि थोरैमात्र पनि सहनशीलता नभएका ‘अर्कै’ स्वर्ग जान कस्सिएका दिग्भ्रमित यात्रीहरू हुन् ।
हो, यिनै भूइँफुट्टाहरूले अब जवाफ दिनुपर्छ । मलाई कसैमाथि दोषारोपण गर्ने रहर छैन — मिथ्यारोपकै पुल हालेर म पटक्कै उम्किन चाहन्नँ । मेरो छिमेकी मसँग चिढिएर जानुमा मेरो गुणदोषको जाँच गरिनुपर्छ । मेरो मण्डलीको गरीमा, त्यो उच्च छविलाई कसैले मेरै नाकमुनि कुल्चिमिल्ची गर्ने दुस्साहस गर्छ भने म प्रतिवाद नगरिकन बस्न सक्दिनँ । तर मेरै कारणले मेरो इज्जत–हुर्मत् माटोमा मिलाइन्छ भने त्यसको जिम्मेवारी मैले किन नलिने ? त्यसर्थ, नेपाली मण्डलीले अब तत्कालै आफूलाई सही साबित गरेर ‘ठीक’ देखाउने आँट गर्नुपर्छ, कलङ्क मेटाउनुपर्छ, दाग र खाटाहरू उप्काउएर सफा गर्नुपर्छ, दोष पखालेर शुद्ध हुनुपर्छ ।
यहाँ उठाउन खोजिएको सवाल सच्चरित्रताको हो, सत्यवादिता र बाइबलीय आदर्शमा बाँच्ने जीवनशैलीको हो । त्यसर्थ एउटा मापदण्ड खुट्याइनु जरुरी भैसकेको महशुस मैले गरेकोछु — पाष्टर को हो, मण्डली के हो, हामीसँग यसको प्रामाणिकता आवश्यक परेको छ । पाष्टर हुनलाई के कति योग्यता पूरा गर्नुपर्छ ? मण्डली हुने आधारहरू के के हुन् ? कति विश्वासी–सदस्य, चल–अचल सम्पति, आबद्ध संघ–संस्थाहरूको आधिकारिकता आदि के के हुन् ? जसले आफ्नो नाउँ अगाडि ‘पाष्टर’ लेखाउने रहर गरेको छ, उसलाई ‘त्यही सम्मान’ दिने कि नदिने र त्यो कसले प्रदान गर्ने ? ‘परमेश्वरको बोलावट’ भन्ने वाक्यांशभित्र लुकेको लम्पटपनाले हामीलाई कस्तो गवाही दिने मान्छेहरूको जमात् बनाउँदैछ ? अर्थात् कसले किन पाष्टरको सेवकाइ गर्नु पर्ने वा नपर्ने ? अनि एउटा मण्डलीको दाँजोमा अर्को मण्डली ‘मण्डली’ हुने कि नहुने ? त्यसका आधारहरू के के हुन्, त्यो किन मण्डली हो वा होइन ? अब हामीले बोल्ने आँट गर्नुपर्छ । हैन भने सेवकाइको नाममा स्वार्थसाध्ने कामचोर भ्रष्टाचारीहरूको प्रवेशलाई हामीले स्वागत गरेको ठहरिनेछ ।
हो, अब हरेक नयाँ मण्डलीको पहिचान तथा मान्यताप्रति केही जोड–घटाउ गर्नुपर्ने बेला आएकोछ । साथै हरेक पुराना मण्डलीले सिङ्गो नेपाली समाजअघि प्रश्तुत गरेको साक्षीको समीक्षा गर्नु पनि उत्तिकै जरुरी भएकोछ । हामीले बारम्बार अघिसारेकोे मान्यता यही हो — मण्डलीले राज्यको मान्यता प्राप्त गर्न अब संगठित हुनुपर्छ, जसको निम्ति मण्डली आफूलाई छाँटकाँट गर्न तथा सही प्रमाणित गरेर देखाउन तयार हुनुपर्छ ।
तर एउटा ‘मण्डली’ यस विषयमा कति अब्बल ठहरिन सक्छ, त्यो सम्बन्धित मण्डलीको अगुवामा भरपर्ने कुरा हो । अनि छिमेकीको दृष्टिमा मण्डलीले ‘अपराधी जमात्’ को रूपमा चिनिनु परेको यदि छ भने त्यसमा सम्बन्धित अगुवाको पर्याप्त हात छ । यसकारण मण्डलीका पाष्टर, एल्डर, डिकन तथा सबै अगुवाले आफ्नो जिम्मेवारी बुझिदिएर नैतिकताको आधारमा निर्णय सार्वजनिक गर्नुपर्छ ।
अझै भनौँ, अभिप्राय शुद्ध हुनुपर्छ सबै अगुवाको । ऊ किन, कुन उद्देश्यबाट प्रेरित भएर मण्डलीको ‘अगुवा’ हुन चाहन्छ, त्यो सार्वजनिक हुनुपर्छ र उसको चरित्रको मूल्यांकन सम्भव भएसम्म वर्षेपिच्छे गरिनुपर्छ । अन्यथा मलाई बोल्न दिनुहोस्, भोलिका दिनमा फेरि टेलिफोन गरेर हतार–हतार आफू ‘पाष्टर’ भएको घोषणा गर्ने व्यक्तिको नियतमाथि मैले प्रश्न उठाउनुपर्ने छ, र मण्डलीले चौतर्फि अनाहक तीरस्कार भोग्नुपरेको दृश्य आम नेपाली विश्वासीहरूले चूपचाप हेर्नुपर्ने दिन फेरि पनि आउनेछ ।

