म कुष्ट रोगी थिए

म ज्योती सुवेदी हु । जन्मस्थल तनहुँ हो । घर कैलाली जिल्ला टिकापुर नगरपालिका हो । हाल ललितपुर, कुसुन्ती १३ मा म ज्योती सुवेदी हँु । जन्मस्थल तनहुँ हो । घर कैलाली जिल्ला टिकापुर नगरपालिका हो । हाल ललितपुर, कुसुन्ती १३ मा बस्छु । मेरो मण्डली टिकापुरको “इम्मानुएल  एक्लेसिया मण्डली” हो । हाल ललितपुरको कुसुन्तीमा “इम्मानुएल एक्लेसिया मण्डली”  स्थापना भएको छ । त्यही मण्डलीमा म सेवा गर्दै आएकी छु ।
हिन्दू परिवारमा जन्में र हुर्के । दुई वर्षकी थिएँ । भाइको जन्म भए पछि आमाको मृत्यु भयो । बुबाले अर्को सानी आमा ल्याउनुभयो, र सानी आमाका भाइबहिनीहरू थिए । म मामा घरमै बसें । मावालीमा मलाई सबैले माया गर्नुभयो, राम्रो पढ्ने मौका दिनुभयो । मलाई दुःख थिएन ।
म बिरामी भएँ । अस्पतालमा गएर जचाउँदा डाक्टरले भन्नुभयो, “कुष्ठ रोगको लक्ष्यण छ ।” यो सुन्नासाथ डर लाग्यो । त्यो समयमा धेरै जसो मानिसलाई कुष्ठ रोग लाग्थ्यो, र समयमा नै उपचार गरेन भने हात–खुट्टाहरू हिऊ जस्तो हुन्थ्यो । पोखराको हरियो खर्कको मिसनरी अस्पतालमा उपचार गर्न आएँ । मलाई मिसनरी, डाक्टर र नर्सहरूले माया गर्नुहुन्थ्यो । मलाई प्रभुको बारेमा मिसनरीहरूले सुसमाचार सुनाउनुभयो, र त्यसै बेला मैले प्रभुलाई “मेरो प्रभु र मुक्तिदाता” भनी व्यक्तिगत रूपमा ग्रहण गरें ।
उपचार गर्दा आंैषधीले काम गर्दै आयो, र मेरो रोगपूर्ण रूपमा निको भयो । मलाई उपचार गर्दा पनि खर्च लागेन । मैले प्रभुमा विश्वास गरेर च·ाई पाएँ । केही समयपछि  पोखरा मण्डलीको पास्टरले मलाई पानीको बप्तिस्मा पनि दिनुभयो ।
अढाई वर्षको एन.एम. नर्सको तालिम गर्ने मौका पाएँ । तालिम सकेपछि पोखराको साइनिङ्क अस्पतालमा ५÷६ वर्ष काम गरें । केही समयपछि मेरो विवाह भयो । हाम्रो विवाह एक अचम्म तिरकाले भएको थियो । मेरो श्रीमानले सपनामा दर्शन देख्नुभयो, “ज्योती भन्ने केटीसँग विवाह गर ।” त्यसपछि हाम्रो विवाह भएको थियो, र एउटा छोरो पनि परमेश्वरले दिनुभयो ।
पहिला मेरो श्रीमान््् सि.एम.ए. हुनुहुन्थ्यो साथसाथै पाष्टरको काम पनि गर्नुहुन्थ्यो । हामी टिकापुर जिल्लामा नै आÇनै क्लिनिक खोलेर सेवाकाइ गर्दै क्लिनिक चलायौं । त्यस समयमा हामीलाई प्रभुले धेरै आशिष् दिनुभएको थियो । दिनमा सय डेढ् सय विरामीहरू आउँथे । मैले डेलिभरी केसहरू पनि हेर्थें । त्यो समयमा हामीले धेरै मानिसहरूको सेवा गर्ने मौका पायांै । केही समय मैले सरकारी अस्पतालमा पनि काम गर्ने मौका पाएँ । हामीले १५÷१६ वर्ष क्लिनिक चलायांै ।
मलाई सुगर रोग देखा पर्याे । खुट्टामा गएको वर्षमा आÇनै लापरबहीले सानो घाउ भयो । आनन्दवन अस्पतालमा ५ दिन बसें, र मेरो खुट्टामा स्टिल लगाएको थियो, र अहिले पूर्णरूपमा चङ्काई भएकी छु । सुगर रोग भएको मानिसको घाउ निको हँुदैन, तर मेरो घाउ त पूर्णरूपमा निको भयो । परमेश्वरले नै निको पार्नु भएको हो, भनेर म विश्वास गर्छु ।
म काठमाडांै बसेको ४÷५ वर्ष भयो । मैले २ वर्ष जति यो कुसुन्ती क्षेत्रमा सुसमाचार र प्रचाहरू बाँडे । अहिले चाहिँँ अलिक सक्तिन । मलाई पहिलादेखि नै सुसमाचार सुनाउन मन लाग्थ्यो ।
मेरो छोरा यूरोपियन यूनियन अफिसमा आÇनो पढाई सिध्याएर जागिर गर्दैछन् । मण्डलीमा राम्रो वचनहरू दिन्छन् । बुहारी बुझक्की र माया गर्छिन्  । एउटा नाति भएको छ । श्रीमानले १४ वटा भन्दा बढी छोरी मण्डलीहरूमा सेवा पु¥याइरहनु भएका छन् । टिकापुर बजारमा र ललितपुरमा घर छ । यो सबै प्रभुको आशिष् हो ।
अहिले हामी श्रीमान््—श्रीमती आ—आÇनो काम पेशालाई छाडि मण्डलीमा नै सेवाकाइ गरिरहेका छांै । मेरो परिवारलाई प्रशस्त मात्रमा आशिष् दिनुभएको छ, र म खुशी छु । सबै भन्दा ठूलो आशिष् त मलाई मेरो रोगबाट निको पार्नुभयो । यही नै मेरो लागि ठूलो कुरा हो ।
अब कति वर्ष बाँच्छु, होला र मेरो यो सास भइन्जेल प्रभुलाई नै पुकार्छु । घरमै बसेर प्रार्थना गर्छु, र बाइबल पढ्छु । प्रभुले मलाई उठाएर नलगेसम्म प्रभुकै गीत गाउँछु र भजन गाउँछु । मेरो अन्तिम सास भइन्जेलसम्म उहाँको सेवा गर्नेछु ।

Related Articles

Back to top button