क्वाइनोनिया समाज सेवा नेपालले रक्तदान कार्यक्रम सम्पन्न

लामो समयमादेखि क्वाइनोनिया समाज सेवा नेपालले विभिन्न समाजिक कार्य गर्दै आइरहेको छ । यसको निरन्तरता दिदै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालको पुरानो चर्च मध्येको क्वाइनोनिया पाटन चर्चमा सो कार्यक्रम भब्य भएको आयोजकबाट थाहा हुन आएको छ । सो कार्यक्रममा आइतबार (डिसेम्बर ३) मा भएको थियो । विहान नै बाट शुरु भएको सो कार्यक्रममा क्रिसमसको शुभ अवसर पारेर ४३ औं कार्यक्रम गर्न सफल भएको छ । ५१ जनाले आफ्नो अमूल्य रक्तदान गर्नुभएको खबर सोही समाजका सदस्य केदार महर्जनले वचन पत्रिकालाई बताउनु भएको छ ।

Related Articles

Back to top button