खारिने समय

–  भुवन देवकोटा
हामीले कल्पना नगरेझैं अकस्मात् नेपालको मण्डलीमा विपत्ति आउन लागेको जस्तै लाग्दै छ । देश र समाज असहज अवस्थामा पुगेको छ । विकासका सम्भावना खोतल्ने र भर्खरै आएको संविधान कार्यान्वयन गर्ने कार्य मात्रै होइन, भूकम्प र बाढीपहिरोबाट भएको जनधनको विनासमा मलम लाउन छाडेर सरकार हामीजस्ता अल्पसंख्यक समुदायलाई दुःख दिन उद्यत रहेको देखिन्छ । सत्यताको प्रचार गर्ने र मानिसलाई सही मार्गमा डोर्याउने कार्यलाई सरकारले कति पटक कदर गरिरहेको देखिंदैन । हो, हाम्रा तर्फबाट पनि केही कमजोरी भए होला तर हामी अत्यन्त ठूला अपराधी होइनौं ।
अर्को अमिठो कुराः मानिसहरूमा स्वाभाविक प्रेम पनि हराइरहेको छ । मान्छेले मान्छेलाई गर्नुपर्ने माया र वास्ता पनि हराइसकेको छ । स्वाभाविक प्रेम पनि संसारबाट बिलय हु“दै गएको छ । यस्तो संसारमा पनि हामी बा“चिरहेका छौ“ । भूकम्पको सन्त्रासदेखि नाकाबन्दीको गलपासोसम्म हामीले भोग्यौं । यी सबै कष्टहरूले हामीमाथि अनेक व्यवधानहरू ल्याए । हाम्रा बिचमा पनि स्वाभाविक प्रेम सेलाइरहेको छ । वचन, एकता, प्रार्थना र संगतिको साटोमा व्यक्तिलाई देवत्वकरण गर्ने डरलाग्दो मानसिकता र प्रचलन बढिरहेको छ । बाइबल नपढ्ने वा पालन नगर्ने व्यक्तिले हामीलाई अगुवाइ गर्न चाहेको खतरा हाम्रा सामु छ । येशू आफैंले भन्नुभयो कि अन्धाले अन्धालाई बाटो देखाउन सक्दैन । नेपाली चर्चभित्र ख्रीष्टको प्रेमको मसाल फेरि सल्काउनुपरेको छ ।
ती सबै कुराको बीचमा समाजमा व्यक्तिवादी चरित्र पनि बढ्दैगएको छ । कसैले कसैलाई वास्ता नगर्ने कुरा पनि संसारमा निकै प्रशस्त हु“दैगइरहेको छ । समाजको परिवर्तनको धारस“गै मण्डलीभित्रको परिवर्तनको धार पनि यस्तै भइरहेको छ । वास्तवमा ख्रीष्टको प्रेम, दया, भलाइ, विश्वस्तता, नम्रता, धिरजजस्ता पवित्र आत्माका फलहरू मण्डलीबाट संसारमा बगेर जानुपर्ने ख्रीष्टको प्रेमको नियम हो । ख्रीष्टको अनुग्रहको प्रमाण यही नै हो । तर यस्तै हुनुको साटो हामीले संसारलाई नै अपनाइरहेका छौ“ ।
अझ नया“ प्रस्तावित कानुन आउने हल्ला भएपछि त हामीले आफैंलाई असुरÔित ठाउ“मा छौं भनेर बुझिरहेका छौ“ । हामीले आफैंलाई सुरÔित बनाउने प्रयास गरेका छौ“ । सुरÔाका घेराहरू निर्माण गरेका छौ“ । यसको लागि कति पटक हामी आÏनै प्रयासको भरमा लागिरहेका हुन्छौ“ । परमप्रभुले आÏना जनहरूलाई भन्नुहुन्छ, “न त बलले न त शक्तिले तर मेरो आत्माले ।” हामीलाई थाहा छ, जीवन र जगतमा जिउनलाई परमेश्वरको आत्मा र प्रभुको अनुग्रहले मात्र सम्भब छ ।
