दृष्टिविहिन भएर पनि फेन्नीले जीवनमा ८००० ओटाभन्दा बेसी भजन रचिन्

“येशू हुन् मेरो कस्तो विलास, दिँदछन् मनमा महिमाको आश
मुक्तिको भागी स्वर्ग मेरो घर, उनमा म बस्छु सधैँ निडर ।”

दृष्टिविहीन रचनाकार फेन्नी क्रज्बीद्वारा लिखित अनि नेपालीमा अनूदित ख्रीष्टीय भजनको २८१ नम्बरको पहिलो श्लोक हो यो । दृष्टिविहीन भएर पनि उनले भजनको खोलो बगाइन् । उनले जीवनमा ८,००० भन्दा बेसी भजन लेखिन् ।

१८२० मा फेन्नीको जन्म अमेरिकाको न्युयोर्क सहरमा भएको थियो । उनी एक वर्ष पुग्न नपाउँदै उनका पिता जोनको मृत्यु भयो, तर उनकी आमा मर्सी भने ९१ वर्षसम्म बाँचिन् ।

फेन्नी ६ हप्ताको पुग्दा उनको आँखामा केही समस्या देखा पर्योि । घरेलु डाक्टरको अनुपस्थितिमा कुनै घुमन्ते डाक्टरले उनको उपचार गर्दा उनले सदाको निम्ति आँखाको ज्योति गुमाउनुपर्योट । तर आफू अन्धो भएकोमा उनले कहिल्यै पछुतो गरिनन्, बरु यसरी भनिन्, “मैले सधैँ विश्वास गरेको छु कि असल परमेश्वरले उहाँको असीमित कृपामा यो माध्यमद्वारा उहाँले मलाई त्यो कामको लागि अर्पण गर्नुभयो जुन काम गर्ने अनुमति मैले अहिलेसम्म पाएको छु ।”

१६ वर्षको उमेरमा फेन्नी दृष्टिविहीनहरूका निम्ति खोलिएको न्युयोर्क इन्स्टिच्युटमा भर्ना भइन् जहाँ उनले उत्कृष्ट शिक्षा हासिल गरिन् । पछि उनी त्यहीँको शिक्षिका बनिन् ।

२० नोभेम्बर १८५० मा नयाँ जन्म पाएकी फेन्नीए ३८ वर्ष पुगेपछि दृष्टिविहीन सङ्गीतकारसाथै रचनाकार अलेक्ज्यान्डर भानसँग वैवाहिक बन्धनमा बाँधिइन् । १९०२ मा श्रीमान्‌को मृत्यु नभएसम्म तिनीहरूको दाम्पत्य जीवन लम्बिरह्यो ।

“सुसमाचारीय भजन लेखकहरूकी रानी” को उपनाम पाएकी फेन्नीका भजनहरू करोडौँको सङ्ख्यामा छापिएका छन् । प्रशंसाले ओतप्रोत उनका भजनहरू विभिन्न भाषाहरूमा अनुवाद गरिएका छन् । केही प्रकाशकहरूले उही नाउँबाट मनग्गे भजनहरू छाप्न हिच्किचाएकाले जीवनमा उनका झण्डै २०० ओटा छद्मभेषी नाउँ थिए । उनले १,००० भन्दा बेसी सेकुलर कविताहरू पनि रचिन् । उनका चार ओटा कविता सङ्ग्रहसाथै दुई ओटा आत्मकथा प्रकाशित छन् ।

भजन लेखनका अतिरिक्त् फेन्नीि लोकप्रिय वक्ता० पनि थिइन् । मानिसहरूलाई प्रेरित गर्न उनले संसारको चारैतिर यात्रा गरिन् । जोन क्विन्सी आदम्स, जोन टेलर, आन्द्रु जोनसन, ग्रोभर क्लेभल्यान्डजस्ता अमेरिकाका पूर्वराष्ट्र पतिहरूको निमन्त्रणमा उनी पाहुना बनी ह्वाइट हाउस (श्वेरत गृह) पनि पुगिन् । उनको प्रसिद्धिको बाबजुत पनि उनले मौका मिलेसम्म सुसमाचार सुनाउने अवसरलाई कहिल्यै गुमाइनन् ।

९४ वर्षको दीर्घायुमा उनी सधैँको निम्ति प्रभुको साथमा पुगिन् ।

संसारमा परिवर्तन ल्याउन चाहनेहरू र जीवनमा सफलता हासिल गर्न चाहनेहरूले सम्भावनाहरूलाई हेर्छन्, आफ्ना कमजोरीहरूलाई होइन ।

म पापको विरुद्धमा छु

उन्नाइसौँ शताब्दीको उत्तरार्द्धतिर बेसबलमा कहलिएका खेलाडी बिल्ली सन्डे र तिनका केही साथीहरू छुट्टीमा थिए । बेसबलको मौसम थियो । तिनीहरू अमेरिकाको सिकागो सहरको सडकमा जाँदै गर्दा सडकको एउटा कुनामा सुसमाचारीय टोलीले गित गाइरहेको सुनेर बिल्ली र तिनका मित्रहरू रोकिए । उक्त झुन्डले वाद्यवादन बजाउँदै, सुसमाचारीय भजनहरू गाउँदै ख्रीष्टले पापबाट बचाउन सक्नुहुन्छ भन्ने गवाही दिँदै थियो । ती भजनहरूले बिल्लीलाई तुरुन्तै आकर्षित गरिहाले । आँखाबाट आँसु बर्सन थाले । तिनले तुरुन्तै निर्णय लिए, “मित्र हो, म येशू ख्रीष्टमाथि भरोसा गर्नेछु । अब हाम्रो छुट्टिने बेला आएको छ ।” तिनका केही दौँतरीहरूले तिनको गिल्ला गरे भने अरू मौन रहे । केवल एक जनाले तिनलाई हौसला दियो । आफ्नो खेलीडीको टिमलाई छाडी तिनी मिसनमा सामेल भए ।

