म अन्तिम अवस्था नै भइसकेँ, नबाँच्ने रहेछु र यतिकै सकिने रहेछ…

म नन्द कुमारी विष्ट हु । जन्मस्थल भोजपुर जिल्ला खावा गा.बि. स. चोलन्ती ९ मा पर्दछ । उदयपुर जिल्ला ठोकसिला गा.वि.स. गुरूङ्कचौरी ७ मा बसाई सरेका छौं । हाल ललितपुर जिल्ला धोबिघाटमा बस्छु । तपाईसँग मेरो गवाही बाँड्न गइरहेकी छु ।

पुखौंली धर्म हिन्दू परिवारमा जन्में र हुर्कें । सानै उमेरदेखि बिमार भइरहन्थें । १५÷१६ वर्षदेखि काम्ने बिमार लाग्यो । धामीलाई देखाउदा भन्नुभयो, “उनी धामी निस्कन्छ, त्यसैले चोखो नितो गर्नुपर्छ ।” मलाई केही पनि खान मन लाग्दैनथ्यो, र मेरो कुरा कसैले पनि
बुझ्दैनथ्यो । धामी नउत्रिन्जेल धेरै गाह्रो भयो । मैले ३ वर्ष जति ओछ्यानमा नै बिताएँ र मुटु दुख्ने, टाउको दुख्ने, हात खुट्टा दुख्ने र काम्ने बिमार थियो । बिमार त कति हो, कति गनेर साध्य थिएन । यो देखेर मेरो परिवारले र साथीले श्रीमानलाई भने “यो यस्तो बिमारी भैरहन्छ,
त्यसैले अर्को विवाह गर ।” तर उहाँले विवाह गर्नु मान्नु भएन ।

पछि बल्लबल्ल म धामीमा उत्रिएँ । त्यसपछि मसँग अरू मानिसहरू फुक्न आउथे, र फुकिदिदा निको हुन्थें । फुकिदिदा तिनीहरूचाहिँँ निको हुन्थ्यो, तर म आफैँलाई अरू धेरै धामी—झाँक्री र औषधी लगाउनु पथ्र्यो ।

मेरो यस्तो अवस्था देखेर घरबाट सतावटहरू सहनुप¥यो । मैले नेपाल र इन्डियामा धेरै दान–दक्षिणा, बलि, बोका, कुखुरा परेवाहरू, चढाएँ र मन्दिर गएँ, म कतै निको भई हाल्छु भनेर तर पनि मेरो यो आÇनै बिमारचाहिँँ कहिल्यै निको भएन । अरू कसैकसैले भन्थे, “ख्रीष्टियन भयो, भने धामी हराउँछ, र बिमार पनि निको हुन्छ ।” तर कसैले भन्थे, “ विश्वास ग¥यो भने पुक्लुक्क मर्छन् ।” कतिले डर पनि देखाई दिन्थ्यो । यस्तो सुन्दा बा ¤ म पनि विश्वास गर्दा पुक्लुक्क मरे भने … । यस्तै—यस्तै गर्दै धेरै वर्ष बित्यो, साथै यी नै थोकहरूमा म
अल्झिएँ । अरूले जे भन्छन्, त्यही गर्न मन लाग्थ्यो ।

मेरो छिमेकी बिमला दिदीले भन्नुभयो, “यी बहिनीले परमेश्वरमा विश्वास गरेदेखि बाँच्थ्यो ।” म त्यस समयमा साहै्र कमजोरी थिएँ । मलाई कसैले बाँच्छिन् भन्दैनथ्यो । मेरो अनुहार छिनछिनमा परिवर्तन हुन्थ्यो । घरी रातो, पहेलो, सेतो हुन्थ्यो । मलाई शैतानले खाई सकेको थियो । अब म अन्तिम अवस्था नै भइसकेँ, नबाँच्ने रहेछु र यतिकै सकिने रहेछु …।