यसकारण मलाई लाग्छ । अब समय आयो, हामी आरामको Ôेत्रबाट बाहिर निस्किएर ख्रीष्टले दिनुभएको अनमोल प्रेम र मुक्तिलाई हामीबाट बाहिर लैजाने समय आयो । मण्डलीबाट बाहिर लैजाने समय आयो किनभने संसारको आशा मात्रै होइन, संसारको इतिहास, समाप्ति, नया“ युगको प्रारम्भ, सबै कुरा नै ख्रीष्टको दोस्रो आगमनमा जोडिएको छ । ख्रीष्टको दोस्रो आगमनचाहि“ मण्डलीको वचन प्रचारको कार्यमा आधारित छ किनभने जबसम्म मुक्तिको सन्देश संसारको सबै जातिहरूले गवाहीको लागि सुन्दैनन्, तबसम्म अन्त्य आउ“दैन । यसकारण सुसमाचार प्रचारप्रसारको लागि मण्डली जाग्ने बेला भएको छ । हो, हामीलार्ई थाहा छ । अन्धकारले आफ्नो राज्य फि“जाउन लागेको छ ।
हामीसित भएका जुनसुकै साधन वा साध्य, जस्तैः फेसबुक, युट्युब, एसएमएस, भेटघाट वा जुनसुकै माध्यमले पनि ख्रीष्टको प्रचार हुने समय आइपुगेको छ । संसारले हामीलाई सकै जति सताओस् तर हामी येशूको गवाही बन्न ननिको मान्दैनौं । रुसमा कम्युनिस्ट शासनको समयमा गोर्वाचोभ सरकारका मान्छेहरूले भन्थे रे, “येशू भन्ने रोग लागेपछि कुनै पनि उपचारले छु“दैन, कुनै पनि कानुन र दण्डले काम गर्दैन ।” हो, हामीलाई पनि त्यस्तै हो । येशूलाई चिनेपछि मान्छेको जीवनले जसरी पनि येशूको बारेमा अरूलाई भन्न चाहन्छ ।
हामीलाई थाहा छैन, हामीले पंचायतकालभन्दा पनि डरलाग्दो सतावतबाट जानुपर्ने हुन सक्छ अनि हामी ख्रीष्टको अनुग्रहमा छौ“ भने ख्रीष्टको अनुग्रहले हामीलाई निश्चय नै बलियो बनाउ“छ । ख्रीष्टमा हामी पक्कै पनि धार्मिक बन्नेछौ“ र ख्रीष्टमा हामीलाई आशा छ । हाम्रो भरोसा छ कि ख्रीष्टलाई विश्वास गरेको कारणले हाम्रो जीवनमा आएका जस्तोसुकै सतावटमा हाम्रो शरीरले दुःख पाउन सक्छ । तर हाम्रो आत्मा परमेश्वरमा जान तयारी हुन्छ । सतावटले नेपालको मण्डलीलाई बिगार्दैन, भत्काउ“दैन, नाश गर्दैन किनभने ख्रीष्टको मण्डलीलाई सतावटले केही पनि गर्दैन । ख्रीष्टको देहलाई ख्रीष्टले नै सुरÔा दिनुहुन्छ । संसारको जुनसुकै कानुनले ख्रीष्टको स्वतन्त्रतालाई बन्देज गर्न सक्दैन । ख्रीष्टबाट पाइने मुक्तिलाई संसारको कुनै पनि पैसाले खरिद गर्न सकिंदैन । यसैले हामीले प्रभु नपाएका प्रभुको मुक्ति चाखेका हाम्रा नेपाली दाजुभाइलाई सुसमाचार सुनाउने प्रयास गर्नुपर्छ । हामीले उहा“हरूका लागि वचन प्रचार गर्ने समय छुट्याउनुपर्छ ।
नेपालको मण्डलीले सतावटमा बलियो बन्न जानेको छ । सतावट र दुःखमा येशूको पक्का साक्षी बन्ने कुरा हामीलाई थाहा छ । हो, येशूले निफनेर भूस जति जलाउन मिल्काइदिनुहुनेछ । तर अन्नचाहिं धनसारमा जम्मा गर्नुहुनेछ । हामीले त येशूको अनुग्रहको उपभोग गरिरहनेछौं ।
प्रिय हो, म उत्साह दिन चाहन्छु कि हामी सतावटमा स्थिर बसौं, येशूलाई नजिकबाट चिनौं, उहा“को वचनमा गहिरो बनौं । संसारको कुनै कुराले हामीलाई येशूको प्रेमबाट अलग गर्न सक्दैन । यो हामी सबै खारिने समय हो ।

