आज बेथशालोम पुतली सडक चर्चका भएको ख्रीष्टियन युवाहरुको खुल्ला छलफल भएको छ । यसरी खुल्ला छलफल भएको सम्भवत यो नै पहिलो हुनु पर्दछ । केही संगठन सिमित व्यक्तिहरुको छलफलबाट शुरु भएको पाइन्छ ।
विभिन्न सम्प्रदायका र संस्थाहरुका युवा संगठनहरु प्रशस्त छन् । तिनीहरुले आफ्नो क्षेत्रमा सेवा पु¥याइरहेका छन् । त्यसबाट माथि उठेर स्वतन्त्र प्रकारको संगठनको नेपालमा आवश्यक रहेका अवस्थामा यो प्रयासले सार्थक हुन सक्दछ । विभिन्न क्षेत्रका ५० भन्दा वढीका युवाको सहभागिता रहेको थियो ।
यस संगठनमा कमल अधिकारले बोल्दै भन्नुभयो, “प्रशस्त सर्ट हुँदा जाडोमा ज्याकेट जति आवश्यक छ, त्यति नै यो यो संगठनको आश्यकता छ ।” उहाँले थप्नुभयो, “लचकदार सिद्धान्तमा उभिएको छ । यसमा जति युवाहरु समावेश हुनु सक्दछ ।”
भुवन देवकोटाले बोल्दै भन्नुभयो, एक युवा प्रयासले ठूलो परिवर्तन ल्याउन सक्दछ । धेरै मिल्यो भने धेरै कार्य गर्न सकिन्छ ।” अरु विभिन्न विषयमा उहाँले बोल्नु भएको थियो । यस्तै युवा दर्शन पत्रिकाका संचालक दिनेश श्रेष्ठले यस संगठनको बारेमा बोलेको थिए ।
खुल्ला छलफलपछि एउटा तठस्थ समिति जस्तो टाक्स फोर्स बनाएका छन् । यसले बिभिन्नआन्तरिक तथा बाह्य कार्य गर्नेछ । केही समयपछि यस युवा संगठनको महाधिवेशन गर्नेछ ।
सबै युवाहरु समेट्ने संगठन होस भनी प्रायः युवाहरुको शुभकामना थियो ।
amit kumar mahara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)
Hari Saharan Adhikari( Ajirkot Rural Municipality-04, Gorkha) ,Now in Butwal/Chitwan/ Pokhara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)