आफ्नो अनुभवलाई पछि तिनले यसरी व्यक्त गरे, “मैले परमेश्वरको कृपालाई पुकारेँ । मेरा पापहरूबाट ढुन्मुनिदैँ म मेरा मुक्तिादाताका फैलाइएका पाखुराहरूमा पुगेँ । म तुरुन्तै उहाँमा नयाँ सृष्टि बनेँ । भोलि बिहानको अभ्यासमा मेरा म्यानेजर माइक केल्लीले अभिवादन गर्दै मलाई भने, ‘बिल्ली, हिजो भएको घटना मैले अखबारमा पढेँ । धर्म मेरो लागि सुहाउने कुरो होइन । तर म तिमीलाई जबरजस्ती गर्दिनँ’ ।”

१९ नोभेम्बर १८६२ मा अमेरिकामा गरिबीमा जन्मेका सन्डेले चार हप्तापछि आफ्ना पिता गुमाएका थिए ।

अमेरिकाका तत्कालीन प्रचारकहरूभन्दा सन्डे फरक किसिमका थिए । तिनले आफ्नो समयका सामाजिक विषयहरूबारे पनि सम्बोधन गरे । तिनले स्त्रीहरूको मताधिकारको समर्थन गरे; बालश्रम अन्त्यको लागि आव्हान गरे र अश्वेतहरूलाई पनि आफ्ना जागृति सभाहरूमा समावेश गरे ।

सन्डे पापको कडा विरोधी थिए । तिनले भनेका छन्, “म पापको विरुद्धमा छु । मेरो खुट्टा हुञ्जेलसम्म म यसलाई लाताले हान्छु । मेरो मुट्ठी हुञ्जेलसम्म म यसको विरुद्धमा लड्छु । मेरो टाउको हुञ्जेलसम्म म यसलाई टाउकोले ठोक्छु । मेरो दाँत हुञ्जेलसम्म म यसलाई टोक्छु ।”

यसरी, प्रसिद्ध खेलाडीबाट ख्रीष्टको राजदूत बनेका बिल्ली सन्डे बिसौँ शताब्दीको अगिल्ला दुई दसक अमेरिकाको सबैभन्दा प्रसिद्ध र प्रभावशाली प्रचारक बनेका थिए । तिनले दसौँ लाख मानिसलाई सुसमाचार सुनाए र तिनको सन्देशद्वारा अनुमानित तिन लाख मानिसले आफ्नो जीवन प्रभु येशूमा सुम्पे ।

दुई हजार वर्षको इतिहासमा मानव-जातिको बिचमा येशूले पार्नुभएको सकारात्मक प्रभाव अतुलनीय छ

चार्ल्स बादलाफ उन्नाइसौँ शताब्दीका इङ्गल्यान्डका एक परिचित नास्तिक थिए । तिनले मण्डलीका सुधारकसाथै पास्टर प्राइस हुगेसलाई आफूसित वादविवाद गर्न चुनौती दिए । ग्रेट ब्रिटेनका हुगेस आफ्नो समयमा महान्‌तम वक्ताहरूमध्ये एक थिए जो १७ नोभेम्बर १९०२ मा यस धरतीबाट बिदा भएका थिए ।

ख्रीष्टियमतको दाबी र नास्तिकवादको दाबीमध्ये कसको दाबीचाहिँ श्रेष्ठतर छ भनी वादविवाद गर्नु तिनीहरूको विषय थियो । वादविवादको लागि ख्रीष्टियान सेवक हुगेसले एउटा सर्त अगि तेर्साए— नास्तिकवादप्रति आफ्नो जीवन समर्पण गरेर जीवन सुध्रिँदै गएका एक सय जना मानिसलाई चार्ल्सले सँगै ल्याउनुपर्थ्यो । हुगेसले ख्रीष्टलाई अङ्गालेर जीवन परिवर्तन भएका एक सय जना मानिस ल्याउने घोषणा गरे । पछि हुगेसले चार्ल्सलाई केवल ५० जना मात्र ल्याउन अनुरोध गरे । त्यो सङ्ख्या ५० बाट २० मा झर्यो५ अनि १० र अन्त्यमा १ मा पुग्यो । १ मा झर्दा पनि उक्त सर्तलाई चार्ल्सले स्वीकार गरेनन् । नास्तिकवादको कारणले जीवन परिवर्तन भएको एक जना मानिसलाई पनि तिनले भेट्टाउन सकेनन् । अन्त्यमा चार्ल्सले उक्त वादविवादको चुनौतीलाई फिर्ता लिए ।