मूलभूत विषयमा नै विवाद

  • Bishwas  (Ramhari) Thapa

बोल्नु सजिलो छ तर त्यही कुरा लेख्न भने धेरै नै गाह्रो हुन्छ । बोल्नु र लेख्नु यी दुईको आफ्नै महत्व छन् । झन् नेपाली शब्दहरू बोल्न र लेख्न नमिलेका प्रशस्त उदाहरण छन् । त्यसैकारण लेख्नको निम्ति विभिन्न नीति, नियम, तरिका आदि अप्नाएको छ । तर पनि नेपाली शब्द लेख्ने विषयमा विवाद भने नभएको होइन ।
ख्रीष्टियनभित्र शब्द लेख्ने विषयमा पनि धेरै नै चर्काचर्की नभएको चाहिँ होइन । पहिलादेखि नै ख्रीष्टियन शब्द कुन ठीक हो ? कुन शब्द बाइबलमा वा अरू किताबमा राख्ने ? भन्ने सवालमा अझैसम्म पाखा लाउन नसकेको अवस्था छ । सबभन्दा महत्वपूर्ण चाहिँ हामीले विश्वास गरेका “येशू” शब्द नै हो । अर्को बोल्नमा पनि सबैले यही येशूको नाउँ लिएका छन् । तर किन लेख्न क्रमशमा यति धेरै विवाद छन् ?
कुन लेख्ने येशू, यसु, इसु, एसु

यहाँ कति धेरै येशू देख्नु भयो । तर हामीले विश्वास गरेको येशूमा त विवाद छैन नि ?
पादरी गंगाप्रसाद प्रधानबाट आधिकारीक इसु लिएको हो । तर त्यो भन्दा पहिला पनि नलेखीएको भने पक्कै होइन । लेखिएकै थियो ।

पहिचान, मान्यता र संघर्ष
कुनै पनि वर्ग, जाति, समुदायको आफ्नै मौलिक पहिचान हुन्छ । पहिचान विनाको कुनै पनि चिजको महत्व त्यति हुँदैन । पहिचान भनेको जो सुकैले पनि खोज्छ । आज संसारमा हेर्ने हो भने पहिचानको निम्ति लडीरहेको अवस्था छ । पहिचान सबैको हुनु पर्दछ तर गलत तरिकाले भने पहिचान बनाउनु भनेको खोलाको किनारामा बालुवाको घर बनाउनु जस्तै हो । सही विषय बस्तुको लागि पहिचान हुन नितान्त आवश्यक हो ।

