चैत्र /५/२०७७
आमुल परिवर्तन मसिह पार्टी केन्द्रीय समितिले आज काठमाण्डौँमा पत्रकार सम्मेलन गरी आफ्नो मख्य राजनीतिक मुद्धालाई प्रस्तुत गरेको छ । आमुल परिवर्तन मसिह पार्टीका केन्द्रीय अध्ययक्ष भरत गिरीले बर्तमान समयमा कुनै पनि राजनीतिक दलले जनतालाई चित्त बुज्दो काम नगरेकोले नेपाली जनताको समस्यामा केन्द्रित रही त्यसको समाधान गर्नको लागि आमूल परिवर्तन मसिह पार्टी स्थापना भएको बताउनुभयो ।
उहाँले थप्नुभयो ‘हामी अहिले सानो झुण्डमा छौँ तर अहिलेका ठूला राजनीतिक दलहरु प्नि कुनै दिन सानो झुण्डमै थिए । हाम्रो मुख्य मुद्धामा जनताले साथ दिन्छन् र हामी पनि एक दिन देशको नेतृत्व गर्ने स्थानमा पुग्छौँ । हाम्रो पार्टी अल्पशंख्यक धार्मिक समूदाय, दलित, जनजाति र तल्नो बर्ग समूदायको पक्षमा संधै रहनेछ ।’
अध्यक्ष भरत गिरीले ख्रीष्टियन समूदायमा यकता हुनुपर्ने र आफूहरु निरन्तर यकताको पक्षको रहेको बदाउँदै आमूल परिवर्तन पार्टीलाइ एक पकट जनताले मौका दिन पनि आग्रह गर्नुभयो । उहाँले आध्यात्मिक भौतिकबादले मात्रै देशमा शान्ति र समृद्धि ल्याउने कुरालाई पनि जोड दिनुभयो ।
त्यस्तै गरी पत्रकार सम्मेलनमा आमुल परिवर्तन मसिह पार्टीका विदेश विभाग प्रमुख ईश्वर श्रेष्ठले आमुल परिवर्तन मसिह पार्टी नेपालको एक मात्र ख्रीष्टियन पार्टी रहेको दावी प्रस्तुत गरे । उहाँले आमुल परिवर्तन मसिह पार्टीमा ख्रीष्टिन बाहेक अन्य व्यक्तिहरु आएमा उनीहरुले हाम्रो पार्टीको मुख्य मुद्धालाई तोडमोड गर्ने सम्भावना भएकाले अब ख्रीष्टिय समुदायका व्यक्तिहरुले नै आमुल परिवर्त मसिह पार्टीको नेतृत्व गर्नु पर्ने बताउनुभयो ।
amit kumar mahara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)
Hari Saharan Adhikari( Ajirkot Rural Municipality-04, Gorkha) ,Now in Butwal/Chitwan/ Pokhara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)