नास्तिकवादको निम्ति कस्तो लज्जास्पद उदाहरण! नास्तिकवादलाई अङ्गालेर जीवन परिवर्तन भएको एक जना व्यक्ति पनि ल्याउन सकिएन । यसको विपरीत येशू ख्रीष्टको शिक्षा, उहाँको सर्वोत्तम नमुनादायी जीवनले आज एक दुई दर्जनलाई मात्र होइन, दुई/चार सय वा हजारलाई मात्र होइन, तर लाखौँ मानिसलाई सकारात्मक मार्गमा डोर्या,एका छन् । आफ्नो भौतिक अनुपस्थितिमा पनि उहाँ परिवर्तन गर्नुहुने महान्‌तम अगुवा हुनुहुन्छ । मानवीय जीवनमा भएको येशूको नाटकीय प्रभावले उहाँका दाबीहरू कति साँचा छन् भनी पुष्टि गर्छन् । दुई हजार वर्षको इतिहासमा मानव-जातिको बिचमा येशूले पार्नुभएको सकारात्मक प्रभाव अतुलनीय छ ।

येशूलाई अङ्गालेपछि ड्रग्गको लतमा फसेका गफको जीवन आमुल परिवर्तन आयो

तिनको नाउँ हो, कोडी हफ । १२ वर्षको उमेरदेखि तिनले गाँजा तान्न थाले । १३ वर्षमा तिनले सडकमा पत्रिका बेच्न थाले, खाना र ड्रग्सको लागि पैसा जुटाउन । तिनी विनाशको मार्गतर्फ लम्कँदै थिए । तिनी चोर थिए । तिनले ड्रग्सको कारोबार गर्थे । तिनी बारम्बार जेलमा पनि परेका थिए । तिनले आफ्नो विगतलाई यसरी व्याख्या गरेका छन् “मैले हरेक कुरो गुमाएको थिएँ; म दुर्व्यसनी थिएँ; म जेलमा पर्ने र निस्कने गर्थें; म घरबारविहीन थिएँ; म त्यागिएको थिएँ; मेरो प्रतिष्ठाको हरेक आखिरी मात्रा गइसकेको थियो । मैले आफैलाई घृणा गर्थें र मैले परमेश्वरलाई घृणा गर्थें ।”

हफसित पैसा थिएन; तिनको जाने ठाउँ थिएन; तिनलाई ड्रग्सको लत लागेको थियो; के गर्ने तिनलाई थाहा थिएन । यस्तो बेवारिसे जिन्दगी बिताइरहेको बेलामा कसैले तिनलाई सेन्ट्रल ख्रीष्टियान चर्चको बारेमा बतायो ।

हफ उक्त मण्डलीमा गए र त्यहाँ कुनै एक जना स्त्रीले तिनलाई भनिन्, “सर, तपाईंलाई मायाको खाँचो छ ।” हफले आफैलाई प्रेम गर्न छाडिसकेका थिए । त्यसैले तिनले लापार्वाही जीवन बिताउँदै आएका थिए । तिन महिनासम्म तिनी नुहाएका थिएनन् । तिनको शरीरबाट दुर्गन्ध आइरहेको थियो । मायाको कुरो सुन्दा हफ छक्क पर्नु अस्वाभाविक थिएन । तिनले त्यहाँ मानिसको प्रेमको अनुभूति मात्र गरेनन् तर ईश्वरीय प्रेमको बारेमा पनि सुन्ने मौका पाए । तिनले येशूको प्रेमको बारेमा सुने ।

बिस्तारै-बिस्तारै येशूप्रति हफको मोह बढ्दै गयो । तिनलाई धेरै कुरा त थाहा थिएन । तरै पनि तिनी जान्दथे कि येशू तिनको निम्ति मर्नुभएको थियो; तिनी पापी थिए र क्षमा उपलब्ध छ । परमेश्वरको सन्तान बन्नको लागि यति ज्ञान अपर्याप्त थिएन । तिनले दस वा पन्ध्र मिनेट प्रार्थनामा बिताएपछि “आमेन” भने । जीवनमा तिनले कहिल्यै अनुभूति नगरेको शान्तिको महसुस गरे । तिनी तत्काल नयाँ मान्छे बने । तिन हप्तापश्चात् तिनले बप्तिस्मा लिए ।

तिनी हरेक हप्ता बाइबल अध्ययनमा उपस्थित हुन थाले । मण्डलीमा जाने तिनको आदत बन्यो । तिनले येशूको बारेमा बताउन सुरु गरे । तिनले मण्डलीमा स्वैच्छिक रूपमा काम गर्न थाले । तिनी आफ्नो आत्मिक यात्रामा बिस्तारै-बिस्तारै बामे सर्दै थिए ।

१६ नोभेम्बर २०१० मा पास्टरमा अभिषेक गरिएका हफ आज लस भेगासस्थित होप चर्चमा पास्टरको रूपमा सेवा गर्दै छन् । ब्रोकन चेन्स नामक सेवा-कार्यमार्फत तिनले घरबारविहीनहरूलाई खानासाथै आवासको व्यवस्था मिलाउँछन् ।

यसरी ड्रग्सको लतमा फसेर आफ्नो जीवनलाई मृत्युको सङ्घारमा पुर्यााइसकेका हफको जीवनमा येशू ख्रीष्टले नाटकीय रूपान्तरण ल्याइदिनुभयो ।

