अन्तर्राष्ट्रिय ख्रीष्टियन मेडिया समिटको २ दिने सम्मेलन भब्यताको साथ सम्पन्न भएको छ । जावलाखेलको स्टाफ कलेजमा भएको सो सम्मेलनमा नेपाली इसाई मिडियाकर्मी र साहित्यकारहरु उपस्थिति थियो ।
विभिन्न पाष्टर, अगुवाहरुले सफलताको शुभकामना सन्देशसहित सुरु भएको समिटमा पा. मंगलमान महर्जनले परमेश्वरको वचनबाट सिकाउनु भएको थियो । अध्यक्ष अब्राहम दियालीले संजालको बारेमा प्रष्ट पार्नुभएको थियो । कुमारसिंह विष्ट, दिनेश श्रेष्ठ, रमेश लामा, समिर घिमिरे र रामप्रसाद पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।
संगीतकर्मी गायक जोन डि खवासलाई कदरपत्र साथै नगद १ लाख भारु प्रदान गरि सम्मान गरिएको थियो । उनीले सम्पूर्ण जीवन प्रभुलगायत अरु थुप्रै भजनगीतहरु दिएका छन् । सो सम्मान कार्यक्रम पा. यम सिवाको नेतृत्वमा भएको थियो ।
टाईम्स अफ इण्डियाका वरिष्ठ सम्पादक जोएल राई, जनता टि.भी.का कार्यक्रम प्रस्तोता प्रकाश बिशंखे, साहित्यकार छत्र सुब्बा पावल, मेहरमान सुब्बा, शुकदेव गिरी, शेर एसी, बिपी खनाल, पत्रकार गिदोन लामिछाने, कुमारसिंह बिष्ट, महिमा भट्टराई, विश्वास थापा, सुमित नेपाली, निलिमा कोईरालाले प्रशिक्षण दिनुभएको थियो
चैत्र १ र २ मा भएको कार्यक्रममा अमेरिका, भारत, नेपाल, थाइल्याण्ड लगायत देशबाट प्रतिनिधित्व रहेको थियो ।
अन्तिम दिनमा नयाँ कार्यसमिति चयन भएको थियो । सञ्जालको अध्यक्षमा अब्राहम दियाली (अमेरिका), सह–अध्यक्षमा रमेश लामा (भारत) गिदोन लामिछाने (नेपाल), उपाध्यक्षमा भुवन देवकोटा, कुमार सिंह बिष्ट (नेपाल), महासचिवमा दिनेश श्रेष्ठ, सचिव हनोक थापा (भारत), रामप्रसाद पौडेल (नेपाल, कोषाध्यक्षमा प्रकाश विसुन्खे, सह कोषाध्यक्षमा रेणु तामाङ (नेपाल) सदस्यहरुमा किशोर राई (भारत), निमा लेप्चा, हेम थापा (हङकङ ) रहनुभएको छ ।
अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया संजालले सो कार्यक्रम गरेको हो ।
प्रभु येशू ख्रीष्टको शुभ जन्मोत्सव २०७५ अर्थात डिसेम्वर २५ लाई विश्व भरि उत्सवको रुपमा मनाईएको छ भने, राष्ट्रिय महासंघ नेपालले सप्ताह व्यपि कार्यक्रम् सम्पन्न गरेको छ । यूवा जाँगरण तथा शुभकाना आदान प्रदान कार्यक्रम, महिलाविभागको आयोजनामा भएको शुभकामना आदाप्रदान कार्यक्रम्, शुभकामना मोटरसाईकल ¥याली र कमलादि प्रज्ञ प्रतिष्ठानमा भव्य रुपमा शुभकाना आदान प्रदान कार्यक्रम् सम्पन्न भएको शुभ—आवसरमा सिलोअम बाँसबारी मण्डली गल्फुटार, काठमाण्डौं मा धन्यवाद कार्यक्रम् आयोजना गरेको हो ।
कार्यक्रम को सञ्चालन पा. जीवन बस्नेतले गर्नु भएको थियो भने स्वागत उपमहासचिव तथा प्रवक्त उद्धव चिमोरियाले गर्नु भएको थियो । परमेवरको वचनडा. सरिता थापाज्यूले गर्नु भएको थियो । धन्यवाद साथै शुभकामना रेभ पा. एलिया प्रधान रेभ पा. जगत प्रधान, ना जर्मनका सद्भावदूत डा. डम्बर अधिकारी गर्नु भयो । प्रभुको नाम उचाल्दै देश विदेशको लागि प्रार्थना जर्मनका सद्भावदूत डा. डम्बर अधिकारीबाट, डा. फेलोमन क्षेत्री, लगाएतले गर्नु भएको थियो, भने प्रार्थना विभागको प्रमुख देउमाया तामाङ्गले धन्यवाद दिनु भएको थियो ।
अध्यक्ष सि बि गहतराजले क्वयर टिम, स्वंयम सेवक टिम, प्रार्थना टिम, महिला विभागको समुह, पत्रकार र कार्यक्रम सफल गराउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै परमेश्वरलाई सबै कुराको निम्ति साथै नेपाल सरकारले ख्रीष्टमसको सार्बजनिक विदाको प्रस्ताव गरेकोमा धन्यवाद दिनु भएको थियो । कार्यक्रममा सहअध्यक्ष रिता काबो पा. तेजमान तामाङ्ग पा. बाबुराम हिङमाङ्ग, डोमाराई, आना पडेन, लगाएत केन्द्रिय पदाधिकारि र विभिन्न मण्डलीका पास्टर अगुवा तथा बृहत विस्वासिहरुको उपस्थिति रहेको थियो । अन्तिम प्रार्थना रेभ पा. सानाम काबोले गर्नु भएको थियो ।
amit kumar mahara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)
Hari Saharan Adhikari( Ajirkot Rural Municipality-04, Gorkha) ,Now in Butwal/Chitwan/ Pokhara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)