आÇनो बिमारदेखि वाक्कदिक्क भएँ । जति गर्दा पनि केही नहुने देख्दा एक दिन मलाई यस्तो लाग्यो, “अब म पुक्लुक्क मरे पनि मर्छु, यसै नहुने उसै नहुने, म परमेश्वरमा विश्वास गर्छु ।” त्यसपछि बिमला दिदी र गुरू·चौंरी जीवित मण्डलीका पास्टर बुबालाई बोलाएर मैले २०६६ साल माघ २१ गते प्रभुलाई “मेरो प्रभु र मुत्तिदाता” भनी व्यक्तिगतरूपमा परमेश्वरलाई ग्रहण गरें । मेरो धामीको सामानहरू सबै ढोल, झ्याम्टा, ढ्याँग्रा अलिक पर पाखामा लगेर पाष्टरबुबाहरूले जलाई दिनुभयो । यो देखेर अरूहरूले भन्यो, “किन जलाएको जलाउनका सट्टामा
कसैलाई दिएको भए हुन्थ्यो ।” तर पास्टर बुबाले भन्नुभयो, “यो कसैलाई दियो, भने सारे जस्तो हुन्छ, त्यसैले यो जलाउनै पर्छ ।” त्यो सामानहरू मेरो श्रीमानलाई माया लागेर होला । माथिको कोठामा राख्नु भएको थियो । ताल्चा नभेट्टाएर खोज्दाखोज्दा बल्लबल्ल भेटाउनुभयो र सामान निकाली दिनुभएको थियो । म धामी हँुदा उहाँ धुपौरे हुनुहुन्थ्यो ।

श्रीमानलाई शैतानले चलाएर होला १ घण्टा जति साइकल लिएर कहाँ पुगेर, फर्केर रातो न पिरो हुदै डाँ·डाँ·…ड्ड डु·डु·… गर्दै कराउनुभयो र खपि नसक्नुभए । त्यसपछि त मेरो साथीभाइहरू, घरकाहरू, आफन्तहरू र छरछिमेकीहरू सबै शत्रुभयो । श्रीमानले पनि कोठामा ताल्चा लगाएर कोठामा पनि पस्न दिनुभएन । सबैले मलाई भन्यो, “लौ—लौ… अब यो बहुलाएर, ना·ै सारी, चोलो फुकाएर हिँड्छे ।” त्यसपछि त धेरै समस्या आयो …।

आÇनै रोग त छँदैछ, त्यसमाथि यस्तो अवस्था के गर्ने मलाई समस्या माथि समस्या थपियो । त्यतिबेलामा प्रार्थना गर्न पनि त्यति आउँदैनथ्यो । जानी न जानी बाइबल पक्रि प्रार्थना गरेकी थिएँ । प्रभु… प्रभु…भनेकी थिएँ । अब म के गरूँ ? न यता न उता भैसके । घरी—घरी गट्टट काम्ने पनि हुन्थ्यो । अब म कहाँ जाने सबै साथी–भाइहरू पनि पराई भएका थिए । कसैले मेरो कुरा सुन्दैनथ्यो । त्यही बिमला दिदीकोमा जान्थें र भन्थें, “ए दिदी म के गरौं । मलाई त यस्तो समस्या भइरहेको छ । मेरा श्रीमानले यसो गर्छन् ।” उहाँचाहिँँ भन्नुहुन्थ्यो, “बहिनी दह«ो होऊ… दह«ो होऊ… र प्रार्थना गर… प्रार्थना गर… ।”

मेरो बिमारहरू विस्तारै निको भयोे । यो कुरा मलाई थाहा भयो । म निको हुँदैछु । खाना पनि मलाई विस्तारै रूच्न थाल्यो । मैले झण्डै ३० वर्ष जति राम्ररी खाना खाएकी थिइन । मेरो सास अल्झाउनको लागि मात्र खान्थें । त्यसपछि म विस्तारै फेरिदँै र मोटाउँदै आएँ । ५÷६ महीनामा नै म धेरै राम्रो भएँ । मेरो रोगहरू विस्तारै निको भएको देखेर खुशी भएँ, तर उहाँलाई अरू मानिसहरूले कुरा लगाएर भन्दा रहेछन्, “अब तेरो सत्यनास भयो । कूलपित्र, घरबार बिग्रियो ।” अनि उहाँचाहिँँ घरमा आएर मसँग निहुँ खोजेर, झगडा गर्नुहुन्थ्यो ।

यो कुराहरू सबै मेरो मण्डलीमा र विश्वासीहरूलाई भेट्नसाथ लौन मेरो श्रीमान््् यस्तो हुनुहुन्छ के गर्ने ? तिनीहरूचाहिँँ भन्थे, “हुन देऊ… हुन देऊ…एक दिन अवश्य परिवर्तन हुनुहुन्छ ।” प्रार्थना गर्छु । केही हुँदैन, झन््—झन्् पो सताउथे र म भन्थें, “फेरि खोइ त होउ…झन्् पो
सताउछ ।” त्यसपछि अत्याचार भएर मैले उहाँलई भने, “तपार्इंले मलाई किन सताउनु हुन्छ ?
तपार्इंले प्रत्यक्ष देख्नु भएको छ । के म प्रभुमा गएर राम्रो भएको छैन ¤ म त्यस्तो मान्छे अहिले निको भएकी छु ।” उहाँले भन्नुभयो, “यो गाई खाने धर्म … बिदेशी धर्म …मलाई चाहिँँदैन …।” म अरूहरूलाई भेट्नसाथ प्रार्थना विषय राख्थें, “मेरो श्रीमानको नाम यो हो । मलाई यस्तो व्यवहार गर्नुहुन्छ । यसरी सताउनुहुन्छ, प्रार्थना गरिदिनुहोस् ।” जेहोस् मेरो प्रार्थना प्रभुले अहिले सुन्नु भएको छ । २ वर्ष भयो । मेरो श्रीमानले प्रभुलाई ग्रहण गरेर पानीको बप्तिस्मा पनि लिइसक्नु भएको छ ।