  • Kamal Adhikari

न्युटनको विश्वव्यापी गुरुत्वाकर्षणको नियम लागि आधार तयार पारेका जर्मन बैज्ञानिक जोहानन केप्लर एक ख्रीष्टियन भक्त थिए ।

ख्रिस्टाब्द १५७१ मा जर्मनीमा जन्मेका जोहानन केप्लर गणितज्ञसाथै खगोलविद् थिए । सत्रौँ शताब्दीको वैज्ञानिक क्रान्तिका मुख्य पात्र केप्लर ग्रहको चालसम्बन्धी नियमहरूका लागि प्रसिद्ध छन् । ग्रहको चालसम्बन्धी तिनका तिनवटा प्रसिद्ध नियमलाई विज्ञानमा प्रायश: अगिल्ला “प्राकृतिक नियमहरू” भनिन्छ । तिनका कृतिहरूले न्युटनको विश्यव्यापी गुरुत्वाकर्षणको नियमको लागि आधार तयार पारेका थिए । चन्द्रमाको शक्तिको कारणले गर्दा समुद्रमा ज्वारभाटा आउँछ भनी बताउने तिनी प्रथम वैज्ञानिक हुन् । अन्य थुप्रै खोजहरूका प्रतिपादक केप्लर विश्व प्रसिद्ध वैज्ञानिक हुनुको एउटा कारण हो— तिनका खोजहरू क्रान्तिकारी थिए । क्रान्तिकारी यस अर्थमा कि प्राचीन वैज्ञानिक अरस्तुको पृथ्वी-केन्द्रित सिद्धान्तलाई तिनले बेठिक साबित गरिदिएका थिए ।

केप्लर एक भक्त ख्रीष्टियान थिए । पास्टर हुनको लागि तिनले तिन वर्षको अध्ययन गरे तापनि पछि तिनको रुचि खगोल विज्ञानतर्फ बढेको थियो । जीवनमा मनग्गे सङ्घर्णको अनुभूति गरेका केप्लरको कृति विश्वको रहस्यको निष्कर्षमा तिनले सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका छन् ।

तिनले एक पटक यसो भनी प्रार्थना चढाए, “कोपरनिकस [केप्लर अगिका वैज्ञानिक] ले जे साँचो थियो भनी भनेका थिए, म त्यसमा सफल हुन सकूँ भनी मैले परमेश्वरलाई निरन्तर रूपमा प्रार्थना चढाएको छु ।” आफ्नो एउटा पुस्तकमा तिनले लेखेका छन्, “प्रकृतिको पुस्तकको सम्बन्धमा हामी खगोलविद्हरू सर्वोच्च परमेश्वरका पुजारीहरू भएकाले हाम्रा आफ्नै समझको महिमाको लागि नभई परमेश्वरको महिमाको लागि चिन्तनशील हुनु हाम्रो लागि फाइदाजनक नै हुन्छ ।” ५८ वर्षको उमेरमा १५ नोभेम्बर १६३० मा केप्लरको मृत्युअगि एक जना पास्टरले तिनले कसमाथि विश्वास राखेका थिए भनी प्रश्न गर्दा तिनले जवाफ दिए, “केवल हाम्रा उद्धारकर्ता येशू ख्रीष्टको काममा ।”

  • Kamal Adhikari

मदर टेरेसाको जीवनबाट प्रभावित भई विश्व विख्यात पत्रकार माल्कोम खीष्टियन बने

ख्रिस्टाब्द १९०३ मा इङ्गल्यान्डमा जन्मेका माल्कोम मुगरिज पत्रकार, लेखक, सञ्चारकर्मीसाथै व्यङ्ग्यकार थिए । दोस्रो विश्वयुद्धमा तिनले ब्रिटिस सरकारको लागि सेना र जासुसीको रूपमा काम गरे । पाँच जना सन्तानमध्ये साहिँलो छोरोको रूपमा जन्मेका माल्कोम साम्यवादी शिक्षाबाट आकर्षित थिए । तर जीवनको यात्रामा उकाली-ओराली गर्ने क्रममा तिनको भेट मदर टेरेसासित हुन पुग्यो जसको जीवनले तिनको दृष्टिकोण मात्र परिवर्तन गरिदिएन, तर तिनले नयाँ धर्मलाई नै अङ्गाल्न पुगे ।

माल्कोमले पहिलो पटक १९६७ मा मदर टेरेसालाई भेटेका थिए, बीबीसीको लागि मदरको अन्तर्वार्ता लिने क्रममा । परोपकारको क्षेत्रमा नाउँ कमाएकी मदरले १९७९ मा नोबेल शान्ति पुरस्कार जितेकी थिइन् । माल्कोमद्वारा उनीसित लिइएको अन्तर्वार्ता यति लोकप्रिय हुन पुग्यो कि त्यसको एक वर्षपश्चात् माल्कोमको फिल्मी टोली भारतको कलकत्ता आएपुग्यो, एउटा डकुमेन्ट्री फिल्म बनाउन । त्यहीँ नै मदर टेरेसाले मिसनरीको रूपमा काम गरिरहेकी थिइन् । समथिङ्ग ब्युटिफुल फर गड नामक उक्त फिल्म कलकत्ताका गरिबहरूको बिचमा भएको मदरको कामको बारेमा थियो । मदरसित बिताएका ती क्षणहरू सन्देहवादी माल्कोमको जीवनमा यति प्रभावशाली भए कि मदरको प्रभावमा परेर तिनले ख्रीष्टियान विश्वासलाई अङ्गाले ।