जसले बढी लेख्छ उसले जित्छ । जसले बढी प्रकाशन गर्दछ, उसले बढी मान्यता पाउँछ । त्यो मानिसहरूको हात हातमा पुगी सकेको हुन्छ । कुन चाहिँ येशू लेख्ने हो । त्यो बढी लेख्नु प¥यो साथ साथै प्रकाशन पनि गर्नु प¥यो । यसो गरेमा इसाई शब्दमा एकरूपता ल्याउने यो एक ठूलो हतियार बन्न सक्दछ ।
पहिचान पहिचान भनेर हिड्दैमा पनि हुँदैन । पहिचानको निम्ति मान्यताको आवश्यकता पर्दछ । यदि पहिचानको मान्यता नै भएन भने के को पहिचान ? पहिचानको निम्ति सबैले एकै लेख्नु प¥यो । एउटा पक्षले एउटा येशू लेख्ने, अर्को पक्षले अर्को यसु लेख्ने बातावरणको अभ्यास भई रहेको अवस्था छ । पहिचानले कसरी मान्यता पाउन सक्छ र ? हामीले जस्तो सुकै येशू लेखे पनि विश्वास र मान्य उही एउटै येशू हुनुहुन्छ । तर लेखाइमा मात्र फरक हो ।
त्यसो भए पहिचान बनाउने कि ? नेपाली व्याकरणलाई मान्यता दिने ?
कि त नेपाली शब्दकोषलाई प्रयोग गर्नु प¥यो । यदि नेपाली शब्दकोषलाई प्रयोग नगर्ने हो भने अर्को नयाँ ख्रीष्टियन शब्द कोष निमार्ण गरेर सम्पूर्ण मण्डलीहरूलाई मान्य हुने गरी प्रयोगमा ल्याउनु प¥यो ।
यदि सुुसमाचार लिएर बुज्रुक बर्ग जाँदा इसाई शब्द शुद्वाशुद्वी छैनन् भने उनीहरूले हाम्रो बाइबल, किताब, साहित्य तथा कुनै पनि प्रचारका किताब, पुस्तिक पढ्दैनन् । नेपाली बाइबल भएको कारणले नेपाली व्याकरण अनुसार पनि जानु प¥यो । हाम्रा शब्दहरूलाई सुध्रानु पर्छ ।
यदि हामीमा भएको गल्ती सुधारिएन भने ख्रीष्टियनहरू पढे लेखेका हुँदैन भन्ने गलत सन्देश जान सक्छ । हाम्रो देश नेपालमा पहिचानको खेती भइरहेको बेलामा हामी ख्रीष्टियनहरूचाहिँ कही पहिचानको नाउँमा गलत पहिचान बनाउँदैछौं कि ? सतर्क हुने समय यही हो । हामीसँग जीवन दिने शब्द छन् तर ति शब्दहरू छासमिसे लेख्दा, देख्दा त्यो भन्दा ठूलो हाँसो के होला र ? कसैले यो लेख्ने, कसैले त्यो लेख्ने परपम्परालाई निरन्तरता दिने कि यसलाई सच्याउने ? यो प्रश्नले सम्बन्धित पक्षलाई औला उठाइ रहेको छ । यसको समाधान हुनै पर्दछ । हामीमा एकरूपता आउनै पर्दछ । शब्दहरू छासमिसे लेख्न पाइन ? ख्रीष्टियन शब्दहरू लेखनमा शुद्वाशुद्वी सच्याउने समय आएको छ । कसरी हुन्छ, एकरूपता ल्याउन पर्दछ ।

एक कार्यक्रमा वि.पी. खनालले बोलेका केही अंश यसप्रकार छन् ः

सामान्य नेपाली व्याकरण वा नेपाली साहित्यलाई मान्नु पर्दछ । नेपाली व्याकरण तथा नेपाली साहित्यले स्वीकार गरेको हो र ? के नेपाली व्याकरण वा साहित्यबाट येशू आएको हो त ? होइन नि ? त्यसकारण येशूको सवालमा मात्र येशूको छुट्टै पहिचान हुनुपर्दछ । बाइबलको आफ्नै मान्यता छ तर संसारले स्वीकार गर्न सक्दैन । यसमा आफ्नै गौण मिठास छ । स्विकार गरेको प्यारो चिजलाई छोड्न सक्छौं त ? बास्तवमा हामी इतिहास बनाउँदैछौं नि । त्यसकारण येशू छासमिसे नलेखौं तर एकरूपतामा लेखौं । यदि हामीले छासमिसे लेख्न थाल्यौ भने हाम्रो नग्नता झन् उदाङ्गो हुन्छ । पहिचान हामीले बनाउने कि अरूले बनाइदिने ? के हाम्रो पहिचान नेपाली साहित्यले बनाइदिने हो र ? हाम्रो आफ्नै मौलिक शब्दहरू हुनुपर्दछ । हाम्रो आफ्नो अडान के त ? येशू, ख्रीष्ट, ख्रीष्टियन लेख्ने सवालमा चाहिँ हाम्रो आफ्नो अडान हुनै पर्दछ । उनीहरू जस्तै बन्ने अभ्यास कतिसम्म जाहेज होला ? नेपाली साहित्यलाई इन्कार गरेको भनेर गलत अर्थ नलाइओस् । परिवर्तन चाहिन्छ तर परिवर्तनसँगसँगै पहिचान मेट्नु लाज मर्दाे कुरा हो ।