मेरो मुटुको बिमार थियो । काठमाडौंमा गंगालाल अस्पतालमा जचाउँदा रोग छैन भन्यो । मेरो पाठेघरको पनि समस्या थियो । थापाथली अस्पतालमा मलाई अपरेसनको लागि समय दिएको थियो । अपरेसनको लागि म त्यहाँ गएँ । डाक्टरले भन्नुभयो, “तपार्इंको पालो ५ मिनेट पछि आउँछ ।” तर १० मिनेट, २० मिनेट आधा घण्टा भैसक्यो । डाक्टरले बोलाउदैन । मचाहिँँ अपरेसन गर्नुु नपरे पनि हुन्थ्यो, प्रभु भनी प्रार्थना गरिरहेकी थिएँ । मेरो पालो घर फर्के । के को अपरेसन ¤ श्रीमानले भन्नुभयो, “अपरेसन भनेको होइन …¤ अपरेसन नगरेको हो …? ”
मैले भने, “नगरेको ।” फेरि उहाँले भन्नुभयो, “अब क्यान्सर हुन्छ …। अनि खान्छेस् …। ” मैले भने, “भए पनि होस् … मसँग परमेश्वर हुनुहुन्छ र उहाँले नै निको पार्नुहुन्छ ।” मैले निरन्तर प्रार्थना गरिरहेकी छु । अहिले मलाई केही पनि दुख्दैन । औषधी पनि खाएकी छैन । जँचाएकी पनि छैन । मलाई पत्थरीको पनि शंका गरेको थियो । त्यो पत्थरी पनि छैन ।

अर्को मेरो ठूलो समस्या टाउको दुख्ने थियो । जाडो महीनामा त ३÷४ वटा टोपी र सलले गुट्मुटाएर बस्नुपथ्र्याे । मैले सी.टी.स्काइन् र एम.आर.आई. गरें । गर्मी महीनामा भने पोलेर टाउको फुट्ला जस्तो हुन्थ्यो । अहिले म काठमाडौमा बसेकी छु । अरू साधारण मानिसहरूले पनि एउटा टोपी त लगाउदो नै रहेछन् । म पनि एउटा टोपीमा बसेकी छु । अहिले मेरो टाउको दुख्दैन । यसरी मेरो जीवनमा आशिषै आशिष् छ । मैले प्रभुलाई नपाएकी भए म पहिला नै सकिन्थे । बाँचेकै भए पनि मरिसकेको र सडेको शरीरमा र शैतानले खाइसकेको जीवन हुन्थ्यो
होला । अहिले म बलियो भएकी छु ।

अन्तमा म के भन्न चाहन्छु, भने म जस्तो धामी, झाँक्री, जान्ने, देऊहरू विभिन्न थरी–थरी हुन्छन् । ती सबै शैतानले चलाएको रहेछ, र दुःख दिएको रहेछ । मलाई अहिले थाहा भयो । तपाईंहरू पनि यस्तो समस्याबाट छुट्कारा पाउनु चाहनुहुन्छ, भने परमेश्वरमा विश्वास गर्नुहोस्
छुट्कारा पाउनु हुनेछ । रोगबाट पनि चङ्काई हुन्छ । अहिले मलाई थाहा भयो, कि मैले पहिला प्रभुलाई कति रूवाएकी रहेछु । प्रभुको विरोधमा आएकी रहेछु । मेरो जीवनमा सैैतानलाई राज गर्न दिएको रहेछु, तर प्रभु येशू भने म जस्तो मानिसलाई उद्धार गर्न, पाप क्षमा गर्न, र अनन्त जीवन दिन आउनुभयो । म मेरो पछाडिको जीवनलाई फर्केर हेर्दा रून मन लाग्छ, साथै यो सम्झँदा नरमाइलो लाग्छ ।

साँच्चै नै सम्झेर ल्याउँदा हाम्रो परमेश्वर कति अनुग्रही हुनुहुन्छ । म मेरो प्रभु येशूलाई धन्यवाद दिन चाहन्छु ।

Related Articles

Back to top button