आफ्नो जीवनको अधिकांश समय अज्ञेयवादी रहेका माल्कोमले १९६९ मा जिसस रिडिसकभर्ड नामक पुस्तकको प्रकाशन गरी आफू ख्रीष्टियान भएको घोषणा गरे । तिनले येशूको बारेमा थप दुईवटा पुस्तक पनि प्रकाशित गरेका छन् ।

८८ वर्षको दीर्घायुमा इतिहासमा आजकै दिन अर्थात् १४ नोभेम्बर १९९० मा माल्कोम आफ्नो स्थायी घरमा प्रवेश गरेका थिए ।

  • Kamal Adhikari

परमेश्वरले एउटा पतित मान्छेलाई उठाई उहाँको एउटा असल भाँडो बनाउन सक्नुहुन्छ भन्ने ज्वलन्त उदाहरण हो अगस्टिनको जीवनी ।

अगस्टिन ईश्वरशास्त्री, दार्शनिक, रक्षाशास्त्रीसाथै लेखक थिए । पाश्चात्य ख्रीष्टियमत र पाश्चात्य दर्शनशास्त्रको विकासमा तिनका रचनाहरूले उल्लेखनीय भूमिका निर्वाह गरे । १०० भन्दा बेसी कृतिहरू लेखेका अगस्टिनका परमेश्वरको सहर र स्वीकारोक्ति सर्वाधिक महत्त्वपूर्ण रचनाहरू हुन् ।

१३ नोभेम्बर ३५४ मा अगस्टिनको जन्म उत्तर अफ्रिका (हाल अल्जेरिया) को रोमी सहर तागास्तेमा भएको थियो । तिनकी आमा मोनिका एक भक्त ख्रीष्टियान थिइन् भने तिनका बुबा प्याट्रिक अन्यजाति थिए जो मृत्युशैय्यामा ख्रीष्टियान भएका थिए ।

आफ्नो युवा अवस्थालाई अनैतिकताको खाडलमा हिँडाएका अगस्टिनको परिवर्तन नाटकीय पाराले भएको छ । ख्रिस्टाब्द ३८६ को ग्रीष्म ऋतुमा इटालीको मिलान सहरको बगैँचामा बसिरहँदा तिनले एउटा बच्चाको आवाज सुने । त्यो आवाजले भन्दै थियो, “उठाऊ र पढ । उठाऊ र पढ ।” गीतको भाकामा आएको बच्चाको यस आवाजलाई सुरुमा तिनले बेवास्ता गरे तापनि यो परमेश्वरबाट आएको आज्ञा हो भनी ठानी तिनले बाइबल खोले र तिनका आँखा यी वचनहरूमा परे, “दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं । मोजमज्जामा, मतवालीपनामा, व्यभिचारमा, भ्रष्टचारमा, झगडामा र डाहमा होइन । तर प्रभु येशू ख्रीष्टलाई धारण गर र पाप-स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ ।” यी वचनहरू रोमी १३:१३-१४ का हुन् ।

अगस्टिनले ३२ वर्षको उमेरमा येशूलाई आफ्ना प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गरे । ३८७ मा मिलानका बिशप एम्ब्रोजले अगस्टिन र उनका छोरा अदेदातसलाई बप्तिस्मा दिए ।

ख्रीष्टमा आइसकेपछि तिनले आफ्नो शिक्षण पेशालाई त्यागिदिए र बाँकी जीवन प्रभुको सेवकको रूपमा बिताउने प्रण गरे । ३५ वर्षसम्म हिप्पोका बिशप बनेका अगस्टिनले पास्टरीय सेवामा दिएका योगदानहरूका अतिरिक्त तिनले कैयौँ प्रवचनहरू र पत्रहरू कोरे जसमध्ये झन्डै १,००० ओटा प्रवचन र २५० ओटा पत्र विद्यमान छन् । हिप्पोको बगालको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा तिनले विभिन्न झुटासाथै बाइबल विपरीत गैरख्रीष्टियान शिक्षाहरूको सामना गरे ।

अगस्टिनलाई प्राचीन मण्डलीको एक महत्त्वपूर्ण प्रतिभाको रूपमा आदर गरिन्छ । पाश्चात्य ख्रीष्टियमतमा तिनको प्रभाव आजसम्म पनि छ । तिनको शिक्षालाई धर्मको उच्चतम प्राप्तिको रूपमा व्याख्या गरिन्छ । सुसमाचारको प्रतिरक्षाको लागि मण्डली तिनीप्रति ऋणी छ । परमेश्वरले एउटा पतित मान्छेलाई उठाई उहाँको एउटा असल भाँडो बनाउन सक्नुहुन्छ भन्ने ज्वलन्त उदाहरण हो अगस्टिनको जीवनी ।

  • Kamal Adhikari

ख्रीष्टियनमतलाई मिथ्या प्रमाणित गर्न तम्सिएका सेनापति वालेस अन्ततः ख्रीष्टको पाउमुनि घुँडा टेक्दै चिच्च्याए, “मेरा प्रभु र मेरा परमेश्वर ।”

