जवाफ दिइन्, “घरमा गएर आफ्नो परिवारलाई प्रेम गर्नुहोस्”

ख्रिस्टाब्द १९७९ को नोबेल शान्ति पुरस्कार मदर टेरेसाले जितेकी थिइन् । उनलाई यो पुरस्कार उही सालको अक्टोबर १७ मा दिइएको थियो ।

मदर टेरेसाको जीवनीलाई नियाल्दा उनी विलासी जीवन जिउँदिन थिइन् भन्ने कुरो छर्लङ्ग हुन्छ । उनको यो अठोट नोबेल पुरस्कार विजेताहरूको सम्मानमा भोजको लागि खर्च गरिने रुपियाँको प्रयोगमा पनि देख्न सकिन्छ । १,९२,००० अमेरिकी डलर भोजमा खर्च गर्नुको साटो भारतका गरिबहरूलाई दिन उनले अनुरोध गरिन् । संसारमा खाँचोमा परेकाहरूलाई मदत गरिएको खण्डमा मात्र संसारको इनाम मूल्यवान् हुन्छ भन्ने उनको धारणा थियो ।

टेरेसाले नोबेल पुरस्कार प्राप्त गर्दा उनलाई सोधिएको थियो, “विश्व शान्तिलाई बढावा गर्न हामी के गर्न सक्छौँर?” उनले जवाफ दिइन्, “घरमा गएर आफ्नो परिवारलाई प्रेम गर्नुहोस् ।”

मदर टेरेसा बिसौँ शताब्दीमा भारतमा मिसनरी भई आउने परमेश्वरकी विनम्र सेविका हुन् । सारा दुनियाँले मानव सेवाप्रति उनको समर्पणताको कदर गरेको छ । आफ्नो किशोरी अवस्थालाई आफ्ने मातृभूमिमा बिताएपछि अङ्ग्रेजी सिक्नको लागि टेरेसा आयरल्यान्ड गइन् त्यसपछि हाम्रो छिमेकी मुलुक भारत आइन् जहाँ उनले आफ्नो जीवनको अधिकांश समय बिताइन् ।

१९५० मा मदर टेरेसाले मिसनरीज अफ च्यारिटी नामक धार्मिक संस्था खोलिन् जसमा सुरुमा केवल १३ जना सदस्य थिए । आज यस संस्थामा ४,५०० भन्दा बढी सिस्टर भइसकेका छन् र १३३ ओटा मुलुकमा यो संस्था सक्रिया रूपमा लागिपरेको छ । यो संस्थाले एचआइभी एड्स लागेका मानिसहरू, कुष्ठरोगीहरू, क्षयरोग लागेकाहरूजस्ता रोगीहरूको बिचमा काम गर्नुकासाथै अनाथालय अनि स्कुलहरूमा पनि आफ्नो सेवाको पाललाई लम्ब्याएको छ ।

१९६२ मा भारत सरकारले उनको कामको तारिफ गर्दै पद्म श्री पुरस्कार प्रदान गर्‍यो । त्यसपछि इनामहरूको वर्षा सुरु भयो । १९८० मा उनले भारतको नागरिकले प्राप्त गर्न सक्ने उच्चतम पुरस्कार भरत रत्न प्राप्त गरिन् ।

  • Kamal Adhikari

Related Articles

Back to top button