सोही कार्यक्रममा शेर ए. सि. भन्छन्

हाम्रो पचिहान भन्दै हामीले जानेर वा भन्नु नजाने गलत पहिचान बनाइ रहेका छौं । हाम्रो इसाईभित्र भने मान्य भएपनि बाहिरी संसारमा भने यी शब्दहरूलाई मान्यता पाएको छैनन् । हामी येशू लेख्छौं तर उनीहरू यिसु वा इसु लेख्छन् । उनीहरूको लेखाइ हामीभन्दा धेरै शुद्व पनि छ किनभने ग्रीकमा “येसुस वा इएसुस” “क्रिस्टोन” भनेर शब्द चलाइएको छ । न त्यहाँ तालव्य “श” ९कज० चलाइएको छ । यहाँ दीर्घ “शू” ९कजयय० ” नै छ । ग्रीकमा “सिग्मा” अक्षरको पछाडि “अमिक्रोन” र “उपसलन” अक्षरहरूसँगै चलाइएकोले येसुको “स” दीर्घ हुनुपर्ने हो भन्ने होला । तर ग्रीक स्वर वर्णमा यी दुवै अक्षर ह्रस्व मानिन्छन् । ख्रिस्टमा पनि न “ख्रि” ९ प्जचष् ० दीर्घ नै छ न मुर्धन्य “ष” को नै प्रयोग गरिएको छ । येसु ख्रिस्ट पुलिङ्ग हुनाले पनि ह्रस्व हुनुपर्ने र आगन्तुक शब्द भएकाले पनि ह्रस्व र दन्त्य “स” चलाउनुपर्ने तर कसरी कुन नियमका आधारमा पहिला येशू”, ख्रीष्ट” शब्द चलाइयो, जसले गर्दा आज हाम्रो लेखाईमा एकरूपता आउन सकेको छैन । अहिले नेपाली व्याकरणमा विशेष गरी “श, ष, स, ब ङ, ञ, ण, न” को प्रयोगमा व्यापक परिवर्तन गरिएको छ । तत्सम भए के गर्ने, तद्भव वा आगन्तुक भए के गर्ने भनेर पनि पूरा नियम बनाइएको छ । अपवाद र तत्सम” शब्द बाहेक अरूमा सुरू” र मध्य” अक्षर अनि पुलिङ्ग” ह्रस्व लेख्ने र स्त्री लिङ्ग” र अन्तिम अक्षर दीर्घ लेख्ने भन्ने सामान्य नियम त भइ नै हाल्यो ।
शुद्व यस्तो लेख्नु पर्ने हो । ख्रीष्टियान, ख्रीष्टीयन शब्दहरू लेखिरहेका छौं भने ख्रिस्टीय वा इसाई लेख्नुपर्ने हो । बाइबलमा येशू, ख्रीष्ट, यहूदी, यरूशलेम, दाऊद, मत्ती, मर्कूस, लूका, यूहन्ना, यूसुफ, यशैया, नहूम, मीका, होशे, शमूएल, यहोशू आदि शब्दहरू नेपाली व्याकरण अनुसार गलत छन ।
झन् इसाई समुदायमा सबै कुरा बोल्नुको बिकल्प छैन । लेख्नको निम्ति विभिन्न कुराहरूले असर पारेको हुन्छ । त्यसकारण विगतमा समय जे सुकै लेखिएता पनि अबको समयमा हाम्रा लेखाईहरुमा वर्ण विन्यास र व्याकरणको हिसाबले शुद्ध हौऊन र हामी सबैको लेखाइमा एकरुपता आओस् । यसैमा हामी सबै इसाईहरुको पहिचान बन्नेछ ।