उधमीहरुका निम्ति दश आज्ञा व्यवसायिक पुस्तक विमोचन

ललितपुर, चैत्र, ८ | संसारभरि प्रसिद्ध भएको ख्रीष्टियन मूल्यमान्तामा आधारित एक व्यवसायिक पुस्तक एक समारोहबीच विमोचन भएको छ । हिमालयन होटलमा आयोजना गरिएको सो कार्यक्रममा “उद्यमीहरूका निम्ति दश आज्ञा” नामक पुस्तक विमोचन भएको छ । सो पुस्तकका लेखक प्रो. मारियो ब्रुल्ह्मन हुनुहुन्छ । उहाँले भन्नुभयो, चर्चको प्रवचन सुनेपछि उधमीको लागि पुस्तक लेख्न प्रेरणा मिलेको हो ।” उहाँ विभिन्न देशहरुको व्यवसायिक तालिमहरु दिने शिक्षक हुनुहुन्छ ।

 

श्रीमति मालती पाण्डेले कार्यक्रम संचालन गर्नुभएको थियो भने पा. जिरमान राईले शुरुको प्रार्थना गर्नुभएको थियो । कम नेपालका राष्ट्रिय निर्देशक आशिष खड्काले नेपालमा कसरी काम भइरहेको छ भनेर बताउनु भएको थियो । याद रहोस केही वर्षदेखि व्यवहारिक व्यवसायिक तालिमहरु दिदै आईरहेको छ । विमोचन कार्यक्रमभन्दा पहिले विहान ९ बजेदेखि ३ बजेसम्म मेन्टोर्सको तालिम भएको थियो ।

चर्चित गायिक अन्जु पन्तले कार्यक्रममा विभिन्न गीत गाउनु भएको थियो साथै उनीले आफ्नो अनुभव बाँडेर कार्यक्रममा थप उर्जा थुप्नुभएको थियो ।

उद्यमीहरूको निम्ति दश आज्ञा पुस्तकको विमोचन प्रोफेसर तथा लेखक मारियो ब्रुल्ह्मन, प्रोजेक्ट म्यानेजर ग्यालस ट्यानहिमर र शान्ति नेपालका निर्देशक डा कृष्णमान शाक्यको हातबाट विमोचन गरिएको थियो ।
समारोहमा अतिथिका रूपमा डेभ कलेजका व्यवस्थापन प्रोफेसर तथा व्यवस्थापन पुस्तक लेखक सुबर्ण गिरीले यस पुस्तकले नेपालमा कयौं मारियो ब्रुल्ह्मन जन्मने बताउनु भयो ।
सोही संस्थाकी रेविका तामाङले पाहुनाहरुलाई धन्यवाद दिई कार्यक्रम समापन भएको थियो ।

Related Articles

Back to top button