बेनहुरः अ टेल अफ द क्राइस्ट एउटा उपन्यासको नाउँ हो । १२ नोभेम्बर १८८० मा पहिलो पटक प्रकाशित यो उपन्यासलाई उन्नाइसौँ शताब्दीकै सर्वाधिक प्रभावशाली ख्रीष्टियान पुस्तक ठानिएको छ । यसकै कथावस्तुमा निर्मित फिल्मलाई करौडौँ मानिसले हेरेपछि पुस्तकको बिक्रि झनै आकासिएको थियो । यो पुस्तक जन्मनुको पछाडि एउटा निकै रोचक कथा जिम्मेवार छ ।

ख्रीष्ट र ख्रीष्टियमतका शिक्षाहरूको सम्बन्धमा सेनापति लिउ वालेस प्राय: तटस्थ थिए । तिनले ती शिक्षाहरूलाई न त पूर्ण रूपमा इन्कार गरेका थिए न त तिनी ती शिक्षाबाट प्रभावित नै भएका थिए । तर एक दिनको वार्तालापले तिनको जीवनमा नाटकीय मोड ल्याइदियो ।

एक दिन तिनी रेलमा यात्रा गरिरहेका थिए । पछाडिपट्टिबाट कसैले तिनको नाउँ बोलायो । त्यो व्यक्ति अरू कोही नभएर रोबर्ट इङ्गरसोल भएको देख्दा तिनी छक्क परे । ओहोदाको दृष्टिकोणबाट इङ्गरसोल कर्नेल थिए भने विश्वासको दृष्टिकोणबाट तिनी अज्ञेयवादी । परमेश्वर हुनुहुन्छ या हुनुहुन्न भनी जान्न सकिँदैन भनी विश्वास गर्ने व्यक्तिलाई अज्ञेयवादी भनिन्छ । इङ्गरसोल अज्ञेयवादको प्रबल पक्षपोषक थिए । त्यसैले तिनले “महान् अज्ञेयवादी” भन्ने उपनाम नै कमाएका थिए ।

विश्वचर्चित अज्ञेयवादी इङ्गरसोल लिउ वालेससित कुरा गर्न उत्सुक थिए । तसर्थ वालेसलाई इङ्गरसोलको डिब्बामा आउन निमन्त्रणा गरियो । वालेसले तिनको निमन्त्रणको तारिफ गरे तर छलफलको विषय छान्ने मौका वालेसलाई दिने सर्तमा मात्रै तिनी राजी भए । इङ्गरसोलले सहमत जनाए । वालेसले आत्मिक र धार्मिक विषय छाने । त्यसपछि इङ्गरसोलले ख्रीष्टका शिक्षाहरूका विभिन्न पाटाहरूलाई नकारात्मक दृष्टिकोणबाट बयान गर्न थाले । झण्डै दुई घन्टासम्म लम्बिएको त्यस वार्तालापमा वालेस मन्त्रमुग्ध भई सुनिरहे । इङ्गरसोलले आºनो बौद्धिक र तार्किक क्षमताको प्रयोग गरी ख्रीष्ट र मण्डलीलाई निकै होच्याए । यस वार्तालाले वालेसलाई यसरी प्रभावित तुल्यायो कि येशू ख्रीष्ट र ख्रीष्टियमतका दाबीहरूलाई गम्भीर रूपमा जाँच गर्न प्रेरित गर्योर वालेसलाई ।

परिणामस्वरूप तिनी ऐतिहासिक रूपमा साँचो उपन्यास लेख्न कस्सिए । आफूलाई चाहिने जानकारीहरू हासिल गर्न तिनी युरोप र अमेरिकाका पुस्तकालयहरू धाए । बाइबललाई गहन रूपमा अध्ययन गरे तिनले ।

ख्रीष्टियमतलाई मिथ्या प्रमाणित गर्न तम्सिएका वालेस अन्तत: ख्रीष्टको पाउमुनि घुँडा टेक्दै चिच्च्याए, “मेरा प्रभु र मेरा परमेश्वर ।” येशूलाई तिनले प्रभुको रूपमा स्वीकार गरे । तिनी साँचो ख्रीष्टियान बने । साहित्यिक प्रतिभाका धनी वालेसले आफूले जम्मा गरेका स्रोतहरूबाट एउटा उपन्यास लेखे । सात वर्षको अनुसन्धानपछि लेखिएको त्यस उपन्यासको नाम हो— बेनहुरः अ टेल अफ द क्राइस्ट ।

धार्मिक क्षेत्रमा लुथर जिनिअस थिए

निस्सन्देह, मार्टिन लुथर मण्डली इतिहास र युरोपको इतिहासमा एक महत्त्वपूर्ण पात्र हुन् । नयाँ मण्डलीको थालनी गर्ने तिनको चाहना थिएन तथापि त्यस्तै हुन गयो । तिनले आफू जन्मेको, हुर्केको, बप्तिस्मा लिएको र पास्टरीय सेवा पुर्या एको रोमन क्याथोलिक मण्डलीलाई सुधार गर्न चाहेका थिए । तर तिनको जीवनी र रचनाहरूले एउटा अभियानकै प्रारम्भ गरायो जसले पश्चिमा ख्रीष्टियमतलाई दुई चिरामा विभाजन गरिदियो: प्रोटेस्टेन्ट र रोमन क्याथोलिक ।

मार्टिन लुथर ईश्वरशास्त्री, प्राध्यापकसाथै लेखक थिए । प्रोटस्टेन्ट अभियानमा तिनी प्रारम्भिक सुधारवादी थिए । मध्यकालीन क्याथोलिक मण्डलीका थुप्रै शिक्षा र अभ्यासहरूलाई लुथरले इन्कार गरे । मुक्ति कामबाट पाउन सकिँदैन तर येशू ख्रीष्टलाई मुक्तिदाताको रूपमा स्वीकार गरेर केवल परमेश्वरको अनुग्रहबाट पाइन्छ भनी तिनले सिकाए जुन शिक्षा त्यस बेला क्रान्तिकारी अवधारणा नै थियो ।

मार्टिन लुथरको जन्म तत्कालीन पवित्र रोमी साम्राज्यको इजलबेन (आधुनिक जर्मनीको एउटा सहर) भन्ने ठाउँमा भएको थियो । लुथरलाई जन्मेको भोलिपल्टै अर्थात् ११ नोभेम्बर १४८३ मा बप्तिस्मा दिइएको थियो जुन प्रचलन तत्कालीन क्याथोलिक अभ्यासमा अनौठो थिएन । मार्टिन लुथर परिवारमा जेठा छोरा थिए । महत्त्वाकांक्षी पिता हान्सले जेठो छोरोलाई वकिल बनाउने जमर्को गरेका थिए ।

ख्रिस्टाब्द १५०१ मा १५ वर्षको उमेरमा मार्टिन लुथर इर्फटको विश्वविद्यालयमा भर्ना भए र १५०५ मा तिनले स्नातकोत्तर हासिल गरे ।

त्यसपछि पिताले लुथरलाई कानुन पढ्न जोड गरे । तर जीवनमा आफूले अनुभव गरेका केही सङ्कष्टहरूको कारणले तिनले ६ हप्तापश्चात् कानुन विषयलाई त्यागेर तिनी इर्फटस्थित अगस्टिनको मठाश्रममा प्रवेश गरे । तिनी एक मेहनती विद्यार्थीका अतिरिक्त उत्साही पनि थिए । तथापि तिनको मुख्य प्रश्न रहेको थियो: परमेश्वरले तिनलाई मुक्ति दिनुभएको थियो भन्ने कुरामा तिनी कसरी निश्चित हुन सक्थे ? मठाश्रमका हरेक अनुशासनलाई तिनले पालन गर्ने चेष्टा गरे । तर जति अनुशासित भएर नियमहरू पालन गर्दा पनि तिनलाई शङ्काले पिरोल्थे: के मैले पर्याप्त मात्रामा गरेको छु ? अझै धेरै गर्नुपर्ने हो कि ?

परमेश्वरलाई खुसी पार्न तिनले हर सम्भाव्य प्रयास गरे । उपवास बस्ने, लामो समयसम्म प्रार्थनामा बिताउने, तीर्थयात्रा धाउने आदि क्रियाकलापहरू तिनका आदत बने । तर तिनले खोजेको शान्ति भने फेला पारेनन् । मठाश्रमका प्रमुखले लुथरमा प्रचार र अध्यापनको खुबी देखी थप शिक्षा हासिल गर्न तिनलाई प्रेरणा दिए । १५०७ मा तिनी पादरीको रूपमा अभिषेक गरिए र १५०८ बाट तिनले विटेनवर्गको विश्वविद्यालयमा ईश्वरशास्त्र पढाउन थाले । १५१२ मा तिनलाई उक्त विश्वविद्यालयले ईश्वरशास्त्रमा डाक्टरको पदवी प्रदान गर्यो१ ।

अन्तत: मार्टिन लुथर मानिसले कामबाट मुक्ति पाउन सक्दैन र मुक्ति केवल परमेश्वरको अनुग्रहबाट येशू ख्रीष्टमाथिको विश्वासमार्फत पाउन सकिन्छ भन्ने निष्कर्षमा पुगे । मानिस केवल विश्वासद्वारा धर्मी ठहरिन्छ भन्ने सत्यतालाई तिनले धर्मशास्त्रको अध्ययनबाट आविष्कार गरे । सैयौँ वर्षसम्म लुप्त यथार्थतालाई लुथरले पुन: आविष्कार गरे । कामद्वारा मुक्ति पाइन्छ भनी रोमन क्याथोलिक मण्डलीले सिकाउँदै आएको थियो । तर मुक्ति परमेश्वरको वरदान हो र कुनै धार्मिक कामद्वारा यसलाई आर्जन गर्न सकिँदैन भन्ने शिक्षा नै बाइबलीय शिक्षा हो भन्ने निष्कर्षमा पुगे लुथर ।

रोमन क्याथोलिक मण्डलीले अभ्यास गर्दै आएको पापमोचन-पत्रको विरोध गर्दै १५१७ मा लुथरले विटेनवर्गस्थित मण्डलीको भित्ताम ९५ ओटा थिसिस (बुँदा) टाँसिदिए । यस कार्यले रोमन क्याथोलिक शिक्षामा भुइँचालो ल्यायो । यसै वर्षलाई सुधारवादको औपचारिक आरम्भको रूपमा लिइन्छ । लुथरको नयाँ शिक्षाले पोप प्रणालीका जराहरू हल्लाउन थाल्यो । क्याथोलिक पादरीहरू काम्न थाले । तिनका शिक्षाहरूलाई त्याग्न क्याथोलिक मण्डलीले लुथरलाई अनुरोध गर्यो। तर तिनले मानेनन् । १५२१ मा तिनी पोपद्वारा औपचारिक रूपमा बहिष्कार गरिए र अन्त्यमा तिनी वर्मस्‌को राज्य-सभामा डाकिए । तिनका शिक्षाहरू त्याग्न तिनलाई अनुरोध गरियो । तर लुथरले अस्वीकार गरे ।

लुथरको प्रभाव ईश्वरशास्त्र र मण्डलीका गतिविधिभन्दा परसम्म पुगेको थियो । सङ्गीत मन पराउने लुथरले भजनहरू रचे । तिनले जर्मन भाषामा बाइबल अनुवाद गरे; साहित्य र शिक्षालाई प्रोत्साहन दिए । धार्मिक क्षेत्रमा लुथर जिनिअस थिए ।

तिनले सुसमाचारको बारेमा भनेका छन्, “सुसमाचार येशूको बारेमा भएको कथा हो । यो कथा यही हो कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ जो हाम्रा लागि मानिस बन्नुभयो; मर्नुभयो; पुनरुत्थान हुनुभयो अनि उहाँ सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ ।”

  • Kamal Adhikari

अफ्रिकामा मिसनरी बनेर आएका लिभिङ्गस्टोनको जीवन शैलीबाट प्रभावित भई नास्तिक पत्रकार हेन्री स्टान्ली पनि ख्रीष्टियन बने

डेभिड लिभिङ्गस्टोन मिसनरीसाथै अन्वेषक थिए । उन्नाइसौँ शताब्दीका लोकप्रिय हिरो लिभिङ्गस्टोन तिनको सहादतपश्चात् धेरैको निम्ति प्रेरणाको स्रोत बने । वैज्ञानिक अनुसन्धानकर्तासाथै सामाजिक सुधारक लिभिङ्गस्टोनले अफ्रिकी भूमिबाट दासदासी बेचबिखनको अन्त्यको लागि उल्लेखनीय योगदान दिए । मिसनरी गाथाका तिनी शेर हुन् । लामो समयसम्म अन्धकारपूर्ण महादेशको रूपमा चिनिएको अफ्रिकामा दोस्रो शताब्दीमा नै सुसमाचार पुगेको भए तापनि लिभिङ्गस्टोनको आगमनले मात्रै दिगो प्रभाव पार्योम । मिसनरीहरू तटीय क्षेत्रमा मात्रै सीमित भएको बेलामा भित्री इलाकाहरूमा जाने खतरा मोलेका थिए तिनले ।

धेरै वर्ष अफ्रिकामा बिताएका लिभिङ्गस्टोनको बारेमा तिनको जीवनका पछिल्ला वर्षहरूमा केही खबर नआएपछि तिनी जीवितै थिए या मरे भन्ने विषयमा अत्तोपत्तो भएन । फलस्वरूप पत्रकार हेन्‍री एम. स्टान्ली तिनको खोजीको लागि हिँडे ।

९९९ दिनको जोखिमपूर्ण यात्रापश्चात् हेन्‍री स्टान्लीले इतिहासमा आजकै दिन अर्थात् १० नोभेम्बर १८७१ मा अफ्रिकामा लिभिङ्स्टोनलाई फेला पारे अनि तिनीसँगै केही समय बसे । लिभिङ्स्टोनको बारेमा तिनको गवाही यस्तो छ, “एउटा पूर्वाग्रही नास्तिकको रूपमा म लन्डनबाट अफ्रिका गएको थिएँ । तर एउटा यस्तो समय आयो जसमा मैले लामो समयसम्म मनन गर्नुपर्योो । मैले एकलो यस बुढो मान्छेलाई त्यहाँ देखेँ अनि आफैलाई सोधेँ, ‘के तिनी पागल भएका छन् वा के ? केले तिनलाई प्रेरणा दिन्छ ?’ हाम्रो भेटघाट भएको महिनौँपछि तिनको जीवनचाला देखेर म छक्क परिरहेको थिएँ । यी वृद्धा मानिसले बाइबलमा भनिएको सबै कुरालाई पालना गरिरहेका थिए, ‘सबै कुरा छाडेर मेरो पछि लाग ।’ तर थोरैथोरै गरी अरूहरूप्रति तिनले देखाएको सहानुभूति प्रभावशाली बन्दै गयो । तिनको दया, तिनको भद्रता, तिनको उत्साह, तिनको जोस र तिनको कामलाई देखेर ममा पनि सहानुभूतिको उदय भयो । तिनले मलाई ख्रीष्टियान बनाउन नखोजे तापनि तिनको जीवन देखेर मैले पनि विश्वास गरेँ ।”

पछि स्टान्ली पनि ख्रीष्टियान बने र आफ्ना गुरु लिभिङ्स्टोनको पाइला पछ्याई मिसनरी बनेर अफ्रिकामा नै गए ।

  • Kamal Adhikari